प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खलिरहेको अवस्थामा सात जना पक्राउ

२०८०-०४-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने दिपक बानियाँको घरको छतमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जोरपाटी बस्ने ५२ वर्षीय अरुण घिमिरे समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र कास्कीबाट १२ जना पक्राउ
२०८०-०८-०९

काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित सर्फेस नेपाल ट्राभल एण्ड टुर प्रालिको पार्किङतर्फ रहेको खाली स्थानमा जुवातास खेलिरहेको अवस्थामा ४ जना शुक्रबार साँझ पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका-४ घर भएका ५६ वर्षीय जस बहादुर तामाङ समेत ४ जनालाई नगद २९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रज्वल प्रतिक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना शुक्रबार राति पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा खाजा घरका संचालक पर्वत कुश्मा नगरपालिका-१३ घर भएका ४५ वर्षीय प्रेम बहादुर कार्की समेत ८ जनालाई नगद १ लाख ५ हजार ५ सय ६० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेल्दाखेल्दै २६ जना पक्राउ
२०८०-०८-०८

जुवा खेल्दै गरेको अवस्थामा झापाबाट ११ जना, लमजुङबाट ११ जना र काभ्रेबाट ४ जना गरी जम्मा २६ जना बिहीबार राति पक्राउ परेका    छन् ।   पक्राउ परेकामध्ये झापा दमक नगरपालिका-७ हाटखोला बस्ने ४१ वर्षीय कर्ण बहादुर राई समेत ११ जना रहेका छन् । राईको घरमा जुवा खेलेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले नगद ३ लाख ५३ हजार ६ सय रूपैयाँसहित र २ बुक ताससहित पक्राउ गरेको हो ।  यसैगरी पक्राउ परेकामध्ये लमजुङ सुन्दरबजार नगरपालिका-६ खत्रिठाटी बस्ने ४३ वर्षीय शुभाष श्रेष्ठ समेत ११ जना रहेका छन् । श्रेष्ठको घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार २ सय ९५ रूपैयाँ, ६ बुक तास,१ सेट पासा, १६ थान कौडासहित पक्राउ गरेको हो ।   यसैगरी काभ्रे भुम्लु गाउँपालिका-७ बस्ने ३९ वर्षीय भरत गिरी समेत ४ जना जुवातास खेल्दा खेल्दै पक्राउ परेका छन् । भुम्लु गाउँपालिका-८ भुम्लुटारस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्ले भुम्लुबाट खटिएको प्रहरीले नगद ७९ हजार ४ सय ७५ रूपैयाँ र १ सेट कौडासहित उनीहरूलाई पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

जुवा खेल्दै गरेका छ जना पक्राउ, हातहतियार समेत बरामद
२०८०-०८-०७

 कास्की, पोखरा महागनरपालिका-२२ खाल्सेस्थित चिसाखोला बस्ने ५२ वर्षीय भेष बहादुर गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा भेष बहादुर गुरुङ समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  सो ठाउँबाट नगद ८० हजार ७ सय ९० रूपैयाँ, कौडा १६ थान, जुवा खेलाउन प्रयोग भएका अर्थिङ बक्स १ थान, अर्थिङ तार, स्टेपलाईजर १ थान, अन/अफ र प्लस/माईनस सिग्नल दिइएको थिच्दा रातो बत्ती बल्ने रिमोट २ थानसहित पक्राउ गरेको हो । साथै प्रहरीले गुरुङको घर तलासी गर्ने क्रममा लुकाई राखेको हर्नेट १ थान, सोको गोली २४ राउण्ड र म्यागजिन १ थान  समेत बरामद भएको छ ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेल्दा खेल्दै काठमाडौंबाट २४ जना पक्राउ
२०८०-०८-०४

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ‍‍‍‍‍‍‍‍६२ हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  साथै सोही गेस्ट हाउसको पार्किङमा ओखर(जुवा) खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रूपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।  सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।