प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

२०८१-११-२५

  • A
  • A-
  • A+
Share

इलाम, इलाम नगरपालिका-९ सेराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम नगरपलिका-१२ साङरूम्बा बस्ने २२ वर्षीय रोशन लिम्बु र २२ वर्षीय मनिष राई रहेका छन् । जिल्ला प्रहरी कार्यलय इलामबाट खटिएको प्रहरीले झापाबाट इलामतर्फ आँउदै गरेको मे.१ च ४५२५ नम्बरको पिकअप गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँ ठाडो बाटोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित सोही ठाँउ बस्ने काभ्रे घर भएका २१ वर्षीय सुशिल बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मकवानपुर, मनहरी गाउँपालिका-८ देबकोटबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ५ सय ३० ग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय राज कुमार तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले देबकोटबाट मेनरोडतर्फ आँउदै गरेको ग.६ प ४५८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१५ ब्रहमचोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ किलो ५ सय ९० ग्राम र मोबाइल २ थान सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-२ भवानीपुर घर भएका २३ वर्षीय लडु राम, पर्सा बिन्दवास्नी गाउँपालिका-३ का ३५ वर्षीय सरोज साह र वीरगंज महानगरपालिका-११ बस्ने २३ वर्षीय रवी चौधरी रहेका छन् । प्रहरी चौकी भिस्वागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
करिब २ हजार १ सय किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८२-०३-०३

सुनसरी, इटहरी उपमहानगरपालिका-२० स्थित तरहरा जंगल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १ सय किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका-६ बस्ने ३२ वर्षीय राजेन्द्र राई र ३३ वर्षीय सुनिल राई रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना.५ ख ६११६ नम्बरको नम्बर प्लेट राखिएको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ७० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजेन्द्र र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०३-०२

झापा, दमक नगरपालिका-७ सयपत्री टोलबाट नियन्त्रित लागूऔषध भोमिन ३ सय १० ट्याब्लेट र ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित सोही नगरपालिका-७ हाटखोला बस्ने १९ वर्षीय पुष्कर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-४ नयाँबारी टोल बस्ने २२ वर्षीय निजाम मियालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, ओमसतिया गाउँपालिका-२ पडसरी डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका-३ घर भएका २६ वर्षीय जावेद खानलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३८ एम्पुल, नुर्फिन ३८ एम्पुल र मेटाजिन ३८ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-६ धुराशिरानस्थित पसल गरी बस्ने फिक्कल गाउँपालिका-३ घर भएकी ४० वर्षीया देवमाया तामाङ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । तामाङले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पसल तलासी गर्ने क्रममा पसल पछाडी शौचालय नजिकै झारमा लुकाई राखेको उक्त पदार्थ र डिजिटल तराजु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-४ बस्ने ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय दिपेश खनाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ स्थित नगरपालिका चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ४३ ट्याब्लेट सहित काठमाडौं दक्षिणकाली नगरपालिका-१६ फर्पिङ घर भई भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय अनिस तामाङ समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१ प्रगतीनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६ ग्राम ८ सय १० मिलिग्राम, मोबाइल १ थान र डिजिटल तराजु १ थान सहित सोही ठाउँ बस्ने २९ वर्षीय चुनकुन पासीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०३-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ बाइसधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुशान्त पुतुवारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ बस्ने २६ वर्षीय विजय नेपाली र धनगढी उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय अभिशेक हमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट चटकपुर र प्रहरी चौकी  कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, जानकी गाउँपालिका-७ मोतीनगर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-१ बस्ने २३ वर्षीय शिव बहादुर चौधरी र जानकी गाउँपालिका-७ बस्ने ३३ वर्षीय देसराम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय  टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-३ तिलाचौर केदार टोल बस्ने ६० वर्षीय राम सिंह साउदलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो १ सय ५५ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।  चितवन, भरतपुर महानगरपालिका-४ धर्मचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ३० मिलिग्राम सहित ६ जनालाई शनिबार दिउँसो प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने माडी नगरपालिका खर्कट्टा घर भएका २४ वर्षीय सागर सुनार, भरतपुर महानगरपालिका-३ आनन्द मार्ग बस्ने २२ वर्षीय अजय रौनियार शाह, ३३ वर्षीय अस्फाकउल्लाह शाह, सोही महानगरपालिका-४ बस्ने ४० वर्षीया अनितादेबी साह, २५ वर्षीया निसादेबी साह र १८ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ अदालत रोडस्थित खाजा पसलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ९९ ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २९ वर्षीय सन्तोष प्रसाद कहार र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय राजेश यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत उत्तर प्रदेश सोहरतगढ ग्राम रमजान घर भएका २२ वर्षीय हस्मत अलि अन्सारीबाट खरिद गरेको भन्ने खुल्ल आएपश्‍चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्राम सहित बुढीगंगा गाउँपालिका-७ बस्ने २५ वर्षीय राज कुमार लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०२-३१

