अवैध लागूऔषध २ किलो ५ सय ग्राम चरेश सहित पक्राउ
२०७८-०८-१३
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट २ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेश सहित भारत विहार मोतिहारी नवकाटोला-८ बस्ने ६५ वर्षीय रामबालक साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वीरगंजबाट भारतको रक्सौलतर्फ साइकलमा जाँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्याकेट बनाई शरीरमा बाँधी लुकाई ल्याएको उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो ।
उनी उपर लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।