अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८१-१०-२१
- A
- A-
- A+
बारा, जितपुर सिमरा उपमहानगरपालिका-२ सिमरा चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ३ किलो ४४ ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-२ बैकुण्ठ बस्ने ४५ वर्षीय भीमलाल मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ बालुबाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४५ मिलिग्राम र नगद १ लाख ६ हजार ३ सय रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कन्काई नगरपालिका-५ बस्ने ३५ वर्षीय चिरञ्जीवी भुजेल र ३८ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ सय २ ग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीय हरि सिंह ठगुन्नालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बर्दहवा बस्ने २२ वर्षीय राकेश चौधरी र बर्दिया मधुबन नगरपालिका-४ बस्ने २३ वर्षीया जीया चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-२ मनकामना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम र नगद १८ हजार ३ सय २५ रूपैयाँ सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ सालको बुटा बस्ने १९ वर्षीया संगिता चौधरी, सोही नगरपालिका-२ बस्ने २४ वर्षीय श्री कृष्ण थारू र सोही नगरपालिका-११ लोकनगर बस्ने २८ वर्षीय किरन थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले संगिताको घरबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा घर भएका २६ वर्षीय दिपक लिम्बु र सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २८ वर्षीय रोहित लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.८५ प ४६१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बजारस्थित महाकाली होटल एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २३ वर्षीय रमेश चौधरी, बेदकोट नगरपालिका-८ बस्ने २५ वर्षीय बिशाल चौधरी र भीमदत्त नगरपालिका-१९ बस्ने १८ वर्षीया २ जना किशोरीहरू रहेका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ पचासा चोकबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ २६ ग्राम ३ सय २० मिलिग्राम सहित गुलरिया नगरपालिका-७ बस्ने ३५ वर्षीय पञ्चराम ढोलीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।