प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

२०८१-०९-०२

  • A
  • A-
  • A+
Share

बारा, निजगढ नगरपालिका-४ बकैया खोलाको बाँध कच्ची सडकबाट अवैध लागूऔषध गाँजा ६ किलो ७ सय ६० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट फतुवा बिजयपुर नगरपालिका-४ बस्ने २५ वर्षीय राम प्रबेश महतो र सोही नगरपालिका-९ बस्ने २१ वर्षीय राजेश महतो रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले बागदेवबाट पुरानो निजगढतर्फ जाँदै गरेको प्र.०२- ०२९ प २८३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी बारा, जितपुर सिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी ग्राम पंचायत राजमुरा-१४ चाग्डी गाउँ बस्ने २६ वर्षीय अखिलेख कुमार साह र १९ वर्षीय राज कुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बिए २२ जे ५३३३ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडीको सिटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी चालक अखिलेख कुमार र कारमा सवार राज कुमारलाई पक्राउ गरेको हो । 

मोरङ, रंगेली नगरपालिका-५ स्थित भित्री सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २७ वर्षीय धिरज कुमार झा लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले आँपगाछिबाट रंगेली झुंगिटोलतर्फ आउँदै गरेको को.७ प ६६४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, रंगेली नगरपालिका-७ शुक्रबारे आदर्श टोलस्थित इसान्त फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ३ सय ट्याब्लेट, स्पास्पेन २ हजार ट्याब्लेट र DIYSE-20 १३ हजार ६ सय ट्याब्लेट सहित फार्मेसी संचालक सोही ठाउँ बस्ने २१ वर्षीय संजय कुमार मण्डललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त फार्मेसीमा लागूऔषध बिक्री वितरण भइरहको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

कैलाली, घोडाघोडी नगरपालिका-२ साडेपानी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय पहलमान शाहीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ झण्डा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८८ ट्याब्लेट र स्पास्पेन १ सय ८८ ट्याब्लेट सहित उदयपुर चौडण्दी नगरपालिका-४ बस्ने ३२ वर्षीय नरजित राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित बुद्धशान्ती गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रजित तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सप्तरी, बोदेबर्साईन नगरपालिका-१ धनगढीस्थित भित्री सडकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ४५ एम्पुल, फेनारगन ४४ एम्पुल र डाईजेपाम ४५ एम्पुल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खड्क नगरपालिका-१ सिस्वा बस्ने २५ वर्षीय पारस कुमार मण्डल र २२ वर्षीय रविन कुमार साह रहेका छन् । प्रहरी चौकी सिस्वाबेल्हीबाट खटिएको प्रहरीले सारस्वरबाट धनगढीतर्फ जाँदै गरेको प्र.१-०२-०४० प ७३६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
करिब २ हजार १ सय किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८२-०३-०३

सुनसरी, इटहरी उपमहानगरपालिका-२० स्थित तरहरा जंगल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १ सय किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका-६ बस्ने ३२ वर्षीय राजेन्द्र राई र ३३ वर्षीय सुनिल राई रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना.५ ख ६११६ नम्बरको नम्बर प्लेट राखिएको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ७० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजेन्द्र र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०३-०२

झापा, दमक नगरपालिका-७ सयपत्री टोलबाट नियन्त्रित लागूऔषध भोमिन ३ सय १० ट्याब्लेट र ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित सोही नगरपालिका-७ हाटखोला बस्ने १९ वर्षीय पुष्कर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-४ नयाँबारी टोल बस्ने २२ वर्षीय निजाम मियालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, ओमसतिया गाउँपालिका-२ पडसरी डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका-३ घर भएका २६ वर्षीय जावेद खानलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३८ एम्पुल, नुर्फिन ३८ एम्पुल र मेटाजिन ३८ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-६ धुराशिरानस्थित पसल गरी बस्ने फिक्कल गाउँपालिका-३ घर भएकी ४० वर्षीया देवमाया तामाङ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । तामाङले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पसल तलासी गर्ने क्रममा पसल पछाडी शौचालय नजिकै झारमा लुकाई राखेको उक्त पदार्थ र डिजिटल तराजु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-४ बस्ने ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय दिपेश खनाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ स्थित नगरपालिका चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ४३ ट्याब्लेट सहित काठमाडौं दक्षिणकाली नगरपालिका-१६ फर्पिङ घर भई भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय अनिस तामाङ समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१ प्रगतीनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६ ग्राम ८ सय १० मिलिग्राम, मोबाइल १ थान र डिजिटल तराजु १ थान सहित सोही ठाउँ बस्ने २९ वर्षीय चुनकुन पासीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०३-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ बाइसधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुशान्त पुतुवारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ बस्ने २६ वर्षीय विजय नेपाली र धनगढी उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय अभिशेक हमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट चटकपुर र प्रहरी चौकी  कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, जानकी गाउँपालिका-७ मोतीनगर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-१ बस्ने २३ वर्षीय शिव बहादुर चौधरी र जानकी गाउँपालिका-७ बस्ने ३३ वर्षीय देसराम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय  टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-३ तिलाचौर केदार टोल बस्ने ६० वर्षीय राम सिंह साउदलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो १ सय ५५ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।  चितवन, भरतपुर महानगरपालिका-४ धर्मचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ३० मिलिग्राम सहित ६ जनालाई शनिबार दिउँसो प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने माडी नगरपालिका खर्कट्टा घर भएका २४ वर्षीय सागर सुनार, भरतपुर महानगरपालिका-३ आनन्द मार्ग बस्ने २२ वर्षीय अजय रौनियार शाह, ३३ वर्षीय अस्फाकउल्लाह शाह, सोही महानगरपालिका-४ बस्ने ४० वर्षीया अनितादेबी साह, २५ वर्षीया निसादेबी साह र १८ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ अदालत रोडस्थित खाजा पसलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ९९ ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २९ वर्षीय सन्तोष प्रसाद कहार र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय राजेश यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत उत्तर प्रदेश सोहरतगढ ग्राम रमजान घर भएका २२ वर्षीय हस्मत अलि अन्सारीबाट खरिद गरेको भन्ने खुल्ल आएपश्‍चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्राम सहित बुढीगंगा गाउँपालिका-७ बस्ने २५ वर्षीय राज कुमार लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०२-३१

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित फलफूल बजार नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ हजार ९ सय ट्याब्लेट सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानरपालिका-१४ बल्खु बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएका २६ वर्षीय राजु मिजार र २४ वर्षीया मीना मगर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले फलफूल बजार नजिकै रोकी राखेको युपि ७८ सिबि ९८३५ नम्बरको कार तलासी गर्दा कारको ढोकामा र डिक्कीमा रहेको अक्सिजन सिलिण्डर भित्र लुकाई छिपाई राखिएको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मुलपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित दैलेख भगवतीमाई गाउँपालिका-३ बस्ने २८ वर्षीय हिमाल खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली मनहरा पुल नजिकैबाट नियन्त्रित लागूऔषध नोफिन ३ एम्पुल,  डाइजेपाम ६ एम्पुल, प्रोमेथाजाइन हाइड्रोक्लोराइड ७ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र मोबाइल १ थान सहित काठमाडौं जडिबुटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-१६ भोरलेनी घर भएका २९ वर्षीय अमन तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको   छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ७० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय पहल मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-९ आमबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय विवेक लिम्बुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०२-३०

कपिलवस्तु, मायादेवी गाउँपालिका-१ सिमरौटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ८८ ग्राम ९५ मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय बिनोद कुमार पाण्डे र सोही गाउँपालिका-८ बस्ने ३५ वर्षीय श्याम सुन्दर यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले फुलिकादेखि बर्रोहियातर्फ आउँदै गरेको लु.९५ प ६०८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ९ सय २० मिलिग्राम सहित सिन्धुली दुधौली नगरपालिका-१० बस्ने ३३ वर्षीय अर्जुन कटुवाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बा.प्र.०२-०५२ प ७७५७ नम्बरको स्कुटरमा सवार अर्जुनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न उदयपुर कटारी नगरपालिका-२ बस्ने ३३ वर्षीय सुमन माझिलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २ ट्याब्लेट र कोलिवान ९२ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २३ वर्षीय दिपेश जैसवाल र सोही उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय राम आङला लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-५ राधेराधेबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ सय ४६ ट्याब्लेट र नगद १ हजार ३ सय ५० रूपैयाँ सहित भक्तपुर पुरानोठिमी बस्ने खोटाङ घर भएका २६ वर्षीय केवल राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-९ निकोशेराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ कुण्डोल बस्ने २२ वर्षीय रिकेश थापा, सोही नगरपालिका-६ कुण्डोल बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भएका ३२ वर्षीय तारा बहादुर भारती र काठमाडौं चन्द्रागिरी नगरपालिका-७ थानकोट बस्ने २२ वर्षीया रेश्मा ठकुरी रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-४ बानियाभार एकान्त टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय गुड्डु दमाई र ५१ वर्षीय अकुव खाँ पठान रहेका छन् । प्रहरी बिट बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-९ फूलबारीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ७ एम्पुल, फेनारगन ७ एम्पुल, डाईजेपाम ५ एम्पुल र ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय क्षितिज तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  ।   कञ्चनपुर, पुनर्वास नगरपालिका-४  जमुनाघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-३ वडहरा बस्ने २७ वर्षीय अम्मर चौधरी र २५ वर्षीय भिमजंग कठरिया रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१२ प १७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, नरहा गाउँपालिका-३ चौहर्वा चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो १६ ट्याब्लेट र नाईट्राजेपाम ४० ट्याब्लेट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-३ बस्ने २३ वर्षीय उमेश कुमार साह र सोही नगरपालिका-४ बस्ने १९ वर्षीय सलम खान रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सर्लाही, लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित लालबन्दी नगरपालिका-१४ नारायण खोला बस्ने ६२ वर्षीया संगमाया स्याङ्वोलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले गैरीगाउँबाट लालबन्दीतर्फ जाँदै गरेको मधेश प्रदेश-०३-००२ स ४१५१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।