प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७८-०८-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, 

भक्तपुर, चाँगुनारायण नगरपालिका-६ घुमाउनेबाट काठमाडौं बल्खु बस्ने २९ वर्षीय गौरव पाठक लगायत २ जनालाई ९० ग्राम अवैध लागऔषध गाँजा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बागमती प्रदेश २-०२-०२३ प ५६८ नम्बरको स्कुटरलाई प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ४७ वर्षीया मन कुमारी बस्नेतलाई ११ किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।

कैलाली, घोडाघोडी नगरपालिका-१ सिमतडी घर भई टिकापुर नगरपालिका-१ जमरापारीस्थित वर्कसप गरी बस्ने २६ वर्षीय उमेश चौधरीलाई ५ ग्राम ७ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीको वर्कसपमा अवैध लागूऔषध रहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-४ श्रमिक टोल डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१० घर भएका ३० वर्षीय संजय लामालाई ९ ग्राम २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लामाले आफ्नै कोठामा अवैध लागूऔषध बिक्री गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनको कोठामा खानतलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ७५ ट्याब्लेट, विनसिरेक्स १९ बोतल, कोडिवेल २५ बोतल र स्पास्कोर भोनप्लस ८ पिस सहित हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने २५ वर्षीय संजय बललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.१४ प ९३१२ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक बललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०१-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध चरेश करिब ६ किलो ९ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख २०१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सन्तोष जाग्री र २७ वर्षीय निराजन बोहरा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरीले सन्तोषलाई २७ मिलिग्राम र निराजनलाई ९४ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४३ ग्राम १५ मिलिग्रामसहित धादिङ खन्याबास गाउँपालिका-५ बस्ने २० वर्षीय विनोद तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३३ ग्राम ३ सय ४० मिलिग्राम र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका-२ बस्ने २९ वर्षीय अभिषेक चौलागाई र अर्जुनधारा नगरपालिका-१ बस्ने ४१ वर्षीय मोहन बहादुर कार्की रहेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ बिराट आदर्श टोलबाट अवैध लागूऔषध खैरो हेरोइन ३९ ग्राम १० मिलिग्रामसहित बैतडी दशरथचन्द नगरपालिका-८ त्रिपुरा सुन्दरी बस्ने २५ वर्षीय रोशन थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१२ पटरीघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अथायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से.३ प ४२८९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  सिरहा, कर्जन्हा नगरपालिका-३ जनक चोकस्थित बन्दीपुरे होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिष्णुपुर गाउँपालिका-३ बस्ने २६ वर्षीय बिने कुमार यादव र मिर्चैया नगरपालिका-३ बस्ने २८ वर्षीय मनिष प्रसाद यादव रहेका छन् । उक्त होटलमा अवैध लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  चितवन, राप्ती नगरपालिका-८ स्थितबाट अवैध लागूऔषध गाँजा २ किलोसहित भरतपुर महानगरपालिका-४ बस्ने २२ वर्षीय सोम बहादुर लामा समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा थ्री ग्रुपबाट बिरेन्द्रनगरतर्फ जाँदै गरेको ना.७ प ६५१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देख्नासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार दुवै जनालाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०१-१०

मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ मन्दिर लाइनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम, मोबाइल ९ थान, एकसय एमएलको कोरेक्स ३ बोतल र नाइट्राभेट ६५ ट्याब्लेटसहित ३ जनालाई सोमाबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय श्याम कुमार खड्का, २७ वर्षीय सुजन कार्की र ३५ वर्षीय रन्जित लिम्बु रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले श्याम कुमारको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०१-१०

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४४ मिलिग्रामसहित कानेपोखरी गाउँपालिका-५ बस्ने ३१ वर्षीय आकाश धिमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-३ मुक्ति चोक बस्ने २१ वर्षीय अनी मगर र २० वर्षीय आनिहान लिम्बुलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय मिलिग्राम र नगद १९ हजार ९ सय रूपैयाँसहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । झापा, अर्जुनधारा नगरपालिका-५ पानीकलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम ८ सय २० मिलिग्रामसहित कनकाइ नगरपालिका-८ बाँङगेडागी बस्ने ३१ वर्षीय रविन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरी टोलीलाई देख्नासाथ फरार भएका सोही नगरपालिका-४ बस्ने २७ वर्षीय बिमल राईको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी झापा, दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर सेक्टर नम्बर सि २ हट नम्बर ९९ बस्ने इलाम चुलाचुली गाउँपालिका-५ आपझोला ठेगाना भएका ३३ वर्षीय फुर्वा तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम र नगद १५ हजार ४ सय ५० रूपैयाँसहित गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल बेस क्याम्प बेलडागीबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०१-०९

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७२ मिलिग्रामसहित इलाम माङ्सेबुङ गाउँपालिका-४ बस्ने २७ वर्षीय मन बहादुर राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।महोत्तरी, मनराशिस्वा गाउँपालिका-४ जाउकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित सोही गाउँपालिका बस्ने ६५ वर्षीया सरस्वती देवी मण्डललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको प्रहरीले मनराबाट जाउकतर्फ जाँदै गरेकी उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित नुवाकोट ककनी गाउँपालिका-६ घर बताउने २७ वर्षीय ईन्द्र लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १५१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
२०८१-०१-०७

झापा, मेचिनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ८० मिलिग्रामसहित बुद्दशान्ती गाउँपालिका-१ बस्ने २३ वर्षीय रत्न बहादुर राइलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचिनगर नगरपालिका-१३ चारआली ईलाम रोडस्थित हिमालयन क्याविन वाईट्स होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका-१२ बस्ने २२ वर्षीय नेत्र बहादुर राई र अर्जुनधारा नगरपालिका-१० बस्ने २२ वर्षीय बिशाल लिम्बु रहेका छन् । उक्त होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधरमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले होटलको क्याविनबाट दुवै जनालाई ५/५ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने २४ वर्षीय बिक्रम राजवंशीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ५० मिलिग्रामसहित मोरङ केराबारी गाउँपालिका-१० केराबारी बस्ने ३७ वर्षीय राजु मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटीएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३६ प ५९१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मगरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-१३ सिम्री बस्ने १९ वर्षीय सोम बहादुर नेपालीलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ १ ग्राम ५ सय मिलिग्रामसहित भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी बस्ने २४ वर्षीय हैदर अलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अलीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।