प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हातहतियार सहित पक्राउ

२०७८-०७-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, 

ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-४ थलङ बस्ने ३३ वर्षीय कमल थलङ लिम्बुलाई १ थान पेस्तोल, सोही पेस्तोलको २ राउण्ड गोली र १ थान खुकुरी सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेरिङदेन गाउँपालिका-६ नाल्बो खोजुङ्वा बस्ने ३० वर्षीय बिनोद नाल्बो लिम्बुलाई कमलले सानो पुरानो चापेले कन्चटमा ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी थुकिम्बाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

बारा, महागढीमाई नगरपालिका-५ बगरमपुर बस्ने ४५ वर्षीय मनोज जैसवाललाई १ थान नलकटुवा पेस्तोल, सोही पेस्तोलमा लाग्ने १  थान गोली र प्रदेश ३ -०२-०१० प ७१२३ नम्बरको मोटरसाइकल सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

बारागढी गाउँपालिका-३ खोपवा बजारस्थित कलैया बस्ने अजय यादबलाई मनोजले कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।