अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८०-०५-११
- A
- A-
- A+
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित चितवन ईच्छाकामना गाउँपालिका-५ बस्ने ३० वर्षीय तिलक गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.२ ख ९१७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ६० मिलिग्रामसहित बाँके खजुरा गाउँपालिका-४ बस्ने २२ वर्षीय धिरेन्द्र बहादुर खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-६ आदमघाटबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्रामसहित गजुरी गाउँपालिका-८ चैनपुर बस्ने ५६ वर्षीया सिता देबी अधिकारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी धादिङ, गजुरी गाउँपालिका-२ मलेखुबाट अवैध लागूऔषध गाँजा १९ किलोग्रामसहित गोरखा भिमसेन थापा गाउँपालिका-३ घ्याम्पेसाल बस्ने १६ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले बा.५४ प ६९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।