प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८२-०८-२५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब १ किलो ३ सय ५० ग्राम सहित भारतीय नागरिक २२ वर्षीय VISHAL KUMAR बुधबार राति पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । मोरङ, विराटनगर महानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३१ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी हरिनगर गाउँपालिका-७ बस्ने ५२ वर्षीय हबिब खाँ र सोही गाउँपालिका-४ बस्ने ३० वर्षीय इरसाद आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.२७ प ६४८१ र बीआर १९ वाई ९०५३ नम्बरको मोटरसाइकलमा समेत बरामद गरेको छ । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ लम्की चोक बस्ने २० वर्षीय सेराज सल्मानीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, मिर्चैया नगरपालिका-७ छगरियाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ सय ग्राम सहित उदयपुर ताप्ली गाउँपालिका-२ लेखगाउँ बस्ने ४८ वर्षीय प्रेम बहादुर राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट फुलबरियाबाट खटिएको प्रहरीले बा.४२ प ४७७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-३१ बस्ने २३ वर्षीय निरज चौधरी र २१ वर्षीय शिव पासवान रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले म.प्र ०३-०३१ प ६९९० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०८-२५

कञ्चनपुर, भीमदत्त नगरपालिका-३ भाँसी डेरा गरी बस्ने वेदकोट नगरपालिका-४ बगुन घर भएका २८ वर्षीय सुनिल बिष्ट समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुनिलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ सालघारी बस्ने २५ वर्षीय हेमन्त धामीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-१५ टुटेपानीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९९ एम्पुल सहित गोदावरी नगरपालिका-४ बडिखेल बस्ने २७ वर्षीय सौगात श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-५ नव प्रतिभा टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब १ सय २ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय अमृत थापा र २६ वर्षीय मिलन महतो रहेका छन् । सप्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित भारत दार्जलिङ बस्ने ६१ वर्षीय गोपाल बैधलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ६७८० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-११ मंगलबारे चोक बस्ने २४ वर्षीया रोशनी राई समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र स्पास्पेन १ सय ६५ ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०८-२४

बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-६ बेलनपुर बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुर्खेत, भेरीगंगा नगरपालिका-१२ छिन्चुबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ट्याब्लेट र ट्रामाडोल ४५ ट्याब्लेट सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २१ वर्षीय बिनोद न्यौपाने, कालिकोट शुभकालिका गाउँपालिका-८ बस्ने २० वर्षीय नबिन शाही र सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय राजेश शाही रहेका छन् । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ ज ०६२४ नम्बरको इभि गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८२-०८-२४

चितवन, भरतपुर महानगरपालिका-२६ ज्योतीनगर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ९० मिलिग्राम र नगद १३ हजार रूपैयाँ सहित सोही महानगरपालिका-२६ बस्ने २६ वर्षीय बिष्णु गुरूङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले बा.५५ प ६८८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० हजार ५ सय ३० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनीघाट रोराङ गाउँपालिका-६ बस्ने १९ वर्षीय रामहरी मगर र सिद्धलेक गाउँपालिका-७ बस्ने १९ वर्षीय राजकुमार मगराती रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले बा.प्र.०८-००१ ज ०११७ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही महानगरपालिका-१७ अलौ बस्ने २४ वर्षीय बिशाल कुमार गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ बालुवाटार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण बहादुर साउदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ कर्मीडाँडा बस्ने ३१ वर्षीय प्रविण साउद र २६ वर्षीय धन बहादुर चौधरी रहेका छन् । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७ सय २० मिलिग्राम सहित विदेह नगरपालिका-१ ठाडी बस्ने ४१ वर्षीय अशोक कुमार साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले भोईलबाट जनकपुरतर्फ आउँदै गरेको प्र.२-०२-००१ प ९१७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश नानपारा बस्ने २२ वर्षीय थरूवा अहमद र भारत बहराइच बस्ने २५ वर्षीय तोहिद खान रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३१ एम्पुल, बुप्रेनोर्फिन ३१ एम्पुल र फेनारगन ३१ एम्पुल सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा शहिद लखन गाउँपालिका-३ बस्ने २८ वर्षीय निर्मल बस्याल र तनहुँ आँबुखैरेनी गाउँपालिका-३ बस्ने ३७ वर्षीय पृतम लामा रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० लाहुरे टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६२ ग्राम २ सय ९० मिलिग्राम सहित ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका-३२ टेडा घर भएका १९ वर्षीय रैफुल्लाह मिया ठकुराई, १९ वर्षीय प्रवेज अन्सारी, १८ वर्षीय किशोर, भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने २४ वर्षीय वसन नेपाली, सोही महागनरपालिका-२१ पार्वतीपुर बस्ने ३६ वर्षीय भीम प्रसाद तामाङ, ३२ वर्षीय मनोज विक, सोही महानगरपालिका-४ त्रिचोक बस्ने २१ वर्षीय सरोज योञ्जन तामाङ र पर्सा वीरगंज महानगरपालिका-१ छप्कैया बस्ने २३ वर्षीया आईषा खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सिमरा फारमेसगंज गाउँ पञ्चायत-१४ बस्ने ३० वर्षीय सुरज कुमार सोनी र २५ वर्षीय केशव कुमार सोनी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले बिआर ३८ टि ३५९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ बस्ने ४१ वर्षीय राकेश यादव र भारत बिहार जोगवनी थाना इन्द्रपुर बस्ने २६ वर्षीय निरज राय रहेका छन् । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले हुलासबाट दरैयातर्फ जाँदै गरेको को.२ प २०४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५८ ग्राम १ सय ४० मिलिग्राम सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-६ बस्ने ३४ वर्षीय दावा लामा होल्मोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०८-२३

पर्सा, वीरगंज महानगरपालिका-१६ नगवा पोखरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय नितेश महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ सिर्जना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ कर्रा बस्ने ३६ वर्षीय संजोग पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०८-२३

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-३ बोराडाडी बस्ने २७ वर्षीय नरेन्द्र बोहरा, सोही उपमहानगरपालिका-३ चौराहा बस्ने ३६ वर्षीय प्रेम खत्री र सोही उपमहानगरपालिका-१३ राजपुर बस्ने ४० वर्षीय चक्रपती गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१ ह ५५०५ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक बोहरा र अटोमा सवार खत्री र गिरीलाई पक्राउ गरेको हो । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१० पचेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय शौरभ यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१७ शारदानगर टाउनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही महानगरपालिका-१७ बस्ने २५ वर्षीय सुरज कुमाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले ना.३३ प ९९६६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१४ बालेगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६४ ग्राम १ सय ६० मिलिग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१४ बस्ने २४ वर्षीय सुदिप कुमार भाट, २६ वर्षीय पवन कुमार शर्मा र डुडुवा गाउँपालिका-६ बस्ने २७ वर्षीय राजु शाह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ नेपालगंज उपमहानगरपालिका-१४ उधोपुरूवा बस्ने ५९ वर्षीय सुरत खटिकबाट लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले सुरतको घर तलासी गर्दा थप ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम ४ सय ७० मिलिग्राम फेला पारी सुरतलाई समेत पक्राउ गरेको छ । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ कोरिनपुर बस्ने २५ वर्षीय कल्लु नाउ, ४० वर्षीय गड्डु ढपाली र सोही उपमहानगरपालिका-११ शान्तिनगर बस्ने २८ वर्षीय सुरज सुनार रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-८ तीनकुनेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट र स्पास्पेन १ सय १० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय लाक्पा देर्जे तामाङ र सोही उपमहानगरपालिका-४ बस्ने २३ वर्षीया प्रमिला राई रहेका छ्न् । अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरीले को.१ ह ७७२८ नम्बरको अटो जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक लाक्पा र अटोमा सवार प्रमिलालाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध बिक्री वितरणमा संलग्न सोही उपमहानगरपालिका-८ बस्ने ६६ वर्षीय टेक बहादुर तामाङको घर तलासी गर्दा थप ट्रामाडोल १ हजार २० ट्याब्लेट, स्पास्पेन १ हजार १० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रूपैयाँ फेला पारी टेक बहादुरलाई समेत प्रहरीले पक्राउ गरेको छ । मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ सेल्फि रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्राम सहित उर्लाबारी नगरपालिका-३ बस्ने ३५ वर्षीय पंकज पोखरेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० नयाँ घुस्राबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने ३३ वर्षीय खगेन्द्र विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
२०८२-०८-२२

सुनसरी, रामधुनी नगरपालिका-२ बस्ने ४५ वर्षीय दिनेश कुमार चौधरीको गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका १ बस्ने ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह गाउँपालिका-५ वर्षीय ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका-४ वर्षीय ३७ वर्षीय गियास मन्सुरी, सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका-१६ बस्ने २८ वर्षीय अंकित साह र सोही नगरपालिका-९ बस्ने २८ वर्षीय प्रिन्स कुमार दास रहेका छन् ।रामधुनी नगरपालिका-२ कर्मनिया टोलस्थित सडकमा अपरिचित व्यक्तिहरूले गत असोज २५ गते बेलुकी गोली प्रहार गरी प्र.१-०२-००४ ह ७८०४ नम्बरको सिटि सफारी चालक दिनेशको हत्या गरेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०८-२२

चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडीबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ८ सय ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २७ वर्षीय पन्चे तामाङ र ३० वर्षीय अपिल तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.२२ प १२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २९ मिलिग्राम सहित दमक नगरपालिका-१ बस्ने ३० वर्षीय रोशन भुजेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ६ सय ७८ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-०८-२२

मोरङ, रतुवामाई नगरपालिका-१ हटियाडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ७८ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने २१ वर्षीय समेल राई र सोही गाउँपालिका-१ बस्ने २२ वर्षीय विक्रम विशुङ्खे रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३८२५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको ढाला भित्र लुकाईछिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी चालक समेल र ट्रक साहु विक्रमलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०८-२२

कञ्चनपुर, बेदकोट नगरपालिका-८ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट गैलनदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ३ सय ६० मिलिग्राम सहित कञ्चनपुर लालझाडी गाउँपालिका-५ बस्ने २७ वर्षीय गोविन्द विष्टलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-९ प्रगती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सायर घिमिरे, २१ वर्षीय सुशिल घिमिरे र २२ वर्षीया पूर्णीमा पराजुली रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-५ बस्ने मोरङ विराटनगर महानगरपालिका-१ घर भएका १९ वर्षीय निरज मुखियालाई अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट र डाईक्लोमाइन २६ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-४ मनकामना चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-१० बस्ने २९ वर्षीय बिरेन्द्र राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मनाही टोलबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-६ बस्ने २१ वर्षीय रामनाथ यादव र भारत बिहार सुपौल बिरपुर-३ घर भएका १९ वर्षीय भुषण कुमार यादव रहेका छन् । प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरीले प्रकाशपुरबाट मधुवनतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ३४९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । जुम्ला, चन्दननाथ नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित तिला गाउँपालिका-९ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२१ बस्ने २४ वर्षीय गोलु बढईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले भे.१ ह ९५१० नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गोलुलाई पक्राउ गरेको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ भुल्केधाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय देव लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-६ खोलेसिमलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २० वर्षीय सन्जय गैरे र सोही नगरपालिका-२ बस्ने २८ वर्षीय राजन महतो रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना.२० प ३६६८ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भिम बहादुर महरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।भिम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०८-२२

अछाम, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ढकारी गाउँपालिका-२ बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साउदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।बझाङ, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जयपृथ्वी नगरपालिका-३ बस्ने २२ वर्षीय सुरज जोशीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुरजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मोटरसाइकल आउट राइडर्स तालिम सुरू
२०८२-०८-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको मोटरसाइकल आउट राइडर्स तालिम आइतबारबाट सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले उक्त तालिमको उद्‍घाटन गर्दै समय सापेक्ष नयाँ प्रविधिको बारेमा जानकारी दिई योग्य र दक्ष चालकको उत्पादन गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक ई. अशोक केसीले ३५ कार्य दिनको उक्त तालिममा १ जना प्रहरी सहायक निरीक्षक र २९ जना प्रहरी जवान गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०८-२१

काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ५० ट्याब्लेट सहित नागार्जुन नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१३ स्थित साबिर गाडी ग्यारेजबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४९ किलोग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-४ बस्ने २९ वर्षीय ईन्द्र लिम्बु, सहिदभूमी गाउँपालिका-४ बस्ने २५ वर्षीय जिपसन लिम्बु र भारत घर भएका २६ वर्षीय साबिर आलम रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त ग्यारेजमा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी ग्यारेज संचालक साबिर समेत तीनै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१ ज २०१८ नम्बरको बोलेरो पिकअप समेत बरामद गरेको छ ।यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ पिण्डेश्वरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र डिकोलिक ४ सय ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय भलराम श्रेष्ठ समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले को.३५ प १८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सर्लाही, हरिवन नगरपालिका-५ हिरालाल टोलबाट अवैध लागूऔषध गाँजा करिब ५१ किलो ५ सय ग्राम सहित रौतहट यमुनामाई गाउँपालिका-४ सरूअठा टोल बस्ने ३७ वर्षीय सुरेन्द्र राय यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले ज.१ च १५५८ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा पछाडिको भागमा २ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक यादवलाई पक्राउ गरेको हो । रूपन्देही, कोटहीमाई गाउँपालिका-५ मझगवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय १० मिलिग्राम सहित सिद्धार्थनगर नगरपलिका-२ मेउडिहवा बस्ने २० वर्षीय सुभान केबट समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-७ उढरा बस्ने २५ वर्षीय तौफिक खाँ लाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८२-०८-२०

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो सहित मकवानपुर मकवानपुरगढी गाउँपालिका-८ डटखोला बस्ने ४१ वर्षीय श्याम पाख्रिनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०६१२ नम्बरको इभी गाडीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-२० बरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ५ सय ग्राम सहित सोही उपमहानगरपालिका-२० बस्ने १९ वर्षीय मौसम राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-६ बस्ने २९ वर्षीय सुजन दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बसडिलवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६८ ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-१ बेलहिया घर भएका २० वर्षीय मुकेस थापा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, गौरीगंगा नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ स्थित स्वस्तिक होटलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ किलो ५ सय ग्राम सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ छबिसपाथिभेरा गाउँपालिका-७ बस्ने २८ वर्षीय बम बहादुर धामी, ४२ वर्षीय जनक जाग्री, बझाङ सुर्मा गाउँपालिका-३ बस्ने २५ वर्षीय अमृत बोहरा र दार्चुला महाकाली नगरपालिका-२ बस्ने ५० वर्षीय रूपसिंह सितोली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ श्रीजना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सनत बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ९ सय ७० मिलिग्राम सहित गुलरीया नगरपालिका-११ लालपुर बस्ने २६ वर्षीय प्रबेश चमार समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले मैनापोखर बजारबाट बाँसगढीतर्फ जाँदै गरेको बा.प्र.०२-०२७ प ०७४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय मोहमद अकबरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-६ गोलबजार बस्ने २४ वर्षीय आशिष कुमार साहलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले प्रदेश २-०१-००२ प ६२३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४७ ग्राम ६ सय २० मिलिग्राम सहित जलेश्वर नगरपालिका-६ बस्ने २६ वर्षीय बिक्कि कुमार मिश्र समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प ३१५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५६ मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पा रामपुर नगरपालिका-८ बस्ने २२ वर्षीय मनिष ठकुरी र कास्की रूपा गाउँपालिका-५ बस्ने २५ वर्षीय रन्जित नेपाली रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०१९१ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम ९ मिलिग्राम सहित ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-३१ बेगनास नहरचोक बस्ने ३० वर्षीय मिलन क्षेत्री, सोही महानगरपालिका-३० शिसुवा बस्ने सोही महानगरपालिका-२७ रिठ्ठेपानी घर भएका २३ वर्षीय हसन भण्डारी, सोही महानगरपालिका-२६ जलधारे बस्ने ४३ वर्षीय बिक्की परियार र सोही महानगरपालिका-२७ शिसुवा बस्ने मादी गाउँपालिका-३ घर भएका ३७ वर्षीय उदिप गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्वत, जलजला गाउँपालिका-३ पानीट्याङकीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ११ किलो ७ सय ५० ग्राम र चरेस जस्तो देखिने पदार्थ २ सय ६० ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपुर्ण गाउँपालिका-८ बस्ने ४२ वर्षीय देव बहादुर पुर्जा र ४२ वर्षीय युवराज गर्बजा रहेका छन् । प्रहरी चौकी वारिवेनीबाट खटिएको प्रहरीले म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग.३ च ५१४९ नम्बरको पिकअप जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक देव बहादुर र सहचालक युवराजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न व्यक्ति पक्राउ
२०८२-०८-१९

काठमाडौं, लमजुङ बेसीशहर नगरपालिका-२ भकुण्डे बस्ने ४५ वर्षीया सिता कँडेलको हत्यामा संलग्न रहेको अभियोगमा चितवन साविक बछौली गाविस-१ हाल रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।सिता आफ्नै घरमा २०८१ चैत ३१ गते मृत अवस्थामा फेला परेको घटनामा जिल्ला अदालत लमजुङबाट २०८२ वैशाख १५ गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय लमजुङ पठाइएको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०८-१९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित नुवाकोट तारकेश्वर गाउँपालिका-४ बस्ने ३५ वर्षीय सन्तोष वस्तीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१-००६ ख ५५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।सर्लाही, लालबन्दी नगरपालिका-११ हिरापुरबाट अवैध लागूऔषध गाँजा ५२ किलोग्राम सहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय गंगा बहादुर वाईवालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बा.१२ च ४७१० नम्बरको पिकअप गाडीलाई जाँच गर्दा चालक बस्ने सिट मुनि फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक गंगा बहादुरलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा सचेतनामुलक कार्यक्रम सम्पन्न
२०८२-०८-१९

काठमाडौं, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित एक समारोहबीच सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ ।अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा “Limit the Speed, Save The life” भन्ने नाराका साथ सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले लामो समय देखि अनुशासित भएर सवारी चलाउने सार्वजनिक सवारी साधनका चालकहरू लगायतलाई प्रशंसापत्र वितरण गर्नुभयो । सो अवसरमा युवा तथा खेलकुद मन्त्री गुप्ताले सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न आयोजित यस कार्यक्रम महत्वपूर्ण हुने चर्चा गर्नुभयो । यस्ता कार्यक्रमलाई देशभरीनै संचालन गर्नुपर्ने उल्लेख गर्दै उपल्ब्ध स्रोत साधन तथा प्रविधिको भरपुर प्रयोग र ट्राफिक प्रहरी एवम् सवारी चालकहरूबीच सकारात्मक सम्बन्धको विकास गरी सवारी दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय युवा परिषद नेपालका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीम ज्वाला राईले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन कार्य, सवारी दुर्घटनाको कारण र त्रिवर्षीय विश्‍लेषण, सवारी दुर्घटना न्यूनीकरणका प्रयासहरू, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको समस्या र चुनौतीहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक स्टीकर वितरण गर्नुका साथै सचेतनामूलक नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत यातायात मजदुर संघका पदाधिकारीहरू, राष्ट्रिय युवा परिषद नेपालका पदाधिकारीहरू, विभिन्न संघस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०८-१९

काठमाडौं महानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ३९ ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सर्लाही घर भएकी ३५ वर्षीया पुनम कुमारी, काठमाडौं गुहेश्वरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भएका ३६ वर्षीय मनिष धिताल र काठमाडौं माहांकाल बस्ने मेलम्ची नगरपालिका-५ घर भएका ३७ वर्षीय सुशिल कुईकेल रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम ४० मिलिग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय फडिन्द्र राज पुरी, सोही उपमहानगरपालिका-१९ सानान्टार बस्ने बकैया गाउँपालिका-७ छतिवन घर भएका ४० वर्षीय सुवास खत्री र सोही उपमहानगरपालिका-११ नवलपुर बस्ने मनहरी गाउँपालिका-५ हाडिखोला घर भएका ३४ वर्षीय विनोद तिवारी रहेका छन् । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकि बुट्टाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-९ बस्ने ३५ वर्षीय बिनोद मर्डीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, गोदावरी नगरपालिका-३ नहर बस्ने २० वर्षीय उत्सव श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका-१७ भुवन बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७ सय ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय तेज बहादुर राना मगर र २१ वर्षीय अश्मिन थापा रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, गौरीगंगा नगरपालिका-८ गिधनिया बस्ने २९ वर्षीय मनोज बस्नेतलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको भे.४ प २३७५ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०८-१९

स्याङ्जा, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी साविक पुतलीबजार नगरपालिका-८ हाल सोही नगरपालिका-१४ पिपलडाली बस्ने ५७ वर्षीय मेग बहादुर भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पुतलीबजार नगरपालिका-१४ स्थित वनमा ११ वर्षीया बालिकालाई २०६९ भदौ २७ गते जबरजस्ती करणी गरेको घटनामा जिल्ला अदातल स्याङ्जाको २०७३ मंसिर २३ गतेको फैसलाले उक्त मुद्दामा १५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०८-१८

झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ, राप्ती गाउँपालिका-७ बस्ने २९ वर्षीय बेगम बहादुर खत्री र मोरङ, रंगेली नगरपालिका-३ बस्ने भोजपुर घर भएका २१ वर्षीय डम्बर बहादुर रोक्का रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-१० शान्ति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, विर्तामोड नगरपालिका-३ बिराटपोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १ मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने ३१ वर्षीय सुनिल माझी र ३१ वर्षीय धनन्जय राजवंशी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दार्चुला, शैल्यशिखर नगरपालिका-२ गोकुलेश्वरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ किलो ९ सय ७५ ग्राम सहित नौगाड गाउँपालिका-६ रैचु बस्ने ४७ वर्षीय मान सिंह धामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ लोकनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय महेश थारू र २४ वर्षीय राज कुमार थारू रहेका छन् । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले महेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उदयपुर, चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्राम सहित सप्तरी कन्चनरूप नगरपालिका-९ बस्ने २४ वर्षीय शिवशंकर रामलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टार समेतबाट खटिएको प्रहरीले रामपुरबाट कन्चनपुरतर्फ जाँदै गरेको प्र.२-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय सौगात चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०८-१८

बर्दिया, ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रशान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-२ इभाङ बस्ने ४० वर्षीय राजिन कामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राजिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी इभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०८-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ बस्ने चितवन कालिका नगरपालिका-८ घर भएका ४० वर्षीय श्याम चन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-२६ बस्ने नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-१ घर भएका ४४ वर्षीय दिल बहादुर सारू मगर र ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने सर्लाही ब्रह्मपुरी गाउँपालिका-२ घर भएका ३५ वर्षीय चन्द्र भुसण प्रसाद रहेका छन् । पक्राउ मध्ये श्याम चन्द्रले अल्बानिया, अजरबैजान, मेसोडोनिया, सर्विया लगायतका विभिन्न देशहरू पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १ करोड २५ लाख ७८ हजार ८ सय रूपैयाँ, दिल बहादुरले सर्विया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ र चन्द्र भुसणले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्याम चन्द्रलाई ललितपुर महानगरपालिका-५ बाट मंगलबार तथा दिल बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र चन्द्र भुसणलाई ललितपुर महानगरपालिका-५ बाट बुधबार पक्राउ गरेको हो । पक्राउ मध्ये दिल बहादुर र चन्द्र भुसणलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने श्याम चन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

३१ औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफि शुरू
२०८२-०८-१७

काठमाडौं, नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने ३१औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८२ बुधबारबाट शुरू भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले विद्यालयले अतिरिक्त क्रियाकलाप तथा खेलकुदका गतिविधिहरूलाई प्राथमिकतामा राखी शैक्षिक गतिविधिहरू संचालन गर्दै आइरहेको चर्चा गर्नुभयो । यस्ता प्रतिस्पर्धात्मक प्रतियोगिताहरू केवल खेलकुद कार्यक्रम मात्र नभई समग्र रूपमा विद्यार्थीहरूको अनुशासन, सामूहिक भावना, नेतृत्व क्षमता र खेल भावना प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा, क्षमता र आत्मविश्वासलाई उजागर गर्ने उहाँले बताउनुभयो ।  सोही विद्यालयका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उद्‍घाटन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले मार्च पास गरेका थिए । साथै उक्त अवसरमा नेपाल प्रहरी संगीत विद्यालयद्वारा बैण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो ।   प्रतियोगिता अन्तर्गत नेपाल पुलिस स्कुल साँगा (रातो) टिम र पिस प्वाइन्ट स्कुल बानेश्वर बीच आज भएको उद्‍घाटन खेल ०-० को बराबरीमा समाप्त भएको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १४ विद्यालयका १५  टिमको सहभागिता रहेको छ ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०८-१७

काठमाडौं, तारकेश्‍वर नगरपालिका-६ जीतपुर फेदी डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-२ घर भएका ४३ वर्षीय कुल बहादुर तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन २ सय २३ ग्राम र डिजिटल तराजु १ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो २ सय ६५ ग्राम सहित २ जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २३ वर्षीय FAHIM FARUKBHAI PANAVADHU र २९ वर्षीय MOHAMMED RIZWAN MOHAMMED SHAIKH रहेका छन् । थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा उनीहरूको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ५० मिलिग्राम सहित काठमाडौं तारकेश्वर बस्ने नवलपरासी घर भएका ३३ वर्षीय सुरज क्षेत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ मंगलबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय ओम नारायण राजबंशी र २९ वर्षीय मनोज राजबंशी रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.४ प ४३४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब १ सय ९० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-५ बस्ने २८ वर्षीय प्रकाश सुनार, कञ्चनपुर बेदकोट नगरपालिका-७ बस्ने २० वर्षीय दिनेश पाल र २० वर्षीय भुपेन्द्र विष्ट रहेका छन् । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-२२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित राप्तीसोनारी गाउँपालिका-७ नन्कौपुर बस्ने २३ वर्षीय कमलेश कुमार गद्दीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-१३ डुडुवा पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१३ बस्ने २२ वर्षीय सोम सागर परियार समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ४ सय ९५ ग्राम सहित  २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२० बस्ने २८ वर्षीय अर्जुन राई र धनकुटा सहिदभुमी गाउँपालिका-७ चिम्राहा बस्ने ३६ वर्षीय रोहन राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले ना.१ ज ५६२९ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अर्जुन र सुमोमा सवार रोहनलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, रामधुनी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-५ बस्ने ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय मोहमद साबिर, २४ वर्षीय रहमत अली र २४ वर्षीय मोहमद असलम रहेका छन् । इलाका प्रहरी कार्यालय पकली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली नोट सहित तीन जना पक्राउ
२०८२-०८-१७

रौतहट, ईशनाथ नगरपालिका-४ लत्मरी टोलबाट नेपाली १ हजार दरका १ सय १८ थान नक्कली नोट सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवाही गोनाही नगरपालिका-४ बस्ने २० वर्षीय अजय पटेल, २१ वर्षीय गेनालाल पटेल र भारत बिहार मोतिहारी पूर्वी चम्पारण-२ कुडवा चैनपुर बस्ने २३ वर्षीय जयप्रकाश कुमार रहेका छन् । प्रहरी चौकी मठिया महुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०५ एटि ०९८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०८-१६

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ कैलालीको धनगढीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले जनताहरूलाई सुरक्षाको अनुभूति दिन, प्रभावकारी सेवा प्रवाह र सुशासन स्थापित गर्न यो गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नुभयो । विधिको शासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गर्दै आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सरकारको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै देखिएका सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उहाँले बताउनुभयो । सीमित स्रोत र साधनको बाबजुद सुरक्षा निकायहरूले निर्वाह गरेका कार्यहरू प्रशंसनीय रहेको चर्चा गर्दै सुरक्षा निकायहरूलाई अझ व्यावसायिक र साधन स्रोत सम्पन्न बनाउन आफ्नो साथ र सहयोग निरन्तर रहि रहने समेत उहाँले बताउनुभयो । सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्यालले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको वर्तमान सुरक्षा अवस्था र अपराध सम्बन्धी प्रमुख समस्या तथा चुनौतीहरूको पहिचान गरी ती चुनौतीहरूको सम्बोधनको लागि उपयुक्त रणनीति तर्जुमा गर्न गोष्ठी उपलब्धीमूलक भएको बताउनुभयो । गोष्ठीबाट प्राप्त भएको निर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गर्दै प्रदेश अन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न तथा आसन्न निर्वाचन सुरक्षामा प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी सहकार्य तथा समन्वय गरी कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।  नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा गृह मन्त्रालयका सहसचिव काली प्रसाद पराजुलीले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य बारे प्रकाश पार्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

अवैध लागूऔषध सहित पाँच पक्राउ
२०८२-०८-१६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम सहित जुम्ला चन्दननाथ नगरपालिका-४ बस्ने २७ वर्षीय दिपेन्द्र कुमार सार्की रम्तेल समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको लु.प्र ००१-००१ ख ०८७९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।पर्सा, वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १० किलोग्राम सहित धोबीनी गाउँपालिका-५ धोबीनी बस्ने ४८ वर्षीय सम्सुल मियाँलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१६ नौलोबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३८ ट्याब्लेट र  स्पास्पेन १ सय ३८ ट्याब्लेट सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने  २७ वर्षीय दिल कुमार राई र सोही उपमहानगरपालिका-१३ बस्ने २७ वर्षीय सागर भुजेल रहेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब एक सय ४ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-०८-१६

पर्सा, पटेर्वा सुगौली गाउँपालिका-२ रङ्गपुर टाडी टोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४ किलो ३ सय २५ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गाउँपालिका-८ धर्केमहाबिर टोल बस्ने ३२ वर्षीय भिम स्याङताङ र मकवानपुरगढी गाउँपालिका-१ आँपटार टोल बस्ने ३८ वर्षीय कुमार स्याङताङ रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले मनवाबाट रङ्गपुरटाडीतर्फ आउँदै गरको बिएबि २३९८ नम्बरको गाडीमा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक भिम र गाडीमा सवार कुमारलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०८-१६

काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित न्यू दाङ बर्दिया होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम, नगद ९ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ घर भएका २१ वर्षीय भुपेन्द्र कुमार बुढा र तनहुँ बन्दिपुर गाउँपालिका-१ घर भएका २१ वर्षीय मनिष गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उक्त होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु कुलान्त मार्गस्थित नमस्ते नेपाल गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ७० मिलिग्राम सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ नीलकण्ठ नगरपालिका-३ घर भएका २४ वर्षीय किशोर मगर, सोही नगरपालिका-७ घर भएका २५ वर्षीय कपिल खाती र डोटी पूर्वीचौकी गाउँपालिका-३ घर भएका २५ वर्षीय लोकेन्द्र खड्का रहेका छन् । प्रहरी प्रभाग गोंगबु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ माकालबारीबाट नियन्त्रित लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १५ एम्पुल सहित सोही नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक भोटेचौर घर भएका ३२ वर्षीय सालिकराम खतिवडालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बारा, निजगढ नगरपालिका-११ तपशैयास्थित जंगलबाट अवैध लागूऔषध गाँजा ७ किलोग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका-१९ बस्ने २८ वर्षीय हुसन अंसारी र ४५ वर्षीय अल्यास देवान रहेका छन् । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले ना.५८ प ७७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने २१ वर्षीय मनिस गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मोरङ, कटहरी गाउँपालिका-४ रिङरोडबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित जहदा गाउँपालिका-७ महादेव टोल बस्ने २० वर्षीय शसी मण्डललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले प्र.१-००२-००४ ह २५४० नम्बरको सिटी सफारीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम र नगद ५ हजार ५ सय २५ रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय पवन कुमार वली र सल्यान शारदा नगरपालिका-१ शान्तिनगर घर भएका २६ वर्षीय सन्तोष बुढाथोकी रहेका छन् । प्रहरी चौकी विजौरीबाट खटिएको प्रहरीले रा.४ प १८७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, सैनामैना नगरपालिका-५ सेरूवा बस्ने सुदन चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३८ मिलिग्राम, ३५ हजार ९ सय नेपाली रूपैयाँ र १ हजार २ सय ५० भारतीय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका-४ बस्ने ३२ वर्षीय दिपेन्द्र वडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २४ वर्षीय आकाश रानालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने २ ग्राम २ सय ८० मिलिग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनालाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ कौशलटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित भक्तपुर सानोठिमी बस्ने सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २२ वर्षीय बिष्णु बानियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, भक्तपुर नगरपालिका-८ च्यामासिंहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७९ ट्याब्लेट सहित सोही नगरपालिका-८ लिवाली बस्ने ३२ वर्षीय रबिन सुवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-१६

काठमाडौं, वैदेशिक रोजगारीमा अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-३ घर भएका ३० वर्षीय प्रवेश पोखरेल र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपलिका-९ घर भएका ४५ वर्षीय ईश्वर राना रहेका छन् ।  पक्राउ मध्ये प्रवेशले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ७० हजार रूपैयाँ र ईश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडतबाट ११ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रवेशलाई काठमाडौं महानगरपालिका-२६ बाट र ईश्वरलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो  ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

पेस्तोल सहित तीन जना पक्राउ
२०८२-०८-१६

काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट पेस्तोल १ थान सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ सुन्धारा बस्ने दार्चुला दुहुँ गाउँपालिका-४ घर भएका १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर, काठमाडौं महानगरपालिका-१८ भुरूङखेल बस्ने सोही महानगरपालिका-१४ कलंकी घर भएका २८ वर्षीय रसिल जोशी र काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै पक्राउ मध्ये रसिल उपर प्रहरी वृत्त स्वयम्भूबाट लागूऔषध मुद्दा दर्ता भई गत भदौ २४ गते हिरासतबाट भागी फरार भएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०८-१५

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भएका २९ वर्षीय सुदिप तामाङ समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-१ बोहरा चोक बस्ने २३ वर्षीय सुरज चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०८-१५

काठमाडौं महानगरपालिका-१४ कलंकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ४ सय १० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५६ हजार ६ सय रूपैयाँ सहित सिन्धुली मरिण गाउँपालिका-७ घर भएका २६ वर्षीय युवराज लाखेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ भसन्थलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-४ पासीकोट बस्ने मोरङ बेलबारी नगरपालिका-११ घर भएका २४ वर्षीय दिपेश घतानीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको लु.प्र ०३-००१ प ०९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । मोरङ, रतुवामाई नगरपालिका-२ डोरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-१ बस्ने २३ वर्षीय दिपेश धिमाल र ३३ वर्षीय पूर्ण बहादुर जोगी रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा र इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४७ प ८००२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रौतहट, चन्द्रपुर नगरपालिका-४ सुन्दरबस्ती टोल बस्ने ३३ वर्षीय सुमन तामाङ योन्जनलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ५० ग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २१ वर्षीय प्रशान्त ऐर र २० वर्षीय अरुण राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-४ बाघमाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रशान्त चौधरी १९ वर्षीय बिश्राम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २५ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-११ बस्ने २६ वर्षीय निशान न्यौपाने समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-७ बत्तीस टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८७ ट्याब्लेट र स्पास्पेन ८८ ट्याब्लेट सहित सोही नगरपालिका-६ ठाकुरबारी बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका २७ वर्षीय दिनेश तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । दाङ, घोराही उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने २४ वर्षीय बिशाल बुढा मगर र सोही उपमहानगरपालिका-१५ दिपशिखा चोक बस्ने २७ वर्षीय भिमसेन थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-१५

काठमाडौं, वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-४ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका ५२ वर्षीय शम्भु दयाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । शम्भुले विभिन्न देश पठाइदिन्छु भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

राहदानी बनाइदिने भनी बिचौलियाको काम गर्ने तीन जना पक्राउ
२०८२-०८-१५

काठमाडौं, राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने बझाङ बित्थडचिर गाउँपालिका-६ घर भएका १९ वर्षीय हेमन्त सिंह ओखेडा र ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने प्युठान, प्युठान नगरपालिका-८ घर भएका ३० वर्षीय दिपेश के.एम रहेका छन् । राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भनी विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दु:ख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीहरूको कामकारवाहीमा समेत अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । 

लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधनको लागि सबैको सामूहिक प्रयास आवश्यक - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०८-१४

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले महिला तथा बालबालिका माथि भएका हिंसाका तथ्याङ्कहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई समेत असर गर्ने भएकोले लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधनको लागि सरोकारवाला सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।  प्रविधिको सही प्रयोग गरौं: लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नारा र लैङ्गिक हिंसा रहित प्रविधि, सुरक्षा र न्यायको विधि भन्ने नेपाल प्रहरीको नारा सहित नेपाल प्रहरी प्रधान कार्यालयमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा आइतबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आर्थिक वर्ष २०८१/०८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र सार्वजनिकीकरण समेत गर्नुभयो । साथै उहाँले लैङ्गिक हिंसा न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कार समेत प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैङ्गिक हिंसाको सम्बोधन पनि बहुआयमिक सहकार्य र समन्वयबाट मात्रै सम्भव हुने उल्लेख गर्दै यसका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, राय सुझाव, सल्लाह तथा सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो । लैङ्गिक हिंसा न्यूनीकरणको क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य र समन्वय गर्दै आइरहेका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकाय, संघसंस्थाहरू र सरोकारवाला संस्थाहरूको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी समन्वय, सहकार्य र सहयोगमा निरन्तरताको अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान केवल एउटा अभियान वा अवधिमा सीमित नरही वर्षभरी उत्तिकै उर्जाका साथ सम्बन्धीत सबै निकायहरूले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्रले लैङ्गिक हिंसा न्यूनीकरणमा नेपाल प्रहरीका सबै निकायहरूबाट सम्पादन भएका काम कारबाहीहरूलाई समेटेको चर्चा गर्दै यस तथ्यपत्रले महिला बालबालिका तथा जेष्ठ नागरिकको हितमा कार्यरत समस्त नेपाल प्रहरीका सकल दर्जाको सदैव प्रतिबद्धता रहेको र आगामी दिनमा लैङ्गिक हिंसा न्यूनीकरणमा समेत मार्गदर्शन गर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले पछिल्लो समय एआइको विकास र प्रविधिको प्रयोगले हिंसा न्यूनीकरणमा थप चुनौती देखा परेको उल्लेख गर्दै नेपाल प्रहरीले लैङ्गिक समानता र महिला सुरक्षा प्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी विभिन्न संघसंस्थाहरू, शैक्षिक संस्थाहरु, स्थानीय तह र महिला संजालहरूसँग समेत समन्वय गरी हिंसा विरूद्धका सचेतनामुलक कार्यक्रम संचालनलाई निरन्तरता दिँदै आइरहेको बताउनुभयो । लैङ्गिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा गृहमन्त्रालयका उपसचिव मिना अर्याल, राष्ट्रिय महिला आयोगका उपसचिव रोसनी देवी कार्की, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराई, युनिसेफ नेपाल चिफ अफ चाइल्ड प्रोटेक्सन Leon Muwoni र स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका उपसचिव कविता अर्यालले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको  थियो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले लैङ्गिक हिंसा नियन्त्रण: तथ्यमा वर्तमान अवस्था, विश्लेषण, प्रमुख चुनौती र भावी कार्यदिशा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली स्वदेश फिर्ता
२०८२-०८-१४

काठमाडौं, प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन भएको इन्टरपोलको ९३औं महासभामा सहभागी भई आइतबार स्वदेश फिर्ता  भएका छन् । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल भएको तथा इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन समेत भएको थियो । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी रहेको र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानमा भाग लिएको थियो ।  साथै उक्त महासभाबाट इन्टरपोलको नयाँ अध्यक्षको रूपमा फ्रान्सका Lucas Philippe नियुक्त हुनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी भएको प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक समेत भएको थियो ।उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत मंसिर ६ गते मोरक्को प्रस्थान गर्नुभएको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०८-१४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ४ किलो १ सय २५ ग्राम सहित मलेसियन नागरिक २१ वर्षीय BACHA MURUGAN र श्रीलंकन नागरिक ३३ वर्षीय MOHAMED AASHAN ALALDEEN शुक्रबार राति पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय र भन्सार कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनीहरूको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  झापा, दमक नगरपालिका-५ गोर्खाली टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-५ बस्ने ३० वर्षीय देवराज खड्का र ३२ वर्षीया सुस्मिता राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, थाहा नगरपालिका-६ बज्रबाराहीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५५ ट्याब्लेट, स्पास्मो १४ ट्याब्लेट, स्टेगन १० पिस र नगद १४ हजार ३ सय ३० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाहा नगरपालिका-१ ओखरगाउँ बस्ने २४ वर्षीय सुजन प्रधान र सोही नगरपालिका-१ कट्टी बगल बस्ने २४ वर्षीय अशोक तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट बज्रबाराहीबाट खटिएको प्रहरीले पालुङबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०२-०११ प ४८१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ तिनताप्केबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-७ बस्ने ३० वर्षीय सुनिल आचार्य र सोही नगरपालिका-८ बस्ने ३१ वर्षीय किरण कार्की रहेका छन् । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले बस्तीपुरबाट लेवर्टतर्फ आउँदै गरेको म.प्र.०३-०३२ प ३०१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, जिराभवानी गाउँपालिका-५ शंकर सरैया टोलबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित भारत बिहार राज्य बेतिया मुसहरी टोल बस्ने ६५ वर्षीय गामा बिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१७ रानीबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय साबिर मियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, बिदेह नगरपालिका-४ ठाडी टोल बस्ने ५२ वर्षीय राजकिशोर महरालाई अवैध लागूऔषध गाँजा १ किलो १ सय ७० ग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरको छ । प्रहरी चौकी ठाडीझीझाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घर नजिकै रहेको शौचालयको छेउबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
२०८२-०८-१४

काठमाडौं, ललितपुर, गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर होटलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नेपालटार बस्ने नुवाकोट घर भएकी ४७ वर्षीया शारदा बस्नेत समेत १४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४ हजार ७ सय २५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको   हो । चितवन, कालिका नगरपालिका-६ बस्ने ६० वर्षीय ठाकुर प्रसाद भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जिरौनाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार २ सय १० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०८-१३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित गोरखा, पालुङटार नगरपालिका-८ बस्ने ३१ वर्षीय बिशाल तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००३-००१ ख ३३६६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१३ मनकामना टोलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र नगद ४ हजार ७ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ सेवार बस्ने २६ वर्षीय निशान बुढाथोकी र सोही उपमहानगरपालिका-१४ बस्ने रोल्पा त्रिवेणी गाउँपालिका-२ नुवागाउँ घर भएका २२ वर्षीय सन्तोष बुढा मगर रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले  रा.६ प ३५६६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१ मुसहरिया टोल बस्ने ४५ वर्षीया पुनम राईलाई अवैध लागूऔषध गाँजा ३ किलो २ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१३ झलारीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने २३ वर्षीय भुवन राना, उनको श्रीमती २३ वर्षीया कल्पना चौधरी र सोही उपमहानगरपालिका-११ बस्ने २५ वर्षीय जिवन चौधरी रहेका छन् । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-३ सिमरा बस्ने २८ वर्षीय बिनोद कुर्मिलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, कोहलपुर नगरपालिका-१५ चन्नहवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र नगद ५ हजार ३ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, लेटाङ नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने ३१ वर्षीय प्रविन राई र उर्लाबारी नगरपालिका-२ बस्ने २२ वर्षीय सन्दिप धिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले ना.३ प २६८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तेह्रथुम घर भएका ३६ वर्षीय संजिव ढकाल र भारत घर भएका २५ वर्षीय अब्दुल इकराम रहेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१७ प ४३८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८२-०८-१३

काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवन बुद्धचोक डेरा गरी बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-६ घर भएकी  ४३ वर्षीया धनमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा धनमाया समेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  मुस्ताङ, घरपझोङ गाउँपालिका-४ जोमसोम बस्ने गणेश शेरचनले संचालन गरेको जोमसोम इन क्याफे एण्ड रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८२-०८-१२

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डा पुलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र आईपिपिएल ५० एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले प्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराजगंज नौतनवा बस्ने २५ वर्षीय विशाल कुमार यादव र २५ वर्षीय प्रदिप कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यलाय बेलहिया समेतबाट खटिएको प्रहरीले बेलहियाबाट भैरहवातर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी रूपन्देही, सैनामैना नगरपालिका-८ भडसाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित ३० वर्षीय सुरेन्द्र थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, जानकी गाउँपालिका-६ भाटनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ८० मिलिग्राम र नगद १३ हजार ७५ रूपैयाँ सहित कोहलपुर नगरपालिका-१४ हवल्दारपुर डेरा गरी बस्ने ३८ वर्षीय प्रवेस अहम्दलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.५ प ४१०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-२ कौशीलानगर बस्ने २८ वर्षीय सागर जिसिलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । चितवन, माडी नगरपालिका-६ रिमाल खोलाको पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २२ ट्याब्लेट सहित सोही नगरपालिका-७ देवेन्द्रपुर बस्ने २६ वर्षीय आशिष भुजेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले ना.४५ प ७६५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको       हो । साथै थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा थप ट्रामाडोल ३ सय ट्याब्लेट फेला पारी प्रहरीले बरामद गरेको छ । कास्की, पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने २३ वर्षीया आन्सी परियारलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३४ एम्पुल, फेनारगन ३३ एम्पुल र न्युफिनोडिन लेखेको ३४ एम्पुल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित  बैजनाथ गाउँपालिका-३ उत्तर लधौरा बस्ने २० वर्षीय रबिन्द्र कुमार थारू समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-११ बेला बस्ने २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखने पदार्थ ८ ग्राम ५ सय ८० मिलिग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ जयपृथ्बी नगरपालिका-१० बस्ने २२ वर्षीय विशाल सिंह र २० वर्षीय घर्मेन्द्र सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, विश्रामपुर गाउँपालिका-१ खेखरीयाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ करिब २१ ग्राम ६ सय ५० मिलिग्राम सहित भारत पूर्वी चम्पारण बिहार नायकटोल बस्ने ३५ वर्षीय लाल बाबु साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन ३५३२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपलिका-७ राजापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रविन परियार र सोही नगरपालिका-७ पर्सेनी बस्ने २८ वर्षीय शिव थापा रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । इलाम, इलाम नगरपालिका-७ बस्ने छिरिङ दोर्जे लामा समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ७० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरीले छिरिङको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल तथा रिभल्भर सहित पाँच जना पक्राउ
२०८२-०८-१२

काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट पेस्तोल २ थान र म्याग्जिन १ थान सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने मकवानपुर बागमती गाउँपालिका-७ घर भएका २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक र काठमाडौं महानगरपालिका-२८ भृकुटीमण्डप बस्ने बागलुङ ढोरपाटन नगरपालिका-३ घर भएका २५ वर्षीय बालकृष्ण गैरे रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोट सिभिल होम नजिक बस्ने तनहुँ भानु नगरपालिका-९ घर भएका ४१ वर्षीय मनोज कुमार सुन्दासलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ८ राउण्ड सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग फस्कु समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२१ लगन डेरा गरी बस्ने भारत बिहार घर भएका १६ वर्षीय किशोरलाई रिभल्भर १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रिभल्भर फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनाहरू सहित दुई जना पक्राउ
२०८२-०८-११

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनाहरू सहित २ जना अमेरिकी नागरिकहरू मंगलबार राति पक्राउ परकेा छन् । पक्राउ पर्नेहरूमा ३२ वर्षीय SUNIL SANKAR र ३१ वर्षीया BINITA GAZMER रहेका छन् ।  एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै संयुक्त राज्य अमेरिका जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा SUNIL को लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ३१ ग्राम ४ सय मिलिग्राम, चाँदी जस्तो देखिने धातुका गरगहना करिब १ किलो ३ सय ४६ ग्राम र मोतीको जस्तो देखिने धातुका गरगहना करिब ५३ ग्राम तथा BINITA को लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ९१ ग्राम ७ सय ५ मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०८-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ तरकारी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ९ सय ६० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१३ बस्ने २७ वर्षीय सोनम मोक्तानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-०० १ ह ०१२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी अटो चालक सोनमलाई पक्राउ गरेको हो । स्याङ्जा, पुतलीबजार नगरपालिका-१ अभियान पथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र बुप्रेनोर्फिन ६ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय सन्देश विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो सिराहा, नरहा गाउँपालिका-३ चौहर्वा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सर्लाही हरिवन नगरपालिका-१० बस्ने ३२ वर्षीय कृष्ण रिजाल समेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०८-११

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ हजार ५ सय २५ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने काभ्रे घर भएका १९ वर्षीय रोकेश लामा र काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने सुनसरी घर भएका २४ वर्षीय विवेक भुजेल रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ४० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-१ बस्ने ४० वर्षीय नरेश पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-१ रवी स्टेनस्थित आरक्यू होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१ सिर्पाली चोक बस्ने २५ वर्षीय राम कुमार गौतम, सोही नगरपालिका-१ सोल्मारी बस्ने ३२ वर्षीय योगेश शेर्मा, सोही नगरपालिका-१ सैनिक चोक बस्ने ५० वर्षीय प्रमेश राई र मोरङ, उर्लाबारी नगरपालिका-८ दुर्गापुरी बस्ने ३० वर्षीया ललिता धिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले होटल तलासी गर्दा ४ नम्बर कोठाबाट राम कुमार र ललितालाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम र नगद २८ हजार रूपैयाँ सहित तथा ८ नम्बर कोठाबाट योगेश र प्रमेशलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ सैनिक मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय प्रफुल्ल राजवंशीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-११ गाईखर्क चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ५८ ट्याब्लेट र प्रोमेथाजाइन ३३ ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिका नगरपालिका-३ बस्ने २२ वर्षीय प्रताप विक र २८ वर्षीय होम बहादुर तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ह २३४० नम्बरको अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक प्रताप र अटोमा सवार होम बहादुरलाई पक्राउ गरेको हो ।  यसैगरी चितवन, रत्ननगर नगरपालिका-१४ पारिजात चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१६ बस्ने ३५ वर्षीय हरी बिष्ट, सोही नगरपालिका-६ बस्ने बारा घर भएका ४० वर्षीय नेजाबुद अन्सारी र सोही नगरपालिका-१४ बस्ने ४० वर्षीय बलराम श्रेष्ठ रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१२ कुडहरचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही  महानगरपालिका-८ बस्ने २५ वर्षीय राहुल शेरचन र सोही महानगरपालिका-६ लेकसाईड बस्ने २२ वर्षीय दिपेन छन्त्याल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले ग.२६ प ३७९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका-५ बस्ने २५ वर्षीय सुवास खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ पिपरैया बस्ने २६ वर्षीय सुरज राना र सोही नगरपालिका-८ बिछुवा बस्ने २२ वर्षीय समिर बडायक रहेका छन् । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिराहा, गोलबजार नगरपालिका-६ हटिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित नरहा गाउँपालिका-३ खोरिया टोल बस्ने २१ वर्षीय समिर लहेरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । थप अनुसन्धानको क्रममा उक्त पदार्थ गोलबजार नगरपालिका-६ बस्ने २६ वर्षीय राजन विश्वकर्मासँग खरिद गरेको भन्ने खुल्न आएपश्चात राजनलाई गोलबजार नगरपालिका-६ बाट प्रहरीले पक्राउ गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तीन जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०८-१०

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा १ जना गरी जम्मा ३ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी र प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. राम कुमार चौधरी रहनुभएको छ । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीले दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूका धर्मपत्नी एवम् परिवारजनहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।    दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । जेष्ठता, कार्यकुशलता, विधि एवम् पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   प्रहरी महानिरीक्षक कार्कीले मुलुक संवेदनशील अवस्थामा रहेकोले यस्तो अवस्थामा प्रहरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको चर्चा गर्दै निस्वार्थ सेवाभाव, शिष्ट व्यवहार, उत्कृष्ट आचरणलाई आत्मसाथ गरी नागरिकको अपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरू थप क्रियाशील हुनुपर्ने बताउनुभयो । प्रहरी प्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न व्यावसायिक कार्यसम्पादनमा जोड दिई सेवा प्रवाहलाई थप चुस्त बनाउन समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।   समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यवसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।  

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८२-०८-१०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३०औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०८-१०

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ३० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय कर्ण बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर र कोशी प्रदेश प्रहरी गणबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, दुहवी नगरपालिका-१० जगुवा चोकस्थित मुस्कान होटल खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ११ ग्राम २१ मिलिग्राम सहित भारत बिहार रतनपुरा बस्ने २६ वर्षीय सिन्टु कुमार पासवान समेत ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०८-१०

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ४० ट्याब्लेट सहित लमजुङ मर्स्याङ्दी गाउँपालिका-८ बस्ने ३१ वर्षीय सन्तोष गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र.०३.००१ ख १६८३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध चरेस २ सय ग्राम सहित धादिङ गजुरी गाउँपालिका-४ बस्ने १९ वर्षीय श्रीलाल तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १७७३ नम्बरको माईक्रो बसमा सवार उनलाई उक्त चरेस सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ जरूवाटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने २० वर्षीय सागर स्याङतानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहितप पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-२१ पिपरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २१ वर्षीय महेश्वर सहनी र सोही नगरपालिका-१ बस्ने २२ वर्षीय भरत कुमार यादव रहेका छन् । प्रहरी चौकी लकडिगोठबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२३ प ८०६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानरपालिका-१३ कृष्ण चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७६ ग्राम ५ सय मिलिग्राम सहित जहदा गाउँपालिका-१ बस्ने १९ वर्षीय उपेन्द्र यादव समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, रत्ननगर नगरपालिका-२ स्थित २ नम्बर रोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १ ट्याब्लेट र एनारगन १ सय १ ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २४ वर्षीय डेबिट क्षेत्री र २६ वर्षीय जय किशन शाह रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट अवैध लागूऔषध गाँजा ३ किलो २ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र नगद ६ हजार ५५ रूपैयाँ सहित सोही महानगरपालिका-२ क्षेत्रपुर डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विदुर प्रसाद उप्रेतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.३१ प ४२८९ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।   यसैगरी चितवन, कालिका नगरपालिका-६ गुरौ चौरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार १ सय २० ट्याब्लेट सहित सोही नगरपालिका-७ बस्ने २८ वर्षीय गोबिन्द घलेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.२-०३-००७ प ३८५ नम्बरको  स्कुटर समेत बरामद गरेको छ ।कैलाली, गौरीगंगा नगरपालिका-८ बडैपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय हरेन्द्र भाटलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ मोहनपुर बस्ने ३० वर्षीय रूमन चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०८-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएका ३२ वर्षीय अमृत तामाङ, काठमाडौं महानगरपालिका-२४ बस्ने ४२ वर्षीय बिशाल बज्राचार्य र काठमाडौं महानगरपालिका-४ बस्ने लमजुङ दोर्दी गाउँपालिका-६ घर भएका ४९ वर्षीय पुड्के तामाङ रहेका छन् । पक्राउ मध्ये अमृतले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, बिशालले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४७ हजार ५ सय रूपैयाँ र पुड्केले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमृतलाई काठमाडौं महानगरपालिका-११ बाट सोमबार तथा बिशाल र पुड्केलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध जडीबुटी तथा नगद रकम सहित दुई जना पक्राउ
२०८२-०८-१०

काठमाडौं महानगरपालिका-१६ नयाँबजार एरियाबाट अवैध जडीबुटी तथा नगद सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ३७ वर्षीय चीनियाँ नागरिक MA MASU र काठमाडौं महानगरपालिका-३१ घर भएका ३६ वर्षीय नबिला बानु रहेका छन् ।यार्सागुम्बा, वन-लसुन, किटपतंग (किरा), गुच्ची च्याउ (जडीबुटी) जस्तो देखिने वस्तु लगायतका वन पैदवारहरूको गैर कानूनी रूपमा संकलन, ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद २० लाख रूपैयाँ, यार्सागुम्बा जस्तो देखिने वस्तु झोला सहित करिब ९ किलो ३ सय ६० ग्राम, वन लसुन जस्तो देखिने वस्तु बोरा सहित करिब १ सय ५७ किलोग्राम, किटपतंग जस्तो देखिने सुकेको किराहरू बोरा सहित १ सय १ किलोग्राम, गुच्ची च्याउ जस्तो देखिने वस्तु बोरा सहित ७ किलो ९ सय ग्राम, तौल गर्ने मेसिन २ थान लगायतका सामान बरामद गरेको छ । उनीहरूलाई वन ऐन,२०७६ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ । 

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०८-०९

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीले प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरूलाई सम्बोधन गर्दै प्रदेशमा शान्ति सुरक्षाको स्थितिलाई पूर्णरूपले सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो । राजश्व चुहावट नियन्त्रणमा शुन्य सहनशीलताको नीति अबलम्बन गरी व्यावसायिक ढंगले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै आसन्न चुनावलाई निष्पक्ष र शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशमा देखिएका सुरक्षा चुनौतीहरूको पहिचान गरी उपयुक्त रणनीतिको तर्जुमा गर्दै ती चुनौतीहरूको सम्बोधन गर्न तथा एकीकृत र समन्वयात्मक रूपमा काम गर्नको लागि आयोजना गरिएको यस गोष्ठी महत्वपूर्ण र उपलब्धिमुलक भएको बताउनुभयो । सीमा अपराध, साइबर अपराध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना र विपतजन्य घटनाहरू लगायत विभिन्न सामाजिक अपराधहरू चुनौतीको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतीहरूलाई न्यूनीकरण तथा नियन्त्रण गर्न सचेतना, समायानुकुल प्रविधिको विकास, स्रोतसाधन र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी समन्वय र सहकार्य गरी प्रदेशको समग्र सुरक्षा व्यवस्था मजबुत पार्न तथा आसन्न निर्वाचनलाई लक्षित गरी प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०८-०९

कास्की, पोखरा महानगरपालिका-२६ कालिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय मिलिग्राम सहित सोही महानगरपालिका-१ बगर बस्ने २८ वर्षीय मनोज श्रेष्ठलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.२५ प १९२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-७ राजापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१३ बस्ने ३४ वर्षीय कर्ण बहादुर विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र नगद १२ हजार ६ सय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-५ तुलसीपुर बस्ने २१ वर्षीय दिपक थापा क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ बदेलधाप बस्ने २९ वर्षीय सिताराम दोङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ बिर्ताबजार बस्ने ३३ वर्षीय दिलिप कुमार माझी र उनकै श्रीमती ३० वर्षीया रोमा राणा रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ ह ७६३३ नम्बरको सिटीसफारीलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक दिलिप र रोमालाई पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय सनम लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विजयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित रामधुनी नगरपालिका-५ बस्ने २१ वर्षीय सन्तोष राईलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले चिरौलीबाट इनरूवातर्फ आउँदै गरेको को.३१ प २९५२ नम्बरको मोटसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सप्तरी बोदेबरसाइन नगरपालिका-१० बस्ने १९ वर्षीय दुर्गानन्द यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-१ चिसापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका-१० बस्ने २१ वर्षीय बिनोद थापामगर र सुर्खेत लेकबेसी नगरपालिका-१ बस्ने २५ वर्षीय बिकाश पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
२०८२-०८-०९

सर्लाही, मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको नगद १ लाख ९८ हजार रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सीतामढी सोनवर्षा-४ बस्ने ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मा रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बा.८९ प ६२५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-१७ बाट स्रोत नखुलेको भारतीय १ लाख ३९ हजार ३ सय रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी जयनगर बस्ने २५ वर्षीय अरजित कुमार यादव, ४० वर्षीय संजय कुमार साह र ३५ वर्षीय मो. गुलसाह रहेका छन् । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-०८-०८

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुस्थित होटल ग्रिन प्यालेसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटल संचालक नुवाकोट पञ्चकन्या गाउँपालिका-५ घर भएका २४ वर्षीय सन्तोष श्रेष्ठ र काठमाडौं तारकेश्वर नगरपालिका-४ लोलाङ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका घर भएका २४ वर्षीय भीम कुमार तामाङ रहेका छन् । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले होटलको २०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ६ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-१३ बस्ने २७ वर्षीय रोजन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । सुनसरी, धरान उपमहानगरपालिका-२० भञ्ज्याङबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोग्राम सहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी नगरपालिका-९ बस्ने खडग बहादुर मगराती, २८ वर्षीय प्रशासन राई, २४ वर्षीय भुमिराज विक तथा १८ वर्षीय र १७ वर्षीय २ जना किशोर रहेका छन् । अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरीले को.१ झ २१७८ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक खडग बहादुर समेत ५ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०८-०८

काठमाडौं महानगरपालिका-२६ केशरमहल चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २० एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने दोलखा घर भएका २८ वर्षीय प्रकाश श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठ बस्ने दोलखा घर भएका २८ वर्षीय देबेन्द्र लामा रहेका छन् । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा.३६ प ७८८६ नम्बरको मोटरसाइकल सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, कौडेना गाउँपालिका-२ नहरबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित हरिवन नगरपालिका-२ अत्रौली बस्ने ५२ वर्षीय प्रेम बहादुर बललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कौडेनाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित इलाम माङसेबुङ गाउँपालिका-४ सिंगफेरे बस्ने २२ वर्षीय अमिर देवानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको   छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटि सफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ करेलाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय गुल्चन उरावलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ३० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-२ खुदुनाबारी बस्ने ३१ वर्षीय बिर बहादुर कुमाललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जुम्ला, चन्दननाथ नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-४ सिंगाचौर बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ स्थित बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजगढ गाउँपालिका-३ बस्ने २९ वर्षीय दिलिप कुमार मण्डल र सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-६ बस्ने २३ वर्षीय शिवदत्त मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ जना भारतीय नागरिक पक्राउ
२०८२-०८-०८

काठमाडौं, एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने भारत आन्द्रा प्रदेश प्रकासम पामुर गाउँ घर भएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् ।क्रिकेट एशोसियसन नेपालद्धारा मंसिर १ गते देखि मंसिर २७ गते सम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी भई betacular.live नामक अनलाइन बेटिङ साइटबाट खेल हारजित हुने गरी रकम लगानी गरी सट्टाबाजी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ बल्खुबाट पक्राउ गरेको हो ।उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८२-०८-०७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५५औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उत्सुक, अनुशासित तथा जागरूक भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४५ जना गरी कुल ४८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

करिब एक हजार ४ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-०८-०७

सिराहा, लहान नगरपालिका-१ ट्राफिक चोकबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ४ किलो ४ सय ५० ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा धर्मदेवी नगरपालिका-९ छिपिधारा टोल बस्ने २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा छथर जोरपाटी गाउँपालिका-२ बस्ने २२ वर्षीय खेम राना मगर रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले मिर्चैयाबाट रूपनीतर्फ जाँदै गरेको ना.५ ख ३२०९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक बस्ने क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक टंक र सहचालक खेमलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०८-०७

नवलपरासी पूर्व, देवचुली नगरपालिका-६ मुण्डे बस्ने ४२ वर्षीया फुलमाया सुनारीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३ सय ९४ ट्याब्लेट, एनार्गन १ हजार २० ट्याब्लेट, प्रोमेथाजाइन ६ सय २० ट्याब्लेट र नगद २ लाख ३७ हजार रूपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ४५ ट्याब्लेट र स्पास्मो ८६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय हुमेन्द्रनाथ कुँवरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ७० मिलिग्राम सहित मेचीनगर नगरपालिका-१२ नयाँ बस्ती बस्ने २७ वर्षीय सुनिल विश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, कचनकवल गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने ३२ वर्षीय प्रदिप विश्वकर्मा र ३२ वर्षीय बिजय भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ प १५६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान
२०८२-०८-०६

काठमाडौं, इन्टरपोलको ९३औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारी सहितको टोली त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेस खड्का समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । साथै इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन र मतदान समेत हुनेछ । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी हुने र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिने कार्यक्रम रहेको छ ।  प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८२-०८-०६

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बनकुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय ४० मिलिग्राम सहित भिमदत्त नगरपालिका-१८ भगतपुर बस्ने २९ वर्षीय अशोक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-३ मैटहवा बस्ने ३८ वर्षीय किस कुमार थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-८ कामने घर भएका २७ वर्षीय अमिर प्रधान र मकवानपुरगढी गाउँपालिका-२ शिखरकटेरी घर भएकी १९ वर्षीया इन्सुमा गोले रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अमिरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । झापा, कचनकवल गाउँपालिका-४ फर्कागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ आदर्श टोल बस्ने ४० वर्षीय कुमार गन्धर्व र ३० वर्षीय बिशाल गाइने रहेका छन् । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले भारतको कादो गाउँबाट सुकुनाडिगितर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने २४ वर्षीय सुशिल सपकोटालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०८-०५

काठमाडौं महानगरपालिका-१५ डल्लुबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ १ किलो ७ सय ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ३९ वर्षीय भिम बहादुर तामाङ र उनकै श्रीमती ३९ वर्षीया बुद्धिमाया तामाङ रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा नागार्जुन नगरपालिका-४ रामकोट डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४२ वर्षीया संगिता तामाङको कोठा तलासी गर्दा चरेश जस्तो देखिने पदार्थ ७ सय ६३ ग्राम फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । कैलाली, धनगढी उपमहानगपालिका-८ नालापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ भद्र टोल बस्ने ४५ वर्षीय सुरज चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ नुक्लिपुर बस्ने २६ वर्षीय दिपक बिष्ट र  सोही नगरपालिका-१ बस्ने २३ वर्षीय खगेन्द्र साउद रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ फारलाईन बस्ने ३९ वर्षीय आईतमान थिङलाई अवैध लागूऔषध ब्राउनसुगर सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित भोजपुर षडान्नद नगरपालिका-११ भिर गाउँ बस्ने २८ वर्षीय धनिराज राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ । झापा, मेचीनगर नगरपालिका-४ मिलन टुङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ४८ वर्षीय भक्त बहादुर कटुवाल र ४१ वर्षीय गणेश पुरी रहेका छन् । प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भक्तपुर, सूर्यविनायक नगरपालिका-४ दधिकोट पानीट्याङकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय मिलिग्राम सहित भक्तपुर दधिकोट बस्ने तेह्रथुम फेदाप गाउँपालिका-१ घर भएका ३१ वर्षीय मन बहादुर लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिवास नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट सहित बारा निजगढ नगरपालिका-७ योजना टोल बस्ने २७ वर्षीय मुकेश दर्लामीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-०५

काठमाडौं, वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-३ बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-९ घर भएका २० वर्षीय आसमान विकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । आसमानले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०८-०४

काठमाडौं महानगरपालिका-७ बाट नियन्त्रित लागूऔषध डाईजेपाम १६ एम्पुल, प्रोमेथाजाईन-१६ एम्पुल र बुप्रेनोर्फिन १६ एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका-९ घर भएका ३२ वर्षीय विष्णु थापा मगर र काठमाडौं बौद्ध बस्ने उदयपुर घर भएका २६ वर्षीय योगेश राई रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, गेरूवा गाउँपालिका-५ झबही बस्ने २४ वर्षीय कमल शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०८-०४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ३ किलो ३ सय ग्राम सहित भारतीय नागरिक २७ वर्षीय SOORAJ KALLIL बुधबार दिउँसो पक्राउ परेका छन् । थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय र भन्सार कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।   कास्की, पोखरा महानगरपालिका-८ बगालेटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-८ बगालेटोल बस्ने २८ वर्षीय जाबेद हुसेन र २४ वर्षीया अनु श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ गोलपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-११ डेरा गरी बस्ने दैलेख दुल्लु नगरपालिका-४ घर भएकी २६ वर्षीया राधा कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ‍इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-४ गौरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय अनिल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पत्रङबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   ताप्लेजुङ, फुङलिङ नगरपालिका-२ सेती धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४४ ट्याब्लेट र डाईक्लोमाइन ४४ ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ भेटनरी चोक बस्ने २६ वर्षीय जापान लिम्बु र सोही नगरपालिका-२ बस्ने २६ वर्षीय सन्तोष लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, कर्जन्हा नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ६ सय मिलिग्राम सहित लहान नगरपालिका-१ लहान मटेरबा टोल बस्ने २२ वर्षीय अमित यादवलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र-०३-००१ ख २६५४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, राजापुर नगरपालिका-४ राजापुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय बिनय चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बाह्रदशी गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६३ ग्राम २० मिलिग्राम सहित झापा गाउँपालिका-५ पन्थापडा बस्ने २० वर्षीय अडसाद अलीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले मे.८ प ८१४० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, छथर जोरपाटी गाउँपालिका-२ जोरपाटी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित धनकुटा नगरपालिका-१ त्रिशुले बस्ने उदयपुर बेलका नगरपालिका-९ घर भएका २२ वर्षीय अर्जुन कार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०८-०४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-८ घर भएका ४१ वर्षीय रमेश कुमार निरौला, काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका ६४ वर्षीय चित्र बहादुर कार्की, काठमाडौं महानगरपालिका-२८ बस्ने महोत्तरी भँगाहा नगरपालिका-८ घर भएका २३ वर्षीय हैदर अली र भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने २२ वर्षीय दिनेश पुरी रहेका छन् । पक्राउ मध्ये रमेश कुमारले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ, चित्र बहादुरले  इजराइल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ, हैदरले सर्विया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३२ लाख ५० हजार रूपैयाँ र दिनेशले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेश कुमार र दिनेशलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट, चित्र बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट तथा हैदरलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  पक्राउ मध्ये रमेश र चित्र बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने हैदर र दिनेशलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।   

एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८२-०८-०४

काठमाडौं, एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा रानीमहाल पानीपत बस्ने २८ वर्षीय दिलप्रित सिंह र भारत चण्डिगढ बस्ने बर्दिया बारबर्दिया नगरपालिका-८ मगरागडी घर भएकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेका छन् । क्रिकेट एशोसियसन अफ नेपालद्वारा मंसिर १ गते देखी मंसिर २७ गते सम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरूलाई स्पोन्सर गर्छौ भनि सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टाग्राम मार्फत सम्पर्क गरी खेलको हारजीतमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८२-०८-०३

महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम २ सय मिलिग्राम सहित धनुषा नगराइन नगरपालिका-९ घोरघास बस्ने ३२ वर्षीय पंकज कुमार ठाकुरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले धनुषाबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश.०१-००६ ख ८७८२ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, फेटा गाउँपालिका-१ त्रिबेणीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ८ सय ७० मिलिग्राम सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ त्रिबेणी बस्ने ४२ वर्षीय कृष्ण महतो, ३२ वर्षीय लालु कुमार बैठा, ३६ वर्षीय लालु साह, बारा निजगढ नगरपालिका-८ निजगढ बस्ने ४० वर्षीय राज कुमार लामा र सोही नगरपालिका-७ बस्ने २५ वर्षीय अविशेक श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय प्रसौनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको प्रहरीले कृष्णको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । धादिङ, धुनिवेशी नगरपालिका-६ चालिसेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम १ सय सहित सोही नगरपालिका-८ कोईरालीटार बस्ने रामेछाप, रामेछाप नगरपालिका-७ रामपुर घर भएका ४५ वर्षीय मानदास तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनी बस्ने कोठा तलासी गर्दा थप अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय २० मिलिग्राम र गाँजा २ सय ८८ ग्राम ९ सय १० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०८-०३

कञ्चनपुर, बेलौरी नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-८ श्रीपुर बस्ने २६ वर्षीय रामजनम चौधरी र २८ वर्षीय उमेश चौधरी रहेका छन् ।  प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले सु.प.प्र.०१२ प ३६०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-९ लालपुर बस्ने २१ वर्षीय अरबिन्द रोकाया, सोही नगरपालिका-३ बस्ने २० वर्षीय सुमित साउँद र सोही नगरपालिका-१० बस्ने २१ वर्षीय साजन कठायत रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-६ खैरानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीया सावित्री चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    कैलाली, घोडाघोडी नगरपालिका-६ झलझलिया जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ४० मिलिग्राम र नगद ६ हजार ८ सय ८० रूपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बछुरिया बस्ने ३० वर्षीय भिम बहादुर दमाई र २६ वर्षीय तपेन्द्र बहादुर थापा रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा भिम बहादुरको घर तलासी गर्दा थप ५ ग्राम २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ । यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम र नगद १४ हजार ७ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-११ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५२ ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया फाबिसगंज कोहलिया बस्ने २८ वर्षीय मो.मोजाहित र २० वर्षीय राज कुमार दास रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कर्यालय बिराटनगर र वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१३ पथलैया मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० ग्राम १ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका-८ बस्ने २८ वर्षीय अजय कुमार मुखिया समेत २ जनालाई  मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले को.१४ प ४५८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   भक्तपुर, सूर्यविनायक नगरपालिका-६ सूर्यविनायकचोकबाट नियन्त्रित लागूऔषध नोर्फिन २१ एम्पुल, डाईजेपाम २१ एम्पुल र फेनारगन २१ एम्पुल सहित सूर्यविनायक बस्ने दोलखा गौरीशंकर नगरपालिका-२ घर भएका ३० वर्षीय दिनेश कार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-३ सिमराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय १० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-५ बनकटुवा बस्ने २३ वर्षीय इन्सेक थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका-२ बस्ने राम मर्डी र सोही नगरपालिका-३ बस्ने धन बहादुर बन रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-१५ प ५३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८०  मिलिग्राम र नगद १४ हजार १ सय ९० रूपैयाँ सहित सोही ठाउँ बस्ने २० वर्षीय आदेश दर्जीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ ठुलोदमार स्याउली बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित बकैया गाउँपालिका-४ छतिवन बस्ने ३९ वर्षीय सोम बहादुर थोकरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-००५ प ३१०१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

राहदानी बनाइदिने भनी बिचौलियाको काम गर्ने आठ जना पक्राउ
२०८२-०८-०३

काठमाडौं, राहदानी बनाइदिने भनी बिचौलियाको काम गरेको अभियोगमा ८ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने पाँचथर घर भएका २६ वर्षीय सन्जय आङ्देम्बे, काठमाडौं शंखरापुर नगरपालिका-६ बस्ने ३२ वर्षीय ख्याम बहादुर श्रेष्ठ, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय प्रेम बहादुर लामा, काठमाडौं महानगरपालिका-२८ बस्ने १८ वर्षीय किशोर, काठमाडौं महानगरपालिका-२६ बस्ने सुर्खेत घर भएका २९ वर्षीय टेक बहादुर सुनार, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने दोलखा घर भएका ३० वर्षीय साजन श्रेष्ठ, काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने रामेछाप घर भएका ४० वर्षीय गोकुल बहादुर श्रेष्ठ र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय जिवन लामा रहेका छन् । राहदानी विभाग त्रिपुरेश्वर काठमाडौंको मुलगेट बाहिर सेवाग्राहीहरूलाई राहदानी छिटोछरितो बनाइदिने भनी विश्वास दिलाई अतिरिक्त रकम लिई दुख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारबाहीमा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८२-०८-०२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याब्लेट सहित सर्लाही बसबरीया गाउँपालिका-१ घर भएका १९ वर्षीय रमेश यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-४ (घ) गाउँ आनन्द बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय सुरज कुवर र २८ वर्षीय बिनय देवान रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-८ भाषीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६०  मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अकबर डगौरा र २२ वर्षीय अभिषेक डगौरा रहेका छन् । अस्थायी प्रहरी पोष्ट गईलनदिबाट खटिएको प्रहरीले अभिषेकको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित बाँके खजुरा गाउँपालिका-४ ई गाउँ बस्ने ३६ वर्षीय राज कुमार सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-३ लखनागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुनिल थारू र २० वर्षीय सफिक मोहम्मद शाई रहेका छ्न् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० कर्राबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३७ वर्षीय हर्क बहादुर क्षेत्रीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-१ लावरबोटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सहिदभुमि गाउँपालिका-२ बस्ने २६ वर्षीय सम्राट राई, २६ वर्षीय सचिन राई र २४ वर्षीय प्रनिस राई रहेका छन् । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र-१-०२-०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार सम्राट र सचिन तथा को.२१ प ९४६० नम्बरको मोटरसाइकलमा सवार प्रनिसलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-२ त्रिशुली चोक डेरा गरी बस्ने ३२ वर्षीय यसराज राजवंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७० मिलिग्राम र नगद १९ हजार रूपैयाँ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२ अर्चलबोटबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५९ एम्पुल, फेनारगन ५८ एम्पुल, बुप्रेनोर्फिन ६० एम्पुल, टापेन्टाडोल ८० ट्याब्लेट र नगद ३४ हजार ७ सय रूपैयाँ सहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१८ लामागाउँ बस्ने २६ वर्षीय लक्ष्मण पुन मगर, २२ वर्षीय गोपाल, २२ वर्षीय बिनित दर्जी, २८ वर्षीय किस्मत गुरूङ र २६ वर्षीय कालिदास घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, खजुरा गाउँपालिका-५ प्रतिक्षालय चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २० वर्षीया गायत्री सुनार र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय सिमोन विक रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित गुल्मेली खाजा घर एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो र नगद १ लाख ५६ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटलका संचालक गुल्मी रूरूक्षेत्र गाउँपालिका-४ बस्ने २२ वर्षीय हरी प्रसाद ज्ञवाली, गुल्मी, मालिका गाउँपालिका-६ बस्ने २६ वर्षीय महेश घिमिरे र २६ वर्षीय दिल बहादुर कुमाल रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त होटलमा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने चितवन कालिका नगरपालिका-८ घर भएका २५ वर्षीया सुजु प्रजा र काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने ४२ वर्षीया रोजी गुरूङ रहेका छन् । पक्राउ मध्ये सुजुले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६४ हजार रूपैयाँ र रोजीले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजुलाई काठमाडौं महानगरपालिका-२८ बाट र रोजीलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-०२

काठमाडौं, वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भएका २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ घर भएका ३४ वर्षीय आशिष खोखाली रहेका छन् । पक्राउ मध्ये आदर्शले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख ५० हजार रूपैयाँ र आशिषले ११ लाख ५० हजार रूपैयाँ लिई फरार भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ बाट आदर्शलाई आइतबार र आशिषलाई सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

राहदानी बनाइदिने भनी बिचौलियाको काम गर्ने तीन जना पक्राउ
२०८२-०८-०२

काठमाडौं, राहदानी बनाइदिने भनी बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने सर्लाही हरिवन नगरपालिका-१ घर भएका ३२ वर्षीय भाग्य नारायण साह, काठमाडौं महानगरपालिका-३ बस्ने धादिङ नेत्रावती गाउँपालिका-२ घर भएका ३६ वर्षीय विरेन्द्र थापा मगर र काठमाडौं महानगरपालिका-२८ बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-५ घर भएका ४३ वर्षीय मिक्टे लामा रहेका छन् । राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भनी विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दुख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारवाहीमा समेत अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०८-०२

