प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नियन्त्रित लागूऔषधसहित पक्राउ

२०८०-०८-०४

  • A
  • A-
  • A+
Share

झापा, अर्जुनचौपारी गाउँपालिका-१ रैते बस्ने २८ वर्षीय दिल बहादुर क्षेत्रीलाई नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुल , प्रोमेथाजिन ४२ एम्पुल र ब्रुप्रेनोर्फिन ३९ एम्पुलसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनले घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी अर्जुनचौपारी स्याङजाबाट खटिएको प्रहरीले उनको घरमा राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८०-०८-२०

काठमाडौं, नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ केरवानीबाट नियन्त्रित लागूऔषध बुप्रोनोर्फिन १ सय ९६ एम्पुल, डाइजेपाम १ सय ९८ एम्पुल, फालङगर १ सय ९८ एम्पुल र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्रामसहित पाल्हिनन्दन गाउँपालिका-४ लोहरौली बस्ने २१ वर्षीय सागर गुप्तालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु.६४ प ३७८७ नम्बरको मोटरसाइकलमा सवार सागरलाई पक्राउ गरेको हो । मोटरसाइकल रोक्न खोज्दा फरार भएका चालकसहित २ जनाको प्रहरीले खोजी गरिरहेको छ । अर्घाखाँची, शितगंगा नगरपालिका-४ भेडामारेबाट अबैध लागूऔषध गाँजा १ किलो ५  सय ग्रामसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु वुद्धभूमी नगरपालिका-१ भेलाई बस्ने २४ वर्षीय विजय कुमार चौधरी, सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन विक र कपिलवस्तु नगरपालिका-९ श्रीनगर बस्ने ३० वर्षीय धर्व राजभर रहेका छन् । ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले लु.१ ह २५५० नम्बरको अटोलाई जाँच गर्ने क्रममा विजय कुमारको साथबाट ९ सय ग्राम र अर्जुनलाई ६ सय ग्रामसहित फेला पारेपछि अटो चालक धर्व समेतलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दिया, बढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-१९

 कैलाली, गोदावरी नगरपालिका-१ बरपिपल गल्लीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ५० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय बिकाश कट्टेल र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय प्रहलाद खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  धादिङ, गजुरी गाउँपालिका-२ फुर्केखोलाबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित नुवाकोट तारकेश्वर गाउँपालिका-२ बस्ने २१ वर्षीय धिरज बराल मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले उनलाई चामलको बोराभित्र लुकाई राखेको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-१८

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६ सय ८० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय ललित खत्री र ३२ वर्षीय बिकाश खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-१ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-३ शंकरपुर बस्ने २५ वर्षीय कमल श्रीपाईली समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कपिलवस्तु, बाणगंगा नगरपालिका-२ कप्टैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय अमित बिकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।