प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रकम ठगी गरेको अभियोगमा पक्राउ

२०७८-०८-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० बस्ने काभ्रे पनौती नगरपालिका-१० घर भएकी २७ वर्षीया रबिना थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जबरजस्ती करणी उद्योग मुद्दामा गत असार १८ गते पक्राउ परी हाल पुर्पक्षको लागि डिल्लीबजार कारागार चारखालमा थुनामा रहेका चाईनिज नागरिक लिउ युईलाई थुनामुक्त गराई दिन्छौँ भनि प्रतिवादीकी श्रीमतीबाट २० लाख रुपैयाँ रकम लिई ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ छाउनीबाट पक्राउ गरेको हो । 

रविना समेतका २ महिलाहरूले आफ्नो मान्छे वकिल छन् उनले न्यायाधीश, वकिल सबै चिनेका छन्, सेटिङ मिलाई थुनामा रहेका तपाईँको श्रीमानलाई धरौटीमा छुटाई दिने र सेटिङ गर्नको लागि खर्च लाग्छ भने अनुसारको रकम दिँदै जानु भनि प्रतिवादीकी श्रीमतीलाई विश्वास दिलाई प्रलोभनमा पारी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।  

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ । 

सम्बन्धित समाचार
पोर्चुगल पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ
२०७८-०९-२१

काठमाडौं, पोर्चुगल पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका सञ्चालक र व्यवस्थापक गरी २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौं मैतिदेवी बस्ने वाग्लुङ गल्कोट नगरपालिका-६ घर भएका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका-२९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका-१ घर भएका २४ वर्षीय समिर कार्की रहेका छन् । वर्किङ भिषामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाईदिन्छु, मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भनि प्रलोभनमा पारी विभिन्न ४ जना पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।