ओखलढुंगा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-४ काफलबोट बस्ने १९ वर्षीय सुनिल खतिवडालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा विमानस्थल सुरक्षा गार्ड रूम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बारा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाङिया बस्ती बस्ने ४० वर्षीय सोम बहादुर भोलनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
२०८२-०८-०२

सर्लाही, मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको नगद ८ लाख १३ हजार ९ सय १० रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईश्वरपुर नगरपालिका-३ बस्ने ३४ वर्षीय सुवाश लामिछाने, २९ वर्षीय रूपेश सहनी र कविलासी नगरपालिका-४ बस्ने मलंगवा नगरपालिका-१० घर भएका २८ वर्षीय मुकेश चौधरी रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतको सोनबर्षाबाट मलंगवातर्फ आउँदै गरेको म.प्र.०३-०३६ प ९३८८ नम्बरको मोटरसाइकलमा सवार सुवाश र रूपेश तथा पैदलयात्री मुकेशलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०८-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउँदै कुनै पनि अपराध विरूद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ-आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा वहन गर्न निर्देशन दिनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।  प्रहरी महानिरीक्षक कार्कीले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषणमा थप सक्रियता अपनाउनु आवश्यक रहेको बताउँदै बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । सबै प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्न क्रियाशील हुनुपर्ने बताउँदै आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न समेत उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति मलेसियाबाट पक्राउ
२०८२-०८-०१

काठमाडौं, ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रौतहट कटहरिया नगरपालिका-१ ठेगाना भएका आकाश प्रसाद कुशवाहा पक्राउ परेका छन् । एनसिबि क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० मंसिर २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
२०८२-०८-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच अपराध अनुसन्धान सम्बन्धी एकदिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ  । अपराध अनुसन्धान विभागको ७०औं स्थापना दिवस, २०८२ को अवसरमा उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अपराध अनुसन्धान विभागका पूर्व प्रमुख एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहलाई सम्मान गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धान विभागद्वारा प्राकाशित CID Magazine, 2082 को विमोचन समेत गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले यस अन्तरक्रिया कार्यक्रममा सबैको सक्रियतापूर्ण सहभागिताले अपराध अनुसन्धान सम्बन्धी समसामयिक पक्षहरू, अपराधका प्रकृतिहरू, प्रहरी क्रियाशीलता र प्रविधिको विधि सम्मत प्रयोग, कानून कार्यान्वयनका नवीन तौरतरिका समेतका विषयमा गहिरो विचार विमर्श गरी अपराध अनुसन्धानको मूल दायित्व बोकेको नेपाल प्रहरीलाई मार्गनिर्देश गर्न महत्वपूर्ण एवम् प्रभावकारी हुने विश्वास लिएको बताउनुभयो । अन्तरक्रिया तथा छलफल कार्यक्रममा समसामयिक आपराधिक घटनाहरूको अध्ययन विश्लेषणका साथै विद्युतीय र आर्थिक अपराधका घटनाहरूको तुलनात्मक अध्ययन विश्लेषण र आगामी दिनमा बढ्न सक्ने अपराधका संभावित घटनाहरू विश्लेषण समेतमा गहिरो छलफल हुने अपेक्षा लिएको उहाँले बताउनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सामाजिक संजालको दुरूपयोगले सामाजिक सुरक्षा व्यवस्थामा चुनौति बढिरहेको उल्लेख गर्दै लागूऔषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराध र अन्तरदेशीय प्रकृतिका जटिल तथा संगठित अपराधहरूका अनुसन्धानमा समेत क्षमता विकासको उत्तिकै आवश्यकता रहेको बताउनुभयो । फैसला कार्यान्वयन र फरार प्रतिवादीहरूको खोजतलास र पक्राउलाई प्राथमिकतामा राखी तत्काल नतिजा आउने गरी काम गर्न एवम् विगतमा घटेका अपराधका घटनाहरू तथा लामो समयसम्म पेन्डिङमा रहेका घटनाहरूलाई समेत प्राथमिकतामा राखी प्रभावकारी अनुसन्धान गर्न सम्बन्धित सबै अपराध अनुसन्धान क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।   प्रहरी महानिरीक्षक कार्कीले निष्पक्ष, प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानले कानुन विपरित कार्य गर्नेहरूलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय दिलाई समाजमा प्रहरी प्रतिको प्रतिष्ठा एवम् विश्वास समेत अभिवृद्धि गर्ने उल्लेख गर्दै सूचना संकलन एवम् विश्लेषण गरी संभावित अपराधको नियन्त्रण तथा घटित अपराधको अनुसन्धान गर्न र कानुन कार्यान्वयनको माध्यमले कानुनी शासनको प्रत्याभूति गर्ने हुनाले सबै प्रहरी कर्मचारीहरूको थप क्रियाशीलता जरूरी रहेको बताउनुभयो । अदालतले सजाय तोकेका कसुरदारहरू समाजमा खुलेआम हिड्ने अवस्था भयो भने समाजमा त्रासको अवस्था सिर्जना भइराख्ने र कानुन कार्यान्वयनले त्यस्तो अवस्थालाई अन्त्य गर्ने चर्चा गर्दै हालसम्म भएका असल अभ्यासहरूको पहिचान गरी अपराध अनुसन्धानलाई प्रमाणमुखी, वैज्ञानिक एवम् पारदर्शी बनाउन आवश्यक रणनीतिहरू र कानुनी सुधारको विषयहरूमा समेत यस अन्तरक्रिया केन्द्रित हुनेछ भन्ने अपेक्षा लिएको उहाँले बताउनुभयो ।   नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अपराध अनुसन्धान विभागका पूर्व प्रमुख एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाह र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक अनन्तराम भट्टराई लगायतले आ-आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक बासुदेव पाठकले विभागीय गतिविधि सम्बन्धी संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा अपराध नियन्त्रण र अनुसन्धानको वर्तमान अवस्थामा, चुनौति र समाधानका उपायहरू लगायतका विषयमा अन्तरक्रिया तथा छलफल भएको थियो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अपराध अनुसन्धान विभागका पूर्व प्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०८-०१

 काठमाडौं महानगरपालिका-७ गौरीघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ८ सय ४० ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नारायणटार बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-८ घर भएका ३३ वर्षीया लक्ष्मी कार्की र काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ घर भएका ३४  वर्षीय किरण खत्री रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो २८ ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २५ वर्षीय सबिन विष्ट र सोही नगरपालिका-६ बस्ने २३ वर्षीय समिर थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १९ हजार ८ सय ट्याब्लेट र डिकोलिक ४ सय ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय नसिव नारायण चौधरी र उनकै श्रीमती २४ वर्षीया सम्झना चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले नसिव नारायणको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम २ सय ७० मिलिग्राम सहित धनुषाधाम नगरपालिका-७ किसानपुर बस्ने २५ वर्षीय सिकेन्द्र रामलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, लालबन्दी नगरपालिका-६ शिव मन्दिरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३८ किलो ८ सय ९० ग्राम सहित हरीवन नगरपालिका-१ कटौना बस्ने ५५ वर्षीय बद्री बहादुर श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लखनदेही खोलाबाट लालबन्दीतर्फ आउँदै गरेको प्र.२-०३-००१ ह ३२८ नम्बरको अटो र ना.६० प ५५६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला अटो चालक बद्रीलाई पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  सिन्धुली, दुधौली नगरपालिका-४ बैराबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ७० ट्याब्लेट र स्पास्मो ७० ट्याब्लेट सहित सोही नगरपालिका-३ कालापानी बस्ने २० वर्षीय हिरण गौतमलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले बैराबाट डकाहा चोकतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने महोत्तरी सम्सी गाउँपालिका-५ घर भएका ४४ वर्षीय आनन्द कुमार साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  आनन्द कुमारले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०८-०१

काठमाडौं, ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न व्यक्ति रहेको अभियोगमा नेपाल ट्रष्टको कार्यालयका तत्कालिन सचिव दोलखा जिरी नगरपालिका-६ बस्ने अर्जुन कुमार कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने/लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिने/लिने सम्बन्धमा वदनियत पूर्वक नेपाल ट्रष्टको नाममा ‍रहेको जग्गा BOT Model को निमित्त निर्माण अवधि ३ वर्ष समेत ३० वर्षको लागि लिजमा दिने/ लिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४ जेठ १४ गते करार सम्झौता गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-०७-३०

काठमाडौं, अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्‍तरी राजविराज नगरपालिका-६ घर भएका ३९ वर्षीय रवि आनन्द देव, भारत साउथ महेश्‍वरी हरीपुर अरारी-१८ घर भएका २३ वर्षीय राजा कुमार, भारत स्वस्तिक नगर जोगबनी अरारी-७ घर भएका २१ वर्षीय देवेन्द्र कुमार साह र मोरङ पथरी शनिश्‍चरे नगरपालिका-८ घर भएका २९ वर्षीय पुष्‍प मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रविलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७२ ग्राम सहित काठमाडौं महानगरपालिका-१३ पनेरू गाउँबाट बुधबार पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न रहेका राजा कुमार र देवेन्द्र कुमारलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९२ ग्राम सहित चन्द्रागिरी नगरपालिका-१५ ढुंङ्गे अड्डाबाट पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको बिआर ०७ बिई ९९७३ नम्बरको स्कार्पियो समेत प्रहरीले बरामद गरेको छ । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले पुष्‍पलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ९३ ग्राम सहित बिहीबार पक्राउ गरेको हो ।   सल्यान, शारदा नगरपालिका-१ भगवती खोला बस्ने २१ वर्षीय अर्जुन बुढाथोकीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, बर्दगोरिया गाउँपालिका-३ बुटकुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय लोकेन्द्र रावल र २७ वर्षीय दिपेन्द्र थापा रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले भे.७ प ७११३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ देवीबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम  सहित सोही नगरपालिका-७ अन्जलीमोड बस्ने ३७ वर्षीय तरूण राजबंशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०७-३०

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ कालीमाटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद ५ हजार रूपैयाँ सहित काठमाडौं शालिक चोक बस्ने भारत सुनौली घर भएका २१ वर्षीय निकेश शाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-७ हरीपुर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने २७ वर्षीय प्रशान्त स्याङतान र २६ वर्षीय राजन थोकर रहेका छन् । अस्थायी प्रहरी चौकी हरीपुरबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.३ ख ३८०१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक प्रशान्त र सहचालक राजनलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ सोमबारेबाट अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय आकाश पटेल र २७ वर्षीय रवि सरदार रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-८ तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-२ बस्ने २४ वर्षीय बसन्त कुमार मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको    छ । इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय १८ ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१७ बस्ने १९ वर्षीय मनिष परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय  नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-९ माताटोल बस्ने ३० वर्षीय गणेश सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-२ अत्तरिया लम्साल गल्लीस्थित बोगटी होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ सय ७ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटल संचालक डोटी जोरायल गाउँपालिका-९ बस्ने ३७ वर्षीय ओम प्रकास थापा र कैलाली गोदावरी नगरपालिका-२ बस्ने बझाङ बुङ्गल नगरपालिका-५ घर भएका ४१ वर्षीय नरेश प्रसाद जोशी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले उक्त होटलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सिराहा, नवराजपुर गाउँपालिका-४ नवराजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्गा नगरपालिका-७ चक्रदहा बस्ने २१ वर्षीय बिक्रान्त चौधरी र सिराहा लहान नगरपालिका-१ मटिहरवा बस्ने २६ वर्षीय शितल चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.१० प ७८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बारा, जीतपुरसिमरा उपमहानगरपालिका-५ लल्का पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पटेर्वा सुगौली गाउँपालिका-६ बस्ने ३५ वर्षीया सुसिला देवी र पोखरिया नगरपालिका-७ बस्ने ३० वर्षीया पुजा देवी रहेकी छिन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०७-२९

कैलाली, लम्कीचुहा नगरपालिका-६ बागमारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-६ पिपरकोटी बस्ने २९ वर्षीय कमल जैसी समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ९० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा परशुराम नगरपालिका-१० बस्ने ३५ वर्षीय गणेश बहादुर डागी, आलीताल गाउँपालिका-३ बस्ने ३० वर्षीय डम्मर बोहरा र डोटी जोरायल गाउँपालिका-२ बस्ने २० वर्षीया डम्मरी भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले म.२ प ३१०७ नम्बरको मोटरसाइकलमा सवार गणेश र डम्मरी तथा से.७ प ५५२४ नम्बरको मोटरसाइकलमा सवार डम्मरलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २० वर्षीय बिजय बिष्ट र सोही नगरपालिका-१ बस्ने २५ वर्षीय राज चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले से.६ प ७५९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपलिका-३ कुसमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र २२ वर्षीय आकाश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनी र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ३५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित हल्दीबारी गाउँपालिका-३ बस्ने ३१ वर्षीय अनुप महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-३ बस्ने ३० वर्षीय देबराज श्रेष्ठ, सोही नगरपालिका-५ शान्तिटोल बस्ने ४० वर्षीय राम कुमार मौली र हल्दीबारी गाउँपालिका-३ जलथल बस्ने २० वर्षीय सुफर मडी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-४ चम्मनचोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ किलो ८ सय ७२ ग्राम सहित बझाङ बुङ्गल नगरपालिका-७ घर भई डडेल्धुरा आलीताल गाउँपालिका-६ बस्ने ४० वर्षीय नरेन्द्र बोहरालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१७ ठकुरी पुल छेउबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १ हजार ९ सय ९० ट्याब्लेट सहित बराहक्षेत्र नगरपालिका-४ बस्ने २७ वर्षीय सुनिल गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ जाँदै गरेको प्र.१-०२-०४० प ७१५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ कुलुङ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय सनम तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ भक्तघारी बस्ने २६ वर्षीय मनोज दर्जीलाई नियन्त्रित लागूऔषध फेनारगन ५८ एम्पुल, डाईजेपाम ६० एम्पुल, बुप्रेनोर्फिन ५९ एम्पुल, सिरिन्ज ४५ पिस र नगद २३ हजार ४ सय ५५ रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-७ शिवनगर चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो ३ सय ४२ ट्याब्लेट र नाइट्रोजन १ सय २५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३५ वर्षीय रोशन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०७-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-४ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-५ घर भएका ३१ वर्षीय मनोहर चौधरी र काठमाडौं महानगरपालिका-१३ बस्ने प्युठान गौमुखी गाउँपालिका-४ घर भएका २२ वर्षीय मेघराज सुनार रहेका छन् । पक्राउ मध्ये मनोहरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ र मेघराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनोहरलाई काठमाडौं महानगरपालिका-१० बाट बिहीबार र मेघराजलाई काठमाडौं महानगरपालिका-२९ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अनलाइन ठगीमा संलग्न तीन जना पक्राउ
२०८२-०७-२९

पर्सा, अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-२९ मुसैली बस्ने ३५ वर्षीय कृष्णा प्रसाद साह, १४ वर्षीय बालक र बारा बिश्रामपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय राहुल मण्डल रहेका छन् ।  वीरगंज महानगरपालिका-८ बाट सर्वसाधारणहरूलाई विभिन्न प्रलोभन तथा झुक्यानमा पारी विभिन्न बैंकहरूको Money Mole Account खोलाई उक्त खाताहरूमा सामाजिक सञ्जाल मार्फत Fishing, OTP Fraud, Job Scam तथा Fake Online Business Scam र एआईबाट विभिन्न कम्पनीको आवश्यक पर्ने कागजातहरू बनाई सामानहरूको अडर बिल बनाएर ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले एटिएम कार्ड ४३ थान सहित पक्राउ गरेको हो । साथै उनीहरूले विभिन्न व्यक्तिहरूको बैंक खाता र डिजिटल वालेटहरू प्रयोग गरी करिब १० करोड भन्दा बढी अवैध कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०७-२९

उदयपुर, ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-७ रिस्कु बस्ने ५५ वर्षीय एन सिंह राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-६ बस्ने ४२ वर्षीय राजु कटुवाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कटुवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८२-०७-२८

सुनसरी, इटहरी उपमहानगरपालिका-३ डाडागाउँबाट अवैध लागूऔषध गाँजा करिब ९८ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कल्पना राई र भोजपुर रामप्रसाद गाउँपालिका-७ घर भएका २० वर्षीय मनोज राई रहेका छन् । अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरीले कल्पनाको घरमा रहेको प्र.१-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीबाट ४९ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१० स्थित कृष्ण कटेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६१ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय सहिल शेष र सोही उपमहानगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यायल बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ कन्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित बाँसगढी नगरपालिका-९ माछागढ बस्ने २४ वर्षीय बसन्त बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको      हो ।मोरङ, रंगेली नगरपालिका-४ चोप्राहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-५ भउसाबारी बस्ने २७ वर्षीय जिवन खड्का र रंगेली नगरपालिका-४ चोप्राह बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी रंगेली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-५ बस्ने २२ वर्षीय सलिन गुरूङ र ४४ वर्षीय कपिल जिमि याखा रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले  उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सानोपोखराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ हजार ३ सय ट्याब्लेट सहित ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय राजिव लामा, सोही उपमहानगरपालिका-१७ बस्ने २० वर्षीय प्रवेश बरैली, सोही उपमहानगरपालिका-४ बस्ने २० वर्षीय निशान कोईराला, सोही उपमहानगरपालिका-१५ बस्ने बकैया गाउँपालिका-१२ घर भएका १९ वर्षीय अशोक स्याङ्तान र मकवानपुरगढी गाउँपालिका-२ कुर्ले बस्ने २३ वर्षीय दिपेश संजेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  महोत्तरी, औरही नगरपालिका-१ औरही चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १० किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार बेताली-५ पातेपुर बस्ने २७ वर्षीय गोबिन्द कुमार चमार र २१ वर्षीय एकवाल महोम्मद रहेका छन् । प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले बर्दिबासबाट औरहीतर्फ आउँदै गरेको बिआर ३० ए ०६०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१८ बाट अवैध लागूऔषध गाँजा २ किलो २ सय ग्राम सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने जान मोहमद हुसेन, सोही उपमहानगरपालिका-१७ बस्ने २० वर्षीय सादाब हसिन, मोरङ केराबारी गाउँपालिका-८ बस्ने ३६ वर्षीय भुषण राई र सोही गाउँपालिका-१० बस्ने ३२ वर्षीय अनिस मगर रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, हल्दीबारी गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय देवी प्रसाद गुरूङ र १९ वर्षीय सौरभ गुरूङ रहेका छन् । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले मे.७ प ५५४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरील आवश्यक अनुसन्धान गरिरहेको छ । 

जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गर्न सबैको सामूहिक प्रयत्न आवश्यक - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०७-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संगठनको नेतृत्वको जिम्मेवारी सम्हाल्दै गर्दा प्रहरी कर्मचारीहरूको साहस, चरित्र र व्यावसायिकतालाई सांगठनिक लक्ष्य प्राप्ति गर्ने पथप्रदर्शक शक्ति र सामर्थ्यको रूपमा लिएको बताउँदै यसकै जगमा अझ जनविश्वास आर्जन गर्न जनअपेक्षा अनुरूपको सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गराई भय रहित समाज निर्माण गर्न हामी सबैको सामूहिक प्रयत्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले विशेष परिस्थितिमा निर्माण भएको विद्यमान सरकारले जनआकांक्षा अनुरूप देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल अभिष्ट राखेको उल्लेख गर्दै विभिन्न आयामका सुरक्षा चुनौतिहरूको कारणले समग्र सुरक्षा संवेदनशीलता बढेको र यो विषम परिस्थिति र संकट पश्चात उठ्दै गरेका प्रहरी संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी र समग्रमा नेपाल प्रहरी प्रति असाधारण किसिमका अपेक्षाहरू रहेको तथ्य प्रति आफू पूर्णरूपमा जानकार र सजग रहेको बताउनुभयो । असामान्य र असाधारण सुरक्षा परिस्थितिमा राष्ट्र र नागरिकहरूको सेवाका लागि नेपाल प्रहरीका सकल दर्जाले लिएको अग्रसरता, साहस र धैर्यताको उच्च प्रशंसा गर्दै जस्तो सुकै प्रतिकुल परिस्थितिको अवस्थामा पनि तत्काल पुनर्जागृत भई राष्ट्र र जनताको सेवामा जुट्ने नेपाल प्रहरीको मूल चरित्र र सामर्थ्यलाई फेरी एकपटक पुन: पुष्टि गरेको उहाँले बताउनुभयो । असाधारण परिस्थितिले असाधारण कर्तव्यपरायणताको अपेक्षा राखेको हुने बताउँदै प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो, ‘आजको यस परिस्थितिमा हामीले हाम्रा व्यक्तिगत स्वार्थहरूलाई थाती राखेर सुशासन प्रतिको असाधारण जनअपेक्षा अनुरूपको संगठन निर्माण र तदनुरूपको सेवा प्रवाह गर्नका लागि अहोरात्र आफ्नै काम सम्झेर, घरकै काम सम्झेर मुलुकलाई शिरमा राखेर खटिनुपर्ने अवस्था छ । साधन स्रोतको अभावको देखाएर बसिराख्ने छुट हामीलाई प्राप्त छैन । भनिन्छ प्रतिकुल परिस्थितिमा नै मानिसहरूको वास्तविक क्षमताको मूल्याङ्कन हुन्छ । मान्छेको वास्तविक परिचय पनि त्यही निर हुन्छ ।’  नवीनतम् प्रविधिको रूपमा साइबर सम्बन्धी अपराधहरू एवम् आर्थिक तथा वित्तीय प्रकृतिका अपराधहरू असाधारण रूपमा वृद्धि भइरहेको, लागूऔषधको दुर्व्यसन र दुरूपयोग, आत्महत्या तथा सडक दुर्घटनाका भयावह अवस्थाहरू रहेको उल्लेख गर्दै यस्ता चुनौतिहरूको सम्बोधन गर्न एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने हुँदा सबैको सामूहिक सक्रियता, अग्रसरता र सिर्जनशीलता आवश्यक रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले संगठनात्मक र व्यक्तिगत रूपमा आम नागरिकहरू प्रतिका व्यवहारलाई अझ परिमार्जन र सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आपराधिक प्रवृत्ति विरूद्ध कठोर रूपमा र आम नागरिकसँग अपेक्षा अनुरूप व्यवहार गरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । आआफ्नो आचरण र व्यावसायिकतालाई व्यक्तिगत पुँजीको रूपमा मात्र ग्रहण नगरेर सांगठनिक आस्था र सम्मानको साधनको रूपमा ग्रहण गर्नुहुन सबै प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरू विरूद्ध शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्न कटिवद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी विधिवत रूपमा स्थापना भएको करिब सात दशक लामो कालखण्डमा आइपरेका विभिन्न किसिमका उतार चढाव, आरोह अवरोह पार गर्दै संगठनलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउनु हुने अग्रज प्रहरी महानिरिक्षकहरू लगायत अवकाश प्राप्त प्रहरी कर्मचारीहरू प्रति उच्च सम्मानका साथ हार्दिक आभार व्यक्त गर्नुभयो । साथै संगठनलाई समयानुकुल विकासको अर्को चरणमा पुर्‍याउने अभिभारा सबैको साझा दायित्वको रूपमा रहेको उहाँले बताउनुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।  

आकस्मिक सहुलियत अल्पकालीन कर्जा प्रवाह गर्ने नीति निर्माण समितिको बैठकको निर्णय
२०८२-०७-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरिएको छ । नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगी देखि प्रहरी वरिष्ठ नायव निरीक्षक सम्मका प्रहरी कर्मचारी र तीनका आश्रित परिवारहरूलाई आकस्मिक अवस्था (स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायत) मा तत्कालको आवश्यकता पूर्ति गर्नका लागि किस्ताबन्दी कर्जा कार्यक्रम अन्तर्गत १ वर्षभित्र चुक्ता गर्ने गरी ५ % ब्याजदरमा आकस्मिक सहुलियत अल्पकालीन कर्जा रकम २ लाख रूपैयाँ सम्म उपलब्ध गराउने निर्णय गरिएको हो । साथै उक्त रकम उपलब्ध गराउन प्रहरी कल्याण कोषबाट चालु आ.व. २०८२/०८३ मा अधिकतम रू. १० करोड सम्मको कोष खडा गरी नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबाट आवश्यक मापदण्ड बनाई कर्जा प्रवाह गर्ने निर्णय गरिएको हो ।  

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित
२०८२-०७-२७

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित विशेष समारोहबीच गृहसचिव रामेश्‍वर दंगालले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो । सुशोभन समारोहमा गृहसचिव रामेश्‍वर दंगालले नेपाल सरकारले विधि र पद्धतिको आधारमा नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त गरी प्रहरी महानिरीक्षक कार्कीलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कार्कीको कार्यकालमा समग्र मुलुकमा शान्ति सुरक्षा कायम गर्ने लगायत नेपाल प्रहरीको अन्य जिम्मेवारीहरूमा सफलता मिल्ने विश्वास व्यक्त गर्दै नेतृत्वकालको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।गृहसचिव दंगालले हालको परिस्थितिमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भएका विभिन्न खालका विकृति विसंगतिहरूलाई अन्त्य गरेर पूर्णरूपमा सुशासन कायम गर्ने दायित्व सरकारले लिएको उल्लेख गर्दै यस दायित्व निर्वाह गर्नका लागि नेपाल प्रहरीको अहम भूमिका रहेको र यस भूमिका निर्वाह गर्न नेपाल प्रहरी सफल समेत हुने अपेक्षा रहेको बताउनुभयो । नेपाल प्रहरीको प्राथमिकताहरू, कार्ययोजना, नीतिगत परिवर्तन, नेपाल प्रहरीमा गर्नुपर्ने सुधारका विषयहरू, देखापरेका चुनौति तथा भावी योजनाहरू लगायतका विषयहरूलाई सम्बोधन गर्न गृह मन्त्रालयले सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।    कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले करिब अठ्ठाइस वर्षको अनुभव, कर्तव्यपरायणता, देश र नागरिकको सुरक्षाका खातिर सम्पादन गरेका कार्यको मूल्याङ्कन तथा संगठनप्रतिको निष्ठा र इमान्दारिताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । साथै प्राप्त यस विशिष्ट जिम्मेवारीलाई पेशागत अनुशासन, पारदर्शीता र जवाफदेहिताका साथ वहन गर्दै नागरिक सेवाभावको पूर्ण प्रत्याभूति हुने गरी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले देशमा सुशासन कायम गर्ने तथा निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा, विभिन्न आयामका सुरक्षा चुनौतिहरूको विद्यमानता र संकट पश्चात उठ्दै गरेका प्रहरीका भौतिक संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारीबाट असाधारण अपेक्षाहरू रहेको तथ्य प्रति पूर्ण रूपमा जानकार र सचेत रहेको बताउनुभयो । असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारीलाई नेपाल सरकार गृह मन्त्रालय, अन्य सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकायहरू एवम् समुदायसँग प्रभावकारी समन्वय, सहकार्य सहित संगठनको सुदृढिकरण र सामूहिकता प्रदर्शन गरी प्रहरी कर्मचारीहरूको मनोबल बढाउँदै नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्दछु । कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले बिहीबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक कार्की नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समेत गर्नुभयो ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सङ्क्षिप्त जीवनी :  प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । गुल्मी जिल्लाको साविक घमिर-५ हाल मालिका गाउँपालिका वडा नम्बर ७ मा पिता कृष्ण बहादुर कार्की र माता चन्द्रकला कार्कीको कोखबाट वि.सं. २०२९ साउन १५ गते जन्मनु भएका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीका श्रीमती नविना कार्की र २ छोरीहरू हुनुहुन्छ । प्रहरी महानिरीक्षक कार्कीले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक कार्की २०६६ मंसिर २६ गते प्रहरी नायव उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी उपरीक्षक, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक कार्कीले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, अप्रेशनल कमाण्ड तथा व्यवस्थापन, सार्वजनिक विरोधहरूमा कानुन कार्यान्वयन संस्थाहरूको भूमिका र उत्तरदायित्व, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, ह्युमन राइट्स इन ल इन्फोर्समेन्ट ट्रेनिङ कोर्ष, कोल्याप्स्ड स्ट्रक्चर सर्च एण्ड रेस्क्यू कोर्ष, प्रशिक्षक प्रशिक्षण तालिम, मेडिकल फस्ट ररेस्पोण्डर कोर्ष, अपराध अनुसन्धान लगायत विभिन्न २२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक कार्की प्रवल जनसेवा श्री, संयुक्त राष्ट्र संघ पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।  अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा सशस्त्र प्रहरी गण नेपालगंज, जिल्ला प्रहरी कार्यालय रूकुम, जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, अञ्चल प्रहरी कार्यालय महाकाली, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, इलाका प्रहरी कार्यालय बुटवल, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, जिल्ला प्रहरी कार्यालय सप्तरी, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, प्रहरी प्रधान कार्यालय लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लगायतका कार्यालयहरूमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको कमाण्ड गर्नुभएका कार्की २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड समेत गर्नुभएको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०७-२७

कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने १९ वर्षीय दिलिप सिजापतिलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-६ बस्ने २७ वर्षीय रोशन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६१ ट्याब्लेट, स्पास्पेन २ सय ७८ ट्याब्लेट, डिकोलिक ६ ट्याब्लेट र नगद ८ हजार ६ सय ५० रूपैयाँ सहित गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, विराटनगर महानगरपालिका-५ रिङ रोडबाट अवैध लागूऔषध गाँजा करिब १८ किलोग्राम सहित बर्जु गाउँपालिका-३ बस्ने २२ वर्षीय मुकेश कुमार चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३० मिलिग्राम  सहित कमल गाउँपालिका-३ बस्ने २६ वर्षीय प्रज्वल बाँनियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम ८ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१७ पटेर्वा बस्ने २५ वर्षीय राम जिवन यादव र २७ वर्षीय दिपक कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले स.११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१६ नवीनचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट, बोमिन १ हजार ४ सय ४५ ट्याब्लेट र नगद २३ हजार ९५ रूपैयाँ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ बस्ने २० वर्षीय विमल कुमाल, २४ वर्षीय सागर गुरूङ र २३ वर्षीय सुदिप श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । दाङ, लमही नगरपालिका-५ लमही बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने लमही नगरपालिका-५ सुनखोली बस्ने ३० वर्षीय नारायण पुनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ बुलबुले लाहुरे पथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ६० मिलिग्राम, २ थान मोबाइल र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने ३९ वर्षीय नरेश खटिक र सुर्खेत गुर्भाकोट नगरपालिका-७ बस्ने २३ वर्षीया सुनिता परियार रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कायालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
२०८२-०७-२६

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी संगठनको महानिरीक्षकको रूपमा देश र जनताको सुरक्षाको जिम्मेवारी बहन गर्ने अवसर पाउनु आफ्नो जीवनको सर्वश्रेष्ठ सम्मान भएको चर्चा गर्दै आफ्नो छोटो नेतृत्व कालमा सामना गर्नुपरेको राजनीतिक परिवर्तनको परिवेशमा नेपाल प्रहरीको अस्तित्व जोगाई प्रहरीको मनोबल उकास्दै सांगठनिक मूल्यमान्यता, भाईचारा र अपनत्वभाव कायम गर्न हरसम्भव कोसिस गरेको बताउनुभयो । संगठनलाई भौतिक रूपले सम्पन्न र भावनात्मक हिसाबले अझै एक ढिक्का बनाई राख्न नवनियुक्त प्रहरी महानिरीक्षक र संगठनका हरेक सदस्यहरूले विशेष भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक व्यावसायिक, कर्तव्यनिष्ठ र दुरदर्शी व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले आफ्नो नेतृत्व कालमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले विभिन्न आरोह अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग र हाम्रा अग्रजहरूले मौलिक रूपमा थालनी गर्नु भएको सबै अनुकरणीय कार्यहरूलाई नेपाल प्रहरीको आगामी रणनीति र कार्य योजनाहरूमा समेटेर निरन्तर अगाडि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।  सेवा निवृत्त पछि पनि सांगठनिक सुदृढीकरणको लागि रणनीतिक सुझाव र सकारात्मक पृष्ठपोषण प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गलाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती नविना कार्कीले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो ।    उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको थियो ।

गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको बिदाइ
२०८२-०७-२६

काठमाडौं, गृहमन्त्री ओम प्रकाश अर्यालले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई शुभकामना सहित बिदाइ गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री अर्यालले ३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गले अवकाश पछिको दिनमा पनि प्रहरी संगठनलाई सुदृढ गर्न एवम् देशको आन्तरिक सुरक्षालाई सुदृढ गर्नको लागि योगदान दिनुहुनेछ भन्ने अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो ।   कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गले ३० वर्ष प्रहरी सेवामा रहेर नेपाल र नेपाली जनतालाई पुर्‍याउनु भएको अमुल्य योगदानको प्रशंसा गर्नुभयो । आगामी दिनमा मुलुकमा शान्ति सुरक्षा कायम गर्न प्रहरी महानिरीक्षक खापुङ्गले प्राप्त गरेका अनुभव समेत प्राप्त भइरहने अपेक्षा रहेको बताउँदै सेवा निवृत्त जीवन अझ बढि स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना समेत उहाँले दिनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी सेवामा रहँदा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्दै नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनका साथै मन्त्रालयबाट भएको समन्वय, सहकार्य र सद्‌भाव प्रति कृतज्ञता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०७-२६

पर्सा, पर्सागढी नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा ९ किलो ३ सय ५० ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार बैशाली बिन्दुपुर-७ बस्ने २३ वर्षीय राजा कुमार, भारत बिहार बैसाली  राजमाइल पञ्चायत-१३ बस्ने २३ वर्षीय विशाल कुमार र भारत बिहार छपरा सोनपुर-३ सवलपुर नयाँ टोल बस्ने २३ वर्षीय पिन्टु कुमार रहेका छन् । अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  बैतडी, पाटन नगरपालिका-६ पाटन बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ कडाली बस्ने २३ वर्षीय कपिल कठायतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटन समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०७-२६

कञ्चनपुर, भिमदत्त नगरपालिका-१ भासी साईफन नहरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय रबिद्र महरालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भासीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-३ सिसमडाँडी बस्ने २५ वर्षीय योगेश रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गडडाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित बेदकोट नगरपालिका-६ बस्ने २५ वर्षीय अमित रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।  धनुषा, विदेह नगरपालिका-१ मैनाथपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचोक बस्ने २० वर्षीय नविन कुमार साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझीझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-६ नेमा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-१० बस्ने ३० वर्षीया विनिता लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ झारसाझिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय गिरिजा तामाङ र ३३ वर्षीय चन्द्र बहादुर दनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय मधुमल्ला समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४५ वर्षीया दुर्गा देवी भण्डारीसंग खरिद गरेको भन्ने खुल्न आएपश्‍चात दुर्गाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम २ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १५ हजार रूपैयाँ समेत फेला पारी उनलाई पक्राउ गरेको छ ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-११ बस्ने ३१ वर्षीय प्रशान्त राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरोक हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१९ प्रगति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३८ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट र डिकोलिक ५२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय समिर विक र २५ वर्षीय अर्जुन विक रहेका छ्न् । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० कोकाहा खोलाबाट अवैध लागूऔषध गाँजा ११ किलोग्राम सहित धनकुटा सहिदभूमी गाउँपालिका-१ बस्ने २३ वर्षीय सिद्धार्थ राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्र.१-०२-०५३ प ९९८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, सैनामैना नगरपालिका-१ परमेश्वर टोल बस्ने ५८ वर्षीय खेमराज गौतमलाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२६

काठमाडौं, वैदेशिक रोजगारीको लागि न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा भिमेश्वर नगरपालिका-८ घर भएकी ४५ वर्षीय पुरूषोत्तम भण्डारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पुरूषोत्तमले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ
२०८२-०७-२६

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका-२ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चीनियाँ नागरिक ३२ वर्षीय XIONG CHANGYE रहेका छन् । प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०३१ च ५८०४ नम्बरको गाडीलाई जाँच गर्दा गाडीको पछाडी साईडमा राखिएको टायर भित्र लुकाई छिपाई राखिएको उक्त नगद फेला पारी चालक आदिल र गाडीमा सवार आमी, चन्द्रमान र XIONG CHANGYE लाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०७-२५

कञ्चनपुर, बेदकोट नगरपालिका-१० राना दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित सोही नगरपालिका-५ झिलामिला बस्ने २७ वर्षीय झलक बहादुर थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको ह । कपिलवस्तु, मायाँदेवी गाउँपालिका-४ चाकरचौडाबाट नियन्त्रित लागूऔषध स्पास्मो ५६ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका-६ कर्मा बस्ने २५ वर्षीय सुनिल बानिया र १९ वर्षीय धर्मेन्द्र सहानी रहेका छन् । इलाका प्रहरी कार्यालय चाकरचौडा कपिलवस्तुबाट खटिएको प्रहरीले चाकरचौडाबाट पकडीतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०७-२५

काठमाडौं, तारकेश्‍वर नगरपालिका-८ शेषमती लामबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ सय ५० मिलिग्राम र नगद ७३ हजार रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने झापा मेचीनगर नगरपालिका-१० घर भएका ३३ वर्षीय शंकर राजवंशीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, टोखा नगरपालिका-६ ग्राण्डीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बसुन्धारा डेरा गरी बस्ने झापा घर भएका २८ वर्षीय बिसाल पाठक र झापा मेचीनगर नगरपालिका-१० घर भएका २१ वर्षीय ईमान महमद रहेका छन् । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलबाट नियन्त्रित फेनारगन ३९ एम्पुल, बुप्रेनोर्फिन ४६ एम्पुल र डाईजेपाम ४५ एम्पुल सहित तनहुँ ब्यास नगरपालिका-१ बस्ने २१ वर्षीय रबिन उचाइलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट कृष्ण मन्दिरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.१४ प २४९२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।मोरङ, रंगेली नगरपालिका-६ नेमा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-८ दर्बेशा बस्ने २१ वर्षीय पारस राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका को.२५ प १८१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-६ नेमा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-३ बिपि चोक बस्ने १९ वर्षीय गणेश बर्देवा र लेटाङ नगरपालिका-४ हाटखोला बस्ने २४ वर्षीय देबिन नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय  रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ प ९५०७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।उदयपुर, कटारी नगरपालिका-४ जहडीबाट अवैध लागूऔषध गाँजा २ किलो ६ सय २५ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २० वर्षीय रंजित ठाकुर र सोही नगरपालिका-७ बस्ने ३९ वर्षीय अरजित तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा सोही ठाउँ बस्ने ५० वर्षीय बिष्णु बहादुर तामाङबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात बिष्णुलाई कटारी नगरपालिका-४ स्थित पानी ट्याङ्की जंगलबाट गाँजा ९ किलो ३५ ग्राम सहित फेला पारी पक्राउ गरेको छ । बाँके, खजुरा गाउँपालिका-३ आदर्शनगर डेरा गरी बस्ने सोही ठाउँ घर भएका २३ वर्षीय रोशन सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम र नगद ८ हजार ६ सय ७५ रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-३ गोसलाईनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय रोहित रायलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२५

काठमाडौं, वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मनिषाले क्यानडा पठाइन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०७-२५

बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अमरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनकटुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सरावल गाउँपालिका-२ पटखौली बस्ने ३२ वर्षीय मान सिँह चौधरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०७-२४

सुनसरी, बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९ ट्याब्लेट सहित सोही नगरपालिका-३ नडाहा बस्ने २१ वर्षीय राकेश कार्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ महेन्द्रपुलबाट नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र  नोर्फिन २५ एम्पुल सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२३ पामे बस्ने २६ वर्षीय लक्ष्मण नेपाली र म्याग्दी मालिका गाउँपालिका-६ दरवाङ बस्ने ३२ वर्षीय ज्ञान बहादुर सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको  ग.१६ प ४९७ नम्बरको मोटरसइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०७-२४

रौतहट, चन्द्रपुर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका-१६ तामाङटोल बस्ने २७ वर्षीय बुद्द सिंह वाईवा र हरिवन नगरपालिका-३ श्रीपुर बस्ने २४ वर्षीय शरिन योञ्जन रहेका छन् । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले म.प्र. ०३-०२५ प ५८२१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-४ गणेशटोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३८ एम्पुल, फेनारगन ३९ एम्पुल र नोर्फिन ३९ एम्पुल सहित सोही ठाउँ बस्ने ३० वर्षीय बिकास किसानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, जानकी गाउँपालिका-६ करातीपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम र नगद ५ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २१ वर्षीय मनोज खटीकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-१ कृष्ट अस्पताल नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने सिन्धुली कमलामाई नगरपालिका-५ घर भएका २२ वर्षीय सुवास नेपालीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  डोल्पा, ठुलीभेरी नगरपालिका-३ डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएका २० वर्षीय दिपेन्द्र कार्कीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४२ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-३ उत्तरलधौरा बस्ने २६ वर्षीय सुरेन्द्र थारू र २५ वर्षीय रमेश थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित ठाकुरबाबा नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-३२ चोर्नी बस्ने ६८ वर्षीय खेदु महतोलाई अवैध लागूऔषध गाँजा करिब ८ किलोग्राम र नेपाली रूपैयाँ ४ हजार २ सय २५ रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनले संचालन गरेको किराना पसल र पसलसँगै जोडिएको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ठगी सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०७-२४

काठमाडौं, ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा रौतहट फतुवा हर्साह-९ घर भएका ४२ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी सम्बन्धी दर्ता भएको ठगी, लिखत कीर्ते, राज्य विरूद्ध र संगठित अपराध सम्बन्धी कसूरको अनुसन्धानको क्रममा ठगी कसूरमा संकलन भएको नगद तथा चेक मार्फतको रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रूपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरूबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहहरूसँग मिलेमतो गरी ठगी, कीर्ते र संगठित अपराधमा संलग्न रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८२-०७-२४

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५ वर्षीया निर्मला मोक्तानले संचालन गरेको उर्मिला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निर्मला समेत १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपलिका-९ कालिकानगरस्थित चौतारी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा नवलपरासी पश्चिम सुनवल नगरपालिका-४ सुभमनगर बस्ने ५० वर्षीय शिवलाल सुबेदी समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ५ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी चालक उन्नत तालिम सुरू
२०८२-०७-२३

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने ३०औं समूहको सवारी चालक (हलुका) उन्नत तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले आइतबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

आधारभूत पशु स्वास्थ्य तालिम सुरू
२०८२-०७-२३

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नेपाल प्रहरी केनाईन कार्यालयमा आधारभूत पशु स्वास्थ्य तालिम (पहिलो समूह) सुरू भएको छ ।सोही कार्यालयका प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले आइतबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । १८ दिन कार्यअवधिको उक्त तालिममा प्राविधिक प्रहरी वरिष्ठ हवल्दार ५ जना, प्राविधिक प्रहरी हवल्दार ३ जना र प्राविधिक प्रहरी जवान ७ जना गरी कूल १५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ । 

अवैध लागूऔषध गाँजा सहित श्रीलंकन नागरिक पक्राउ
२०८२-०७-२३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलोग्राम सहित श्रीलंकन नागरिक ३२ वर्षीया NIROGINI MURUGAN शनिबार दिउँसो पक्राउ परेकी छिन् । थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएकी उनलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०७-२३

झापा, दमक नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १५ मिलिग्राम र नगद ३५ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २५ वर्षीय निराज सापकोटा र सोही नगरपालिका-९ बस्ने २५ वर्षीय अरूण रोक्का रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश.१-०१-०१४ प ८१६१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित  जानकी गाउँपालिका-३ लायकपुर बस्ने २४ वर्षीय जगदिश साउदलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-९ पचमोडीयास्थित होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१२ बनबासा बस्ने २५ वर्षीय डेबिड कठरीया र ३१ वर्षीय नरेन्द्र चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ झलारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रविन्द राना, २४ वर्षीय घुम्मन राना र १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ थपालीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिनेश बुढा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । लमजुङ, बेसीशहर नगरपालिका-८ दुलाल टोलबाट नियन्त्रित लागूऔषध फेनारगन १२ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १४ एम्पुल सहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका-७ मरूवाखोला घर भएका २८ वर्षीय विनेश परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध र हातहतियार सहित दुई जना पक्राउ
२०८२-०७-२३

काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम, नगद  ३२ हजार रूपैयाँ र मोवाइल ५ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले अमरको घर पछाडी लुकाई राखेको रिभल्वर १ थान र गोली २ राउण्ड तथा सुजनको घरमा लुकाई राखेको रिभल्वर १ थान र गोली ४ राउण्ड फेला पारी शनिबार दिउँसो बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०७-२२

झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २६ वर्षीय बिशाल माझीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बेलबारी नगरपालिका-१ गुम्बा चोक बस्ने ३२ वर्षीय विज्ञान राईलाई अवैध लागूऔषध गाँजा १ सय ८० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट र  डिक्लो स्पास प्लस ४ सय ७० ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-६ औद्योगिक क्षेत्रबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट, स्पास्पेन ८६ ट्याब्लेट र डिकोलिक १८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ गोठगाउँ बस्ने तिलक भुजेल र मौसम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धनुषा, विदेह नगरपालिका-१ रेल्वे पट्रीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित कमला नगरपालिका-८ टेर्हा टोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझीझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-२ मानडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ५० ट्याब्लेट, अवैध लागूऔषध गाँजा करिब ४ सय ग्राम र नगद २० हजार ४ सय ७० रूपैयाँ सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामेछाप गोकुलगांगा गाउँपालिका-६ फर्पु घर भएका २७ वर्षीय रमेश राई, ललितपुर गोदावरी नगरपालिका-९ घर भएका २२ वर्षीय रोहित कार्की र २३ वर्षीय सैगात कार्की रहेका छन् । प्रहरी प्रभाग गोदावरी र प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले रमेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ७ सय ६० मिलिग्राम सहित मनहरी गाउँपालिका-९ बस्ने ३६ वर्षीया अनिता श्रेष्ठलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ३-००१ ज ९९८ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय अशोक तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज ०८३७ नम्बरको गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका कालागाउँ बस्ने ३९ वर्षीय डिल्ली नारायण गौतमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतको बलई गाउँदेखि नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-११ बेला बस्ने २७ वर्षीय धनि राम रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ९ सय २० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिकाटोलबाट खटिएको संयुक्त टोलीले रानाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-६ खैरानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित बेदकोट नगरपालिका-६ सिसैया बस्ने २७ वर्षीय बिबेक चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-.९ राजघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २० वर्षीय समिर राना समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०७-२२

काठमाडौं, ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल ट्रष्टको कार्यालय दरबारमार्ग काठमाडौंका तत्कालीन सहसचिव पदमा कार्यरत चितवन भरतपुर महानगरपालिका-१५ बस्ने ६६ वर्षीय लेख बहादुर कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने/लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिने/लिने सम्झौता संचालक समितिको निर्णय र आधार विना वदनियत पूर्वक भएको खुल्न आएको छ । साथै नेपाल ट्रष्टको नाममा ‍रहेको जग्गा BOT Model को निमित्त निर्माण अवधि ३ वर्ष समेत ३० वर्षको लागि लिजमा दिने/ लिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४ जेठ १४ गते करार सम्झौता गरेको, लिजमा लिने लाभ ग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्ध रहेको विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरूले गैर कानूनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको एवम् उक्त कार्यबाट नेपाल ट्रष्ट मार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानी नोक्सानी पुर्‍याई विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

हतियार सहित पक्राउ
२०८२-०७-२२

काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर बस्ने कैलाली घर भएका २१ वर्षीय मनोज ढुंगानालाई ग्याँस गन १ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनोजले आफ्नो कोठामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोली गट्ठाहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ग्याँस गन, मोबाइल १ थान र भिड नियन्त्रणमा प्रयोग हुने लेग गर्ड १ थान फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०७-२१

उदयपुर, कटारी नगरपालिका-४ सुनकोशी पेट्रोल पम्प छेउबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १३ ट्याब्लेट, स्पास्पेन १ सय ६ ट्याब्लेट र नगद १ हजार ३ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३१ वर्षीय जित बहादुर थापा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ११ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-१० बस्ने २२ वर्षीय रोहित कटुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ  पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८४ एम्पुल, फेनारगन ८५ एम्पुल र आइपिपिएल ८६ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने २५ वर्षीय मिन प्रसाद गुरूङ र ३१ वर्षीय सागर गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बर्दघाटबाट दुम्किबासतर्फ आउँदै गरेको ग.२० प ७६६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने ३० वर्षीय असिम थापा र २७ वर्षीय सविन मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले बिराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ७२६ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८२-०७-२१

काठमाडौं, ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्वत साविक बेउलीबास गाविस-३ ठेगाना भएका रेशम बहादुर राना पक्राउ परेका छन् । एनसिबि अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ । रेशम बहादुर राना समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ जेठ १९ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०७-२१

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुल बिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-४ काठे पुल बस्ने ३० वर्षीय पुरण विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम ९ सय ३० मिलिग्राम सहित दमक नगरपालिका-५ बस्ने ३१ वर्षीय राजु श्रेष्ठलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित सोही नगरपालिका-३ बाहुनडाँगी धरधरे बस्ने ३० वर्षीय प्रशान्त सेन्चुरीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले प्र.१-०१-०१७ प ००६० नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २२ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २८ वर्षीय सुशान्त पोखरेल र सोही महानगरपालिका-९ बस्ने ३८ वर्षीय चेवन धिमाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, व्यास नगरपालिका-४ भृकुटी मार्गबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३ सय ग्राम सहित ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अटल तामाङ, २१ वर्षीय रोहित गुरूङ सोही नगरपालिका-१२ बस्ने २२ वर्षीय संगम थुङसिङ र २२ वर्षीय अर्जुन थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले अटलको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सर्लाही, धनकौल गाउँपालिका-४ हरकठवा नयाँटोलबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ४ सय २० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय सुरेन्द्र राय र मकवानपुर राक्सिराङ्ग गाउँपालिका-६ बस्ने ३१ वर्षीय आकास प्रजा रहेका छन् । इलाका प्रहरी कार्यालय हकठवाबाट खटिएको प्रहरीले बिआर ३० आर २९९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । चितवन, रत्ननगर नगरपालिका-२ सिनेमा रोडबाट नियन्त्रित लागूऔषध प्रोमेथिन ८० ट्याब्लेट र ट्रामाडोल ७३ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खैरहनी नगरपालिका-८ बस्ने २३ वर्षीया चन्दना परियार र काठमाडौं धापासी बस्ने २३ वर्षीया पवित्रा खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९०  मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २० वर्षीय सतिश मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज १०९४ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्लोभिकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने सर्लाही बागमती नगरपालिका-१ घर भएका ४४ वर्षीया साबित्रा हुमागाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।हुमागाईले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८२-०७-२१

काठमाडौं,  काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर, ललितपुर महानगरपालिका-२८ बस्ने तनहुँ भिमाद नगरपालिका-४ घर भएका ४४ वर्षीय लेख बहादुर राना समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार १ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरको हो ।  कैलाली, भजनी नगरपालिका-१ भजनी बजारस्थित मोनिस्का होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक ४४ वर्षीय राजु चौधरी समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०७-२०

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र डिजिटल तराजु १ थान सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सुजल विश्वकर्मा, ३२ वर्षीय निरज लामा, काठमाडौं मनमैजु बस्ने झापा शिवसताक्षी नगरपालिका-९ घर भएका ३१ वर्षीय बिदुर याङ्बो र काठमाडौं काभ्रेस्थली बस्ने भोजपुर घर भएका १९ वर्षीय रोमन राई रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सुजलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ५४ एम्पुल, डाईजेपाम ५४ एम्पुल र नोर्फिन ५४ एम्पुल सहित सोही ठाउँ बस्ने सिन्धुली घर भएका २१ वर्षीय पेम्बा तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी वृत्त बौद्ध समेतबाट खटिएको प्रहरीले पेम्बाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-१ अत्तरीया डेरा गरी बस्ने बैतडी पाटन नगरपालिका-१ घर भएका २४ वर्षीय नन्दराज भट्टलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, जहदा गाउँपालिका-३ हातिबन्दाबाट अवैध लागूऔषध गाँजा ३३ किलो ६ सय १० ग्राम सहित बिराटनगर महानगरपालिका-५ कोचाखल बस्ने ३२ वर्षीय दुर्गा प्रसाद राजवंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले स.१ च ६५६ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी एम्बुलेन्स चालक दुर्गालाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि को.३१ प ८८८९ नम्बरको मोटरसाइकल चालकलाई समेत नियन्त्रणमा लिएको छ ।  यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-९ मेवाहाङ चोकबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय कबिन कार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-५ पुलचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५३ ग्राम १७ मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-२ बस्ने १९ वर्षीय बिकाश कुमार यादव र भारत बिहार पूर्णिया भवानीपुर पंचायत घर भएका १९ वर्षीय कृष्ण कुमार मेहता रहेका   छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ५० एडि नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।    सिराहा, मिर्चैया नगरपालिका-७ जिवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सन्तोष साह र २५ वर्षीय दिपेन्द्र कुमार मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले दिपेन्द्र मण्डलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका-१ घर भएका ३५ वर्षीयी कुमारी तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।कुमारीले युके पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख ७२ हजार २ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

विभिन्न हतियार सहित एक जना पक्राउ
२०८२-०७-२०

काठमाडौं, तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१ घर भएका २३ वर्षीय शिवराज धमलालाई विभिन्न हतियार सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले शिवराजको कोठा तलासी गर्दा ईन्सास राईफल १ थान, सर्टगन १ थान, ठुलो चाईनिज पेस्तोल १ थान, एसएलआर राईफलको ब्ल्याङ्क राउण्ड २ सय ५ थान, ईन्सास राईफलको म्याग्जिन १६ थान र  ठुलो चाईनिज पेस्तोलको म्याग्जिन २ थान फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८२-०७-१९

सिराहा, गोलबजार नगरपालिका-८ पुरानो चोहर्वाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-१० दशई महाजन टोल बस्ने २० वर्षीय रूपेश सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ६० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २१ वर्षीय राजु माझीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१० गौरी मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम र नगद ७२ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पारस चन्द्र पुन र सोही महानगरपालिका-१५ गलेश्वर बस्ने पाल्पा घर भएका ४१ वर्षीय अनिष थापा रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले पारसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने रत्ननगर नगरपालिका-२ घर भएका २८ वर्षीय सुजन मिजारलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कायालय खैरहनीबाट खटीएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८२-०७-१९

काठमाडौं, सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा सिराहा कल्याणपुर नगरपालिका-११ घर भएका २२ वर्षीय जिवन कुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू देखाउन लगाई स्क्रिनसट गरेको अश्लिल तस्विर/भिडियो फेक फेसबुक एकाउन्ट बनाई अपलोड गरी दुख/हैरानी दिई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई सिराहाबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले
२०८२-०७-१८

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले मंगलबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक काफ्लेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।  

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०७-१८

नवलपरासी पश्चिम, आफ्नै श्रीमती ५५ वर्षीया भिमकला थापाको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका-१३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्का बहादुर थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । खड्काले खुर्पा प्रहार गर्दा भिमकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट भुमही र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भिमकलाको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०७-१८

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-८ बस्ने २५ वर्षीय फैजल अन्सारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९४५० नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-६ किरात टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय संजय गिरी र ३१ वर्षीय सोम बहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, बुप्रेनोर्फिन ३ एम्पुल र फेनारगन ३ एम्पुल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिका नगरपालिका-४ बस्ने ३१ वर्षीय हेमबहादुर थापा र २१ वर्षीय आकाश तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको बा.७ ख ६४८४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८२-०७-१८

काठमाडौं, काठमाडौं महानगरपालिका-२० चिकंमुगल डेरा गरी बस्ने दोलखा शैलुङ गाउँपालिका-३ घर भएका २१ वर्षीय सुवास बस्नेतलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ९ सय ९४ ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ निराजन बस्ती झण्डा पार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट र नगद १ लाख ३ हजार रूपैयाँ सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने लक्ष्मण परियार, २६ वर्षीय सन्दिप राई र १९ वर्षीय सन्देश गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लक्ष्मणको घरमा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ सय ४० मिलिग्राम सहित धादिङ थाक्रे गाउँपालिका-६ बस्ने ३० वर्षीय बिष्णु अधिकारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बेलबारी नगरपालिका-७ पुरानो बाहुनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २८ ट्याब्लेट सहित सोही नगरपालिका-६ बस्ने १६ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम १सय ८० मिलिग्राम सहित केराबारी गाउँपालिका-८ बस्ने १९ वर्षीय आशिष श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गुलरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३४ मिलिग्राम सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय गणेश बहादुर बोहरा, २३ वर्षीय मिलन भट्ट, २२ वर्षीय रिदम भट्ट, ३२ वर्षीय हर्क देउवा, २१ वर्षीय पारस जोशी  र सोही नगरपालिका-६ बस्ने ३० वर्षीय गणेश बहादुर बिष्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले गणेश बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ सिक्रनी बस्ने ३८ वर्षीय बिकास लामा र पोखरा महानगरपालिका-३२ बस्ने ३७ वर्षीय बिनोद ढकाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ४४९९ नम्बरको हाईसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २ सय मिलिग्राम सहित नुवाकोट किस्पाङ गाउँपालिका-३ बस्ने २७ वर्षीय राम बहादुर तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम र नगद ११ हजार ५ सय ८० रूपैयाँ सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-५ बस्ने २२ वर्षीय बिकास समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.८ प १८७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कस्थित रोल्पा थवाङी शिरिषा होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार रूपैयाँ सहित तुलसीपुर उपमहानगरपालिका-१७  हेमन्तपुर बस्ने रूकुम पूर्व भूमे गाउँपालिका-२ घर भएका २३ वर्षीय निस्मत गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ९० मिलिग्राम सहित बर्दिया गेरूवा गाउँपालिका-१ छापापुर बस्ने २८ वर्षीय धर्मेन्द्र आचार्य समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाको विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम १० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-८ स्थित बिसाउने चौतारी क्याफे संचालन गरी बस्ने सोही नगरपालिका-५ घर भएका २८ वर्षीय हिमाल आले, सोही नगरपालिका-४ मुलपानी बस्ने २६ वर्षीय सरोज ढकाल र सोही नगरपालिका-१ बाङ्गेसिमल बस्ने ४७ वर्षीय प्रेम गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले हिमाललाई सोही नगरपालिका-८ बाट ११ ग्राम ४ सय ७० मिलिग्राम, सरोजलाई सोही नगरपालिका-४ बाट ३ सय ६० मिलिग्राम र प्रेमलाई सोही नगरपालिका-१ बाट  ३ ग्राम १ सय ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पाँच जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०७-१७

काठमाडौं, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो दक्षता, कार्यकुशलता, राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदानको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै परम्परागत सोचाइ र शैलीलाई समयानुकूल परिवर्तन गरी आ-आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवम् कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।प्रहरी महानिरीक्षक खापुङ्गले अहिलेको संवेदनशील घडीमा प्रहरी कमाण्डरको भूमिका केवल प्रशासनिक नेतृत्वमा मात्र सीमित नभई नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्ने उल्लेख गर्दै विगतमा भएका घटनाहरूको विश्लेषण गर्दै अझै परिष्कृत रूपमा उच्च मनोबलका साथ जनसेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । साथै आगामी दिनमा देखापर्न सक्ने चुनौतीहरूलाई मनन गरी सूचना संकलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी प्रहरी परिचालनलाई प्राथमिकता दिँदै प्रचलित कानुन कार्यान्वयनमा कुनै पनि सम्झौता नगर्न समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले सांगठनिक अपेक्षा, भरोसा र विश्वासलाई कायम राखी संगठनको गौरव र प्रतिष्ठा बढाउने गरी कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट किरिया पुत्री भवन शिलान्यास
२०८२-०७-१७

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको सोमबार आयोजित एक कार्यक्रम बिच शिलान्यास गर्नुभएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई सहजता प्रदान गर्न भवन निर्माण गर्न लागिएको बताउनुभयो । आगामी दिनमा भवन निर्माणका साथै भवनबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाका प्रहरी नायव उपरीक्षक वुद्धि सागर पुरीले भवन निर्माणको उद्देश्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।    नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी दुखद निधन हुँदा आशौच बार्ने संस्कार (किरिया पुत्री) का लागि काठमाडौं महानगरपालिका-३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको नाममा रहेको जग्गामा किरिया पुत्री भवन निर्माण गर्न गत भदौ १९ गते बसेको नीति निर्माण समितिको बैठकले निर्णय गरेको थियो । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर भएका ३१ वर्षीय राहुल पुन्जलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।राहुलले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित १२ जना पक्राउ
२०८२-०७-१७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बसुन्डोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ३ ट्याब्लेट र नगद १५ हजार रूपैयाँ सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ नागढुङगा बस्ने २८ वर्षीय निकेश कार्की र २४ वर्षीय सन्दिप भुजेल रहेका छन् । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बा.८० प ८९१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, तार्केश्‍वर नगरपालिका-५ बोहोराटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्राम र नगद ४२ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने दाङ बबई गाउँपालिका-६ घर भएका ४५ वर्षीय केशव वली, दाङ तुलसीपुर उपमहानगरपालिका-२ घर भएका २२ वर्षीय निराजन चौधरी र काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने रोल्पा माडी गाउँपालिका-६ घर भएका २४ वर्षीय बसन्त पुन मगर रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उनीहरूको साथबाट डिजिटल तराजु १ थान, मोटरसाइकल १ थान र मोबाइल ४ थान समेत प्रहरीले बरामद गरेको छ । नुवाकोट, बिदुर नगरपालिका-४ बट्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७७ ट्याब्लेट र स्पास्मो १ सय ३५ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-९ डिबजार घर भएका ३४ वर्षीय सन्तोष सार्की र उनकै भाइ ३२ वर्षीय बसन्त सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित लालझाँडी गाउँपालिका-६ चांददेउ बस्ने २१ वर्षीय पुर्ण बहादुर चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, कर्जन्हा नगरपालिका-४ भुलके चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १८ ट्याब्लेट सहित मकवानपुर मकवानपुरगढी नगरपालिका-४ बस्ने २७ वर्षीय रविन कुमार तिमल्सिनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले कर्जन्हाबाट बन्दिपुरतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरको   हो ।  यसैगरी सिराहा, लहान नगरपालिका-१ पडरिया टोल बस्ने २६ वर्षीय योगेश्वर चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ५० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ घुरवा बस्ने २२ वर्षीय कलम जैशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-४ तिसबिघेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेट र स्पास्मो १५ ट्याब्लेट सहित सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय ईन्द्र बहादुर परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०७-१६

उदयपुर, वेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा करिब १० किलो २ सय ३० ग्राम सहित वेलका नगरपालिका-९ बस्ने ३२ वर्षीय बल बहादुर विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को.२ ह ४२४६ नम्बरको अटोलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक बल बहादुरलाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोला बस्ने २४ वर्षीय मन बहादुर बादीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम र नगद १२ हजार १ सय १० रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बासकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-४ बस्ने २९ वर्षीय रोमन राई र केराबारी गाउँपालिका-१० बस्ने १९ वर्षीय पूर्ण तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०७-१६

नवलपरासी पश्‍चिम, आफ्नै दाई ३६ वर्षीय कृष्ण बहादुर शाहीको हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका-१ पुनर्बास बस्ने ३४ वर्षीय चित्र बहादुर शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । चित्र बहादुरले कोदालोको बिड लगायतले प्रहार गर्दा कृष्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले चित्र बहादुरलाई पक्राउ गरेको हो ।  गुल्मी, आफ्नै बुबा ५० वर्षीय धन बहादुर विकको हत्या गरेको अभियोगमा मालिका गाउँपालिका-३ म्याल बस्ने २३ वर्षीय भोट बहादुर विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भोट बहादुरले हँसिया र काठ ठोक्ने मुहुरोले प्रहार गर्दा धन बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदह र प्रहरी चौकी अर्खवाङबाट खटिएको प्रहरीले भोट बहादुरलाई पक्राउ गरेको हो । साथै उक्त घटनामा गम्भीर घाइते भएकी भोट बहादुरकी आमा दिलमाया विकको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित १३ जना पक्राउ
२०८२-०७-१६

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय रोहन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने ३४ वर्षीय सुशिल श्रेष्ठ र २७ वर्षीय अहिम ताम्राकार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले लौकहीबाट इनरूवातर्फ आउँदै गरेको को.३ प ६६२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ घर भएका ३३ वर्षीय हिमाल मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-९ अमरावती बस्ने २२ वर्षीय टेक बहादुर साउँद र २५ वर्षीय रमेश टमाटा रहेका छन् । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले बा.७५ प८९२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, टीकापुर नगरपालिका-२ रानीकुलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-२ सीतापुर बस्ने २१ वर्षीय राज विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-७ राम टोल बस्ने २२ वर्षीय सुमित कुमार गुप्तालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनार्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी पर्सा, सखुवा प्रसौनि गाउँपालिका-६ लखनपुर चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १० किलोग्राम सहित पटेर्वा सुगौली गाउँपालिका-४ निचुटा बस्ने ४५ वर्षीय अब्दुला अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरिया समेतबाट खटिएको प्रहरीले उनले बोकेको ग्याँस सिलिण्डरभित्र लुकाइछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-९ झिल्मिलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-१ चौमाला बस्ने ३६ वर्षीया लक्ष्मी देवी बिष्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्राम सहित भारत बिहार अररिया बस्ने ३६ वर्षीय मोहम्मद साहिदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० ट्याब्लेट र ट्रामाडोल ५ सय ५ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय बिजय विक र २१ वर्षीय अर्जुन विक रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ
२०८२-०७-१६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-६ महादेवस्थानस्थित सरिता गिरीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सरिता समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-९ मटेना बस्ने ३० वर्षीय रोहित नाथको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा रोहित समेत १२ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । झापा, गौरादह नगरपालिका-५ स्कुलचौन बजार बस्ने ३८ वर्षीय दिल बहादुर मगरले संचालन गरेको सत्कार होटलमा जुवातास खेलिरहेको अवस्थामा दिल बहादुर समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ९ सय ६० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२५ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा माछापुच्छ्रे गाउँपालिका-१ बस्ने ४८ वर्षीय ओम गुरूङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार २ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०७-१५

मकवानपुर,  मनहरी गाउँपालिका-८ सिमपानी डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-७ घर भएका ५२ वर्षीय महमद मन्जुर मियालाई अवैध लागूऔषध गाँजा करिब ७ किलो १ सय ६० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-८ कुवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ग्राम ४२ मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर थाना बस्ने ४२ वर्षीय विनोद कुमार निषाद र २६ वर्षीय शिव रतन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रूपन्देही र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ वाई ०६३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २७ मिलिग्राम सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका-९ अण्डैया बस्ने २४ वर्षीय अरूण राना, भीमदत्त नगरपालिका-१८ सालघारी बस्ने २५ वर्षीय शेखर प्रसाद जोसी र सोही नगरपालिका-१५ निम्बुखेडा बस्ने २० वर्षीय ज्ञानु पाली रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले म.२ प ३५६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने २२ वर्षीय राजु सुनार समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरेन्द्रनगर र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००१ ज ०७०९ नम्बरको ईभि गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल लुटपाट तथा बिक्री वितरणमा संलग्न ५ जना पक्राउ
२०८२-०७-१५

काठमाडौं, गत भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोली गठ्ठा लुटपाट गरी बिक्री वितरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पेस्तोल लुटपाटमा संलग्न काठमाडौं महानगरपालिका १५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने धादिङ धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरूङ, हतियार खरिद तथा बिक्री वितरणमा संलग्न काठमाडौं महानगरपालिका-१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, काठमाडौं महानगरपालिका-१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने भारत मोतिहारी सितामणी घर भएका २४ वर्षीय अकबर खान, काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य र काठमाडौं महानगरपालिका-३१ बानेश्वर घर भई काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ वर्षीय प्रभात मल्ल रहेका छन् । प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र पेस्तोलमा लाग्ने गोली १५ थान बरामद गरेको छ ।   उनीहरू उपर हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा संलग्न व्यक्ति पक्राउ
२०८२-०७-१५

मोरङ, ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका जहदा गाउँपालिका-१ बस्ने ३० वर्षीय सुनिल सरवरीयालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जहदा गाउँपालिका-१ राजवंशी चोक बस्ने ३८ वर्षीय मुकेश कुमार साह र उनकै श्रीमतीलाई कात्तिक १० गते साँझ सुनिल समेतका व्यक्तिहरूले ज्यान मार्ने उद्योग गरेको घटनामा जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई फरार रहेका उनीहरू मध्ये सुनिललाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको   छ ।

चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८२-०७-१५

भक्तपुर, चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर कमलविनायक बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-३ घर भएका २७ वर्षीय बिक्रम थापा, काभ्रेपलान्चोक रोशी गाउँपालिका-१ घर भएका ३० वर्षीय राम बहादुर तामाङ, रोल्पा परिवर्तन गाउँपालिका-४ घर भएका ४३ वर्षीय लोकेन्द्र पुन र उदयपुर बेलटार घर भएका ४० वर्षीय राजु राई रहेका छन् । मध्यपुर ठिमी नगरपालिका-९ निकोसेरा ढुङ्गेधारा बस्ने ७६ वर्षीय पुरूषको घरको झ्यालबाट अपरिचित व्यक्तिहरू प्रवेश गरी पीडितलाई दाउराको चिरपटले प्रहार गरी घाइते बनाएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‍घाटन
२०८२-०७-१४

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले कास्की पोखरा महानगरपालिका-६ सहिदचोकस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको परिसरमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको शुक्रबार उद्‌घाटन गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यम मार्फत उक्त पेट्रोल पम्पको उद्‍घाटन गर्नुभएको हो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको चर्चा गर्दै आज उद्‌घाटन भएको प्रहरी पेट्रोल पम्पले गुणस्तरीय इन्धन उपलब्ध गराउनुको साथै नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा समेत थप टेवा पुग्ने बताउनुभयो ।   प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै सो भरोसालाई जीवन्त बनाई राख्न आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की एवम् कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  साथै उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक चिरञ्जीवी प्रताप महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रहरी कल्याण कोषको कुल ९ करोड ९४ लाख ७४ हजार ६ सय ७६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८२-०७-१४

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ शिवशक्ती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम र नगद १४ हजार ७ सय ८० रूपैयाँ सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-६ बस्ने ३९ वर्षीय प्रदिप सुनार, ३३ वर्षीय धिरज केसी, २३ वर्षीय महेश सुनार, २५ वर्षीय राम केदार सुनार र ३८ वर्षीय सुदन बिक्रम थापा रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले प्रदिपको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-५ बरगाछी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १७ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा खाँदवारी नगरपालिका-१ बस्ने २७ वर्षीय रूपेश कुलुङ र तेह्रथुम छथर गाउँपालिका-३ बस्ने २९ वर्षीय कर्ण सुनुवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ
२०८२-०७-१४

दाङ, घोराही उपमहानगरपालिका-१८ कात्तिके डाँडास्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१० खैरा बस्ने ३२ वर्षीय विर बहादुर बुढा मगर समेत ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-५ टुटेश्वर मन्दिरस्थित जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३८ वर्षीय टिका बहादुर किङरिङ समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार रूपैयाँ र २६ थान कौडा सहित पक्राउ गरेको हो ।झापा, बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेन डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-४ बस्ने २९ वर्षीय राज कुमार साहको कोठामा जुवातास खेलिरहेको अवस्थामा राज कुमार समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८२-०७-१३

सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ६० मिलिग्राम सहित संखुवासभा धर्मदेव नगरपालिका-४ बस्ने ३७ वर्षीय ओमनाथ घिमिरेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध स्पास्मो ८६ ट्याब्लेट, डिकोलिक ७२ ट्याब्लेट र ट्रामाडोल १ सय ५९ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय रेहान लिम्बुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको    हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने ३८ वर्षीय चाँद अलि शेष र ३१ वर्षीय बब्लु शेष रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-५ बनकटुवा बस्ने २६ वर्षीय प्रकाश रेग्मी र २६ वर्षीय प्रदिप चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट स्थानबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका-४ गोला बस्ने ३२ वर्षीय बिर बहादुर रावल, बाँके कोहलपुर नगरपालिका-५ बस्ने २५ वर्षीय सुरज शाही र भारत कर्नाटक ब्याङलोर बस्ने २४ वर्षीय सोयत साइत रहेका छन् । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सल्यान, शारदा नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा शारदा नगरपालिका-१ बस्ने २१ वर्षीय प्रज्वल केसी, २४ वर्षीय नुर आलम, सोही नगरपालिका-२ बस्ने २६ वर्षीय सुरज रोका र सोही नगरपालिका-१ बस्ने प्युठान मल्लरानी गाउँपालिका-२ घर भएका २४ वर्षीय सन्दिप नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ३ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा आलिताल गाउँपालिका-३ बस्ने २४ वर्षीय कैलाश धामी र बैतडी सुर्नया गाउँपालिका-७ बस्ने २३ वर्षीय अबिनाश कुवँर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, जिराभवानी गाउँपालिका-१ बलुवा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट सहित ठोरी गाउँपालिका-५ बस्ने २३ वर्षीय विज्ञान बस्नेतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७  छोरेपाटनबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ४९ एम्पुल, फेनारगन १ सय ४७ एम्पुल, नुर्फिन १ सय ४७ एम्पुल सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१८ बस्ने ३१ वर्षीय सुदिप विक र सोही उपमहानगरपालिका-१२ माटेपानी बस्ने २२ वर्षीय राहुल मगर रहेका   छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३८ ट्याब्लेट सहित लमजुङ बेसीशहर नगरपालिका-११ बस्ने २६ वर्षीय बिवश तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको म.प्र.०३-००१ ख ८१६३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, कमल गाउँपालिका-५ मंगलबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट, स्पास्पेन ३ सय ट्याब्लेट र डाइक्लोमाइन ५ सय ट्याब्लेट सहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बिष्णु राजबंशी, सोही गाउँपालिका-३ बस्ने २२ वर्षीय मौसम तामाङ, सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर, शिवसताक्षी नगरपालिका-११ बस्ने २१ वर्षीय रूस्तम बर्देवा, १९ वर्षीय रूचल मगर र सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले बिष्णुको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित दुई जना पक्राउ
२०८२-०७-१३

काठमाडौं महानगरपालिका-१८ ढल्कुबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १२ राउण्ड सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१७ नयाँबजार बस्ने नुवाकोट लिखु गाउँपालिका-६ घर भएका २३ वर्षीय समिर श्रेष्ठ र सोही महानगरपालिका-१६ क्षेत्रपाटी बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१० खोपासी घर भएका २३ वर्षीय एलेक्स नेपाली रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।उनीहरूलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८२-०७-१२

काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय २० मिलिग्राम र नगद २५ हजार रूपैयाँ सहित काठमाडौं नयाँ बसपार्क बस्ने काभ्रे रोशी गाउँपालिका-१० घर भएका २९ वर्षीय राम बहादुर दुलाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा कटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीय आकाश चौधरी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बङ्क बस्ने २६ वर्षीय प्रदिप ऐरी र बेदकोट नगरपालिका-२ जडेपानी बस्ने २९ वर्षीय जनक बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बागमती प्रदेश.०२-०५० प ७३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-३ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८४ ग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय राकेश डगौरालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-५ फत्तेपुर बोडरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-३ बस्ने २७ वर्षीय निमा दोर्जी तामाङ र ३८ वर्षीय सुक बहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरील आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक खापुङ्गबाट प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन उद्‍घाटन
२०८२-०७-११

भक्तपुर, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन मंगलबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी प्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गर्नुभयो । नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिहरूमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरी प्रति नागरिहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी कमजोरीहरूको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक केविन जंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल ४ करोड ४६ लाख १८ हजार १ सय ९७ रूपैयाँ २२ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा नेपाली सेनाका उपरथी, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी, स्थानीयबासीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।    

संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित दुई जना पक्राउ
२०८२-०७-११

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारबाट करिब ५ सय ६८ ग्राम तौल बराबरको संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहार २ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकोट खाँडाचक्र नगरपालिका-६ घर भएका २५ वर्षीय रमेश बहादुर शाही र २८ वर्षीय कृष्ण बहादुर शाही रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।    

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०७-११

कैलाली, धनगढी उपमहानगरपालिका-५ हसनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१७ बस्ने २२ वर्षीय हरि चौधरी र गोदावरी नगरपालिका-९ बस्ने ३३ वर्षीय प्रविन राना रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१५ बस्ने २८ वर्षीय अरूण चन्दलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-९ शान्ति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम र नगद १८ हजार रूपैयाँ सहित सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय मनोज धिमाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.१ ह ७०६५ नम्बरको सिटी सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, बाणगंगा नगरपालिका-१ बैरिया बस्ने सोही नगरपालिका-८ बोडगाउँ घर भएका २२ वर्षीय बिजय लम्साल क्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ कपिलवस्तु नगरपालिका-११ जहदी बस्ने २८ वर्षीय अनिल बरईसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले अनिललाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०७-१०

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-४ एफ गाउँ बस्ने ३० वर्षीय खेमलाल गुरूङ र २७ वर्षीया अन्जु गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२ क्याम्पाचौरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९० ट्याब्लेट, भोमिइन ३ सय ९० ट्याब्लेट, डाईजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन ४ एम्पुल सहित सोही महानगरपालिका-१५ रामपुर बस्ने ३५ वर्षीय सिंह राज लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले ना.२० प ५७५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१७ बस्ने २८ वर्षीय भोजराज चौहानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय मिलिग्राम सहित सोही नगरपालिका-८ पचुई बस्ने ३० वर्षीया संगिता चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०७-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ५ सय ८० मिलिग्राम सहित चितवन भरतपुर महानगरपालिका-१२ बस्ने २७ वर्षीय लव ठकुरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ५१३ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-६ बनगाउँ बैजनाथ टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय रमेश थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुल सहित शुक्लागण्डकी नगरपालिका-९ बस्ने २५ वर्षीय सागर क्षेत्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख ९९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित भारत अररिया फारविसगञ्ज बस्ने २४ वर्षीय अलताव शेखलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, मोहन्याल गाउँपालिका-७ पितमारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २६ वर्षीय गोविन्द बिष्टलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८२-०७-०९

