प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

२०८०-०४-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७ पेन्चेबाट अवैध लागूऔषध गाँजा १० किलो ९ सय ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-८ बस्ने ३० वर्षीय तुल बहादुर रुम्बा र उनकै श्रीमती निर कुमारी मोक्तान रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय प्रमोद गिरी र ४३ वर्षीय कलामुदिन शेख रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.४ प २१४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई चालकले हेलमेटभित्र लुकाई ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

कास्की, पोखरा महानगरपालिका-१० औद्योगिक क्षेत्रबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५ मिलिग्राम र भारतीय रूपैयाँ २८ हजारसहित सोही महानगरपालिका-११ फुलबारी बस्ने अर्घाखाँची भएका ३० वर्षीय बलेन्द्र भन्ने मनोज आलेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो ।  

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०६-२२

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेक पोष्टबाट अवैध लागूऔषध गाँजा २ किलो ८ सय ६० ग्राम सहित मकवानपुर मनहरी गाउँपालिका-२ बस्ने २१ वर्षीय सन्देश भन्ने मिचेन गोलेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ४८७७ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले बुद्धशान्ति गाउँपालिका-३ बस्ने ३३ वर्षीय रोजन राजवंशीलाई १ ग्राम ५ सय ६० मिलिग्राम र धनुषा मिथिला नगरपालिका-९ बस्ने २८ वर्षीय श्याम बहादुर लोप्चनलाई ३५ ग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१३ बुलबुले चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ रानितलाउ बस्ने २४ वर्षीय अस्तित्व नाग र बर्दिया गेरूवा गाउँपालिका बस्ने २६ वर्षीय एन्जल चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.११ प ५९७८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईज जनपद नानपारा बस्ने ४४ वर्षीय सविर अहमद खान र नेपालगंज उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय बब्लु हलवाई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज शाखा र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८१-०६-२२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ९२ किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-९ ज्यामिरे बस्ने २६ वर्षीय रोशन पुरी र २२ वर्षीय धन बहादुर मल्ल रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले पालुङबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख १७७१ नम्बरको ट्याङ्कर गाडीलाई जाँच गर्ने क्रममा ट्याङ्करको डिब्बाभित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक रोशन र  सहचालक धन बहादुरलाई पक्राउ गरेको हो ।सप्तरी, कंचनरूप नगरपालिका-७ बाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा भगवानपुर गाउँपालिका-१ बस्ने ३६ वर्षीय चन्देश्वर चौधरी र सोही गाउँपालिका-२ बस्ने ५६ वर्षीय राम दुलार यादव रहेका छन् । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उदयपुरबाट कंचनपुरतर्फ आउँदै गरेको बिआर ०७ बिए ४५७८ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक चन्देश्वर र गाडीमा सवार राम दुलारलाई पक्राउ गरेको हो ।  पर्सा, बिन्दबासिनी गाउँपालिका-२ झौवाबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम सहित सखुवाप्रसौनी गाउँपालिका-५ बलुवा बस्ने ३० वर्षीय मोहिचन प्रसाद यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाट्ठाबाट खटिएको प्रहरीले सखुवाप्रसौनीबाट झौवातर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८० क्यापसुल सहित कास्की माछापुच्छ्रे गाउँपालिका-४ घर बताउने २४ वर्षीय सुदिप जिसिलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३५७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-०६-२१

पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चेकपोष्टबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४ सय ५० ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-१० बिशाल टोल बस्ने २७ वर्षीय समिर तमाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ००३५ नम्बरको गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-९ बगैंचा चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ७ हजार ८ सय ६० ट्याब्लेट र स्पास्मो ८ हजार ४ सय ३० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने संखुवासभा धर्मदेवी नगरपालिका-८ घर भएका ३१ वर्षीय भेडा भन्‍ने सुरज गुरूङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले  उनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   चितवन, भरतपुर महानगरपालिका-२० चनौली बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र मोबाइल १ थान सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-२६ ज्योतिनगर बस्ने २३ वर्षीय सन्तोष राई र २५ वर्षीय नबिन विक रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-६ खैरानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१३ झलारी बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०६-२०

