जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८०-०४-२९
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१६ कालधारास्थित लामा चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे भुम्लु गाउँपालिका-२ घर भएका ४१ वर्षीय राम बहादुर थापा समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार १ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।