सिन्धुपाल्चोक, जुगल गाउँपालिका-६ हाब्रास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-६ बस्ने ४२ वर्षीय नन्दराज श्रेष्ठ समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ४५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१ भासीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐठपुर बस्ने ५० वर्षीय दिपक पाठक समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार १५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०७-०८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ७ किलो २ सय ९५ ग्राम सहित ३ जना भारतीय नागरिकहरू शुक्रबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २५ वर्षीय हरगोबिन्द सिह, १९ वर्षीय समिर र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका हरगोबिन्द र समिरलाई ३ किलो ६ सय ४० ग्राम तथा इन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका अहमद सम्पदलाई ३ किलो ६ सय ५५ ग्राम उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-६ बस्ने २१ वर्षीय अशोल राजवंशी र २२ वर्षीय रिचार्ड श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित डडेल्धुरा अमरगढी नगरपालिका-९ बस्ने २१ वर्षीय प्रकाश साउँदलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-११ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम सहित राजापुर नगरपालिका-१० कोठियाघाट बस्ने १९ वर्षीय कृष्ण विकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-४ खैरेनी बस्ने १९ वर्षीय प्रेम श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनि समेतबाट खटिएको प्रहरीले भारतको बलइगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो ९७ ट्याब्लेट सहित सोही नगरपालिका-८ बिष्णुडोल बस्ने रामेछाप घर भएका १९ वर्षीय तेज रसाईलीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । गुल्मी, कालिगण्डकी गाउँपालिका-२ राक्सेबाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ एम्पुल, फेनारगन २० एम्पुल र बुप्रेनोर्फिन २५ एम्पुल सहित बाग्लुङ, बाग्लुङ नगरपालिका-२ रूद्रपिपल बस्ने ३२ वर्षीय मनोज प्रधानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पुर्तिघाट गुल्मीबाट खटिएको प्रहरीले ध.१ प ५५८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ७० मिलिग्राम सहित सबैला नगरपालिका-१३ कीर्तिपुर टोल बस्ने २० वर्षीय आकाश यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ लोकनगर बस्ने २६ वर्षीया दिल कुमारी थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-१९ तोपापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सर्वण रोका मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी दाङ, लमही नगरपालिका-४ लमही अस्पताल नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय २० मिलिग्राम र नगद १९ हजार २ सय रूपैयाँ सहित राजपुर गाउँपालिका-७ लैबरूवा बस्ने २९ वर्षीय मदन पुनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०७-०८

कास्की, पोखरा महानगरपालिका-५ बस्ने ४५ वर्षीय अनिल पराजुलीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-१८ सराङकोट घर भई सोही महानगरपालिका-५ मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-५ चिल्डेल पार्क नजिकै अनिल शनिबार बिहान अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले अनिललाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा किशोर तिमिल्सिना र अनिल बिच सामान्य बादबिबाद हुँदा चक्कु प्रहार भएको भन्ने खुल्न आए पश्चात तिमिल्सिनालाई घटनामा प्रयोग भएको १ थान चक्कु सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८२-०७-०७

मोरङ, उर्लावारी नगरपालिका-७ डेरा गरी बस्ने झापा गौरदह नगरपलिका-६ घर भएका ४३ वर्षीय मोहनसिंह बरहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ८ सय ९० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-३ तमौलीपुर बस्ने २४ वर्षीय आसबिक थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका-३ बस्ने ३५ वर्षीय मो. अजमल मिकरानी र ६० वर्षीय मो. एजाजुल हक मिकरानी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले बिआर ३० ए एल ४७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ
२०८२-०७-०७

तनहुँ, भानु नगरपालिका-४ सेपाबगैचा बस्ने ८० वर्षीय विष्णुमान श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार १ सय ४५ रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-४ कालिका टोलस्थित निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने २२ वर्षीय सुरज परियार समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार १ सय ५० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-४ लक्ष्मीपुर बस्ने राजेश कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-४ बस्ने ३२ वर्षीय श्रीधर पाण्डे समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ९ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । सप्तरी, कञ्चनरूप नगरपालिका-४ बकाल बस्ने ४६ वर्षीय किरण कुमार चौधरीको माछा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार १० रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १ सय २८ किलो गाँजा सहित तीन जना पक्राउ
२०८२-०७-०५

सुनसरी, कोशी गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १ सय २३ किलो १५ ग्राम सहित भारत सुपौल तिरगंज ग्राम बस्ने २० वर्षीय मोहमद ईम्तियाज मियालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको प्रहरीले प्र.१-०२-००३ ह ८७०५ नम्बरको सिटि रिक्सालाई जाँच गर्ने क्रममा ४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी सिटिमा सवार मियालाई पक्राउ गरेको हो । हाल फरार सिटि चालकको प्रहरीले खोजी गरिरहेको छ । सर्लाही, कौडेना गाउँपालिका-२ फूलपरासीबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ३ सय ग्राम सहित सोही गाउँपालिका-१ सुन्दरपुर बस्ने ३० वर्षीय लोजा बैठा समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले सुखचैनाबाट फूलपरासीतर्फ जाँदै गरेको बीआर ०७ एजी ८१०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०७-०५

इलाम, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-९ धजेडाँडा बस्ने ५२ वर्षीय टेकनाथ कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको  छ । टेकनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो । प्युठान, ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मल्लरानी गाउँपालिका-२ कौछे बस्ने ५५ वर्षीय खुमनाथ शर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खुमनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठान समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०८२-०७-०५

मोरङ, ग्रामथान गाउँपालिका-३ सिद्राहा बाँसबारी चोकमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका-३ बस्ने ६७ वर्षीय अरूण गुप्ता समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ४० रूपैयाँ र कौडा १५ थान सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१६ माथिल्लो दिप बस्ने ६० वर्षीय बालकृष्ण गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा बालकृष्ण समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९५ हजार ६ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ पुष्पलाल चोकस्थित पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१५ बस्ने ३८ वर्षीय प्रकाश धनाडी समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ९ सय ७५ रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०७-०४

 रौतहट, यमुनामाई गाउँपालिका-५ बमनहरबाट नियन्त्रित लागूऔषध फेनारगन ५ सय १ एम्पुल, डाइजेपाम ५ सय एम्पुल, नोर्फिन ३ सय ९८ एम्पुल र बुप्रेनुर्फिन १ सय १ एम्पुल सहित म्याग्दी घर भएका ६३ वर्षीया दिलमाया विक भन्ने ईनमायाँ विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरीले गौरबाट चपुरतर्फ जाँदै गरेको ना.५ ख ५०६३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१६ बालग्रामबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ८० ट्याब्लेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने २३ वर्षीय आकाश राई र २२ वर्षीय अभिनाश भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले को.३८ प २०६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत भिमनगर पन्चायत-११ बस्ने २० वर्षीय नवि हुसेन र सप्तरी राजविराज नगरपालिका-६ बस्ने १९ वर्षीय मोहमद खुसिद रहेका छन् । इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १०९ जना पक्राउ
२०८२-०७-०४

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका संचालक सोही ठाउँ बस्ने ३१ वर्षीय राकेश श्रेष्ठ समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३१ हजार रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-११ बस्ने ५६ वर्षीय एक बहादुर भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा एक बहादुर समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ७ सय २० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।   यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० ओदान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका संचालक सोही नगरपालिका-५ बस्ने ५३ वर्षीय वासु रिमाल समेत १० जनालाई गएराति प्रहरीले प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय १० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२ मोहरिया टोल बस्ने दिपक विकको घरमा जुवातास  खेलिरहेको अवस्थामा दिपक समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७३ हजार ४ सय ४५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-२६ बिजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२६ बुढिबजार बस्ने ४४ वर्षीय हेम बहादुर रानाभाट समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार २ सय ५ रूपैयाँ र १४ थान कौडा सहित पक्राउ गरेको हो । भक्तपुर, भक्तपुर नगरपालिका-४ बुल्छामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४७ वर्षीय दयाराम सायजु समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख २३ हजार ९ सय ६० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।  दाङ, राप्ती गाउँपालिका-२ लालमटियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय नरेश बुढा समेत १४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४९ हजार ७ सय ९५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   बर्दिया, ठाकुरबाबा नगरपालिका-४ खैलार बस्ने टोप बहादुर थापाको घर जुवातास खेलिरहेको अवस्थामा टोप बहादुर समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बग्नाह भुरिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ७ सय २५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।  स्याङ्जा, गल्याङ नगरपालिका-१ मालुङ्गा बस्ने ५० वर्षीय गणेश बस्यालको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९७ हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, बेदकोट नगरपालिका-३ दैजीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय हिक्मत सिँह रावल समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार २ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित पक्राउ
२०८२-०७-०४

भोजपुर, टेम्केमैयुङ गाउँपालिका-३ हर्कटे सामुदायिक वनबाट भरूवा बन्दुक १ थान, खुकुरी १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा सहित सोही गाउँपालिका-४ चखेवा बस्ने ४० वर्षीय सचिन सिंह राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त भरूवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । अर्घाखाँची, शितगंगा नगरपालिका-१० बाघखोर बस्ने ४५ वर्षीय हेम बहादुर नेपालीको घरबाट भरूवा बन्दुक १ थान, फलामको टुक्रा १७ थान र बारूद करिब १५ ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिद्धाराबाट खटिएको प्रहरीले हेम बहादुरको घर तलासी गर्ने क्रममा उक्त भरूवा बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उक्त भरूवा बन्दुक सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश नेपालीको भन्ने खुल्न आए पश्‍चात दिनेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०७-०३

सुनसरी, रामधुनी नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुमन कुमार चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले सुमन कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।यसैगरी सुनसरी, ईनरुवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम ६ सय ९० मिलिग्राम र नगद १६ हजार रूपैयाँ सहित इटहरी उपमहानगरपालिका-१८ बस्ने ३४ वर्षीय राजु चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २३ हजार ८ सय ८० ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका-५ बस्ने १९ वर्षीय पुशपेन्द्र राज पाण्डे र भारत बिहार पुर्वी चम्पारण थाना रक्सौल प्रसौनी तपसी टोल बस्ने १९ वर्षीय सचिन कुमार रहेका छन् । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ नमुनाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल घर भएका १९ वर्षीय सुगम साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ आलुमन्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बेलुवा बस्ने २३ वर्षीय सन्देश प्रेमी पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-३ श्रीजंग टोल बस्ने ४६ वर्षीय बाल कुमार राई र इलाम घर भएकी २२ वर्षीया मनिषा राई रहेका छन् । इलाका प्रहरी कार्यालय रानिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प ३२३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ९२ जना पक्राउ
२०८२-०७-०३

संखुवासभा, खाँदबारी नगरपालिका-१ बसपार्क बस्ने ५७ वर्षीय जित कुमार राईले संचालन गरेको खुसुमा होटलमा जुवातास खेलिरहेको अवस्थामा जित कुमार समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ९ सय ३५ रूपैयाँ, १६ थान कौडा र ४ बुक तास सहित पक्राउ गरेको हो ।  ललितपुर, महालक्ष्मी नगरपालिका-१ रातामकै चोकस्थित काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ घर भएका ४८ वर्षीय जिवन थापाले संचालन गरेको स्वाद रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा जिवन समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ७५ हजार १ सय ८५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ३३ वर्षीय सुरेश नापितको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद ४ लाख ९४ हजार ५ सय रूपैयाँ र १९ बुक तास सहित पक्राउ गरेको हो । काभ्रे, बनेपा नगरपालिका-१२ बाँसडोलस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बस्ने ३२ वर्षीय सुमन थापा समेत १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ७ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  सिन्धुली, गोलन्जोर गाउँपालिका-३ ग्वालटारस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ४८ वर्षीय ढाल बहादुर कार्की समेत २४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८९ हजार १ सय ६१ रूपैयाँ र १ सय ६४ पत्ती तास सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ४९ वर्षीय सुरेश शिल्पकारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार ४ सय ५५ रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।   दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५४ वर्षीय हिमराज खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा हिमराज समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार १ सय ९५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१५ चौधरीया गाउँ बस्ने ५६ वर्षीय लक्ष्मी प्रसाद बोहराको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी प्रसाद समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८८ हजार ६ सय ३५ रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।   जुम्ला, चन्दननाथ नगरपालिका-१ स्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सिंजा गाउँपालिका-५ बस्ने ३६ वर्षीय कुष्ण आरसि लगायत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७९ हजार २ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०८२-०७-०३

काठमाडौं, यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा सोमबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले सोही कार्यालयको प्रांगणमा रहेको प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो ।  यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’ लाई पुरस्कृत समेत गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाईन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाईन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए । प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी निरीक्षक कृष्ण बहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमूखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरू लगायत  संचारकर्मीहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‌घाटन
२०८२-०७-०२

नवलपरासी पूर्व, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कावासोतीको आइतबार एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको चर्चा गर्दै आज उद्‌घाटन भएको प्रहरी पेट्रोल पम्पले प्रहरी कर्मचारी तथा स्थानीय नागरिकहरूलाई गुणस्तरीय इन्धन उपलब्ध गराउनुको साथै नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा समेत थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै सो भरोसालाई जीवन्त बनाई राख्न आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख विष्णु प्रसाद भुसाल एवम् नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी भविश्चर पाण्डेले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  साथै उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक चिरञ्जिवी महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रहरी कल्याण कोषको कुल १० करोड ९८ लाख ८ हजार ९ सय ६६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको प्रमुख आतिथ्यतामा २-१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन
२०८२-०७-०२

चितवन, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९औं समूहका प्रशिक्षार्थीहरूद्वारा तयार पारिएको “स्मृतिकुन्ज” पुस्तक समेत विमोचन गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले शारीरिक र मानसिक रूपमा कठिन यस आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रशिक्षणको अवधिमा मेहनत, लगन र त्यागबाट आर्जन गरेको आधारभूत ज्ञान र सीपले कार्यक्षेत्रमा व्यावसायिक सफलता मिल्ने बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा कुनै पनि लोभ, लालच, भय र त्रासबाट मुक्त रही अन्यायमा परेका पीडित र संकटमा परेका नागरिकको सेवा गर्दै राष्ट्र सेवामा प्रखर रूपमा प्रस्तुत हुन उहाँले दीक्षित प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले जस्तो सुकै परिस्थितिमा पनि नेपाल प्रहरीले अग्रपंक्तिमा रही उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुको कुनै विकल्प नभएको उल्लेख गर्दै कठिन घडीमा पनि आम नागरिकलाई सेवा र सुरक्षा दिलाउनुका साथै विगतका त्रुटिहरूको विश्लेषण गर्दै विचलित नभई कानुन बमोजिम गर्नुपर्ने कारवाहीमा व्यावसायिक दृढताका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सुरक्षा एक अनुभूति भएको र आम नागरिकले प्रहरी प्रति बनाएको धारणाले सुरक्षामा गहिरो अर्थ राख्ने उल्लेख गर्दै प्रहरीको कर्म र धर्म नै नागरिक सेवा र सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गरी असल आचरण र बोली वचन सहित पूर्ण व्यावसायिक भई जनअपेक्षा अनुरूप कर्तव्य निर्वाह गर्नु पर्ने उहाँले बताउनुभयो ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो ।तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८१ कात्तिक ९ गतेदेखि संचालित उक्त तालिममा ५३ जना महिला सहित कुल ३ सय ७७ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।  उक्त समारोहमा चितवन जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश दयाराम ढकाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका पदाधिकारीहरू विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, प्रशिक्षार्थीहरुका अभिभावक तथा परिवारजनहरू, समाजसेवी, संचारकर्मीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-०७-०२

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ५८ ग्राम सहित सोही नगरपालिका-९ दिपज्योती मंगलटोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भएका ४८ वर्षीय मान बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।कपिलवस्तु, बाणगंगा नगरपालिका-२ गबडियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ गजेहडा बस्ने ३५ वर्षीय रविन अर्याल, सोही नगरपालिका-२ बैजलपुर बस्ने २५ वर्षीय रमेश थारू र ३१ वर्षीय सन्तोष थापा रहेका छन् । इलाका प्रहरी कार्यालय पिपरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१७ घारीपाटनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम र नगद ९४ हजार ६ सय १० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ बस्ने २५ वर्षीय नबराज चापागाई थापा र धादिङ ज्वालामुखी गाउँपालिका-५ बस्ने २५ वर्षीय प्रकाश काप्री रहेका छन् । वडा प्रहरी कर्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सैनामैना नगरपालिका-१० शितलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलोत्तमा नगरपालिका-७ भलवारी बस्ने ३२ वर्षीय सागर थापा र बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने ३१ वर्षीय आशिक थापा रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले लु.प्र.०१-००४ प ८४११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८२-०७-०२

सल्यान, शारदा नगरपालिका-१ श्रीनगर बस्ने ५० वर्षीय लोक बहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा लोक बहादुर समेत ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ६ सय २५ रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो ।नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ सुर्वणाचोकस्थित घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४२ वर्षीय बसन्त राज घिमिरे समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ९ सय ६० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०७-०१

ललितपुर, ललितपुर महानगरपालिका-२० नटोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, बुप्रेनोर्फिन १२ एम्पुल र प्रोमेथाजाइन १२ एम्पुल सहित सोही ठाउँ बस्ने ४४ वर्षीय सुवास शाक्यलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-८ सिमानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-७ बस्ने २७ वर्षीय धुव्र कुमार थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतको शिवरात्रीपुरदेखि नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित पक्राउ
२०८२-०७-०१

मकवानपुर, मनहरी गाउँपालिका-६ हाङ्गलम बस्ने ४७ वर्षीय गोपीराम प्रजालाई भरूवा बन्दुक २ थान, अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र जनावरको जस्तो देखिने हड्डीको टुक्रा ९ थान सहित गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिकै करेसा बारीमा रहेको कर्कलो घारीमा लुकाई छिपाई राखेको उक्त बन्दुक तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो । हुम्ला, सिमकोट गाउँपालिका-७ चुकेडी भिर भन्ने स्थानबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही गाउँपालिका-७ डाँडाफाया बस्ने ६८ वर्षीय अंग बहादुर शाही र ६३ वर्षीय लोक बहादुर शाही रहेका छन् । इलाका प्रहरी कार्यालय मुचुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण
२०८२-०६-३०

काठमाडौं, ३१ असोज, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७०औं प्रहरी दिवस २०८२ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले विशेष बढुवा प्राप्त गर्नुहुने प्रहरी वृत्त महाराजगंज काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक हेम बहादुर बिक र जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ दाङमा कार्यरत प्रहरी हवल्दार संगिता अधिकारीलाई दर्ज्यानी चिन्हद्वार सुशोभित गर्नुभयो । राष्ट्र र प्रहरी संगठनको मान, प्रतिष्ठा र गौरव बढाउनुका साथै कर्तव्य निर्वाहको क्रममा प्रदर्शन गरेको अदम्य साहस र उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गरी नीति निर्माण समितिको सिफारिसमा उनीहरूलाई १ तह विशेष बढुवा सिफारिस गरिएको थियो । साथै उहाँले प्रथम महिला प्रहरी सम्मेलन,२०८२ को सन्दर्भमा प्रकाशित " Coffee Table Book " को लोकार्पण समेत गर्नुभयो ।  सोही अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी निरीक्षक अच्युत गिरी, प्रहरी निरीक्षक रबि घिमिरे, प्रहरी निरीक्षक सरस्वती कार्की, प्रहरी वरिष्ठ नायव निरीक्षक लेखनाथ आचार्य, प्रहरी वरिष्ठ नायव निरीक्षक रमेश कार्की, प्रहरी नायव निरीक्षक पदम शेर्पा, प्रहरी सहायक निरीक्षक अमिर श्रेष्ठ र प्रहरी सहायक हवल्दार कुमार बस्नेतलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक राजेश सिलवाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी नायव निरीक्षक अशोक कार्की, उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठ र प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर खड्का तथा उत्कृष्ट व्यावसायिक आचरणतर्फ प्रहरी उपरीक्षक बासुदेव पाठकलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक खापुङ्ले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी निरीक्षक संजीब बोगटी, प्रहरी सहायक निरीक्षक उत्तम बहादुर भुजेल, प्रहरी सहायक निरीक्षक दिपक पुन, प्रहरी हवल्दार अख्तर मिया र प्रहरी जवान रोशना थापा, उत्कृष्ट प्रहरी कार्यतर्फ प्रहरी नायव उपरीक्षक मधु कुमार थापा, प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्का, प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत, प्रहरी निरीक्षक शेर बहादुर बस्नेत, प्रहरी निरीक्षक अजय जंग थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक विजय राज खनाल, प्रहरी नायव निरीक्षक गौरव कुमार दास र प्रहरी सहायक हवल्दार दिपक राईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।  यसैगरी प्रहरी महानिरीक्षक खापुङ्ले उत्कृष्ट आन्तरिक तथा बाह्य प्रशिक्षकतर्फ प्रहरी निरीक्षक जमुना जोशी, प्रहरी जवान गणेश राना मगर र प्रहरी जवान दुर्गा थापा, उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कारतर्फ प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्त, प्रहरी उपरीक्षक हरि डंगोल, प्रहरी नायव उपरीक्षक मोहन सिंह धामी, प्रहरी निरीक्षक ई. रितोष राय, प्रहरी वरिष्ठ नायव निरीक्षक शान्ति शाक्य, प्रहरी नायव निरीक्षक सन्तोष लामा, प्रहरी सहायक निरीक्षक राम बहादुर परियार(दमाई), प्रहरी सहायक निरीक्षक विद्या घले, प्रहरी हवल्दार भरत कुँवर र प्रहरी सहायक हवल्दार सुजन कार्कीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी  उत्कृष्ट प्रहरी खेल प्रशिक्षक/खेलाडी पुरस्कारतर्फ प्रहरी जवान शान्तिकला तामाङ, उत्कृष्ट प्रहरी विद्यालय शिक्षक पुरस्कारतर्फ नेपाल प्रहरी विद्यालय धरान सुनसरीमा कार्यरत सागर कार्कीलाई सम्मानपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरी स्मारक गुठिका २ जना आजीवन सदस्यहरूलाई उहाँले कदरपत्र प्रदान गर्नुभयो ।  यसैगरी प्रहरी महानिरीक्षक खापुङ्ले  नेपाल प्रहरीको काम, कारवाही तथा अनुसन्धानमा सहयोग पुर्‍याउनुहुने काठमाडौं नरेफाँटका द्रोणजंग श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ भक्तपुर गठ्ठाघरका राजेश मान केसी र प्रहरी वरिष्ठ नायव निरीक्षक बिष्णु थापालाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने मोरङ विराटनगर महानगरपालिका-६ का तोरण कार्की र धनकुटा पाख्रिवास-८ का समन्त भद्र थापालाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले नेपाल प्रहरीलाई भौतिक संरचना लगायत निर्माणमा महत्वपूर्ण सहयोग गर्ने संस्था तथा सर्वसाधारणलाई समेत कदरपत्र प्रदान गर्नुभयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले आफ्नो स्थापनाकाल देखि नै कानुनी राज्यको मान्यता अनुरूप जनमुखी प्रहरी सेवाको प्रवर्धन गर्दै आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहँदै आएको बताउनुभयो । प्रहरी संगठन प्रति आम नागरिकको विश्वास प्रहरी संगठनको लागि उर्जा शक्ति र मनोबल समेतको स्रोत भएको चर्चा गर्दै नागरिक केन्द्रीत पारदर्शी, स्वच्छ, छिटो, छरितो, प्रभावकारी र सेवाग्राहीमैत्री सेवा प्रवाहबाट मात्र प्रहरी प्रतिको विश्वासमा अभिवृद्धि सम्भव रहेको हुँदा उहाँहरुको गुनासो र पिरमर्का सम्बोधनमा कुनै किसिमको विलम्ब नहोस् भन्नेतर्फ संगठनका सबै सदस्यहरू सजग हुनुपर्नेमा जोड दिनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रतिको नागरिकको विश्वास र स्नेह प्रगाढ रहेको तथ्य नेपाल प्रहरीको भौतिक विकासमा आम जनसमुदायबाट प्राप्त भएको सहयोगले पुष्टि गरेको चर्चा गर्दै यो स्नेह, विश्वास र भरोसाको जगेर्ना गर्दै सबै प्रहरी कर्मचारीहरू नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । साथै प्रचलित कानुनको कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र सम्बर्द्धनलाई उच्च प्राथमिकतामा राखी आम नागरिकका संविधान प्रदत्त हक अधिकारको संरक्षणमा सदैव सचेत रहन समेत उहाँले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।   

हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता - गृहमन्त्री ओमप्रकाश अर्याल
२०८२-०६-३०

काठमाडौं, ३१ असोज, गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रति जनताको अपेक्षाको बढोत्तरी सँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता रहेको बताउनुभएको छ । साथै उहाँले उक्त आवश्यकता पूर्तिको लागि परम्परागत पद्धतिलाई अक्षुण राख्दै आधुनिक प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड समेत दिनुभयो । ७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त कुरा बताउनुभएको हो ।  समारोहमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गर्नुभयो । सो अवसरमा गृहमन्त्री अर्यालले सुनसरी इनरूवा नगरपालिका-१ का अमर प्रहरी स्वर्गीय प्रहरी हवल्दार बेदराज भण्डारीकी छोरी वेनिका भण्डारी र मोरङ रतुवामाई नगरपालिका-५ का अमर प्रहरी स्वर्गीय प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको छोरा निखिल ठाकुरलाई अच्युत-मिना अमर प्रहरी पुरस्कार तथा बैतडी शिवनाथ गाँउपालिका-२ का अमर प्रहरी जवान शेर सिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाँउपालिका-५ का अमर प्रहरी जवान राम बहादुर साउदको छोरी नविना साउदलाई अच्युत-मिना अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो । साथै उहाँले नुवाकोट विदुर नगरपालिका-११ का अशक्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका-६ का अमर प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई मोति कला मिथिला अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो ।   सो अवसरमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०८२” को लोकार्पण एवम् नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण समेटिएको “प्रहरी स्मारिका, २०८२” को लोकार्पण समेत गर्नुभयो । ‍  समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री अर्यालले अभाव, प्रभाव र दबाबको बाबजुद हरेक विषम परिस्थितिलाई प्रहरी संगठनले दृढतापूर्वक सामना गर्दै राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक वहन गर्दै आएको चर्चा गर्दै आमनागरिक र राज्यले सामना गरेका हरेक विषम परिस्थितिमा निस्वार्थ सेवाभावका साथ प्रभावकारी कार्यसम्पादन गरेको बताउनुभयो । निष्पक्ष अनुसन्धान र प्रचलित कानुनको कार्यान्वयन कानुनी राज्यका आधार भएको र निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनको साथै राज्यमा दण्डहीनताको अन्त्य समेत गर्ने उल्लेख गर्दै नेपाल प्रहरीले कुनै स्वार्थ तथा शक्तिको प्रभाव र दबाबमा नपरी आचरण, व्यवहार र सेवा प्रवाहका विविध पक्षमा सुधार गर्दै निष्पक्ष अनुसन्धानमा केन्द्रीत हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । गृहमन्त्री अर्यालले वर्तमान विश्वमा भएका नवीनतम आविष्कारहरू, प्रविधिमा देखिएको द्रुत विकास र यसको बढ्दो प्रयोगले नयाँ प्रकृतिका अपराधहरू बढ्दै गएको र अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको उल्लेख गर्दै त्यस्ता अपराधहरूको नियन्त्रण, रोकथाम तथा सफल अनुसन्धान गर्न नेपाल प्रहरी हरदम तयार हुनुपर्ने बताउनुभयो । साथै बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नागरिकको चाहना अनुरूप उच्च मनोबलका साथ प्रभावकारी कार्यसम्पादन गर्न उहाँले प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभयो । नेपाल प्रहरीलाई साधन स्रोतले सुसज्जित बनाई सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह मन्त्रालय सदैव कटिवद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी परिवारलाई शुभकामना दिँदै गृहमन्त्री अर्यालले शहादत प्राप्त अमर प्रहरी कर्मचारीहरूको योगदानलाई स्मरण गर्दै ती सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।  सोही अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले अमर प्रहरीका परिवारहरूलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।   समारोहमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्द, पूर्व आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बराल, गृहसचिव रामेश्वर दंगाल, सशस्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरू, अन्य बिशिष्ट अतिथि महानुभावहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् उपस्थित प्रहरी अधिकृत तथा जवानहरूले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।  समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी नेपालको संविधान प्रचलित ऐन कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो कर्तव्य र उत्तरदायित्व प्रति सांगठनिक रूपमा पूर्णत निष्ठावान रहदै आएको बताउनुभयो । हालको राजनीतिक परिवर्तनको परिस्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिहरूको सामना गर्दै आमनागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्र बिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले राज्यले निर्देशित गरेका नीति तथा आफ्नो आधारभूत दायित्वबाट नेपाल प्रहरी कहिले विमुख नभएको र विमुख हुने कल्पना समेत गर्न नसकिने उल्लेख गर्दै सांगठनिक सुदृढीकरण, आधुनिकीकरण र स्रोत साधनको उपलब्धता प्रहरीको मनोबल र सशक्तिकरणसँग जोडिएको हुँदा यी विषयहरू नेपाल सरकार र तालुक गृह मन्त्रालयबाट उच्च प्राथमिकता साथ सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीलाई आजको स्थिति सम्म आइपुग्न हाम्रा सत् प्रयासहरूमा प्रत्यक्ष वा परोक्ष रूपबाट सहयोग पुर्‍याउनुहुने अग्रज प्रहरी कर्मचारीहरू, विभिन्न संघ संस्थाहरू तथा सर्वसाधारण नागरिकहरू प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-३०

काठमाडौं, ३१ असोज सुनसरी, धरान उपमहानगरपालिका-३ बाबाधाम मार्ग बस्ने २२ वर्षीय नाम्जा शेर्पालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  बारा, प्रसौनी गाउँपालिका-३ नौतनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १९ ग्राम ७ सय ८० मिलिग्राम सहित पर्सा पटेर्वा सुगौली गाउँपालिका-३ सानो देउती बस्ने ४२ वर्षीय रामाशंकर दासलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले वीरगंजबाट प्रसौनीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-७ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय निर्मल पौडेललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले बसपार्कबाट जिरोप्वाईन्टतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-०५८ प ४३८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ
२०८२-०६-३०

काठमाडौं, ३१ असोजलमजुङ, सुन्दरबजार नगरपालिका-६ मिलनचोक बस्ने ५३ वर्षीय रूक बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा रूक बहादुर समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय ५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।कैलाली, लम्कीचुहा नगरपालिका-५ चौरीस्थित गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ३२ वर्षीय लक्ष्मण गिरी समेत १७ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी उनीहरूलाई नगद २ लाख ५४ हजार २ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।दाङ, तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ बस्ने ५८ वर्षीय कुबेर रेउलेको घरमा जुवातास खेलिरहेको अवस्थामा कुबेर समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ५ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ खजुरा बस्ने ५१ वर्षीय रूद्र प्रसाद खनालको घरमा जुवातास खेलिरहेको अवस्थामा रूद्र प्रसाद समेत ७ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ९ सय ४० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८२-०६-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० आनन्द टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ५ सय २० मिलिग्राम, नगद ३१ हजार रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय संजिब राज थिङ र सोही उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीया मनिषा थिङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले संजिबको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.७३ प ५४९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०६-२९

बाँके, नेपालगंज उपमहानगरपालिका-१८ वाटरपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय टपन राना र खजुरा गाउँपालिका-२ बस्ने २५ वर्षीय पवन रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम ७ सय ग्राम २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५९ वर्षीया सविता विक र सोही नगरपालिका-३ बस्ने ३५ वर्षीय सजिव बहादुर घले रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले सविताको किराना पसलमा तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले लु.२३प ७४५१ नम्बरको स्कुटर समेत बरामद गरेको छ । सिराहा, कर्जन्हा नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम १ सय १० मिलिग्राम सहित बर्दिया बारबर्दिया नगरपालिका-५ बस्ने ३४ वर्षीय राम कुमार चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय मिर्चैया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-२९

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-७ पालिया बस्ने २२ वर्षीया गीता दमाईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित इलाम माई नगरपालिका-८ बस्ने २५ वर्षीय कालन लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय आसिफ आलमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ तुलसीपुर चोक डेरा गरी बस्ने सल्यान शारदा नगरपालिका-६ हलचौर घर  भएका २२ वर्षीय दिपक रेउलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८२-०६-२९

काभ्रे, पनौती नगरपालिका-९ नौबिसेफाटस्थित सुदर्शन पौडेलले संचालन गरेको फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय प्रकाश सापकोटा समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय ४५ रूपैयाँ र २७ बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित बिर बहादुर बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय सुरेन्द्र विष्ट समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पटका सहित एक जना पक्राउ
२०८२-०६-२९

काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट विभिन्न प्रकारका पटका तथा आतिसवाजी १ हजार २ सय ७१ प्याकेट, नगद २ लाख नेपाली रूपैयाँ र २५ हाजर ५ सय भारतीय रूपैयाँ सहित सोही महानगरपालिका-१३ बस्ने भारत चुरू राजस्थान  घर भएका ४८ वर्षीय सुनिल कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित सुनिलले भाडामा लिई संचालन गरेको गोदामबाट उक्त पटका फेला पारी पक्राउ गरेको हो ।  उनलाई विष्फोटक पदार्थ सम्बन्धी कसूर र राजस्व छली सम्बन्धी कसूर मुद्दामा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

नक्कली पेस्तोल देखाई लुटपाट गर्ने व्यक्ति पक्राउ
२०८२-०६-२८

कास्की, नक्कली पेस्तोल देखाई लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका-२० भलाम बस्ने पर्वत मोदी गाउँपालिका-१  घर भएका २४ वर्षीय सुजन विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका-१२ शितलादेवी बस्ने पीडितलाई पेस्तोल देखाई लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई नक्कली पेस्तोल (खेलौना) १ थान सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.१३ प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०६-२८

महोत्तरी, मनराशिसवा नगरपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित सोनमा गाउँपालिका-१ बस्ने ३१ वर्षीय रामभरोश यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी समेतबाट खटिएको प्रहरीले सरपल्लोबाट भोल्हीतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी महोत्तरी, बर्दिबास नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब १० किलो ४ सय ८२ ग्राम सहित सर्लाही हरिवन नगरपालिका-४ बस्ने २३ वर्षीय डेनिस घिसिङ समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-११ बस्ने २८ वर्षीया रन्जिता राय अमातलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ट्याब्लेट, नाईट्राभेट ४ सय १० ट्याब्लेट र स्पास्मो ३२ ट्याब्लेट सहित जाजरकोट भेरी नगरपालिका-३ स्याला बस्ने २२ वर्षीय राजन बिक समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट र डिकोलिक ३ हजार ९ सय ९० ट्याब्लेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने ३३ वर्षीय फिरोज मोहमद र उदयपुर त्रियुगा नगरपालिका-७ बस्ने १९ वर्षीय दिपक मगर रहेका छन् । अस्थायी प्रहरी चौकी  रेल्वेबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ जाँदै गरेको प्र.१-०५-००१ ह ०१४७ नम्बरको अटोमा उक्त लागूऔषध फेला पारी चालक फिरोज र अटोमा सवार दिपकलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-२८

सुर्खेत, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर घर भएका ४० वर्षीय सुजेन्द्र स्याङ्तानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुजेन्द्रले ती महिलालाई वीरेन्द्रनगर नगरपालिका-४ स्थित एरिचोकमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उदयपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-१० गिजिनचौर थुम्की बस्ने २५ वर्षीय भिम बहादुर थापा मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८२-०६-२८

  कञ्चनपुर, बेदकोट नगरपालिका-९ कोल्डस्टोरस्थित कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ७० वर्षीय बिक्रम रावत समेत ९ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार ९ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-८ बस्ने ४५ वर्षीय प्रमोद जैसवालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रमोद समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ५ सय ३० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०६-२७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ११ किलो २ सय ७५ ग्राम सहित ३ जना भारतीय नागरिहरू आइतबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ५० वर्षीय SALEEM IBRAHIM ANSARI, २४ वर्षीय REHAN MOHD AJAZ SHAIKH र ३२ वर्षीया ZAINAB BASHEER रहेका छन् । एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूको लगेजबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ शान्तिचोक बस्ने २२ वर्षीय दशरथ राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४१ ट्याब्लेट र डाईजेपाम ४९ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-१० धुलाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र नगद १७ हजार ५ सय रूपैयाँ सहित सोही नगरपालिका-१५ बस्ने ३६ वर्षीय कुमोलाल राजबंशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लालापुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-११ बस्ने ३१ वर्षीय दिल प्रसाद थारू र बर्दिया बाँसगढी नगरपालिका-१ बबई बस्ने २१ वर्षीय सुशील विक रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मृगु, छायाँनाथ रारा नगरपालिका-१ स्थित खुद्रा पसल संचालन गरी बस्ने सोही नगरपालिका-११ घर भएका २९ वर्षीय मन बहादुर ऐडीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६६ ग्राम २ सय ७० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको उनको पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  धनुषा, बिदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय ९० मिलिग्राम सहित सर्लाही ईश्वरपुर नगरपालिका-३ भक्तिपुर बस्ने २९ वर्षीय नन्दु सहनीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, गढी गाउँपालिका-४ छिटाहा नहरस्थित सडकबाट अवैध लागूऔषध गाँजा २६ किलोग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय विशाल राई समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुबहीबाट खटिएको प्रहरीले स.२ प ७१४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०६-२७

काठमाडौं, आफ्नै श्रीमती ४० वर्षीया बिमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोक डेरा गरी संखुवासभा खाँदबारी नगरपालिका-६ घर भएका ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय १९ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-०६-२६

धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९ खटौतीबाट अवैध लागूऔषध गाँजा करिब २ सय १९ किलो २१ ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका-४ बस्ने २८ वर्षीय दिननाथ यादब र कालिकामाई गाउँपालिका-१ बस्ने ५३ वर्षीय कमल राउत कुर्मी रहेका छन् । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले बिआर ०१ जिबि ८६५३ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा क्याबिन पछाडि ढालामा फल्स बटन बनाई ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८२-०६-२६

दाङ, घोराही उपमहानगरपालिका-१२ हापुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका- ७ पर्सेनी बस्ने २४ वर्षीय पियुस जिसी र सोही उपमहानगरपालिका-६ बस्ने २० वर्षीय एलिक्स केसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले रा.७ प ४२८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-९ घर भई सोही उपमहानगरपालिका-१५ बुद्धि ग्यारेज बस्ने ५३ वर्षीय खुम बहादुर खत्रीबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात घोराही उपमहानगरपालिका-१५ नवज्योती टोलबाट खुम बहादुरलाई ट्रामाडोल १ हजार ४० ट्याब्लेट र नगद ५ हजार ४ सय ७० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.२ प ५०७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । संखुवासभा, मकालु गाउँपालिका-५ नुमबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २८ ग्राम  र डिजिटल तराजु १ थान सहित भोटखोला गाउँपालिका-४ बस्ने २८ वर्षीय सुरेश तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नुमबाट खटिएको प्रहरीले खाँदबारीबाट भोटखोलातर्फ जाँदै गरेको को.१ ज ३१६९ नम्बरको बोलेरो जाँच गर्ने क्रममा चालकको सिट मुनि लुकाईछिपाई राखेको उक्त पदार्थ फेला पारी चालक सुरेशलाई पक्राउ गरेको हो । मोरङ, सुन्दरहरैँचा नगरपालिका-१० त्रिवेणी चोक बस्ने एलिस भन्ने प्रेम खड्कालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४९ ट्याब्लेट र डिकोलिक ५ सय ट्याब्लेट सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ पुरानो चोहर्वा बस्ने २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका-७ फुलकाहाकट्टी बस्ने २४ वर्षीय बिष्णु देव यादव रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले गोलचक्ररबाट गुम्बा चोकतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ प ३०२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रौतहट, गुजरा नगरपालिका-२ कटानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम ३ मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ बौद्ध बस्ने २० वर्षीय कोमन गुरूङ र सिन्धुली मरिण गाउँपालिका-५ बस्ने २१ वर्षीय मनिष घलान रहेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, कटारी नगरपलिका-३ कान्छीबजारबाट नियन्त्रित लागूऔषध स्पास्मो १४ ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २२ वर्षीय रत्नलाल गिरी, सोही नगरपालिका-३ बस्ने २७ वर्षीय बिजय तामाङ र २० वर्षीय अर्जुन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । झापा, दमक नगरपालिका-३ स्थित वेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए३, हट नम्बर ३५३ बस्ने साजन थापा समेत ८ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले साजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी आठै जनालाई पक्राउ गरेको हो ।   दैलेख, डुङ्गेश्वर गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित नारायण नगरपालिका-७ बस्ने १९ वर्षीय उदय बहादुर बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी चुप्राबाट खटिएको प्रहरीले सुर्खेतबाट दैलेख बजारतर्फ आउँदै गरेको बा. प्र ०१-०३२ ज ७५८८ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-१० दाजुभाइ चोकबाट नियन्त्रित लागूऔषध डिकोलिक २ सय २० ट्याब्लेट र स्पास्मो ५० ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २२ वर्षीय निश्चल चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खुनियाधार बकुलाचापबाट खटिएको प्रहरीले भोक्राहाबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्रदेश १-०२-०५० प ३८८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ७ सय ट्याब्लेट र डाइक्लोमाइन २ हजार ५ सय १० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ गुम्बा लाईन बस्ने १९ वर्षीय नलन तामाङ र २१ वर्षीय प्रकाश लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.२८ प २४१० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
२०८२-०६-२६

कञ्चनपुर, भीमदत्त नगरपालिका-१२ पिपरैयास्थित सोही नगरपालिका-१३ बस्ने ३५ वर्षीय सुरेन्द्र बोहराको पसलमा जुवातास खेलिरहेको अवस्थामा सुरेन्द्र समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ४ सय ९१ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेज बस्ने राममाया घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने ३६ वर्षीय प्रेम प्रकाश वली समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ६ सय ५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-२५

सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्क चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ९७ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय कृष्ण कुमार मेहतालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ जैसपुर बस्ने २० वर्षीय रियासद अन्सारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धादिङ, धुनिवेशी नगरपालिका-६ धार्केबाट अवैध लागूऔषध पोल्याण्ड करिब २ किलोग्राम र नगद ४० हजार ४ सय ६५ रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-८ बाघबैले बस्ने २२ वर्षीय सोनाम तामाङ र २६ वर्षीय राज कुमार लोप्चन रहेका छन् । इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले बा.प्र.०२.०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
२०८२-०६-२५

भक्तपुर, भक्तपुर नगरपालिका-२ दुधपाटीस्थित ४२ वर्षीय अनिल कोजुले संचालन गरेको दरबार स्केट हाउसमा जुवातास खेलिरहेको अवस्थामा अनिल समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ६ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-२ पात्लेछाप बस्ने ३६ वर्षीय रोशन तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा रोशन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ९ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइली बस्ने ५५ वर्षीय सशिधर जैसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सशिधर समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ६० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-४ डि गाउँस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-५ बस्ने ४० वर्षीय कृष्ण चौधरी समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चार जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०६-२४

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज २३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ । साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।   दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । संगठन प्रति पुर्‍याएको योगदान, जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई आफ्नो अनुभव, विवेक र नेतृत्वबाट समग्र संगठनको विकास र संगठनको वृहत्तर हितका लागि सामूहिक भावनाका साथ कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीको विकल्प भनेको अझ सुधारिएको नेपाल प्रहरी नै भएको उल्लेख गर्दै विगतमा भएका कमी कमजोरीको विश्लेषण गरी अझ परिष्कृत र नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।   समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरले नेपालको संविधान र विद्यमान ऐन कानुनको परिधि भित्र रही देशमा शान्ति सुव्यवस्था एवम् कानुन कार्यान्वयन गर्न अझ धेरै उत्प्रेरित भई व्यावसायिक निष्ठाका साथ इमानदार एवम् कर्तव्यनिष्ठ भई आ-आफ्ना जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०६-२४

सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ चतरा बस्ने ३१ वर्षीय सनम श्रेष्ठ र कञ्चनपुर भीमदत्त नगरपालिका-६ बस्ने २० वर्षीया निरा चुनारा रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूकुम पश्‍चिम, त्रिवेणी गाउँपालिका-३ खारनेटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय शिशिर डाँगी र २१ वर्षीय जीवन खड्का रहेका छन् । प्रहरी चौकी झुल्नेटाबाट खटिएको प्रहरीले शिशिरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यसैगरी, रूकुम पश्‍चिम, त्रिवेणी गाउँपालिका-६ बिसौनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय रमेश कार्की, सोही गाउँपालिका-२ बस्ने २० वर्षीय दिपु बोहोरा र सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय कमल पुन रहेका छन् । प्रहरी चौकी झुल्नेटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ बडराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय शम्शेर शेखलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१७ समाजसेवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम र नगद २ हजार ५ रूपैयाँ सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ सुनपुर बस्ने २१ वर्षीय सुदर्शन पुन, सोही उपमहानगरपालिका-१५ बुद्धिग्यारेज बस्ने २५ वर्षीय शैलेश शाह, सोही उपमहानगरपालिका-१७ चौघेरा बस्ने २५ वर्षीय आलोक योगी र २३ वर्षीय स्टारजन रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०६-२४

काठमाडौं, टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा राम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । रड प्रहारबाट गम्भीर घाइते भएका रामको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

संरक्षित वन्यजन्तु सालकको खपटा र छाला जस्तो देखिने आखेटोपहार सहित दुई जना पक्राउ
२०८२-०६-२३

काठमाडौं, तारकेश्वर नगरपालिका-८ शिव मन्दिर चोकबाट २ किलोग्राम तौलको संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छाला सहितको खपटा जस्तो देखिने आखेटोपहार २ थान सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-३ बस्ने २१ वर्षीय लिजोङ्ग तामाङ र बेलकोटगढी नगरपालिका-१ बस्ने  ३९ वर्षीय श्याम ढुंगाना रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान  तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०६-२३

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ट्याब्लेट सहित रौतहट परोहा नगरपालिका-९ पटेल टोल बस्ने १९ वर्षीय अविनाश पटेल समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०६१२ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-२ बस्ने १९ वर्षीय पुष्पा जोशी र २२ वर्षीय सुरज रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।चितवन, माडी नगरपालिका-१ वनकट्टाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट सहित सोही नगरपालिका-३ रतनी बस्ने २६ वर्षीय सुनिल महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले भरतपुरबाट माडीतर्फ आउँदै गरेको बा .प्र. ०३- ००४ प ४७१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-४ बस्ने ४१ वर्षीय उपेन्द्र सिंह पाण्डे सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलेइ गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली,धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय अविशेक सिजापतिलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित घोडाघोडी नगरपालिका-१ नारायणपुर बस्ने २२ वर्षीय लक्ष्मी प्रसाद सापकोटा समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरीले कार्यालय भजनी र प्रहरी चौकी जनकपुर कैलालीबाट खटिएको प्रहरीले से.२ प ४०८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी,कोशी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१० बस्ने २६ वर्षीय सरोज विश्वकर्मा र २१ वर्षीय सनम माझी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
२०८२-०६-२३

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाईपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका संचालक सोही ठाउँ बस्ने २८ वर्षीय विज्ञान श्रेष्ठ समेत १४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ लाख ६३ हजार ८ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।  दैलेख, नारायण नगरपालिका-१ दैलेख बजार डेरा गरी बस्ने नौमुले गाउँपालिका-८ चौराठा घर भएका ३६ वर्षीय टोप बहादुर राना मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा टोप बहादुर समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ८ सय ४० रूपैयाँ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

३७ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान
२०८२-०६-२२

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३७ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २८औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अञ्जनराज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन १५ गतेबाट संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा ३७ जना प्रहरी जवानहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८२-०६-२२

काठमाडौं महानगरपालिका-६ महांकाल पानी ट्याङ्की बस्ने संखुवासभा घर भएका २८ वर्षीय श्याम शेर्पालाई नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, नोर्फिन २९ एम्पुल र फेनारगन २९ एम्पुल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट महांकालबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित सिबिर क्याम्प बेलडांगी झापामा शरणार्थीको रूपमा बसोबास गर्ने ३० वर्षीय मिलन माझीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ सिटीसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम र नगद ५ हजार ५० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-१२ बिक्रीगाउँ बस्ने २१ वर्षीय आशिष चौधरी र  बाँके कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने १९ वर्षीय दिपेश थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, बागमती नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १४ ट्याब्लेट, स्पास्मो २ सय ट्याब्लेट र नगद २ हजार ५ सय ३० रूपैया सहित सोही ठाउँ बस्ने २८ वर्षीय जिवन घिसिङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले बा.प्र.०२-०३० प ५५७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०६-२१

धनुषा, गणेशमान चारनाथ नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा मिर्चौया नगरपालिका-७ बस्ने २४ वर्षीय निराजन यादव र सप्तरी राजबिराज नगरपालिका-१ बस्ने ३१ वर्षीय रोहन कुमार सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केवर समेतबाट खटिएको प्रहरीले सिराहा बन्दिपुरबाट बिरेन्द्रबजारतर्फ आउँदै गरेको बा.प्र.०३-००२ प २०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, सुन्दरहरैँचा नगरपालिका-१० संगमचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९२ ट्याब्लेट सहित सोही नगरपालिका-१२ बस्ने २१ वर्षीय अमृत चौधरी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  बिराटचौकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ प्रगती टोल बस्ने २३ वर्षीय चन्दन राय र मोरङ रतुवामाई नगरपालिका-३ महादेवा बस्ने ३४ वर्षीय बिमल कामत रहेका छन् । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले पिण्डलघुटुबाट तुलाचन चोकतर्फ आउँदै गरेको मे.३ प ३५४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-२०

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-२ चारघरे बस्ने १९ वर्षीय संजय सदालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । संजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यसैगरी उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-९ लिम्पाटार बस्ने १९ वर्षीय भोजराज परियारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भोजराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-२०

दाङ, लमही नगरपालिका-९ अमिलियाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४४ ट्याब्लेट र नाईट्राजेपाम ४८ ट्याब्लेट सहित तुलसीपुर नगरपालिका-८ बस्ने सल्यान बागचौर नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले नेपालगंजबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.८ प ४८०७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-६ तिलकाना बस्ने ३१ वर्षीय खड्क बहादुर रोकालाई अवैध लागूऔषध गाँजा ५७ ग्राम ७ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६० क्याप्सुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८२-०६-२०

कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-१९

दार्चुला, दुहुँ गाउँपालिका-५ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ८० ग्राम सहित सोही गाउँपालिका-१ बस्ने ५६ वर्षीय हर्क बहादुर बमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपलिका-२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय यलसन चौधरी र सोही उपमहानगरपालिका-५ डेरा गरी बस्ने घोडाघोडी नगरपालिका-११ घर भएका १९ वर्षीय पर्शुराम कठरिया रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ प २५६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०६-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम सहित मनहरी गाउँपालिका-३ बस्ने २० वर्षीय रूपेश पौडेल समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको म.प्र.०३-००१ ज ०६७० नम्बरको ईभि गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ सनोटकोलेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश खड्का, ३८ वर्षीय दिपेश घिमिरे र ३४ वर्षीय रामहरी अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ च ११२८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दिपेश खड्का तथा गाडीमा सवार दिपेश घिमिरे र रामहरीलाई पक्राउ गरेको हो ।  बर्दिया, राजापुर नगरपालिका-४ सरस्वती सामुदायिक वनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित सोही नगरपालिका अस्पताल टोल बस्ने २१ वर्षीय राहुल लोनियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-१८

झापा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-७ तुम्देन चोक बस्ने ३५ वर्षीय राकेश भन्ने युक्फोदेन शेर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उदयपुर, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-६ सोमबारे बस्ने २६ वर्षीय न्युजन राई र २२ वर्षीय भोज कुमार पाण्डेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०६-१७

काठमाडौं, गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद् सम्बन्धी कृत्रिम घटना उद्दार अभ्यास प्रदर्शन एवम् विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team को अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोत साधन र तालिमको कमिका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको चर्चा गर्नुभयो । सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन उहाँले उपस्थित कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।   नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले विपद् घटना तथा प्रहरी परिचालन, मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना, प्रभावकारी प्रतिकार्यका आवश्कता र भावी योजना लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गद्वारा टिका तथा प्रसाद प्रदान
२०८२-०६-१७

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले बडा दसैं २०८२ को अवसरमा शुक्रबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक खापुङ्गले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गले टिका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि विहान ९ बजे देखि दिउँसो १२ बजेसम्मको समय तोकिएको थियो । टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो । टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-१७

सुनसरी, बराहक्षेत्र नगरपालिका-३ रमाईलो चोकस्थित प्लटिङ एरियाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३५ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेट सहित सोही नगरपालिका-१० बस्ने २२ वर्षीय समिर चन्द्रवंशीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-१० भुटहाखालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपेश कुमार मेहतालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले भोक्राहाबाट प्रकाशपुरतर्फ आउँदै गरेको को.१६ प ३९९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-४ बस्ने २२ वर्षीय रवी चौधरी र ३३ वर्षीय सुरेश विक रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट बडा दसैं मौलो पूजा सम्पन्न
२०८२-०६-१५

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले बडा दसैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक खापुङ्गले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।   

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-०६-१४

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देविनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६१ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने २६ वर्षीय मातृका अधिकारी र तिलोत्तमा नगरपालिका-७ बस्ने ३२ वर्षीयको दिपक मल्ल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले प्र.३-०२-००४प८५९१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, बकैया गाउँपालिका-४ तुलसीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय रोजित लामिछानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-३ दाङपुरूवा बस्ने २० वर्षीय शिव चौधरी र २१ वर्षीय सन्तोष कुमार थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, इलाम नगरपालिका-८ तिल्केनी मोडस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय विशाल आचार्यलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  इलामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०६-१३

बाँके, नेपालगंज उपमहानगरपालिका-१७ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ६० मिलिग्राम सहित भारत पिलिभित पुरनपुर घर बताउने २५ वर्षीय मोहम्मद नाजिम कुरेसी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय रविन माझी समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा उक्त पदार्थ राक्सिराङ गाउँपालिका-५ बस्ने २२ वर्षीय सोनम लामासँग खरिद गरी ल्याएको खुल्न आएपश्चात प्रहरीले सोनमलाई समेत पक्राउ गरेको छ । यसैगरी, मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो २ ग्राम सहित पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने २५ वर्षीय धर्बेन्द्र महतोलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ख ०३२३ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।दाङ, घोराही उपमहानगरपालिका-८ सौडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय १० मिलिग्राम, ३ थान मोवाइल र नगद २० हजार २ सय १० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० जलौरा बस्ने २५ वर्षीय निर्मल डाँगी र सोही उपमहानगरपालिका-१० बुधौरा चोक बस्ने २५ वर्षीय शरद घर्ती मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले रा.४ प ५२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, राजापुर नगरपालिका-४ सत्तिघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली टीकापुर नगरपालिका-७ बेलुवा बस्ने ३३ वर्षीय रन्जित चौधरी र भजनी नगरपालिका-३ बस्ने १९ वर्षीय मेजर सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय राजापुरबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ३० मिलिग्राम सहित चितवन रत्ननगर नगरपालिका-८ बागमारा बस्ने २७ वर्षीय कैलाश कार्की समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कपिलवस्तु, शिवराज नगरपालिका-६ धर्मनगरबाट अवैध लागूऔषध गाँजा ८ किलो ७ सय ६० ग्राम र नगद ८ हजार २ सय २४ रूपैयाँ सहित सोही ठाउँ बस्ने ६० वर्षीय गोपाल कुर्मी चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिरपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय ७५ किलोग्राम गाँजा सहित एक जना पक्राउ
२०८२-०६-१३

सुनसरी, धरान उपमहानगरपालिका-४ बुद्ध बिहारबाट अवैध लागूऔषध गाँजा करिब २ सय ७५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय बिबसन राईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । भेडेटारबाट धरानतर्फ गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानसमेतबाट खटिएको प्रहरीले गाँजा ल्याउँदै गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा बोरा फाली भागे पश्चात  उनीहरू मध्ये बिबसनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहसचिव रामेश्वर दंगालद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०६-१२

काठमाडौं, गृहसचिव रामेश्वर दंगालले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहसचिव दंगाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहसचिव दंगालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । मुलुकमा देखा पर्ने जस्तोसुकै जटिल परिस्थितीको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहसचिव दंगालले गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा क्षति भएका प्रहरीका संरचनाहरू तथा विस्थापित भएका प्रहरीहरूलाई पुनर्स्थापित गर्ने कार्यमा आम नागरिक समुदायबाट स्वस्फूर्त रूपमा भएका सहयोगहरू सराहनीय रहेको र यसले नेपाल प्रहरी प्रति जनताको आशा एवम् भरोसा उजागर गरेको उल्लेख गर्दै प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न अझ व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्ने बताउनुभयो । नजिकिँदै गरेको चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गरी प्रहरी परिचालन गर्नुका साथै आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी संगठनको समयानुकुल संस्थागत विकास, सुदृढीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने कार्यमा गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले देशको संविधान र ऐन कानुनले तोकेको अधिकार क्षेत्र, मानव अधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको परिधिभित्र रहँदै नेपाल प्रहरी नागरिक सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको बताउनुभयो । गृहसचिवज्यूबाट व्यक्त भएका समयसापेक्ष र व्यावसायिक निर्देशनलाई नेपाल प्रहरीका सकल दर्जाले हृदयंगम गरी कार्यक्षेत्रमा लागु गर्ने उहाँले बताउनुभयो । प्रहरीको क्षमतामा राज्यको प्रभावकारिता प्रतिबिम्बित हुने वास्तविकतालाई मनन गर्दै संगठन र यसमा आबद्ध जनशक्तिको क्षमता, दक्षता एवम् मनोबल अभिवृद्धिसँगै स्रोत साधनको उपलब्धतामा गृहसचिवज्यूबाट निरन्तर पहल हुने विश्‍वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका कर्मठ सदस्यहरूले देशले बेहोरेको कठिन परिस्थितिहरूमा विचलित नभई राज्यप्रतिको जिम्मेवारी पूरा गरेको र भविष्यमा पनि अझ समर्पण भावका साथ दायित्व निर्वाह गरिरहने  बताउनुभयो । हालको परिस्थिति र आगामी दिनहरूमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरू र असहज परिस्थितिहरूको सामना गर्न, आम नागरिकलाई शान्ति सुरक्षा, अमन चयनको प्रत्याभूति दिलाउन र आफ्नो निस्वार्थ सेवामार्फत नागरिक भरोसाको केन्द्रबिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम र प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले अपराध अनुसन्धानलाई प्रमाणमूखी र वैज्ञानिक बनाई न्यायिक प्रकृयामा निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्यसम्पादन गर्न नेपाल प्रहरी योजनाबद्ध ढंगले अगाडि बढिरहेको उल्लेख गर्दै हाल चुनौतीका रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, मानव बेचबिखन, साइबर एवम् विद्युतीय अपराधहरू, अवैध हातहतियारका ओसारपसार र आर्थिक अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी कटिबद्ध रहेको बताउनुभयो ।निरीक्षण भ्रमणको क्रममा गृहसचिव रामेश्वर दंगाल समक्ष प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी मनोबल, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-१२

उदयपुर, कटारी नगरपालिका-३ भुगोल पार्कस्थित बाटोबाट नियन्त्रित लागूऔषध स्पास्मो १० ट्याब्लेट, टापेन्टाडोल १८ ट्याब्लेट र नगद १९ हजार ८ सय ९० रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय रबिन खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दिबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४५ एम्पुल, नोर्फिन ४५ एम्पुल र फेनारगन ४५ एम्पुल सहित बाग्लुङ काठेखोला गाउँपालिका-४ जिउँ बस्ने २२ वर्षीय राजु गन्धर्बलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट राम्दिबाट खटिएको प्रहरीले बुटवलदेखि पोखरातर्फ आउँदै गरेको म.प्र ०३-००१ ख ८३५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय रोहन साउदलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-११

उदयपुर, उदयपुरगढी गाउँपालिका-७ कमानबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ८ सय ५२ ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१७ बस्ने ४५ वर्षीया लिला देवी राम र सोही नगरपालिका-८ बस्ने ४० वर्षीया अस्मिता राम रहेका छन् । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ कोठिया गाउँ बस्ने २४ वर्षीय रोहित थारू र २२ वर्षीय रूपेश थारू रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-११

बाजुरा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढीगंगा नगरपालिका-५ बस्ने ३० वर्षीय पारस शाहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पारसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाँटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पाल्पा, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रम्भा गाउँपालिका-४ बस्ने २६ वर्षीय विवेक बहादुर पाण्डे र रूपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-६ घर भएका २६ वर्षीय अप्रिल घर्ती मगर रहेका छन् । उनीहरूले ती महिलालाई तानसेन नगरपालिका-४ होलाङ्दिस्थित होटल मनकामनामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकवेशी नगरपालिका-१० बस्ने १९ वर्षीय ललित खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ललितले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीमा १ हजार ५ सय ९४ जनाका लागि नयाँ भर्ना आव्हान
२०८२-०६-१०

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार ५ सय ९४ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार ५ सय ५३ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ४१ जनाका लागि दरखास्त आव्हान गरिएको हो । जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ हजामतर्फ ११ जना, कुचीकारतर्फ १५ जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीतर्फ हजाम र कुचीकार पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने        छ । प्रहरी कार्यालय सहयोगीतर्फ खेलाडी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा दरखास्त फारम लिन र बुझाउन सकिने छ ।नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-१०

स्याङ्जा, पुतली बजार नगरपालिका-‍१ शहिदचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९० एम्पुल, फेनारगन ९० एम्पुल र नोर्फिन ९० एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका-५ बस्ने ३२ वर्षीय अशोक बाचे मगर र कास्की पोखरा महानगरपालिका-२३ बस्ने २७ वर्षीय नविन परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ४६८५ नम्बरको ट्याक्सीमा उक्त लागूऔषध फेला पारी चालक अशोक र ट्याक्सीमा सवार नविनलाई पक्राउ गरेको हो । सिराहा, मिर्चैया नगरपालिका-५ मिर्चैया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९८ ग्राम १० मिलिग्राम सहित सप्तरी राजबिराज नगरपालिका-७ बस्ने ४० वर्षीय दुर्गेश कुमार झा लाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय मिर्चैया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८२-०६-०९

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३७औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा उहाँले विपद् उद्दारकर्मीको रूपमा खटिँदा विपद्को जोखिमलाई मनन गरी तालिममा सिकाइएका व्यावहारिक एवम् सैद्धान्तिक ज्ञानलाई उच्चतम प्रयोग गरी आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम कुमार दानीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै साउन ११ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान २७ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८२-०६-०९

काठमाडौं, ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी धनुषा जनकपुरधाम उपमहानगरपालिका-१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१४ घर भएकी ऐश्वर्या दाहाल पक्राउ परेकी छिन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-०९

बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-६ दमौली बस्ने २० वर्षीयक प्रताप चौधरी र बाँके नेपालगंज उपमहानगरपालिका-४ बसपार्क बस्ने बाँके राप्ती सोनारी गाउँपालिका-४ घर भएका २० वर्षीय सन्दिप परियार रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रौतहट, चन्द्रपुऱ नगरपालिका-६ देउराली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट सहित सोही नगरपालिका-७ बस्ने ५३ वर्षीय दिपेन्द्र कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले ना.३३ प ९५३३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई कालो पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ५० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बस्ने १९ वर्षीय भुवन नाथलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०६-०९

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत वेष्ट बंगाल सिक्किम बरदाङ बस्ने ३० वर्षीय मनोज राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।  सिराहा, सिरहा नगरपालिका-१७ पटेर्वा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले स.४ प ७१९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-३ लखना बस्ने ३१ वर्षीय शिव प्रसाद थारू, ३० वर्षीया प्रतिभा थारू र ३१ वर्षीया रामरती थारू रहेका छन् । उक्त स्थानबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ ट्याब्लेट र नाइट्राजेपाम १८ ट्याब्लेट सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-६ गाइडर बस्ने १८ वर्षीय किशोर, २५ वर्षीय नारायण खड्का र १९ वर्षीय सुरेन्द्र वली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले लु.प्र.०२-००१ प ४१३९ नम्बरको स्कुटर र बा.७६ प ७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०६-०९

सुनसरी, इटहरी उपमहानगरपालिका-१६ उब्दी बस्ने ४२ वर्षीय राम कुमार चौधरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय लाले चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राम कुमारले लेनदेनको विषयलाई कुटपिट गर्दा लाले गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका राम कुमारको विराट टिचिङ अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्य भएको हो । नवलपरासी पूर्व, आफ्नै श्रीमती ३७ वर्षीया संगिता पौडेल पाण्डेको हत्या गरेको अभियोगमा कावासोती नगरपालिका-८ सगरमाथा टोल बस्ने ४२ वर्षीय सूर्य प्रसाद पाण्डेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सूर्य प्रसादले घरायसी विवादको क्रममा चक्कु प्रहार गर्दा संगिता गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले संगितालाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०६-०८

झापा, बिर्तामोड नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय मुस्ताज मुस्लिम र सोही नगरपालिका-६ बस्ने २६ वर्षीय समिर खान रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने २६ वर्षीय बिरेन्द्र लिङ्देनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-६ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ३३ वर्षीय हर्क बहादुर कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बझाङ, जयपृथ्बी नगरपालिका-७ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो १ सय ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छबिसपाथिभेरा गाउँपालिका-२ बस्ने २२ वर्षीय ज्ञानेन्द्र मण्डेल र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम र नगद ४५ हजार २ सय ७० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका-४ बस्ने २६ वर्षीय राजेन्द्र क्षेत्री र सोही नगरपालिका-४ बस्ने २६ वर्षीय बिमल पोख्रेल रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय राजिव सुनार र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१३ बस्ने ३० वर्षीय विक्रम भन्ने ओम बहादुर सार्कीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट सहकारी चोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हातहतियार सहित तीन जना पक्राउ
२०८२-०६-०८

कैलाली, गौरीगंगा नगरपालिका-१ बाट पेस्तोल २ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले समिरलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली २८ राउण्ड तथा आभाषलाई पेस्तोल १ थान सहित पक्राउ गरेको हो । साथै घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  गोरखा, पालुङटार नगरपालिका-३ मैबल बस्ने ६३ वर्षीय राम बहादुर राना मगरलाई एकनाले भरूवा बन्दुक २ थान,  बारूद जस्तो देखिने पदार्थ र फलामको गज ४ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ
२०८२-०६-०८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलको आगमन भन्सार एरीयाबाट सुन जस्तो देखिने पदार्थ करिब ८ सय ३५ ग्राम सहित भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेका छन् । ईण्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका उनलाई आगमन भन्सार एरीयामा चेकजाँच पश्चात उक्त स्थानमा खटिएको प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगि भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको पदार्थ फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०६-०७

नवलपरासी पश्‍चिम, प्रतापपुर गाउँपालिका-१ सिसहानियाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ३२ एम्पुल, बुप्रेनोर्फिन १ सय ३२ एम्पुल र प्रोमेथाजाइन १ सय ३२ एम्पुल सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२९ बस्ने २१ वर्षीय रोहित सेन्चुरी, १७ वर्षीया किशोरी र ३९ वर्षीय बादल बस्याल रहेका छन् । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-३ तिलकपुर बस्ने ६० वर्षीय राम सिंह साउद र उनकै छोरा २८ वर्षीय हेमन्त साउदलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ सय १८ ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भासी र नौलाखेतबाट खटिएको प्रहरीले राम सिंहको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय ३६ किलोग्राम गाँजा सहित मिनिट्रक चालक पक्राउ
२०८२-०६-०७

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई  सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाईछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी मिनिट्रक चालक रमेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०६-०७

मकवानपुर, मनहरी गाउँपालिका-७ रिभर साईडबाट अवैध लागूऔषध गाँजा १५ किलो ६ सय ग्राम सहित सोही गाउँपालिका-७ बस्ने ४० वर्षीय बिक्की भन्ने केदार स्याङ्तानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले सडक छेउमा रोकी राखेको ना.१ ह ६३८९ नम्बरको अटो तलासी गर्दा उक्त गाँजा फेला पारी अटो नजिकै रहेका स्याङ्तानलाई पक्राउ गरेको हो । सप्तरी, कन्चनरूप नगरपालिका-१० धनकट्टाबाट अवैध लागूऔषध गाँजा ८ किलो ३ सय ७५ ग्राम सहित उदयपुर बेलका नगरपालिका-६ बस्ने ४९ वर्षीय बम बहादुर माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।सुर्खेत, गुर्भाकोट नगरपालिका-८ भेरीपुल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश विक समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेहेलकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट मेहलकुनातर्फ आउँदै गरेको बा.प्र.०८००१ ज ०१२७ नम्बरको इभि भ्यान तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक प्रकाश समेत उनीहरूलाई पक्राउ गरेको हो ।कैलाली, टीकापुर नगरपालिका-७ सत्ती बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय हिक्मत ठकुल्लालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्‍कीचुहा नगरपालिका-६ बाकमाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय गोबिन्द घर्ती मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०६-०६

रूपन्देही, मायादेवी गाउँपालिका-६ बेथरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, बुप्रेनोर्फिन ५० एम्पुल र प्रोमेथाजाइन ५० एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ भिलरहवा बस्ने २३ वर्षीय अक्ष्य कुमार हरिजन र सोही गाउँपालिका-२ पकडी बस्ने २२ वर्षीय गुलाब हरिजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले भैरहवाबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु.१० प ५८४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ७२ एम्पुल र प्रोमेथाजाइन ९० एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ जानकी टोल बस्ने २३ वर्षीय आशिष नेपाली र २४ वर्षीय अर्जुन दमाई रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-४ कौवापुर पूर्णिमा सामुदायिक वन नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय खडक सिजाली मगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-२ दुर्गा टोल बस्ने १९ वर्षीय शाहरूख कुरैसीलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ६ सय ३० ट्याब्लेट र स्पास्मो ३ हजार ९ सय ४२ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पेस्तोल सहित एक जना पक्राउ
२०८२-०६-०६

काठमाडौं महानगरपालिका-१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान सहित तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-८ घर भएका ३० वर्षीय हिरा बहादुर मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बा.प्र.०१-००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८२-०६-०५

बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ रत्नराजमार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय २० ट्याब्लेट सहित जुम्ला चन्दनाथ नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ अदौराकोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ अदौरा बस्ने २३ वर्षीय प्रभाकर धोबी र बाणगंगा नगरपालिका-११ बरहवा बस्ने १९ वर्षीय सागर पासी रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले प्रभाकरलाई ५ सय ३० मिलिग्राम र सागरलाई १ ग्राम ५ सय ७० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय दिपेन्द्र खत्री समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-०५

तनहुँ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-३ तुरतुरेस्थित श्रेष्ठ मेडिकलमा कार्यरत सिराहा लहान नगरपालिका-१२ घर भएका ४१ वर्षीय सुमित शाहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुमितले ती बालिकालाई सोही मेडिकलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पाल्पा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-५ रानाटोल बस्ने २० वर्षीय अशिल श्रेष्ठ र सोही नगपालिका-४ दधरान बस्ने २० वर्षीय प्रबेस मल्ललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०६-०४

रूपन्देही, सैनामैना नगरपालिका-११ बनकट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ९० मिलिग्राम सहित कञ्चन गाउँपालिका-१ मन्दिर डाँडा बस्ने २७ वर्षीय रेशम श्रीसलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । झापा, झापा गाउँपालिका-४ पेच्कर बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय फिरोज आलमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-६ 'ङ' गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने १९ वर्षीया संगिता राना, लम्कीचुहा नगरपालिका-९ बस्ने २० वर्षीया रेनुका चौधरी र कञ्चनपुर बेलौरी नगरपालिका-४ बस्ने १८ वर्षीया किशोरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-२७ जसौली गाउँबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-७ बस्ने ५० वर्षीय देवेन्द्र राउत र बहुदरमाई नगरपालिका-२ सिरसियारी बैरिया टोल बस्ने ४० वर्षीय अशोक यादव रहेका छन् । अस्थायी प्रहरी पोष्ट उदयपुरघुर्मी समेतबाट खटिएको प्रहरीले बडनिहारबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एन ०४९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-६ बस्ने ३० वर्षीय गणेश श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिवास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९७ ग्राम १ सय ६० मिलिग्राम सहित सिराहा मिर्चैया नगरपालिका-६ बस्ने २४ वर्षीय रोहित महतोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख १८९८ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-०३

कपिलवस्तु, वाणगंगा नगरपालिका-८ ढोडेकोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया सिता भन्ने सकुन्तला मानन्धर र सोही नगरपालिका-७ कोईली बनगाई बस्ने ३४ वर्षीय सन्तोष भन्ने नर बहादुर पुन रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले सकुन्तलाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  सुर्खेत, भेरीगंगा नगरपालिका-१० तोलीखोला नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय २० मिलिग्राम सहित कालिकोट पलाँता गाउँपालिका-८ बस्ने ३० वर्षीय दन्त बहादुर रोकायलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र ०२-००१ ज ०६२४ नम्बरको भ्यानमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम सहित सिराहा लहान नगरपालिका-२२ सिसबनी बस्ने २६ वर्षीय जेनिस चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०७-००१ ख ००१९ नम्बरको हाईसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-०३

काठमाडौं, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हिराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  धादिङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेनीघाट रोराङ गाउँपालिका-३ ओरवाङ बस्ने ३२ वर्षीय जगत कोईरालालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जगतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०६-०२

काठमाडौं, गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतार चढाव, राजनीतिक परिवर्तन र संक्रमणकालहरूमा अविचलित रहँदै देश र जनताको स्वार्थ र आकांक्षालाई केन्द्रबिन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो ।गृहमन्त्री अर्यालले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम् र चेतनशील पुस्ता जेन-जी ले गरेको ऐतिहासिक आन्दोलनलाई नेपाल प्रहरीले सम्मान गर्ने र यसका उपलब्धीहरूको संरक्षणका लागि रचनात्मक योगदान पुर्‍याउने कुरामा आफू र नेपाल सरकार विश्वस्त रहेको बताउनुभयो । अत्यन्त सीमित स्रोत साधनहरूको उपलब्धताका बीच नेपाल प्रहरीले पनि हालैको आन्दोलनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भन्नुभयो, ‘ आन्दोलनको क्रममा नेपाल प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए संकट अझै बढ्ने र राज्यले अझ ठूलो र अकल्पनीय क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको थियो । म यस ऐतिहासिक घडिमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको उच्च कदर र सम्मान गर्दछु । आन्तरिक सुरक्षामा नेपाल प्रहरीको प्रमुख दायित्व नै जनधनको सुरक्षा गर्नु हो । पूर्व सरकारविरूद्धको जनआक्रोशका बीच कानुन कार्यान्वयन र शान्ति सुव्यवस्था कायम गर्ने निकायको रूपमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमतापूर्ण व्यवहारले राज्य, नागरिक र निकायहरूमा हुन सक्ने ठूलो क्षतिलाई न्यूनीकरण गरेको मैले महसुस गरेको छु । यसका लागि नेपाल प्रहरीका कुनै पनि कर्मचारीले ग्लानि महसुस गर्नुपर्ने कुनै कारण छैन । यहाँहरू सदैव जनताको मनमा हुनुहुन्छ, ढुकढुकीमा हुनुहुन्छ र आफ्नो जिम्मेवारीलाई अझ दृढ रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’गृहमन्त्री अर्यालले नेपाल प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आम जनताको दैनिकीमा अत्यन्त ठूलो र नकारात्मक प्रभाव पर्नुका साथै समाजमा अराजकता मौलाउने अवसर प्राप्त हुने बताउनुहुँदै कानुन बमोजिम कर्तव्य पालनाको क्रममा उच्च मनोबल बनाउनुपर्ने तथा कार्यक्षेत्रमा भएका कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । आम जनताहरूमा प्रहरी सेवाको आवश्यकता र महत्व कति रहेको भन्ने कुरा हालै भएको आगजनी र तोडफोड भएका प्रहरी इकाइहरूको पुनर्स्थापना, प्रहरी कर्मचारीहरूको सम्मान र मनोबल बढाउनका लागि समुदायले लिएको अग्रसरताबाट पुष्टि भएको बताउँदै नेपाल सरकार एवम् गृहमन्त्रालयबाट नेपाल प्रहरी संगठनको सुदृढिकरण र प्रहरी कर्मचारीहरूको मनोबल बढाउनुका लागि ठोस प्रयासहरू हुने उहाँले उल्लेख गर्नुभयो । प्रहरीप्रति राज्य र नागरिकहरूका असीमित अपेक्षा रहेको र प्रहरीले साधनस्रोतहरूको सीमितताबाट नागरिकहरूका असीमित आकांक्षाहरू सम्बोधन गर्दै आइरहेको तथा आगामी दिनमा सांगठनिक सुधारका लागि प्रहरीको नेतृत्व एवम् सबै प्रहरी कर्मचारीहरूको पहलकदमी हुनेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।         कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले जस्तो सुकै कठिन परिस्थितिहरूका बीचपनि नेपाल प्रहरीका कर्मठ सदस्यहरूले आम जनजीवन, राज्यको सम्पत्ति र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा दृढतापूर्वक आफ्नो कर्तव्य पुरा गर्दै आएको बताउनुभयो । गृहमन्त्रीज्यूबाट व्यक्त भएका सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशनले नेपाल प्रहरी प्रधान कार्यालय तथा देश भरी छरिएर रहेका प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल र उत्साह वृद्धि हुनुका साथै आगामी कार्यदिशा थप प्रभावकारी र परिणाममूखी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले हालको स्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुने सुरक्षा चुनौतीहरू एवम् असहज परिस्थितिहरूको सामना गर्दै आम नागरिकहरूलाई शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति दिलाउँदै नागरिक भरोसाको केन्द्रबिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिवद्ध रहेको बताउनुभयो । नेपालको संविधान, प्रचलित ऐन कानुन तथा मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको काम कर्तव्य र दायित्व प्रति नेपाल प्रहरी पूर्णत निष्ठावान रहि आफ्नो जिम्मेवारी बहन गर्दै आएको बताउँदै नेपालको फौजदारी कानुनी प्रणालीमा आधारित रहि अपराध अनुसन्धानलाई परिणाममूखी र वैज्ञानिक बनाई न्यायिक प्रकृयामा निष्पक्ष र पूर्ण व्यावसायिक रहि कार्यसम्पादन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले देशको राजधानी लगायत ठुला शहर तथा महानगरहरूमा अर्बान पुलिसिङ्का लागि दक्ष जनशक्ति, आधुनिक प्रविधि तथा उपकरण र केही कानुनी अधिकारहरूले सुसज्जित हुन नितान्त जरूरी रहेको उल्लेख गर्दै समग्र नेपाल प्रहरीको आधुनिकीकरणमा हुने विलम्बले आम नागरिकमा राज्यका संरचनाहरू प्रतिको भरोसा प्रभावित हुने र देशको आन्तरिक सुरक्षाको मेरूदण्ड कमजोर हुने बताउनुभयो । राज्यले सुम्पेको जिम्मेवारी बहन गर्ने आफ्नो मूलभूत दायित्वबाट नेपाल प्रहरी कहिलै बिमुख नभएको एवम् जनअपेक्षा अनुरूपको सेवा प्रवाहको लागि आवश्यक भौतिक स्रोत साधन र पूर्वाधार तथा नवीनतम् प्रविधिका साथसाथै वर्तमान परिपेक्षमा प्रहरी कर्मचारीहरूको हौसला र मनोबल अभिवृद्धिलाई अत्यन्त महत्वका साथ सम्बोधन गर्नुपर्ने संवेदशील घडीलाई तालुक मन्त्रालयबाट उच्च प्राथमिकताका साथ सम्बोधन हुने अपेक्षा राखेका उहाँले बताउनुभयो । युवा पुस्ताले चाहना गरेको परिवर्तनको लहरमा आफ्नो स्वार्थ सिद्ध गर्न, राज्यको ऐतिहासिक धरोहरहरू, महत्वपूर्ण प्रतिष्ठानहरू, निजि तथा सार्वजनिक सम्पत्तिहरू, व्यापारीक प्रतिष्ठानहरू लगायतमा पुर्‍याइएको क्षतिमा संलग्नहरूको पहिचान एवम् अनुसन्धान गरी कानुन बमोजिम कारवाहीको दायरामा ल्याई आम नागरिकको मनमा कानूनी राज्य र कानूनको शासनको प्रत्याभूति दिलाउन हामी सफल हुनेछौ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री अर्याल समक्ष प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी मनोबल, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०६-०२

