अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८१-१०-२८
- A
- A-
- A+
बाँके, कोहलपुर नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित बैजनाथ गाउँपालिका-२ बस्ने २५ वर्षीय हेमन्त प्रकाश रानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले कोहलपुरबाट चिसापानीतर्फ जाँदै गरेको भे.१० प ८४७८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।