नियन्त्रित लागूऔषध सहित ३ जना पक्राउ
२०७८-१०-०३
- A
- A-
- A+
कास्की, अन्नपूर्ण गाउँपालिका-१ नौडाँडास्थित सडकबाट सोही ठाउँ बस्ने माछपुच्छ्रे गाउँपालिका-१० घर भएका २६ वर्षीय सन्जय बिकलाई नियन्त्रित लागूऔषध ४५ एम्पुल डाईजेपाम, ४५ एम्पुल फेनारगन र ४५ एम्पुल नुर्फिन सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, रतुवामाइ नगरपालिका-९ भौडास्थित सडकबाट उर्लाबारी नगरपालिका-३ बस्ने ३६ वर्षीय तारानिधि गुरागाईं र सोही ठाउँ बस्ने ३५ वर्षीय विदेश लिम्बुलाई नियन्त्रित लागूऔषध ६ सय ९० ट्याब्लेट नाईट्राभेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इटराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।