प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित चार जना पक्राउ

२०८१-०४-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ हजार २ सय ५० ट्याब्लेट सहित बारा आदर्श कोतवाल गाउँपालिका-४ बस्ने २५ वर्षीय हरिओम यादव समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको         छ । लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ख २५५९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको  हो । 

कास्की, पोखरा महानगरपालिका-९ शिवटोलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल हाईड्रोक्लोराइड २ सय २६ चक्की सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने पृथ्वीचोक बसपार्क घर भएकी १९ वर्षीया एन्जिला गुरूङ र सोही महानगरपालिका-१० बुद्धचोक बस्ने २९ वर्षीय सुवास गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले एन्जिलाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८२-०१-१०

सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ६६ मिलिग्राम सहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका-४ बस्ने २७ वर्षीय राजन बास्तोला, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-६ बस्ने २० वर्षीय अनोज कुमार उराव, सोही नगरपालिका-३ बस्ने २५ वर्षीय अनोज रूपेश कुमार यादव, इटहरी उपमहानगरपालिका-१७ भाटभटेनी बस्ने २० वर्षीय मो. समिर खान र २० वर्षीय राजेश पुरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-७ त्रिवेणी बस्ने ५३ वर्षीया अन्जना तामाङ र सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २२ वर्षीय मनिस धामीलाई नियन्त्रित लागूऔषध स्पासरेस्ट ४५ ट्याब्लेट, ट्रामाडोल २ सय ५५ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले अन्जनाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यसैगरी धनकुटा, धनकुटा नगरपालिका-७ बस्ने १९ वर्षीय ओम तामाङलाई नियन्त्रित लागूऔषध स्पासरेस्ट २ सय ५५ ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र स्पासमिड ७ ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।यसैगरी धनकुटा, साँगुरीगढी गाउँपालिका-७ लेउती खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित सोही गाउँपालिका-१ बस्ने २० वर्षीय अबि तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले मुलघाटबाट धरानतर्फ जाँदै गरेको बा.७३ प ३९१५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १२ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय ओमराज शर्मा र महोत्तरी लोहरपट्टी नगरपालिका-७ घर भएका २३ वर्षीय रूपेश कुमार ठाकुर रहेका छन् । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज. १३ प १३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । काभ्रे, नमोबुद्ध नगरपालिका-७ नौबिसेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८७ ट्याब्लेट, नाईट्राजेपाम ६३ एम्पुल, डाईजेपाम २ एम्पुल, नोर्फिन २ एम्पुल र अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित सोही नगरपालिका-४ घर भई भक्तपुर बोडे बस्ने २२ वर्षीय प्रदिप दर्जी समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भकुण्डेबेशीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कैलाली, कैलारी गाउँपालिका-१ हसुलियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ बस्ने २३ वर्षीय आशिष कुमार चौधरी र धनगढी उपमहानगरपालिका-१ शिव मन्दिर बस्ने २७ वर्षीय अजय रसायली रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, लमही नगरपालिका-५ स्थित लमही बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-८ घर भई सोही नगरपालिका-६ गंगटीखोला बस्ने २४ वर्षीय दिपेश चौधरी र घोराही उपमहानगरपालिका-१५ भरतपुर टोल बस्ने प्युठान माण्डवी गाउँपालिका-३ घर भएका २३ वर्षीय राजु थापा रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही नगरपालिका-३ भासी बस्ने २७ वर्षीय अजय घिमिरेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-११ बस्ने ३३ वर्षीय महेश लामिछाने र रूपन्देही मायादेवी गाउँपालिका-८ बस्ने २६ वर्षीय अमन सुनार रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त टोलीले सोही ठाउँस्थित द होटल अल्ट्राको कोठा नम्बर ४०१ मा बसेका उनीहरूलाई ८ सय मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो । साथै उनीहरूले प्रयोग गरेको लु.४९ प ९९७ नम्बरको मोटरसाइकलको भाइजरमा लुकाई राखेको अवस्थामा थप १ ग्राम ५ सय १० मिलिग्राम उक्त पदार्थ फेला परेको हो । यसैगरी रूपन्देही, ओमसतिया गाउँपालिका-१ बालापुर डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका-६ बस्ने २५ वर्षीय रिन्कु हरिजनलाई अवैध लागूऔषध गाँजा करिब ५ किलो ३ सय ग्राम र डिजिटल तराजु १ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ३ सय २३ किलो गाँजा सहित एक जना पक्राउ
२०८२-०१-०९

सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध गाँजा करिब ३ सय २३ किलो २ सय १० ग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित भोजपुर अरुण गाउँपालिका-५ बस्ने २६ वर्षीय तेजेन्द्र कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।    लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनले सोही ठाउँमा पार्किङ गरी राखेको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको योद्धा गाडीलाई प्रहरीले तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०१-०९

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित झापा दमक नगरपालिका-८ बस्ने ३२ वर्षीय मनोज साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१३ सूर्यमार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र  स्पास्पेन ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, औरही गाउँपालिका-१ दरहियाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित सिरहा नगरपालिका-१९ सन्हैठा बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०१-०९

काठमाडौं महानगरपालिका-२६ मित्रनगर मन्जुश्री मार्गस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ६६ एम्पुल, डाइजेपाम १ सय ५६ एम्पुल र बुप्रेनोर्फिन १ सय ६६ एम्पुल सहित पर्सा वीरगंज महानगरपालिका-२३ घर भई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय रोशन कुमार यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल सहित पर्सा बहुदरमाई नगरपालिका-९ बस्ने २४ वर्षीय मुमताज मियालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बारा अमलेखगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोको छत माथी रहेको टायरभित्र बोरामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी सुमो चालक मुमताजलाई पक्राउ गरेको हो । बाँके, नेपालगञ्ज उपमहानगरपालिका-२ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ४२ वर्षीय पुष्कर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१० शिवचोकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २५ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन ११ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१० शिवचोक बस्ने ३९ वर्षीय राज नेपाली र ४५ वर्षीय मिलन भन्ने राजेन्द्र गुरुङ रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कास्की, पोखरा महानगरपालिका-६ नारेश्वरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १७ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० अम्मरसिंह बस्ने ३० वर्षीया निशा गुरूङ र अन्नपूर्ण गाउँपालिका-३ घर भएका ३४ वर्षीय विश्व गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ निङ्गलासैनी टोल बस्ने ३० वर्षीय निशान्त घर्तीमगरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय राकेश परियार र २८ वर्षीय धर्मचन्द्र गिरी रहेका छन् । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले राकेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-९ ब्रह्मदेव दुर्गेटोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ ग्राम र ३ राउण्ड गोली सहित सोही ठाउँ बस्ने ४२ वर्षीय कर्ण बहादुर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ र गोली फेला पारी पक्राउ गरेको हो । रूपन्देही, देवदह नगरपालिका-५ खैरेनीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४१ एम्पुल, फेनारगन ४१ एम्पुल र टेलजेसिक ४१ एम्पुल सहित कन्चन गाउँपालिका-५ रूद्रपुर बस्ने २४ वर्षीय यम बहादुर बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारगन १९ एम्पुल र नोर्फिन १९ एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-२१ बस्ने ३२ वर्षीय क्षितिज तामाङ योङ्जनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०१-०८

सुनसरी, धरान उपमहानगरपालिका-१५ त्रिशुलमार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९ ट्याब्लेट र स्पास्पेन ३ सय ९ ट्याब्लेट सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीया रेसु राई र २९ वर्षीय सन्तोष साह रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले को. २० प ३६८३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ एयरपोर्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय उत्तम पाण्डे समेत ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २ जना किशोरहरूलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बा. ६४ प ९३४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-१० अरुणखोला जंगलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनारागन १ सय एम्पुल सहित कास्की पोखरा महानगरपालिका-२९ बस्ने २३ वर्षीय कमल घिमिरेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना.७ ख ३५२६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।