प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोली सहित दुई जना पक्राउ

२०८२-०२-०७

  • A
  • A-
  • A+
Share

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका-७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


 

सम्बन्धित समाचार
एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८२-०९-२७

कपिलवस्तु, कृष्णनगर नगरपालिका-१२ नरैनापुर बस्ने ४२ वर्षीय विनोद ओझालाई एकनाले भरूवा बन्दुक १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी बेदर्मीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । स्याङ्जा, विरूवा गाउँपालिका-६ लेवा बस्ने ७२ वर्षीय राम बहादुर सुनारलाई एकनाले भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजारहरू सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरूवाअर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।