अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०१-१८
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दार्जलिङ नक्सालबादी घर भएका ३८ वर्षीय कृष्ण रोय र २१ वर्षीय सायोन दास रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३३६२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ नुवाकोट लिखु गाँउपालिका-६ घर भएका ३४ वर्षीय राजु लामाले ल्याउन पठाएको भन्ने खुल्न आएश्चात प्रहरीले राजुलाई समेत बालाजु बसपार्कबाट पक्राउ गरेको छ ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित छथर जोरपाटी गाउँपालिका-५ बस्ने २४ वर्षीय निमा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-०५५ प ३९०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ चाइना मार्केटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-५ बस्ने २४ वर्षीय दुखन ऋषिदेवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय डेबिट तामाङ र धनकुटा महालक्ष्मी नगरपालिका-४ बस्ने १९ वर्षीय बिक्रम तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प १९४३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-८ सृजना चोकबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३१ ट्याब्लेट र ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-७ मासबार बस्ने अन्नपूर्ण गाउँपालिका-९ लाङ्घाली घर भएका ३५ वर्षीय कृष्ण गुरूङ र पोखरा महानगरपालिका-३ नदिपुर बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका-८ बेलचौतारा घर भएका २२ वर्षीय समिर विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले ग.१० प ८६७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१३ बस्ने १६ वर्षीय किशोर समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, बाह्रदशी गाउँपालिका-५ फूलबारीस्थित बिक्रम विकास मेडिकलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाइक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट सहित मेडिकल संचालक सोही ठाउँ बस्ने ३९ वर्षीया बन्दना पोखरेललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनको मेडिकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
चितवन, कालिका नगरपालिका-५ भीमपुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट र एनारगन २ सय १० ट्याब्लेट सहित सोही नगरपालिका-१ बस्ने २३ वर्षीय प्रथम थोकरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।