नवलपरासी पूर्व, देवचुली नगरपालिका-१४ कैलाशचोकबाट अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्राम सहित कावासोती नगरपालिका-१२ बस्ने २२ वर्षीय लक्ष्मण परियारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्‍ट दलदलेबाट खटिएको प्रहरीले मुण्डेबाट दलदलेतर्फ आउँदै गरेको ना.४८ प ७४७८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । हाल फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।सुनसरी, धरान उपमहानगरपालिका-११ नगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामानिल १ हजार १ सय ९० क्याप्सुल र स्पासरेष्ट १ हजार क्याप्सुल सहित सोही उपमहानगरपालिका-११ आमचोक बस्ने २९ वर्षीय देवराज भुजेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी विट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८१-०६-२०

दाङ, घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम, मोबाइल २ थान र नगद ३१ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ रझेना बस्ने ३४ वर्षीय अर्जुन बिश्वकर्मा र २५ वर्षीय प्रेम बिश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको रा.८ प १२५९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।    मोरङ, रतुवामाइ नगरपालिका-२ झुर्कियास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ११ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनबर्षी नगरपालिका-२ बस्ने १९ वर्षीय उमेश परियार र रतुवामाई नगरपालिका-८ बस्ने २६ वर्षीय बसन्त राई रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले को.२० प ८४८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, रतुवामाइ नगरपालिका-१ हटियाडाँडास्थित सडकबाट नियन्त्रित लागूऔषध बायोस्पास १ सय १ ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र ट्रामानिल १ सय ८ ट्याब्लेट सहित झापा शिवसताक्षी नगरपालिका-८ बस्ने २२ वर्षीय बिबश लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-५ जि गाउँ पूर्व लाईनस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका बस्ने २९ वर्षीय करण  शाही र ३० वर्षीय कौशल रावत रहेका छन् । प्रहरी बिट न्यू सिटि र प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-३ बेलाशपुरस्थित आँपको बगैचाबाट नियन्त्रित लागूऔषध डाईजेपाम  ५० एम्पुल, फेनारागन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित नवलपरासी रामग्राम नगरपालिका-९ जोकवार बस्ने १९ वर्षीय राज कुमार जैसवाल समेत ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८१-०६-१९

काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट, स्पास्मो १ सय ३० ट्याब्लेट र नगद ११ हजार ८ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ३० वर्षीया पुजा खड्की तामाङ र रामेछाप दोरम्बा गाउँपालिका-५ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने २४ वर्षीय समिर मगर रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पुजाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  रूकुम पश्चिम, मुसिकोट नगरपालिका-५ सेरीगाउँबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ८ किलो १ सय ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुसिकोट नगरपालिका-५ सेरीगाउँ बस्ने सोही बगरपालिका-९ बालचौर घर भएका ३६ वर्षीय भिम बहादुर वली र आठविसकोट नगरपालिका-२ स्याला बस्ने ३५ वर्षीय अजय यरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, मायादेवी गाउँपालिका-४ बनकसिया बस्ने २६ वर्षीय विनोद कुमार सोनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय ५० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महजिदिया बस्ने ३० वर्षीय रामचन्द्र बढैको घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्राम फेला पारी उनलाई समेत शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पाँचथर, फिदिम नगरपालिका-४ जोरसाल बस्ने २४ वर्षीय अबिन सुजी समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४ पत्ता र नगद ७ हजार रूपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले अबिनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेका प्र.१-०३-००१ प ६५४० नम्बरको मोटरसाइकल र प्र.३-०२-०११ प ५३२२ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ ।  सुर्खेत, विरेन्द्रनगर नगरपालिका-३ एरिचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-४ डेरा गरी बस्ने लेकवेशी नगरपालिका-९ घर भएका ३२ वर्षीय अनिल कुमार बुढा मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो नियन्त्रण शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले मंगलढी चोकबाट मुलपानी चोकतर्फ जाँदै गरेको भे.८ प ७२१९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, कैलारी गाउँपालिका-८ लौसाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ बस्ने ३० वर्षीया रिता कठरिया, गौरीगंगा नगरपालिका-१० बस्ने २८ वर्षीय इन्द्र कठायत र सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय हेम चौधरी रहेका   छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले रिताको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  दाङ, लमही नगरपालिका-९ तल्लो अमिलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय अनिस परियार र सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय गणेश सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.५ प ४८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।