अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-०७
- A
- A-
- A+
दाङ, लमही नगरपालिका-९ अमलीयाबाट करिब ४५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित भारत बराईन बस्ने २८ वर्षीय नईमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अमलीयास्थित सडकमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका नईमलाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।