अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८१-०३-२७
- A
- A-
- A+
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ कान्छिबजारबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-६ गल्लामण्डी बस्ने ४६ वर्षीय राजकुमार पाण्डेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी बिट गल्लामण्डीबाट खटिएको प्रहरीले लु.२९ प ४४७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक पाण्डेलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।