प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८१-०५-२८

  • A
  • A-
  • A+
Share

ललितपुर, कोन्ज्योसोम गाउँपालिका-१ ठोस्ने खोला बस्ने २१ वर्षीय सन्तोष सापकोटालाई भरूवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल र गोली सहित दुई जना पक्राउ
२०८२-०२-०८

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका-७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८२-०१-३०

पाँचथर, ३१ वैशाख, फाल्गुनन्द गाउँपालिका-१ उतेसेनीस्थित जंगलबाट भरूवा बन्दुक १ थान सहित फिदिम नगरपालिका-९ दरेनी बस्ने ३३ वर्षीय मन बहादुर सम्बाहाम्फेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  मन बहादुर र सोही ठाउँ बस्ने सुन्दर सारू मगर उक्त जंगलमा सिकार खेल्न जाने क्रममा बाटोमा मानिस आउँदै गरेको देखी सुन्दरले बन्दुक झाडी भित्र लुकाउने क्रममा बन्दुक पड्किँदा सुन्दर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरीले मन बहादुरलाई उक्त बन्दुक सहित पक्राउ गरी सुन्दरलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।