प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७८-१०-०३

  • A
  • A-
  • A+
Share

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ स्थित कोईन्स रेष्टुरेण्टबाट ४० मिलिग्राम अवैध लागू औषध ब्राउन सुगर सहित सोही नगरपालिका-३ बस्ने १९ वर्षीया पूजा कार्की लगायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेण्टको क्याबिनमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
    सिरहा, सिरहा नगरपालिका-१७ माडरबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट १० ट्याब्लेट सहित कल्याणपुर नगरपालिका-८ मझौलिया बस्ने ३० वर्षीय कृष्णा यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ज.१२ प ७५५७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक यादवलाई पक्राउ गरेको हो ।
    कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिभुवन टोलबाट १० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट र ५ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २३ वर्षीय जगतराम राना थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी प्रोष्ट चटकपुरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको  हो ।
    सर्लाही, मिर्चैया नगरपालिका-५ बाट ३० ग्राम ७७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा कमला नगरपालिका-६ बस्ने २१ वर्षीय सबुर कुमार महतो र सोही ठाउँ बस्ने २१ वर्षीय पवन कुमार महतो रहेका छन् । लु.७९ प ९९५१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक सबुर कुमार र मोटरसाइकलमा सवार पवन कुमारलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
चोरी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ
२०८०-०२-१८

काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा भारत पटना घर भएका २८ वर्षीय सरिव खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  चोरी भएको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा खानलाई फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति पक्राउ
२०८०-०२-१८

काठमाडौं, ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति सर्लाही ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती बयलवास बस्ने ४० वर्षीय नरेश चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सिरहा कर्जन्हा नगरपालिका-१० बगाहा खोलाको पुल मुनी तनहुँ पोखरी भन्ज्याङ घर भई नवलपरासी साविक आदर्श बस्ने २५ वर्षीया कल्पना परियार २०७० असोज २९ गते बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा नरेश चौधरी संलग्नता खुल्न आएपछि सर्लाही ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती बयलवासमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनलाई थप आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ ।