जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२०८१-११-०२
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-४ स्थित डडेल्धुरा आलिताल गाउँपालिका-३ घर भएकी २८ वर्षीया पुजा खड्काको होटल सोल्टीमा जुवातास खेलिरहेको अवस्थामा पुजा समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९७ हजार ६ सय ७२ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।