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित उदयपुर चौदण्डीगढी नगरपालिका-२ बस्ने ३५ वर्षीय शेर बहादुर खड्कालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-८ कोठियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय अरबिन्द थारूलाई  बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बाजुरा, बडीमालिका नगरपालिका-९ बाउलीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो ५ सय ६० ग्राम सहित बुढीनन्दा नगरपालिका-१० बस्ने २८ वर्षीय बिरेन्द्र थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला परेका छन् । सुनसरी, ईनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७४ मिलिग्राम र नियन्त्रित लागूऔषध  ट्रामाडोल ४ सय ४० ट्याब्लेट सहित रामधुनी नगरपालिका-५ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-०६-०१

भोजपुर, हतुवागढी गाउँपालिका-९ ज्यामिरे भञ्ज्याङबाट अवैध लागूऔषध गाँजा १२ किलोग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हतुवागढी गाउँपालिका-१ घर भई झापा शिवसताक्षी नगरपालिका-७ बस्ने २९ वर्षीय रूद्र बहादुर कामी, मोरङ उर्लावारी नगरपालिका-५ बस्ने ३८ वर्षीय संतोष विश्वकर्मा र झापा कन्काई नगरपालिका-४ बस्ने २८ वर्षीय राजेश चौहान रहेका छन् । प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले को.३७ प ४५७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । बारा, बिश्रामपुर गाउँपालिका-१ खेखरियाबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय बिनोद पंडित कुमहार भन्ने मुसा पंडित कुमहारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ शक्तिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय अर्पण चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ४ सय ७५ किलो गाँजा सहित २ जना पक्राउ
२०८२-०६-०१

धनुषा, विदेह नगरपालिका-३ जोगियाराबाट अवैध लागूऔषध गाँजा ४ सय ७५ किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-१ बस्ने २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । वीरेन्द्रबजारबाट आउँदै गरेको प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा लागूऔषध गाँजा ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले गणेशमान चारनाथ नगरपालिका-४ वीरेन्द्रबजारस्थित सडकमा रोकी राखेको अवस्थामा उक्त गाडी फेला पारी चालक बिराज र सहचालक १८ वर्षीय किशोरलाई नियन्त्रण लिएको थियो । साथै थप अनुसन्धानको उनीहरूले धरानबाट उक्त गाडीमा लागूऔषध गाँजा ल्याई विदेह नगरपालिका-३ जोगियारास्थित ईट्टा भट्टामा राखेको भन्ने खुल्न आएपश्चात उक्त स्थानबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०६-०१

मोरङ, विराटनगर महानगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाईकोमाइन ८ हजार ६ सय ट्याब्लेट र ट्रामाडोल ३ हजार १ सय ५० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ताप्लेजुङ घर भएका २० वर्षीय सुन्दर शेर्पा र भारत विहार अमिडा गाम्रपंचायत-१० घर भएका २०  वर्षीय महमद असरफ रहेका छन् । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  काभ्रे, बनेपा नगरपालिका-८ तिनधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित सोही नगरपालिका-७ तरकारी बजार बस्ने पर्सा घर भएका २२ वर्षीय मौजित अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०५-३१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाको टनेल गेटबाट गाँजा जस्तो देखिने बस्तु १० किलो ९ सय १५ ग्राम सहित २ जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३९ वर्षीय PANDARAPARAMBIL KHANI FAIZAL र २६ वर्षीय EDATHUMKUNNEL RAHEEM SHEHEEM रहेका छन् । थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्दा उनीहरूको लगेजबाट उक्त  लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१३ सिसहानियाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४८ एम्पुल, बुप्रेनोर्फिन ४८ एम्पुल र प्रोमेथाजाइन ४८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-१० हस्पिटल चोक बस्ने २५ वर्षीय आशिष खत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-०५-३१

सप्तरी, सुरूङ्गा नगरपालिका-३ बाट नियन्त्रित लागूऔषध फेनारगन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र सिरिन्ज ३ थान सहित उदयपुर त्रियुगा नगरपालिका-४ बस्ने २३ वर्षीय बिमल तामाङ समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लक्ष्मीपुरबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ जाँदै गरेको प्र.२-०१-००१ ज ००६७ नम्बरको म्याजिकमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  । रूपन्देही, सियारी गाउँपालिका-२ भगदरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम, नगद ५ हजार रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ अमारी बस्ने २९ वर्षीय सुरेन्द्र चमार र २४ वर्षीय अजय कुर्मी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२ क्यानमटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ८ सय १० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय उमेश भन्ने युरेन लामा र हेटौंडा उपमहानगरपालिका-१३ गुरूङटोल बस्ने २९ वर्षीय विनोद गुरूङ रहेका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले युरेनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सात सय ३० राउण्ड ‍गोली सहित आठ जना पक्राउ
२०८२-०५-२९

काभ्रे, बनेपा नगरपालिका-९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका-९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका-६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका-२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय ६२ किलो गाँजा सहित तीन जना पक्राउ
२०८२-०५-२९

मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा करिब २ सय ६२ किलो ५ सय ८० ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१८ बस्ने श्याम कुमार यादव, सुनसरी घर भएका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरे रहेका छन् ।  इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले मे.१ च ५८२६ नम्बरको बोलेरो गाडीबाट उक्त परिमाणको गाँजा फेला पारी सन्जु र निखिललाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त गाँजा श्याम कुमारको हो भन्ने खुल्न आएपश्चात श्यामलाई विराटनगर महानगरपालिका-१८ आईसिपी रोडबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०५-२९

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४० ट्याब्लेट र नाईट्राजेपाम १० ट्याब्लेट सहित सोही नगरपालिका-८ बस्ने २१ वर्षीय हरी बुढालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट  खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले क.प्र.०२-००१ प ९९९८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१३ पोखरी टोलस्थित सन्ताउन्नपुलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३९ एम्पुल, बुप्रेनोर्फिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल र सिरिन्ज ५ थान सहित चितवन भरतपुर महानगरपालिका बस्ने ४० वर्षीय अजय श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भटौलियाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८२-०५-२४

 चितवन, राप्ती नगरपालिका-११ कालापानीबाट अवैध लागूऔषध गाँजा करिब ८६ किलो ९ सय ग्राम सहित मकवानपुर मनहरी गाउँपालिका-६ सिमपानी बस्ने २३ वर्षीय निशान बहादुर सुनचुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्र.३-०३-००१ क ०००९ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुनचुरीलाई पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९ ग्राम ६ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ पदमपोखरी बस्ने २७ वर्षीय मदन थापालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३-०३-००१ प ५२५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुर्खेत, गुर्भाकोट नगरपालिका-१४ गुमी जहरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २१ वर्षीय प्रदिप विक, २४ वर्षीय तिलक विक र  सोही नगरपालिका-७ बस्ने २० वर्षीय निरज बोहोरा रहेका छन् । प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट मेहलकुनातर्फ जाँदै गरेको क.प्र.०२-००१ ज ०६७० नम्बरको भ्यानलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी भ्यानका चालक प्रदिप, सहचालक निरज र भ्यानमा सवार तिलकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०५-२४

पर्सा, छिपहरमाई गाउँपालिका-५ भिष्वा बस्ने ३० वर्षीय महमद मुराद मियाँको हत्या गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-५ सल्ले भुम्लु बस्ने २१ वर्षीय मनिक पराजुली र बारा जीतपुरसिमरा उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय अनिश राई रहेका छन् ।  उनीहरूले वीरगंज महानगरपालिका-१६ बसपार्कमा महमदलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका महमदको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल र गोली सहित एक जना पक्राउ
२०८२-०५-२४

पर्सा, वीरगंज महानगरपालिका-१६ बाट होममेड सिक्सर पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान सहित भारत झारखण्ड पाकु ग्राम पंचायत मालपाहारी बस्ने २७ वर्षीय प्रदिप शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित खाजा पसलमा प्रदिपले १८ वर्षीया किशोरीलाई गोली प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको   हो । साथै गोली प्रहारबाट घाइते भएकी किशोरीको एनएमसी अस्पताल वीरगंजमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने पहेलो धातु सहित एक जना पक्राउ
२०८२-०५-२४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन एरियाबाट सुन जस्तो देखिने पहेलो धातु करिब ६ सय ३५ ग्राम सहित भारतीय नागरिक भरत कुमार विनोद चन्द्र भाटलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन एरियामा जाँच गर्ने क्रममा मलद्वार भित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइने छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति साउदी अरेबियाबाट पक्राउ
२०८२-०५-२३

काठमाडौं, ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्वत साविक बेउलीबास गाविस-३ ठेगाना भएका दिपक सारू थापा भन्ने खिम बहादुर थापा पक्राउ परेका छन् । एनसिबि रियाद साउदी अरेबियाको समन्वयमा साउदी अरेबियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ । दिपक सारू थापा भन्ने खिम बहादुर थापा समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २० गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०५-२३

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरबाट अवैध लागूऔषध खैरो हेरोइन ५ सय ग्राम र डिजिटल तराजु सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सुपौल बिहार ठेगाना भएका २७ वर्षीय सतीश कुमार यादव र २२ वर्षीया तान्जिला प्रविन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ११ एच २६२३ नम्बरको स्कारपियो गाडी समेत बरामद गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-५ फूलबारी बस्ने २३ वर्षीय अनिल विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपलिका-२ व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०५-२३

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-५ थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ४० ट्याब्लेट सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सर्लाही लालबन्दी नगरपालिका-१४ घर भएका २४ वर्षीय बिशाल गोले र काठमाडौं शंखरापुर नगरपालिका-१ जरसिंहपौवा घर भएका ३० वर्षीय किरण भुजेल रहेका   छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-५ बाँसगढी बस्ने २९ वर्षीय राजु थारू र बाँके राप्तीसोनारी गाउँपालिका-९ ढकेरी बस्ने २९ वर्षीय अनिल थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-८ ककौराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईज अचकवा बस्ने २४ वर्षीय पंकज चौधरी र २० वर्षीय निर्मल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-८ तिनकुने चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याब्लेट सहित सप्तरी सप्तकोशी नगरपालिका-१ बस्ने २८ वर्षीय राकेश दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भाण्टाबारी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५२ प २८५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० कोकाहा खोला छेउबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमी गाउँपालिका-३ बस्ने १९ वर्षीय निवास राई र २३ वर्षीय रोशन राई रहेका छन् । अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट खटिएको प्रहरीले चाँदीबजारबाट विष्णुपादुकातर्फ आउँदै गरेको प्र.०१-०५-००१ प ०५९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपलिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय अरूण गहतराजलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-४ गैह्रापाटन बस्ने मादी गाउँपालिका-३ याङ्जाकोट घर भएका २८ वर्षीय राजेन्द्र परियारलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ४६ एम्पुल, डाईजेपाम १ सय ४६ एम्पुल र फेनारगन १ सय ४७ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित लमजुङ बेसीशहर नगरपालिका-७ बस्ने २६ वर्षीय सुनिल गुरूङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले चितवनबाट बेसीशहर तर्फ जाँदै गरेको बा.३ ख २३८३ नम्बरको हाइसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित गोरखा, गोरखा नगरपालिका-१३ तिनकिलो बस्ने ३० वर्षीय अपिल नेपालीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट  मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०२ -००१ ख ९९१४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-९ अण्डैया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-९ झरना खोला बस्ने २४ वर्षीय गोविन्द बहादुर कठायतलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०५-२३

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६  घर भएका ७० वर्षीय जिवनाथ तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सिन्धुपाल्चोक साविक माङ्खा गाविस-७ मा जित बहादुर तामाङको २०३७ कात्तिक ७ गते खुकुरी प्रहार गरी हत्या गरी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै आवश्यक रणनीति बनाई प्रहरी परिचालन गर्नुपर्ने - प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग
२०८२-०५-२२

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले उक्त निर्देशन दिनुभएको हो ।  प्रहरी महानिरीक्षक खापुङ्गले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन थप संवेदनशीलता अपनाई कार्य गर्नुपर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषणमा समेत थप सक्रियता अपनाउनु आवश्यक रहेको बताउनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाह समेतले समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०५-२२

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी पिपलबोटबाट अवैध लागूऔषध पोल्याण्ड ९ सय  ग्राम र गाँजा ४ सय ग्राम सहित सोही ठाउँ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका ३२ वर्षीय डिल्लीराम सुनुवारलाई आतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मुलपानीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको  हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो ८ सय ९० ग्राम सहित कैलाश गाउँपालिका-१ डाँडाखर्क बस्ने ४८ वर्षीय जंग थिङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०५-२२

अछाम, साँफेबगर नगरपालिका-८ बयलपाटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २५ वर्षीय समिर कुँवरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-१३ ओडलियाबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभोन १९ ट्याब्लेट सहित सोही नगरपालिका-३ पडरिया बस्ने १९ वर्षीय कयुम खान समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिदह समेतबाट खटिएको प्रहरीले नम्बर प्लेट नभएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ गुम्बाटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय बिभित रम्तेल, सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ श्रीजनाटोल बस्ने ३७ वर्षीय सन्दिप वाईबा र सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने २८ वर्षीय निखिल गोले लामा रहेका छ्न् । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, महालक्ष्मी नगरपालिका-५ बरडाँडास्थित बेलवारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  करिब ३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ वेलवारी नगरपालिका-४ बस्ने २१ वर्षीय मनिष दर्जि र २२ वर्षीय ख्याम बहादुर श्रेष्ठ रहेका छन् । प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले मे.८ प ८२३८ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-४ जिजिकोट बस्ने २५ वर्षीय टेकेन्द्र कुँवरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ बस्ने ३६ वर्षीय चेत बहादुर राना मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ चाइना मार्केटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ३ सय ४० मिलिग्राम, नियन्त्रित लागूऔषध लुपिजेसिक १३ एम्पुल, डाईजेपाम १३ एम्पुल र फेनारगन १२ एम्पुल सहित काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने २४ वर्षीय साजन केसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धादिङ, गजुरी गाउँपालिका-२ बाट अवैध लागूऔषध गाँजा ९० किलो ६ सय ४० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका-९ खैराङ बस्ने २५ वर्षीय प्रेम तामाङ र काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने २४ वर्षीय सन्तोष राई रहेका छन् । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले चालिसेबाट मलेखुतर्फ जाँदै गरेको मे.१ च १५२२ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रमाम उक्त परिमाणको गाँजा फेला पारी चालक सन्तोष र एम्बुलेन्समा सवार प्रेमलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०५-२१

दाङ, घोराही उपमहानगरपालिका-११ डोक्रेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय मानव बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका-६ बरिगाउँ बस्ने ३० वर्षीय सुनु विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय नारायणपुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धादिङ, थाक्रे गाउँपालिका-६ महादेववेशी बजारबाट अवैध लागूऔषध गाँजा करिब ५३ किलो ५ सय ग्राम र चरेश करिब ५ सय ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिजय रोका समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले मकवानपुरबाट महादेववेशी बजारतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ह ८७९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-११ रामघाट बस्ने ५२ वर्षीय बिर बहादुर नेपालीलाई नियन्त्रित लागूऔषध स्पास्मो १ हजार २ सय ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बल्डडा बस्ने २२ वर्षीय दिप कुमार यादव र नरहा गाउँपालिका-५ बस्ने ३० वर्षीय ईन्द्रजित कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको स.७ प २५९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २५ वर्षीय सिम चौधरीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ६० मिलिग्राम सहित बुद्धभूमि नगरपालिका-२ गोरूसिंगे बस्ने २२ वर्षीय सुदिप घिमिरेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, म्याग्दे गाउँपालिका-४ थर्पु बजारबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो २ सय ९० ग्राम सहित धादिङ गजुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय अक्कल बहादुर तामाङ समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले धादिङबाट पोखरातर्फ जाँदै गरेको बा.९२ प ५४२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०५-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने प्युठान नौबहिनी गाउँपालिका-१ घर भएका ३४ वर्षीय विशाल बुढा मगर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने झापा बुद्धशान्ति गाउँपालिका-२ घर भएका ३० वर्षीय निकेश ढुङ्गाना र  ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने महोत्तरी गौशाला नगरपालिका-९ घर भएका ४४ वर्षीय योगेन्द्र सिंह दनुवार रहेका छन् । पक्राउ मध्ये विशालले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ३० हजार रूपैयाँ, निकेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख रूपैयाँ र योगेन्द्रले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ३४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विशाललाई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बाट बिहीबार तथा निकेशलाई ललितपुर, ललितपुर महानगरपालिका-१५ बाट र योगेन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।  

सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८२-०५-२१

काठमाडौं, सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गरेको अभियोगमा सुनसरी रामधुनी नगरपालिका-३ घर भएका दिनेश कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई महिलाहरूलाई लक्षित गरी साथी बनाई कुराकानी गर्ने, अश्लील भिडियो पठाउनुका साथै अपशब्द प्रयोग गरी गाली गलौज तथा चरित्र हत्या समेत गर्ने कार्य गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा  साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय पकली सुनसरीको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई सुनसरीबाट पक्राउ गरेको हो । उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०५-२०

कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने २९ वर्षीय संजित राना र २८ वर्षीय सोभत राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले   सु.प.प्र.०१-०१२ प ६५५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित डडेल्धुरा अम्मरगढी नगरपालिका-७ बस्ने २५ वर्षीय प्रकाश भट्टराई रहेका छ्न् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-६ बस्ने २८ वर्षीय प्रकाश विश्वकर्मा र बुद्धशान्ति गाउँपालिका-४ बस्ने २५ वर्षीय अशोक विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, कमल गाउँपालिका-५ पाडाजुगी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १७ मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने  मोरङ विराटनगर महानगरपालिका-८ घर भएका ३१ वर्षीय भोला अमात राय, भारत बिहार प्रान्त ठाकुरगंज-५ घर भएका २० वर्षीय आलम खान र दमक नगरपालिका-७ सुकुम्बासी टोल बस्ने २८ वर्षीय राजिव मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  डडेलधुरा, अमरगढी नगरपालिका-३ आईत बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी सुर्नया गाउँपालिका-८ बस्ने २७ वर्षीय दिनेश बोहरा र बझाङ वित्थडचिर गाउँपालिका-३ बस्ने ३१ वर्षीय गणेश बहादुर बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१२ प ६३४२ र सु.प.प्र.०१-००९ प ७६९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, माडी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित सोही नगरपालिका-८ खरकट्टा बस्ने २९ वर्षीय सुजन थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सोमेश्वरबाट खटिएको प्रहरीले ठोरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख ४३७८ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०५-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने पर्सा विन्दावासिनी गाउँपालिका-५ घर भएका ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने ५३ वर्षीय सहनसिल महर्जन, ललितपुर बस्ने रौतहट परोहा नगरपालिका-१ घर भएका २० वर्षीय बिक्रम साह र बाँके कोहलपुर नगरपालिका-१२ घर भएका २७ वर्षीया हरिकला खाँण ठकुरी (थापा) रहेका छन् । पक्राउ मध्ये तुफायलले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ, सहनसिलले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २५ हजार रूपैयाँ, बिक्रमले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र हरिकलाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तुफायललाई काठमाडौं महानगरपालिका-२६ बाट बुधबार तथा सहनसिललाई काठमाडौं कीर्तिपुर नगरपालिका-५ बाट, बिक्रमलाई काठमाडौं महानगरपालिका-३२ बाट र हरिकलालाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।  

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०५-२०

काठमाडौं, बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ६१ वर्षीया विमला अधिकारी, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी र काठमाडौं महानगरपालिका-८ बानियाँटार बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भएका ४४ वर्षीय माधव पण्डित रहेका छन् ।              काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८२ भदौ १३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेकी विमलालाई काठमाडौं गौरीघाटबाट बिहीबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका महमदलाई काठमाडौं कुलेश्वरबाट आइतबार र माधवलाई काठमाडौं बालाजु चोकबाट बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये विमलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सिंहदरबार र माधवलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने महमदलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्ति पक्राउ
२०८२-०५-१९

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी डेरा गरी बस्ने सुमन थापा भन्ने प्रेम बहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा सम्मानित तथा सार्वजनिक पद धारण गरेका व्यक्तित्वहरूलाई लक्षित गरी अमर्यादित अभिव्यक्तिका साथै हिंसात्मक भाषा सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाउने गतिविधिको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध खैरो हेरोइन सहित पाँच जना पक्राउ
२०८२-०५-१९

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ५५ ग्राम र डिजिटल तराजु १ थान सहित ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भएका २६ वर्षीय सुगन लामा, २६ वर्षीय दिनेश लामा, सिराहा धनगढीमाई नगरपालिका-७ घर भएका २६ वर्षीय रविन्द्र महतो, सिराहा अर्नमा गाउँपालिका-२ घर भएका २७ वर्षीय राम ललन ठाकुर र २८ वर्षीय धिरज कुमार महतो रहेका छन् । सुगन र दिनेशलाई काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित रेष्‍टुरेन्टबाट ४० ग्राम र डिजिटल तराजु १ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । यसैगरी रविन्द्रलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरबाट ५ ग्राम सहित तथा राम ललन र धिरजलाई ललितपुर, ललितपुर महानगरपालिका-९ बाट ९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित
२०८२-०५-१९

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो । सुशोभन समारोहमा गृहसचिव दुवाडीले नेपाल सरकारले कार्यक्षमता, कार्यदक्षता, जेष्ठता लगायतका आधारमा उच्च मुल्याङ्कन गर्दै नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त गरी प्रहरी महानिरीक्षक खापुङ्गलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खापुङ्गको कार्यकालमा सरकारले राखेको अपेक्षा पुरा हुने विश्वास व्यक्त गर्दै कार्यकाल पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।गृहसचिव दुवाडीले मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन तथा सुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न एवम् सामाजिक न्याय कायम गर्न प्रहरीको अहम भूमिका रहेको चर्चा गर्दै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु नै हामी सबैको कर्तव्य रहेकोले प्रहरी महानिरीक्षकले आफ्नो कार्यकालमा नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै आम नागरिकमा अझ राम्रो छाप बसाल्न तथा सकल दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाई संगठनको लक्ष्य एवम् उद्देश्य हासिल गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।  समाजको गतिशीलता र प्रविधिको विकास सँगै आपराधिक गतिविधिमा पनि नयाँ नयाँ ढंगको प्रवृत्ति बढिरहेको अवस्थामा ती सबै आपराधिक गतिविधिलाई नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्नु जरूरी रहेको बताउँदै गृहसचिव दुवाडीले भन्नुभयो, ‘ यसको लागि कुशल, दक्ष, सक्षम, उन्नत र गतिशील प्रहरीको आवश्यकता पर्दछ । तपाईको कार्यकालमा उल्लेखित विशेषतामा बढोत्तरी कायम गर्न तपाई र तपाईको सम्पूर्ण टिम सफल हुनुहोस् । अपराध अनुसन्धानमा कुशलता देखाउन सफल हुनुहोस् । भनसुन, चलखेल र पक्षपात हुन्छ भन्ने भाष्यलाई चिर्न सफल हुनुहोस् र नेपाल प्रहरी भनेको निष्पक्ष, पारदर्शी, विश्वासिलो, कानूनको पूर्ण परिपालना गर्ने व्यावसायिक संगठन हो भन्ने भावना जागृत गर्दै नतिजा देखिने गरी काम गर्न तपाई र तपाईको टिम सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु’ । उपलब्ध भएका सीमित स्रोतसाधन, जनशक्ति र प्रविधिको उच्चतम प्रयोग गरेर सीमिततालाई अवसरको रूपमा बदल्न समेत प्रहरी महानिरीक्षक सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।    गृहसचिव दुवाडीले साइबर अपराध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना लगायतका विभिन्न सामाजिक अपराधहरू चुनौतिको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतिहरूलाई न्यूनीकरण तथा नियन्त्रण गरेर सभ्य समाज निर्माण गर्न जरूरी रहेको र यसका लागि चुस्त दुरूस्त सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले प्रहरी संगठनको कार्यसम्पादनमा सदैव अभिभावकीय भूमिका निर्वाह गर्नुका साथै सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । गृह प्रशासन सदैव नीति, विधि र पद्धति बमोजिम संचालित रहेको र गृह मन्त्रालय अन्तर्गत मातहत निकायहरूले नीति, विधि र पद्धति अन्तर्गत निर्वाह गरेका हरेक कामको गृह मन्त्रालयले अपनत्व लिने र त्यही अनुसार सबै निकाय संचालित होस् भन्ने अपेक्षा र विश्वास लिएको उहाँले बताउनुभयो ।   उक्त अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले मुलुक प्रति निर्वाह गरेको निष्ठापूर्ण सेवा, कार्यक्षमता र व्यावसायिकताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी पूर्ण निष्ठा, पेशागत अनुशासन, पारदर्शीता र सेवा भावका साथ निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी महानिरीक्षक पद व्यक्ति नभई संस्था भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा सफल हुने भन्दा पनि संस्था सफल हुनु अपरिहार्य रहेको र त्यसले राष्ट्र, संगठन र समग्र प्रहरीका लागि हित गर्ने बताउनुभयो । समग्र नेपाल प्रहरी संगठनको श्रीवृद्धि गर्दै नागरिकमैत्री प्रहरी सेवालाई संस्थागत गर्न समर्पित रहनुका साथै आफ्नो कार्यकालमा संगठन र आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूको हितका खातिर समर्पित हुने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । हेरक नागरिकले पेशागत व्यावसायिक, प्रभावकारी, नागरिकमैत्री र सेवामूलक नेपाल प्रहरीको अपेक्षा राखेको उल्लेख गर्दै आम नागरिकको सुझाव, सहकार्य र पृष्ठपोषणलाई आत्मसाथ गरी राज्य प्रतिको भरोसा र विश्वासमा अभिवृद्धि गर्दै लोककल्याणकारी राज्यको अनुभुति गराउन नेपाल प्रहरीले उच्च व्यावसायिक निष्ठा सहित आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले नेपालको संविधानको मर्म अनुरूप प्रभावकारी कानून कार्यान्वयन, विधिको सासन र आम नागरिकका संवैधानिक हक तथा अधिकारको प्रत्याभूति, सुरक्षा, सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउनुभयो । अपराधमा बढ्ढो प्रविधिको प्रयोगले नयाँ नयाँ चुनौति देखा परेको र यसको सामना गर्न परम्परागत शैलीले भन्दा अपराध अनुसन्धानमा क्षमताको अभिवृद्धि गर्नुपर्ने जरूरी रहेको उहाँले बताउनुभयो । संगठनमा विधि र पद्धतिको पालना आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले यस संकल्पमा तालुक गृह मन्त्रालय र सहकर्मीहरूबाट साथ एवम् सहयोगको अपेक्षा समेत गर्नुभयो ।  कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ्गले बिहीबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्ग नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको सङ्क्षिप्त जीवनी :  प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । तेह्रथुम जिल्लाको साविक मोराहाङ-५ हाल मेन्छयायेम गाउँपालिका वडा नम्बर ६ मा पिता ललित बहादुर खापुङ्ग र माता गंगामाया खापुङ्गको कोखबाट वि.सं. २०२७ मंसिर २३ गते जन्मनु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गका श्रीमती भावना श्रेष्ठ खापुङ्ग र २ छोराहरू हुनुहुन्छ । प्रहरी महानिरीक्षक खापुङ्गले वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक खापुङ्ग २०६४ साउन १ गते प्रहरी नायव उपरीक्षक, २०७३ पुस १३ गते प्रहरी उपरीक्षक, २०७७ वैशाख १७ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८० वैशाख ६ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो । मास्टर अफ आर्ट ईन जेन्डर स्टडिजमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक खापुङ्गले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, प्रोग्राम अन क्यापासिटी बिल्डिङ फर क्राइम प्रिभेन्सन् स्ट्राटेजी डेभलपमेन्ट, एसिया रिजन ल इन्फोर्समेन्ट मेनेजमेन्ट प्रोग्राम, एड्भान्स्ड कोर्ष अन मेनेजमेन्ट एण्ड डेभलपमेन्ट, स्ट्याबिलिटी पुलिस युनिट हाई लेभल कोर्ष, बेसिक इन्टेलिजेन्स ट्रेनिङ, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, वर्कसप अन चिल्ड्रेन ईन आर्म्ड कन्फ्लिक्ट, अपराध अनुसन्धान लगायत विभिन्न १४ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्ग प्रवल जनसेवा श्री र गद्दी आरोहण रजत पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।  अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा जिल्ला प्रहरी कार्यालय म्याग्दी, सशस्त्र प्रहरी गण नम्बर २, जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, महानगरीय प्रहरी परिसर काठमाडौं, सशस्त्र प्रहरी गण मुख्यालय नेपालगंज बाँके, उपत्यका अपराध अनुसन्धान समूह काठमाडौं, अञ्चल प्रहरी कार्यालय धौलागिरी, महानगरीय प्रहरी वृत चापागाउँ ललितपुर, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय, इलाका प्रहरी कार्यालय धरान सुनसरी, महानगरीय प्रहरी वृत्त दरबारमार्ग, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबार, महानगरीय प्रहरी पहरा गण मुख्यालय सामाखुसी काठमाडौं, प्रहरी प्रधान कार्यालय प्रशासन विभाग लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं अन्वेषण योजना तथा विकास शाखा, जिल्ला प्रहरी कार्यालय बागलुङ, प्रहरी प्रधान कार्यालय प्रशासन विभाग तथा प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनौट महाशाखा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेमा जिम्मेवारी निर्वाह गर्नुभएको   थियो । प्रहरी नायव महानिरीक्षकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल र कोशी प्रदेश प्रहरी कार्यालयको कमाण्ड  गर्नुभएका खापुङ्ग २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको कमाण्ड समेत गर्नुभएको थियो ।

सामूहिक भावना र भातृत्वभावका साथ जिम्मेवारी वहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग
२०८२-०५-१९

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले संगठनको दीर्धकालीन श्रीवृद्धि, व्यावसायिकता र प्रतिष्ठाको प्रवर्द्धनका लागि नेतृत्व तह देखि तल्लो तह सम्मका कर्मचारीहरूमा सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व आवश्यक रहेको चर्चा गर्दै सांगठनिक सुदृढीकरणका लागि सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावना र भातृत्वभावका साथ आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक खापुङ्गले फौजदारी न्याय प्रणालीको प्रमुख अंगको रूपमा नेपाल प्रहरीले देशव्यापी संजाल मार्फत अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका साथै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका क्रियाकलापहरूमा राज्यको पहिलो प्रतिनिधिको रूपमा उपस्थिति देखाइ आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको बताउनुभयो ।  नेपाल प्रहरी शान्ति सुरक्षा, अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान र राज्यको कानून कार्यान्वयन एवम् नागरिकको सुरक्षा र सेवाको लागि न्यून स्रोत र साधनको उपलब्धतामा पनि सधै अग्रपंक्तिमा खटिँदै आम नागरिकको ढुकढुकीमा बस्न सफल संगठन भएको चर्चा गर्दै आम नागरिकको अपेक्षालाई शिष्ट आचरण एवम् व्यवहारका साथ सम्बोधन गर्दै आम नागरिकको हृदयमा आस्था, विश्वास र भरोसा कायम राख्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले सामाजिक सञ्जालमा देखिएका आवाञ्छित गतिविधिहरू, वित्तीय अपराध, साइबर अपराध, लागूऔषध, मानव बेचबिखन, आर्थिक अपराध जस्ता जटिल र संगठित अपराधहरूको अनुसन्धानमा अझ संवेदनशील, विवेकशील र कानूनी रूपमा प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै यसका लागि दक्ष जनशक्तिको विकास, प्रशिक्षण तथा प्रविधिको व्यवस्थापन आफ्नो प्राथमिकता रहेको बताउनुभयो । प्रहरी कर्मचारीहरूको मुल्याङ्कनमा कार्यसम्पादनको स्तर, व्यावसायिक दक्षता र संगठनप्रतिको वफादारितालाई प्राथमिकता दिई सोही अनुरूप वृत्तिविकास र अवसरको उपलब्धता सुनिश्चित गराउन निरन्तर प्रयासरत रहने एवम् योग्यतामा आधारित पद्धति र निष्पक्ष प्रकृयामा प्रहरी कर्मचारीहरूको वृत्तिविकासको लागि आवश्यक थप मापदण्डहरू निर्माण गर्दै लैजाने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले राष्ट्र र नागरिक सेवामा आफ्नो निजि स्वार्थ र व्यक्तिगत लाभ भन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्नु प्रहरी सेवाको मुल मर्म भएको र संगठनले निर्दिष्ट गरेको अनुशासन र व्यावसायिक प्रहरी कर्मचारीको मर्यादाको सीमाभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरू विरूद्ध शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्न कटिवद्ध रहेको उहाँले बताउनुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।    

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०५-१९

काठमाडौं महानगरपालिका-१५ बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४३ वर्षीय अशोक रूम्बालाई अवैध लागूऔषध गाँजाको धुलो (पोल्यान्ड) जस्तो देखिने पदार्थ १ किलो ३ सय ६४ ग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने धादिङ घर भएका ३५ वर्षीय कौशल लामगाढे र काठमाडौं असन बस्ने बारा कलैया उपमहानगरपालिका-३ घर भएका २७ वर्षीय रवि शाह रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१८ चिसाखोला डेरा गरी बस्ने ३३ वर्षीय भिम बहादुर मगर समेत २ जनालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल १३ हजार ५ सय ३० ट्याब्लेट र नगद २ लाख ३९ हजार रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-३ बस्ने २३ वर्षीय विजय सुब्बालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, कटारी नगरपालिका-४ बस्ने ३२ वर्षीय दिपेन राईलाई नियन्त्रित लागूऔषध स्पास्मो २० ट्याब्लेट र टापेन्टाडोल २० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने ४० वर्षीया पुनम थापा मगर र उनकै छोरा २१ वर्षीय अभिषेक थापा मगरलाई अवैध लागूऔषध गाँजा १ किलो १ सय ४० ग्राम सहित पक्राउ गरेको छ ।  दाङ, घोराही उपमहानगरपालिका-१३ डम्मुर गाउँ बस्ने २१ वर्षीय पुस्कर घर्तिलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-१३ तुरून्तपुरस्थित पुस्करको डेरा कोठा तलासी गर्दा थप ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर फेला पारी पुस्करको दाजु २७ वर्षीय कमल घर्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ । मोरङ, कानेपोखरी गाउँपालिका-६ रमाइलो बस्ने २६ वर्षीय मिन बहादुर बस्नेतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ ग्राम ८ सय ६० मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-२ हलगडा चोकबाट अवैध लागूऔषध ट्रामाडोल ८५ ट्याब्लेट र स्पास्मो ८५ ट्याब्लेट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-४ बस्ने २० वर्षीय अनिल राई, ३५ वर्षीय प्रेम बहादुर राई, झापा कमल गाउँपालिका-३ बस्ने ३३ वर्षीय सन्तोष बस्नेत र मोरङ सुन्दरहरैंचा नगरपालिका-२ बस्ने २२ वर्षीय प्रतिक भण्डारी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनि धम्काई अपराधिक लाभ लिने व्यक्तिहरू पक्राउ
२०८२-०५-१९

काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनि धम्काई अपराधिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-८ बस्ने डोटी घर भएका २७ वर्षीय लक्ष्मण पनेरू र काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने झापा घर भएका ५४ वर्षीय विनोद साह रहेका छन् । उनीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै टोखा नगरपालिका-८ बस्ने पीडितलाई तपाई लगायत तपाईको परिवारको नामको नेपाली नागरिकता नक्कली रहेको सूचना प्राप्‍त भई हामीले अनुसन्धान गरी रहेका छौँ र उक्त कारवाहीबाट बच्न १ करोड रकम दिएमा फाईल बन्द गरीदिन्छौ नत्र सबैलाई जेल हाल्छौ भनि योजनाबद्ध ढंगले डर त्रास देखाई धम्काएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ, मोबाइल ४ थान र १ गाडी १ थान समेत प्रहरीले बरामद गरेको छ ।उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ
२०८२-०५-१९

काठमाडौं, ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका-१ ठेगाना भएका ३५ वर्षीय प्रकाश तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । आफुसँग बहुमुल्य चम्किने ढुंगा (Light Stone) रहेको र उक्त ढुंगा महंगो मुल्यमा बिक्री गर्न सकिन्छ भनि झुक्यानमा पारी ठगी गरेको घटनामा जिल्ला अदालत काठमाडौंबाट ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा नुवाकोट बिदुर नगरपालिका-२ बाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
२०८२-०५-१८

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक दिपक थापा तथा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदिप गिरी र टेक बहादुर तामाङलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो सेवा अवधिमा नेपालको संविधान र प्रचलित कानूनले प्रदान गरेको जिम्मेवारीहरूलाई पूर्ण इमानदारी, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको बताउनुभयो । कानूनी शासनको प्रत्याभूति दिलाउने, मानव अधिकारको संरक्षण, सम्मान एवम् प्रवर्द्धन गर्ने, प्रमाणमुखी अनुसन्धानको साथै आम नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल प्रहरीको विधि र पद्धतिलाई अंगिकार गरेर सामूहिक भावना तथा भातृत्वभावका साथ जिम्मेवारी निर्वाह गरेको उहाँले बताउनुभयो । संगठनको संस्थागत विकासको लागि आन्तरिक सुदृढीकरण र शुद्धिकरण, प्रहरी कर्मचारीहरूको वृत्तिविकास, कल्याणकारी सेवा सुविधाको विस्तार, प्रहरी कार्यमा प्रविधिको प्रयोग, समयसापेक्ष तालिम तथा नीतिगत सुधार मार्फत संगठनलाई थप सक्षम, आधुनिक र व्यावसायिक बनाउन आफ्नो प्रयास सदैव केन्द्रीत भएको उहाँले उल्लेख गर्नुभयो ।  प्रहरी महानिरीक्षक दिपक थापाले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक अत्यन्तै साहसी, निष्ठावान् र क्षमतावान् व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले विभिन्न आरोह अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूले संगठनको श्रीवृद्धिका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको चर्चा गर्दै नेपाल प्रहरीको गरिमा अभिवृद्धिमा महत्वपूर्ण टेवा पुगेको तथा सेवा निवृत्त पछि पनि व्यावहारिक सल्लाह, सुझाव, परामर्श र पृष्ठपोषण प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । संगठनमा विगतमा भएका असल अभ्यासहरूलाई नेपाल प्रहरीको आगामी राणनीति तथा कार्ययोजनाहरूमा समेटी निरन्तर अगाडि बढाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी र प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले आ-आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।   समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रूपा थापा लगायत संघका पदाधिकारीहरूलाई समेत बिदाइ   गरियो । उहाँहरूलाई श्रीमती भावना श्रेष्ठ खापुङले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो ।    उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको थियो ।

सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०५-१८

काठमाडौं, वैदेशिक रोजगारीको लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० बस्ने ३५ वर्षीय सरोज सुवाल र काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर भएका २७ वर्षीया सिर्जना कार्की रहेका छन् ।  पक्राउ मध्ये सरोजले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र सिर्जनाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई ललितपुर, ललितपुर महानगरपालिका-२ बाट मंगलबार र सिर्जनालाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक दिपक थापाको बिदाइ
२०८२-०५-१८

काठमाडौं, गृहमन्त्री रमेश लेखकले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक दिपक थापालाई शुभकामना सहित बिदाइ गर्नुभयो ।  उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको सेवाको लागि थप महत्वपूर्ण योगदान गर्नुहुनेछ भन्ने शुभकामना समेत दिनुभयो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुव्यवस्था, अमन चयन कायम गर्ने जस्तो महत्वपूर्ण र मुख्य जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्त जीवन अझ बढि स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना समेत दिनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी जस्तो गौरवशाली तथा नागरिकको अत्यन्तै नजिक रहेको र देशको आन्तरिक सुरक्षाको मेरूदण्डको रूपमा रहेको सुरक्षा निकायको सदस्य भई देश र नागरिकको सेवा एवम् सुरक्षामा आफूलाई समर्पित गर्ने अवसर प्राप्त हुनु सौभाग्य र गौरवको विषय भएको बताउनुभयो । आफ्नो कार्यकालको अवधिमा संविधान र प्रचलित कानूनले प्रदान गरेको जिम्मेवारीहरू पूर्ण इमानदार रहँदै पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गर्दै उक्त अवधिमा नेपाल प्रहरीको समायानुकुल आधुनिकिकरण, सांगठनिक सुदृढिकरण, विकास र स्तरउन्नतीको लागि नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनको लागि कृतज्ञता समेत व्यक्त गर्नुभयो ।  कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०५-१८

काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३ सय ११ ट्याब्लेट र नगद २ हजार ७ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने भारत सितामाडी घर भएका २४ वर्षीय राजु साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ लौकही चोक बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय २० मिलिग्राम सहित उदयपुर वेलका नगरपालिका-५ बस्ने ३० वर्षीय बिरधन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ४० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय ओम बहादुर भुजेल र ३२ वर्षीय शीर्षक राई रहेका छन् । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले विशाल चोकबाट शीतलचोकतर्फ आउँदै गरेको को.२७ प १६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ३० वर्षीय दशरथ खवासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले लौकहीबाट झुम्कातर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने ४० वर्षीय मुलुक मुण्डालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३१ बस्ने ३१ वर्षीय सुमन नेपाली र पोखरा महानगरपालिका-१७ बस्ने २७ वर्षीय पारस सुनार रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९२६९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सुर्खेत, विरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय लोकेश आचार्य र २० वर्षीय धन बहादुर सोमै मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले लोकेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  रूपन्देही, रोहिणी गाउँपालिका-६ ललितपुर पकडिहवा बस्ने ३५ वर्षीय ईरसाद प्रवेजलेमलाई नियन्त्रित लागूऔषध डाईजेपाम ९८ एम्पुल, बुप्रेनोर्फिन ९६ एम्पुल, प्रोमेथाजाइन ९९ एम्पुल, स्पास्मो २ सय ६० ट्याब्लेट र नगद १० लाख २० हजार रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको युपि ५६ एएक्स ८१३४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ मिलनचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय सन्त राम रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प ४०८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बस्ने ३६ वर्षीय विकास तामाङ र सोही उपमहानगरपालिका-४ बस्ने ३४ वर्षीय अब्दुल मन्सुरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले विकासको घर तलासी गर्दा उक्त पदार्थ फेला परी दुबै जनालाई पक्राउ गरेको हो ।  दाङ, राप्ती गाउँपालिका-१ भालुबाङ नयाँबजार डेरा गरी बस्ने तुल्सीपुर उपमहानगरपालिका-५ घर भएका ३० वर्षीय बिराट केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम र नगद १ हजार ८ सय २० रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बस्ने २४ वर्षीय चन्द्र चन्द र बझाङ बुंगल नगरपालिका-१० बस्ने २७ वर्षीय धन बहादुर बाग रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इटाली र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०५-१८

काठमाडौं, वैदेशिक रोजगारीको लागि इटाली र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने सल्यान बागचौर नगरपालिका-९ घर भएका ३५ वर्षीय रमेशराज डाँगी र भक्तपुर सूर्यबिनायक नगरपालिका-६ बस्ने दैलेख नौमुले गाउँपालिका-२ घर भएका २४ वर्षीय खगेन्द्र मल्ल रहेका छन् ।  पक्राउ मध्ये रमेशराजले इटाली पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १९ लाख ८५ हजार रूपैयाँ र खगेन्द्रले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशराजलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार र खगेन्द्रलाई भक्तपुर सूर्यबिनायक नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरू मध्ये रमेशराजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने खगेन्द्रलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको रकम सहित पक्राउ
२०८२-०५-१८

काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने ७८ वर्षीय विनोद कुमार श्रेष्ठलाई स्रोत नखुलेको नगद ४ करोड २५ लाख ५० हजार रूपैयाँ, करिब ९ हजार ८ सय ३७ ग्राम ९ सय ६० मिलिग्राम सुन जस्तो देखिने पहेँलो धातुका विभिन्न गरगरहना र करिब ३ हजार २ सय १८ ग्राम ९ सय २० मिलिग्राम चाँदी जस्तो देखिने सेतो धातुका विभिन्न गरगहना सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महारागंज समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नगद तथा गरगहना फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०५-१७

उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागूऔषध फेनारगन ६९ एम्पुल, डाईजेपाम ६९ एम्पुल र बुप्रेनोर्फिन ६९ एम्पुल सहित सोही नगरपालिका-१० बोक्से बस्ने ३३ वर्षीय डेनिल बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले कदमाहाबाट गाईघाटतर्फ आउँदै गरेको को. १ ज ३४४१ नम्बरको विङ्गर गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४२ ग्राम सहित सिराहा सुखीपुर नगरपालिका-२ बस्ने २४ वर्षीय राजिव राज महतोलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६९१ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने २७ वर्षीय नुर्पु शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०५-१७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब १ किलो ७ सय ८० ग्राम सहित भारतीय नागरिक ४० वर्षीय MATTRA PATHRATT ALI AKBAR सोमबार दिउँसो पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ३० ट्याब्लेट र नगद ५४ हजार ४ सय ४५ ट्याब्लेट सहित काठमाडौं टेकु बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका-२१ घर भएका २२ वर्षीय सुरेन्द्र गुप्तालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-२ बस्ने २८ वर्षीय प्रकाश योङहाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१० चटार बस्ने ३५ वर्षीय विनोद थारू र २५ वर्षीय रोहित कुमार चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट हाईस्कुलबाट खटिएको प्रहरीले विनोदको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ बसपार्कबाट अवैध लागूऔषध गाँजा ९ किलोग्राम, ३ हजार ३ सय ४० नेपाली रूपैयाँ र ३ हजार ३ सय ५१ रूपैयाँ भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दिल्ली भारतनगर पत्थरवाला वाग बस्ने ३४ वर्षीय मोहम्द नसिम र बजिरपुर बस्ने २६ वर्षीय मो. इनायतुल्ला रहेका छन् । प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सर्लाही, ईश्वरपुर नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब ५५ किलो २ सय २० ग्राम सहित सोही नगरपालिका-१२ घारीबथान बस्ने ३२ वर्षीय संजिव भुजेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० नयाँ चोक बस्ने ४० वर्षीय मनराज तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ चमन चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-७ कलुवापुर बस्ने २८ वर्षीय मनोज रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युएई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०५-१७

काठमाडौं, वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपलिका-३२ बस्ने प्युठान नौबहिनी गाउँपालिका-५ घर भएका ३२ वर्षीय मिनराज राना क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  मिनराजले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यएईबाट पक्राउ
२०८२-०५-१६

काठमाडौं, ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी रूपन्देही बुटवल उपमहानगरपालिका-१ घर भएकी सरिता घर्ती मगर पक्राउ परेकी छिन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको छ ।  उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरी बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०५-१६

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२ बडडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-९ बस्ने ५० वर्षीय अक्कल बहादुर घलानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ताल्तीबाट खटिएको प्रहरीले अक्कल बहादुर र सोही ठाउँ बस्ने ५३ वर्षीय घारे तामाङलाई सोधपुछ गर्ने क्रममा घारे तामाङ झोला फाली फरार भएपश्चात अकल बहादुरलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले घारे तामाङको झोलाबाट थप ४ किलो गाँजा र ३ सय ग्राम चरेश फेला पारी बरामद गरेको छ । हाल फरार तामाङको प्रहरीले खोजी गरिरहेको छ ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बन्दरगाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम सहित सोही नगरपालिका-१ बाइपास बस्ने २६ वर्षीय प्रेमलाल यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । साथै प्रहरीले उनले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

राजस्व छलि गरिएका विद्युतीय चुरोट (भेप) सहित तीन जना पक्राउ
२०८२-०५-१६

काठमाडौं, राजस्व छलि गरिएका विद्युतीय चुरोट (भेप) सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ लिस्ती घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-४ जुबु घर भएका ४२ वर्षीय कृष्ण बहादुर गुरूङ र काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ ज्यामिरे घर भएका ५२ वर्षीय राम बहादुर गुरूङ रहेका छन् ।  काठमाडौंको चमती वडा एरियामा अवैध रूपमा विद्युतीय चुरोट (भेप) राजस्व छली भण्डारण तथा संचय गरी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१५ चमतीस्थित गोदामबाट विभिन्न कम्पनीका विद्युतिय चुरोट (भेप) ३ हजार ८ सय ५ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०५-१६

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय शिव श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-२ मेउडिहवा डेरा गरी बस्ने कोटहीमाई गाउँपालिका-५ घर भएका २६ वर्षीय ईर्फान अन्सारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । सिराहा, कर्जन्हा नगरपालिका-३ बन्दिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय १० मिलिग्राम सहित सोही नगरपालिका-४ बडहरा माल टोल बस्ने २६ वर्षीय लाल बाबु मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-१५ चन्दहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय मनसुखलाल थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ बिजौराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय राजु चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले से.३ प ५१४१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, रामधुनी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय सागर राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०५-१६

काठमाडौं, वैदेशिक रोजगारीको लागि सर्विया र रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने बारा कोल्हवी नगरपालिका-४ घर भएका २६ वर्षीय कार्तिक कुमार चौधरी र काठमाडौं महानगरपालिका-१६ बस्ने इलाम, इलाम नगरपालिका-१ घर भएका २८ वर्षीय मनोज दाहाल रहेका छन् ।  पक्राउ मध्ये कार्तिकले सर्विया पठाइदिन्छु भन्दै १६ जना पीडितहरूबाट ४२ लाख रूपैयाँ र मनोजले रसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कार्तिकलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ बाट र मनोजलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

शैक्षिक संस्थाहरूमा बम राखेको भनी झुट्टा अफवाह फैलाउने व्यक्ति पक्राउ
२०८२-०५-१६

काठमाडौं, शैक्षिक संस्थाहरूमा बम राखेको भनी झुट्टा अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा कीर्तिपुर नगरपालिका-१० बस्ने महोत्तरी, महोत्तरी गाउँपालिका-२ घर भएका ३८ वर्षीय जयरूद्र झालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी कन्ट्रोल रूमको आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौंस्थित विभिन्न शैक्षिक संस्थाहरूमा विष्फोटक पदार्थ राखेको छ भनी झुट्टा अफवाह फैलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यम संलग्न उनलाई काठमाडौं महानगरपालिका-१० नयाँबजार कीर्तिपुरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न व्यक्ति पक्राउ
२०८२-०५-१६

कास्की, मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-३ नालामुखस्थित सिन्धु खाजा घरका संचालक २३ वर्षीय सिन्धु किसानलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुले बालिकालाई ललाई फकाई विभिन्न प्रलोभन देखाई यौन क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०५-१६

सिन्धुली, आफ्नै आमा ६५ वर्षीया फाल कुमारी सुनुवारको हत्या गरेको अभियोगमा दुधौली नगरपालिका-१४ भौडी बस्ने ४० वर्षीय तुला राज सुनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अंशबन्डाको विषयलाई लिएर तुला राजले फलामको खन्ती प्रहार गर्दा फाल कुमारीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-६ गिजरा बस्ने २२ वर्षीय अर्जुन राना मगरको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश रमजालीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । घरयासी वादविवादको क्रममा दिनेशले बियरको बोतल प्रहार गर्दा गम्भीर घाइते भएका अर्जुनको सञ्जीवनी कलेज अफ मेडिकल साईन्स अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०५-१६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ४६ वर्षीय प्रदिप खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुरको २०७९ असोज ३० गतेको फैसलाले उक्त मुद्दामा २० लाख रूपैयाँ जरिवाना, ७ दिन कैद र क्षतिपुर्ती बापत शुल्क ८० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो । उनलाई  फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

नियन्त्रित लागूऔषध सहित चार जना पक्रा
२०८२-०५-१५

रूपन्देही, बुटवल उपमहानगरपालिका-९ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ७० मिलिग्राम सहित शुद्धोधन गाउँपालिका-३ बस्ने १९ वर्षीया सुमित थारू समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-६ नारायणपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय नारायण डगौरालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७ मिलनचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय समिर महत्तलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०५-१५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ सय ३८ किलो ८ सय ग्राम सहित ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका-८ घर भएका २१ वर्षीय सुदिप तामाङ, २० वर्षीय सबिन तामाङ, दोलखा सैलुङ गाउँपालिका-८ घर भएका २२ वर्षीय सागर तामाङ, मकवानपुर राक्सिराङ गाउँपालिका-१ गडवाल बस्ने ३० वर्षीय प्रेमराज मोक्तान र सोही ठाउँ बस्ने २ जना किशोर रहेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा समेतबाट खटिएको प्रहरीले नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१-००२ ज ६५४९ नम्बरको ईभि गाडीबाट १ सय १२ किलो ७ सय ९० ग्राम गाँजा फेला पारी चालक सुदिप तथा गाडीमा सवार सबिन र सागरलाई पक्राउ गरेको हो । साथै बा.प्र.०६-००१ ज ०५०३ नम्बरको ईभि गाडीबाट २६ किलो १० ग्राम गाँजा फेला पारी गाडीमा सवार प्रेमराज र २ जना किशोरलाई पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७ सय ८० ट्याब्लेट सहित जुम्ला सिंजा गाउँपालिका-७ बस्ने २५ वर्षीय नबिन तिवारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, विरेन्द्रनगर नगरपालिका-१२ नेवारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम, नगद ५ हजार रूपैयाँ र तराजु १ थान सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने २८ वर्षीय निरज बाबु राई, २४ वर्षीय विशाल राई र २१ वर्षीय अनोज थापामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले भे.३ प ४८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, भगवानपुर गाउँपालिका-१ भगवानपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मधुबनी लौकही पञ्चायत झौहरी ग्राम घोवयाही-१ बस्ने २४ वर्षीय मो. मिस्टर, २३ वर्षीय मोहमद मुस्तफा, भारत बिहार मधुबनी खुटौना पञ्चायत प्रसाही पुर्वी ग्राम मुरारपट्टि बस्ने ३८ वर्षीय अख्तर हुसेन र सप्तरी खडक नगरपालिका-६ बस्ने ४२ वर्षीय आविद हुसेन रहेका छन् । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बिआर ३२ एएक्स १४८३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित  बाँसगढी नगरपालिका-५ बस्ने २९ वर्षीय सुबाश वलीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ३ सय ५० मिलिग्राम सहित मोरङ बेलबारी नगरपालिका-४ बस्ने ४० वर्षीय इन्द्र बहादुर गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले लौकहीबाट झुम्कातर्फ आउँदै गरेको बा.४६ प ८४०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-२ चैतुबारी बस्ने ३८ वर्षीय किरण राजवंशीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनले संचालन गरेको दिवाकर फर्ममा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ५३ ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-१० बस्ने २२ वर्षीय नितेश पनेरू, भीमदत्त नगरपालिका-१८ बस्ने ३० वर्षीय प्रदिप नाथ र ३१ वर्षीय पारस शाह रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ०३ सि ३८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८२-०५-१५

भक्तपुर, सूर्यबिनायक नगरपालिका-१ दधिकोट तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार नेपाली रूपैयाँ, ३ हजार ७ सय भारतीय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-८ बगालेटोल बस्ने ३५ वर्षीय लक्ष्मण कुवँरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मण समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार ४ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०५-१४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय ४० एम्पुल, प्रोमेथाजाइन ३ सय ४० एम्पुल र बुप्रेनोर्फिन ३ सय ४० एम्पुल सहित सप्तरी छिन्नमस्ता गाउँपालिका-१ बस्ने १९ वर्षीय रंजित मेहतालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५४३१ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-६ नागेश्वर गल्लीबाट अवैध लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट सहित काठमाडौं नयाँबस्ती बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ घर भएका २३ वर्षीय सुरज रसाईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, खजुरा गाउँपालिका-३ एक नम्बर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बढैयाताल गाउँपालिका टेसनपुर बस्ने २० वर्षीय प्रसान्त चौधरी र गुलरिया नगरपालिका-१२ कालिनगर बस्ने २२ वर्षीय निरज परियार रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले भे.८ प ४८७८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-६ बस्ने २८ वर्षीय हेमराज विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भोजपुर, भोजपुर नगरपालिका-९ पिङडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ६ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका-१२ बस्ने ३० वर्षीय रिजन श्रेष्ठ र टेम्केमैयुङ गाउँपालिका-२ बस्ने २८ वर्षीय सनुप राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले को.११ प ७६६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ६० मिलिग्राम सहित गोदावरी नगरपालिका-१ बस्ने डोटी शिखर नगरपालिका-८ घर भएका ३५ वर्षीय बिर बहादुर रावललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०४-००१ प ०६६५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित चुरे गाउँपालिका-३ बस्ने ३२ वर्षीय मोहन मल्ललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २३ वर्षीय बिजय विक र सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय प्रदिप राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१३ प २३४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ मिलन चोकस्थित जयराम होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलो ६ सय ९० ग्राम सहित होटल संचालक बझाङ बुङ्गल नगरपालिका-८ घर भएका ३२ वर्षीय राम बोहरालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   बारा, सिम्रौनगढ नगरपालिका-२ नयका टोला बाही टोल बस्ने ३५ वर्षीया रीता देवी यादवलाई अवैध लागूऔषध गाँजा करिब १ सय ३८ किलो ७ सय ग्राम सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बस्ने २६ वर्षीय राम चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्माको बिदाइ
२०८२-०५-१३

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मालाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको चर्चा गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मालाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्माले आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा उमेर हदका कारण भदौ १५ गतेबाट सेवा निवृत्त हुन लाग्नु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०५-१३

स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३४ एम्पुल, नोर्फिन ३४ एम्पुल र फेनारगन ३४ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३२ लेखनाथ बस्ने २४ वर्षीय अजय परियार र ३० वर्षीय अमृत थापा रहेका छन् । वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ८४५२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०५-१३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी ठूलोथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट सहित  सोही ठाउँ बस्ने ४५ वर्षीय राज कुमार मोक्तानलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   झापा, बिर्तामोड नगरपालिका-६ सुगम शान्ति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने मेचीनगर नगरपालिका-१० घर भएका ३५ वर्षीय विशाल विश्‍वकर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहति पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ चौराहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कंचनपुर कृष्णपुर नगरपालिका-७ बस्ने २० वर्षीय नसिव राना, २७ वर्षीय राजेश राना र १७ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से.४ प १७४५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ लक्ष्मीनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ कैलालीगाउँ बस्ने ३२ वर्षीय रामजिवन रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-५ बस्ने २५ वर्षीय रबि चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगञ्ज गाउँपालिका-१ बस्ने ३१ वर्षीय शत्रुधन यादव र सोही गाउँपालिका-७ बस्ने ३० वर्षीय कपिलदेव यादव रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को. १ ख ७७८३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० बाट अवैध लागूऔषध गाँजा करिब १७ किलोग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही ठाउँ बस्ने २९ वर्षीय संगम राई र ३४ वर्षीय नन्द कुमार राई रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले चाँदीबगरबाट धरानतर्फ आउँदै गरेको को.९ प ६८६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ भोलागौडी बस्ने २५ वर्षीय शिबु परियार र राजापुर नगरपालिका-८ बस्ने १९ वर्षीय बिबेक विश्वकर्मा रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदे गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-८ सिमथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र नाईट्राजेपाम १० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ इमाडोल टेम्पु पार्क बस्ने पाँचथर घर भएका २० वर्षीय सागर लिम्बु र सोही नगरपालिका-८ सिम्थली बस्ने मोरङ घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागूऔषध फेनारगन ६ एम्पुल, डाईजेपाम ६ एम्पुल र बुप्रेनोर्फिन ६ एम्पुल सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका-१० बासबारी बस्ने २५ वर्षीय राजेश मल्लिक र सप्तरी हनुमानगर कंकालनी नगरपालिका-९ बस्ने २२ वर्षीय सुरेन्द्र साह रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०५-००२ प १२३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित बाग्लुङ जैमिनी नगरपालिका-१ बस्ने २२ वर्षीय मिन बहादुर शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १९२० नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०५-१३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१ सिर्जनानगर बस्ने धनुषा मिथिला नगरपालिका-८ घर भएका ४२ वर्षीया अम्बिका कुमारी रिजाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ आरूबारी बस्ने सर्लाही बरहथवा नगरपालिका-७ घर भएका ३५ वर्षीय बिक्रम कुमार दमाई र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ काडाघारी बस्ने बैतडी पाटन नगरपालिका-६ घर भएका ४३ वर्षीय जय सिंह भण्डारी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बैंकिङ कसूर मुद्दामा विभिन्न अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूमध्ये अम्बिकालाई भक्तपुर नगरपालिका-१ सिर्जनानगरबाट, बिक्रमलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट र जय सिंहलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो । उनीहरूमध्ये अम्बिकालाई जिल्ला प्रहरी परिसर काठमाडौं, बिक्रमलाई प्रहरी वृत्त बौद्ध र जय सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थप अनुसन्धान तथा कारवाहीको लागि पठाइएको छ । 

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०५-१३

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपन बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-८ घर भएका २७ वर्षीय रवि लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, टिकटक लगायतमा नक्कली आईडिको प्रयोग गरी साथी बनाई उपचारमा सहयोग गर्ने, रोजगारी मिलाई दिने जस्ता झुट्ठा आश्वासन देखाई तथा विभिन्न प्रलोभनमा पारी पीडितबाट रकम लिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं चाबाहिल गणेस्थानबाट पक्राउ गरेको हो । उनलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०५-१२

काठमाडौं, चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-४ घर भएका ४५ वर्षीय सत्यमान लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट २०८० वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ५ महिना ३ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ माकलबारीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-०५-१२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ९० एम्पुल, फेनारगन ३ सय ९० एम्पुल बुप्रेनोर्फिन ३ सय ९० एम्पुल सहित सप्तरी राजबिराज नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७६२० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, पथरी शनिश्चरे नगरपालिका-१० मनकामना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सनमित धिमाल समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित रौतहट गरूडा नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरको हो ।सर्लाही, लालबन्दी नगरपालिका-८ खतिवडा चोक नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम सहित सोही नगरपालिका-१४ कामीटार बस्ने २० वर्षीय सन्ते ब्लोनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार अन्य १ जनाको खोजी  गरिरहेको छ । धादिङ, गल्छी गाउँपालिका-६ महेश दोभानबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्राम सहित कास्की पोखरा महानगरपालिका-९ बस्ने २८ वर्षीय संजय केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले बैरेनीबाट पोखरातर्फ जाँदै गरेको ग. २० प ४७२६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०५-१२

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नारायणटार डेरा गरी बस्ने सप्तरी सुरूङ्गा नगरपालिका-११ घर भएका ४० वर्षीय विद्या सागर चौधरीलाई नियन्त्रित लागूऔषध डाईजेपाम ५७ एम्पुल, फेनारगन ५७ एम्पुल र नोर्फिन ५७ एम्पुल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३० एम्पुल, फेनारगन ३० एम्पुल र नोर्फिन ३० एम्पुल सहित काठमाडौं स्वयम्भू बस्ने सप्तरी शम्भूनाथ नगरपालिका-७ घर भएका २८ वर्षीय प्रदिप कुमार चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजार बस्ने २५ वर्षीय सुनिल तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय मिलिग्राम र नगद १७ हजार रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ सिमापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित मधुवन नगरपालिका-९ डाँडा बस्ने २५ वर्षीय आशिक तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगी बर्दिया, बढैयाताल गाउँपालिका-७ भत्केको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-८ टिटिहिरिया बस्ने २३ वर्षीय सरोज कुमार थारू र फत्तेपुर बस्ने २३ वर्षीय रूपेश थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुबै जनालाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, उर्लाबारी नगरपालिका-७ पारिजात टोल बस्ने ४२ वर्षीय लाल बहादुर लिम्बु र ३२ वर्षीय पदम बहादुर अधिकारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले लाल बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय निराजन थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय अजय मेचे र  भारत वेष्ट बंगाल दार्जिलिङ उत्तरा रथखोला भिमराम नक्सलबारी बस्ने ३० वर्षीय कनकन राह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले मे.११ प ४२३३ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०५-१२

काठमाडौं, वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१२ बस्ने बागमती गाउँपालिका-५ घर भएका ३१ वर्षीय छबिन्द्र हुमागाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । छबिन्द्रले स्लोभाकिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ३१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
२०८२-०५-१२

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने धादिङ घर भएकी ५५ वर्षीया सुन्तली तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ७ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ बसन्तपुर बस्ने ३५ वर्षीय राम साउदको टहरामा जुवातास खेलिरहेको अवस्थामा राम समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य ६ जनाको खोजी गरिरहेको छ । नुवाकोट, शिवपुरी गाउँपालिका-६ गुर्जेस्थित बार्दली होटलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा लिखु गाउँपालिका-५ डि चौघडा बस्ने ४० वर्षीय श्याम कृष्ण श्रेष्ठ समेत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ७१ हजार ६ सय रूपैयाँ र कौडा ३१ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिकी दूतावासद्वारा केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई CODIS & Radian ASAP हस्तान्तरण
२०८२-०५-११

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीलाई Combined DNA index system (CODIS)- DNA Software & Radian Atmospheric Pressure Solids Analysis Probe (ASAP) Mass Spectrometer- Drug Detection Instrument हस्तान्तरण गरिएको  छ । नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीमा बुधबार आयोजित कार्यक्रमबीच उक्त प्रविधि हस्तान्तरण गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले आज हस्तान्तरण भएका आधुनिक उपकरणहरू र प्रविधिहरूले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ छिटो छरितो बनाउनुका साथै वैज्ञानिक रूपमा मान्य र भरपर्दो प्रमाणहरू समेत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । CODIS प्रणालीको सुविधाले फोरेन्सिक डीएनए विश्लेषण क्षमतालाई अन्तर्राष्ट्रिय मापदण्डमा लैजाने तथा नेपालको समग्र फौजदारी न्याय प्रणाली सुदृढ बनाउने उल्लेख गर्दै Radian ASAP Mass Spectrometer ले लागूऔषधको स्क्रिनिङमा समेत क्षमता अभिवृद्धि हुने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक थापाले अमेरिकी दूतावासले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि एवम् विकासको लागि विगतका वर्षहरूमा विभिन्न परामर्श, तालिमहरू र उपकरणहरू समेत प्रदान गर्दै आइरहेको र यसले गर्दा अन्तर्राष्ट्रिय मापदण्डहरू अनुरूप क्षमतावान एवम् दक्ष फोरेन्सिक विज्ञहरू उत्पादन गर्न मद्दत पुगेको बताउनुभयो । आधुनिक प्रविधिहरूको एकीकरणले नेपाल प्रहरीको संस्थागत क्षमतालाई सुदृढ बनाउनुका साथै कानून कार्यान्वयन तथा शान्ति सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा नेपालको लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज हस्तान्तरण गरिएको आधुनिक प्रविधिले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवम् हराएका व्यक्तिको पहिचानमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, अमेरिकी राजदुतावासका प्रतिनिधिहरू लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
२०८२-०५-११

काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगंगा नगरपालिका-२ सप्तरी समाझिंघा बस्ने कृष्ण सुनार पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार बिहान नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत २५ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।  

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०५-११

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर केदारचोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका-३ घर भएका  ३० वर्षीय शरण राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम ६४ मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३७ हजार ९ सय २० रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजार बस्ने २५ वर्षीय सुनिल तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय मिलिग्राम र नगद १७ हजार रूपैयाँ सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासन र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८२-०५-११

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ४० ट्याब्लेट र नाइट्राभेट ४ हजार ५ ट्याब्लेट  सहित भारत सितामणी घर भएका ४८ वर्षीय गणेश शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले गौरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २८४४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ६० ट्याब्लेट र नगद ६ हजार ८ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने सप्तरी घर भएका ३० वर्षीय बिबेक कार्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय आकाश रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० सिम्ताली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही नगरपालिका कृष्णनगर टोल बस्ने २५ वर्षीय सुजन चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४७ एम्पुल, फेनारगन ४७ एम्पुल र बुप्रेनोर्फिन ४७ एम्पुल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा वालिङ्ग नगरपालिका-७ बस्ने २२ वर्षीय बिनोद सुनार र तनहुँ व्यास नगरपालिका-१० घासिँकुवा बस्ने २३ वर्षीय सन्तोस विक रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट बाग्लुङतर्फ जाँदै गरेको ग.२ ख ००८९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-६ देउराली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र डाईजेपाम १ सय ५० ट्याब्लेट सहित लेटाङ नगरपालिका-३ बस्ने  २३ वर्षीय सुवास राई समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०५-१०

काठमाडौं, वैदेशिक रोजगारीको लागि क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बस्ने डडेल्धुरा भागेश्वर गाउँपालिका-५ घर भएका २४ वर्षीय सुरेश नाथ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने संखुवासभा मकालु गाउँपालिका-४ घर भएका ४३ वर्षीय धन बहादुर राई रहेका छन् ।  पक्राउ मध्ये सुरेशले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख १ हजार रूपैयाँ र धन बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट र धन बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०५-१०

सुनसरी, इटहरी उपमहानगरपालिका-२० नविन भिलेजबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित खोटाङ घर भएकी ३८ वर्षीया निर्मला राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल‍ १ सय १५ ट्याब्लेट, स्पास्मो २४ ट्याब्लेट र नाइट्रोसेन १७ ट्याब्लेट सहित बराहक्षेत्र नगरपालिका-५ बस्ने २७ वर्षीय सुरज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०५-१०

काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित रम्भादेवी गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर मनमैजु बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय निरोज कुँवर, काठमाडौं सामाखुशी बस्ने भक्तपुर सुर्यबिनायक नगरपालिका-६ घर भएका ३० वर्षीय सुभाष मिश्र र काठमाडौं बालाजु बस्ने धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका २८ वर्षीय सुर्य बहादुर थापा रहेका छन् । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उक्त होटलको २०३ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार ६ सय ट्याब्लेट सहित कोशी गाउँपालिका-६ बस्ने २१ वर्षीय सुनिल मुखिया समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मघुवनबाट  खटिएको प्रहरी लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्रदेश १-०२-१६ प १२८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित कटहरी गाउँपालिका-४ बस्ने ५० वर्षीय महेन्द्र साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१ -०२ ०५१ प २७५९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने सुर्य बहादुर थिङ र ३६ वर्षीय हिरालाल तामाङरहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३६ एम्पुल, नोर्फिन ३७ एम्पुल र फेनारगन ३७ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २३ वर्षीय साजन ठकुरी र २२ वर्षीय अर्जुन गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय वालिङ समेतबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ५४५१ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२ देवकोटा चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनारगन ३० एम्पुल सहित लमजुङ बेसीशहर नगरपालिका-३ बस्ने २४ वर्षीय सुरेश परीयारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामोल ६० ट्याब्लेट र स्पास्मो १८ ट्याब्लेट सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-३ बस्ने २२ वर्षीय राजेन्द्र खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ बस्ने २५ वर्षीय मनिष घर्तीमगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ रांगा मार्केट चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ सौडियार सुकारी टोल बस्ने २६ वर्षीय प्रविन घर्तीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०५-१०

काठमाडौं, वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका-१ बस्ने २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका-१५ बस्ने ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।  पक्राउ मध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुसनलाई काठमाडौं महानगरपालिका-९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा आठ जना पक्राउ
२०८२-०५-१०

स्याङ्जा, वालिङ नगरपालिका-५ बाहुनडाँडा बस्ने ३२ वर्षीय ढाल बहादुर थापाको हत्यामा संलग्न रहेको अभियोगमा ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका-५ बस्ने २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोरे भन्ने गुरू प्रसाद लम्साल, २३ वर्षीय विश्वास वाग्ले, १७ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय  निशान थापा, चापाकोट नगरपालिका-०५ बस्ने २४ वर्षीय अनिल शाही ठकुरी र १८ वर्षीय किशोर रहेका छन् । वालिङ नगरपालिका-५ जर्कोटस्थित मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा वादविवादको क्रममा ढाल बहादुरलाई शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा उपचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको थियो । अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई स्याङ्जा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाबाट नवनिर्मित भवनको उद्‌घाटन
२०८२-०५-०९

सुर्खेत, प्रहरी महानिरीक्षक दिपक थापाले इलाका प्रहरी कार्यायल छिन्चु परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन, महिला आवास र भान्सा घरको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने हिंसा, घरेलु हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा लिएको बताउनुभयो । नयाँ भवन केवल संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतिक भएको एवम् नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा सुरक्षित गर्न समेत टेवा पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न एवम् घटित अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उल्लेख गर्दै समाजमा देखा परेका विकृति एवम् विसङ्गति नियन्त्रण गर्न तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्न नागरिकसँग समन्वय, सहकार्य एवम् हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. पुष्प राज शाही, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकाल र Security and Justice Program (SJP) का Senior Project Manager Simon Peter Obrien ले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल ३ करोड ३५ लाख २७ हजार ५ सय २५ रूपैयाँ ९ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।  उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०५-०९

पाँचथर, फिदिम नगरपालिका-४ नुमा मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त लिम्बु, कुम्मायक गाउँपालिका-४ बस्ने २७ वर्षीय रबिन लिम्बु र मोरङ मिक्लाजुङ गाउँपालिका-१ बस्ने ३२ वर्षीय सुमन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले बसन्तको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-८ रत्नचोक इन्द्र मार्ग बस्ने ५० वर्षीय रमेश थापालाई अवैध लागूऔषध गाँजा ४ किलो १ सय ग्राम, नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ६१ एम्पुल, डाईजेपाम १ सय ३५ एम्पुल, फेनारगन १ सय ६४ एम्पुल र डिजिटल तराजु १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाद्वारा कर्णाली प्रदेश प्रहरी कार्यालय निरीक्षण
२०८२-०५-०९

सुर्खेत, प्रहरी महानिरीक्षक दिपक थापाले सोमबार कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ । निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कार्यालयमा रहेका विभिन्न शाखाहरूको निरीक्षण तथा अवलोकन गर्नुका साथै सो सम्बन्धी जानकारी समेत लिनुभयो । साथै उहाँले कर्णाली प्रदेश प्रहरी कार्यालयको परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।  निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले भौगोलिक जटिलताको बाबजुद उपलव्ध सीमित स्रोत साधन र जनशक्तिको उच्चतम उपयोग गरी समग्रमा प्रदेशस्थित शान्ति सुव्यवस्था अमन चयन कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् एवम् ट्राफिक व्यवस्थापन लगायतका कार्यमा प्रहरी कर्मचारीहरूले देखाएको व्यावसायिकता र निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक थापाले लागूऔषध कारोबार, सवारी दुर्घटना, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध, चोरी पैठारी जस्ता गतिविधिहरू प्रदेशमा चुनौतिको रूपमा देखापरेको बताउँदै यस्ता गतिविधिलाई न्यूनीकरण तथा नियन्त्रणको लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम संचालन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्या सम्बोधनमा थप संवेदनशील भई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, पुराना तथा पेण्डिङ मुद्दाहरूको फर्छ्यौट एवम् फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन थप सक्रिय हुनुपर्ने, ट्राफिक व्यवस्थापनमा अझ शिष्ट व्यवहार प्रदर्शन गर्नुपर्ने तथा भीड नियन्त्रणमा धैर्यता एवम् थप संयमता अपनाई कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै कर्णाली प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०५-०९

नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-४ रमुवापरबाट नियन्त्रित लागूऔषध फेनारगन २५ एम्पुल, बुप्रेनोर्फिन २५ एम्पुल र डाईजेपाम २३ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका-२ पाखापानी बस्ने ३७ वर्षीय किसन नेपाली र २२ वर्षीय राजेन्द्र नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनीहरू उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१ निलोगेटस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुल र डाईजेपाम १३ एम्पुल सहित रूपन्देही बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने ३३ वर्षीय सुनिल परियारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४७ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दिल्ली कटिहार शिवानापुर-४ बस्ने ३० वर्षीय मोहमद सद्‍दाम हुसेन र कटिहार खरसोता-५ बस्ने ३२ वर्षीय बमकिम कर्मकार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम ४ सय ८० मिलिग्राम र नगद १४  हजार १ सय ७० रूपैयाँ सहित ६ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २३ वर्षीय अलताप सेख, सोही नगरपालिका-७ बस्ने १९ वर्षीय रमित राजवंशी, २९ वर्षीय सुमित पासी, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय राज श्रेष्ठ, धादिङ रुवी भ्याली गाउँपालिका-५ बस्ने २४ वर्षीय गुम लामा र काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने १९ वर्षीय न्यान्जी तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, कन्काई नगरपालिका-३ कालीस्थान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेश मुखिया सुनुवार र सोही नगरपालिका-३ बस्ने ४२ वर्षीय चन्द्र पौडेल रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुर्खेत, भेरीगंगा नगरपालिका-१२ ठकुरी टोल बस्ने २१ वर्षीय राजन विक र २६ वर्षीय आकाश बुढालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले राजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०५-०९

