प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

२०७८-०८-०६

  • A
  • A-
  • A+
Share

  नवलपरासी(पूर्व), मध्यबिन्दु नगरपालिका-११ मजुवा बस्ने २७ वर्षीय रोमन बयम्बुको छाप्रोमा तास खेलिरहेको अवस्थामा रोमन लगायत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त छाप्रोमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४९ हजार ३ सय १५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

झापा, दमक नगरपालिका-२ बस्ने ४० वर्षीय मोहन कुमार तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २० हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८०-१२-२७

कैलाली, धनगढी उपमहानगरपालिका-११ घोडसुवास्थित ग्रिन पिस कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय द्वारीका राना समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ५८ हजार १ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । काठमाडौं, तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा नगरपालिका-२ घर भएका २५ वर्षीय उत्सव बिश्‍व समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।