प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित २ जना पक्राउ

२०७८-०९-३०

  • A
  • A-
  • A+
Share

सर्लाही, मलंगवा नगरपालिका-८ लच्काबाट भारत सितामढी सोनबर्षा ग्राम-९ बस्ने ३२ वर्षीय अजय कुमार महतोलाई ७५ पिस नियन्त्रित लागूऔषध नाईट्राभेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको   हो । 

बर्दिया, बढैयाताल नगरपालिका-८ इँटाभट्टा नजिकबाट गुलरिया नगरपालिका-४ तुलापुर बस्ने २० वर्षीय बिपिन सुनारलाई करिब ३ ग्राम ४ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भे.९ प ७६६९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
ठगी कसूरका फरार प्रतिवादी पक्राउ
२०७८-१०-०३

काठमाडौं, ठगी कसूरका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका-१५ लालीगुराँस टोल वतन भएका ४१ वर्षीय विकाश पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।   ठगी कसूर अन्तर्गत मुद्दा दर्ता भई फरार रहेका विकास काठमाडौंका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनले प्रयोग गर्दै आएको प्रदेश ३-०१-०२२ च ०११८ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ । विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना, डाँका चोरी र कुटपिट कसूरमा समेत संलग्न रहेको खुल्न आएका उनलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाईएको उक्त ब्यूरोले जनाएको छ । 

भन्सार छलि ल्याएको ११ केजी ५ सय ग्राम चाँदीका विभिन्न गहना सहित १ जना पक्राउ
२०७८-१०-०३

बारा,जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकबाट लुकाई छिपाई भन्सार छलि ल्याएको ११ केजी ५ सय ग्राम चाँदीका विभिन्न गहना सहित भारत बिहार मोतिहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना.३३ प ८५२६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको तेलको ट्याङकीभित्र फल्स बटन बनाई भन्सार छली ल्याएको करिब १२ लाख ४२ हजार ९ सय ७३ रुपैयाँ मूल्य बराबरको चाँदीको तयारी पाउजु, बाला, चाबि रिङ, बुट्टी तथा कल्ली समेतका गहनाहरू फेला पारी चालक गुप्तालाई पक्राउ गरेको हो । उनलाई बरामद चाँदीका गहना सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको  जिल्ला प्रहरी कार्यालय बाराले जनएको छ ।

नक्कली मोबिल बनाई विक्री गरेको अभियोगमा २ जना पक्राउ
२०७८-१०-०३

रौतहट, नक्कली मोबिल बनाई विक्री गरेको अभियोगमा राजदेवी नगरपालिका-९ बस्ने २८ वर्षीय राणा रौशन सिंह र ४२ वर्षीय हरेन्द्र कुमार सिंहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  गौर नगरपालिका-५ ब्रहर्वा पुल नजिक राणा रौशन सिंहको जय शिव शक्ति अटोमोबाईल पसल र सो पसल नजिक गोदाममा विभिन्न कम्पनीको लोगो प्रयोग गरी झुक्यानमा पारी बाहिरबाट सो कम्पनीको मोबिल तथा मोटरसाईकलका पार्टसहरु ल्याई भण्डारण गरी कालो बजारी गरेको भन्ने सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको पसल तथा गोदामबाट प्रहरीले ३ हजार बट्टा मोबिल, २ सय लिटरका २ ड्रम खुल्ला मोबिल र ९ वटा खाली ड्रम बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ
२०७८-१०-०३

बारा, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आदर्शकोतवाल गाउँपालिका-८ टोल कोतवाली ठेगाना भएका २० वर्षीय संतोष साह कानु र सोही ठाउँ बस्ने ४० वर्षीया शान्ति देवी रहेका छन् । गत पुस २५ गते दिउँसोको समयमा घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका हराई बेपत्ता भएकोमा पुस २७ गते दिउँसो आदर्शकोतवाल गाउँपालिका-७ स्थित जमुनी खोलामा उनको शव फेला परेको थियो । ती बालिकाको शव फेला परेको सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय बारा तथा २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा निज बालिकाको जबरजस्ती करणी पछि हत्या गरी फालेको खुल्न आएपछि घटनामा संलग्न संतोष साह र अपराध पुष्टी हुने दशीहरू लोप गर्ने प्रयास गरेकी शान्ती देवीलाई पक्राउ गरेको हो । उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७८-१०-०३

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ स्थित कोईन्स रेष्टुरेण्टबाट ४० मिलिग्राम अवैध लागू औषध ब्राउन सुगर सहित सोही नगरपालिका-३ बस्ने १९ वर्षीया पूजा कार्की लगायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेण्टको क्याबिनमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।     सिरहा, सिरहा नगरपालिका-१७ माडरबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट १० ट्याब्लेट सहित कल्याणपुर नगरपालिका-८ मझौलिया बस्ने ३० वर्षीय कृष्णा यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ज.१२ प ७५५७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक यादवलाई पक्राउ गरेको हो ।     कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिभुवन टोलबाट १० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट र ५ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २३ वर्षीय जगतराम राना थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी प्रोष्ट चटकपुरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको  हो ।     सर्लाही, मिर्चैया नगरपालिका-५ बाट ३० ग्राम ७७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा कमला नगरपालिका-६ बस्ने २१ वर्षीय सबुर कुमार महतो र सोही ठाउँ बस्ने २१ वर्षीय पवन कुमार महतो रहेका छन् । लु.७९ प ९९५१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक सबुर कुमार र मोटरसाइकलमा सवार पवन कुमारलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।