काठमाडौं, नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१ टाक्सिण्डो बस्ने ३३ वर्षीय लाक्पा शेर्पालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-२६ गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध सुनको खरीद बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सुन जस्तो देखिने धातु १ किलोग्राम सहित पक्राउ गरेको हो । साथै उक्त सुन जस्तो देखिने धातुको परीक्षण गर्दा सुन नभई सुन जस्तो भान पारी लाक्पाले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०५-०९

झापा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादर तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  नुवाकोट, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमाम बिदुर नगरपालिका-३ मैरीटार बस्ने ३५ वर्षीय बाबुराम माझीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । माझीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०५-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ९ सय ५० एम्पुल, नोर्फिन १ हजार ९ सय ५० एम्पुल, फेनारगन १ हजार ९ सय ५० एम्पुल र ट्रामाडोल २ सय ४० ट्याब्लेट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच बलाई गाउँ बस्ने ३५ वर्षीय किस्मत अलि र २८ वर्षीय शाहरूख अलि रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले रक्सौलबाट काठमाडौतर्फ आउँदै गरेको वीआर ०१ पिबी १८०२ नम्बरको सुमो जाँच गर्ने क्रममा सुमोमा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी चालक किस्मत र सुमोमा सवार शाहरूखलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरी कार्ययोजना-२०८० र कार्यसम्पादन सम्झौता २०८१/०८२ को वार्षिक समीक्षा तथा आ.व. २०८२/०८३ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न
२०८२-०५-०८

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना-२०८० तथा आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको वार्षिक प्रगति समीक्षा कार्यक्रम आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक थापा र विभागीय प्रमुखहरू तथा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू एवम् प्रतिनिधिबीच आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर समेत भएको छ ।  आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन सम्झौतामा प्रहरी महानिरीक्षक दिपक थापा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजु, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङ, नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मा, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धि बिक्रम शाहबीच हस्ताक्षर भएको हो । साथै प्रहरी महानिरीक्षक दिपक थापा र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिबीच भर्चुअल माध्यमबाट हस्ताक्षर भएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर प्रहरी महानिरीक्षक र विभागीय प्रमुखहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबीच भएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयन र कार्य विवरणको विश्लेषण गर्दा कार्य प्रगतिको अवस्था सन्तोषजनक रहेको तथा आज सम्पन्न भएको कार्यसम्झौताको लक्ष्य प्राप्ति गर्न सबै जना एकजुट भएर शुरू समयदेखि नै कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास र रूपान्तरण गर्न तथा उद्देश्य हासिल गर्न कार्ययोजनामा रहेका सम्पूर्ण लक्ष्य प्राप्ति अत्यन्त जरूरी रहेको विचार व्यक्त गर्दै प्रहरी सेवालाई चुस्त दुरूस्त एवम् प्रभावकारी बनाउन यो कार्यसम्पादन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।   कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले नेपाल प्रहरी कार्ययोजना,२०८० तथा आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौता प्रगति समीक्षा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरू एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८२-०५-०८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५४औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक, जागरूक तथा अनुशासित भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक केशव कुमार न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान ४३ जना गरी कुल ५६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०५-०८

 सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय २० मिलिग्राम सहित मोरङ रंगेली नगरपालिका-३ घर भएका ३१ वर्षीय आषिश राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.३१ प ९९८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-७ बालग्रामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४८ ग्राम र नगद ७६ हजार १ सय रूपैयाँ सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामधुनी नगरपालिका-६ घर भएका २८ वर्षीय विप्लब चौधरी र इलाम फाकफोकथुम गाउँपालिका-६ घर भएकी २७ वर्षीया सुस्मा राई रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-१० पाथिभरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम र नगद २ हजार ९ सय २० रूपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय संन्दिप लिम्बु र २४ वर्षीय अर्जुन सुब्बा रहेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-५ शुभ बिहानी टोल बस्ने ३३ वर्षीय सुरज गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्र.१-०१-०१२ प १०४६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गड्डाचौकी ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने २३ वर्षीय दिवाकर सिंह पन्त समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ३६ एडी ५५६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित उदयपुर कटारी नगरपालिका-२ खोक्सा टोल बस्ने २८ वर्षीय चेत बहादुर पौडेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-२ मैनाबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ श्रीरामटोल बस्ने ३७ वर्षीय अमग राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जितगढी किल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ मझुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय रमेश साहानीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जितगढी किल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बाँके, कोहलपुर नगरपालिका-१२ चप्परगौडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम र नगद ७ हजार रूपैयाँ सहित सोही नगरपालिका-१३ बस्ने २३ वर्षीय मोतिराम बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडी र इलाका प्रहरी कार्यालय कोहलपुबाट खटिएको प्रहरीले भे.९ प ७१९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गाबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३५ ट्याब्लेट सहित सोही महानगरपालिका-११ फुलवारी बस्ने ३० वर्षीय अर्जुन शाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०५-०७

काठमाडौं महानगरपालिका-१५ विजेश्वरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम १४ एम्पुल, फेनारगन १४ एम्पुल, नोर्फिन १४ एम्पुल र नगद १० हजार ८ सय ८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने काभ्रे तेमाल गाउँपालिका-७ घर भएका ३१ वर्षीय पेम्बा तामाङ समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   झापा, गौरीगंज गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय ५० मिलिग्राम सहित दमक नगरपालिका-९ धरना टोल बस्ने २९ वर्षीय डिकेश मुण्डा समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले आँपगाछीबाट पूर्व तुलाचन चोकतर्फ आउँदै गरेको प्र.१-०१-०१३ प ७०९२  नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१७ डिवामन्दिर नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१६ बस्ने २० वर्षीय रियाज खानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पँचपोखराबाट नदै गाउँतर्फ आउँदै गरेको युपि ३२ एनयु ७४३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रबिन धानुकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ लक्ष्मीटोल बस्ने २८ वर्षीय अनिल गोडियालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको       छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ३ सय २० ग्राम सहित चितवन राप्ती नगरपालिका-१ बस्ने ४२ वर्षीय सन्चलाल चेपाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ००४२ नम्बरको गाडीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०५-०७

अर्घाखाँची, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रदेव गाउँपालिका-८ निन्युडाँडा बस्ने ४० वर्षीय मेगराज नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेगराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खन र प्रहरी चौकी अर्घातोषबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  इलाम, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-९ बरबोटे बस्ने २२ वर्षीय अमित गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अमितले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रथम महिला प्रहरी सम्मेलन सम्पन्न
२०८२-०५-०६

काठमाडौं, गृहसचिव गोकर्णमणि दुवाडीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा 'साझा जिम्मेवारी समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका' भन्ने मूल नाराका साथ संचालित दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुक्रबार आयोजित विशेष समारोहबीच सम्पन्न भएको छ । समारोहमा गृहसचिव दुवाडीले विभिन्न विधामा उत्कृष्ट भूमिका निर्वाह गर्ने महिला प्रहरी कर्मचारीहरू, सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउनु हुने महानुभाव तथा विभिन्न संघसंस्थाहरूलाई कदरपत्र, पुरस्कार एवम् प्रशंसापत्र प्रदान गर्नुभयो ।  समारोहलाई सम्बोधन गर्दै गृहसचिव दुवाडीले सम्मेलनले नेपाल प्रहरीको इतिहासमा लैङ्गिक समावेशीकरण र सशक्तिकरणको यात्रामा नयाँ अध्यायको सुरूवात गरेको चर्चा गर्दै नेपाल प्रहरीमा पहिलो पटक देश भरका महिला प्रहरी कर्मचारीहरू, अवकाश प्राप्त महिला प्रहरी अधिकृतहरू, महिला सशक्तिकरण र लैङ्गिक समानताको क्षेत्रमा काम गर्ने समाजका महानुभावहरूलाई एकै मञ्चमा ल्याएर छलफल, अनुभव आदान प्रदान र भविष्यको अवसर तथा नेतृत्वको विषयबारे विचार गर्न यो सम्मेलनले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा सहभागी विषय विज्ञहरूको विज्ञता, विभिन्न अनुसन्धानको प्रतिवेदन प्रस्तुती, सहभागीहरूको विचार एवम् अनुभवको आदान प्रदान, अन्तर्क्रिया र छलफलबाट नेपाल प्रहरीलाई महत्वपूर्ण पृष्ठपोषण, सल्लाह एवम् सुझाव प्राप्त भएको र लैङ्गिक संवेदनशील प्रहरी सेवाको सुदृढिकरणको लागि प्रभावकारी रणनीति तर्जुमा गर्नको लागि समेत यो सम्मेलन अत्यन्तै महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । गृहसचिव दुवाडीले सम्मेलनबाट जारी भएको घोषणापत्र तथा प्रतिवेदन अत्यन्तै गहन एवम् महत्वपूर्ण रहेको र यसको कार्यान्वयनको लागि विशेष आग्रह गर्नुका साथै सम्मेलनबाट प्राप्त विचार तथा निष्कर्षहरू आगामी दिनमा नीति निर्माण र संस्थागत सुधारका लागि मार्गदर्शक सिद्धान्तको रूपमा अबलम्वन गर्न आवश्यक रहेको बताउनुभयो । सम्मेलनबाट प्राप्त ज्ञान र अनुभवले महिला प्रहरी कर्मचारीहरूको सशक्तिकरणमा मात्रै नभई नागरिक सेवा प्रवाहमा क्षमता अभिवृद्धि, समुदायमा विश्वास, संस्थागत सबलीकरण र सुदृढिकरणका साथै प्रहरी संगठनलाई थप न्यायिक, उत्तरदायी एवम् समाजमैत्री बनाउन समेत उल्लेखनीय योगदान पुर्‍याउने उहाँले बताउनुभयो । नेपाल प्रहरी संगठन सहित महिला प्रहरी कर्मचारीहरूको क्षमता विकास तथा दक्षता अभिवृद्धि, सक्रिय सहभागीता, प्रभावकारी नेतृत्व तथा समग्र वृत्तिविकासमा गृहमन्त्रालयले निरन्तर अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै सम्मेलनमा व्यक्त भएका विचारहरू, विभिन्न विषयमा विज्ञहरूको विश्लेषण, अनुसन्धान प्रतिवेदनका प्रस्तुतीहरू, सहभागीहरूको अनुभवको आदान प्रदान र अन्तर्क्रिया मार्फत नेपाल प्रहरीलाई महत्वपूर्ण पृष्ठपोषण तथा सुझावहरू प्राप्त भएको बताउँदै सम्मेलनबाट प्राप्त भएका सुझाव एवम निष्कर्षहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।   प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने, ट्राफिक व्यवस्थापन लगायतका क्षेत्रमा समेत महिला प्रहरी कर्मचारीहरूले उल्लेखनीय कार्य गरेको चर्चा गर्दै आगामी दिनमा समेत उच्च मनोबल र थप जोश जाँगरका साथ नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । नेपाल प्रहरीमा महिला प्रहरीका लागि अझ उत्कृष्ट अवसर र वातावरण सृजना गर्न संगठन सदैव गतिशील रहेको बताउँदै महिला प्रहरी कर्मचारीहरूको सशक्त भूमिका निर्माणका लागि मार्गनिर्देशन गर्न र प्रहरी सेवालाई समावेशी, व्यावसायिक एवम् जनमुखी बनाउन यस सम्मेलन कोशेढुंगा सावित भएको विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक राजन आधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सम्मेलनबाट पारित गरिएको घोषणापत्र बारे जानकारी दिनुभएको थियो । सो अवसरमा त्रिभुवन विश्व विद्यालयका Department of Gender Studies का प्रा.डा. विन्दु पोखरेलले सम्मेलनको गहनता, आवश्यकता र औचित्यता सहितको मन्तव्य तथा सम्मेलनमा सहभागीहरूको तर्फबाट प्रहरी नायव निरीक्षक संगीता रसाइलीले आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, सञ्चारकर्मीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थितिका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रदेशस्थित सम्पूर्ण महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।   लैङ्गिक समानता र लैंङ्गिक न्यायलाई मूलप्रवाहिकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ को कार्यनीतिको कार्य योजनामा केन्द्रीय स्तरमा उक्त सम्मेलनको आयोजना गरिएको थियो । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०५-०६

काठमाडौं, वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा इडियु सर्च नेपाल बानेश्वरका संचालक ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने कास्की पोखरा महानगरपालिका-१४ घर भएका २९ वर्षीय बसन्त कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बसन्तले युके पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

अवैध लागूऔषध ब्राउनसुगर सहित चार जना पक्राउ
२०८२-०५-०६

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय २० मिलिग्राम र नगद १ लाख ५ हजार रूपैयाँ सहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भएका ३७ वर्षीय सोनाम तामाङ, ३३ वर्षीय पुष्प तामाङ, काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँ बस्ने ३० वर्षीय रोशन आले र धादिङ ज्वालामूखी गाउँपालिका-३ घर भएका २७ वर्षीय सन्देश अर्याल रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०५-०६

काठमाडौं, टोखा नगरपालिका-९ लक्ष्मीनगरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, नोर्फिन ४१ एम्पुल र नगद १४ हजार रूपैयाँ सहित सोही नगरपालिका-३ धनेश्वर बस्ने २७ वर्षीय संगम सिंह थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनलाई लागूऔषध सहित पक्राउ गरेको हो ।   सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ७ सय ७० मिलिग्राम सहित सिराहा कल्याणपुर नगरपालिका-११ बस्ने सुनसरी घर भएका २३ वर्षीय जितेन्द्र कुमार राउतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश-०४-००१ ज ०१५५ नम्बर ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मुलपानी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय चक्र बहादुर शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-५ देउरालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ७३ ट्याब्लेट र डाईक्लोमाइन ५ सय ५९ ट्याब्लेट सहित सोही उपमहानगपालिका-५ देउराली बस्ने १९ वर्षीय समिर माझीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्यामचौक समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी, सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१० बस्ने २४ वर्षीय अर्जुन चम्लागाई र ३५ वर्षीय हमे कुमार माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ डेरा गरी बस्ने सप्तरी घर भएका ३७ वर्षीय सत्य नारायण यादवलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय २८ ग्राम र डिजिटल तराजु १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।यसैगरी सुनसरी, कोशी गाउँपालिका-७ हरिपुरबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ९ सय ४० ग्राम सहित धनकुटा सहिदभूमी गाउँपालिका-७ बस्ने ५० वर्षीय रूद्र बहादुर राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरीले धरानबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २१८७ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्क चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-८ बस्ने २५ वर्षीय हरि धमलालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम सहित मधुवन नगरपालिका-७ बिजयकालिका टोल बस्ने ३८ वर्षीय महेन्द्र सुवेदीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, हरिपुर्वा नगरपालिका-५ बस्ने ४५ वर्षीय रूपेश साह र उनकै श्रीमती ३५ वर्षीया प्रतिमा कुमारी साहलाई अवैध लागूऔषध गाँजा २० किलो ३ सय ४० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।   बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम १० मिलिग्राम सहित कलैया उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय सुरज प्रसाद सोनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, गौरीगञ्ज गाउँपालिका-१ नेपाल भारतको सिमा एरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने  पदार्थ ६ ग्राम १६ मिलिग्राम सहित कमल गाउँपालिका-५ बस्ने ३१ वर्षीय धनेस सहनीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुञ्जिबारी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ८००३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, जानकी गाउँपालिका-१ सुवर्णपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय अमित शाह, ४४ वर्षीय नारायण शाह र २२ वर्षीय आशिष शाह रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सप्तरी, सप्तकोशी नगरपालिका-२ पर्साबाट अवैध लागूऔषध गाँजा करिब २४ किलो १ सय ४५ ग्राम सहित उदयपुर बेलका नगरपालिका-९ बस्ने ३२ वर्षीय मिलन श्रेष्ठलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उदयपुरबाट फत्तेपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०५१ प ४०६१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०५-०६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने प्युठान, प्युठान नगरपालिका-८ घर भएका ३९ वर्षीय शान्त बहादुर विक, काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ घर भएका २६ वर्षीय प्रल्हाद खत्री, काभ्रे बनेपा नगरपालिका-८ बस्ने सिराहा कर्जन्हा नगरपालिका-८ घर भएका ४४ वर्षीय महमद हातीम र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-४ घर भएका ४६ वर्षीय तारा बस्नेत तामाङ रहेका छन् । पक्राउ मध्ये शान्त बहादुरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, प्रल्हादले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, महमदले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र ताराले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शान्त बहादुरलाई काठमाडौं महानगरपालिका-२९ बाट, प्रल्हादलाई काठमाडौं महानगरपालिका-२६ बाट र महमदलाई काभ्रे बनेपा नगरपालिका-७ बाट बुधबार तथा तारालाई बुढानिलकण्ठ नगरपालिका-२ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।  

स्रोत नखुलेको नगद सहित पक्राउ
२०८२-०५-०६

पर्सा, वीरगंज महानगरपालिका-२ घुसुकपुर ईदगाह चोकबाट स्रोत नखुलेको नगद १४ लाख १३ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२ घुसुकपुर बस्ने ३९ वर्षीय संजय कुमार साह र बारा महागढीमाई नगरपालिका-४ बगडमपुर बस्ने ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बीआर ०५ एबि ७७६१ नम्बर र प्रदेश २-०३-००२ प ५५४४ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति पक्राउ
२०८२-०५-०५

काठमाडौं, जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी कपिलवस्तु वाणगंगा नगरपालिका-३ घर भएका दिपक कुमार श्रेष्ठ बुधबार पक्राउ परेका छन् । बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई २० मा उनी विरूद्ध डिफ्युजन जारी भएको थियो ।उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

कोरिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०५-०५

काठमाडौं, वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका-१ घर भएकी ३८ वर्षीया साहारा सुव्वा (थेवे) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले हाल सम्म ९ जना पीडितहरूबाट कोरिया पठाइदिन्छु भनि १ करोड ८ लाख ३० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०५-०५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवट बस्ने १९ वर्षीय दिपेश सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० ग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध हेटौंडा उपमहानगरपालिका-१३ बनस्पति बस्ने २२ वर्षीय सुशान्त थोकरसँग खरिद गरेको खुल्न आएपश्चात प्रहरीले सुशान्तलाई समेत पक्राउ गरेको छ ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्क चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-८ बस्ने २५ वर्षीय हरि धमलालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ
२०८२-०५-०५

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित विशेष समारोहबीच 'साझा जिम्मेवारी समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका' भन्ने मुल नाराका साथ दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ भएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्‍घाटन गर्नुभएको हो ।समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरी संगठनमा आवद्ध भई संगठनलाई अझ गौरवान्वित बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने प्रथम महिला प्रहरी चैतमाया डंगोल, अवकाश प्राप्त प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा र प्रहरी नायव निरीक्षक जुनी राईलाई सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले सम्मेलन विशेषाङ्कको विमोचन गर्नुका साथै सम्मेलनको ब्यानरमा हस्ताक्षर तथा महिला प्रहरी सम्बन्धी गीतको शुभारम्भ समेत गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले यस सम्मेलनको शुभारम्भले लामो इतिहास बोकेको नेपाल प्रहरी संगठनको लागि आजको दिन ऐतिहासिक तथा उपलब्धिमूलक बनेको चर्चा गर्दै यस सम्मेलनको पूर्ण सफलताको कामना समेत गर्नुभयो । साथै समारोहमा सम्मानीत हुने व्यक्तित्वहरूले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै त्यस्ता प्रदर्शित भूमिकाहरूले संगठनमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको लागि प्रेरणा, उत्साह एवम् मार्गनिर्देशन समेत प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । गृहमन्त्री लेखकले समाजले महिला र पुरूषलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै आजका दिनमा महिला दिदी बहिनीहरूले गरेका साहसिक तथा प्रेरणादायी कार्यहरूले अन्धविश्वास तथा परम्परालाई तोड्दै महिला पनि पुरूष भन्दा अगाडि छन् भन्ने कुरा स्थापित गर्न सफल भएको उल्लेख गर्नुभयो । सुरक्षित समाज निर्माणमा महिलाहरूको भूमिका विशिष्ट हुने चर्चा गर्दै नेपाल प्रहरीमा पनि महिला प्रहरी कर्मचारीहरूले प्राप्त गरेका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको बताउनुभयो । समानता, सशक्तिकरण एवम् सम्भावनाका विषयहरूमा महिला प्रहरी कर्मचारीहरूलाई विशेष ढंगले प्रोत्साहित गर्ने तथा अवसरहरू प्रदान गर्ने कुरामा विशेष ध्यान दिई अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहमन्त्री लेखकले समाजमा यौनजन्य घटनाहरू अत्यन्तै तीव्र रूपमा बढि राखेको तथा लागूऔषध, सवारी दुर्घटना, आत्महत्या र साइबर अपराध चुनौतिका रूपमा देखा पर्नुका साथै यस्ता अपराधहरूबाट सबै भन्दा बढि महिला तथा बालबालिका पीडित हुने बताउँदै यस्ता अपराधहरूको न्यूनीकरण तथा नियन्त्रणमा महिला प्रहरीको उपस्थिति अझ बढि प्रभावकारी हुने बताउनुभयो । देश भरी महिला बालबालिका तथा जेष्ठ नागरिकका विरूद्ध हुने अपराध जन्य घटनाहरूको सम्बोधनका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूलाई थप क्रियाशील गरी  महिला बालबालिका तथा जेष्ठ नागरिकका सुरक्षाका निम्ति थप संवेदनशील भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।  गृहमन्त्री लेखकले गत आर्थिक वर्षमा गृह मन्त्रालयको समग्र कार्यसम्पादनमा प्राप्त उपलब्धीमा नेपाल प्रहरीले निर्वाह गरेका कार्यहरू महत्वपूर्ण रहेको चर्चा गर्दै यस आर्थिक वर्षमा पनि गत आर्थिक वर्षको जस्तै उपलब्धीहरू प्राप्त गर्न थप व्यावसायिकता प्रदर्शन गर्दै उच्च मनोबलका साथ नागरिकका प्रति अत्यन्तै विनम्र भएर तथा अपराधी प्रति अत्यन्तै निर्मम भएर जिम्मेवारी वहन गर्न कटिवद्ध हुनुपर्ने बताउनुभयो । समारोहमा न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, महान्यायाधिवक्ता रमेश वडाल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेत एवं British Embassy, Kathmandu का Acting Deputy Head of Mission, Ms. Camilla Sugden ले सम्मेलनको महत्व र औचित्यबारे चर्चा गर्दै आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै लैङ्गिक समानता र लैङ्गिक न्यायलाई  मूलप्रवाहिकरण गर्ने उद्देश्य राखी नेपाल प्रहरीले शुभारम्भ गरेको यस सम्मेलन ऐतिहासिक रहेको उल्लेख गर्नुभयो । नेपाल प्रहरीमा आवद्ध पूर्व महिला प्रहरी कर्मचारीहरूले गरेको योगदान अतुलनीय रहेको चर्चा गर्दै संगठनमा महिला प्रहरी कर्मचारीहरूको सहभागिता बढ्दै गइरहेको वर्तमान अवस्थामा यस सम्मेलनले अवकाश प्राप्त महिला प्रहरी कर्मचारीहरूको अनुभवको आदान प्रदानका साथै आगामी दिनमा महिला प्रहरी कर्मचारीहरूलाई आवश्यक मार्गनिर्देशन गर्न कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीमा महिला प्रहरीको उपस्थितिलाई केवल संख्या र तथ्याङ्कमा मात्र प्रस्तुत गर्ने भन्दा पनि महिला प्रहरीको प्रभावकारी, गुणात्मक र नेतृत्वदायी सहभागितालाई विशेष जोड दिइएको बताउँदै महिला प्रहरीको सशक्तिकरणमा केन्द्रीत यस ऐतिहासिक सम्मेलन ज्ञान, प्रेरणा र परिवर्तनको संवाहक हुने विश्वास व्यक्त गर्नुभयो ।समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा महिला प्रहरीको इतिहास र नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ सम्बन्धी वृत्तचित्र समेत प्रदर्शनी गरिएको थियो ।समारोहमा गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू लगायत आमन्त्रित महानुभवहरूको उपस्थितिका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रदेशस्थित सम्पूर्ण महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।लैङ्गिक समानता र लैंङ्गिक न्यायलाई मूलप्रवाहिकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ को कार्यनीतिको कार्य योजनामा केन्द्रीय स्तरमा उक्त सम्मेलनको आयोजना गरिएको हो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०५-०५

  डोटी, दिपायल सिलगढी नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ९ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ कैलडा बस्ने २३ वर्षीय उपेन्द्र शाहु र आदर्श गाउँपालिका-१ बाँझककनी बस्ने २३ वर्षीय सन्तोष खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले से.७ प ९०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, निजगढ नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित मकवानपुर घर भएका २५ वर्षीय सुशान्त मान्नधर समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पथलैयाबाट निजगढतर्फ आउँदै गरेको बा.३१ प ३१९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ कस्तुरी मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय सुनिल मगरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी  बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, विष्णुपुर गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम ३ सय १० मिलिग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ बस्ने ३८ वर्षीय दिनेश सुनार समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले सिराहाबाट चौहर्वातर्फ आउँदै गरेको प्र.२-०१-००१ ज ००४३ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७३ मिलिग्राम सहित स्याङ्जा आँधीखोला गाउँपालिका-२ बस्ने ३७ वर्षीय ख्याम बहादुर गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ओखलढुंगा, सिद्धिचरण नगरपालिका-११ मिलनचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९१ ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका-१२ बस्ने २६ वर्षीय सागर केसी र सोही नगरपालिका-९ बस्ने २६ वर्षीय चुरेन्द्र खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र अस्थायी प्रहरी पोष्ट मिलनचोकबाट खटिएको प्रहरीले केत्तुकेबाट रमाईलोडाँडातर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ
२०८२-०५-०५

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा गोरखा, गोरखा नगरपालिका-४ बस्ने २८ वर्षीया सरिता सिर्मललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सरिताले पीडितहरूलाई विभिन्न प्रलोभन देखाई ललाई फकाई हेटौंडाबाट वीरगंज हुँदै भारतको रक्सौलतर्फ लैजान लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट पक्राउ गरेको हो । साथै प्रहरीले तीन जना पीडितहरूलाई उद्दार समेत गरेको छ ।  उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप  अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०५-०५

काठमाडौं, आफ्नै श्रीमती ३५ वर्षीया सर्मिला मग्रातीको हत्या गरेको अभियोगमा तारकेश्वर नगरपालिका-१ बस्ने ३३ वर्षीय भिमसेन मग्रातीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । भिमसेनले सर्मिलालाई करूवा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । रौतहट, यमुनामाई गाउँपालिका-५ फतुवा बस्ने २२ वर्षीय साहबुदिन मियाको हत्या गरेको अभियोगमा गौर नगरपालिका-३ बस्ने २० वर्षीय सोनु भन्ने सनोज रामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका-५ स्थित बाँसघारीमा सनोजले चक्कु प्रहार गर्दा साहबुदिन गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका साहबुदिनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगीमा संलग्न व्यक्ति पक्राउ
२०८२-०५-०५

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने भोजपुर टेम्केमैयुङ गाउँपालिका-९ घर भएका २७ वर्षीय सन्जिव राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । NEPALESE ARMY INSTUTE OF HEALTH SCIENCES (NAIHS) मा हेल्थ एसिस्टेन्ट विषयमा अध्ययन गर्नको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाली दिने विश्वास दिलाई पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-७ चाबहिलबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०५-०५

    संखुवासभा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदबारी नगरपालिका-८ बस्ने १९ वर्षीय पुस्कर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पुस्करले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  रोल्पा, ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रून्टीगढी गाउँपालिका-८ चिउरीपानी बस्ने ४० वर्षीय लोक बहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लोक बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८२-०५-०४

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहबीच नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक थापाले पानसमा दीप प्रज्वलन गरी उद्‍घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघबाट प्रकाशित वार्षिक स्मारिका “सहचरी २०८२” को विमोचन समेत गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले निस्वार्थ सेवाभावले सामाजिक सेवाको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मुर्ति अनिल, वरिष्ठ कलाकार हरिवंश आचार्य, समाजसेवी उत्तम पुडासैनी र राम बहादुर न्यौपानेलाई सम्मानपत्र प्रदान गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै संघले आफ्नो स्थापनाकाल देखिनै मानव सेवा एवम् समाज सेवामा समर्पित भई उल्लेखनीय कार्यहरू गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनमा अझ निस्वार्थ भावले सामाजिक, मानवीय एवम् परोपकारी सेवा प्रवाहमा निरन्तर रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । संघले विभिन्न संघसंस्थासँग समन्वय, सहकार्य एवम् हातेमालो गर्दै समाजमा देखा परेका समस्याहरूको समाधान गर्दै आइरहेको र आगामी दिनहरूमा थप समन्वय र सहकार्यको क्षेत्र पहिचान गरी कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । समारोहमा विशिष्ट अतिथि नेपाल प्रहरी श्रीमती संघका संस्थापक अध्यक्ष बसुन्धरा लामाले नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रीन, सामाजिक अभियन्ता कबिता पौडेल पन्त, प्रहरी उपरीक्षक बसुन्धरा खड्का र प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई सम्मानपत्र प्रदान गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापाले संघका विभिन्न कार्यहरूमा सहयोग पुर्‍याउनुहुने संघका पदाधिकारीहरू एवम् प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  समारोहमा संघकी अध्यक्ष थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघले आफ्नो स्थापनाकाल देखि हालसम्म सेवा, समर्पण र सहकार्यलाई आफ्नो मुल आधार बनाउँदै प्रहरी परिवारको लागि मात्र नभई समाजको हितको लागि निरन्तर योगदान पुर्‍याउँदै आइरहेको बताउनुभयो । संघले आगामी दिनमा आफ्नो सामर्थ्यलाई नयाँ ढंगले विस्तार गरी प्रहरी परिवार र सर्वसाधरणको हितको लागि अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।  नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रीनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा सहचरी गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो ।  सो अवसरमा संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष, सैनिक श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत तीन वटै संघका पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू एवम् आमन्त्रित अतिथिहरूको समेत उपस्थिति रहेको थियो ।

ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाको फरार प्रतिवादीहरू पक्राउ
२०८२-०५-०४

ललितपुर, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा संलग्न २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खटाङ  घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-१७ शिवटोल बस्ने २६ वर्षीय सिमन राई र महालक्ष्मी नगरपालिका-३ ईमाडोल बस्ने १८ वर्षीय किशोर रहेका छन् ।  गोदावरी नगरपालिका-१४ ठैब दमाईटार सडकमा भदौ १ गते राति बि एएच ९३४५ नम्बरका ट्याक्सी चालकलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको र चालकको साथमा रहेको नगद, मोबाइल एवम् चाँदीको सिक्री समेत डाँका चोरी गरी फरार भएको घटनाको अनुन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई  ललितपुर महालक्ष्मी नगरपालिका-१ शिवटोलबाट पक्राउ गरेको हो ।  उनीहरू उपर ज्यान मार्ने उद्योग र डाँका चोरी कसूरमा जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०५-०४

    काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ नारायणटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याव्लेट सहित सोही नगरपालिका-४ गोकर्ण बस्ने २५ वर्षीय अनिष श्रेष्‍ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा. प्र.०२-०३७ प ९६५४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह चेकपोष्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-१ बस्ने २७ वर्षीय आकाश थापा मगर र २६ वर्षीय जीवन थापा मगर रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतको बलइगाउँबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, विष्णुपुर गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम ३ सय १० मिलिग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ बस्ने ३८ वर्षीय दिनेश सुनार समेत तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले सिराहाबाट चौहर्वातर्फ जाँदै गरेको प्र.२-०१-००१ज ००४३ नम्बरको विङ्गरलाई  जाँच गर्ने क्रममा विङ्गरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०५-०४

चितवन, भरतपुर महानगरपालिका-९ बसपार्कस्थित होटलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ हजार ४ सय ट्याब्लेट सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार चनपरिया घर भएका २४ वर्षीय आर्यन कुमार, पर्सा ठोरी गाउँपालिका-२ बस्ने २५ वर्षीय सुर्य लामा, २१ वर्षीय बिनायक तामाङ र चितवन कालिका नगरपालिका-१० बस्ने २१ वर्षीया शान्ती गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उक्त होटलको १०६ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  रौतहट, गुजरा नगरपालिका-२ मोजेवान टोल बस्ने ५५ वर्षीय गोपाल बहादुर थिङलाई अवैध लागूऔषध गाँजा ३ किलो ५० ग्राम, ७८ हजार ३५ नेपाली रूपैयाँ र ६ सय १० भारतीय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको    छ ।  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यसैगरी रौतहट, चन्द्रपुर नगरपालिका-२ बाट अवैध लागूऔषध गाँजा २० किलोग्राम सहित सोही नगरपालिका-२ फुलबारीटोल बस्ने २२ वर्षीय सुभास पुलामीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले बा.३१ प ३३१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।  मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० ग्राम सहित भारत दिल्ली साउथ भद्रपुर बस्ने ४३ वर्षीय सागीरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  यसैगरी मोरङ, रंगेली नगरपालिका-५ चाँदनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ११ ग्राम २ सय ७० मिलिग्राम सहित भारत विहार अररिया सिक्टी मुरारीपुर-१ घर भएका २९ वर्षीय ईम्तियाज अन्सारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले बिआर ३९ इ ३२९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, फेटा गाउँपालिका-१ त्रिवेणी बस्ने ४० वर्षीया पार्वती महतोलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, मायादेवी गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र प्रोमेथाजाइन १ सय एम्पुल सहित समरिमाई गाउँपालिका-३ थुमहवा बस्ने ३२ वर्षीय हरि चन्द्र तेलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.५८ प २२३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-३ बेलडाँगी बस्ने आशिष तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुर चेक पोस्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बढैया गाउँ बस्ने २१ वर्षीय भुपेन्द्र कुमार थारू र ३२ वर्षीय सन्जय दत्त चौधरी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ३ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय बिशाल लिम्बु र ३५ वर्षीय गणेश तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले प्रदेश १-०२-०५१ प ७७७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-५ जिरो किमि बस्ने सोही महानगरपालिका-१४  चाउथे घर भएका २२ वर्षीय दिपेन्द्र पुनलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्ति पक्राउ
२०८२-०५-०४

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरेको अभियोगमा मकवानपुर मनहरी गाउँपालिका-३ घर भएका ३९ वर्षीय मंगल सिं प्रजालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाई चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यामा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१० शंखमुलबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०५-०३

सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ६ सय २० मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-११ सलकपुर बस्ने ४५ वर्षीय लोक बिक्रम शाहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३१४९ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ रेल्वबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-१७ बस्ने २२ वर्षीय मौषम राई समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-९ डब्बा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही नगरपालिका-१० प्रयागपुर बस्ने ४३ वर्षीय सुरेश लोधलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले डब्बा गाउँबाट टपरा गाउँतर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८२-०५-०३

काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर भएका कल बहादुर बस्नेत पक्राउ परेका छन् । एनसिबि Abu Dhabi युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन ब्यूरो पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०५-०३

काठमाडौं, तारकेश्वर नगरपालिका-११ नेपालटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५५ ट्याब्लेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने झापा शिवसताक्षी नगरपालिका-४ घर  भएका १९ वर्षीय निकेश यादव र तारकेश्‍वर नगरपालिका-५ बस्ने काठमाडौं महानगरपालिका-२७ घर भएका २६ वर्षीय अश्विन परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । डडेलधुरा, अमरगढी नगरपालिका-५ बागबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने नवदुर्गा गाउँपालिका-१ घर भएका २४ वर्षीय सागर सिजपति र २१ वर्षीय डार्बिन रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ सिमानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-७ गुलरिया गाउँ बस्ने २४ वर्षीय निरन्जन यादव र २७ वर्षीय पवन कुमार यादव रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, गुलरिया नगरपालिका-६ शान्तिटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-७ घर भएका ४० वर्षीय नुर महम्मद नाउलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ साघुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित गुलरिया नगरपालिका-११ बस्ने २५ वर्षीय रूपेश खटिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, गुलरिया नगरपालिका-७  महाकवि टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-६ घर भएका ३२ वर्षीय अजमेयर अलि नाउ लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०५-०३

रूपन्देही, देवदह नगरपालिका-४ प्रगतिटोल बस्ने ३८ वर्षीय सन्त बहादुर कुमालको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय सुदिप जैसीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । सुदिपले विवादको क्रममा सन्त बहादुर र उनकै भाइ १९ वर्षीय सुमन कुमाललाई चक्कु प्रहार गर्दा दुबै जना गम्भीर घाइते भई उपचारको लागि देवदह मेडिकल कलेज भलुहीमा लगिएकोमा सन्त बहादुरको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०५-०२

रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ भबई बस्ने ४३ वर्षीय प्रशुराम लोधलाई अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी सुक्रौलीआमाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, गैडहवा गाउँपालिका-५ तेलेण्डिहवाबाट नियन्त्रित लागूऔषध प्रोक्सिको स्पास ३ सय ७० ट्याब्लेट सहित लुम्बिनी साँस्कृतिक नगरपालिका-६ सुण्डीहवा बस्ने २४ वर्षीय टोफिक अहमदलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले लुम्बिनीबाट मंगलपुरतर्फ आउँदै गरेको लु.१७ प ६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-०५-०२

मोरङ, उर्लाबारी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ५० ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-४ बस्ने ४३ वर्षीय केदार ओझा र मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने २२ वर्षीया एन्जिला दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले आमबारीबाट उर्लाबारीतर्फ आँउदै गरेको बा.३ च ७९८१ नम्बरको कारलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक केदार र कारमा सवार एन्जिलालाई पक्राउ गरेको हो ।  नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-३ मालपोत टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय १० मिलिग्राम सहित भारत महाराजगंज थाना ठुठिबारी ग्राम चटनिया बस्ने २८ वर्षीय सन्नि कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ठाकुरबाबा नगरपालिका-४ बस्ने २१ वर्षीय अबिशेष चौधरी र सोही नगरपालिका-१ बस्ने २१ वर्षीय विशाल खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-४ डेरा गरी बस्ने कृष्णपुर नगरपालिका-३ बाणी घर भएका २१ वर्षीय सन्दिप जोशीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको       छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाबाट दर्ज्यानी चिन्ह सुशोभन
२०८२-०५-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले हालै पदोन्नति हुनुभएका २ जना प्रहरी अधिकृतहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ३० गतेको निर्णयअनुसार साउन २८ गतेबाट लागू हुने गरी प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका बीरेन्द्र थापा र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका राजु अधिकारीलाई प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको वृहत्तर हितमा थप कटिवद्ध र जिम्मेवार भई सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक बीरेन्द्र थापाले संगठनको हितमा कर्तव्यनिष्ठ भई आ-आफनो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
२०८२-०५-०१

काठमाडौं, आफ्नै श्रीमती २७ वर्षीया ललिता विकको हत्या गरी फरार रहेका बुढानिलकण्ठ नगरपालिका-२ भंगाल बस्ने २८ वर्षीय सन्तोष सेन्चुरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-२६ गोगबु मित्रनगरस्थित कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा ललिताको हत्या भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न सन्तोषलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पर्सा वीरगंजबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा ललिता र सन्तोष बिच सम्बन्ध बिच्छेद गर्न भनी सहमती भई दुबै जना भिन्न बस्दै गरेको र २०८२ साउन २७ गते सम्बन्ध बिच्छेदको अन्तिम छलफल गर्ने भनी ललितलाई उक्त होटलमा बोलाई हत्या गरेको खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०५-०१

सुनसरी, धरान उपमहानगरपालिका-२० ओशो पार्कस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब ७२ किलोग्राम सहित ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-२० बस्ने ३० वर्षीय रूपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, इटहरी उपमहानगरपालिका-१० बस्ने धनकुटा सहिदभुमी गाउँपालिका-३ घर भएका ३४ वर्षीय प्रदिप राई र धरान उपमहानगरपालिका-१३ बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दिपक थापाबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न
२०८२-०५-०१

काठमाडौं, गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दिपक थापाबीच आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा आइतबार आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दिपक थापाले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौता आदान प्रदान समेत गर्नुभयो । कार्यक्रममा गृहमन्त्री रमेश लेखकले शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा चुनौतिको रूपमा देखा परेको लागूऔषध, साइबर अपराध, सवारी दुर्घटना एवम् आत्महत्या न्यूनीकरणमा अझ क्रियाशील भई परिणाममुखी ढंगले कार्य गर्नुपर्ने बताउनुभयो । कार्यसम्पादन सम्झौताको कार्यान्वयन गर्ने क्रममा परम्परागत शैली भन्दा पनि नविनतम् ढंगले नागरिकको समस्या समाधान गर्नुपर्ने उल्लेख गर्दै उपलब्ध स्रोतसाधन र जनशक्तिको व्यवस्थित परिचालन गरी सामूहिक भावनाका साथ जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । उक्त अवसरमा गृहसचिव दुवाडीले अहिले प्राप्त गरेको कार्यसम्पादनको प्रगति एवम् नतिजालाई आधार मानेर आगामी दिनमा अझ बढि प्रभावकारिता हासिल गर्न तथा सेवा भावका साथ आम नागरिकले अनुभूति गर्न सक्ने किसिमको सेवा प्रवाह गर्नको लागि उच्च स्तरको कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने उहाँले उल्लेख गर्नुभयो । नेपाल सरकार गृहमन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृहसचिव दुवाडी र प्रहरी महानिरीक्षक थापाबीच उक्त सम्झौता भएको हो ।

चोरी भएका ४१ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८२-०५-०१

काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १९ वटा मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ, नयाँबानेश्वर, हात्तिसार, एयरपोर्ट, सिफल, पुरानोबसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँबसपार्क र बालाजु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०५-०१

 सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ३५ मिलिग्राम सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-६ बस्ने ३७ वर्षीय रोशन खड्का, ३२ वर्षीय लाल बहादुर विक, धादिङ थाक्रे गाउँपालिका-१० बस्ने ३१ वर्षीय कुमार बिडारी र दोलखा मेलुङ गाउँपालिका-२ बस्ने ३३ वर्षीय राम आछामे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-१० उत्तरपानी डेरा गरी बस्ने गरी बस्ने सहिदभुमि गाउँपालिका-६ सुक्याल घर भएका २७ वर्षीय अशोक राईलाई नियन्त्रित लागूऔषध ट्रामोल ६ सय १० ट्याब्लेट, स्पास्पेन ६० ट्याब्लेट, स्पास्मो ९४ ट्याब्लेट र टापेन्टाडोल १० ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट अवैध लागूऔषध गाँजा ४ किलो ८ सय ग्राम सहित कास्की पोखरा महानगरपालिका-१५ बस्ने ३२ वर्षीय मिलन परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ८९०० नम्बरको माइक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  उदयपुर, उदयपुरगढी गाउँपालिका-७ हाडेबासबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६८ एम्पुल, डाईजेपाम ७२ एम्पुल र प्रोमेथाजाइन ६७ एम्पुल सहित त्रियुगा नगरपालिका-१० बोक्से बस्ने २३ वर्षीय सुजन राउतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हाडेबासबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-९ माछागढ बस्ने २९ वर्षीय लबिस सुनार र २७ वर्षीय सुशिल चन्द रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१८ पिपलडालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८१ ट्याब्लेट सहित सोही महानगरपालिका-१८ लामगाउँ बस्ने २३ वर्षीय अमन श्रेष्ठ समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ग.१४ प ४६४३ नम्बरको स्कुटर जाँज गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ बस्ने २४ वर्षीय रामहरी सिलवाल र २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट काँकरभिट्टातर्फ आउँदै गरेको सिटि सफारीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८२-०४-३१

काठमाडौं, तारकेश्वर नगरपालिका-५ लोलाङ्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-६ पैयुटार बस्ने २४ वर्षीय अनिल तामाङ र २६ वर्षीय राजु तामाङ रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बा.५० प ७१४४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जम्बुडाँडा उपकार टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी बस्ने बारा घर भएका २४ वर्षीय अर्जुन रावत र ओखलढुंगा घर भएका २५ वर्षीय सुदिप श्रेष्ठ रहेका छन् । प्रहरी बिट जम्बुडाँडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट सहित काठमाडौं डल्लु बस्ने ओखलढुङ्गा घर भएका २१ वर्षीय अनिश खत्री समेत ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट ताहाचलबाट खटिएको प्रहरीले बागमती प्रदेश.०२-०५३ प ८३५८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-९ मसुरिया बस्ने २६ वर्षीय बिनोद विक र भारत उत्तर प्रदेश कानपुग्राम रामपुर मजरा बैरिसाल रसुलाबाद बस्ने ३१ वर्षीय रमेश कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले युपि ३२ एचएफ ४६९५ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित डडेल्धुरा गन्यापधुरा गाउँपालिका-२ बस्ने २६ वर्षीय भुवन बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-११ त्रिभुवन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९८ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय रसुल अहमद कबाडियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज, वडा प्रहरी कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ चौराहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ ग्राम ३ मिलिग्राम, आइप्याड १ थान, क्यामेरा १ थान र मोबाइल २ थान सहित कालिकोट खाँडाचक्र नगरपालिका-५ बस्ने २६ वर्षीय नविन शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्क कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम २ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ फुल्टेक्रा बस्ने २५ वर्षीय फैजान अन्सारी समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, अर्जुनधारा नगरपालिका-८ बस्ने ३२ वर्षीय घनश्याम साहुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम र नगद ३३ हजार ४ सय ५० रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ३० मिलिग्राम सहित इलाम घर भएका २८ वर्षीय अविशेक राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ मिलिग्राम सहित सोही नगरपालिका-१० धुलाबारी बस्ने २८ वर्षीय सुरेश गुरूङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट काँकरभिट्टातर्फ सिटीसफारिमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ बस्ने २४ वर्षीय रामहरी सिलवाल र २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट काँकरभिट्टातर्फ सिटीसफारीमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय २५ किलोग्राम सहित धादिङ गल्छी गाउँपालिका-८ गैरीगाउँ बस्ने ३१ वर्षीय राम बहादुर तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले मनहरीबाट बारातर्फ जाँदै गरेको बा.२१ च ३०८५ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा गाडीको पछाडी ढाला भित्र बोराले छोपी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक राम बहादुरलाई पक्राउ गरेको हो । सिराहा, नवराजपुर गाउँपालिका-५ कुसण्डीबाट अवैध लागूऔषध गाँजा करिब १७ किलोग्राम सहित भगवानपुर गाउँपालिका-२ गमरियाटोल बस्ने ५० वर्षीय शिवनाथ यादवलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा, धनकुटा नगरपालिका-९ बस्ने ३१ वर्षीय सरोज क्षेत्री र २९ वर्षीय प्रेम थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-३१

पाल्पा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका-१ बस्ने ६२ वर्षीय तुल बहादुर झेडी मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट माणीफाँटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  सुर्खेत, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-८ बस्ने कैलाली धनगढी उपमहानगरपालिका-३ घर भएका ४२ वर्षीय राजकुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  खोटाङ, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा केपिलासगढी गाउँपालिका-५ आमबोटे बस्ने ३७ वर्षीय सुमन राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी खार्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित कार्यालय भवन उद्‍घाटन
२०८२-०४-३०

धनुषा, प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक कार्यालय भवनको शुक्रबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले नवनिर्मित भवनको अवलोकन समेत गर्नुभयो ।  समारोहमा प्रधानमन्त्री ओलीले भवन निर्माण कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।   समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस नवनिर्मित भवन समयमै निर्माण सम्पन्न गर्न योगदान पुर्‍याउने मधेश प्रदेश सरकार लगायत भवन निर्माण कार्यमा योगदान पुर्‍याउने महानुभावहरू प्रशंसाको पात्र भएको चर्चा गर्दै यस नवनिर्मित कार्यालयबाट आउँदा दिनमा सेवाग्राहीलाई प्रहरीले दिने सुविधा अझ छिटो, छरितो एवम् व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।  प्रधानमन्त्री ओलीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धानका साथै जनतालाई प्रारम्भिक सेवा तथा न्याय दिन प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै नेपाल सरकारले लिएको उद्देश्य प्राप्तीका लागि सबै सरोकारवाला निकायहरूले नयाँ तरिका, नयाँ ढंग र संकल्पका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । आफूलाई ठूलो दर्जाको व्यक्ति भन्दा पनि जनताको सेवक हुँ भन्ने भावनाका साथ काम गर्न उहाँले उपस्थित सबैमा आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा चुनौतिको रूपमा देखा परेका लागूऔषधको कारोबार, खुल्ला सीमानाको गलत फाइदा उठाउँदै हुने आपराधिक क्रियाकलाप एवम् अराजक गतिविधि नियन्त्रणमा अझ बढि क्रियाशील भई त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरेर कानूनी दायरामा ल्याउन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । राजस्व चुहावट एवम् तस्करी नियन्त्रणमा समेत अझ बढि सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल प्रहरीले आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रणमा निर्वाह गर्दै आइरहेको भूमिकाको चर्चा गर्दै नवनिर्मित भवनले आमनागरिकहरूमा प्रहरी सेवा प्रवाह गर्न थप सहज हुने बताउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद ज्ञापन व्यक्त गर्दै प्रचलित कानूनको अधिनमा रही शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धानका साथै प्रभावकारी सेवा प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिबद्ध रहेको   बताउनुभयो । नवनिर्मित भवनले प्रहरी कर्मचारीहरूमा थप मनोबल र उत्प्रेरणा वृद्धि हुने बताउँदै सीमा अपराध, चोरी निकासी, लागूऔषधको कारोबार लगायतका अपराध नियन्त्रण तथा वस्तुनिष्ठ अनुसन्धानमा सबै सरोकारवाला पक्षहरूसँग सहकार्य गरी दत्तचित्त भएर कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । मधेश प्रदेश सरकार, गृह संचार तथा कानून मन्त्रालय जनकपुरधामको बजेटबाट कुल २३ करोड ५४ लाख ८८ हजार ९ सय ११ रूपैयाँ ४१ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । समारोहमा मधेश प्रदेशका सभामुख, प्रदेशका मन्त्रीहरू, प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरू, मधेश प्रदेशका प्रमुख सचिव, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू एवम् आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०४-३०

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन रूद्रमती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-११ बस्ने कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-६ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, टोखा नगरपालिका-७ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ६२ ट्याब्लेट, डाईजेपाम २८ एम्पुल, नोर्फिन ९० एम्पुल र फेनारगन ३५ एम्पुल सहित काठमाडौं बौद्ध नयाँबस्ती बस्ने काभ्रे रोशी गाउँपालिका-१ घर भएका ३२ वर्षीय बिजय तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।मोरङ, रंगेली नगरपालिका-९ फर्साडाँगीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ९ सय २० मिलिग्राम सहित २ जनालाई  बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका-५ बस्ने १९ वर्षीय रिंकु कुमार शर्मा र भारत बिहार मुरारीपुर-१ बस्ने २९ वर्षीय राकेश प्रमाणी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-३ एकलाईनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्राम ७ सय १० मिलिग्राम सहित दाङ तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय विर बहादुर विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नगरभवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ अरनिकोटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१७ दोभान बस्ने ३० वर्षीय विवेक खड्का र  सोही उपमहानगरपालिका-४ हुप्राचौर बस्ने २६ वर्षीय सुशान्त मैनाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-००६ प २६४५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका-१० बसपार्क बस्ने ४२ वर्षीय सन्तोष कार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम र नगद ३ लाख १७ हजार रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।   यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सानो पोखरा डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१० घर भएका २४ वर्षीय राजीव मोक्तानलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । सुनसरी, धरान उपहानगरपालिका-१६ बस्ने २२ वर्षीय रकिल राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ५० ट्याब्लेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०८२-०४-३०

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित तारकेश्वर नगरपालिका-५ घर भएका ४२ वर्षीय सूर्य लामाले संचालन गरेको होटल एसपिएस गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरको छ । प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोडस्थित मिलन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गेष्ट हाउसका संचालक ४९ वर्षीय कमानसिंह केसी समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ८ सय ९० रूपैयाँ र ५२ पत्ति तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०४-२९

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-११ बस्ने २१ वर्षीय विक्रान्त वली समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले भेरीबाट सुर्खेततर्फ आउँदै गरेको भे. १ ह ७०७९ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित चितवन राप्ती नगरपालिका-१२ तिरूवा बस्ने २७ वर्षीय रोहित चेपाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख ६९१ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, ईटहरी उपमहानगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ६० ट्याब्लेट र डिकोलिक ५ सय १० ट्याब्लेट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैँचा नगरपालिका-७ बस्ने २४ वर्षीय सलमान मंसुरी, सिराहा घर भएका २४ वर्षीय होम मुखिया, ईटहरी उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीय कोरूजित सरदार र सोही नगरपालिका-११ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी खनार समेतबाट खटिएको प्रहरीले ईटहरी उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय मो.अवजल मियाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ । प्रहरीले हाल फरार अवजल मियाको खोजी गरिरहेको छ । धनुषा, मिथिला नगरपालिका-२ नक्टाझिजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका-६ ढल्केबर बस्ने ४८ वर्षीय पप्पु साह र बारा परवानीपुर गाउँपालिका-२ बस्ने ३० वर्षीया सेलो देवी राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जनकपुरबाट ढल्केबरतर्फ आउँदै गरेको बा. ८७ प ९६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१३ मलाया रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८ ग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररीया थाना जोगवनी बस्ने ३९ वर्षीय अहमद अली, ५१ वर्षीय मो.सराजुल र ३५ वर्षीया रूबी खातुन रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ मिलिग्राम सहित भद्रपुर नगरपालिका-९ डाँगीबारी बस्ने २१ वर्षीय बिमल विश्वकर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुल समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगीमा संलग्न व्यक्ति पक्राउ
२०८२-०४-२९

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-६ बोडे बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ साउने घर भएका ३३ वर्षीय पुरूषोतम पराजुलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पुरूषोतमले काठमाडौं चावहिल पिपलबोटस्थित पपुलर जब सोलुशन कम्पनी संचालन गरी होटलमा आवश्यक पर्ने कामदार पठाउने भनि विज्ञापन गरी पेश्की स्वरूप रकम लिई कामदार नपठाई पीडितको रकम समेत फिर्ता नगरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर बोडेबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-२९

काठमाडौं, वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-९ बस्ने बझाङ बंगुल नगरपालिका-६ घर भएका २९ वर्षीय त्रिलोक सिंहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय शिशुवा कास्कीको समन्वयमा कास्की पोखरा महानगरपालिका-२७ डाँडाकोनाकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

श्रव्यदृश्य आधारभूत तालिम सुरू
२०८२-०४-२८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा संचालन हुने सातौं समूहको श्रव्यदृश्य आधारभूत तालिम सुरू भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले बुधबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‌घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी नायव महानिरीक्षक घिमिरेले प्रशिक्षार्थीहरूले पूर्णरूपमा समर्पित, सक्रिय एवम् लगनशील भएर प्रशिक्षणमा सहभागी हुनुपर्नेमा जोड दिँदै प्राप्त ज्ञान, सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक कालिका कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान १३ जना गरी जम्मा २१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।

आसरा सुधार केन्द्रको २७औं वार्षिक साधारण सभा सम्पन्न
२०८२-०४-२८

काठमाडौं, आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती रूपा थापाको उपस्थितिमा आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिक साधारण सभा सोही केन्द्रमा बुधबार आयोजित कार्यक्रमबीच सम्पन्न भएको छ ।सो अवसरमा केन्द्रकी अध्यक्ष थापाले केन्द्रले सुधारात्मक उपायहरूको अवलम्बन गरी सामाजिक विसंगतिमा फसेका युवा पिढीलाई सहि बाटोमा ल्याई राष्ट्रको असल एवम् सक्षम नागरिकको रूपमा पुनर्स्थापना गर्ने कार्यमा स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । केन्द्रले लागूऔषध विरूद्धको जनचेतनामूलक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा संचालन गर्दै सेवालाई अझ बढि गुणस्तरीय बनाउनुका साथै लागूऔषध प्रयोगकर्ताहरूलाई उपचारका विभिन्न पद्दतिहरूबाट उपचार गरी सफल व्यक्ति बनाई घर तथा समाजमा पुर्स्थापित तथा पूनर्मिलन गराउन केन्द्र सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।उक्त केन्द्रकी सचिव शामिला पोखरेलले वार्षिक कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष कुसुम अधिकारीले आ.व. २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दिलिप सिंह देउवा, आसरा सुधार केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका सल्लाहकारहरू लगायत प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०४-२८

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७० मिलिग्राम सहित सोही नगरपालिका-७ गार्मेन्ट चोक बस्ने २९ वर्षीय सागर पौडेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रुपरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प २८९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-३ बस्ने ३० वर्षीय निर्मल रोकायालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-४ तुलापुर बस्ने २४ वर्षीय सन्तोष गोडियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित मधुवन नगरपालिका-३ बस्ने २३ वर्षीय राज कुमार परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-४ बस्ने २९ वर्षीय धर्म बहादुर परियार र २८ वर्षीय जिवन सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ सिसा पोष्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित गोदावरी नगरपालिका-२ बस्ने २६ वर्षीय बिरेन्द्र साउदलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट धनगढीतर्फ आउँदै गरेको बा.६२ प १२३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगपालिका-८ बस्ने ३७ वर्षीया रामरती रानालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  मोरङ, पथरी शनिश्चरे नगरपालिका-१० शिविर क्याम्प बस्ने ३४ वर्षीय रोबिन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८१ ट्याब्लेट र भोमाइन ६० ट्याब्लेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१४ उदयपुर बस्ने २८ वर्षीय रमेश लोनियालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ, नेपाली रूपैयाँ र भारतीय रूपैयाँ समेत गरी जम्मा नगद २२ लाख ३ हजार ९ सय १५ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, खुकुरी ५ थान, मोटरसाइकल २ थान, मोबाइल १० थान लगायतका सामानहरू फेला पारी उनलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न रहेका ४ जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०४-२७

काठमाडौं, काठमाडौं महानगरपालिका-३१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९ ग्राम र नगद १२ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका-५ घर भएका ३१ वर्षीय डिल्ली बहादुर कटुवाल र काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ३० वर्षीय शैलेश थापा मगर रहेका छन् । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले डिल्ली बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१६ गणेशस्थान मार्गबाट नियन्त्रित लागूऔषध नोर्फिन १२ एम्पुल, डाईजेपाम १२ एम्पुल, फेनारगन १२ एम्पुल र नगद ९ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय प्रदिप खड्गीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी  काठमाडौं महानगरपालिका-६ बौद्ध स्तुपाबाट नियन्त्रित लागूऔषध नोर्फिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल, डाईजेपाम ४० एम्पुल र नगद ९० हजार रूपैयाँ सहित ललितपुर कुपनडोल बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका २५ वर्षीय मनोज श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ सुकुमबासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-९ मिलनचोक बस्ने ३१ वर्षीय अनिल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प ६८३२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ स्थित मेचीवान होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम र नगद १ लाख २२ हजार ९० रूपैयाँ सहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीय पकंज मैनाली, ३३ वर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका-१० बस्ने ४० वर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका-४ बस्ने ३४ वर्षीय प्रदिप राई र हुम्ला नाम्खा गाउँपालिका-१ दिङगा बस्ने ३५ वर्षीय राजु लामा रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-२७

सिन्धुपाल्चोक १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बुद्धले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा विरेन्द्रनगर नगरपालिका-५ बस्ने ३२ वर्षीय महेन्द्र सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी सुर्खेत, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा विरेन्द्रनगर नगरपालिका-१ सोलिघोप्टे बस्ने २३ वर्षीय सुरेश कुमार आचार्यलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०४-२६

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम र नगद २ हजार ५ सय रूपैयाँ सहित तारकेश्‍वर नगरपालिका शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका २३ वर्षीय संजिव पाण्डेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-२ गैरीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम र नगद १ लाख ४९ हजार २ सय रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका २८ वर्षीय राजेश राजबंशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले राजेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । रौतहट, चन्द्रनिगाहापुर नगरपालिका-४ धनसारबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो ७ सय ५० ग्राम सहित बारा निजगढ नगरपालिका-१२ बस्ने ३४ वर्षीय दिपक थिङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले ना.८० प ९८९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मधुवनबाट अवैध लागूऔषध गाँजा ७८ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय मुस्ताक मिया र सोही नगरपालिका-६ बस्ने ४८ वर्षीय बलराम यादव रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले मुस्ताकको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले बिआर १० एक्यु ५४२७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-५ गुलरिया बस्ने २२ वर्षीय गणेश रावत र २५ वर्षीय टेकराम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२-००३ प ८२३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, बर्दगोरीया गाउँपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-६ गुलरा बस्ने २७ वर्षीय शंकर जैसी र बर्दिया गेरूवा गाउँपालिका-१ थापापुर बस्ने २४ वर्षीय किरण रावल रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, जानकी गाउँपालिका-१ दुर्गौलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय क्षेत्र राज रावतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ३० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २३ वर्षीय संयोग चौधरी, सोही नगरपालिका-६ हड्की कसम टोल बस्ने २३ वर्षीया सुकमाया राई र सोही ठाउँ डेरा गरी बस्ने ३१ वर्षीय दिलिप लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ सुन्दरटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष श्रेष्ठ र उनकै श्रीमती २९ वर्षीया लक्ष्मी राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले सन्तोषको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । महोत्तरी, औरही नगरपालिका-९ टिमकिया बस्ने ५५ वर्षीया राम कुमारी देवी यादवलाई अवैध लागूऔषध गाँजा ८ किलो ८ सय ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले राम कुमारीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-१० रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय बिबेक महत र सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय अंगत कुंवर रहेका छन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०४-२५

काठमाडौं महानगरपालिका-१६ वाइपास बस्ने शम्भु शाहीलाई अवैध लागूऔषध गाँजा करिब ४ सय ४० ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित गजुरी गाउँपालिका-८ किरान्चोक बस्ने २४ वर्षीय विवेक तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ ख ३८४८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ एम्पुल, फेनारगन ८ एम्पुल र बुप्रेनोर्फिन ८ एम्पुल सहित सोही नगरपालिका-३ मिलनचोक बस्ने २५ वर्षीय युद्द बहादुर लुङ्गेली मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना.१ ज ८३९१ नम्बरको गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो ।   कास्की, पोखरा महानगरपालिका-१५ मधुमार्गबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलोग्राम सहित सोही महानगरपालिका-१४ गलेश्वर बस्ने रूपन्देही घर भएका ३८ वर्षीय कुमार गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय आशिष राईलाई नियन्त्रित लागूऔषध ट्रामोल ३ सय ५९ ट्याब्लेट र डाइक्लोमाइन २ सय ६० ट्याब्लेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न ११ जना पक्राउ
२०८२-०४-२५

कास्की, सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा ११ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा भारत घर भई पोखरा महानगरपालिका-२ मोहरीया टोल बस्ने ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४५ वर्षीय मनिक लाल आदक, ४१ वर्षीय सोमनाथ पाल, ४४ वर्षीय तापस सामन्त, ४९ वर्षीय प्रोभास माझी, सोही महानगरपालिका-१ बिन्दावासिनी बस्ने ३५ वर्षीय सन्दिप ढाव, सोही महानगरपालिका-४ तेर्सापट्टी बस्ने ४७ वर्षीय दिपक सामन्त, सोही महानगरपालिका-३ बस्ने ४७ वर्षीय गोविन्दा दिण्डा, सोही महानगरपालिका-९ चिप्लेढुङ्गा बस्ने ३५ वर्षीय असित वर, सोही महानगरपालिका-२ भैरव टोल बस्ने ३८ वर्षीय उज्वल भोमिक र सोही महानगरपालिका-८ सभागृह बस्ने ४० वर्षीया सुनिता पवार रहेका छन् ।  पोखरा महानगरपालिकाका वडा नम्बर २,३,४ र ९  का एरियाहरूमा सुन तथा चाँदीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।   प्रहरीले राजेन्द्रको साथबाट सुन ११ तोला २०.६ लाल, चाँदी २ सय ९६ तोला ३३ लाल र नगद १ लाख ६० हजार ५ सय रूपैयाँ, मनिकको साथबाट सुन १३ तोला १७ लाल र चाँदी १० तोला ५५ लाल, सन्दिपको साथबाट सुन ३ तोला ८ लाल, सोमनाथको साथबाट सुन १२ तोला १२.७ लाल र चाँदी ९ तोला ५९.४ लाल, दिपकको साथबाट सुन ३८ तोला ५ लाल र चाँदी ३० तोला ११ लाल, गोविन्दको साथबाट सुन २ सय १० तोला ८९ लाल, असितको साथबाट सुन ८६ तोला ८७.१ लाल र चाँदी ३१.५ लाल, तापसको साथबाट सुन २४ तोला १५ लाल, उज्वलको साथबाट सुन ५ तोला ४६.९ लाल, सुनिताको साथबाट  सुन २ तोला ५० लाल र चाँदी ९३ तोला ६१ लाल, प्रोभासको साथबाट सुन ८८ तोला ३१ लाल र नगद १ लाख ८५ हजार रूपैयाँ तथा पोखरा महानगरपालिका-१ स्थित सन्जय ढावको कारखानाबाट सुन १३ तोला ५८ लाल, चाँदी ४ तोला २३ लाल र नगद १ लाख ६९ हजार १ सय ५५ रूपैयाँ समेत बरामद गरेको छ । प्रहरीले हाल फरार सन्जयको खोजी गरिरहेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०४-२४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ किलो ७० ग्राम सहित मकवानपुर थाहा नगरपालिका-२ दामन घर भएका ३२ वर्षीय किरण तामाङ शुक्रबार बिहान पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैङ्कक जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।   यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ५ सय ट्याब्लेट, नाईट्राभेट १५ हजार ट्याब्लेट, नोर्फिन ७ सय ७० एम्पुल, फेनारगन ७ सय ३० एम्पुल र डाईजेपाम ७ सय ३० एम्पुल सहित भारत सितामणी बस्ने ४० वर्षीय ईम्तीयाज राईन खानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६८७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-४ बेलनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय अब्रोज जागालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, चौदण्डीगढी नगरपालिका-६ केचुवाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ ट्याब्लेट र स्पास्मो १२ ट्याब्लेट सहित सोही नगरपालिका-६ कालिखोला बस्ने २७ वर्षीय अशोक राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको स.१ प ८९९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कम्प्यूटर स्रोत संङ्केत चोरी गर्ने दुई जना पक्राउ
२०८२-०४-२४

काठमाडौं, कम्प्यूटर स्रोत संङ्केत चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-५ घर भएका २६ वर्षीय सुजन कुमार महतो र ललितपुर, ललितपुर महानगरपालिका-४ धोबीघाट बस्ने धादिङ ज्वालामूखी गाउँपालिका-४ घर भएका २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् । सफ्टवेयर कम्पनीको स्रोत संकेत (Source Code) मा अनाधिकृत पहुँच पुर्‍याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुर्‍याउने मनसाय लिएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरू उपर विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-२४

पाल्पा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-५ बेझाड डेरा गरी बस्ने लमजुङ मर्स्याङ्दी गाउँपालिका-५ घर भएका २८ वर्षीय धन रासी विकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दाङ, ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ मसोट बस्ने ३६ वर्षीय हिमाल बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बोहराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०४-२३

काठमाडौं, गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी कार्यालय एवम् मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।कार्यक्रममा गृहमन्त्री लेखकले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्दै नागरिकलाई सरल एवम् सुलभ ढंगले प्रहरी सेवा प्रवाह गर्न र नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कार्यालयले दिने सेवालाई सर्वसुलभ र झन्झट रहित बनाउनुपर्नेमा जोड दिँदै शिष्ट आचरण एवम् व्यवहारका साथ सेवाग्राहीको समस्या एवम् गुनासोलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले प्रहरीले निर्वाह गरेको काम कारवाही जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवम् ज्येष्ठ नागरिक विरूद्ध हुने गतिविधि प्रति थप संवेदनशील हुनुपर्ने बताउनुभयो । लागूऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध, सवारी दुर्घटना चुनौतिको रूपमा देखा परेकोले यस्ता चुनौतिको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुरक्षा कायम गर्न, कानूनको पालना, अपराध नियन्त्रण एवम् अनुसन्धान लगायतका कार्यहरूमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । नागरिक सँग प्रत्यक्ष सम्बन्ध राखि नागरिकका समस्यालाई सम्बोधन तथा समाधान गरी सुरक्षाको प्रत्याभूति दिलाउन अझ बढि क्रियाशील भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह गर्नुभयो । आफ्नो व्यवहार र आचरणलाई शिष्ट बनाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर नागरिकलाई केन्द्रमा राखेर उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । प्रहरीलाई आवश्यक स्रोतसाधन, सुविधा सहितको पूर्वाधारहरू र प्रविधियुक्त बनाउनेतर्फ गृहमन्त्रालय सदैव क्रियाशील रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथसाथै विपद् व्यवस्थापनमा समेत काठमाडौं उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोतसाधान एवम् प्रविधिका बाबजूद पनि प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो । सूचना संकलनलाई अझ प्रभावकारी बनाउँदै शान्ति सुरक्षालाई थप मजबुद बनाउन उपत्यका प्रहरी कार्यालय सदैव क्रियाशील रहेको समेत उहाँले बताउनुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, कार्यहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको  थियो । कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ
२०८२-०४-२३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडिबाट अवैध लागूऔषध कोकिन १ किलो ९ सय ५० ग्राम सहित ब्राजिलियन नागरिक २१ वर्षीया EMILLY MIKAELE SANTOSH FERREIRA बुधबार पक्राउ परेकी छिन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा खटिएको प्रहरीले ब्राजिलबाट दोहा हुँदै नेपाल आई नेपालबाट भुटान जान लागेकी उनलाई जाँच गर्न क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठामडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको  छ ।  काठमाडौं, तारकेश्‍वर नगरपालिका-११ आनन्द टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ४० ग्राम सहित नुवाकोट ककनी गाउँपालिका-५ घर भएका २५ वर्षीय सुजन तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बा.४८ प ८७०७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक सुजनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।  यसैगरी काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट नियन्त्रित लागूऔषध नोर्फिन ६२ एम्पुल, फेनारगन २९ एम्पुल, डाईजेपाम ५६ एम्पुल र नगद २ हजार ६ सय ६० रूपैयाँ सहित  सोही ठाउँ बस्ने काभ्रे घर भएका ३६ वर्षीय नबराज नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने उदयपुर गढी नगरपालिका-१ घर भएका २४ वर्षीय दिल बहादुर सार्की र हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल घर भएका २४ वर्षीय दिल बहादुर लो तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित मनहरी गाउँपालिका-७ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ आउँदै गरेको ना.६ ख ९५३३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-९ गुलरिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २६ मिलिग्राम सहित सोही नगरपालिका-२२ बस्ने ३२ वर्षीय रोशन कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ स्थित दार्चुला होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ८ सय ६० मिलिग्राम सहित होटल संचालक दार्चुला नौगाड गाउँपालिका-४ बस्ने २२ वर्षीय मान बहादुर ठगुन्ना समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-१ कट्टिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय सुमित बादीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कपिलवस्तु, यशोधरा गाउँपालिका-७ मर्यादपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय १० मिलिग्राम सहित कपिलवस्तु नगरपालिका-१ मस्जित टोल बस्ने ४५ वर्षीय हमिद मुसलमानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम र नगद ३० हजार रूपैयाँ सहित सोही नगरपालिका-२ शंकरटोल बस्ने ४६ वर्षीय दीप नारायण कुर्मीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   चितवन, भरतपुर महानगरपालिका-१० भरतपुर सरकारी अस्पतालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ९४ ट्याब्लेट र एनारगन १ सय ९४ ट्याब्लेट सहित सोही महानगरपालिका-१४ बस्ने २० वर्षीय प्रितम विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही अस्पतालमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ आँपटारीचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित तनहुँ देवघाट गाउँपालिका-५ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१० रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय रतिराम थारू र २९ वर्षीय कन्हैया थारू रहेका छन् । ‍इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।  यसैगरी बाँके, खजुरा गाउँपालिका-७ गुनाहानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय इमरान तेलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित सोही नगरपालिका-४ चियादोकान बस्ने २६ वर्षीया ज्योती राई तामाङ समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने पासाङ तामाङको घर तलासी गर्दा उक्त पदार्थ फेला उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार पासाङको खोजी गरिरहेको छ ।  बझाङ, जयपृथ्बी नगरपालिका-९  बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ६ सय ९० ग्राम सहित सोही ठाउँ बस्ने सुर्मा गाउँपालिका-२ घर भएका ३२ वर्षीय शेर बहादुर बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१६ मझगाउँबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३३ एम्पुल, प्रोमेथाजाइन ३३ एम्पुल र डाईजेपाम ४ एम्पुल सहित सोही नगरपालिका-४ बस्ने कैलाली घर भएका ३४ वर्षीय लोकेन्द्र बहादुर शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मझगाँउबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटोबाट नियन्त्रित लागूऔषध नोर्फिन ५२ एम्पुल, फेनारगन ५२ एम्पुल र डाईजेपाम ५२ एम्पुल र नगद १ लाख १५ हजार ४ सय २८ रूपैयाँ सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं मुलपानी बस्ने काभ्रे पनौती नगरपालिका-१ घर भएका ३८ वर्षीय बिर ध्वज तामाङ, २८ वर्षीय जिबन लामा र काठमाडौं बालाजु बस्ने सिन्धुपाल्लोक घर भएका ३५ वर्षीय जिबन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ
२०८२-०४-२३

काठमाडौं, संगठित रूपमा कानून विपरित मानव अङ्ग मृगौला झिकी मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक  पाँचखाल नगरपालिका-१० घर भएका ३५ वर्षीय कुमार भन्ने राज कुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भएका २४ वर्षीय समिर नेपाली र सोही नगरपालिका-४ घर भएका ४७ वर्षीय राकेश नेपाली रहेका छन् । मानव बेचभिखन ब्यूरोबाट खटिएको प्रहरीले समिरलाई काठमाडौं महानगरपालिका-२६ मित्रनगर नयाँबसपार्कबाट र राकेशलाई टोखा नगरपालिका-३ बानियाँटारबाट बुधबार तथा राज कुमारलाई काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बाट बिहीबार पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रमममा उनीहरूले पीडितलाई विभिन्न प्रलोभन देखाई २०८२ जेठ महिनामा भारतको चण्डीगढस्थित अपार्टेन्टमा पुर्‍याएको, मृगौला निकाले बापत ६ लाख रूपैयाँ रकम आउने, नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाएकोमा पीडितले ईन्कार गर्दा डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा २०८२ साउन ९ गते वाँया मृगौला झिकेको खुल्न आएको छ । साथै उनीहरूले पीडतबाट झिकिएको मृगौला चर्को मुल्यमा बिक्रि गरी मानव अंगको गैरकानूनी व्यापार गर्ने गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट संगठित अपराध निवारण ऐन, २०७० बमोजिम ७ दन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०४-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-७ बस्ने तनहुँ भानु नगरपालिका-११ घर भएका ५५ वर्षीय योगराज गुरूङ, काठमाडौं चन्द्रागिरी नगरपालिका-४ बस्ने सर्लाही लालबन्दी नगरपालिका-४ घर भएका ३८ वर्षीया खेम कुमारी श्रेष्ठ मानन्धर, काठमाडौं टोखा नगरपालिका-७ बस्ने बाग्लुङ जैमिनी नगरपालिका-८ घर भएका ५२ वर्षीय रामचन्द्र शर्मा र ललितपुर, ललितपुर महानगरपालिका-१४ बस्ने सुनसरी धरान उपमहानगरपालिका-११ घर भएका ६२ वर्षीय राजु मगर रहेका छन् । पक्राउ मध्ये योगराजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, खेम कुमारीले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ५ लाख रूपैयाँ, रामचन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३५ हजार रूपैयाँ र राजुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले योगराजलाई टोखा नगरपालिका-९ बाट, खेम कुमारीलाई काठमाडौं महानगरपालिका-९ बाट र रामचन्द्रलाई काठमाडौं टोखा नगरपालिकाबाट बुधबार तथा राजुलाई ललितपुर महानगरपालिका-१४ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

