अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
२०८१-०९-१६
- A
- A-
- A+
सुनसरी, दुहबी नगरपालिका-३ डेरा गरी बस्ने गढी गाउँपालिका-२ घर भएका २३ वर्षीय ओम चौधरीलाई अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनको कोठामा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।