अवैध लागूऔषधसहित पक्राउ
२०८०-०४-२५
- A
- A-
- A+
झापा, दमक नगरपालिका-१ सतासीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र डिजिटल तराजु १ थानसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोही नगरपालिका-३ घर भएका २७ वर्षीय राजु बुढाथोकी र उनकै श्रीमती २८ वर्षीया सम्झना विश्वकर्मा बुढाथोकी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ र तराजुसहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-११ महेन्द्र चोकबाट नियन्त्रित लागूऔषध ट्राईस्पास १ सय ९५ पिससहित सोही महानगरपालिका-९ बस्ने ३६ वर्षीय राजु सहनीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा सहनीलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।