कर्तव्य ज्यान मुद्दा तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-२३

काठमाडौं, कर्तव्य ज्यान मुद्दा तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका-१ पानी ट्याङ्की बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-३ घर भएका ३८ वर्षीय संदिप धामी भन्ने रूपलाल धामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको २०७५ फागुन २८ गतेको फैसला उक्त मुद्दामा जन्मकैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी सुनसरी पठाइएको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०४-२२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १०  ग्राम सहित झापा घर भएका २९ वर्षीय महमद नसिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०२ ख ०९४७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४१ ग्राम सहित भारत बिहार अररीया थाना फारबिसगंज रामपुर-७ बस्ने ३५ वर्षीय सिकंदर बाखत समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-५ कंचन टोल बस्ने ४६ वर्षीय राजेन्द्र पंथाकलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २० हजार ट्याब्लेट सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०४-२२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बुबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलोग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ सोही नगरपालिका-११ सतुङ्गल बस्ने पर्सा ठोरी गाउँपालिका-४ निर्मल बस्ती घर भएका ३८ वर्षीय मान बहादुर श्रेष्ठ र सोही नगरपालिका-९ मच्छेगाउँ बस्ने मकवानपुर थाहा नगरपालिका-११ घर भएका २२ वर्षीय युवराज मोक्तान रहेका छन् । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय बिजय लामालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले गुम्बाचोकबाट वनस्पतितर्फ जाँदै गरेको ना.४ प ९५९६ नम्बरको  मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, कमल गाउँपालिका-६ काटाचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट, डाइक्लोमाइन २ हजार १ सय १० ट्याब्लेट र स्पास्पेन २ हजार ५० ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बिष्णु प्रसाद बगाले र दमक नगरपालिका-६ थानारोड बस्ने ४० वर्षीय गंगा बहादुर खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले बिष्णु प्रसादको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  दार्चुला, शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारबाट अवैध लागूऔषध चरेश १२ ग्राम ७ सय ३० मिलिग्राम सहित मार्मा गाउँपालिका-६ दार्चुला बस्ने २३ वर्षीय जनक महरालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-११ रंगशालापथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ प्रगतिनगर बस्ने २२ वर्षीय रिजन खनाल र २२ वर्षीय ईशाक चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी देवीनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, कानेपोखरी गाउँपालिका-६ नर्सरीडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९४ ट्याब्लेट र डाइक्लोमाइन १ सय ५५ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेम दाहाल र २२ वर्षीय निसान माझी रहेका छन् । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।बारा, निजगढ नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा १० किलो ३ सय १८ ग्राम सहित रौतहट चन्द्रपुर नगरपालिका-‍४ जुडिवेला बस्ने २३ वर्षीय शिवजी धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा ९ किलोग्राम सहित बेलका नगरपालिका-३ मोरङ्गे टोल बस्ने ३५ वर्षीय सुनिल श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुर ठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ९४७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०४-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४१ वर्षीय राम बहादुर थिङ र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने रामेछाप, रामेछाप नगरपालिका-३ घर भएका ३७ वर्षीय चन्द्र बहादुर सुवेदी रहेका छन् ।  पक्राउ मध्ये राम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २९ लाख रूपैयाँ र चन्द्र बहादुरले हंगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार  रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बाट राम बहादुरलाई मंगलबार र चन्द्र बहादुरलाई बुधबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
२०८२-०४-२२

काठमाडौं महानगरपालिका-१६ नागरिक बजारस्थित सोही महानगरपालिका-१६ खरिबोट बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३१ वर्षीय हाल राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपलिका-१६ माछापोखरी बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापा भद्रपुर नगरपालिका-१ घर भएकी ५२ वर्षीया लक्ष्मी तामाङ समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-५ स्थित गोपाल श्रेष्‍ठको चिया/नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ धिमाल चोक बस्ने इलाम घर भएका ३८ वर्षीय तिर्थराज तामाङ समेत ८ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ५ सय ५५ रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०४-२१

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।  नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ११ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा १३ जना गरी जम्मा ३५ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू तुल बहादुर कार्की, राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रबिण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल रहनुभएको छ । यसैगरी प्रहरी उपरीक्षकहरू अनिल कुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का तथा प्रहरी नायव उपरीक्षकहरू बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल रहनुभएको छ ।   दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको वृहत्तर हितमा थप कटिवद्ध र जिम्मेवार भई सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्कीले संगठनको हितमा कर्तव्यनिष्ठ भई आ-आफनो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०४-२१

  उदयपुर, बेलका नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब ९ किलोग्राम सहित सोही नगरपालिका-३ मोरङ्गे टोल बस्ने ३५ वर्षीय सुनिल श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुर ठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश.१-०५-००१ प ९४७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० शिविरडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय अब्राहम राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-१० पशुपतिनगर बस्ने २६ वर्षीय युकेश राईसँग खरिद गरेको खुल्न आएपश्चात उनको घर तलासी गर्दा थप ट्रामाडोल ४० ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०४-२१

सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८८ ग्राम ३ सय ८० मिलिग्राम र नगद २ लाख ५६ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ जुदगंज बस्ने ३४ वर्षीय मनोज कुमार खत्वे र भारत अररिया बस्मतिया पन्चायत-८ बेल्हा बस्ने ४५ वर्षीय राज कुमार खत्वे रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, ईनरूवा नगरपालिका-४ बस चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-२ बस्ने २० वर्षीय रमेश बस्नेतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोक ईनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ शान्तिटोल बस्ने ३० आदेश लामालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम र अवैध लागूऔषध जस्तो देखिने सेतो धुलो पदार्थ २ ग्राम २० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   कैलाली, जानकी गाउँपालिका-७ भुर्साबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय मनोज कठरिया थारूलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-५ बस्ने २४ वर्षीय अभिनाश चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, अर्जुनधारा नगरपालिका-७ मिलडाँडाबाट अवैध लागूऔष ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय मिलिग्राम र नगद १५ हजार ९ सय २० रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-४ बस्ने २४ वर्षीय देवेन्द्र भन्ने अशोक चौधरी, सोही नगरपालिका-७ बस्ने ३२ वर्षीय बिजय मगर र १८ वर्षीय किशोर रहेक छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०४-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१५ बस्ने म्याग्दी मंगला गाउँपालिका-४ घर भएका ३६ वर्षीय नर बहादुर बुढाथोकी र काठमाडौं टोखा नगरपालिका-२ बस्ने पाँचथर फिदिम नगरपालिका-१ घर भएका ४६ वर्षीय उमेश हिङमाङ रहेका छन् ।  पक्राउ मध्ये नर बहादुरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र उमेशले २ जना पीडितहरूबाट ११ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नर बहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट र उमेशलाई टोखा नगरपालिका-२ बाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा संलग्न दुई जना पक्राउ
२०८२-०४-२१

पर्सा, अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१३ राधेमाईस्थित नेक मोटरसाईकल वर्कशपका संचालक बहुदरमाई नगरपालिका-२ सिसियारी घर भएका ४० वर्षीय नेक महमद र सोही वर्कशपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट पक्राउ गरेको हो ।उनीहरूले पीडितलाई अपहरण गरी गणेश होटल एण्ड लजमा लगी २०८२ वैशाख २० गते जबरजस्ती करणी गर्नुका साथै पर्सा घडिअर्वा पोखरीको गल्लीमा गत वैशाख २३ गते बिहान छाडी फरार भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरू उपर अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कटुवा पेस्तोल सहित तीन जना पक्राउ
२०८२-०४-२१

सिराहा, नरहा गाउँपालिका-३ खोरियाटोलबाट कटुवा पेस्तोल १ थान सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुबनी बेल्हीपुर्वी पच्चायत झौली टोल बस्ने १९ वर्षीय ऋषि नाथ, छारापट्टी कमलाबारी बस्ने २० वर्षीय ओम शंकर यादव र कमलाबारी फुलकाहा बस्ने १९ वर्षीय आकाश कुमार मण्डल रहेका छन् ।इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले भारतबाट गोलबजारतर्फ आउँदै गरेको बीआर ३२ एडब्लु १८१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०४-२०

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँस्थित सडकबाट नियन्त्रित लागूऔषध नोर्फिन १ सय ६२ एम्पुल, फेनारगन १ सय ६२ एम्पुल, डाईजेपाम १ सय ६८ एम्पुल र नगद ५ हजार ८ सय ५५ रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ गोकर्ण बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ घर भएका २९ वर्षीय छिरिङ लामा र २२ वर्षीय प्रदिप श्रेष्‍ठ रहेका छन् । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ५ सय मिलिग्राम सहित शहिदभुमी गाउँपालिका-५ बस्ने ३० वर्षीय सन्ताप राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले भेडेटारबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १-०२-०५७ प ५०५४  नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय २० मिलिग्राम सहित साँगुरगढी गाउँपालिका-६ बस्ने २७ वर्षीय सिरेश राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी  कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-५ बस्ने २५ वर्षीय निरज खड्का र इटहरी उपमहानगरपालिका-१७ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-७ हरिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ३ सय ९० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-८ बस्ने २८ वर्षीय बाल कुमार पाण्डेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हरिपुरबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २९९६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, मिक्लाजुङ गाउँपालिका-९ गणेश चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-७ बस्ने २० वर्षीय बिक्रम लिम्बुलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लबाट खटिएको प्रहरीले मिक्लाजुङ गाउँपालिका-९ गणेश चोक बस्ने भुपाल खत्रीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार भुपालको खोजी गरिरहेको छ ।  उदयपुर, त्रियुगा नगरपालिका-६ जलजले ढाँटबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ६० ट्याब्लेट सहित त्रियुगा नगरपालिका-३ बस्ने ३२ वर्षीय कुमार बुढाथोकी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको ना.१ च ८३९१ नम्बरको विङ्गरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१७ बिरौटा घारीकुलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ६६ एम्पुल, फेनारगन १ सय ६९ एम्पुल र बुप्रेनोर्फिन १ सय ६६ एम्पुल सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने स्याङ्जा घर भएकी ३२ वर्षीया रिना थापा मगर, ३४ वर्षीय विश्‍वास गुरूङ र पर्वत घर भएका ३९ वर्षीया मिना थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले रिनाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।  रूकुम पश्‍चिम, मुसिकोट नगरपालिका-३ पिपलनेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय युवराज विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिम समेतबाट खटिएको प्रहरीले खलंगादेखि माझमीतर्फ जाँदै गरेको रा.२ प ६०२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, छिपरमाइ गाउँपालिका-३ झलमैया चोकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय चुनु कुमार यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बुढगाइबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुर्खेत, लेकबेशी नगरपालिका-१० बडीपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम र नगद १ हजार रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २१ वर्षीय नबिन रावल र २५ वर्षीय रूपेश भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.३ प २१४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-२०

काठमाडौं, वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-२ बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-५ घर भएकी ४८ वर्षीया मिना कुँवरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मिनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ
२०८२-०४-२०

सप्तरी, डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुरूङ्गा नगरपालिका-८ बस्ने २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय संजय मरिक, सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय राज कुमार विक, बोदेबरसाइन नगरपालिका-२ बस्ने २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका-११ बस्ने ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका-८ बस्ने २४ वर्षीय दिपक मरिक, उदयपुर बेलका नगरपालिका-१ बस्ने २८ वर्षीय चन्दर मरिक, सिराहा लाहान नगरपालिका-६ बस्ने ५२ वर्षीय महेन्द्र गोड्से र लाहान नगरपालिका-८ बस्ने ३८ वर्षीय उमेश साह सोनार रहेका छन् ।  सुरूङ्गा नगरपालिका-८ मलहनमा टोल बस्ने कन्तलाल चौधरीको घरमा २०८२ जेठ २३ गते धनमाल लुटपाट गरी कन्तलालको गोली हानी हत्या गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड, खुकुरी १ थान, चाँदीको जस्तो देखिने बाला १ थान र बालिया १ थान समेत बरामद गरेको छ ।  उनीहरू उपर डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
२०८२-०४-२०

भक्तपुर, चाँगुनारायण नगरपालिका-७ खरिपाटीस्थित बाँसबारी रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा मध्यपुर थिमी नगरपालिका-५ बस्ने ३७ वर्षीय बाबुराजा प्रजापती समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ९ सय ४० रूपैयाँ, डिजिटल तास खेलाउन प्रयोग हुने जस्तो देखिने मोबाइल आकारमा रहेको डिभाईस थान १, डिजिटल तास खेलाउने डिभाईसमा प्रयोग हुने डिजिटल तास १२ बुक र मोबाइल ६ थान सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अभौतिक मुद्राको कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०८२-०४-१९

काठमाडौं, अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ कौशलटार बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ चिसापानी घर भएका २१ वर्षीय सुसान्त दाहाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौं महानगरपालिका-१४ कलंकीमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनले अभौतिक मुद्राको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३ सय ८८ रूपैयाँ भन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनी उपर अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

करिब ४ सय ७० किलो गाँजा सहित ट्रक चालक पक्राउ
२०८२-०४-१९

महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलो ९ सय ६० ग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको ना.६ ख २९१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक मान बहादुरलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०४-१९

काठमाडौं, तारकेश्वर नगरपालिका-११ नेपालटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, नोर्फिन ५४ एम्पुल र ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने सोलुखुम्बु दुधकुण्ड नगरपालिका-९ घर भएका ३० वर्षीय सन्तोष तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नेपालटारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही नगरपालिका-९ बस्ने ६० वर्षीया ईश्वरी बखती र उनकै बुहारी २६ वर्षीया प्रभा खत्रीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार १ सय ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । साथै तारकेश्वर नगरपालिका-७ फुटुङस्थित प्रभाको माईतीघरबाट थप ट्रामाडोल १५ हजार ७ सय ५० ट्याब्लेट प्रहरीले बरामद गरेको छ । यसैगरी तारकेश्वर नगरपालिका-९ बस्ने नुवाकोट घर भएका ३१ वर्षीय राम बखतीलाई समेत ट्रामाडोल १ हजार १ सय ९० ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१ धम्बोजीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय अनुप कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिकमा-१५ रातोमाटे चेकप्वाईन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम २ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ चाईना क्वाटर बस्ने २२ वर्षीय समिर मोक्तान र सोही उपमहानगरपालिका-१० बस्ने धनुषा गणेशमान चारनाथ नगरपालिका-४ घर भएका २४ वर्षीय सिद्धार्थ आलेमगर रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ज ०४१४ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२७ रिठ्ठेपानी डेरा गरी बस्ने धादिङ सिद्धलेक गाउँपालिका-१ कालिदह घर भएका २४ वर्षीय राजन गुरूङलाई नियन्त्रित लागूऔषध नोर्फिन २ सय ५८ एम्पुल, डाइजेपाम १ सय ७६ एम्पुल र फेनारगन २ सय २४ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम साँफेबगर नगरपालिका-३ बस्ने  २२ वर्षीय हेमराज कुँवर र कैलाली गोदावरी नगरपालिका-११ बस्ने २६ वर्षीय बिक्रम विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले  उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, लालबन्दी नगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा ५ किलो ३ सय ३० ग्राम सहित सोही नगरपालिका-१४ बस्ने २१ वर्षीय संजित घिसिङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले कालिन्जोरबाट परवानीपुरतर्फ आउँदै गरेको बा.प्र.०२-०३२ प ५९१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक संजितलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । झापा, शिवसताक्षी नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राजेन्द्र कुमार ताजपुरिया र सोही नगरपालिका-४ बस्ने २१ वर्षीय अजय ताजपुरिया रहेका छन् । इलाका प्रहरी कार्यालय शिवगंज समेतबाट खटिएको प्रहरीले राजेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ
२०८२-०४-१९

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सखुवा प्रसौनी गाउँपालिका-५ बस्ने २५ वर्षीय हिरा माझीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । हिराले पीडितलाई प्रेम सम्बन्धमा पारी विभिन्न प्रलोभन देखाई ललाई फकाई विवाह गर्छु र भारतको दिल्लीमा काम लगाई दिन्छु भनि काठमाडौंबाट वीरगंज हुदै भारतको दिल्ली लैजाने लागेको अवस्थामा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी उनलाई वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद  थप  अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०४-१९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-१ गागालफेदी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-५ लुभु घर भएका ६० वर्षीय जनक राउत र भक्तपुर चुँनारायण नगरपालिका-७ कमलबिनायक बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-१ घर भएका ३५ वर्षीय गणेश तामाङ रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०७५ असार २४ गतेको फैसलाले उक्त मुद्दामा २५ लाख रूपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भएकोमा उक्त फैसला उपर पुनरावेदन परी सर्वोच्च अदालतबाट २०८१ असार २४ गते शुरू अदालतको फैसला सदर हुने ठहर गरी फैसला भई फरार रहेका जनकलाई गोकर्णेश्वर नगरपालिका-१ बिपि चोकबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका गणेशलाई भक्तपुर नगरपालिका-१० बाट प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ मध्ये जनकलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ भने गणेशलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

गृहमन्त्री रमेश लेखकद्वारा केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण तथा निर्देशन
२०८२-०४-१८

काठमाडौं, गृहमन्त्री रमेश लेखकले आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण भम्रण गर्नुका साथै उक्त ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सीमित स्रोतसाधनको बाबजूद केन्द्रीय अनुसन्धान ब्यूरोले निर्वाह गरेको महत्वपूर्ण कार्यहरू प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा ब्यूरोलाई थप प्रभावशाली, क्रियाशील एवम् प्रविधियुक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । नयाँ प्रहरी युनिटहरूको माग दिनानुदिन बढिरहेको र यसले प्रहरी प्रति जनताको धारणा सकारात्मक रहेको चर्चा गर्दै जनताको धारणा कायम राख्न सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिक भएर कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । बस्तुनिष्ठ एवम् प्रमाणमुखी अनुसन्धानमा केन्द्रीत रहेर पूर्ण इमानदारिता एवम् लगनशीलताका साथ कार्य गर्न उहाँले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री लेखकले उपलब्ध सीमित प्रविधि र कानूनी जटिलताका कारण घेरै अपराधहरूको अनुसन्धानमा बाधा पुगेको उल्लेख गर्दै देखिएका कानूनी जटिलता समाधान गर्न र केन्द्रीय अनुसन्धान ब्यूरोको विकास एवम् ब्यूरोलाई स्रोतसाधन सम्पन्न बनाउन मन्त्रालय सदैव कटिबद्ध रहेको बताउनुभयो । पुराना मुद्दाहरूको अनुसन्धानमा समेत थप सक्रिय हुन उहाँले उपस्थित प्रहरी अधिकृतहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै जटिल र गहन प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी बोकेको ब्यूरोले सीमित स्रोतसाधनका बाबजूद पनि प्रभावकारी रूपमा जिम्मेवारी वहन गर्दै आइरहेको बताउनुभयो । ब्यूरोलाई भौतिक पूर्वाधारको साथसाथै आधुनिक प्रविधियुक्त बनाउँदै लैजानुपर्नेमा जोड दिँदै अपराध अनुसन्धानमा देखिएका जटिलताहरूको सामना गर्दै थप प्रभावकारी एवम् प्रमाणमुखी अनुसन्धानमा ब्यूरो सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, ब्यूरोबाट गरिएका कार्यहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङ, प्रहरी नायव महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-०४-१८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने वस्तु करिब ४ किलो २ सय ५ ग्राम सहित भारतीय नागरिक ३२ वर्षीय MOULEESWARAN NANJUNDAMORTHI KARUNAI VEL आइतबार दिउँसो पक्राउ परेका छन् । थाई एयरलाईन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने वस्तु करिब ४ किलो २ सय ग्राम सहित भारतीय नागरिक ६६ वर्षीय AHAMAD FIROJ शनिबार दिउँसो पक्राउ परेका छन् । थाई एयरलाईन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ देवकोटा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ३० मिलिग्राम सहित ओमसतिया गाउँपालिका-२ पड्षरी बस्ने २१ वर्षीय बिजय नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट देवकोटा चोक र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय १ सय मिलिग्राम सहित सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ३२ वर्षीय मनोज बस्नेतलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प १७५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सप्तरी, छिन्नमस्ता गाउँपालिका-१ बरहिबिरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय बिशाल राय र डाकनेश्वरी नगरपालिका-७ मझौरा बस्ने ३५ वर्षीय मनोज राय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरी र लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले स.८ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  धनकुटा, चौबिसे गाउँपालिका-६ राजारानी चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित सोही गाउँपालिका-६ बस्ने २ जना किशोरलाई आइतबार बिहान प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-०४-१८

जुम्ला, चन्दननाथ नगरपालिका-१० बोहोरा गाउँ बस्ने २० वर्षीय टिकराज कामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ९० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेदकोट नगरपालिका-९ लालपुर बस्ने ३० वर्षीय गणेश बिष्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८६ मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामोल २ हजार ९ सय १० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ घर भएका ३६ वर्षीय हेम बहादुर तामाङ र सोही उपमहानगरपालिका-१६ बस्ने धनकुटा घर भएका २८ वर्षीय मिलन थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले मिलनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी  दुबै जनालाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय आर्यमन चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय राजेश चौधरी र २८ वर्षीय भुवन चौधरी रहेका छ्न् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१७ गाजिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ७ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय धिरज लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०४-१८

ललितपुर, आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-८ घर भएका ४६ वर्षीय निरोज कुमार खड्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । निरोजले कुटपिट गर्दा कमलामायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  पर्सा, आफ्नै श्रीमती २४ वर्षीया अस्पतलिया देवीको हत्या गरेको अभियोगमा जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोल बस्ने २६ वर्षीय जितन माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जितनले वादविवादको क्रममा  कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-१८

बारा,  ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । छोटेलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । भरतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०४-१७

काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमतीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित सोही ठाउँ बस्ने लमजुङ घर भएका २४ वर्षीय मिलन परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने २५ वर्षीय शाहिल अलि देवानलाई सोही महानगरपालिका-१६ बालाजुबाट ट्रामाडोल ३ सय ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । सुर्खेत, भेरीगंगा नगरपालिका-१२ छिन्चुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय मिलिग्राम सहित वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने मुगु खत्याड गाउँपालिका-३ घर भएका २५ वर्षीय सुरेश शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै क.प्र.०२-००१ ज ०६९८ नम्बरको भ्यानमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुर्खेत, भेरीगंगा नगरपालिका-१० झिलमिले बस्ने हिमा पुनलाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १३ ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र नाईट्राजेपाम १४ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय महेश बुढाथोकी र रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ बस्ने १९ वर्षीय ईश्वर परियार रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, औरही गाउँपालिका-४ नयाँ कमलपुर गाउँबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३ किलोग्राम   सहित गोलबजार नगरपालिका-१ मुक्सार बस्ने ४२ वर्षीय जय राम जोशी समेत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ करबोला चोकबाट अवैध लागूऔषध गाँजा ८ किलो ४ सय ४० ग्राम सहित पर्सागढी नगरपालिका-९ एकटाङ्गा बस्ने ३४ वर्षीय जग मोहन यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले बीआर ०५ एजि ६८०५ नम्बरको मोटरसाइलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-९ बस्ने ३८ वर्षीय नरेन राजबंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने म्याग्दी घर भएका ३२ वर्षीय सुशिल परियार समेत २ जनालाई नियन्त्रित लागूऔषध डाईजेपाम ४३ एम्पुल, आईपिपिएल ४३ एम्पुल र फेनारगन ४३ एम्पुल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुशिलको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-१७

ताप्लेजुङ, आफ्नै भाइ २० वर्षीय रोशन विकको हत्या गरेको अभियोगमा आठराई त्रिवेणी गाउँपालिका-४ आहाले बस्ने २२ वर्षीय मन कुमार विकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयलाई लिएर मन कुमारले खुकुरी प्रहार गर्दा रोशनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो । कैलाली, बर्दगोरिया गाउँपालिका-३ बस्ने १७ वर्षीया याचना सेजवालको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-१ बौनियास्थित राजधानी सेकुवा एण्ड मम सेन्टर होटलमा काम गर्ने सोही गाउँपालिका-१ बस्ने ३३ वर्षीय नृप भन्ने निरज साउदलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । निरजले चक्कु प्रहार गर्दा याचना गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सडकपुर र इलाका प्रहरी कार्यालय सुक्खडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी याचनाको निषर्ग अस्पताल प्रालि धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८२-०४-१७

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने श्याम कृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भएका ४५ वर्षीय इन्द्र श्रेष्ठ समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ स्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१५ बस्ने ४४ वर्षीय धिरेन्द्र सिंह कठायत क्षेत्री समेत ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ९ सय ३५ रूपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध विरूद्ध निर्मम रूपमा प्रस्तुत हुनुपर्ने - गृहमन्त्री रमेश लेखक
२०८२-०४-१६

काठमाडौं, गृहमन्त्री रमेश लेखकले लागूऔषधको उत्पादन, ओसारपसार, भण्डारण एवम् सेवन अत्यन्तै चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै यस्ता चुनौतिको सामना गर्न एवम् लागूऔषध विरूद्ध प्रहरी कर्मचारीहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको शुक्रबार निरीक्षण भ्रमण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले लागूऔषधको कारोबार एवम् सेवनले समाजको साथसाथै युवापुस्तालाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गर्दै लागूऔषध रोकथाम एवम् न्यूनीकरणको लागि थप सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो । नेपाल प्रहरीले संचालन गरेको लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत अन्य सचेतनामूलक कार्यक्रमहरूले लागूऔषध नियन्त्रण, रोकथाम तथा न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।  गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै आगामी दिनमा अझ बढि सक्रिय, लगनशील एवम् प्रभावकारी ढंगले कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । ब्यूरोको विकास एवम् स्तरोन्नतिको लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।    कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै राज्यले अख्तियार गरेका नीति तथा प्रचलित ऐन कानुनको प्रभावकारी कार्यान्वयनका साथसाथै समाजमा घटित हुने हर तरहका अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानको प्रमुख जिम्मेवारी प्राप्त निकाय नेपाल प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम एवम् न्यूनीकरणमा अन्तर्राष्ट्रिय निकायहरूको समन्वयमा समेत योजनावद्ध रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । सुरक्षित, स्वस्थ एवम् लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको चर्चा गर्दै आगामी दिनमा समेत यसको निरन्तरतामा ह्रास आउन नदिने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले लागूऔषध नियन्त्रण र रोकथाम कुनै एक मात्र निकायबाट सम्भव नहुने हुँदा समाजका हरेक वर्ग, तह र तप्काका सरोकारवाला निकायहरूको सामूहिक सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै लागूऔषध रोकथाम तथा नियन्त्रणमा स्थानीय तह, विद्यालय र हरेक परिवारसँगै समाजका अन्य सरोकारवाला निकायहरू समेतको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद कोइरालाले लागूऔषध नियन्त्रण ब्यूरोको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, नेपालमा लागूऔषध अपराधको वर्तमान अवस्था, लागूऔषध अपराधको विश्लेषण, ब्यूरोबाट गरिएका प्रहरी कारवाहीहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०४-१६

काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटेलबाट अवैध लागूऔषध कोकिन १ किलो ५ सय ७४ ग्राम सहित भारतीय नागरिक ३५ वर्षीया RUBINA ABDULLAH SHAIKH लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त कोकिन सहित पक्राउ गरेको हो । साथै उक्त लागूऔषध लिन आएका भारतीय नागरिक ३३ वर्षीय ARUN PRATAP लाई समेत सोही होटेलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-३ इचँगुनारायणबाट अवैध लागूऔषध कोकिन ३२ ग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ERITREAN नागरिक ३७ वर्षीय YUSOUF ATOM र  रसियन नागरिक ४४ वर्षीय ANDREI MALYSHEV रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त कोकिन सहित पक्राउ गरेको हो । झापा, कन्काई नगरपालिका-३ सुरूङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६ ग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा र झापा गाउँपालिका-३ बस्ने २४ वर्षीया प्रेमकला महतो र सिन्धुली भिमान नगरपालिका-१० बस्ने २६ वर्षीय बिनोद विक रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, लालझाडी गाउँपालिका-१ डाँडा बिचवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २९ वर्षीय गोबिन्द राना र २४ वर्षीय सन्जु कुमार राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको  प्रहरीले बेलौरीबाट कैलालीतर्फ जाँदै गरेको सु. प. प्र.- ०१-०१३ प ३८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी  पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ७० मिलिग्राम सहित जानकी गाउँपालिका-५ पथरैया बस्ने २२ वर्षीय रूपेश चौधरी समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.४ प ५४५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ कैलाली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-१ सुन्दरपुर बस्ने २४ वर्षीय चन्दु विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ रेल्बे लाईन टोल बस्ने ४० वर्षीय सरोज कुमार कुर्मीलाई उनकै घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ४० मिलिग्राम सहित बिहीबार बेलुकी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ हड्डी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ बस्ने ३० वर्षीय सुरेन्द्र कुमार गुप्ता र २२ वर्षीय मिथ्लेस पासी रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ने.१ ह ३७४० नम्बरको ईरिक्सामा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-२० बाट अवैध लागूऔषध गाँजा करिब २३ किलो ८ सय ४० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने ३२ वर्षीय बिरेन राई र ३८ वर्षीय मोहन राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले साँगुरीगढीबाट धरानतर्फ आउँदै गरेको प्र-१-०२-०५२ प ९६५७ र  को.३८ प २६९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर हतुवागढी गाउँपालिका-९ बस्ने २४ वर्षीय बिसु राई र १९ वर्षीय निनोस राई रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-७ बस्ने २६ वर्षीय कार्लोस रिजाललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०४-१६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने २६ वर्षीय अक्षय श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका-१० बस्ने काठमाडौं महानगरपालिका-३१ घर भएका २४ वर्षीय सुसान चुडाल, काठमाडौं महानगरपालिका-१४ बस्ने सुर्खेत सिम्ता गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रदिप हमाल र काठमाडौं महानगरपालिका-३१ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-६ घर भएका ३६ वर्षीया मञ्जु दाहाल रहेका छन् । पक्राउ मध्ये अक्षयले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २७ लाख २९ हजार रूपैयाँ, सुसानले बोस्निया र हर्जगोभिना पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख ६३ हजार रूपैयाँ, प्रदिपले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २० हजार रूपैयाँ र मञ्जुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अक्षयलाई काठमाडौं महानगरपालिका-१३ बाट बुधबार तथा सुसानलाई काठमाडौं महानगरपालिका-३२ बाट, प्रदिपलाई काठमाडौं महानगरपालिका-२६ बाट र मञ्जुलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सुसान, प्रदिप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-१६

पाँचथर, आफ्नै श्रीमती २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा फालेलुङ गाउँपालिका-७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । फिदिम नगरपालिका-१ नाम्दुस्थित ससुराली घरमा बिहीबार राति महेन्द्रले कोदालोको पासो प्रहार गर्दा अनु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले महेन्द्रलाई फिदिम नगरपालिका-६ गोलेगाउँबाट पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०४-१६

काठमाडौं, हत्यामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोल्कुपाखा बस्ने नुवाकोट ककनी गाउँपालिका-८ मात्रागाउँ घर भएका ४२ वर्षीय श्याम कालीकोटेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२५ न्ह्योखामा भारत पश्चिम बंगाल घर भएका ५३ वर्षीय सुर्वता पालको साउन १४ गते राति हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ मित्रनगर बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-१६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ खहरे बस्ने संखुवासभा चिचिला गाउँपालिका-१ घर भएकी ५१ वर्षीया दुर्गा देवी गुरूङ र काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०७९ फागुन २३ गतेको फैसलाले उक्त मुद्दामा ३ लाख रूपैयाँ जरिवाना, १ दिन कैद र क्षतिपुर्ती बापत शुल्क १२ हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेकी दुर्गालाई काठमाडौं खहरेबाट बुधबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका महमदलाई काठमाडौं कुलेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०४-१५

काठमाडौं महानगरपालिका-२६ सामाखुशी टाउनप्लानिङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९ ग्राम २ सय २० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ८२ हजार ६ सय ३५ रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने झापा मेचीनगर नगरपालिका-१० घर भएका ३३ वर्षीय शंकर राजवंशीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग  गोंगबुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।   यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ पिपलामोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ७ सय ६० ट्याब्लेट र नगद ६० हजार रूपैयाँ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा बिन्दबासिनी गाउँपालिका-९ बस्ने २० वर्षीय राज कुमार पटेल र सोलुखुम्बु घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र.०२-०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा.७२ प ६६२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध ट्रामानिल १ हजार १ सय २० ट्याब्लेट सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-११ घर भएका ३४ वर्षीय आशिष विक, ३० वर्षीय मनबिर गुरुङ र पोखरा बस्ने तनहुँ घर भएका १७ वर्षीय किशोर रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको ग.१ ख ३९६१ नम्बरको माईक्रो भ्यान तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक आशिष विक सहित ३ जनालाई  पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-२ नाम्यागेलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ सय ट्याब्लेट सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ नाम्यागेल बस्ने कालिकोट घर भएका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोक घर २४ वर्षीय सूर्य लामा र काभ्रेपलाञ्चोक खानिखोला गाउँपालिका-५ घर भएका ३३ वर्षीय बिमल मगर रहेका छन् । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ मोहनपुर बस्ने २६ वर्षीय विशाल चौधरी र २४ वर्षीय दिपक चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले से.६ प २६६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ श्रीरामनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० घुईयाघाट बस्ने २० वर्षीय सुरेन्द्र रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  कास्की, पोखरा महानगरपालिका-६ नारेश्वरबाट अवैध लागूऔषध गाँजा ५ किलो ४० ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने स्याङ्जा बिरूवा गाउँपालिका-५ शिखरसी घर भएका २४ वर्षीय बिक्रम परियारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक पाइपलाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ५० ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने काभ्रे पनौती घर भएका ३६ वर्षीय रमेश दाहाल र काभ्रे मण्डन देउपुर नगरपालिका-६ घर भएका २७ वर्षीय नबिन चौलागाई रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-६ केउलानीस्थित अजय चाइनिज फास्ट फुड पसलबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६२ क्याप्सुल सहित पसलका संचालक सोही ठाउँ बस्ने ४५ वर्षीय अजय ठाडा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिबेणीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  बारा, फेटा गाउँपालिका-१ भलुहिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४७ ग्राम १ सय ८० मिलिग्राम सहित विश्रामपुर गाउँपालिका-१ घोडासाहन बस्ने २२ वर्षीय अजमुल हक अंसारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-२ पानी ट्याङ्की बस्ने २३ वर्षीय कृष्ण चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.५ प ३३२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०४-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने मकवानपुर मनहरी गाउँपालिका-५ घर भएका ३१ वर्षीय अशोक मोक्तान, काठमाडौं तार्केश्वर नगरपालिका-४ बस्ने सल्यान कपुरकोट गाउँपालिका-३ घर भएका ३२ वर्षीय टेक बहादुर घर्ती मगर र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने तनहुँ व्यास नगरपालिका-४ घर भएका ४५ वर्षीय बिमल आले रहेका छन् ।  पक्राउ मध्ये अशोकले युएइ पठाइदिन्छु भन्दै ६ जना पीडितहरुबाट ११ लाख ४० हजार रूपैयाँ, टेक बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८ हजार रूपैयाँ र बिमलले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अशोकलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार तथा टेक बहादुरलाई टोखा नगरपालिका-७ बाट र बिमललाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०४-१५

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका-१ घर भएका ३३ वर्षीय सुकराम लामा तामाङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ बस्ने सुर्खेत लेकवेशी नगरपालिका-१ घर भएका ३७ वर्षीय लक्ष्मी प्रसाद सापकोटा रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०८० असार १ गतेको फैसलाले उक्त मुद्दामा १५ लाख रूपैयाँ जरिवाना, ५ दिन कैद र क्षतिपुर्ती बापत शुल्क ६० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेका सुकरामलाई काठमाडौं महानगरपालिका-८ गौशालाबाट मंगलबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई फरार रहेका लक्ष्मी प्रसादलाई बुढानिलकण्ठ नगरपालिका-६ बाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ मध्ये सुकरामलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने लक्ष्मी प्रसादलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । 

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०४-१४

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नागार्जुन नगरपालिकाको आयोजना एवम् सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणको सहकार्यमा नागार्जुन नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशिला अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध नियन्त्रण तथा न्यूनीकरण गर्न जनचेतनाको ठूलो महत्व रहेको चर्चा गर्दै लागूऔषध रहित समाज निर्माण गर्न प्रहरी, स्थानीय निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायहरूले आपसी समन्वय, सहकार्य तथा दायित्व बोध गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशिला अधिकारीले यस कार्यक्रमले लागूऔषध नियन्त्रण तथा न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणका अध्यक्ष प्रताप दानीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  नागार्जुन नगरपालिकाका प्रवक्ता एवम् नागार्जुन नगरपालिका-५ का वडा अध्यक्ष महेश रिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिग्राम शर्मा पौडेलले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुत गरिएको उक्त कार्यक्रममा लागूऔषध दुर्व्यसन रहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।    कार्यक्रममा नागार्जुन नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणका पदाधिकारीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०४-१४

  झापा, भद्रपुर नगरपालिका-३ झुलुङ्गे पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४४ मिलिग्राम सहित हल्दिबारी गाउँपालिका-२ बस्ने २३ वर्षीय राजिब कुमार राजवंशीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प २५८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ४० मिलिग्राम सहित भारत बहराईज मोतिपुर थाना बलेगाउँ बस्ने ५० वर्षीया जगदैया देवी थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०४-१४

काठमाडौं महानगरपालिका-१४ कलंकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय १० मिलिग्राम, गाँजाको धुलो जस्तो देखिने पदार्थ करिब १ सय ३८ ग्राम ८ सय ६० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २१ हजार रूपैयाँ सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ घर भएका ३६ वर्षीय शिव नेपाली, रामेछाप घर भएका ३० वर्षीय मिलन श्रेष्ठ र झापा घर भएका २६ वर्षीय सुरज श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, देबदह नगरपालिका-१० चरङेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देबदह नगरपालिका-१० भलुही बस्ने २४ वर्षीय सागर विक, ३१ वर्षीय हेमन्तसिंह पुन र भारत उत्तर प्रदेश सिद्धार्थनगर केरार्थ-१ बस्ने २५ वर्षीय प्रभुराम ओझा रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, सिम्रौनगढ नगरपालिका-६ बाट अवैध लागूऔषध ट्रामाडोल १० हजार ३ सय ८० ट्याब्लेट सहित भारत पुर्वी चम्पारण बिहार जितना ग्राम पञ्चायत अगर्वा-६ कोडीगावा टोल बस्ने ५० वर्षीय उपेन्द्र साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले बिआर ०५ बि के ७०३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट र स्पास्मो  ५ सय ४० ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय राजु शर्मा र उनकै श्रीमती ३२ वर्षीया रिता शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले राजुको गोठ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-६ बस्ने २४ वर्षीय कुमार राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको           छ । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१७ बस्ने २९ वर्षीय सोबित तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०४-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-६ बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय नविन खड्का र सर्लाही विष्णु गाउँपालिका-७ घर भएका ४१ वर्षीय राज नारायण महतो रहेका छन् ।  पक्राउ मध्ये सुजनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ, सतेन्द्रले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९० हजार रूपैयाँ, नविनले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र राजले कुबेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनलाई काठमाडौं महानगरपालिका-३ बाट र सतेन्द्रलाई काठमाडौं महानगरपालिका-३२ बाट सोमबार तथा नविनलाई काठमाडौं महानगरपालिका-९ बाट र राजलाई कागेश्वरी मनोहरा नगरपालिका-८ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ
२०८२-०४-१४

काठमाडौं, नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने सिन्धुली दुधौली नगरपालिका-१० कोकटी घर भएका ४७ वर्षीय बिमल तामाङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका बालुवाखानी बस्ने सिन्धुली दुधौली नगरपालिका-१२ घर भएका ३९ वर्षीय लाल बहादुर घिसिङ रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै सुनका गरगहना खरिद गर्ने भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने खोटाङ दिक्तेल मझुवागडी नगरपालिका-१४ बुईपा घर भएका ३९ वर्षीय भक्त बहादुर गदाल विकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने ६ जना पीडितहरूलाई नक्कली सुनलाई सक्कली सुन हो भनि नक्क्ली सुन छाडी पीडितहरूसँग भएको सुनका गरगहनाहरू तथा नगद समेत ठगी गरी फरार भएको खुल्न आएको छ । साथै उनीहरूले आफूसँग साउदी रियाल तथा अन्य देशका मुद्राहरू छ भनि बजार मूल्य भन्दा धेरै कम मूल्यमा दिन्छु भनि विभिन्न प्रलोभन देखाई झुक्यानमा पारी पीडितले सटही गर्न भनि लिएर आएको नेपाली रूपैयाँ लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।  प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेंलो धातु १७ ग्राम ६ सय मिलिग्राम, ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का ४ थान र ना. ५७ प १५१६ नम्बरको स्कुटर समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-१४

काठमाडौं, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दंगीशरण गाउँपालिका-६ घर भएका २२ वर्षीय रमेश खड्कालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । रमेशलाई ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  इलाम, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ मिक्लाजुङ गाउँपालिका-८ तोरीबारी बस्ने २७ वर्षीय भेष राज दुलाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । भेष राजले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुदाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-१४

स्याङ्जा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कास्की पोखरा महानगरपालिका-१७ तल्लोबिरौटा टोल बस्ने ४६ वर्षीय बाजिन्द्र सोती मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  चापाकोट नगरपालिका-२ स्थित विवाह कार्यक्रममा सोही ठाउँ बस्ने हस्ते विकलाई २०५० फागुन महिनामा कुटपिट गर्दा घाइते भई उपचारको क्रममा मृत्यु भएको घटनामा सर्वोच्च अदालतको २०५९ असोज ७ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले कास्कीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०४-१३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरोको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका-११ बस्ने २२ वर्षीय जलिल अहमत सई र ३१ वर्षीय प्रेम राईदास रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ५५२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।सुनसरी, ईनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-६ बस्ने ३६ वर्षीय प्रविन तामाङ र मोरङ उर्लाबारी नगरपालिका-१ बस्ने २४ वर्षीय किरण बिक रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २७ ग्राम ९ सय मिलिग्राम सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार खजुरवाड जोगवनी-५ बस्ने ३० वर्षीय मोहम्मद रिजवान, ३५ वर्षीय मोहम्मद इकरार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने ३५ वर्षीय सरोज बास्तोला र सर्लाही ईश्वरपुर नगरपालिका-१४ बस्ने ४१ वर्षीय अशोक हिङमाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख ६०४२ नम्बरको हायसमा सवार मोहम्मद रिजवान र मोहम्मद इकरारलाई करिब ११ ग्राम ५ सय मिलिग्राम तथा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०१-००१ ख ४५३६ नम्बरको हायसमा सवार सरोज र अशोकलाई करिब १६ ग्राम ४ सय मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ रामधुनी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१८ सिमले बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८२-०४-१३

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम र नगद ५० हजार रूपैयाँ सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका अत्तरखेल बस्ने सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-२ घर भएका ४१ वर्षीय यम बहादुर क्षेत्री र शंखरापुर नगरपालिका-९ साँखु घर भएका २४ वर्षीय रोशन कार्की रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ गरामनी बस्ने २७ वर्षीय रोसन शिवा र सोही नगरपालिका-५ देवीबस्ती बस्ने २४ वर्षीय समरदेव राजबंशीलाई रहेका छन् । प्रहरी बिट मेचीपुल समेतबाट खटिएको प्रहरीले  भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका-४ रिछा बस्ने २३ वर्षीय राम कुमार राना र  पुनर्वास नगरपालिका-६ ङ गाउँ बस्ने २२ वर्षीय कल्लु राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय जिवन मन्ने र २७ वर्षीय आदित्य खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प २७३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१४ खुटिया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने २५ वर्षीय सुभम राना र  सेवा राना रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले प्र.३-०२-००७ प ५५२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, शम्भुनाथ नगरपालिका-६ कठौना बस्ने २७ वर्षीय राम कुमार साहलाई अवैध लागूऔषध गाँजा करिब २ किलो २५ ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कठौनाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-१ ईमाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट, नाईट्राजेपाम १० ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२० पाटन महापाल घर भएका २३ वर्षीय अनिश शाक्य, सोही महानगरपालिका-५ लगनखेल घर भई ललितपुर बालकुमारी बस्ने ३७ वर्षीय जिबन कार्की रहेका छन् । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०४० प ५९८८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय १२ ट्याब्लेट सहित सोही महानगरपालिका-४ गणेशटोल बस्ने ३४ वर्षीय सन्दिप शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९६ ट्याब्लेट, नाइट्राभेट ६० ट्याब्लेट, डाईजेपाम ५९ एम्पुल, नोर्फिन ५९ एम्पुल र फेनारगन ५० एम्पुल सहित नवलपरासी पूर्व विनयत्रिवेणी गाउँपालिका-७ शिवपुर बस्ने ३१ वर्षीय कृष्ण बहादुर रानालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट राम्दिबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ६९४७ नम्बरको बसमा सवार उनालाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-७ किरात चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट सहित रामधुनी नगरपालिका-५ बस्ने १९ वर्षीय सौगात परियार समेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ आदामारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३० वर्षीय प्रविन लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै सोही स्थानमा प्रहरीलाई देख्नासाथ ना.५१ प ५९०७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले झोला छाडि फरार भएपश्चात झोला तलासी गर्दा ट्रामाडोल ६ हजार ट्याब्लेट फेला पारी बरामद गरेको छ । प्रहरीले हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-१३

काठमाडौं, फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएका २८ वर्षीय राजु लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  राजुले काठमाडौं महनागरपलिका-३१ स्थित वडा एरियामा आफू काठमाडौं महानगरपालिकाको फोहोर मैलाको कर्मचारी हुँ भनि रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले हाल सम्म १३ लाख २५ हजार रूपैयाँ असुली गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-२८ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका-१ घर भएका ३४ वर्षीय बुद्धी बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका-१० बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

आठ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०४-१२

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ८ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन १२ गतेको निर्णयले प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा २ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू सुदन कुमार बिष्ट र उदय जंग बहादुर राणा, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू धर्मानन्द भट्ट, सहकुल केसी, रितेश सिंह र उपेन्द्र कुमार ओझा तथा प्राविधिक प्रहरी निरीक्षकहरू राजेन्द्र लामा र सुदन श्रेष्ठ रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई उच्च नेतृत्व क्षमता, सकारात्मक सोच र उर्जाका साथ संस्थागत विकास, सांगठनिक सुदृढिकरण तथा शुद्धिकरण र संगठनको वृहत्तर हितका लागि सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा एवम् अपराध अनुसन्धान र नागरिकमैत्री प्रहरी सेवामा प्राविधिक सेवाको महत्वबारे चर्चा गर्दै प्रहरी सेवालाई थप प्रविधिमैत्री बनाउँदै समयसापेक्ष सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । प्राविधिक सेवालाई थप प्रभावकारी बनाउन पदोन्नतिसँगै बढेको थप जिम्मेवारी र दायित्वलाई प्रहरी अधिकृतहरूले सोही अनुरूप बहन गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्राविधिक प्रहरी उपरीक्षक सुदन कुमार बिष्टले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यवसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०४-१२

सुनसरी, धरान उपमहानगरपालिका-१५ बद्रिनाथ मार्गस्थित ट्याटु हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम र ट्रामाडोल १ हजार ५४ ट्याब्लेट सहित ७ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय योजन राई, २७ वर्षीय दिपेन मगर, २१ वर्षीय जगत मगर, ३३ वर्षीय कृष्ण राई, ३२ वर्षीय सुरज कार्की, १९ वर्षीय असिम राई र सोही उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय सोमत राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले योजनले संचालन गरेको उक्त ट्याटु हाउस तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-७ मोतिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित  सल्यान कपुरकोट गाउँपालिका-३ पैयाँवारी बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गरिरहेको छ ।   कास्की, पोखरा महानगरपालिका-२६ डाडाँकोनाकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्राम सहित तनहुँ म्यादे गाउँपालिका-१ गुणादी बस्ने ३८ वर्षीय कमल थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ८५४९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेक हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-७ घारीपाटनबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४६ एम्पुल, बुप्रेनोर्फिन ४६ एम्पुल र प्रोमेथाजाइन ४७ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने दाङ तुलसीपुर घर भएका २० वर्षीय भुपेन्द्र विक र नुवाकोट बिदुर नगरपालिका-९ घर भएका ३० वर्षीय रवि मिजार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो  कैलाली, जानकी गाउँपालिका-७ खल्ला गलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बर्दिया, मधुवन नगरपालिका-८ लालिबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित कैलाली बर्दगोरिया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले नेपालगंजबाट कैलालीतर्फ जाँदै गरेका भे.६ प ६२२८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ४० ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका-१६ लामाचौर बस्ने २४ वर्षीय सन्तोष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १९१९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०४-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएका ४२ वर्षीय हेम बहादुर तामाङ, काठमाडौं टोखा नगरपालिका-१० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका-२ घर भएका ३५ वर्षीया ईश्वरी थापा र काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ घर भएका ६१ वर्षीया मैया देबी उप्रेती रहेका छन् ।  पक्राउ मध्ये हेम बहादुरले सिङ्गापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ७० हजार रूपैयाँ, ईश्वरीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ र मैया देबीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हेम बहादुरलाई टोखा नगरपालिका-८ बाट शुक्रबार, ईश्वरीलाई टोखा नगरपालिका-१० बाट शनिबार र मैया देबीलाई चन्द्रागिरी नगरपालिका-५ बाट आइतबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये ईश्वरीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा हेम बहादुर र मैया देबीलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नक्कली सुन देखाई ठगी गर्ने दुई जना पक्राउ
२०८२-०४-१२

भक्तपुर, नक्कली सुन देखाई ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८ बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका २८ वर्षीय बुद्धी बहादुर तामाङ र चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने नुवाकोट घर भएका २२ वर्षीय सुमन तामाङ रहेका छन् ।  नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रूपैयाँमा दिन्छु भनी प्रलोभनमा पारी २०८१ फागुन २५ गते सूर्यविनायक नगरपालिका-६ बस्ने ओखलढुङ्गा घर भएका पीडितलाई भक्तपुर इबामोरा चोक नजिक बोलाई उनको साथबाट १२ लाख रूपैयाँ र २०८२ जेठ २७ गते भक्तपुर राधे राधे बस्ने दोलखा घर भएका पीडितलाई भक्तपुर पान्डुबजार नजिक बोलाई ९ लाख ५० हजार रूपैयाँ लिई फरार भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई भक्तपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

लुटपाटमा संलग्न व्यक्ति पक्राउ
२०८२-०४-१२

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३१ वर्षीय दीपेश लम्साललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-१४ लामपाटीस्थित सडकमा सोही ठाउँ बस्ने एक जना पीडितको सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-१२

पाल्पा, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-१० कुमाल गाउँ बस्ने २१ वर्षीय रबिन कुमाललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । रबिनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरले उनलाई पक्राउ गरेको हो ।  सुर्खेत, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१३ दैलेख गुराँस गाउँपालिका-५ गोगनपानी घर भएका ३१ वर्षीय उत्तम चन्दलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उत्तमले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८२-०४-११

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले गत आर्थिक वर्ष २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको एक वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहाँले मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति अन्तर्गत कुल दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्या बारे जानकारी दिनुभयो । प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भैतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गर्नुभयो । यसैगरी उक्त अवधिमा भएका नयाँ नियुक्तिको लागि सिफारिस, छनौटको क्रममा रहेका पदहरू, नयाँ नियुक्ति/ पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कारको साथै प्रशिक्षण सम्बन्धी विवरण प्रस्तुत गर्नुभयो । एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै मुद्दा दर्ता, तुलनात्मक अपराध तथ्याङ्क, मुख्य अपराधहरू, फैसला कार्यान्वयन र हराएका तथा फेला परेका मानिसहरूको विवरण सम्बन्धी तथ्याङ्क समेत उहाँले प्रस्तुत गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक घिमिरेले सो अवधिमा भएका चर्चित अपराधको अनुसन्धान सम्बन्धी विवरण, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता एवम् एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण बारे जानकारी दिनुभयो । यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारवाही सम्बन्धी विवरण, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा समेत उहाँले उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै संगठनको हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझाव प्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताउनुभयो ।   विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

अवैध रूपमा विदेशी बिनिमय कारोबारमा संलग्न तीन जना पक्राउ
२०८२-०४-११

कास्की, अवैध रूपमा विदेशी बिनिमय कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सिद्धार्थनगर नगरपालिका-१३ हाटबजार ठेगाना भएका ४५ वर्षीय महुमुद्दिन एम अहमद, कास्की पोखरा महानगरपालिका-६ बैदाम बस्ने झापा दमक नगरपालिका-४ ठेगाना भएका ४५ वर्षीय राजकुमार बुढाथोकी र कास्की पोखरा महानगरपालिका-१९ पुरनचौर ठेगाना भएका ४३ वर्षीय खेमराज पौडेल रहेका छन् । पोखरा महानगरपालिका-१७ पार्दी बिरौटामा अवैध रूपमा विदेशी बिनिमय कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ३ हजार २ सय यूरो र ४३ लाख ७३ हजार ७ सय नेपाली रूपैयाँ बरामद भएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा महुमुद्दिनले रूपन्देही तथा कास्की जिल्लामा रेष्टुरेण्ट व्यवसाय संचालन गरी नेपाली रूपैयाँसँग विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने, राजकुमारले विगत २० वर्ष देखि सेन्टर प्वाईन्ट लेक साइडमा हिलारी मनी एक्सचेन्ज नामक कम्पनी संचालन गरी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने र खेमराजले विगत १४ वर्ष देखि स्ट्रिट नम्बर १४ लेक साइडमा सगरमाथा मनी एक्सचेन्ज नामक कम्पनी संचालन गरी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने गरेको खुल्न आएको छ ।उनीहरू उपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न
२०८२-०४-११

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा आइतबार आयोजित एक समारोह बीच वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले श्रीखण्ड र नीमको विरूवा रोपण गर्नुभएको थियो ।   सो अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, सह-प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा लगायत प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत प्रहरी हवल्दार तथा जवानहरूले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण गर्नुभएको थियो । सो अवसरमा बेल, अम्बा, कागती, जापनिज हलुवाबेद, अङ्गुर, आरू, आलुबखडा, अनार, नासपाती, एभोकाडो लगायतका १ सय ४० थान विरूवा रोपण गरिएको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०४-११

सिराहा, नवराजपुर गाउँपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्राम ३७ मिलिग्राम सहित भारत मधुवनी ग्राम पञ्यायत बिरपुर-९ बस्ने ३८ वर्षीय श्याम सुन्दर पासवानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सिराहा, सिरहा नगरपालिका-१५ बुधौराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय मुकेश महरा, सोही नगरपालिका-१३ फुलबरिया बस्ने २० वर्षीय सतिश यादव र सोही नगरपालिका-२० सिकाज्योती बस्ने २४ वर्षीय रमन कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय माडर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१-००४ प ६९६१ नम्बरको मोटरसाइकलमा सवार मुकेश तथा म.प्र.०१-००४ प ९८६२ नम्बरको मोटरसाइकलमा सवार सतिश र रमन कुमारलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ३० मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका-३ बस्ने २२ वर्षीय राजकुमार बादीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ भद्रपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७ ग्राम १ सय मिलिग्राम सहित भारत किसनगंज कोल्लिकोट थाना बस्ने ३६ वर्षीय मोहमद इस्लामलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उक्त पदार्थ सहित नियन्त्रणमा लिने क्रममा घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा थप उपचारको लागि पठाइएको छ । कास्की, माछापुच्छ्रे गाउँपालिका-३ नेपाली टोलबाट अवैध लागूऔषध गाँजा १ किलो ७ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, मधुबन नगरपालिका-८ कुसुम्बा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ठाकुरबाबा नगरपालिका-१ घर भएका ३६ वर्षीय कबिराम सुनारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-७ सघापुर बस्ने ४५ वर्षीय भगौती रैदासलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय याङ राई र सोही ठाउँ बस्ने मोरङ केराबारी घर भएका ४० वर्षीय बुद्धि बहादुर ठकुरी रहेका छन्  । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले याङ राईको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । पर्सा, पकहाँ मैनपुर गाउँपालिका-१ धोरेबाट नियन्त्रित लागूऔषध नोर्फिन १ सय ५० एम्पुल र ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित सोही गाउँपालिका-४ मधुवनी बस्ने २५ वर्षीय दिलिप सहनीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धोरेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरी चौकी धोरेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब १९ किलो ८ सय ग्राम सहित सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-२ बस्ने १९ वर्षिय समिर लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ९४३० नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-११

मोरङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैंचा नगरपालिका-६ नमुना चोक बस्ने ३७ वर्षीय खगेन्द्र विकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उदयपुर, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-९ हडिया बस्ने ४८ वर्षीय गजेन्द्र गिरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । गिरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८२-०४-११

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ सिमलीगाउँ बस्ने रामेछाप मन्थली नगरपालिका-६ घर भएका ३९ वर्षीय श्याम तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ३ सय ३० रूपैयाँ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटल लेक टप एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेका अवस्थामा रेष्टुरेण्टका संचालक पोखरा महानगरपालिका-२४ घर भएका ४७ वर्षीय चिन्तामणि अधिकारी समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६१ हजार ४ सय नेपाली रूपैयाँ,  ५ हजार ५ सय भारतीय रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ६ सय ७१ किलो गाँजा सहित ट्रक चालक पक्राउ
२०८२-०४-१०

चितवन, राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ६ सय ७१ किलो ६ सय ग्राम सहित भारत बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय Shekh Sabilakhtar लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको युपि ८२ टि ३९२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई लुकाई छिपाई राखेको ४३ वटा पोकाबाट उक्त परिमाणको गाँजा फेला पारी चालक Shekh Sabilakhtar लाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८२-०४-१०

कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-६ बस्ने २१ वर्षीय नवराज मिजारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, कचनकवल गाउँपालिका-४ लोधावारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५८ ग्राम ४ सय मिलिग्राम सहित भारत बिहार बस्ने २९ वर्षीया तबसुम आरा समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमही नगरपालिका-५ कोईलाबास रोड बस्ने ३१ वर्षीय रमेश पौडेल र २६ वर्षीय अजित पौडेल रहेका छन् । प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले बा.१५ च ९१२३ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ बारघरे बस्ने ३३ वर्षीय गम बहादुर परियारलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५८ ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-५ बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ३७ वर्षीय रविन आचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  रविनले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६५ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-१०

काठमाडौं, ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने सुनसरी गढी गाउँपालिका-५ घर भएका ४८ वर्षीय हिरा बहादुर मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत सुनसरीबाट २०८२ असार १७ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सुडालबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लगि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-०९

म्याग्दी, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रघुगंगा गाउँपालिका-४ दग्नाम बस्ने के बहादुर गर्बुजालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  के बहादुर समेतका व्यक्तिहरूले साविक दग्नाम गाविस-२ बस्ने धनराम तिलिजाको धारिलो हतियार प्रहार गरी २०६० कात्तिक ६ गते हत्या गरेको घटनामा जिल्ला अदालत म्याग्दीको २०६८ जेठ ११ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले रघुगंगा गाउँपालिका-४ दग्नामबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत म्याग्दी पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०४-०९

महोत्तरी, बर्दिबास नगरपालिका-३ काँटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा धनगढीमाई नगरपालिका-७ बस्ने २४ वर्षीय प्रवेश यादव र धनुषा धनुषाधाम नगरपालिका-८ बस्ने ३२ वर्षीय प्रवेण अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.७७ प ५५०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मोरङ, उर्लाबारी नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित रतुवामाई नगरपालिका-६ बस्ने २९ वर्षीय मनोज कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  उर्लाबारीबाट खटिएको प्रहरीले को. ३५ प ५०२३ नम्बरको मोटरसाइकमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-९ बस्ने ३३ वर्षीय बिकास कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले  रानीबाट विराटनगरतर्फ आउँदै गरेको प्र.१-०२-००४ ह ३१५७ नम्बरको सिटि सफारी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक बिकासलाई पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-१ भरतपुरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ४ सय ६९ ग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी सुर्नया गाउँपालिका-३ बस्ने २८ वर्षीय चन्द्र सिंह ऐरी, २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश विक रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलोग्राम सहित बझाङ छबिसपाथिभेरा गाउँपालिका-७ घर भएका ३९ वर्षीय गगन बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ जालीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय मागु राम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम  र नगद ६ हजार ५ सय ५० रूपैयाँ सहित तुलसीपुर उपमहानगरपालिका-१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेतलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ  गरेको हो । सुर्खेत, विरेन्द्रनगर नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय आर्यन शाहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले आर्यनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।यसैगरी सुर्खेत, विरेन्द्रनगर नगरपालिका-४ एरीचोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ४३ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय कमल कार्की र सोही नगरपालिका-‍३ बस्ने २१ वर्षीय ध्वनिल मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-७ पेडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय निरन्जन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । लमजुङ, सुन्दरबजार नगरपालिका-६ फेदिकुनाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६७ ट्याब्लेट सहित ४ जनालाई  बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने १९ वर्षीय मनिष नेपाली, २२ वर्षीय रिजन तामाङ, २२ वर्षीय कुशल रेग्मी र सोही नगरपालिका-७ बस्ने २५ वर्षीय सन्तोष कुमाल रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८२-०४-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय साजन गुरूङ, ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका-१ घर भएका ३६ वर्षीय दिपक थापा, काठमाडौं कागेश्वरी मनोहरा नगपालिका-५ बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका ४७ वर्षीय टेक बहादुर केसी, ललितपुर महानगरपालिका-२३ बस्ने स्याङ्जा वालिङ नगरपालिका-७ घर भएका ५० वर्षीय भरत प्रसाद पाण्डे र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने पर्वत विहादी गाउँपालिका-४ घर भएका ३८ वर्षीय प्रेम प्रसाद भुषाल रहेका छन् । पक्राउ मध्ये साजनले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ८० हजार रूपैयाँ, दिपकले जर्जिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, टेक बहादुरले ग्रीस पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २१ लाख रूपैयाँ, भरतले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ र प्रेमले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले साजन र टेक बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट तथा दिपकलाई काठमाडौं महानगरपालिका-३० बाट बुधबार, भरत र प्रेमलाई ललितपुर महानगरपालिका-१५ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०८२-०४-०८

काठमाडौं, नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो ।अवलोकन पश्चात आयोजित कार्यक्रममा नेपाल प्रहरीका सह-प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय तथा सहकार्यको क्षेत्र लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण समेत गर्नुभएको थियो । सो कार्यक्रममा सेनानी मनोज सुबेदीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । 

भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०४-०८

काठमाडौं, भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २४ वर्षीय राजकुमार अच्छामी र पर्सा वीरगंज बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१४ घर भएका ४५ वर्षीय रेशम बहादुर खत्री रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौं बल्खुबाट र रेशम बहादुरलाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा पर्सा वीरगंज महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा पीडितलाई भारतमा चालकको काममा लगाई दिन्छुभनि प्रलोभन देखाई २०८२ वैशाख १९ गते बिहान काठमाडौं बल्खुबाट पर्सा वीरगंज पुर्‍याई वीरगंजमा रेशम बहादुरले रिसिभ गरी थप प्रलोभनमा पारी भारतको रक्सौल हुँदै पटना पुर्‍याएको खुल्न आएको छ । साथै पटनास्थित पुनपुन अजय स्टेशनमा रहेको वेल स्टार डाईनामिक कम्पनीमा प्रतिव्यक्ति १० हजार भारतीय रूपैयाँ तिर्न लगाई तालिमको नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको, फेसबुक मेसेन्जरमा अन्य मानिसहरूसँग समेत नयाँ आईडि बनाई कुरा गर्न लगाई विभिन्न प्रलोभनमा पारी भारत बोलाई अनलाईन स्क्यामिङको काम गर्न बाध्य बनाएर २ लाख बराबरको रकम लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती कागज समेत गरी करिब २ महिना सम्म बन्धक बनाई राखेको समेत खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०४-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित मोरङ विराटनगर महानगरपालिका-६ बस्ने सुनसरी इनरूवा नगरपालिका-७ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३६७३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१४ बस्ने ५२ वर्षीय कुमार बस्नेतलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ५ सय ७६ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । सप्तरी, राजगढ गाउँपालिका-३ कट्टी टोलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ७५ ट्याब्लेट सहित सोही नगरपालिका-१ बस्ने १९ वर्षीय रोहित यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झुट्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०४-०८

काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६ किलोग्राम सहित सोही नगरपालिका-९ मच्छेगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-२ घर भएका ३९ वर्षीया पार्वती मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपलिका-१० बनकट्टी बस्ने २० वर्षीय संजय रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ८० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय शंकर बस्नेतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर समेतबाट खटिएको प्रहरीले  उनलाई उक्त पदार्थ सहित  पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ स्थित डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-११ भिमबस्ती बस्ने २० वर्षीय निशान्त ढकाल समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-९ ब्रह्मदेबबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय संजय लावडलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रह्मदेब समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ३० मिलिग्राम सहित इलाम नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, कटारी नगरपालिका-८ बस्ने ४५ वर्षीया देव कुमारी थापा मगरलाई अवैध लागूऔषध गाँजा ३० किलो ३ सय ६० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१ बस्ने २२ वर्षीय साजन श्रेष्ठ र २३ वर्षीय कृष्ण मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-७ पुरानो चोहर्वा बस्ने ३० वर्षीय रबिन मुखियालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २२ वर्षीया अनुशा तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ आउँदै गरेको ना.७ ख ५१४९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न बारा जीतपुरसिमरा उपमहानगरपालिका-२१ घर भएका ३२ वर्षीय मनोज कुमार ठकुरीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१ वाटरपार्कबाट  नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ६४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१८ बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बिशालनगरबाट खटिएक प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-०८

काठमाडौं, गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपलिका-३१ नयाँबानेश्वर बस्ने सिन्धुली कमलामाई नगरपालिका-१३ घर भएका ४६ वर्षीय गंगा हरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।  गृह मन्त्रालयको कर्मचारी हुँ भनि झुठा परिचय दिई पीडितहरूलाई गृह मन्त्रालयमा करारमा जागिर लगाई दिने विश्वास दिलाई नागरिकताको फोटोकपी लगायका कागजातहरु माग गरी फर्जी कर्मचारी फारम भराई रकम समेत लिई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा उनलाई सिन्धुली भिमान चोकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

ठगीमा संलग्न तीन जना पक्राउ
२०८२-०४-०८

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-२ घर भएका २३ वर्षीय विशाल घिमिरे, काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने सर्लाही लालबन्दी नगरपालिका-१ नवलपुर घर भएका २५ वर्षीय समिर सिंह र ललितपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने सर्लाही कविलासी नगरपालिका-९ सल्यानपुर घर भएका २६ वर्षीय अशोक कुमार यादव रहेका छन् ।  अमेरीका जाने प्रयोजनका लागि बैंक ब्यालेन्स देखाउन १ करोड २० लाख  रकम आवश्यक भएको बहाना बनाई पीडितहरूलाई झुक्याई, प्रलोभनमा पारी उक्त रकम खातामा जम्मा गर्न लगाई अन्य व्यक्तिहरूको बैंक खाताहरूमा स्थानान्तरण गरी/गराई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-०८

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१ कमलपोखरी बस्ने धनुषा मिथिला नगरपालिका-१० घर भएका ४६ वर्षीय सन्तोष पुडासैनीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुर समेतबाट विभिन्न मितिमा भएको फैसला बमोजिम ७३ लाख जरिवाना र १ महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२९ धापाखेलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०४-०७

कास्की, पोखरा महानगरपालिका-३२ लामेआहालबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ सय ग्राम सहित सोही महानगरपालिका-१७ विरौटा बस्ने गोरखा घर भएका २८ वर्षीय प्रकाश गुरूङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले गोरखाबाट पोखरातर्फ आउँदै गरेको ग.६ प १६३० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । दाङ, लमही नगरपालिका-९ अमिलिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम सहित सल्यान शारदा नगरपालिका-१ पट्नेरी बस्ने ३१ वर्षीय बिक्रम बुढाथोकीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहागनरपालिका-१३ गैरी टोल बस्ने २८ वर्षीया पुष्पा राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ८० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरापालिका-१७ डाँडा घोपाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ८ सय ७३ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१७ बस्ने २७ वर्षीय अन्जान विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने ३१ वर्षीय अशोक सुनारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बारा, सिम्रौनगढ नगरपालिका-९ पिठवाबाट नियन्त्रित लागूऔषध नोर्फिन १ हजार ६ सय एम्पुल, फेनारगन १ हजार ६ सय एम्पुल र डाईजेपाम १ हजार ६ सय एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही रामनगर गाउँपालिका-१ धुर्वा टोल बस्ने २० वर्षीय राजेश गुप्ता र बारा जीतपुरसिमरा उपमहानगरपालिका-७ खडका टोल बस्ने २४ वर्षीय नसिर अंसारी रहेका छन् । प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.८ प ५४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, जानकी गाउँपालिका-३ नयाँलायकपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दुई किलोग्राम सुन सहित दुई जना चिनियाँ नागरिक पक्राउ
२०८२-०४-०७

काठमाडौं, दुई किलोग्राम सुन तथा नगद २४ लाख रूपैयाँ सहित २ जना चिनियाँ नागरिकहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ ज्याँठा बस्ने चीन सिचुआन घर भएका ४६ वर्षीय CHUNLIN TAN र २४ वर्षीया XUEMI ZOU रहेका छन् । CHUNLIN TAN समेतका व्यक्तिहरूले भन्सार छली गरेको सुन नेपालमा ल्याई काठमाडौं महानगरपालिका-२६ ज्याँठास्थित JIU DING YUAN BIN GUAN होटलमा बसी अवैध रूपमा कारोबार गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले होटलको ३०४ नम्बरको कोठा तलासी गर्दा बिस्कुट आकारमा रहेको उक्त परिमाणको सुन तथा नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-०७

ओखलढुंगा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-७ धनेपु बस्ने ५२ वर्षीय तेन्जी शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । धनकुटा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा साँगुरीगढी गाउँपालिका-६ डेरा गरी बस्ने  सुनसरी इनरूवा नगरपालिका-७ चाँदवेला घर भएका २६ वर्षीय महमद सुबजानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महमदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुवहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यसैगरी धनकुटा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका-५ चौबाटे बस्ने २८ वर्षीय रोशन तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । रोशनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट फलामेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  कैलाली, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  लम्कीचुहा नगरपालिका-७ खरौलाड बस्ने २५ वर्षीय तपेन्द्र भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । तपेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०४-०६

झापा, भद्रपुर नगरपालिका-७ डाँफेचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम ४ सय ९० मिलिग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल चापागाई, नुवाकोट तादी गाउँपालिका-६ बस्ने ३० वर्षीय मन कुमार दर्जी र उनकै श्रीमती २६ वर्षीया शशी खत्री रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, जानकी गाउँपालिका-३ नयाँ लायकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०४-०६

कञ्चनपुर, भीमदत्त नगरपालिका-१७ मझगाउँबाट नियन्त्रित लागूऔषध फेनारगन २२ एम्पुल सहित सोही नगरपालिका-१८ कटान बस्ने ३१ वर्षीय बिनोद चन्दलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उमपमहानगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र स्पास्पेन १ सय १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-२ त्रिवेणी चोक बस्ने २३ वर्षीय आकाश भण्डारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट हवौचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१३ निसाने डाँडास्थित सडकबाट अवैध लागूऔषध गाँजा ९ किलोग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय सुरेश खत्वे र २० वर्षीय तुलसी पासवान रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले राजारानीबाट धरानतर्फ आउँदै गरेको को.१ ख ६०९० नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ८५ एम्पुल, फेनारगन १ सय ८५ एम्पुल र बुप्रेनोर्फिन १ सय ८५ एम्पुल सहित लमजुङ सुन्दरबजार नगरपालिका-८ बलीथुम बस्ने ६३ वर्षीय प्रेम बहादुर परियारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ६४९८ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-९ नयाँबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय नन्द बहादुर खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङबाट नियन्त्रित लागूऔषध फेनारगन ४७ एम्पुल, नुर्फिन ४७ एम्पुल, डाईजेपाम ५१ एम्पुल, अवैध लागूऔषध गाँजा ३ सय ग्राम र टापेन्टाडोल ७ ट्याब्लेट सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने बाग्लुङ घर भएका २६ वर्षीय पूर्ण मगर, धादिङ घर भएका २३ वर्षीय किरण अर्याल क्षेत्री, पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने २८ वर्षीय प्रदिप सुनार र सोही महानगरपालिका-६ दिगोपाटन बस्ने पाल्पा घर भएका २३ वर्षीय बिनोद सिन्जाली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले पूर्णको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । झापा, गौरादह नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३१ मिलिग्राम सहित सोही नगरपालिका-१ चैतु चोक बस्ने २५ वर्षीय लुखीराम बास्की समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलबस्तु बागगंगा नगरपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने १९ वर्षीय बिकाश राज पाण्डे र सोही ठाउँ बस्ने २२ वर्षीय कबिन चन्दन रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बा.८८ प १९८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०४-०६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ घर भएकी २९ वर्षीया जुनु राना थापा मगर र काठमाडौं महानगरपालिका-३२ बस्ने बर्दिया गुलरिया नगरपालिका-२ घर भएका ३३ वर्षीय सुदिप कुमार यादव रहेका छन् ।  पक्राउ मध्ये जुनुले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख १० हजार रूपैयाँ र सुदिपले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ५४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जुनुलाई काठमाडौं महानगरपलिका-१५ बाट र सुदिपलाई काठमाडौं महानगरपालिका-३० बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ  । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-०६

उदयपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-९ अजयगरा बस्ने १९ वर्षीय सुजन सदालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  पर्वत, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहादी गाउँपालिका-६ चर्काङ बस्ने ६४ वर्षीय भुवान्नद तिवारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भुवानन्दले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सेतीवेणीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०४-०६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका-३० बस्ने ४९ वर्षीया लता गुरूङ श्रेष्ठ र काठमाडौं महानगरपालिका-२९ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-५ घर भएका ४९ वर्षीय वृहस्पति राई रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा २ लाख २२ हजार रूपैयाँ जरिवाना, १ दिन कैद र क्षतिपूर्ती बापत शुल्क ८ हजार ८ सय ८० रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेकी लतालाई काठमाडौं सितापाईलाबाट सोमबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ असार २८ गतेको फैसलाले २० लाख रूपैयाँ जरिवाना, ४ दिन कैद र क्षतिपूर्ती बापत शुल्क ८० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेका वृहस्पतिलाई काठमाडौं शंखमुलबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८२-०४-०५

कास्की, चोरीमा संलग्न रहेको अभियोगमा माछापुछ्रे गाउँपालिका-९ घर भएका २३ वर्षीय ओम बहादुर भुजेललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका-५ मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसका संचालक संगिता भण्डारीको कोठाबाट नगद १२ लाख ३० हजार रूपैयाँ शुक्रबार राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनलाई पोखरा महानगरपालिका-६ डिकोपाटनबाट चोरी भएको नगद ९ लाख ९७ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित फेला पारी पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-०५

संखुवासभा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका-९ बस्ने ६२ वर्षीय शम्सेर बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  भोजपुर घर भएका ३६ वर्षीय पर्शुराम विकको २०६१ चैत २२ गते हत्या भएको घटनामा पुनरावेन अदालत धनकुटाको २०६९ असार १७ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले चैनपुर नगरपालिका-९ बाट पक्राउ गरेको हो ।   उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा आदलतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०४-०५

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ जोरपाटी गैरीगाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४७ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने शंखरापुर नगरपालिका-२ पटाप घर भएका २६ वर्षीय जोन तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-११ स्थित डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-४ चौराहा बस्ने १९ वर्षीय आयुष मल्ललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासन समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-६ सिंहपुर राना टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने आकाश राना समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले बा.४६ प ७७३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित अर्जुनधारा नगरपालिका-५ बस्ने २५ वर्षीय अजय धिमाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-३ दोकडाँडा बस्ने ४३ वर्षीय हरिलाल न्यौपानेलाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय २८ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४२ ग्राम १७ मिलिग्राम, नगद ३७ हजार ९ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित भारत विहार कटिहार घर भएका २८ वर्षीय सुरज कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ पचासास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने २४ वर्षीय कर्ण बहादुर लोहारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, गुलरिया नगरपालिका-८ भादाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ टेपरी बस्ने ३० वर्षीय अबधेश यादव र ३३ वर्षीय विवेक गिरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले महम्दपुर देखि गुलरिया बजारतर्फ आउँदै गरेको भे.१ ह ६८७ नम्बरको अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी अटो चालक अबधेश र अटोमा सवार विवेकलाई पक्राउ गरेको हो ।  तनहुँ, शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३६ एम्पुल, फेनारगन ३६ एम्पुल र नोर्फिन ३६ एम्पुल सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका-८ बस्ने ३० वर्षीय किरण आले, सोही नगरपालिका-४ दुलेगौडा बस्ने ३० वर्षीय विशाल गुरूङ र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले विशालको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-०१ चौकीटोल बस्ने २१ वर्षीय दिल बहादुर लो तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।  धनकुटा, चौबिसे गाउँपालिका-५ मानेडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामोल ९२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय सौगात मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-७ लखनास्थित घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २१ वर्षीय रामलाल भुजुवा, सोही  नगरपालिका-७ बस्ने ३३ वर्षीय मिथुन थारू र सोही नगरपालिका-५ बस्ने ३२ वर्षीय जनक थारू रहेका छन् । इलाका प्रहरी कार्यलय कोहलपुर र अस्थायी प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्ने धादिङ नेत्रावती गाउँपालिका-५ घर भएका २९ वर्षीय सुदिप सापकोटालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  सुदिपले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महनागरपलिका-१५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-०५

धादिङ, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा निलकण्ठ नगरपालिका-३ बस्ने १९ वर्षीय अमृत जंग मल्ल समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ । कैलाली, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०४-०४

काठमाडौं, नागार्जुन नगरपालिका-५ स्थित हलचोक चौताराबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ८ किलो ५ सय ग्राम, पोलेन जस्तो देखिने पदार्थ १ किलोग्राम र नगद १६ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएकी ३८ वर्षीया चमेली ग्याल्वा तामाङ र काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-७ घर भएकी १९ वर्षीया बिनिता पुरी रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चमेलीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-५ बस्ने १९ वर्षीय गौरव थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, गुलरिया नगरपालिका-७ बदालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय अशोक कुमार यादव र सोही नगरपालिका-४ खैरी बस्ने ४३ वर्षीय राम प्रसाद रैदास रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ मेनरोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० बस्ने सप्तरी राजगढ गाउँपालिका-२ घर भएका ३६ वर्षीय अजय सिंह समेत २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मकवानपुर, बागमती गाउँपालिका-६ फापरबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने रौतहट गौर नगरपालिका-१३ सिर्सिया घर भएका ३१ वर्षीय अमित साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । सुनसरी, धरान उपमहानगरपालिका-१३ निसाने डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-४ बस्ने ३२ वर्षीय मनोज राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९५२० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-६ हलेशी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ४ सय ४० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ५ सय ५० ट्याब्लेट र स्पास्मो प्रोक्सिभन १ सय ४४ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इनरूवा नगरपालिका-८ बस्ने ३४ वर्षीय मोहमद सफरूल र कोशी गाउँपालिका-५ बस्ने ४८ वर्षीय अशोक कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.३३ प ३१४९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ६० ट्याब्लेट सहित सोही उपमहागनरपालिका-१५ एभरेष्ट लाईन बस्ने २१ वर्षीय विश्व लिम्बुलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१४ उदयपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय अजय कुमार खटिकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, कैलारी गाउँपालिका-१ हसुलिया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १७ ग्राम ४ सय ६० मिलिग्राम सहित भारत लखिमपुर चन्दनचौकी घर भएका २३ वर्षीय अन्सु गुप्तालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बझाङ, जयपृथ्वी नगरपालिका-१० चैनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सन्दिप बोहरा र सूर्मा गाउँपालिका-२ बस्ने २८ वर्षीय सागर बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले सन्दिपको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  रूपन्देही, सैनामैना नगरपालिका-८ बाँसगढीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय जगदिश थापा मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  सप्तरी, सुरूङ्गा नगरपालिका-४ बलान पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २६ वर्षीय किरण श्रेष्ठ र कञ्चनपुर घर भएका ३० वर्षीय दिवस पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०४-०३

