प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

२०८०-०६-१०

  • A
  • A-
  • A+
Share

 मकवानपुर, हेटौंडा उपहानगरपालिका-१४ कालिका खोल्साबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३३ वर्षीय धन बहादुर विक र मनहरी गाउँपालका-१ बस्ने ४० वर्षीय अवतार सिंह डिमडुङ रहेका छन् । उक्त खोल्सामा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध  गाँजा करिब २० केजीसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-३ बस्ने २२ वर्षीय अशोक तामाङ र ३२ वर्षीय बिसन प्रजा रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्रदेश ३-०१-०२५ च ५७८३ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम १ सय ६० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-७ बस्ने २२ वर्षीय बिनय कुवँर र सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय दिनेश रावत रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१० ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ५५ मिलिग्रामसहित सोही नगरपालिका-१९ बस्ने ३२ वर्षीय राम किशन रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले रानालाई साइकलमा लुकाई राखेको उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

मोरङ, बिराटनगर महानगरपालिका-१८ लाभाघाटबाट अवैध लागूऔषध गाँजा करिब २१ किलो ५ सय ग्राम र नगद ४० हजार रुपैयाँसहित को.१ च ४६१९ नम्बरको एम्बुलेसका चालक सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने ३८ वर्षीय गंगा सरकारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको उक्त एम्बुलेस र बीआर ३८ एएफ ०३३६ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्ने क्रममा एम्बुलेसको डिक्कीमा राखेको उक्त गाँजा र नगद सहित एम्बुलेन्स चालक गंगालाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी मोरङ, बिराटनगर महानगरपलिका-१८ लाभाघाटस्थित खेतबाट अवैध लागूऔषध  गाँजा १६ किलो ५ सय ग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ । उक्त खेतको परालमा वेवारिसे अवस्थामा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधनगर र अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । 

रूपन्देही, मायादेवी गाउँपालिका-२ माहादेवाबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने धुलो ३३ ग्राम १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीया सन्ध्या मल्लाहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको छ भन्ने  सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त धुलोसहित पक्राउ गरेको हो । साथै सोही ठाउँ बस्ने रमई मल्लाहको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो ३३ ग्राम ४ सय ८० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । हाल फरार रमईको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरील थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-०८-१५

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित सोही गाउँपालिका-५ बढैया गाउँ बस्ने ३७ वर्षीय दिनेश कुमार थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-७ साकेला पार्कबाट अवैध लागूऔषधसहित सोही नगरपालिका-७ बस्ने २२ वर्षीय मनिष माझी र सप्तरी राजविराज नगरपालिका-८ भलुवाई टोल बस्ने २४ वर्षीय सुनिल राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम, गाँजा ८ ग्राम १ सय मिलिग्राम, गुलावी रङको तत्काल नखुलेको गिलो पदार्थ ३९ ग्राम ३ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेटसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-१४

    मकावनपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० पिस, नुर्फिन १ सय ५० पिस र फेनारगन १ सय ५० पिससहित भारत बिहार राज्य पुर्वी चम्पाराम मोतिहारी बस्ने २१ वर्षीय अमित कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ज ७९१ नम्बरको माईक्रो जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । संखुवासभा, धर्मदेवी नगरपालिका-५ याख्खाचोक बस्ने ५० वर्षीय गोपाल भन्ने मिन बहादुर दर्जीलाई अवैध लागूऔषध गाँजा ३ सय १६ ग्राम र गाँजा खान प्रयोग गरिने चिलिम १ थानसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । दर्जीको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी याख्खाचोकबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-११ बसपार्कबाट नियन्त्रित लागूऔषधस एभिल ५ एम्पुल, डाईजेपाम ३ एम्पुल, नाईट्राभेट  ट्याब्लेट १५ एम्पुल, नाम नखुलेको ७ एम्पुल र खाली सिरिन्ज २ थानसहित सुनसरी ईटहरी उपमहानगरपालिका-८ बस्ने २३ वर्षीया स्वस्तिका चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८०-०८-१४

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६८ मिलिग्रामसहित सोही महानगरपालिका-२ बस्ने २४ वर्षीय अंकित घिमिरे समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२-०२८प ७६७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  सिरहा, लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम र डिजिटल तराजु १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३२ वर्षीय संजय चौधरी र २० वर्षीय अभिशेख चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८०-०८-१३

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २८ वर्षीय सुजन पुन मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४९ मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने बेदकोट नगरपालिका-१ बस्ने २३ वर्षीय सुनिल डगौरा समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ
२०८०-०८-१३

स्याङ्जा, लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ११ वर्षदेखि फरार रहेका प्रतिवादी फेदिखोला गाउँपालिका-२ बस्ने ३३ वर्षीय विशन गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  तत्कालिन पुनरावेदन अदालत पोखराको २०६९ असार १७ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेदिखोलाबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि  जिल्ला अदालत स्याङ्जामा पेश गरीएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङजामा पठाएको छ ।