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित फलफूल बजार नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ हजार ९ सय ट्याब्लेट सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानरपालिका-१४ बल्खु बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएका २६ वर्षीय राजु मिजार र २४ वर्षीया मीना मगर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले फलफूल बजार नजिकै रोकी राखेको युपि ७८ सिबि ९८३५ नम्बरको कार तलासी गर्दा कारको ढोकामा र डिक्कीमा रहेको अक्सिजन सिलिण्डर भित्र लुकाई छिपाई राखिएको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मुलपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित दैलेख भगवतीमाई गाउँपालिका-३ बस्ने २८ वर्षीय हिमाल खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली मनहरा पुल नजिकैबाट नियन्त्रित लागूऔषध नोफिन ३ एम्पुल,  डाइजेपाम ६ एम्पुल, प्रोमेथाजाइन हाइड्रोक्लोराइड ७ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र मोबाइल १ थान सहित काठमाडौं जडिबुटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-१६ भोरलेनी घर भएका २९ वर्षीय अमन तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको   छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ७० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय पहल मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-९ आमबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय विवेक लिम्बुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०२-३०

कपिलवस्तु, मायादेवी गाउँपालिका-१ सिमरौटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ८८ ग्राम ९५ मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय बिनोद कुमार पाण्डे र सोही गाउँपालिका-८ बस्ने ३५ वर्षीय श्याम सुन्दर यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले फुलिकादेखि बर्रोहियातर्फ आउँदै गरेको लु.९५ प ६०८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ९ सय २० मिलिग्राम सहित सिन्धुली दुधौली नगरपालिका-१० बस्ने ३३ वर्षीय अर्जुन कटुवाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बा.प्र.०२-०५२ प ७७५७ नम्बरको स्कुटरमा सवार अर्जुनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न उदयपुर कटारी नगरपालिका-२ बस्ने ३३ वर्षीय सुमन माझिलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २ ट्याब्लेट र कोलिवान ९२ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २३ वर्षीय दिपेश जैसवाल र सोही उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय राम आङला लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-५ राधेराधेबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ सय ४६ ट्याब्लेट र नगद १ हजार ३ सय ५० रूपैयाँ सहित भक्तपुर पुरानोठिमी बस्ने खोटाङ घर भएका २६ वर्षीय केवल राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-९ निकोशेराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ कुण्डोल बस्ने २२ वर्षीय रिकेश थापा, सोही नगरपालिका-६ कुण्डोल बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भएका ३२ वर्षीय तारा बहादुर भारती र काठमाडौं चन्द्रागिरी नगरपालिका-७ थानकोट बस्ने २२ वर्षीया रेश्मा ठकुरी रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-४ बानियाभार एकान्त टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय गुड्डु दमाई र ५१ वर्षीय अकुव खाँ पठान रहेका छन् । प्रहरी बिट बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-९ फूलबारीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ७ एम्पुल, फेनारगन ७ एम्पुल, डाईजेपाम ५ एम्पुल र ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय क्षितिज तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  ।   कञ्चनपुर, पुनर्वास नगरपालिका-४  जमुनाघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-३ वडहरा बस्ने २७ वर्षीय अम्मर चौधरी र २५ वर्षीय भिमजंग कठरिया रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१२ प १७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, नरहा गाउँपालिका-३ चौहर्वा चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो १६ ट्याब्लेट र नाईट्राजेपाम ४० ट्याब्लेट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-३ बस्ने २३ वर्षीय उमेश कुमार साह र सोही नगरपालिका-४ बस्ने १९ वर्षीय सलम खान रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सर्लाही, लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित लालबन्दी नगरपालिका-१४ नारायण खोला बस्ने ६२ वर्षीया संगमाया स्याङ्वोलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले गैरीगाउँबाट लालबन्दीतर्फ जाँदै गरेको मधेश प्रदेश-०३-००२ स ४१५१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।