   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ पुरानो मनकामना पथ डेरा गरी बस्ने बकैया गाउँपालिका-९ घर भएका २१ वर्षीय अंकित दोङलाई नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ११ ट्याब्लेट र ट्रामाडोल ५ सय ३१ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ भोर्ले बस्ने ३० वर्षीय उमेश मोक्तानलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय १० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको बा.प्र.०३-००५ प ९४९३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९ सय १० मिलिग्राम सहित पर्सा पोखरीया नगरपालिका-१ बनकटवा बस्ने २७ वर्षीय अकलेश महत्तो कुशहवालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा कमानेतर्फ आउँदै गरेको ना.३७ प ६४४९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ संगम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ चौकी टोल बस्ने २० वर्षीय सतिस लामा समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सप्तरी, राजबिराज नगरपालिका-७ रंगशाला नजिक बस्ने ५३ वर्षीय नारायण बहादुर कार्कीलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ सय ८२ ट्याब्लेट, नाईट्राजेपाम १ सय ४९ ट्याब्लेट, नगद २ लाख ५० हजार ५ सय १० नेपाली रूपैयाँ, ६ हजार ३ सय ३० भारतीय रूपैयाँ र मोबाइल १३ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-७ चौगुर्जीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३५ वर्षीय असगर अलिलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका-३ बस्ने १९ वर्षीय दिपेन्द्र नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, जानकी गाउँपालिका-४ बेलपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय निरज कठरिया र २० वर्षीय अमन बडायक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० सिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्राम सहित भारत लखिमपुर खिरी सुडा बस्ने २५ वर्षीय कल्लु रानालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-८ माईस्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमलामाई नगरपालिका-६ बस्ने २६ वर्षीय सुदर्शन मग्राती र २५ वर्षीय गुञ्ज बहादुर ओली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले सिन्धुलीतर्फ आउँदै गरेको ना.३ ख ७९०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३६ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-२ यादव टोल बस्ने ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-८ बस्ने २४ वर्षीय रंजित कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, ईनरूवा नगरपालिका-४ बस चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७० ट्याबलेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-९ बस्ने १९ वर्षीय प्रबिन बिष्ट र मोरङ बेलबारी नगरपालिका-९ बस्ने अमृत तमाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, बुद्धशान्ति गाउँपालिका-४ राईचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २२ वर्षीय साजन मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-०३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने झापा शिवसताक्षी नगरपालिका-८ घर भएका ४२ वर्षीय सन्तोष सुनुवारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सन्तोष कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-७ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ
२०८२-०४-०३

काठमाडौं महानगरपालिका-१३ ताहाचल डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका-११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा बिम्मा समेत ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ३ सय रूपैयाँ र २४ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३१ भुपिशेरचन मार्ग बस्ने मोरङ बेलबारी नगरपालिका-९ घर भएकी ६३ वर्षीया साबित्री श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ६ सय २० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कस्थित धादिङ होटलबाट जुवातास खेलिरहेको अवस्थामा तनहुँ देवघाट गाउँपालिका-४ देवघाट बस्ने ४२ वर्षीय मान बहादुर मगर समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ९ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने पदम बहादुर आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय बिनोद मल्ल समेत ११ जनालई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-०३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका-२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा ३ लाख ५० हजार रूपैयाँ जरिवाना, ३ दिन कैद र क्षतिपूर्ती वापत १६ हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-०३

पाल्पा, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-७ बस्ने ५२ वर्षीय खुम बहादुर क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । खुम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ वानडाँडा बस्ती बस्ने २४ वर्षीय पदम दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पदमले ती किशोरीलाई दमक नगरपालिका-३ स्थित छाप्रामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई दमक नगरपालिका-५ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०४-०२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित भारत खाकरावाली बस्ने ३१ वर्षीय कौशिक साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००२ ख ०९४७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१३ निसाने डाँडाबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित मोरङ रंगेली बस्ने १६ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-००२ ख ०८१८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा १० किलो ७ सय ७८ ग्राम सहित सिम्रौनगढ नगरपालिका-७ मलाही टोल बस्ने ३४ वर्षीय धर्मेन्द्र सहनी मलाहालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी पथलैयबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.८ ख ७३४६ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

किर्ते गरेको अभियोगमा पक्राउ
२०८२-०४-०२

काठमाडौं, विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको छाप तथा विवरण तयार गरी किर्ते गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बस्ने झापा धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सफराजले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू बनाउने गरेको भन्ने  सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३ महाराजगंज चोकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको कोठाबाट विभिन्न कार्यालयका होलोग्राम, विभिन्न सरकारी कार्यालय, जिल्ला अदालत, बैंक तथा वित्तीय संस्थाका रबर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाका बैंक स्टेटमेन्ट, प्रिन्टर २ थान, सिपियु १ थान, स्क्यानर १ थान लगायतका सामान समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा सफराजले बिगत २ वर्ष देखि आफ्नै पसलमा विभिन्न शैक्षिक संस्था, सरकारी कार्यालय तथा राजनैतिक पार्टीहरूको नक्कली छाप, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको लेटर प्याड, बैंकिङ कारोबारको विवरण र नक्कली रबर स्ट्याम्प समेत तयार गर्ने गरेको खुल्न आएको छ । उनी उपर लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०४-०२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४५ ट्याब्लेट र नगद ८ हजार ५ सय ८५ रूपैयाँ सहित ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ घर  भएका २९ वर्षीय मनिष खड्का, सोही नगरापालिका-१० घर भएका २५ वर्षीय सुजन रूम्बा, सोही नगरपालिका-४ डेरा गरी काभ्रे पनौती नगरपालिका-३ घर भएका २७ वर्षीय रबिन तामाङ, चन्द्रागिरी नगरपालिका-१० डेरा गरी बस्ने सिन्धुली घर भएका २२ वर्षीय बिक्रम साह शंकर र सोही नगरपालिका-८ घर भएका ३० वर्षीय साजन राउत रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, सुनवर्षी नगरपालिका-९ डायनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सिक्टी ग्राम पंचायत-१३ सहिदाबार बस्ने ३२ वर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायत-६  ऱहनीकट्टा बस्ने ३२ वर्षीय शेर मोहमद रहेका  छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले झपडतलबाट डायनियातर्फ आउँदै गरेको बिआर ३७ एसी ६७९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, शहिदभुमी गाउँपालिका-६ सुकेआलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २३ वर्षीय सुवास राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले प्रदेश नम्बर १-०२-०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय नसिप मनिहारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौडा उपमहानगरपालिका-२ सानोपोखरा चोकस्थित चिया पसलबाट अवैध लागूऔषध गाँजा ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८८ ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भिमफेदी गाउँपालिका घर भएका ४२ वर्षीया सरस्वती मुक्तान, भारत मोतिहारी बस्ने २३ वर्षीय सुल्तान खान र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सरस्वतीको चिया पसलबाट उक्त लागूऔषध फेला सहित उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ लाख ३ हजार ८ सय ट्याब्लेट, ट्रामाडोल १ हजार ८ सय ७० एम्पुल, Tramadol and Acetaminophen ४ हजार ५० ट्याब्लेट र डाइक्लोमाइन ९७ हजार ट्याब्लेट सहित अर्जुनधारा नगरपालिका-६ बस्ने २५ वर्षीय बिनोद घिमिरेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित बिनोद र बिर्तामोड नगरपालिका-५ बस्ने ५० वर्षीय भानुभक्त खरेलले कोठा भाडामा लिई नियन्त्रित लागूऔषध भण्डारण गरी राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी बिनोदलाई पक्राउ गरेको हो  । हाल फरार भानुभक्तको प्रहरीले खोजी गरिरहेको छ ।  सुर्खेत, भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय २० मिलिग्राम सहित लेकवेशी नगरपालिका-३ गोरामारे बस्ने २८ वर्षीय कृष्ण बहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सप्तरी हनुमानगर कंकालिनी नगरपालिका-९ बस्ने २१ वर्षीया प्रतीक्षा रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-०२

 डडेलधुरा, आफ्नै श्रीमती ४० वर्षीया खिमा देवी भुलको हत्या गरेको अभियोगमा गन्यापधुरा गाउँपालिका-३ डिल बस्ने ५४ वर्षीय करन भुललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । करनले बिहीबार राति हँसिया प्रहार गरी खिमाको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  रूपन्देही, सियारी गाउँपालिका-३ कुरमार बस्ने २८ वर्षीय नागेश्वर चौधरीको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-८ गठुवा बस्ने २४ वर्षीय पाहलद थारूलाई प्रहरीले पक्राउ गरेको छ । पाहलदले बुधबार कुटपिट गर्दा नागेश्वर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका नागेश्वरको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०४-०२

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपलिका-१० प्रगतिनगर बस्ने लमजुङ सुन्दरबजार नगरपालिका-१ घर भएका ३९ वर्षीय बिजय मिश्र र काठमाडौं महानगरपालिका-२६ रानीवारी बस्ने बाग्लुङ, बाग्लुङ नगरपालिका-१३ घर भएका २८ वर्षीय अमित पाठक रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत लमजुङको फैसलाले उक्त मुद्दामा १ दिन कैद, २ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ८ हजार रूपैयाँ क्षतिपूर्ती शुल्क भराउने सजाय ठहर भई फरार रहेका बिजयलाई काठमाडौं महानगरपालिका-१६ वनस्थलीबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका अमितलाई तार्केश्वर नगरपालिका-८ जरंखुबाट प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ मध्ये बिजयलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय भोटेओडार र अमितलाई प्रहरी वृत्त बानेश्वर पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८२-०४-०१

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ४ सय ७० ग्राम सहित सर्लाही घर भएका ५४ वर्षीय विरेन्द्र चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना.५ ख ४८२२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको   हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय रबिन्द्र पुडासैनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ भिषण पथबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र नाइट्रोसन २ सय २० ट्याब्लेट सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-५ देउराली घर भएकी २१ वर्षीया ज्योती राई, २६ वर्षीया नुमा लिम्बु र २३ वर्षीया सुजना राई रहेका         छन् । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रौतहट, गौर नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ८ सय ट्याब्लेट, डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र बुप्रेनोर्फिन ३ सय एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बस्ने २३ वर्षीय नितेश कुमार पंडित र ३२ वर्षीय पिन्टु कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले बीआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-९ बरगाछीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७६ ट्याब्लेट सहित सोही नगरपालिका -८ लेम्लेमा बस्ने २१ वर्षीया रेजिना राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

राजश्व छली गरिएका विद्युतीय उपकरण सहित चिनियाँ नागरिक पक्राउ
२०८२-०४-०१

काठमाडौं, राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौं महानगरपालिका-३२ पुरानो सिनामंगल बस्ने ३८ वर्षीय YU WANG लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं पुरानो सिनामंगल एरियामा चिनियाँ नागरिक समेतका व्यक्तिहरूले अवैध रूपमा विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसि क्यामेरा लगायत बिल बिजक नभएका राजस्व छली गरिएका सामान तथा पाटपूर्जा ल्याई भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं सिनामंगल पन्चमुखी चोकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट बिना बिल बिजक राजस्व छली गरिएका २ करोड १९ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसि क्यामेरा, एचडी क्यामेरा लगायतका सामन समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय हरिहरभवन ललितपुर पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-०१

इलाम, माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका-१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका-१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाई र उनको भाई प्रकाश चापागाईलाई किरणले धारिलो हतियार प्रहार गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतीनगर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  । साथै घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, ३२ असार  काठमाडौं महानगरपालिका-२७ स्थित एक होटलबाट अवैध लागूऔषध एम्फेटामाईन १ सय ५५ ग्राम सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट म्यागङ गाउँपालिका-३ घर भएका ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दिपेन्द्र तामाङ, बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ घर भएका २९ वर्षीय उग्रेन लामा र २७ वर्षीय उमेश भोलोन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१७ साकेला थानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ६० ट्याब्लेट र डिकोलिक ८ सय ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २४ वर्षीय अंकित राई र सोही उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय भरत मगर रहेका छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली नोट र अवैध लागूऔषध अफिम सहित पाँच जना पक्राउ
२०८२-०३-३१

सुर्खेत, ३२ असार, नक्कली नोट र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट कुशे गाउँपालिका-५ घर भएकी २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही गाउँपालिका-५ खुर्पा घर भएका ३३ वर्षीय राम बहादुर सिंह, सोही गाउँपालिका-७  समकोट गमौडी घर भई सुर्खेत भेरीगंगा नगरपालिका-१२ ठकुरी टोल डेरा गरी बस्ने ३५ वर्षीय कृष्ण बहादुर वली, ३८ वर्षीय प्रेम बहादुर विक र कालिकोट नरहरीनाथ गाउँपालिका-४ घर भई बाँके कोहलपुर नगरपालिका-११ न्यूरोडमा जनगर्जन नेटवर्क प्रा.लि. मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षीय मन बहादुर सहकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले वीरेन्द्रनगर नगरपालिका-१० शान्ति टोलबाट दिलमायालाई नेपाली एक हजार दरका ६ थान नक्कली नोट सहित सोमबार दिउँसो पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा राम बहादुर र दिलमायाको डेरा कोठा तलासी गर्दा थप नेपाली एक हजार दरका १ हजार २ सय ३६ थान नक्कली नोट फेला परेको थियो । साथै कृष्ण बहादुर र प्रेम बहादुरको डेरा कोठा तलासी गर्दा अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ११ किलो ३ सय ७२ ग्राम सहित फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले मन बहादुरले संचालन गरेको जनगर्जन नेटवर्क प्रा.लि तथा उनको कोठा तलासी गर्दा नेपाली एक हजार दरका ५१ थान नक्कली नोट, अफिम जस्तो देखिने पदार्थ १९ किलो ३ सय ग्राम, प्रिन्टर १ थान, सिपियु १ थान, मोनिटर १ थान, किबोर्ड १ थान, माउस १ थान लगायतका सामान फेला पारी मंगलबार बिहान पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, ३२ असार, वैदेशिक रोजगरीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुरथिमी नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४० वर्षीय राम बहादुर थिङ, काठमाडौं महानगरपालिका-१४ बस्ने चितवन राप्ती नगरपालिका-१ घर भएका ५३ वर्षीय प्रेम कृष्ण श्रेष्ठ, काठमाडौं महानगरपालिका-२६ बस्ने सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका-४ घर भएका ३० वर्षीय सबिक राई, काठमाडौं टोखा नगरपालिका-३ बस्ने ललितपुर महानगरपालिका-३ घर भएका ४४ वर्षीय मनोज महर्जन र काठमाडौं महानगरपालिका-९ बस्ने २३ वर्षीया दिप्ती केसी रहेका छन् । पक्राउ मध्ये राम बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९९ सय हजार रूपैयाँ, प्रेम कृष्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, सबिकले कतार पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ, मनोजले क्यानडा पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १ करोड ३४ लाख २५ हजार रूपैयाँ र दिप्तीले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राम बहादुरलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बाट र दिप्तीलाई काठमाडौं महानगरपालिका-१ बाट आइतबार तथा प्रेम कृष्णलाई काठमाडौं महानगरपालिका-१ बाट, सबिकलाई काठमाडौं महानगरपालिका-२६ बाट र मनोजलाई काठमाडौं महानगरपालिका-३ बाट सोमबार पक्राउ गरेको    हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, ३२ असार कैलाली, धनगढी उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ डि गाउँ बस्ने २५ वर्षीय धर्मेन्द्र सिंहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बा.प्र.०२-०३४ प ८०१९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-२ आमतोलाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ५५ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-९ बरगाछी बस्ने ३५ वर्षीय शिव कुमार सोरेन र कमल गाउँपालिका-१ सरणपाडा बस्ने ३३ वर्षीय आकाश खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले कर्सियाबाट रंगेलीतर्फ आउँदै गरेको को.२५ प ८१३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल सहित नवलपरासी पश्‍चिम सरावल गाउँपालिका-६ बरसारे बस्ने ३१ वर्षीय सन्दीप केवटलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट स्याङजा वालिङतर्फ जाँदै गरेको ग.१ ख ७६२५ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नक्कली सुन देखाई ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, ३२ असार, नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर सातदोबाटो बस्ने ताप्लेजुङ फाकुम्बा गाउँपालिका-६ घर भएका ६० वर्षीय कर्णध्वज लिम्बु, रामेछाप शैलुङ्ग गाउँपालिका-८ दोरम्बा घर भएका ३६ वर्षीय बिजय तामाङ र ताप्लेजुङ मेरिङदेन गाउँपालिका-२ घर भएका ४४ वर्षीय बिरेन लिम्बु रहेका छन् । सुन जस्तो देखिने धातुको ढिक्कालाई सुन हो सस्तोमा दिन्छु भनी प्रलोभनमा पारी २०८१ मंसिर ८ गते ललितपुर, ललितपुर महानगरपालिका-२१ खोकना बस्ने एक जना पीडितबाट नगद २५ लाख रूपैयाँ र २०८२ असार १८ गते भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ घर भएका एक जना पीडितबाट नगद ७ लाख रूपैयाँ ठगी गरी फरार रहेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं टोखा नगरपालिका-५ श्रीटोलबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ५ किलो ७ सय ४५ ग्राम सहित भारतीय नागरिक २९ वर्षीया LEIYAWON PHUNGTHAR सोमबार दिउँसो पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । यसैगरी काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वरबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ५ सय ४० ट्याब्लेट  सहित सोही ठाउँ बस्ने दार्चुला महाकाली नगरपालिका-२ घर भएका २८ वर्षीय रमेश पार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार एरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ५० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-८ बस्ने ३१ वर्षीय उमेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र नगद ४४ हजार रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं थानकोट बस्ने सिन्धुपाल्चोक माङखा घर भएका २३ वर्षीया करूणा कोइराला र काभ्रेपलाञ्चोक गाठेडाँडा घर भएका २३ वर्षीय मनोज तामाङ रहेका छन् । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले बा.४२ प ९७९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, देवचुली नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र भोमाइन १ सय ५ ट्याब्लेट सहित सोही नगरपालिका-१२ लक्ष्मीपुर बस्ने २३ वर्षीय प्रशान्त थापा मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हातहतियार सहित तीन जना पक्राउ
२०८२-०३-३१

कैलाली, भजनी नगरपालिका-९ आमबाडिबाट पेस्तोल २ थान, सोही पेस्तोलको गोली ११ राउण्ड, म्यागजिन १ थान, हर्नेट १ थान, गोली २४ राउण्ड, छर्रा १ डिब्बा, मयुरको प्वाख २ गुच्चा र जरायोको सिङ ३ थान सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ५० वर्षीय दिलिप कार्की, उनकै छोरा २२ वर्षीय बिकास कार्की र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश विक रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले दिलिपको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ट्राफिक प्रहरीद्वारा २० वटा दुई पाङ्ग्रे सवारी साधन हस्तान्तरण
२०८२-०३-३०

काठमाडौं, विभिन्न मितिमा चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर गरी २० वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको नरेफाँट, मिलनचोक, सुन्दरीजल, चाबहिल, मध्यबानेश्वर, मालीगाउँ, काँडाघारी, कालीमाटी, अनामनगर, सिंहदरबार, नेपालटार, नयाँबसपार्क, बसुन्धारा र थली लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०३-३०

  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित रूपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय अभिशेक श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ४७९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  धादिङ, बेनीघाट रोराङ गाउँपालिका-२ आँपटारबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४३ किलो ८ सय ४० ग्राम सहित भारत बिहार मोतिहारी थाना रक्सोल नोइपाढीह-४ सहदेवा बस्ने ४५ वर्षीय सरहज मियाँलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तिबाट खटिएको प्रहरीले कान्द्राङगढीबाट मलेखुतर्फ आँउदै गरेको बिआर ०६ पिसि ११६७ नम्बरको गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक मियाँलाई पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-३ जम्दहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २० वर्षीय जय कुमार नायक र मिर्चैया नगरपालिका-७ बस्ने २७ वर्षीय रंजित कुमार मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०३-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटचोकस्थित सूर्य होटलबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो १ सय ४५ ग्राम सहित होटल संचालक सोही उपमहानगरपालिका-३ बस्ने ३९ वर्षीय बिकास लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ शहिद गेटस्थित चौलानी होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-२ घर भएका २४ वर्षीय नबिन मगर र डडेलधुरा अजयमेरू गाउँपालिका-६ बस्ने २८ वर्षीय सुनिल खड्का रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बंग्रा कटान बस्ने ३३ वर्षीय नारायण विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-६ स्याँलडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने १९ वर्षीय लाडला मिया र २० वर्षीय ममताज मिया रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  काभ्रे, धुलिखेल नगरपालिका-९ काभ्रेभन्ज्याङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० हजार ९ सय ४० ट्याब्लेट, नाईट्राजेपाम २ हजार ९ सय ५० ट्याब्लेट, डाईजेपाम ५३ एम्पुल, बुप्रेनोर्फिन ५३ एम्पुल र फेनारगन ५३ एम्पुल सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका-५ घर भएका ४२ वर्षीय लाल बाबु कापर, खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ घर भएका २२ वर्षीय हेल कुमार परियार, रामेछाप मन्थली नगरपालिका-७ घर भएका २१ वर्षीय रूपेश भुजेल र सर्लाही कविलासी नगरपालिका-३ घर भएका २१ वर्षीय राजेश यादव रहेका छन् । अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ज ०७७३ नम्बरको हायसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक लाल बाबु र हायसमा सवार हेल कुमार, रूपेश र राजेशलाई पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-१ गागन खोलाको झोलुङे पुलबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सोही नगरपालिका-१ मुक्सार टोल बस्ने २७ वर्षीय मुनिन्द्र साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले गोलामुक्सारबाट मुक्सार गाउँतर्फ आउँदै गरेको स.५ प ८६८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ६० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-७ बस्ने २१ वर्षीय आविश उरावलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-२ बन्साह बस्ने २९ वर्षीय खगेन्द्र महरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाँ समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ शान्तिटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया सपना गन्धर्व र सोही नगरपालिका-११ लोकनगर बस्ने २१ वर्षीय धिरज गन्धर्व रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सपनाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-१२ मंगलबजार चक्रबहीलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २३ ट्याब्लेट सहित सोही ठाउँ बस्ने काभ्रे पाँचखाल नगरपालिका-८ घर भएका २५ वर्षीय सूर्य बहादुर बुढाथोकीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय भुपेन्द्र पोखरेललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको क.प्र.०२-००१ प ७००६ नम्बरको मोटरसाइकलमा समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकबाट अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ
२०८२-०३-२९

काठमाडौं, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोह बिच अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गर्नुभएको छ ।  सो अवसरमा गृहमन्त्री लेखकले ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री रूपमा संचालन गर्न योगदान पुर्‍याएका Trileaf Technology प्रालि र ज्ञानबजार प्रालिलाई प्रशंसापत्र प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीले आफ्नो कार्य एवम् क्षेत्राधिकार भित्र नयाँ प्रविधिको प्रयोग गरेको कार्य अत्यन्तै सराहनीय भएको चर्चा गर्दै यस प्रविधिको प्रभावकारी रूपमा निरन्तरताको शुभकामना समेत व्यक्त गर्नुभयो । ट्राफिक नियम उल्लङ्घन गर्दा भौतिक रूपले ट्राफिक कार्यालयमा पुगि सचेतना कार्यक्रम लिनुपर्ने अवस्था रहेकोमा प्रविधिको प्रयोग गरी नागरिक एप मार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सकिने व्यवस्था भएको र यो नेपाल प्रहरीमा प्रविधिको प्रयोगमा नयाँ आयम थप भएको समेत उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले नेपाल प्रहरी जनताका बिचमा लोकप्रिय बन्दै गएको तथा नागरिकको प्रहरी प्रतिको विश्वास एवम् भरोसा बढेको चर्चा गर्दै नागरिकालाई केन्द्रविन्दुमा राखेर शिष्ट व्यवहार एवम् आचरणका साथ आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । शान्ति सुव्यवस्था, अपराध अनुसन्धान एवम् रोकथाम लगायतका कार्यमा सीमित साधन स्रोतमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै नेपाल प्रहरी एक पछि अर्को प्रविधिमा प्रवेश गरी राखेको र प्रहरीलाई निरन्तर प्रविधियुक्त बनाई राख्न नेपाल सरकार सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । प्रविधिको प्रयोगले कहिले काँही जोखिम र जटिलता निम्त्याउन सक्ने हुनाले प्रविधिको प्रयोग गर्दा थप सचेत भई आगामी दिनमा अझ सक्रिय भएर ट्राफिक व्यवस्थापन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले आजको दिनमा नागरिकको सेवा र सुरक्षाको विविध क्षेत्रमा प्रविधिको प्रयोग नजर अन्दाज गर्न नसकिने र नेपाल प्रहरीले सामाजको गतिलाई हृदयगमन गर्दै आफ्नो सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई सदैव संगठनको प्रमुख प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउनुभयो । नेपाल प्रहरीले दिने सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने चरणको अर्को अध्याय स्वरूप नै यो अनलाइन ट्राफिक सचेतना कक्षाको शुरू गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि नागरिकको सेवा र सुरक्षाका विविध विषयहरूको पहिचान र डिजिटल प्रणालीको विकास गरी सेवा प्रवाहलाई विस्तार गर्दै लगिने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले पछिल्लो समयमा अनुशरण गरेका प्रविधिहरूले सडक दुर्घटना रोकथाम र न्यूनीकरणमा प्रभावकारीता ल्याउनुका साथै कार्यक्षमतामा अभिवृद्धि र सेवा प्रवाहमा सुधार भएको बताउनुभयो । अनलाइन ट्राफिक सचेतना कक्षा सेवाग्राहीलाई सहज हुने भएकोले सेवाग्राहीहरूको पनि पर्‍याप्त सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । अनलाइन माध्यमबाट हुने यस किसिमका कक्षाहरूमा सेवा प्रयोग कर्ताबाट हुन सक्ने लापर्वाहीलाई नकार्न नसकिने हुँदा त्यसतर्फ पनि पर्‍याप्त सजगता अपनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ज्ञान बजार प्रालिका कार्यकारी निर्देशक ऋतिक बाबु श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।    कार्यक्रममा प्रतिनिधि सभा सदस्य अन्जनी श्रेष्ठ, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रधानमन्त्रीज्यूका सूचना प्रविधि विज्ञ, गृहमन्त्रालयका सहसचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थितिका साथै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ
२०८२-०३-२९

काठमाडौं, बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित नागार्जुन नगरपालिका-१५ कारखाना चोक बस्ने ४६ वर्षीय प्रेम गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट १३ हजार युरो, २३ हजार ५ अमेरिकी डलर, ६ हजार स्वीस फ्रान्क र १० हजार ८ सय ७० थाई भाट फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०३-२९

रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधई चोक नजिकबाट नियन्त्रित लागूऔषध स्पास्मो ३९ ट्याब्लेट र नाईट्रोसन ३ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय हलिम अन्सारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१४ मलाया रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७४ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने २३ वर्षीय रोशन लाल महत्तो र भारत बिहार अररिया फुल्का थाना-२ बस्ने २१ वर्षीय पवन कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.३० प ४१० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कैलाली, गोदावरी नगरपालिका-२ तेघरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६० ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय तपेश खड्का र धनगढी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय दिक्पाल स्वार रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१८ फुलबारी एफ गाउँ बस्ने २८ वर्षीय केदार बोहरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय ६० मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ पिपलबोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट सहित बकैया गाउँपालिका-३ हात्तिसुडे जलजले बस्ने २३ वर्षीय कुशल खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-१५ इट्टा भट्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७० मिलिग्राम सहित गोलबजार नगरपालिका-११ बस्ने २७ वर्षीय शषि कुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१२ चनौटे बस्ने जाजरकोट जुनिचाँदे गाउँपालिका-२ घर भएका २४ वर्षीय युबराज शाहीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-८ अरूण टोलबाट नियन्त्रित लागूऔषध ट्रामोल १ सय ६२ ट्याब्लेट र ट्रामाडोल ३ ट्याब्लेट सहित धरान उपमहानगरपालिका-८ बस्ने ३५ वर्षीय उज्वल तामाङ समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०३-२८

काठमाडौं महानगरपालिका-३२ जडिबुटी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ९ सय ८० मिलिग्राम सहित इलाम माई नगरपालिका-५ घर भएका २६ वर्षीय केशव राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, औरही गाउँपालिका-५ मलाह टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय १२ किलो ९ सय २५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राम उदगार मलाहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा गाडीबाट लागूऔषध गाँजा झार्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले ७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी राम उदगारलाई प्र.२-०१-००३ प २१५४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै प्रहरीलाई देख्नासाथ गाडी सहित फरार भएका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ शिखर चोक बस्ने २६ वर्षीय कोयुवराज थापा मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१३ मलाया रोड नहरबाट अवैध लागूऔषध गाँजा १५ किलो ३५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-४ बस्ने ४७ वर्षीय बैजनाथ चौधरी र धनकुटा, धनकुटा नगरपालिका-८ बस्ने ४८ वर्षीय निर्पेश राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले को.१० प ७०७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको  हो ।  यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका-२ केरौन बस्ने २५ वर्षीय संजय चौधरीलाई नियन्त्रित लागूऔषध स्पासपेन ९० ट्याब्लेट र ट्रामाडोल १ सय ५ ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । स्याङ्जा, भीरकोट नगरपालिका-२ बयरघारी बस्ने ३४ वर्षीय शिव कुँवरलाई नियन्त्रित लागूऔषध नाईट्रोसन ८८ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दहथुम समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-५ मित्र चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९४ ट्याब्लेट, एनारगन १ सय ७८ ट्याब्लेट र भोमिन १६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरज सिम्खडालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ शान्ति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय रबिन कुमार मल्ल र डोटी पुर्वीचौकी गाउँपालिका-४ बस्ने २८ वर्षीय काले भन्ने तेज बहादुर खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले रबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ कटान बस्ने १९ वर्षीय दिपक बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आबुँखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ सय ६६ एम्पुल, फेनारगन ८ सय ६६ एम्पुल र बुप्रेनोर्फिन ८ सय ६६ एम्पुल सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही ओमसतिया गाउँपालिका-५ बस्ने ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख ७२८३ नम्बरको माइक्रो बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित सप्तरी सुरूङ्गा नगरपालिका-५ बस्ने २८ वर्षीय रधिर कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले राजविराजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३६१ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९५ ग्राम ५० मिलिग्राम र नगद ५६ हजार रूपैयाँ सहित रूपन्देही मायादेवी गाउँपालिका-४ बस्ने ४७ वर्षीय भगवान दास लोनियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ५०७५ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने उदयपुर त्रियुगा नगरपालिका-९ घर भएकी ३५ वर्षीया बिमला दनुवार र काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने कास्की पोखरा महानगरपालिका-२६ घर भएकी ४८ वर्षीया राम कुमारी रोक्का मगर रहेका छन् । पक्राउ मध्ये बिमलाले ४ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र राम कुमारीले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिमलालाई काठमाडौं महानगरपालिका-७ बाट र राम कुमारीलाई नागार्जुन नगरपालिका-१ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

विभिन्न हातहतियार सहित दुई जना पक्राउ
२०८२-०३-२८

अर्घाखाँची, शितगंगा नगरपालिका-१ नयाँगाउँ बस्ने ४६ वर्षीय हिम बहादुर सारूलाई एकनाले भरूवा बन्दुक १ थान, फलामको छर्रा १७ थान, केप १९ थान, सिसाको छर्रा २ थान र बारूद सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडी बजारबाट एकनाले कटुवा पेस्तोल २ थान र थ्रिनटथ्री राईफलको गोली २ राउण्ड सहित सप्तरी बलान बिहुल गाउँपालिका-२ डिगीया टोल बस्ने ४५ वर्षीय जगदिश यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा.३० प ५३१९ नम्बरको मोटरसाइकल तलासी गर्दा उक्त हातहतियार फेला पारी चालक यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डलर साटीदिन्छु भनि ठगी गर्ने चार जना पक्राउ
२०८२-०३-२८

काठमाडौं, डलर साटीदिन्छु भनि ठगी गरेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन, २५ वर्षीय प्रकाश तामाङ भन्ने सूर्य बहादुर पाइन, ३६ वर्षीय सागर भन्ने सन्तबिर पाइन र ललितपुर, ललितपुर महानगरपालिका-१६ धापाखेल बस्ने ३५ वर्षीय बिष्णु कुमार रूम्बा रहेका छ्न् ।  पीडितलाई आफुसँग ६ हजार अमेरिकन डलर छ, ७ लाख नेपाली रकम दिनु भनि असार २२ गते भक्तपुर चागुँनारायण नगरपालिका-४ हलछापस्थित जंगलमा लगि नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको मोबाइल र नगद ७ लाख रूपैयाँ जबरजस्ती खोसी फरार भएको घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट बा.७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश.०२-०५३ प २७८० नम्बरको मोटरसाइकल, नगद ६४ हजार ४० रूपैयाँ, चेक १ थान र मोबाइल १० थान प्रहरीले बरामद गरेको छ ।उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ
२०८२-०३-२८

मकवानपुर, बकैया गाउँपालिका-५ राजदमार बस्ने ४६ वर्षीय मिलन थिङको घरमा जुवा खेलिरहेको अवस्थामा मिलन समेत २२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय फापरवारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ३६ हजार ४० रूपैयाँ र ३ सेट कौडा सहित पक्राउ गरेको हो । जुम्ला, पातारासी गाउँपालिका-५ लासी बजार बस्ने ४८ वर्षीया उर्मीला बुढाले संचालन गरेको ओम हिमा होटलमा जुवातास खेलिरहेको अवस्थामा उर्मिला समेत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख २८ हजार २ सय रूपैयाँ सहित पक्राउ गरेको हो । काभ्रे, बनेपा नगरपालिका-७ गोदाम चोक डेरा गरी बस्ने भारत बिहार पुर्वी चम्पारण-११ घर भएका रबि कुमार जैसवालको कोठामा जुवातास खेलिरहेको अवस्थामा रबि समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ६ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०३-२७

नुवाकोट, बिदुर नगरपालिका-१० सिमुटारबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिदुर नगरपालिका-९ कोलनी बस्ने २६ वर्षीय प्रोमेश श्रेष्ठ, २७ वर्षीय प्रदिप बिसुङ्खे र सोही नगरपालिका-१० गेर्खुटार बस्ने २४ वर्षीय बिशाल मग्राती रहेका छन् । अस्थायी प्रहरी पोष्ट सिमुटारबाट खटिएको प्रहरीले कोलनीबाट बेत्रावतीतर्फ जाँदै गरेको बा.८६ प ८८९२ नम्बरको स्कुटरमा सवार प्रोमेश र प्रदिपलाई डाईजेपाम ६ एम्पुल, नुर्फिन ६ एम्पुल र प्रोमेथाजाइन हाईड्रो क्लोराईड ६ एम्पुल तथा पैदलयात्री बिशाललाई ट्रामाडोल ६ सय ट्याब्लेट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०३-२७

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४६ वर्षीया सन्जु तामाङलाई अवैध लागूऔषध गाँजा ७ किलो ८ सय ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सन्जुको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र एनारगन ३ सय ५० ट्याब्लेट सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने १९ वर्षीया प्रिया तामाङ, सोही नगरपालिका-५ बस्ने १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रविन चेम्जोङ र सोही नगरपालिका-१० सानो बाह्रघरे बस्ने २७ वर्षीय मनोज खनाल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-५ लालबोझीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ७० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २५ वर्षीय मनोज चौधरी, २१ वर्षीय बिक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र घोडाघोडी नगरपालिका-१२ बस्ने २१ वर्षीय बिशाल चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.३ प ९२६३ र ग.६ प ८३७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषैध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-६ बस्ने २६ वर्षीय धिरेन राई र २७ वर्षीय धिरज मगर रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, लहान नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३० वर्षीय बोना भन्ने राम बाबु दास र ३१ वर्षीय राम उदगार पुर्वे रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लु. ७३ प ५३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-१ खैरापुर बस्ने २२ वर्षीय किरण विक र १९ वर्षीय तारा बहादुर चुनी मगर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलइ गाउँबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१३ नयाँबसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनी बस्ने २८ वर्षीय तुलसीराम रसाईली र सोही नगरपालिका-७ बस्ने २३ वर्षीय बिजय अधिकारी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु रकम ठगी गरेको अभियोगमा ललितपुर  महानगरपालिका-२३ बस्ने नवलपरासी पूर्व सुनवल नगरपालिका-१ घर भएकी २९ वर्षीया बिन्दु पोखरेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  बिन्दुले युके पठाइदिन्छु भन्दै १९ जना पीडितहरूबाट ३२ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न दुई जना पक्राउ
२०८२-०३-२७

कास्की, चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक घर भएका काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बस्ने २८ वर्षीय अन्जन तामाङ र ३२ वर्षीय सुरेश तामाङ रहेका छन् ।  पोखरा महानगरपालिका-१० शिवचोकमा अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाको २ तोलाको सुनको सिक्री २०८१ चैत २९ गते साँझ लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंको सहयोगमा उक्त कार्यमा संलग्न उनीहरूलाई काठामाडौं गोकर्णेश्वर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-२६

रूपन्देही, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोटहीमाई गाउँपालिका-४ तुनिहवा बस्ने २३ वर्षीय रहिस मुसलमानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । रहिसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामग्राम नगरपालिका-११ स्थित काम गरी बस्ने ३५ वर्षीय हरि थारूलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । हरिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०३-२६

काठमाडौं महानगरपालिका-३२ पाल्पाकोट चोकबाट अवैध लागूऔषध पोलेन ४० किलोग्राम र नगद १ लाख २५ हजार रूपैयाँ सहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएका ३८ वर्षीय सुमन चेपाङ, काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने गजुरी गाउँपालिका-४ घर भएका ३६ वर्षीय जिवन प्रजा, धादिङ गजुरी गाउँपालिका-४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ र २० वर्षीय शंकर चेपाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले सुमनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने २४ वर्षीय संजय कुमार खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरोको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित भारत बिहार किसनगंज सिंगीमारी पञ्चायत-५ बस्ने ६० वर्षीय गबरी साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५० ग्राम सहित कनकाई नगरपालिका-१ दुर्गापुर बस्ने ३० वर्षीय पवन ऋषिदेवलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ तीन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम  ८ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढिगंगा गाउँपालिका-३ बस्ने  ३७ वर्षीय बिन्दुराज महत्र र संखुवासभा धर्मदेवी नगरपालिका-३ बस्ने ३३ वर्षीय श्याम बहादुर पौडेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, सुनवल नगरपालिका-३ खैरेनी छटियाघाट पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ मिलिग्राम सहित सोही नगरपालिका-९ काशीपुर बस्ने २१ वर्षीय सुदिप चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, देवानगंज गाउँपालिका-२ यादव टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश यादव र सोही गाउँपालिका-७ बस्ने १९ वर्षीय धिरज यादव रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२ स्थित युकी मोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र डिकोलिक ९० ट्याब्लेट सहित धरान उपमहानगरपालिका-१५ घर भएका १९ वर्षीय मोहित राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी इटहरी उपमहानगरपालिका-२ बस्ने २२ वर्षीय अनिल मगरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेट, डिकोलिक ३० ट्याब्लेट र मोबाइल १ थान सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरको छ ।  कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने २६ वर्षीय कृष्ण राना, २७ वर्षीय महेश राना र कैलाली धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने १८ वर्षीया किशोरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.२ प ८२३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १७ ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका-८ बस्ने २७ वर्षीय विवेक चौलागाई र २६ वर्षीय लक्ष्मण बम्जन रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.६६ प १५७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो  ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-८ घर भएका ४३ वर्षीया सजु श्रेष्ठ र काठमाडौं महानगरपालिका-२६ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-६ घर भएका ३० वर्षीय नारायण लाम्ताङ्गे रहेका छन् ।  पक्राउ मध्ये सजुले सर्बिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ र नारायणले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०३-२५

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित शिवराज नगरपालिका-१ बनकसबासा बस्ने २२ वर्षीय सुमन चुदारोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट  खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, बर्दगोरिया गाउँपालिका-४ मुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने ३४ वर्षीय अरूण बादीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, भद्रपुर नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५ ग्राम ८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-५ बस्ने ५५ वर्षीय नशरुदिन मिँया र भारत बिहार किशनगञ्ज घर भएका ३५ वर्षीय मनिसुर आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएक प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दुर्जन बर्मालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, खजुरा नगरपालिका-४ एफ गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१५ बस्ने २१ वर्षीय नागेन्द्र क्षेत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बेलबारी नगरपालिका-३ मिरमिरे चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ करिब १ ग्राम ६ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय पुष्पा थापा र ३० वर्षीय बुद्दराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   चितवन, राप्ती नगरपालिका-१० स्वामीटारबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित मकवानपुर राक्सिराङ्ग गाउँपालिका-६ बस्ने २१ वर्षीय बादल प्रजालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले किरनटारबाट भण्डारातर्फ आउँदै गरेको ना.५८ प ४८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  रूकुम पश्चिम, मुसिकोट नगरपालिका-५ सेरीगाउँ डेरा गरी बस्ने सोही नगरपालिका-१० चुना बस्ने १९ वर्षीय देबराज बोहरालाई नियन्त्रित लागूऔषध नाईट्राजेपाम २२ ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-६ मुनाल चोकस्थित एयर क्याफे होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-६ बस्ने २० वर्षीया रोसिता गिरी, सोही नगरपालिका-९ बस्ने २० वर्षीया रस्मिता राई, ईटहरी उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय समित राई र सोही उपमहानगरपालिका-५ बस्ने २० वर्षीय प्रसाङ ढकाल रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-३ बस्ने ३० वर्षीय ललित जोशीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न दुई जना भारतीय नागरिक पक्राउ
२०८२-०३-२४

काठमाडौं, हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर,ललितपुर महानगरपालिका-२ सानेपा बस्ने भारत बिहार मोतिहारी घर भएका ४३ वर्षीय रूपेश कुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारण बिजबानी घर भएका २२ वर्षीय बिपिन कुमार रहेका छन् ।  ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको  भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँस्थित राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित बन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने वस्तु १ थान, नगद ८ लाख २० हजार नेपाली रूपैयाँ, १० हजार भारतीय रूपैयाँ र मोबाइल ५ थान समेत बरामद गरेको छ ।  उनीहरू उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूर र बन्यजन्तु सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०३-२४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ सतुङगल बस्ने २७ वर्षीय सुशन प्रधानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, नाईट्राजेपाम १ सय ७२ ट्याब्लेट र नगद १३ हजार रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३५ ट्याब्लेट सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने संखुवासभा चैनपुर नगरपालिका-३ घर भएका १९ वर्षीय निशान शेर्पा, मोरङ बेलबारी घर भएका १९ वर्षीय अभि राई र सोलुखुम्बु घर भएका २८ वर्षीय संदिप राना रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  बाँके, जानकी गाउँपालिका-६ पिप्रहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय जलिल खाँ लाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध २ ग्राम ६ सय ३० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईच निबिया गाउँ बस्ने ४४ वर्षीय नौसाद सिद्धिकी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ४० एन ०१७० नम्बरको  मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१४ खसीबजार डेरा गरी बस्ने सोही महानगरपालिका-३२ सातमुहाने घर भएका ३२ वर्षीय बिकाश न्यौपानेलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २६ एम्पुल, डाईजेपाम २६ एम्पुल र फेनारगन २६ एम्पुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-८ बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भएका २५ वर्षीय जितेन्द्र आङ्देम्वेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले  भारतबाट नेपालतर्फ सिटिसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बारा, कलैया उपमहानगरपालिका-५ भरत चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन १ हजार ५ सय एम्पुल, फेनारगन १ हजार ५ सय एम्पुल र डाईजेपाम १ हजार ५ सय एम्पुल सहित जीतपुरसिमरा उपमहानगरपालिका-७ बस्ने २० वर्षीय सेराज अंसारीलाई सोमबार बेलुकी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।  मोरङ, धनपालथान गाउँपालिका-२ पैटामाबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम सहित भारत अररिया पहुँसी ग्राम पंचायत-२ बस्ने २२ वर्षीय मोहमद ईर्सादलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमाहि बरियातीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको वीआर ३८ क्यू ५६८६ मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध प्रोक्सी स्पास ५१ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय अनिश रानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-५ घर भएका ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ घर भएका ५४ वर्षीय स्वर्णिम कुमार बाँठा रहेका छन् ।   पक्राउ मध्ये मिङमाडुण्डुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४० लाख रूपैयाँ र स्वर्णिमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिङमाडुण्डुलाई काठमाडौं महानगरपालिका-६ बाट र स्वर्णमलाई दाङ तुलसीपुर उपमहानगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-२४

मोरङ, आफ्नै भाउजु ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ बस्ने ६९ वर्षीय टंक बहादुर बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंक बहादुरलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा टंक बहादुरले आपसी झै-झगडा तथा रिसिवीको कारण हसियाको बिड प्रहार गरी टिकामायाको हत्या गरेको खुल्न आएको छ ।  उनी उपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने ४९ वर्षीय अमित लाल जोशी र काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने धादिङ धुनीबेशी नगरपालिका-२ घर भएका ४६ वर्षीय मधुकर लुईटेल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका अमितलाई काठमाडौं महानगरपालिका-२६ कपुरधाराबाट सोमबार पक्राउ गरेको       हो । साथै सोही मुद्दामा फरार रहेका मधुकरलाई काठमाडौं महानगरपालिका-२७ बाट आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये अमितलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त जनसेवा र मधुकरलाई प्रहरी वृत्त गौशाला पठाइएको छ । 

चेक अनदार मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२४

काठमाडौं, चेक अनादर मुद्दाका २ जना फरार प्रतिवदीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-६ सुदर्शन हाइट बस्ने गोरखा शहिद लखन गाउँपालिका-१ घर भएका ४० वर्षीय रोलक भट्ट र गुल्मी मुसिकोट नगरपालिका-१ घर भएकी २९ वर्षीया कोपिला खत्री रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरको २०८१ वैशाख १८ गते उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका रोलक र सोही अदालतको २०८१ भदौ १६ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेकी कोपिलालाई काठमाडौं सुदर्शन हाइटबाट पक्राउ गरेको हो ।  उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

अवैध लागूऔध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०३-२३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध सेतो हेरोइन ६ किलो ५ सय ग्राम सहित भारतीय नागरिक ६५ वर्षीय RAKESH WAHAB शनिबार राति पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।उदयपुर, त्रियुगा नगरपालिका-११ पुरानो गाईघाट बस्ने ३० वर्षीय विनोद चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम र नगद ३ हजार ४ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने ३८ वर्षीय सुशिल बुढाथोकी, ५४ वर्षीय कृर्तानन्द ठाकुर र भारत बिहार थररिया कुर्साकाटा-१४ टाँवाबारी घर भएकी ४५ वर्षीया हसिना खातुन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित सहिदभूमि गाउँपालिका-६ बस्ने २४ वर्षीय हरी कुमार राईलाई आइतबार दिउँसो प्रहरीले  पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले तेह्रथुमबाट दमकतर्फ जाँदै गरेको बा.५ ख ५८७७ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम र नगद ४४ हजार २ सय १० रूपैयाँ सहित सोही नगरपालिका-१२ बस्ने ३० वर्षीय सुदन गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले लु.प्र.०२-००१ प १४९९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-५ शिवनगर बस्ने ३३ वर्षीय ईन्द्र ध्वज बमलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतको गौरीफन्टाबाट नेपालतर्फ आउँदै गरेको से.७ प ८८५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ हो । सप्तरी, बलान बिहुल गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ८६ एम्पुल, फेनारगन ८६ एम्पल र बुप्रेनोर्फिन ८८ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-११ बस्ने २५ वर्षीय लक्षम्ण मलाह र सोही नगरपालिका-१३ बस्ने २४ वर्षीय राजेश निरौला रहेका छन् । प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२७ मेघौली बस्ने ३४ वर्षीय विष्णु गुरूङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८७ ट्याब्लेट, अवैध लागूऔषध गाँजा ४ सय ८० ग्राम, नगद ४ हजार ६५ रूपैयाँ र २ थान मोबाइल सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम सहित मेचीनगर नगरपालिका-१० शान्ती समाज टोल बस्ने २७ वर्षीय सुरज कुमार दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको सिटिसफारीलाई जाँच गर्दा सिटिसफारीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   बाँके, बैजनाथ गाउँपालिका-२ पहाडीपुर बस्ने ३१ वर्षीय लोकेन्द्र खाँण ठकुरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ४० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवा र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ लक्ष्मीनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित भारत उत्तर प्रदेश सिद्धार्थनगर वढनी बस्ने २० वर्षीय कन्हैया चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कायालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भएका ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने संखुवासभा खाँदबारी नगरपालिका-३ घर भएका २९ वर्षीय उत्तम खड्का रहेका छन् ।  पक्राउ मध्ये लामाले लिथुआनिया, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ४५ जना पीडितहरूबाट १ करोड ८० लाख ९३ हजार रूपैयाँ र खड्काले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लामालाई काठमाडौं महानगरपालिका-१० बाट शुक्रबार र खड्कालाई कागेश्वरी मनोहरा नगरपालिका-८ बाट आइतबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

लुटपाटमा संलग्न तीन जना पक्राउ
२०८२-०३-२३

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका-१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा नगरपालिका-१० श्रृजना टोल बस्ने २८ वर्षीय निल कुमार तामाङ रहेका छन् ।  काठमाडौं महानगरपालिका-१६ ठमेलमा भारतीय पर्यटकहरूलाई अपरिचित व्यक्तिहरूले होटल खोज्न सहयोग गरी दिन्छु भनि गोंगबु बसपार्क नजिक रहेको धुर्ब तारा कम्प्लेक्सको छैठौ तल्लामा लगी कुटपिट तथा लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं नयाँबजारबाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२३

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी धौलागिरी गाउँपालिका-३ बस्ने ५० वर्षीय दुर्गा नारायण बुढा र ४९ वर्षीय पर्स बहादुर बुढा रहेका छन् ।  जिल्ला अदालत म्याग्दीको २०५९ फागुन २५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका पर्स बहादुर र सोही अदालतको २०६६ असोज २६ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका दुर्गा नारायणलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-१ बाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा १७ पक्राउ
२०८२-०३-२३

कास्की, पोखरा महानगरपालिका-१० रक्षा मार्ग बस्ने ३९ वर्षीय दिपेन पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २२ हजार ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-१५ घलेचोक डेरा गरी बस्ने पर्वत घर भएका ४२ वर्षीय हिमाल गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नागरिक केन्द्रीत भई जिम्मेवारी बहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०३-२२

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी विगतमा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै थप संयमता तथा व्यावसायिकता प्रदर्शन गरी नागरिक केन्द्रीत भई आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । विपद्को समयमा प्रहरीले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी जोखिमका क्षेत्रहरूमा सचेतना फैलाउने र विभिन्न निकायहरूसँग समन्वय गरी उद्दार कार्यमा खटिनुपर्ने उहाँले बताउनुभयो ।     प्रहरी महानिरीक्षक थापाले चुनौतिको रूपमा देखा परेका प्रविधिको प्रयोगबाट सिर्जित अपराध, संगठित अपराध, लागूऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कर्मचारी थप सजग हुनुपर्नेमा जोड दिँदै महिला बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत वर्गमाथि हुने अपराधमा विशेष संवेदनशील भई कार्य गर्नुपर्ने बताउनुभयो । साथै उहाँले हिरासत व्यवस्थापन एवम् फरार प्रतिवादी पक्राउमा विशेष सक्रियता अपनाई कार्य गर्नुपर्ने समेत बताउनुभयो ।  प्रहरी महानिरीक्षक थापाले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न अन्य सरोकारवाला नियहरूसँग समन्वय गरी प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिनुभयो । साथै सांगठनिक नीति निर्देशनहरूको अक्षरस पालना गरी प्रहरी कर्मचारीहरूको गुनासो व्यवस्थापनमा विशेष ध्यान दिई सामूहिक भावनाको विकास गर्दै उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, प्रदेश तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी परिसरहरू, जिल्ला प्रहरी कार्यालयहरू र विभिन्न गणका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०३-२२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम सहित सिराहा गोलबजार नगरपालिका-७ बस्ने २७ वर्षीय जिबन साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३०९८ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-२ गणेशपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय शितल चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ५ सय ग्राम सहित गजुरी गाउँपालिका-७ किरान्चोक बस्ने ३६ वर्षीय राजेन्द्र खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले आदमघाटबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ह २१२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक राजेन्द्रलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०३-२२

कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने ३० वर्षीय अनिल रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सल्यान, शारदा नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७५ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ खलंगा बस्ने २८ वर्षीय बिक्रम भडेल र २८ वर्षीय सुरज विश्चकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.८ प ६८४६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ३ सय ७० मिलिग्राम सहित काठमाडौं महानगरपालिका-३ बस्ने २१ वर्षीय अनमोल भण्डारी समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-९ खमरिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-९ बङगालिपुर बस्ने २७ वर्षीय लाल भुललाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-८ गप्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय दिल बहादुर बिष्टलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की र अस्थायी प्रहरी पोष्ट चुहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   लमजुङ, सुन्दरबजार नगरपालिका-९ पैरेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट र नगद २० हजार १ सय १५ रूपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय रोशन गुरूङ समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ गाजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय ६० मिलिग्राम र नगद २ हजार ८ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय रबिन तामाङ र सोही महानगरपालिका-२६ बस्ने २६ वर्षीय निरज तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले रबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-२ शितापुर बस्ने २१ वर्षीय रोमन थापामगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-५ रातोपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने कालिकोट पलाँता गाउँपालिका-२ घर भएका ३९ वर्षीय पदम बहादुर बमलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-२२

भोजपुर, रामप्रसाद राई गाउँपालिका-२ धोत्लेखानी बस्ने आफ्नै ससुरा ६८ वर्षीय बेल बहादुर गिरी समेत ४ जनाको हत्या गरेको अभियोगमा भोजपुर नगरपालिका-२ हेलौछा घर भएका ३० वर्षीय राजेन्द्र राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।ससुराली घरमा राजेन्द्रले धारिलो हतियार चक्कु प्रहार गर्दा बेल बहादुर, सासु ४५ वर्षीया मन्जु गिरी, राजेन्द्रकी श्रीमती मनिषा गिरी र सालो ९ वर्षीय सपन गिरीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले राजेन्द्रलाई नियन्त्रणमा लिएको हो । साथै घटनामा घाइते भएका राजेन्द्रको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-०३-२१

कैलाली, बर्दगोरिया गाउँपालिका-१ बौनिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २३ वर्षीय रोहित सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय दाता रानालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी बिट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले को.३३ प २९२ नम्बरको मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-१७ पकली बस्ने २४ वर्षीय बलराम चौधरी र सोही उपमहानगरपालिका-१९ बस्ने ३२ वर्षीय अरविन्द्र भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय मिलिग्राम तथा भोक्राहा नरसिंह गाउँपालिका-३ बस्ने ३१ वर्षीय प्रभु नारायण यादवलाई २ ग्राम ९ सय ४० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१० डेरा गरी बस्ने २६ वर्षीय प्रसन गिरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-३ कच्चुबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम, इलाम नगरपालिका-९ बस्ने २५ वर्षीय गंगाराम चौहान र २० वर्षीय सुजन अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट प्र.१-०१-००२ ह ७५४८ नम्बरको अटो रिक्सा र प्र.१-०३-००१ प ६२१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लक्जेम्बर्ग पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर कोन्ज्योसोम गाउँपालिका-४ बस्ने नवलपरासी पश्चिम सरावल गाउँपालिका-२ घर भएका ४० वर्षीय भुप नारायण चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२१

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने सिन्धुली दुधौली नगरपालिका-८ घर भएका ३० वर्षीय प्रलाद खड्का र काठमाडौं चन्द्रागिरी नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका ३६ वर्षीय सुनिल लामा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौं महानगरपालिका-७ चावहिल गंगाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरी नगरपालिका-५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउ मध्ये प्रलादलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०३-२०

बर्दिया, गुलरिया नगरपालिका-८ भादाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ बंगलामुखी टोल बस्ने २२ वर्षीय किशोर बुढाथोकीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा ७ किलोग्राम सहित पाख्रिवास नगरपालिका-८ बस्ने ४६ वर्षीय भिम बहादुर राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले तेह्रथुमबाट झापातर्फ जाँदै गरेको ना.४ ख ६३१८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय शिव राज रानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०३-२०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ नगुवा बस्ने २४ वर्षीय अनुतम बहादुर श्रेष्ठ  र नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१४ घर भएका २६ वर्षीय कपिल घर्ती रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको पिकअप गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।   बर्दिया, बढैयाताल गाउँपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ पडरीया बस्ने २२ वर्षीय आकाश बहादुर मगर र २८ वर्षीय देव सिंह ठकुरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका  उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, जानकी गाउँपालिका-९ कटासे बस्ने २७ वर्षीय शंकर थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र अवैध लागूऔषध गाँजा ३० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   सिराहा, लहान नगरपालिका-११ पडरीया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १८ ग्राम ६ सय १० मिलिग्राम, २ लाख ८२ हजार ७ सय १० नेपाली रूपैयाँ र १ हजार २ सय ५० भारतीय रूपैया सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय मिथलेश कुमार चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले मिथलेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१५ विशाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २६ वर्षीय दिवश राई र २९ वर्षीय विशन श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगपालिका-१३ निशानेबाट अवैध लागूऔषध गाँजा करिब ४९ किलो ७ सय २५ ग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर पौवादुङमा गाउँपालिका-६ बस्ने ३६ वर्षीय जिवनराज राई र ३१ वर्षीय आरएन राई रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६२६८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१७ बस्ने २३ वर्षीय मनिष लिम्बु र सोही उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय मनिष राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ७९६० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित सोही नगरपालिका-१४ धाईजन गोलबारी बस्ने २६ वर्षीय सरोज लामिछानेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.८ प १५८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, भिमफेदी गाउँपालिका-१ बागझोराबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ३६ वर्षीय कुमार सिं गोलेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसे र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले सानोटारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.९४ प ८०८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित तिनपाटन गाउँपालिका-९ चकमके घर भई कमलामाई नगरपालिका-४ ढुग्रेवास डेरा गरी बस्ने २७ वर्षीय बिनोद परियारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-६ सरस्वती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीय सुशील खड्गीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्वत, कुश्मा नगरपालिका-७ खरीया बस्ने २६ वर्षीय सुरेश परियारलाई नियन्त्रित लागूऔषध फेनारगन १६ एम्पुल, डाईजेपाम १६ एम्पुल र नुर्फिन १६ एम्पुल सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८२-०३-२०

काठमाडौं, सामाजिक सञ्जालमा चरित्र हत्या गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१४ बाँडेगाउँ बस्ने चितवन भरतपुर महानगरपालिका-१० घर भएका ३३ वर्षीय गुञ्जन राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा पीडितको तस्विर/भिडियोको साथमा विभिन्न स्ट्याटसहरू पोष्ट गरी चरित्रहत्या हुने कमेन्टहरू समेत गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई ललितपुर बाँडेगाउँबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०३-१९

कास्की, माछापुच्छ्रे गाउँपालिका-८ लुम्रे पुलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित सोही महानगरपालिका-२५ हेम्जा बस्ने म्याग्दी घर भएका २१ वर्षीय योगेश रोका समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको प्रहरीले लु.प्र.०१-००६ प ०८३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ४ सय  मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय सिशिर भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सोही नगरपालिका-९ बस्ने ३० वर्षीय युबराज राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको स.२ प ८२११ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०३-१९

उदयपुर, त्रियुगा नगरपालिका-१ फूलजोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ४ ट्याब्लेट सहित सोही नगरपालिका-१३ असारी बस्ने २२ वर्षीय सुंगम राई समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले धरानबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९९४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ शिखरपानी र सोही उपमहानगरपालिका-८ औद्योगिक क्षेत्रबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ७० ट्याब्लेट सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही उपमहानगरपालिका-१४ पदमपोखरी बस्ने ४० वर्षीय सोम स्याङ्तान, सोही उपमहानगरपालिका-१५ शिखरपानी बस्ने २४ वर्षीय महेश तामाङ र मकवानपुर भिमफेदी घर भई हेटौंडा उपमहानगरपालिका-९ प्रगति चोक बस्ने २७ वर्षीय कैलाश थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान स्कुटर र १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  यसैगरी मकवानपुर, कैलाश गाउँपालिका-९ बस्ने ५५  वर्षीय अर्जुन रूम्बालाई अवैध लागूऔषध गाँजा करिब १ सय ६८ किलो ३० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको गोठमा गाँजा लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१ जिल्ला सामुदायिक भवनको एरियास्थित सार्वजनिक पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४  मलसरवा बस्ने २५ वर्षीया बबिता कुर्मी र सोही नगरपालिका-१ आनन्दबाग बस्ने ४९ वर्षीय बिक्रम सिंह थापा रहेका छन् । वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-३ बस्ने २६ वर्षीय सन्जु आलेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  १० ग्राम ६ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।सर्लाही, बलरा नगरपालिका-८ गडहिया चोकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ५ सय ग्राम सहित भारत सितामढी ग्राम नरहा बस्ने २१ वर्षीय रंजेश कुमारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एस ९६८० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक रंजेशलाई पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-७ दिपनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध फेनारगन ७ एम्पुल, सेरिज्याक ७ एम्पुल र आईपिपिएल ७ एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय आकाश गौतम र सोही ठाउँ डेरा गरी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका- ८ घर भएका २६ वर्षीय लाल बहादुर लुङछे रहेका छन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले आकाशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धलेख गाउँपालिका-१ बस्ने २६ वर्षीय रोसन भट्ट र निलकण्ठ नगरपालिका-७ बस्ने ३० वर्षीय प्रकास पोखरेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ समेतबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना.७ ख ४७४८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
२०८२-०३-१९

काठमाडौं, गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ६ जना चिनियाँ नागरिक सहित ५२ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर, ललितपुर महानगरपालिका-४ दमकल चोकस्थित एक घर भाडामा लिई SOCIAL SOFTWARE DEVELOPMENT COMPANY PVT.LTD  दर्ता गरी गैर कानूनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप संचालन गरिरहेको र सोको शाखाको रूपमा काठमाडौं महानगरपालिका-१३ चागलस्थित एक घर भाडामा लिई विभिन्न नेपाली युवतीहरूलाई प्रलोभनमा पारी डेटिङ एप मार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९ सय ५० रूपैयाँ, ल्यापटप ७ थान र मोबाइल ५४ थान समेत बरामद गरेको छ । पक्राउ मध्ये ६ जना चिनियाँ नागरिकहरू उपर अभौतिक मुद्रा सम्बन्धी मुद्धा दर्ता गरी अन्य ४६ जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-१९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललिपतुर महानगरपालिका-२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  प्रभाषले युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ एकान्तकुनाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-१९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-१० स्युचाटर बस्ने सिन्धुली दुधौली नगरपालिका-३ घर भएका ३० वर्षीय बिक्रम चौहानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०८० जेठ २ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद, ६ लाख १० हजार रूपैयाँ जरिवाना र क्षतिपुर्ती बापत २० हजार ४ सय रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-१० स्युचाटारबाट पक्राउ गरेको हो ।   उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०३-१८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ५ किलो ३० ग्राम सहित भारतीय नागरिक ३१ वर्षीय MUHAMMED ISSA KAKKIRICHAL PUTHIYYAPURAYIL मंगलबार दिउँसो पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई लायोन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका MUHAMMED ISSA KAKKIRICHAL PUTHIYYAPURAYIL लाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको  हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र आईपीपिएल १ सय एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ फुलबारी मार्ग बस्ने ३४ वर्षीय हरिवोल खड्का र काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने गोरखा घर भएका ३० वर्षीय राजन लामा रहेका छन् । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट  नगद ५२ हजार १ सय ९० रूपैयाँ, २ थान मोबाइल र उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०५६ प ५६५० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-६ बस्ने ३७ वर्षीय महमद मुस्लिम र २२ वर्षीय सद्दाम सेख रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ५३७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय युवराज दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-००२ ह ६५०० नम्बरको सिटि रिक्सालाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दर्जीलाई पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ जुनेलि बस्ने २९ वर्षीय दिपक सम्बाहाम्फेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ भुजेल टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र डाईजेपाम ६० एम्पुल सहित सोही ठाउँ बस्ने २० वर्षीय मनिष तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, तिलोत्तमा नगरपालिका-१७ पिपरहीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१७ भरौलिया बस्ने २७ वर्षीय करन प्रसाद थारू र २५ वर्षीय कपिल देव थारू रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले लु.४९ प ४०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३ सय ८० ट्याब्लेट सहित बारा पचरौता नगरपालिका-३ घर भएका १९ वर्षीय मुकेश कुमार पटेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८६३१ नम्बरको माइक्रोबसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।भक्तपुर, थिमी नगरपालिका-१ लोकन्थली आँखा अस्पताल नजिकबाट नियन्त्रित लागूऔषध स्पास्पेन ५० ट्याब्लेट र प्रेगाबालिन ९९ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने झापा शिवसताक्षी नगरपालिका-१ घर भएका २७ वर्षीय अनिल कुमार ठाकुर र उदयपुर कटारी नगरपालिका-७ घर भएका २५ वर्षीय कुमार राई रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-०३-१८

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा बारा कलैया उपमहानगरपालिका-१२ बस्ने २९ वर्षीय पवन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पीडितलाई विभिन्न प्रलोभन देखाई वीरगंज महानगरपालिका-१५ भिष्वास्थित विभिन्न होटल तथा लजहरूमा बेश्यावृत्ति गराई बेश्यावृत्तिमा लगाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने स्याङ्जा बिरूवा गाउँपालिका-१ घर भएकी ५१ वर्षीया कमला कुमारी केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  कमलाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको नगद २८ लाख २७ हजार सहित तीन जना पक्राउ
२०८२-०३-१८

पर्सा, स्रोत नखुलेको नगद २८ लाख २७ हजार सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  पकाहामैनपुर गाउँपालिका-२ बस्ने २६ वर्षीय अनिल कुमार बर्णवाल, वीरगंज महानहरपालिका-३ आदर्शटोल बस्ने २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बारा परवानीपुर गाउँपालिका-४ बस्ने ४४ वर्षीय दिपक कुमार सोनार रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले अनिल कुमारलाई वीरगंज महानगरपालिका-१० मकालु चोकबाट ९ लाख ४७ हजार रूपैयाँ, बिनित कुमारलाई सोही महानगरपालिका-८ कृषी बिकास बैंक लिंकरोडबाट १५ लाख  ८१ हजार रूपैयाँ र दिपक कुमारलाई सोही महानगरपालिका-१६ रजतजयन्ती चोकबाट ३ लाख रूपैयाँ सहित पक्राउ गरेको हो ।  उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १ हजार ७४ किलो गाँजा सहित चार जना पक्राउ
२०८२-०३-१७

मकवानपुर, कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७४ किलो २ सय ५० ग्राम सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले  र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले हरि बहादुर, बद्धि बहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मान बहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो  ।  प्रहरीले हाल फरार गोकर्ण, मान बहादुर र सोमलालको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०३-१७

झापा, बिर्तामोड नगरपालिका-३ भगवानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-३ शिवालय टोल बस्ने २६ वर्षीय बिर बहादुर राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ७ सय १४ ग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सर्केगाड गाउँपालिका-५ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर शाही र २७ वर्षीय सालु शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रोल्पा लुङग्री गाउँपालिका-७ बस्ने ३२ वर्षीय पुनम पुन मगरलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  धादिङ, गल्छी गाउँपालिका-५ कोईलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ग्राम र पोलेन ४ किलो ८० ग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । सप्तरी, कञ्चनरूप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ८ सय ९२ ग्राम सहित उदयपुर बेलका नगरपालिका-६ बस्ने ३६ वर्षीय भुईदल राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उदयपुरबाट सप्तरीतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै मोटरसाइकल सहित हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  सुनसरी, देवानगंज गाउँपालिका-३ यादव टोल बस्ने बिरेन्द्र यादवको घरबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ८० ग्राम सहित २ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बिरेन्द्रको घरमा गाँजा लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
२०८२-०३-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-७ बस्ने तनहुँ व्यास नगरपालिका-१२ घर भएका ३० वर्षीय रन्जन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  रन्जनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

प्रहरी हौं भनि शरीर बन्धक बनाई डाका गर्ने दुई जना पक्राउ
२०८२-०३-१७

मोरङ, प्रहरी हौं भनि शरीर बन्धक बनाई डाका गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका-६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् ।  विराटनगर महानगरपालिका-१३ रानीस्थित राईस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई स्कुटरमा सवार ३ जना अपरिचित व्यक्तिहरूले रोकी “हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ" भनि स्कुटरको बिचमा जबरजस्ती राखी विराटनगर महानगरपालिका-१४ जतुवास्थित एकान्त स्थलमा पुर्‍याई डर त्रास देखाई निजसँग साथमा रहेको ३ लाख ६४ हजार रूपैयाँ बुधबार बिहान डाका गरी फरार भएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोटरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर शरीर बन्धक बनाई डाका गरेको कसूर मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-१७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय सबिन महर्जन र काठमाडौं महानगरपालिका-७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका-८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका सबिनलाई काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट सोमबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका दिनेशलाई काठमाडौं महानगरपालिका-८ गुहेश्वरीबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।पक्राउ मध्ये सबिनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ भने दिनेशलाई प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।  

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०३-१६

सुनसरी, धरान उपमहानगरपलिका-१३ निशाने डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने ५४ वर्षीय तेज बहादुर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.३ ख १८९७ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ बस्ने ३२ वर्षीय धर्मा कुमार शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०३-१६

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित होटल त्रिमुर्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर गठ्ठाघर बस्ने सिराहा मिर्चैया नगरपालिका-६ घर भएका २६ वर्षीय किशन शाह, काठमाडौं बानेश्वर बस्ने धनुषा, धनुषाधाम नगरपालिका-२ घर भएका २० वर्षीय सुभम कुमार यादव र महोत्तरी गौशला गाउँपालिका-८ घर भएका १९ वर्षीय आकाश शाह रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले होटलको ३०६ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, उर्लाबारी नगरपालिका-७ पूर्व बस स्टेण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम सहित भारत बिहार किशनगञ्ज बस्ने ४७ वर्षीया जन्हेरा खातुन समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरीले उर्लाबारीबाट दमकतर्फ जाँदै गरेको को.१ ह ९३९८ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिक्लाजुङ गाउँपालिका-७ बस्ने २५ वर्षीय मेघराज राई र सुनसरी दुहवी नगरपालिका-९ बस्ने २६ वर्षीय नबिन हुसेन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यलाय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, बेलबारी नगरपालिका-११ संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ६० मिलिग्राम र नगद ८ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय मनिष गुरूङ, २२ वर्षीय बिशाल राई र लेटाङ नगरपालिका-३ बस्ने ४० वर्षीय जयमान तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी डागीहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-१ बस्ने ३३ वर्षीय राजेश तामाङ, २८ वर्षीय दिपेश राई, २६ वर्षीय सुजन तामाङ र २१ वर्षीय सुमन तामाङ रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले राजेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सौवाटिकर बस्ने ३७ वर्षीया हेमकला कुमारी कोहारलाई नियन्त्रित लागूऔषध फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुल र डाईजेपाम १३ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको   हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय प्रितम गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-६ हात्तीबोझा बस्ने २४ वर्षीय राजेन्द्र चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लुटपाटमा संलग्न पाँच जना पक्राउ
२०८२-०३-१६

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-४ बस्ने ३२ वर्षीय राम बहादुर तामाङ, सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-३ घर भएका ४० वर्षीय बिपिन लामा, महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका ३८ वर्षीय बिनोद मगर, रामेछाप सुनापाति गाउँपालिका-३ घर भएका ३० वर्षीय राजु तामाङ र रामेछाप मन्थली नगरपालिका-१६ घर भएका ३० वर्षीय राजकुमार माझी रहेका छन् ।  काठमाडौं महानगरपालिका-९ गौशाला रुन्चेडाँडास्थित सार्वजनिक सडकमा वैदेशिक रोजगारबाट आएका एक व्यक्तिलाई अपरिचित व्यक्तिहरूले डर त्रास तथा धाक धम्की दिई निजको साथमा रहेको नगद ४५ हजार रूपैयाँ लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं गौशालाबाट लुटपाट गरेको उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर डाँका गर्न नहुने सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
२०८२-०३-१५

महोत्तरी, सम्सी गाउँपालिका-४ भेटपुर पछवाडी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद ३ लाख ७३ हजार नेपाली रूपैयाँ र ७ हजार भारतीय रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामगोपालपुर नगरपालिका-७ बस्ने ३६ वर्षीय जमसेद अंसारी र ४४ वर्षीय दुखा अंसारी रहेका छन् । प्रहरी चौकी गैंडाभेटपुरबाट खटिएको प्रहरीले भारतको कन्हमा बोर्डरबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एपी १५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १ सय २० किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-०३-१५

सुनसरी, बराहक्षेत्र नगरपालिका-५ तीनकुनेबाट अवैध लागूऔषध गाँजा करिब १ सय २० किलोग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-४ इक्राही बस्ने २६ वर्षीय धिरज गोसाई र जहदा गाउँपालिका-७ बस्ने २२ वर्षीय बिकास यादव रहेका छन् । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ज ४६३७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई छिपाई राखेको ६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला पारी कार चालक धिरज र कारमा सवार बिकासलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०३-१५

सर्लाही, बागमती नगरपालिका-३ धरहरा टोल बस्ने ६० वर्षीया सेती मायालाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ५ सय ५९ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, रतुवामाई नगरपालिका-१ कुटुमगंजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका-४ बस्ने ३५ वर्षीय रंजित शर्मा र ३० वर्षीय रोम बहादुर राजबंशी रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ९६१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-९ विराटचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिल कुमार भट्टराईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, कल्याणपुर नगरपालिका-१२ बेल्हा कमला बाँधबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बडकी टोल बस्ने २४ वर्षीय रमेश कामती र २० वर्षीय दिपक कामती रहेका छन् । प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरीले माडरबाट कल्याणपुरतर्फ जाँदै गरेको स.६ प ४९३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सिराहा, कर्जन्हा नगरपालिका-३ बन्दिपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित धनुषा गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहा बस्ने १९ वर्षीय बिष्णु पासवानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको बागमती प्रदेश-०२-०३९ प ९४२१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ९ सय २० मिलिग्राम सहित भारत उत्तर प्रदेश बराइज-१३ केवलपुर बस्ने २४ वर्षीय मोहम्मद आरिफलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित गुल्मी रेसुङ्गा नगरपालिका-३ बस्ने ३१ वर्षीय सुबास केसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको लु. ३८ प ५४५५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कन्काई नगरपालिका-३ बस्ने २७ वर्षीय निर्मल विश्वकर्मा र मोरङ मिक्लाजुङ गाउँपालिका-४ बस्ने २० वर्षीय सिसिर लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, जनकनन्दनी गाउँपालिका-१ कमला बाधस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४९ ग्राम ५ सय ६० मिलिग्राम सहित सिराहा कल्याणपुर नगरपालिका-४ मौहुलिया बस्ने १९ वर्षीय कृष्ण ठाकुरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय १२ किलो गाँजा सहित चार जना पक्राउ
२०८२-०३-१४

बारा, परवानीपुर गाउँपालिका-५ बहुअरीबाट अवैध लागूऔषध गाँजा करिब २ सय १२ किलो ९ सय २८ ग्राम सहित ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-४ पालुङ बस्ने २८ वर्षीय रबि कार्की, सोही नगरपालिका-१२ टिसटुङ बस्ने ४६ वर्षीय बिर बहादुर गोले, हेटौंडा उपमहानगरपालिका-१४ उतरपानी बस्ने २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका-७ आपसी चोक बस्ने ३१ वर्षीय महेश तमाङ रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र.३-०१-०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा धानको भुसको बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक रबि र गाडीमा सवार बिर बहादुर, साजन र महेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०३-१४

काठमाडौं महानगरपालिका-९ सिनामंगल कालिमाटीडोलस्थित दर्शन नमस्ते ईन गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४३ ग्राम ६० मिलिग्राम, नगद १० हजार ८ सय रूपैयाँ, मोबाइल ३ थान र तराजु १ थान सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका-८ घर भएका ४२ वर्षीय साउन यादव, काठमाडौं सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका-१२ घर भएका ४० वर्षीय मो.अख्तर राईन र काठमाडौं जडिबुटी बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ घर भएका २४ वर्षीय देव बुढाथोकी रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले गेष्ट हाउसको कोठा नम्बर २०५ तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कास्की, पोखरा महागनरपालिका-३१ गोरखामार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम ४ सय ८० मिलिग्राम, मोबाइल ४ थान र नगद ८० हजार ९ सय ५० रूपैयाँ सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनुहँ शुक्लागण्डकी नगरपालिका-५ नयाँगाउँ बस्ने ३२ वर्षीय बिजय घर्ती, पोखरा महानगरपालिका-३१ लामागाउँ बस्ने ३९ वर्षीय कृष्ण मगर, १८ वर्षीय किशोर र सोही महानगरपालिका-३१ किमबैंशी बस्ने २९ वर्षीय सुशान सारू मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ३ थान मोटरसाइकल समेत बरामद गरेको छ । नवलपरासी पश्चिम, सुनवल नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो २३ ट्याब्लेट सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २७ वर्षीय विवेक धिताल र ३९ वर्षीय ख्यामराज तिमिल्सिना रहेका छन् । इलाका प्रहरी कार्यालय सुनवल समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बारा, पचरौता नगरपालिका-७ धर्मनगर गाउँबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी थाना आदापुर टोल अररा बस्ने २२ वर्षीय अनरजित कुमार सहनी र बारा कलैया उपमहानगरपालिका-२७ बर्वा बस्ने १९ वर्षीय रूपेश सहनी रहेका छन् । प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले बीआर ०५ बिई ९६८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो  । सिराहा, बरियारपट्टी गाउँपालिका-३ स्थित छोटी भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय मिलिग्राम, नगद १४ हजार ५ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-११ बस्ने २४ वर्षीय सुभाष यादव र २२ वर्षीय श्याम कुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-४ बस्ने ४० वर्षीय दुर्गा प्रसाद श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख ३३६१ नम्बरको हाइसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७० ट्याब्लेट सहित सोही महानगरपालिका-११ बस्ने १९ वर्षीय निखिल मल्लिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-६ घर भएका २३ वर्षीय सुनिल कुमार सोनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सुनिलले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-१४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ बन्दिपुर गाउँपालिका-१ घर भएका ४७ वर्षीय विष्णु बहादुर भण्डारी र काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएका ३८ वर्षीय प्रेम बहादुर विक रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८० मंसिर २७ गतेको फैसलाले उक्त मुद्दामा ११ लाख रूपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भई फरार रहेका विष्णु बहादुरलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट शुक्रबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका प्रेम बहादुरलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये विष्णु बहादुरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने प्रेम बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय कोहलपुर बाँके पठाइएको छ ।

