अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०४-१७
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो ५ सय ग्राम सहित भारत वेतिया थानामझौलीया-९ कचहरिटोला बस्ने ३० वर्षीय मुसाहेव आलमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बीआर ०५ पिबी ७३६४ नम्बरको अटो जाँच गर्न क्रममा उक्त गाँजा फेला पारी चालक आलमलाई पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१३ डेरा गरी बस्ने सोही महानगरपालिका-१८ जतुवा घर भएका ५४ वर्षीय पोलाई यादवलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम र नगद ९ सय रूपैयाँ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-१० बस्ने ३४ वर्षीय बिशाल गुरूङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले प्रदेश १-०१-०१७ प ५८६ नम्बरको स्कुटर चालक गुरूङलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।