नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ
२०८०-०४-२३
- A
- A-
- A+
चितवन, रतपुर महानगरपालिका-१७ गोब्रेनीबाट नियन्त्रित लागूऔषध एनारगन २ सय २५ पिस र ट्रामाडोल २ सय २५ पिससहित सोही ठाउँ बस्ने २५ वर्षीय काले भन्ने सुबिन परियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।