प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

२०८०-०६-०६

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ९० मिलिग्रामसहित भारत उत्तर प्रदेश बलिया ग्राम पन्चायत सुखापुरा गरवार घर भई हाल पाँचथर फिदिम नगरपालिका-१ बस्ने २० वर्षीय पवन शाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३६० नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बारा, जितपुरसिमारा उपमहानगरपालिका-२१ स्थित दुधौरा खोलाको झुलुङगे पुलबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-१० मटिअर्वा बस्ने २५ वर्षीय रंजित प्रसाद चौरसिया र जितपुरसिमारा उपमहानगरपालिका-३ छटिमाई बस्ने ३४ वर्षीय मकसुधन राउत बरै रहेका छन् । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ना.२५ प ५८१४ नम्बरको मोटरसाइकलमा सवार रंजितलाई ४ केजी र प्रदेश ३-०२-००६ प २३९ नम्बरको मोटरसाइकलमा सवार मकसुधनलाई ४ केजी गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ५ सय मिलिग्रामसहित विर्तामोड नगरपालिका-३ विर्ताबजार बस्ने २४ वर्षीय उत्सब चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही स्थानबाट मेचीनगर नगरपालिका-९ बस्ने २० वर्षीय निर्दोस डाँगीलाई अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित र उनकै साथी सोही ठाउँ बस्ने २७ वर्षीय साजन राजवंशीलाई मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोईन ९ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देही, सियारी गाउँपालिका-४ धमसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७४ मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कंचन गाउँपालिका-१ बस्ने २९ वर्षीय महेश प्रसाद थारू र २२ वर्षीय जोसेफ चौहान क्षेत्री रहेका छन् । अस्थायी प्रहरी पोष्ट छपियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सिरहा, गोलबजार नगरपालिका-६ लक्ष्मी मन्दिर बस्ने ३६ वर्षीय राम एकवाल गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

सर्लाही, बागमती नगरपालिका-३ जिरायत बस्ने ५८ वर्षीय भिम बहादुर राई र उनकै श्रीमती ५५ वर्षीया सोम माया थिङलाई अवैध लागूऔषध गाँजा १ केजी ५ सय ४२ ग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी सर्लाही, मलंगवा नगरपालिका-१० राजदेवी मन्दिर पछाडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६४ केजी शुक्रबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका अन्दाजी १५ जना व्यक्तिहरूले बोकेको प्लाष्टिकले बेरिएको १२ वटा पोका फाली फरार भएपश्चात प्रहरीले पोका तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । 

पर्सा, वीरगंज महानगरपालिका-२२ मनियारी टोलस्थित खेतबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ हजार ३ सय ३५ एम्पुल, नुर्फिन ३ हजार १ सय ६९ एम्पुल र फेनारगन ३ हजार ४ सय ११ एम्पुल शुक्रबार बेलुकी प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले खेतमा रहेको बोराभित्र उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-०८-१५

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित सोही गाउँपालिका-५ बढैया गाउँ बस्ने ३७ वर्षीय दिनेश कुमार थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-७ साकेला पार्कबाट अवैध लागूऔषधसहित सोही नगरपालिका-७ बस्ने २२ वर्षीय मनिष माझी र सप्तरी राजविराज नगरपालिका-८ भलुवाई टोल बस्ने २४ वर्षीय सुनिल राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम, गाँजा ८ ग्राम १ सय मिलिग्राम, गुलावी रङको तत्काल नखुलेको गिलो पदार्थ ३९ ग्राम ३ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेटसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-१४

    मकावनपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० पिस, नुर्फिन १ सय ५० पिस र फेनारगन १ सय ५० पिससहित भारत बिहार राज्य पुर्वी चम्पाराम मोतिहारी बस्ने २१ वर्षीय अमित कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ज ७९१ नम्बरको माईक्रो जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । संखुवासभा, धर्मदेवी नगरपालिका-५ याख्खाचोक बस्ने ५० वर्षीय गोपाल भन्ने मिन बहादुर दर्जीलाई अवैध लागूऔषध गाँजा ३ सय १६ ग्राम र गाँजा खान प्रयोग गरिने चिलिम १ थानसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । दर्जीको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी याख्खाचोकबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-११ बसपार्कबाट नियन्त्रित लागूऔषधस एभिल ५ एम्पुल, डाईजेपाम ३ एम्पुल, नाईट्राभेट  ट्याब्लेट १५ एम्पुल, नाम नखुलेको ७ एम्पुल र खाली सिरिन्ज २ थानसहित सुनसरी ईटहरी उपमहानगरपालिका-८ बस्ने २३ वर्षीया स्वस्तिका चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८०-०८-१४

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६८ मिलिग्रामसहित सोही महानगरपालिका-२ बस्ने २४ वर्षीय अंकित घिमिरे समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२-०२८प ७६७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  सिरहा, लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम र डिजिटल तराजु १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३२ वर्षीय संजय चौधरी र २० वर्षीय अभिशेख चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८०-०८-१३

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २८ वर्षीय सुजन पुन मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४९ मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने बेदकोट नगरपालिका-१ बस्ने २३ वर्षीय सुनिल डगौरा समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ
२०८०-०८-१३

स्याङ्जा, लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ११ वर्षदेखि फरार रहेका प्रतिवादी फेदिखोला गाउँपालिका-२ बस्ने ३३ वर्षीय विशन गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  तत्कालिन पुनरावेदन अदालत पोखराको २०६९ असार १७ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेदिखोलाबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि  जिल्ला अदालत स्याङ्जामा पेश गरीएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङजामा पठाएको छ ।