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०३-१३

मोरङ, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा बेलवारी नगरपालिका-६ बस्ने ३७ वर्षीय किसन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-२ हिमालयन बैंक अगाडि सडक किनारमा पार्किङ गरी राखेको को.३९ प ४१५० नम्बरको मोटरसाइकल गत जेठ २८ गते चोरी भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कटहरी गाउँपालिका-१ स्थित उक्त मोटरसाइकल चलाउँदै गरेको अवस्थामा फेला पारी किसनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०३-१३

कास्की, पोखरा महानगरपालिका-१८ लामागाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ७ एम्पुल, नुर्फिन ७ एम्पुल र डाइजेपाम ५ एम्पुल सहित सोही ठाउँ बस्ने ३१ वर्षीय सुदिप विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-१० रङ्गशाला गेटबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन ४ एम्पुल सहित सोही महानगरपालिका-१० औद्योगिक क्षेत्र बस्ने २४ वर्षीय अर्पण बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ हजार ८ सय ८० ट्याब्लेट र ट्रामाडोल २९ हजार ट्याब्लेट सहित सर्लाही बरहथवा नगरपालिका-७ बस्ने ३० वर्षीय विक्रम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०४-००१ ज ०१५५ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने २५ वर्षीय शम्शेर खान र हुम्ला सिमकोट गाउँपालिका-५ बस्ने २० वर्षीय करण रोकाय रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ उद्योगपुरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका-६ बस्ने ३३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय हरिद्वार प्रसाद कुर्मी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ एम ६१२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-६ लामा टोलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय राजन कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.३२ प ४३५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  झापा, अर्जुनधारा नगरपालिका-६ पुष्पलाल चोकबाट अवैध लागूऔषध गाँजा १ किलो ८ सय ८८ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५९ वर्षीया अमृत माया लिम्बु र इलाम, इलाम नगरपालिका-१२ स्यानाङ्बा घर भएका २० वर्षीय रोशन भट्टराई रहेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-४ सुनसरी पुल निजकबाट अवैध लागूऔषध गाँजा करिब ७५ किलोग्राम सहित इटहरी उपमहानगरपालिका-१० बस्ने ४५ वर्षीय सुरतलाल चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले धरानबाट पकलीतर्फ जाँदै गरेको को.१ ह ९५१० नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक सुरतलाललाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ शिवालय टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय प्रकाश विक र सोही ठाउँ डेरा गरी बस्ने उदयपुर बेलका नगरपालिका-४ घर भएका ३१ वर्षीय दिनेश आले रहेका छन् । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-१३

सुर्खेत, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका-२ पुष्पलाल बस्ने  दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ घर भएका ३३ वर्षीय वीरेन्द्र शाहीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको             छ । वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यसैगरी सुर्खेत, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत बिहार लोकेन्द्रपुर घर भएका २२ वर्षीय मन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मन्टु कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध दुर्व्यसन रहित घर अभियान शुभारम्भ
२०८२-०३-१२

ललितपुर, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त अभियान शुभारम्भ भएको हो ।  सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको छ । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै सोही अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्द थापा र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चित्रकला र निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान लगायत हरेक क्रियाकलापमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आज शुभारम्भ भएको यस अभियानलाई सफल बनाउन ललितपुर महानगरपालिकाले सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापाले कानूनको प्रभावकारी कार्यान्वयनको साथसाथै समाजमा घटित हुने हरतरहका अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानको प्रमुख जिम्मेवारी नेपाल प्रहरीले प्राप्त गरेको उल्लेख गर्दै सुरक्षित, स्वस्थ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसन र कारोबारमा देखिएका प्रवृत्ति र प्रभावलाई निस्तेज पार्न प्रहरी कर्मचारीहरूलाई थप दक्ष, नविनतम् प्रविधि र स्रोतसाधन युक्त बनाउँदै लैजाने उल्लेख गर्दै उहाँले लागूऔषध विरूद्धको अभियानमा निर्ममतापूर्वक अगाडि बढ्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेश कुमार महर्जन र सामुदायिक सेवा केन्द्र सानेपाका सचिव सुरेन्द्र खड्काले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयले लागूऔषध दुर्व्यसन विरूद्ध सचेतनामूलक नाटक प्रस्तुती एवम् समुदाय-प्रहरी साझेदारी सम्बन्धी नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको   थियो । 

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, सामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् । फेसबुक पेज तथा टेलिग्राम ग्रुप मार्फत समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारी विभिन्न बैंक खातामा नगद २३ लाख १५ हजार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं माइतीघरबाट पक्राउ गरेको हो । साथै प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार समेत गरेको खुल्न आएको छ ।उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये जगदिशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, डिल बहादुरले सर्बिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५ लाख १० हजार रूपैयाँ र प्रेम कुमारले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जगदिशथलाई काठमाडौं महानगरपालिका-७ बाट, डिल बहादुरलाई काठमाडौं महानगरपालिका-४ बाट र प्रेम कुमारलाई काठमाडौं टोखा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०३-१२

रौतहट, गौर नगरपालिका-१ भन्सार कार्यालय अगाडिबाट नियन्त्रित लागूऔषध नुर्फिन ५० एम्पुल, सेरेज्याक ५० एम्पुल र फेनारगन ५० एम्पुल सहित स्याङ्जा हरिनास गाउँपालिका-४ बस्ने ३१ वर्षीय निल कुमार थापा मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।  ललितपुर, गोदावरी नगरपालिका-११ झररासी मोडबाट अवैध लागूऔषध गाँजा २ किलो ३ सय ८० ग्राम सहित बाग्मती गाउँपालिका-२ माल्टा बस्ने २९ वर्षीय नविन दाहाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०३-१२

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय संकलन राई र २७ वर्षीय आषिश कुमार बिक रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२० प ७४३ नम्बरको मोटरसाइकल सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-७ आनिमार्ग स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ बस्ने ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दिपेश लामा र सोही नगरपालिका-११ बस्ने २३ वर्षीय राम तामाङ रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले बा.प्र.-०१-०२५ च ०८७७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई छिपाई ल्याएको उक्त पदार्थ फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-५ पोखरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९८ मिलिग्राम सहित सुनसरी रामधुनी नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी ग्राम पञ्चायत राज मझौरा पथराही बस्ने ४० वर्षीय राम नारायण साह र भारत बिहार राज्य मधुबनी ग्राम पञ्चायत गोईत प्रसाही २७ वर्षीय राजन बाबु साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सौवाटिकरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ८ एम्पुल, फेनारगन ८ एमुपल र डाइजेपाम ८ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका-४ लक्ष्मीनगर बस्न २५ वर्षीय पदम थापा र सोही उपमहानगरपालिका-६ बुद्धपथ बस्ने २८ वर्षीय लोक बहादुर पुलामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-८ तीनकुनेबाट अवैध लागूऔषध गाँजा करिब ३४ किलोग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-८ बस्ने २२ वर्षीय धिरज राई र सोही नगरपालिका- ७ बस्ने ३१ वर्षीय लोकेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चतराबाट प्रकाशपुरतर्फ जाँदै गरेको को.३७ प १२५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो ९ सय ३३ ग्राम, ६० हजार ५ सय नेपाली रूपैयाँ र ३९ हजार २ सय १७ भारतीय रूपैयाँ सहित सोही उपमहानगरपालिका-६ सिदरीया टोल बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ८१०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुर चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ क्विन्टल १९ किलोग्राम र नगद १ लाख ९२ हजार रूपैयाँ सहित मकवानपुर थाहा नगरपालिका-१२ बस्ने ३६ वर्षीय बुद्धि बहादुर स्याङ्तानलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले परवानीपुरबाट ड्राईपोटतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको ट्रकलाई जाँज गर्ने क्रममा ट्रकको पछाडीको ढालामा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी चालक स्याङ्तानलाई पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-७ पुरानो कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३५ वर्षीय मान बहादुर सुनार र २५ वर्षीय नरेश आचार्य रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग भे.५ प ४२५३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके र कतार पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने दोलखा बैतेश्‍वर गाउँपालिका-३ घर भएका ३१ वर्षीया नबिना दाहाल घिमिरे र काठमाडौं कागेश्‍वरी महोहरा नगरपालिका-९ बस्ने सर्लाही कौडेना गाउँपालिका-४ घर भएका ४३ वर्षीय लछुमन साह तेली रहेका छन् । पक्राउ मध्ये नबिनाले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५२ लाख रूपैयाँ र लछुमनले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नबिनालाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट मंगलबार र लछुमनलाई काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-१२

कैलाली, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका-८ लोहरपुर बस्ने २३ वर्षीय लक्ष्मण बहादुर साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मण बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  सुर्खेत, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बीरेन्द्रनगर नगरपालिका-५ श्रीनगरटोल बस्ने १९ वर्षीय अरूण परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो ।  बारा, ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेटा गाउँपालिका-३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । कृष्ण साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०३-११

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ देवीनगर टोलबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय १ ट्यब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ हरियालीनगर बस्ने २९ वर्षीय अबिनाश परियार, सोही नगरपालिका-४ दुर्गा मन्दिर बस्ने २६ वर्षीय भरत विक र २६ वर्षीय समिप पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, राजापुर नगरपालिका-४ भन्सार चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुर थाना तिकुनिया बस्ने ३६ वर्षीय गुरूपाल सिंह र भारत निगोरी साजानपुर बस्ने २८ वर्षीय अमृत पाल सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले युपि ३१ बिएल ८६३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गुरूपाल र मोटरसाइकलमा सवार अमृतलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-११

काठमाडौं, सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि पीडितलाई ईसेवा तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरी फरार भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भएका सोमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-७ रामकोटबाट पक्राउ गरेको हो ।  उनलाई ठगी  सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०३-११

सर्लाही, ब्रह्मपुरी गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार २ सय ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-२४ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले भारतको सोनवर्षाबाट भेल्हीतर्फ जाँदै गरेको म.प्र-०३-००१ ह २२२१ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१८ एफ गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय धरम पाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ घुर्सुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित घनगढी उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय भक्तराज रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ४ सय मिलिग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-२ बस्ने २२ वर्षीय बिजय सुनार, हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने ३१ वर्षीय राज कुमार खड्का र सोही उपमहानगरपालिका-१२ पदमपोखरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बागमती प्रदेश.०३-००६ प १०१७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २५ हजार ४ सय ५५ ट्याब्लेट सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी पंचमिडिया बस्ने २६ वर्षीय उपेन्द्र यादव, २२ वर्षीय संजित कुमार यादव र ३५ वर्षीय सिकन्दर महतो रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बीआर ०१ एडब्लु १४०४ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडीको सिट मुनि र डिक्की भित्र फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी चालक उपेन्द्र र कारमा सवार संजित र सिकन्दरलाई पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-५ झर्नाचोक डेरा गरी बस्ने १९ वर्षीय सुदिप भन्ने मुन्सन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८ हजार ८ सय ७६ ट्याब्लेट, स्पास ७ हजार ८ सय ९० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट, स्पारेस्ट २ सय ९५ ट्याब्लेट र कोलिवन ३ सय १२ ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८ ट्याब्लेट सहित भक्तपुर लोकन्थली बस्ने जुम्ला गुठीचौर गाउँपालिका-६ घर भएका २५ वर्षीय विवस कार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको    छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, बुद्धभुमि नगरपालिका-२ गोरूसिङगे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय शिव लामिछाने र अर्घाखाँची मालारानी गाउँपालिका-२ खन बस्ने २३ वर्षीय सुदन परियार रहेका छन् । इलाका प्रहरी कार्यालय गोरूसिङगेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०३-१०

कैलाली, टिकापुर नगरपालिका-१ गुम्बारोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित सोही नगरपालिका-९ खग्रौला बस्ने ४५ वर्षीय अनिल थापा समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रौतहट, गौर नगरपालिका-३ विपि चोकबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय १० एम्पुल, डाईजेपाम ४७ एम्पुल र बुप्रेनोर्फिन १ सय १० एम्पुल सहित चन्द्रपुर नगरपालिका-४ बस्ने २७ वर्षीय अजय विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१ ह ७८९३ नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक अजयलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०३-१०

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ६ सय ५ मिलिग्राम सहित लमजुङ मर्स्याङ्दी नगरपालिका-२ बस्ने २५ वर्षीय राम कुमार गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.६४ प २४०८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४० मिलिग्राम सहित सुनसरी धरान उपमहानगहरपालिका-६ बस्ने २८ वर्षीय करण तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित सुनसरी रामधुनी नगरपालिका-३ बस्ने २१ वर्षीय दिपेश कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, सुनवर्षी नगरपालिका-८ हर्सजगडी नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४२ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-८ सिक्टी बस्ने १९ वर्षीय अकमल मियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ सुकुम्बासी टोल बस्ने २४ वर्षीय भिम बहादुर देवानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र भोमिन ९० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २१ मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २५ वर्षीय अजय राजवंशी र २२ वर्षीय पर्शुराम राजवंशी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ४८२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, कन्काई नगरपालिका-४ कृषिमार्ग नमुना टोल बस्ने ४० वर्षीया बिमला चौधरीलाई अवैध लागूऔषध गाँजा २ सय ३४ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  धनकुटा, चौविसे गाउँपालिका-६ राजारानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय हेम बहादुर विक र चौविसे गाउँपालिका-७ मौनाबुधुक बस्ने ३० वर्षीय भुपेन लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले धरानबाट राजारानीतर्फ आउँदै गरेको को.३९ प ३०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७० मिलिग्राम र नगद १३ हजार रूपैयाँ सहित बाँके बैजनाथ गाउँपालिका-७ पेडरी बस्ने २४ वर्षीय सरोज कुमार चौधरी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-‍८ रङ्गशाला नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीय श्याम कुमार श्रेष्ठ र सोही नगरपालिक-६ बस्ने २५ वर्षीय बिजय श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले श्याम कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सिराहा, लहान नगरपालिका-२ मटिअर्वा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम सहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिवेक यादव, सोही नगरपालिका-१ बस्ने ३० वर्षीय सुरेश कुमार साह सुडी र  सोही नगरपालिका-२ बस्ने २७ वर्षीय राज कुमार विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले बिवेकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी  उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ
२०८२-०३-१०

काठमाडौं, सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा भारत महाराष्ट्र थाने कश्मिरा रोड घर भएका ५६ वर्षीय गोपाल प्रसाद खडानन्द गौलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानी हुने गरेको र प्रत्यक्ष भेटघाटका क्रममा पीडितसँग खिचेका तस्विर देखाई बदनाम गराउने उद्देश्य राखी भिडियो बनाई युट्युबमा प्रसारण गरी चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न गोपाललाई काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो ।  उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन  म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलवको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बस्ने गोरखा वारपाक सुलिकोट गाउँपालिका-४ घर भएका २९ वर्षीय राजेश बरामलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  राजेशले ग्रिस पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३७ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-१०

पर्वत, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहादी गाउँपालिका-६ शालिग्राम बस्ने २२ वर्षीय वसन्त विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  गुल्मी, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईश्मा गाउँपालिका-३ बस्ने ३६ वर्षीय गोर बहादुर सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न
२०८२-०३-०९

काठमाडौं, लागूऔषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगिता समापनका अवसरमा सोमबार केन्द्रमा आयोजित कार्यक्रममा सोही केन्द्रकी अध्यक्ष श्रीमती रूपा थापाले प्रतियोगिता अन्तर्गत बास्केटबल, क्यारिम बोर्ड, बुसे, संगीत, नृत्य, लेख रचना, टेबल टेनिस र चेसतर्फ विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा केन्द्रकी अध्यक्ष थापाले केन्द्रमा उपचाररत सदस्यहरू बीच आपसी भाइचारा तथा सदभाव कायम गरी मनोबल उच्च राख्न स्वस्थ प्रतिस्पर्धा गराई संचालन गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा आफ्नो प्रतिभा देखाई विजयी भएका उपचाररत सदस्य खेलाडीहरूलाई बधाई दिनुभयो । केन्द्रकी अध्यक्ष थापाले ‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता, लागूऔषध दुरूपयोग विरूद्ध ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । लागूऔषधको असर र यसको प्रभावबारे आम जनसमुदायमा अभियानमूलक सचेतना विकास गर्नु र वास्तविकतबारे सबैलाई जानकारी गराई लागूऔषध  नियन्त्रणमा समुदायको भूमिकालाई बढाउन अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।  केन्द्रकी सचिव श्रीमती शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगीत, नृत्य एवम् कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०३-०९

उदयपुर, बेलका नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित सोही नगरपालिका-७ मैनामैनी बस्ने ३१ वर्षीय धन बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुरठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको को.१ ज ३६२८ नम्बरको भेनमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । दैलेख, नारायण नगरपालिका-२ कुसाडा बस्ने २० वर्षीय कुशल कुमार थापालाई नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय २० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने २९ वर्षीय सरोज आचार्यलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-५ सिसौलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय पाल्देन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा चोकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ करिब २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४२ वर्षीय जग मोहन सिंह बुढामगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले लु.प्र.०१-००१ ह ११२७ नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा ई-रिक्साको अगाडिको भागमा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी चालक बुढामगरलाई पक्राउ गरेको हो ।  यसैगरी कपिलवस्तु, शिवराज नगरपालिका-२ बालापुर चोकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ करिब २२ मिलिग्राम सहित बिजयनगर गाउँपालिका-६ बस्ने ३५ वर्षीय बिष्णु कडेल भन्ने हरी प्रसाद कडेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले हल्लानगरबाट बालापुर चोकतर्फ आउँदै गरेको लु.प्र. ०१-००१ ह ०७८९ नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा चालक कडेललाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सिराहा, लहान नगरपालिका-१ सिरमराहाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र फेनारगन ३ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लहान नगरपालिका-१ बस्ने २३ वर्षीय प्रशान्त साह र २९ वर्षीय आगेश्वर आले रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२ नहरमुखबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ७४ पिस सहित सोही महनरगापलिका-३  नदिपुर बस्ने ३० वर्षीय विपिन बागदासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, घोडाघोडी नगरपालिका-४ सिमथरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१ बस्ने २५ वर्षीय प्रदिप चौधरी, सोही नगरपालिका-९ रतीपुर बस्ने १ वर्षीय प्रेम चौधरी र भारत आसाम प्रदेश दामाजी जुनैला नहर्जुन बस्ने २२ वर्षीय राजेश मिलि रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने ३८ वर्षीय धन बहादुर भुजेललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २० मिलिग्राम र नगद २५ हजार ४ सय ५० रूपैयाँ सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका बस्ने सिन्धुली ध्याङलेख गाउँपालिका-३ घर भएका ४२ वर्षीय सुवर्ण कुमार बललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-०९

काठमाडौं, बारा निजगढ नगरपालिका-८ घर भएका ३२ वर्षीय कृष्ण लामालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ टुसाल बस्ने मकवानपुर घर भएका बिकास लामा लो, बारा निजगढ नगरपालिका-७ घर भएका २९ वर्षीय सुगन्द लामा, १८ वर्षीय किशोर र मकवानपुर बकैया गाउँपालिका-२ घर भएका २३ वर्षीय निसान जिम्भा रहेका छन् । बिकासको बहिनीको जन्मदिन मनाउन भन्दै कृष्णलाई शुक्रबार राति बुढानिलकण्ठ नगरपालिका-५ टुसालस्थित बिकासको घरमा लगि कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।पर्सा, आफ्नै श्रीमती २१ वर्षीया लालबीबी खातुनको हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-४ जगरनाथपुर बस्ने २३ वर्षीय सफिराजा मियाँलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लालबीबीको आफ्नै घरमा शनिबार शंकास्पद मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पटेर्वासगौलीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सफिराजालाई पक्राउ गरेको हो । उनी विरूद्ध ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०३-०९

उदयपुर, बेलका नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित सोही नगरपालिका-७ मैनामैनी बस्ने ३१ वर्षीय धन बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुरठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको को.१ ज ३६२८ नम्बरको भेनमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । दैलेख, नारायण नगरपालिका-२ कुसाडा बस्ने २० वर्षीय कुशल कुमार थापालाई नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय २० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने २९ वर्षीय सरोज आचार्यलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-५ सिसौलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय पाल्देन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा चोकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ करिब २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४२ वर्षीय जग मोहन सिंह बुढामगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले लु.प्र.०१-००१ ह ११२७ नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा ई-रिक्साको अगाडिको भागमा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी चालक बुढामगरलाई पक्राउ गरेको हो ।  यसैगरी कपिलवस्तु, शिवराज नगरपालिका-२ बालापुर चोकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ करिब २२ मिलिग्राम सहित बिजयनगर गाउँपालिका-६ बस्ने ३५ वर्षीय बिष्णु कडेल भन्ने हरी प्रसाद कडेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले हल्लानगरबाट बालापुर चोकतर्फ आउँदै गरेको लु.प्र. ०१-००१ ह ०७८९ नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा चालक कडेललाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सिराहा, लहान नगरपालिका-१ सिरमराहाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र फेनारगन ३ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लहान नगरपालिका-१ बस्ने २३ वर्षीय प्रशान्त साह र २९ वर्षीय आगेश्वर आले रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२ नहरमुखबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ७४ पिस सहित सोही महनरगापलिका-३  नदिपुर बस्ने ३० वर्षीय विपिन बागदासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, घोडाघोडी नगरपालिका-४ सिमथरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१ बस्ने २५ वर्षीय प्रदिप चौधरी, सोही नगरपालिका-९ रतीपुर बस्ने १ वर्षीय प्रेम चौधरी र भारत आसाम प्रदेश दामाजी जुनैला नहर्जुन बस्ने २२ वर्षीय राजेश मिलि रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने ३८ वर्षीय धन बहादुर भुजेललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २० मिलिग्राम र नगद २५ हजार ४ सय ५० रूपैयाँ सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका बस्ने सिन्धुली ध्याङलेख गाउँपालिका-३ घर भएका ४२ वर्षीय सुवर्ण कुमार बललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-०९

काठमाडौं, बारा निजगढ नगरपालिका-८ घर भएका ३२ वर्षीय कृष्ण लामालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ टुसाल बस्ने मकवानपुर घर भएका बिकास लामा लो, बारा निजगढ नगरपालिका-७ घर भएका २९ वर्षीय सुगन्द लामा, १८ वर्षीय किशोर र मकवानपुर बकैया गाउँपालिका-२ घर भएका २३ वर्षीय निसान जिम्भा रहेका छन् । बिकासको बहिनीको जन्मदिन मनाउन भन्दै कृष्णलाई शुक्रबार राति बुढानिलकण्ठ नगरपालिका-५ टुसालस्थित बिकासको घरमा लगि कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।पर्सा, आफ्नै श्रीमती २१ वर्षीया लालबीबी खातुनको हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-४ जगरनाथपुर बस्ने २३ वर्षीय सफिराजा मियाँलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लालबीबीको आफ्नै घरमा शनिबार शंकास्पद मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पटेर्वासगौलीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सफिराजालाई पक्राउ गरेको हो । उनी विरूद्ध ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८२-०३-०८

काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोग पुल्चोक ललितपुरको आयोजनामा “मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया” कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा आइतबार सम्पन्न भएको छ । उक्त अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले नेपाल प्रहरी शान्ति सुरक्षा अमन चयन कायम गर्ने तथा अपराध अनुसन्धान गर्ने पहिलो निकायको रूपमा रहेको चर्चा गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वर्द्धन गरी प्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको बताउनुभयो । प्रहरी सेवा समयसापेक्ष र पीडितमैत्री हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।   कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका कार्यबाहक अध्यक्ष हरि दत्त जोशी, मधेशी आयोगका कार्यबाहक अध्यक्ष जीवछ साह, थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारू, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सूर्य प्रसाद शर्मा ढुंगेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी, मुस्लिम आयोगका सदस्य महोम्मद समशुल हक, आदिवासी जनजाती आयोगका सदस्य रीना राना, राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्की, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारिप्रसाद खरेलले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरी नेपालको संविधान, विभिन्न ऐन कानून, अन्तर्राष्ट्रिय कानून र दस्ताबेजको पूर्ण पालना गर्दै शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान गर्न पहिलो पंक्तिमा रहेर अहोरात्र खटिँदै आइरहेको बताउनुभयो । मानव अधिकारको संरक्षण, सम्वर्द्धन र सम्मान सहित अगाडि बढ्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने चर्चा गर्दै कार्यक्रमबाट प्राप्त सुझावलाई पालना गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले आधारभूत तालिम र विभिन्न अनुशिक्षण तालिमको पाठ्यक्रममा समावेश गरी प्रहरी कर्मचारीहरूलाई समयसापेक्ष मानव अधिकार सम्बन्धी प्रशिक्षण दिँदै आइरहेको बताउनुभयो । साथै भिड व्यवस्थापनमा नेपाल सरकारसँग समन्वय गरेर आधुनिक उपकरण तथा सामग्रीहरूको प्रयोग गर्नुका साथै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्यसम्पादन गरिरहेको उहाँले बताउनुभयो ।   राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव सम्झना शर्माले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरीका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले मानव अधिकार, महिला, दलित र संवेदनशीलवर्ग, समुदायको अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरीले गरेका प्रयासहरूका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रभावकारी समन्वय र सहकार्य, लैंगिक/घरेलु हिंसा र दाइजो प्रथा, छउपडी प्रथा, बाल विवाह, छुवाछुत(जातीय भेदभाव) अन्त्यका लागी सामूहिक पहल, अनुसन्धानका विषयमा पीडित, शंकित वा समुदाय लक्षित व्यक्तिगत सूचनाहरू सम्प्रेषित हुने गरेका, हिरासत कक्ष भित्रको आत्महत्या, जाहरी दर्खास्त दर्ता, अधिकारकर्मी र मिडियाकर्मी माथी आक्रमण लगायतका विषयहरूमा छलफल भएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय मानव अधिकार आयोगका सहसचिवहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०८

संखुवासभा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका-९ खाम्लिङ बस्ने ६२ वर्षीय दुर्गा बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  भोजपुर जरायोटार-४ बस्ने ३६ वर्षीय पर्शुराम विकको २०६१ साल चैत २२ गते हत्या गरेको घटनामा पुनरावेदन अदालत धनकुटाको २०६९ असार १७ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले चैनपुर नगरपालिका-९ खाम्लिङबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०३-०८

रूपन्देही, सियारी गाउँपालिका-७ कनरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९० एम्पुल, बुप्रेनोर्फिन ९० एम्पुल र प्रोमेथाजाइन ९० एम्पुल सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वत धौलागिरी गाउँपालिका-३ बस्ने २४ वर्षीय युवराज पुन र पाल्पा तानसेन नगरपालिका-१४ बस्ने २१ वर्षीय बिकाश ज्ञवाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले बेथरीबाट बेलबासतर्फ जाँदै गरेको लु.६२ प ११०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-९ स्वाठीबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय ८० ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ खैरहनी बस्ने ३३ वर्षीय लोकनाथ खवास र उनकी श्रीमती ३२ वर्षीया रिमा गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिमबाट खटिएको प्रहरीले परासीबाट सुनवलतर्फ जाँदै गरेको लु.४ प २८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४७ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ क्व्होलासोथार गाउँपालिका-७ बस्ने २२ वर्षीया नोजिना रानामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ७७९३ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका-७ बस्ने २० वर्षीय गंगा सागर थारू र सोही गाउँपालिका-५ बस्ने २६ वर्षीय दिपेन्द्र कुमार थारू रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९८ ट्याब्लेट र नाईट्राजेपाम ३० ट्याब्लेट सहित दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय राजु पुन मगर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०३-०७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ५ किलो ६ सय २५ ग्राम सहित थाइल्याण्डका नागरिक २८ वर्षीय KOPA CHANSA शुक्रबार दिउँसो पक्राउ परेका छन् । एयर ईण्डियाको उडानद्वारा दिल्लीबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित सेन्टर पार्क होटलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ८४ ट्याब्लेट, ट्रामाडोल १० ट्याब्लेट, नुर्फिन ३ एम्पुल, फेनारगन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र मोबाइल ४ थान सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-७ बस्ने २० वर्षीय शुकलाल स्याङतान, १८ वर्षीय किशोर र पर्सा वीरगंज महानगरपालिका-२ बस्ने २४ वर्षीय सुरेश पाण्डे रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०४ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प ७६३४ नम्बरको मोटरसाइकल चालक धनुषा शहिदनगर नगरपालिका-८ बस्ने २२ वर्षीय रजनिश यादवलाई नियन्त्रित लागूऔषध नाईट्राजेपाम २८ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेट र काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ६०२३ नम्बरको हायसमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका-१ बस्ने ३१ वर्षीय बद्री पुरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ७० मिलिग्राम सहित फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६० एम्पुल, बुप्रेनोर्फिन ६० एम्पुल र प्रोमेथाजाइन ६० एम्पुल सहित पर्वत घर भएका ३५ वर्षीय रेशम कुवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले बेलहियाबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ०४१७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन ५ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट, एनारगन ८ सय ट्याब्लेट र नगद १० हजार ५ सय रूपैयाँ सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने गौरादह नगरपालिका-४ घर भएका २४ वर्षीय अनुभव दर्नाल, दमक नगरपालिका-१ घर भएका २६ वर्षीय सुरज कुमाल, सोही नगरपालिका-६ घर भएका २९ वर्षीय सुमन दर्जी र सोही नगरपालिका-७ घर भएका ३४ वर्षीय बिर बहादुर पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-६ स्थित सम्राट होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७३ ग्राम २ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-६ बस्ने ५० वर्षीय दिपक विसी र दार्चुला महाकाली नगरपालिका-३ बस्ने ४२ वर्षीय नरसिंह महरा रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्रउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ शहिद गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २७ वर्षीय जिवन चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाँघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सरोज रानालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ पशु हाटबजार बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-२ विकासनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय डिल बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० मनकामना चोक बस्ने ३६ वर्षीय बरूण लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय ४० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने इलाम सूर्योदय नगरपालिका-७ घर भएका ६५ वर्षीय टंकनाथ कटुवाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने तनहुँ भिमाद नगरपालिका-४ घर भएका २७ वर्षीय शेर बहादुर कुमाल र काठमाडौं टोखा नगरपालिका-५ बस्ने मकवानपुर थाहा नगरपालिका-३ घर भएका ३१ वर्षीय अशिम नगरकोटी रहेका छन् ।  पक्राउ मध्ये टंकनाथले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, शेरबहादुरले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ र अशिमले डेनमार्क पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टंकनाथलाई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बाट, शेरबहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र अशिमलाई काठमाडौं टोखा नगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी पक्राउ
२०८२-०३-०७

काठमाडौं, अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका-३ सूर्यदर्शन टोल बस्ने रोल्पा थवाङ गाउँपालिका-२ घर भएकी ४४ वर्षीया अमला रोकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।२०८० साउन २ गते बरामद भएको ६० किलो अवैध सुन घटनाको अनुसन्धान सम्बन्धमा भन्सार चोरी पैठारी तथा संगठित अपराध मुद्दामा संलग्न रही फरार रहेकी रोकालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं टोखा नगरपालिका-३ सूर्यदर्शन टोलबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०७

काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने गोरखा वारपाक सुलिकोट गाउँपालिका-५ घर भएका ४० वर्षीय अशोक थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १६ गतेको फैसला उक्त मुद्दामा बिगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर गोदावरी नगरपालिका-१३ सन्तानेश्वर मन्दिर नजिकबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

विभिन्न किसिमका सुन गरगहना सहित दुई जना पक्राउ
२०८२-०३-०७

कास्की, पोखरा महानगरपालिका-२२ पुम्दी भुम्दीबाट करिब ८२ तोला १६ लाल बराबरका विभिन्न किसिमका सुनका गरगहना सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भारत न्यू प्रताप नगर जिटि रोड अमृतसर-१ पंजाव घर भएका ४९ वर्षीय कुलदिप सिंह र रूपन्देही तिलोत्तमा नगरपालिका-१६ पूर्वबहिया घर भएका ४७ वर्षीय राम बहादुर विक रहेका छन् । पोखराका विभिन्न स्थानहरूमा अवैध रूपमा विक्री वितरणको लागि सुन ल्याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बुटबलतर्फ जाँदै गरेको माईक्रो बसमा सवार उनीहरूलाई सुनको गरगहना सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूको साथबाट सुनको ढिक्का, सिक्री २९ थान, दानावाला माला १ थान, पथ्थर जडित र हिरा जडित औंठी ५७ थान, कानमा लगाउने जुली ३ सय २४ थान, मंगलसुत्र १७ थान, लकेट ९९ थान, कालो र रातो माला सहितका पोते १९ थान र झुम्का बरामद भएको छ । उनीहरूलाई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०३-०६

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरस्थित पाहुना गेष्ट हाउसबाट अवैध लगूऔषध गाँजा ४ किलो १ सय ग्राम सहित रामेछाप मन्थली नगरपालिका-१० घर भएका ३० वर्षीय सुरेश पुलामी मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०६ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नुर्फिन ३२ एम्पुल र  फेनारगन ३२ एम्पुल सहित ललितपुर सानेपा बस्ने ताप्लेजुङ घर भएका २७ वर्षीय गोपाल प्रधानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-९ गौशलास्थित रोयल सिराह गेष्टहाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम सहित सोही महानगरपालिका-३२ कोटेश्‍वर बस्ने दोलखा भीमेश्वर नगरपालिका-३ घर भएका २६ वर्षीय आशिष राउतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २ तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ कान्छी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-१० दैजी बस्ने ३२ वर्षीय केशब बिष्ट, बेलडाँडी गाउँपालिका-५ झिलमिला बस्ने २५ वर्षीय नरेन्द्र प्रसाद भट्ट र भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बस्ने २८ वर्षीया लक्ष्मी चन्द रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ । कैलाली, टिकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २३ वर्षीय अम्मर शाही, २० वर्षीय लक्ष्मण बुढाथोकी, १९ वर्षीय रेशम जैसी, १९ वर्षीय खगेन्द्र भण्डारी र १७ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ देवीबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय जांगिर सेखलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, गढवा गाउँपालिका-६ गढवा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरोको छ । पक्राउ पर्नेहरूमा भारत बलरामपुर बस्ने २९ वर्षीय मोहम्मद हकीम र ४० वर्षीय मोहद हाफु रहेका छन् । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले कोईलाबासदेखी गढवातर्फ आउँदै गरेको  युपि ४७ एएच ८७३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०३-०६

तनहुँ, देवघाट गाउँपालिका-५ बद्रीमुक्ती टोल बस्ने ३२ वर्षीय प्रकाश पौडेलको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पाल्पा तानसेन नगरपालिका-८ नयाँपाटी घर भएका २८ वर्षीय बुद्ध सारू मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ हटिया घर भएका ४३ वर्षीय राम लामा रहेका छन् । बिहीबार बिहान आफ्नै घर नजिकै सडकमा प्रकाशलाई लडिरहेको अवस्थामा देखि स्थानीयहरूले उपचारको लागि भरतपुर सरकारी अस्तपाल चितवन लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा राम, बुद्ध र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय जोगी भनि बोलाउने पुरूषले प्रकाशलाई कुटपिट गरेको भन्ने खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय आँबुखैरेनी र इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राम र बुद्धलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।  मकवानपुर, थाहा नगरपालिका-१ कुन्छाल बस्ने ५० वर्षीया तुलमाया गोपालीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिमलमान गोपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिमलमानले धारिलो हतियार खुकुरी प्रहार गर्दा तुलमायाको घटनास्थलमै मृत्यु भएको भन्न खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङ, इलाका प्रहरी कार्यालय भिमफेदी समेतबाट खटिएको प्रहरीले उनलाई थाहा नगरपालिका-३ थानाबजारबाट पक्राउ गरेको हो ।  झापा, कमल गाउँपालिका-४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीय देबेन्द्र लावतीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । देबेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य बिक्रमको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-०३-०६

पर्सा, मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका-८ खर्कटा बस्ने ४१ वर्षीय दिपक खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ठोरी गाउँपालिका-२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितहरूको उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप  अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-४ फेदीगोठ घर भएका २६ वर्षीय रविन कार्की र काठमाडौं चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने गोरखा शहिदलखन गाउँपालिका-८ बुङकोट घर भएका ३० वर्षीय समिर राज वाग्ले रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरबाट २०८१ फागुन ६ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका रविनलाई बुढानिलकण्ठ नगरपालिका-१० कपनबाट बुधबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत वैशाख १४ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका समिरलाई काठमाडौं महानगरपालिका-९ गौशालाबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये रविनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ भने समिरलाई प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०६

काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालका-५ कटुन्जे बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-११ घर भएका ४० वर्षीय विरेन्द्र खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८१ चैत २९ गतेको फैसला उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जेबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-०६

स्याङ्जा, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदीखोला गाउँपालिका-३ कराम्दी बस्ने २७ वर्षीय सूर्य मिजारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मिजारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई फेदीखोला गाउँपालिका आरूखर्कबाट पक्राउ गरेको   हो । इलाम, ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-६ गढी बस्ने ३२ वर्षीय नर बहादुर विश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मितेरी सहकारी संस्थाका बचतकर्ताहरू र सञ्चालकहरूको रकम ठगी गरी फरार रहेका व्यक्ति कम्बोडियाबाट पक्राउ
२०८२-०३-०५

काठमाडौं, मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको रकम ठगी गरी फरार रहेका प्रतिवादी बर्दिया बाँसगढी नगरपालिका-७ घर भएका ४२ वर्षीय ज्योती बहादुर भण्डारी पक्राउ परेका छन् । एनसिबि PHNOM-PENH कम्बोडियाको समन्वयमा कम्बोडियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको अनुसन्धानरत मुद्दामा फरार प्रतिवादी ज्योती गुरूङ मार्फत सहकारीको करोडौँ रकम ठगीमा संलग्न रही ज्योती बहादुर फरार रहेका थिए ।  प्रारम्भिक अनुसन्धानको क्रममा मितेरी सहकारीका महाप्रबन्धक ज्योती गुरूङले सहकारीबाट अपचलन गरेको करोडौँ रकम थाईल्याण्डमा बसोबास गर्ने ज्योती बहादुर भण्डारीले चलाएको र निजले फिर्ता गराईदिने भनि ह्वाट्स एप मार्फत सहकारीका पदाधिकारीहरू र ज्योती बहादुर बीच सम्पर्क गराएको, ज्योती बहादुरले सहकारी संस्थाका सचिव कृष्ण बहादुर रानाको ग्लोबल आईएमई बैंक, ईन्द्रचोक शाखामा ३३ करोड ११ लाख रूपैयाँ पार्सल गरी पठाएको छु भनि टोकनको फोटो पठाएको, विदेशबाट आएको पार्सल रकम लिनको लागि कमिसन तिर्नु पर्छ भनि सहकारी संस्थाका पदाधिकारीहरूसँग सम्पर्क गरी ३ करोड ४४ लाख ७४ हजार ३ सय २० रूपैयाँ ठगी गरेको खुल्न आएको छ । ज्योती बहादुर भण्डारीको नाममा जारी भएको २ वटा राहदानीमा २ वटा फरक फरक नागरिकता उल्लेख भएको, ज्योती बहादुरले अन्य व्यक्तिहरूको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरूको विवरण राखी सोही कीर्ते गरेको नागरिकता तथा राहदानीलाई स्क्याम गर्न दुरूपयोग गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ । इन्टरपोल महासचिवालयबाट २०८१ कात्तिक १३ गते ज्योती विरूद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट थप आवश्यक अनुसन्धान भइरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०३-०५

 काठमाडौं महानगरपालिका-१५ अजिमा हल नजिकै डेरा गरी बस्ने धनुषा जनकपुर घर भएकी २० वर्षीया मनिषा ठाकुरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २१ हजार ५ सय ट्याब्लेट, फेनारगन २ सय ६० एम्पुल, डाईजेपाम २ सय ६० एम्पुल, नोर्फिन २ सय ६० एम्पुल र नगद २ लाख २५ हजार ८ सय रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   तनहुँ, शुक्लागण्डकी नगरपालिका-६ अर्चलेबाट अवैध लागूऔषध गाँजा २ किलो ६ सय १० ग्राम र नगद १५ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २० वर्षीय विपिन नेपाली र सोही नगरपालिका -६ बस्ने २० वर्षीय पदम नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले थर्पुबाट खैरेनीटारतर्फ आउँदै गरेको ग.२३ प ४५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-९ अमृतपानीबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्राम सहित खैरहनी नगरपालिका-१३ सिम्रनी बस्ने ५६ वर्षीय उपेन्द्र महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले सिद्धिबाट अमृतपानीतर्फ आउँदै गरेको बा.१५ प ३६४१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक उपेन्द्रलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने दाङ घोराही उपमहानगरपालिका-१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका-३ बस्ने गोरखा धार्चे गाउँपालिका-५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् ।  पक्राउ मध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौं महानगरपालिका-७ बाट बुधबार र सरेशलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-०५

सर्लाही, गोडैता नगरपालिका-६ बगदह बस्ने ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय  राम अधिन रायलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   राम अधिनले गोरेटो बाटोको विषयलाई लिई राम दुलारी र उनकी बुहारीलाई मंगलबार बेलुकी कुटपिट गर्दा उनीहरू मध्ये गम्भीर घाइते भएकी राम दुलारीको जिल्ला सरकारी अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । साथै कुटपिटबाट घाइते भएकी राम दुलारीकी बुहारीको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०३-०५

जुम्ला, चन्दननाथ नगरपालिका-७ मिचाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय ईश्वरी बमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, टिकापुर नगरपालिका-१ स्थित शेरचन होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ५० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-६ गुलरा बस्ने २४ वर्षीय सुरेश रावल, २० वर्षीय प्रमोद धामी, २३ वर्षीय तुषार कटुवाल र जानकी गाउँपालिका-९ बस्ने २५ वर्षीय अनिष रावल रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर ११० तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ३० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ सिबिर बस्ने २५ वर्षीय हरिराम चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट अवैध लागूऔषध पोलेन करिब ५ किलो ४ सय ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ घर भएका २३ वर्षीय सुरविर तामाङ, काठमाडौं नैकाप बस्ने धादिङ घर भएका २० वर्षीय सुमन तामाङ र काठमाडौं चन्द्रागिरी बस्ने २६ वर्षीय कमल तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै कमलले प्रयोग गरेको मोटरसाइकल १ थान प्रहरीले बरामद गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय अनुप कुमार रुम्बा र सोही उपमहानगरपालिका-८ बस्ने ३३ वर्षीय मणी लामा रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-२ फुलावरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित बुटवल उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय किशोर थापालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी बिट जितगढिकिल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न तीन जना पक्राउ
२०८२-०३-०४

बारा, कलैया उपमहानगरपलिका-१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-१४ बघवन टोल बस्ने ४० वर्षीय उमेश जैसवालकी श्रीमती ३८ वर्षीया रन्जु जैसवाल तथा उनकै छोराहरू २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय किशोर रहेका छन् । पुरानो रिसइवीको कारण उमेश समेत ६ जना व्यक्तिहरूले गत जेठ २९ गते साँझ कुटपिट गर्दा गम्भीर घाइते भएका नन्दु राउतको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय दिगम्बर साह कलवारलाई सोही दिन पक्राउ गरेको थियो । साथै घटनामा संलग्न रही फरार रहेका रन्जुलाई कलैया उपमहानगरपालिका-५ बाट तथा सुमित र १८ वर्षीय किशोरलाई पर्सा वीरगंज महानगरपालिका-१ शान्ति टोलबाट पक्राउ गरेको हो । उनीहरू उपर ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०३-०४

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २६ वर्षीय राजेश गुरूङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ खैरानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-१ पुरैना बस्ने ३८ वर्षीय कञ्चनजंग चौधरी र २२ वर्षीय अर्जुन राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा करिब २२ किलोग्राम सहित सोही उपमहानगरपालिका-८ लोसण्डा बस्ने ४५ वर्षीय रामपुकार सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २३ ग्राम ३ सय ६० मिलिग्राम सहित धनकुटा छथर जोरपाटी गाउँपालिका-१ बस्ने २९ वर्षीय दिलिप गजमेर (विश्वकर्मा) लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-८ तीनकुनेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ मिलिग्राम सहित सप्तरी महादेवा गाउँपालिका-२ बस्ने २२ वर्षीय मुकेश कुमार मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भाण्टाबारी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५६ प ८०७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक मुकेशलाई पक्राउ गरेको हो । साथै प्रहरीले सोही मोटरसाइकलमा सवार १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सारटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित धनकुटा पाख्रिवास नगरपालिका-९ बस्ने २७ वर्षीय रोशन तिम्सिनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेका छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरवाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-८ प्रतिभा मार्गबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ हजार ५० ट्याब्लेट र मोबाइल ५ थान सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ घारिकुलो बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-५ घर भएका २५ वर्षीय राजेश बहादुर पौडेल, पोखरा महानगरपालिका-८ प्रतिभामार्ग बस्ने चितवन घर भएकी २३ वर्षीया रोज कुँवर, सोही महानगरपालिका-७ पुरानो एयरपोर्ट बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-५ घर भएका २८ वर्षीय मनोज रेग्मी र पोखरा महानगरपालिका-१७ घारिकुलो बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-२ घर भएका २८ वर्षीय राज बहादुर पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ग.१७ प ७२३३ नम्बर र ग.१४ प ३३५९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ५० ट्याब्लेट र मोबाइल १ थान सहित सोही महानगरपालिका-१८ लामागाउँ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-२ घर भएका २६ वर्षीय सुजिव शाक्यलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.७ प ८५५७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-०४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, काठमाडौं महानगरपालिका-३ बस्ने सुनसरी धरान उपमहानगरपालिका-३ घर भएका ३४ वर्षीय दिपक कुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका-१ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन् ।   पक्राउ मध्ये सुजनी कुमारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनी कुमारी र रेशिकालाई काठमाडौं महानगरपालिका-३२ बाट तथा दिपक कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१४ घर भएका ६१ वर्षीय श्याम कुमार कार्की र काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-७ घर भएका ३४ वर्षीया अस्मिता तामाङ रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत १ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्याम कुमारलाई काठमाडौं महानगरपालिका-१४ खसीबजारबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत वैशाख ३१ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी अस्मितालाई काठमाडौं महानगरपालिका-१६ बाट प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ मध्ये श्याम कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र अस्मितालाई  प्रहरी वृत्त महाराजगंज पठाइएको छ । 

सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने व्यक्ति पक्राउ
२०८२-०३-०३

काठमाडौं, सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका-४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा सामाग्रीहरू प्रसारण गरी नकारात्मक धारणा फैलाएको तथा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री बारम्बार प्रकाशन समेत गर्ने गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई नेपालगंज रूपैडियाबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८२-०३-०३

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सहिदभूमि गाउँपालिका-२ बस्ने १९ वर्षीय बबिन लिम्बुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज ३३२३ नम्बरको बोलेरोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ बाट नियन्त्रित लागूऔषध प्रोक्सिको स्पास ४ सय ५७ क्याप्सुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ बस्ने २३ वर्षीय केशव दर्जी र ३७ वर्षीय प्रकाश दमाई रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.२ प ३२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१० रजतजयन्ती चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो २० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वा सुगौली गाउँपालिका-६ बस्ने ३५ वर्षीय रामेश्वर राउत र ४० वर्षीय विनोद गिरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले बसपार्कबाट रक्सौलतर्फ जाँदै गरेको ना.४० प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । साथै प्रहरीले ना.४६ प २५४० नम्बरको मोटरसाइकलमा सवार २ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ हजार १ सय किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८२-०३-०३

सुनसरी, इटहरी उपमहानगरपालिका-२० स्थित तरहरा जंगल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १ सय किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका-६ बस्ने ३२ वर्षीय राजेन्द्र राई र ३३ वर्षीय सुनिल राई रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना.५ ख ६११६ नम्बरको नम्बर प्लेट राखिएको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ७० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजेन्द्र र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८२-०३-०३

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ९ सय ६० एम्पुल, नोर्फिन ५ सय एम्पुल, डाईजेपाम ९ सय ८३ एम्पुल र बुप्रेनोर्फिन ४ सय ८७ एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गरूडा नगरपालिका-९ रघुनाथपुर बस्ने २९ वर्षीय राज किशोर सहनी र गौर नगरपालिका-४ टिकुलिया बस्ने २८ वर्षीय सुखारिस सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४३७ नम्बरको सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-२६ पवित्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, नगद १ लाख ८० हजार ५ सय रूपैयाँ र मोबाइल ६ थान सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५ घर भएका २७ वर्षीय रामहरी थापा, पर्वत पैयूं गाउँपालिका-६ घर भएका ३६ वर्षीय दिनेश आचार्य र काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने झापा बाह्रदशी नगपालिका-२ घर भएका २६ वर्षीय सचिन लम्साल रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले रामहरीको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ बासुमार्गबाट नियन्त्रित लागूऔषध डाईजेपाम १८ एम्पुल, बुप्रेनोर्फिन १८ एम्पुल, प्रोमेथाजाईन हाइड्रोक्लोराइड ११ एम्पल, अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र नगद १ लाख ४२ हजार ५ सय १५ रूपैयाँ सहित सोही महानगरपालिका-१ बस्ने गोरखा घर भएका ३३ वर्षीय गणेश गुरूङ समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटारचोकबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो ९ सय ग्राम सहित पाख्रिवास नगरपालिका-८ मुगा बस्ने ४१ वर्षीय नारायण प्रसाद राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००१ ख ८६३८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने १९ वर्षीय दिपेन्द्र डगौरा र २४ वर्षीय अंजित डगौरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ४ ग्राम १ सय १० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय पंकज खत्रीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कर्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९८ ट्याब्लेट सहित कालिकोट महावै गाउँपालिका-६ पिलि बस्ने २१ वर्षीय हिक्मत शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, मिर्चैया नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय राहुल कुमार साह, २१ वर्षीय दिलिप कुमार साह र सोही नगरपालिका-६ बस्ने २३ वर्षीय बिशाल गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ ओमनगर बस्ने बिकाश देउलालाई नियन्त्रित लागूऔषध डाईजेपाम १६ एम्पुल, नोर्फिन १४ एम्पुल, फेनारगन १८ एम्पुल र नाईट्राजेपाम २ सय ७० ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको   हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-१ शान्तिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-१ बेलडाँडा बस्ने २८ वर्षीय तुक प्रसाद थापा र ३१ वर्षीय प्रकाश थापामगर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१ बस्ने ३२ वर्षीय बिजय कर्माकार र सोही ठाउँ बस्ने ३५ वर्षीय सन्तोष मिस्त्री रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को. ३५ प ९०६९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  दाङ, घोराही उपमहानगरपालिका-११ झुम्केटारी बस्ने २७ वर्षीय याम बहादुर बस्नेतलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६६ ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट शिवपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-०३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने लमजुङ दोर्दी गाउँपालिका-५ घर भएका २६ वर्षीय दिपेन्द्र गुरूङ र काठमाडौं महानगरपालिका-१५ बस्ने सर्लाही बरहथवा नगरपालिका-१ घर भएका ३४ वर्षीया रूपी माया रहेका छन् ।  पक्राउ मध्ये दिपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र रूपीले मलेशिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ५ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बाट आइतबार र रूपीलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०३-०२

झापा, दमक नगरपालिका-७ सयपत्री टोलबाट नियन्त्रित लागूऔषध भोमिन ३ सय १० ट्याब्लेट र ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित सोही नगरपालिका-७ हाटखोला बस्ने १९ वर्षीय पुष्कर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-४ नयाँबारी टोल बस्ने २२ वर्षीय निजाम मियालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, ओमसतिया गाउँपालिका-२ पडसरी डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका-३ घर भएका २६ वर्षीय जावेद खानलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३८ एम्पुल, नुर्फिन ३८ एम्पुल र मेटाजिन ३८ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-६ धुराशिरानस्थित पसल गरी बस्ने फिक्कल गाउँपालिका-३ घर भएकी ४० वर्षीया देवमाया तामाङ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । तामाङले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पसल तलासी गर्ने क्रममा पसल पछाडी शौचालय नजिकै झारमा लुकाई राखेको उक्त पदार्थ र डिजिटल तराजु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-४ बस्ने ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय दिपेश खनाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ स्थित नगरपालिका चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ४३ ट्याब्लेट सहित काठमाडौं दक्षिणकाली नगरपालिका-१६ फर्पिङ घर भई भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय अनिस तामाङ समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१ प्रगतीनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६ ग्राम ८ सय १० मिलिग्राम, मोबाइल १ थान र डिजिटल तराजु १ थान सहित सोही ठाउँ बस्ने २९ वर्षीय चुनकुन पासीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालमा तथ्यहीन भ्रामक विषयवस्तु प्रस्तुत गर्ने युवती पक्राउ
२०८२-०३-०२

काठमाडौं, सामाजिक सञ्जालमा तथ्यहीन भ्रामक विषयवस्तु प्रस्तुत गरेको अभियोगमा भक्तपुर बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-६ घर भएकी ३१ वर्षीया रमा बस्नेतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  टिकटकमा नियमित तथा नियोजितरूपमा जातिय एवम् साम्प्रदायिक भावनामा खलल पुर्‍याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी तथ्य र आधारहीन विषयलाई उठान गरी भ्रामक विषयवस्तु प्रसारण गरी, व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या भएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।  उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-११ बस्ने कपिलवस्तु शिवराज नगरपालिका-५ घर भएकी ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका-४ घर भएका २७ वर्षीय व्रिजेश सुवेदी रहेका छन् ।  पक्राउ मध्ये दीपाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख ५० हजार रूपैयाँ र व्रिजेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दीपालाई बुढानिलकण्ठ नगरपालिका-११ बाट शनिबार र व्रिजेशलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये दीपालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र व्रिजेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

विभिन्न हातहतियार र अवैध लागूऔषध सहित पक्राउ
२०८२-०३-०१

मकवानपुर, राक्सिराङ गाउँपालिका-१ ढुंगेन बस्ने ५० वर्षीय राजु स्याङ्तानलाई विभिन्न हातहतियार र अवैध लागूऔषध सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा इटालीयन पेस्तोल १ थान, सोही पेस्तोलको खाली म्याग्जिन २ थान, सोही पेस्तोलको गोली १३ राउण्ड, घरेलु पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १२ राउण्ड, अवैध लागूऔषध गाँजा २२ किलो ८ सय ग्राम र अफिम जस्तो देखिने पदार्थ १ किलो ३ सय १० ग्राम सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँस्थित चन्द्रलाल मोक्तानको बारीमा आँपको रूखको फेदमा प्लाष्टिकमा बेरी राखिएको घरेलु पेस्तोल १ थान, सोही पेस्तोलको गोली ५ राउण्ड र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ४ सय ८० ग्राम फेला पारी बरामद गरेको छ । साथै प्रहरीले राजुलाई नियन्त्रणमा लिई ल्याउने क्रममा स्थानीय बासिन्दाहरूले अवरोध गरेको हुँदा अवरोध गर्ने कार्यमा संलग्न सोही गाउँपालिका-१ ठुलोभाबर बस्ने ४२ वर्षीय विर बहादुर लामालाई समेत नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०३-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ बाइसधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुशान्त पुतुवारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ बस्ने २६ वर्षीय विजय नेपाली र धनगढी उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय अभिशेक हमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट चटकपुर र प्रहरी चौकी  कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, जानकी गाउँपालिका-७ मोतीनगर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-१ बस्ने २३ वर्षीय शिव बहादुर चौधरी र जानकी गाउँपालिका-७ बस्ने ३३ वर्षीय देसराम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय  टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-३ तिलाचौर केदार टोल बस्ने ६० वर्षीय राम सिंह साउदलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो १ सय ५५ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।  चितवन, भरतपुर महानगरपालिका-४ धर्मचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ३० मिलिग्राम सहित ६ जनालाई शनिबार दिउँसो प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने माडी नगरपालिका खर्कट्टा घर भएका २४ वर्षीय सागर सुनार, भरतपुर महानगरपालिका-३ आनन्द मार्ग बस्ने २२ वर्षीय अजय रौनियार शाह, ३३ वर्षीय अस्फाकउल्लाह शाह, सोही महानगरपालिका-४ बस्ने ४० वर्षीया अनितादेबी साह, २५ वर्षीया निसादेबी साह र १८ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ अदालत रोडस्थित खाजा पसलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ९९ ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २९ वर्षीय सन्तोष प्रसाद कहार र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय राजेश यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत उत्तर प्रदेश सोहरतगढ ग्राम रमजान घर भएका २२ वर्षीय हस्मत अलि अन्सारीबाट खरिद गरेको भन्ने खुल्ल आएपश्‍चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्राम सहित बुढीगंगा गाउँपालिका-७ बस्ने २५ वर्षीय राज कुमार लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०३-०१

कञ्चनपुर, आफ्नै श्रीमती ४८ वर्षीया जुना देवी सुनारको हत्या गरेको अभियोगमा शुक्लाफाँटा नगरपालिका-१० मुक्तिटोल बस्ने ५० वर्षीय कालु सुनारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झै-झगडा हुँदा कालुले जुना देवीको घाँटी च्याप्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट फेला पारी उनलाई पक्राउ गरेको हो ।अर्घाखाँची, आफ्नै श्रीमान ३८ वर्षीय रामु कुमालको हत्या गरेको अभियोगमा छत्रदेव गाउँपालिका-३ शिख्र बस्ने २७ वर्षीया मेखमाया कुमाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयमा झै-झगडा हुँदा मेखमायाले धारिलो हतियार प्रहार गर्दा रामुको गए राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी बल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८२-०३-०१

भक्तपुर, सुर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।  काभ्रे, पनौती नगरपालिका-५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय संजिब कुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजिब कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

११ बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ सम्पन्न
२०८२-०२-३१

काठमाडौं, अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको शुक्रबारदेखि काठमाडौंमा सुरू भएको दुई दिवसीय तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ शनिबार ११ बुँदे घोषणापत्र जारी गरी समाप्त भएको छ ।सम्मेलन समापनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले सम्मेलनले फौजदारी न्यायको विषयमा सहभागीहरूबीच सार्थक र साझा निष्कर्षमा पुग्न सहयोग गर्नुका साथै आगामी दिनहरूका लागि महत्वपूर्ण प्रतिबद्धता सहित मार्गनिर्देशन गर्न सफल भएको बताउनुभयो । समय र प्रविधिको विकाससँगै नयाँ-नयाँ चुनौति र फरक शैलीका अपराधहरू वृद्धि भइरहेको सन्दर्भमा त्यसलाई सामना गर्न नयाँ पद्दतिको अवलम्बन गरी बयानमूखी अनुसन्धान भन्दा वैज्ञानिक अनुसन्धान तथा अभियोजनमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । गृहमन्त्री लेखकले प्रहरीको अनुसन्धान क्षेत्रको व्यापकता बढ्दै गएको तथा सीमित स्रोत र साधनबीच निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरी सेवालाई वर्गीकृत र विशिष्टिकृत गरी विशेष खालका तालिम, ज्ञान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका उदाहरणहरूको अवलम्बन गरी विज्ञ अनुसन्धानकर्ता तयार गर्नुपर्ने जरूरी रहेको बताउनुभयो ।   समारोहमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले कार्यसम्पादनका क्रममा आइपरेका समस्याहरूलाई सम्बोधन गर्न र भावी कार्यदिशा कोर्न तथा फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउन सम्मेलन सफल भएको विचार व्यक्त गर्नुभयो । सो अवसरमा महान्यायाधिवक्ता रमेश बडालले फौजदारी न्याय प्रणालीको क्षेत्रमा भइरहेका अभ्यासहरूलाई समायानुकुल परिवर्तन गर्न सम्मेलन प्रभावकारी भएको बताउनुभयो । विधिविज्ञान प्रयोगशालाबाट हुने परीक्षणमा सुधार, विकास र विस्तार गर्नुपर्ने जोड दिँदै उहाँले थप लगानी आवश्यक रहेको बताउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै अपराध अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग, नयाँ कानूनी व्यवस्था र अभ्यासका बारेमा अनुसन्धानकर्ता, अभियोजनकर्ता र सम्बन्धित विज्ञ तथा विशेषज्ञहरूबीच गहन अन्तर्क्रिया, ज्ञान र अनुभव आदानप्रदानका विषयमा सम्मेलन प्रभावकारी भएको बताउनुभयो । सम्मेलनमा भएका गहन छलफल र विषयगत मन्थन पश्चात पारित घोषणापत्रले आगामी दिनमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको लागि थप पेशागत मार्ग प्रशस्त हुनुका साथै फौजदारी न्याय प्रणाली अझ सुदृढ हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गर्दै समस्याहरूको पहिचान गर्न, सुधारका क्षेत्रहरू पहिल्याउन, एकआपसमा समन्वय र सहकार्यको संस्कृतीको निर्माण हुनुका साथै   अनुसन्धान र अभियोजनमा देखिएका समस्या र चुनौतिहरू सम्बोधन गर्न सम्मेलन कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।   नेपाल बार एशोसियसनका महासचिव केदार प्रसाद कोइरालाले सम्मेलनको महत्व र प्रभावकारिताबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल र प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले सम्मेलनमा पारित घोषणापत्रको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा सम्मेलनमा भएका छलफलका विषयको महत्व र प्रभावकारिताबारे सहभागी अभियोजनकर्ता सरकारी वकीलकोतर्फबाट उपन्यायाधिवक्ता मुना पौडेल र अनुसन्धानकर्ता प्रहरीकोतर्फबाट प्रहरी नायव उपरीक्षक हिमा थोकरले मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान, विश्वासिलो अभियोजन पीडितको सम्मान’, भन्ने अवधारणा सहित २ दिनसम्म संचालन भएको उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू, अभियोजनकर्ता सरकारी वकीलहरू, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएका प्रतिनिधिहरूको सहभागिता रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, मुद्दा चल्ने इकाईका प्रमुखहरू तथा सरकारी वकीलहरूको भर्चुअल सहभागिता रहेको थियो ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०२-३१

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित फलफूल बजार नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ हजार ९ सय ट्याब्लेट सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानरपालिका-१४ बल्खु बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएका २६ वर्षीय राजु मिजार र २४ वर्षीया मीना मगर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले फलफूल बजार नजिकै रोकी राखेको युपि ७८ सिबि ९८३५ नम्बरको कार तलासी गर्दा कारको ढोकामा र डिक्कीमा रहेको अक्सिजन सिलिण्डर भित्र लुकाई छिपाई राखिएको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मुलपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित दैलेख भगवतीमाई गाउँपालिका-३ बस्ने २८ वर्षीय हिमाल खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली मनहरा पुल नजिकैबाट नियन्त्रित लागूऔषध नोफिन ३ एम्पुल,  डाइजेपाम ६ एम्पुल, प्रोमेथाजाइन हाइड्रोक्लोराइड ७ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र मोबाइल १ थान सहित काठमाडौं जडिबुटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-१६ भोरलेनी घर भएका २९ वर्षीय अमन तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको   छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ७० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय पहल मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-९ आमबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय विवेक लिम्बुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-३१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-४ घर भएका ५१ वर्षीय राज कुमार मानन्धर र काठमाडौं महानगरपालिका-१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका-२ घर भएका ४० वर्षीय ओम बहादुर खत्री रहेका छन् ।  पक्राउ मध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३५ लाख ६९ हजार रूपैयाँ र ओम बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं महानगरपालिका-१६ बाट बिहीबार र ओम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये राज कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र ओम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अपराधिक लाभ र विद्युतीय अपराधमा संलग्न दुई जना पक्राउ
२०८२-०२-३१

संखुवासभा, अपराधिक लाभ र विद्युतीय अपराधमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर षडानन्द नगरपालिका-१ घर भएका २९ वर्षीय सुजन भुजेल र २१ वर्षीय बिपल राई रहेका छन् । पीडितको व्यक्तिगत एवम् गोपनीयताका विषयमा फोटो/भिडियो बनाई पीडितको आफन्त तथा साथीहरूलाई पठाई चरित्र हत्या गरेको र फोटो/भिडियो सार्वजनिक गरी दिने धम्की दिई डर, त्रास देखाई रकम माग गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई खाँदबारी नगरपालिका-१ बाट पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत संखुवासभा चैनपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन शुभारम्भ
२०८२-०२-३०

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित विशेष समारोहबीच अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ को शुभारम्भ भएको छ । सो अवसरमा प्रमुख अतिथि ज्यूले सम्मेलन विशेषाङ्कको विमोचन समेत गर्नुभयो ।समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धानको क्षेत्रलाई प्रविधिको प्रयोग सहित प्रभावकारी बनाई अभियोजनलाई प्रमाणका आधारमा अकाट्य ढंगले प्रस्तुत गरी अपराधीलाई कानुन बमोजिम कारवाही र पीडितलाई न्याय दिलाउन तथा सुशासन र सुव्यवस्था प्रभावकारी बनाउन यो सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले विभिन्न प्रविधिको प्रयोगबाट सिर्जित अपराधहरू चुनौतिको रूपमा देखिएको उल्लेख गर्दै  प्रहरीलाई यस्ता समस्याहरूसँग जुध्न आधुनिक प्रविधि जडित उपकरण उपलब्ध गराउन, स्रोत साधन सम्पन्न गराउन, उचित तालिमको व्यवस्था गरी क्षमतावान बनाउन र समयानुकुल पारिश्रमिकको व्यवस्था गरी प्रहरी सेवालाई निष्पक्ष बनाउन सरकार गम्भीर रहेको बताउनुभयो ।समारोहमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान र अभियोजन फौजदारी न्याय प्रणालीको महत्वपूर्ण आयाम रहेको चर्चा गर्दै व्यवहारिक र कानूनी जटिलताहरूलाई सम्बोधन गर्न यस सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । लोककल्याणकारी राज्यको पूर्वसर्त भनेको न्याय रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले फौजदारी न्यायको केन्द्रमा पीडित रहने हुँदा पीडितलाई न्यायको अनुभूति गराउन थप क्रियाशील भई अगाडि बढ्नुपर्ने बताउनुभयो । अपराधमा विज्ञान तथा प्रविधिको प्रयोग बढिरहेको उल्लेख गर्दै प्रविधिको सहि प्रयोग गरी प्रमाणमुखि अनुसन्धान एवम् अभियोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले फौजदारी न्यायप्रणालीको सान्दर्भिकता र प्रभावकारीताका सन्दर्भमा नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयबीचको गहन तथा रचनात्मक सहकार्यले मात्र न्यायको प्रत्याभूति र कानुनी शासनको प्रत्याभूति हुने उल्लेख गर्नुभयो । साथै यस सम्मेलनबाट प्राप्त हुने निष्कर्षले आगामी दिनहरूमा अनुसन्धानकर्ता र अभियोजनकर्ताहरूका लागि थप पेशागत दक्षता अभिवृद्धि गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । महान्यायाधिवक्ता रमेश बडालले धन्यवाद तथा समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्र राज ढकाल, नेपाल बार एशोसियसनका अध्यक्ष प्रा.डा विजय मिश्रले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अनुसन्धानकर्ता र अभियोजनकर्ताहरू एकै स्थानमा जम्मा भई अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्न तथा नयाँ कानुनहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्नका लागि महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयद्वारा संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिताको संशोधन सम्बन्धी प्रस्तावित विधयेक तथा यसको सान्दर्भिकता, सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको वर्तमान अवस्था तथा सुधारका क्षेत्रहरू, नेपालमा साइबर अपराध, अनलाइन स्क्यामिङ लगायतका अपराधको प्रवृत्ति तथा देखिएका चुनौतिहरू, सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान, अपराध अनुसन्धानमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग, सरकारीवादी फौजदारी मुद्दामा न्यायिक दृष्टिकोण एवम् सुधारका क्षेत्र लगायतका विविध विषयमा सम्मेलनमा विस्तृत छलफल हुनेछ ।‘प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान, विश्वासिलो अभियोजन पीडितको सम्मान, भन्ने अवधारणा सहित २ दिनसम्म संचालन हुने उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू, अभियोजनकर्ता सरकारी वकिलहरू, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएका प्रतिनिधिहरूको सहभागिता रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, मुद्दा चल्ने इकाईका प्रमुखहरू तथा सरकारी वकीलहरूको भर्चुअल सहभागिता रहेको छ ।

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण
२०८२-०२-३०

काठमाडौं, ३० जेठ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरण सिंहदरबारका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा भट्टले विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team र विशिष्टिकृत उद्दारकर्ता समूहको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । सो अवसरमा भट्टले विपद्को समयमा नेपाल प्रहरीले खेलेको भूमिका सह्रानीय रहेको चर्चा गर्दै विपद्‍को समयमा आम नागरिकको उद्दार तथा राहत कार्यमा अग्रसर एवम् क्रियाशील भई कार्य गर्नुपर्ने बताउनुभयो । विपद् व्यवस्थापन कार्यमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणले थप सहयोग र समन्वय गर्ने उहाँले उल्लेख गर्नुभयो ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणका सहसचिव बन्धु प्रसाद बास्तोलाले विपद्का सम्बन्धमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै नेपाल प्रहरीमा विपद् व्यवस्थापन कार्यालयको स्थापना तथा उद्देश्य सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो । निरीक्षण कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठ, उपसचिव सुरेश सुनार, उपसचिव निशान राज गौतम लगायतका प्राधिकरणका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०२-३०

कपिलवस्तु, मायादेवी गाउँपालिका-१ सिमरौटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ८८ ग्राम ९५ मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय बिनोद कुमार पाण्डे र सोही गाउँपालिका-८ बस्ने ३५ वर्षीय श्याम सुन्दर यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले फुलिकादेखि बर्रोहियातर्फ आउँदै गरेको लु.९५ प ६०८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ९ सय २० मिलिग्राम सहित सिन्धुली दुधौली नगरपालिका-१० बस्ने ३३ वर्षीय अर्जुन कटुवाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बा.प्र.०२-०५२ प ७७५७ नम्बरको स्कुटरमा सवार अर्जुनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न उदयपुर कटारी नगरपालिका-२ बस्ने ३३ वर्षीय सुमन माझिलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २ ट्याब्लेट र कोलिवान ९२ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २३ वर्षीय दिपेश जैसवाल र सोही उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय राम आङला लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-५ राधेराधेबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ सय ४६ ट्याब्लेट र नगद १ हजार ३ सय ५० रूपैयाँ सहित भक्तपुर पुरानोठिमी बस्ने खोटाङ घर भएका २६ वर्षीय केवल राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-९ निकोशेराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ कुण्डोल बस्ने २२ वर्षीय रिकेश थापा, सोही नगरपालिका-६ कुण्डोल बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भएका ३२ वर्षीय तारा बहादुर भारती र काठमाडौं चन्द्रागिरी नगरपालिका-७ थानकोट बस्ने २२ वर्षीया रेश्मा ठकुरी रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-४ बानियाभार एकान्त टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय गुड्डु दमाई र ५१ वर्षीय अकुव खाँ पठान रहेका छन् । प्रहरी बिट बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-९ फूलबारीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ७ एम्पुल, फेनारगन ७ एम्पुल, डाईजेपाम ५ एम्पुल र ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय क्षितिज तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  ।   कञ्चनपुर, पुनर्वास नगरपालिका-४  जमुनाघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-३ वडहरा बस्ने २७ वर्षीय अम्मर चौधरी र २५ वर्षीय भिमजंग कठरिया रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१२ प १७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, नरहा गाउँपालिका-३ चौहर्वा चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो १६ ट्याब्लेट र नाईट्राजेपाम ४० ट्याब्लेट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-३ बस्ने २३ वर्षीय उमेश कुमार साह र सोही नगरपालिका-४ बस्ने १९ वर्षीय सलम खान रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सर्लाही, लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित लालबन्दी नगरपालिका-१४ नारायण खोला बस्ने ६२ वर्षीया संगमाया स्याङ्वोलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले गैरीगाउँबाट लालबन्दीतर्फ जाँदै गरेको मधेश प्रदेश-०३-००२ स ४१५१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पूर्णव्यावसायिकता प्रदर्शन गरी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०२-२९

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी बोकेको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सम्पादित कार्यले संगठनको साख बढ्ने चर्चा गर्दै पूर्णव्यावसायिकता प्रदर्शन गरी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।  निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक थापाले आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, लेखा शाखा, सूचना संकलन शाखा लगायत अन्य शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले जटिल र गहन प्रकृतिका अपराधका साथै प्रविधिजन्य अपराधहरू चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै भरपर्दो सूचना संकलन, विश्लेषण, उपलब्ध जनशक्ति तथा स्रोतसाधनहरूको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो ।  प्रहरी महानिरीक्षक थापाले ब्यूरोबाट विगतमा भएका सफल अनुसन्धानहरू प्रशंसनीय रहेको चर्चा गर्दै बदलिँदो परिपेक्षमा  अपराध अनुसन्धानको क्षेत्रमा देखिएका जटिलताहरूको सामना गर्न प्रहरी कर्मचारीहरूले आफूलाई परिष्कृत र परिमार्जित गर्दै उच्च समर्पण भाव र सामूहिक भावनाका साथ इमान्दारीपूर्वक कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । साथै ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीको वृत्ति विकास र ब्यूरोलाई थप आधुनिकीकरण तथा स्रोतसाधन सम्पन्न बनाउन संगठन सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।   केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुवेर खापुङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले ब्यूरोको पृष्ठभूमि, स्थापनाको उद्देश्य, कार्यनीति, व्यवस्थापन/प्रशासन, नीति निर्देशन कार्यान्वयन, महत्वपूर्ण मुद्दाहरूको अनुसन्धान विवरण, अनुसन्धानको क्रममा देखिएका कानूनी समस्याहरू, जटिल एवम् प्रविधिजन्य अपराधहरू, समस्या तथा चुनौतिहरू, भावी योजना, तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०२-२९

दैलेख, भैरवी गाउँपालिका-६ हमाल टोल बस्ने ४९ वर्षीय राम बहादुर हमालको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४७ वर्षीय कुल बहादुर सिंह र २१ वर्षीय सुरेन्द्र सिंह रहेका छन् ।  उनीहरूले जग्गा सम्बन्धी विषयलाई लिएर गए राति कुटपिट गर्दा गम्भीर घाइते भएका राम बहादुरको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा थप उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पानीपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०२-२९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २५ ग्राम सहित सिराहा बिष्णुपुर गाउँपालिका-३ घर भएका २१ वर्षीय अमन यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र-०३-००१ ख ३५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपहानगरपालिका-१६ जोरसखुवा भूमीपथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय रोहित बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ करोड रूपैयाँ बराबरका विभिन्न गरगहना सहित चार जना पक्राउ
२०८२-०२-२९

काठमाडौं, काठमाडौं महानगरपालिका-२२ प्युखाबाट करिब २ करोड १ लाख ७८ हजार ३ सय ६० रूपैयाँ बराबरको बिल भरपाई बिनाका सुन, हिरा तथा पत्थरका गहनाहरू सहित ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ बस्ने भारत कलकत्ता घर भएका ४३ वर्षीय हविवुल सेख, ३९ वर्षीय सुर्यजित दास, ४० वर्षीय तमल साद्रा र १६ वर्षीय बालक रहेका छन् ।काठमाडौं महानगरपालिका-२२ प्युखा कृष्णचोकस्थित हविवुलले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा बिल भरपाई नभएका सुन, हिरा तथा पत्थरका गरगहनाहरू बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त जनसेवाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उक्त ज्वेलर्स तलासी गर्दा बिल भरपाई बिनाका उक्त रकम बराबरको गहनाहरू फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाईएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०२-२९

तनँहु, आँबुखैरैनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका-४ बस्ने १९ वर्षीया सुशिला सुनार र २० वर्षीय सुवास परियार रहेका छन् । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले बा.प्र.-०२-०२६ प १०३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-४ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने अर्नमा गाउँपालिका-३ घर भएका २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका-८ कसहा घर भएका २२ वर्षीय संतोष कुमार महतो र  औरही गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी सिराहा, गोलबजार नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय दिपेन कुमार साह समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने २४ वर्षीय बिमल कुमार महतोले दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले बिमलको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम फेला पारी बिमललाई समेत पक्राउ गरेको छ । सल्यान, त्रिवेणी गाउँपालिका-६ लुहामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीय अबिषेक नेपाली र सोही उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय बिकाश आले मगर रहेका छन् । इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लु.३४ प ६७६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-५ तारानगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय रिसव चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पाँचथर, फिदिम नगरपालिका-४ जोरसालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ बस्ने ३० वर्षीय सागर लिम्बु र सोही नगरपालिका-१ बस्ने झापा बिर्तामोड घर भएका ३४ वर्षीय रोहित न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१३ गुप्तिपुर बस्ने २७ वर्षीया नन्दा श्रीमाललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-९ गरगरेबाट नियन्त्रित लागूऔषध फेनारगन २४ एम्पुल, डाईजेपाम २४ एम्पुल, नोर्फिन २४ एम्पुल र नगद ३६ हजार १ सय ४० रूपैयाँ सहित सोही ठाउँ बस्ने २८ वर्षीय बहादुर सोमै मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले बा.२८ प ४५०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीको डिएसपी हुँ भनि ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-२८

काठमाडौं, नेपाल प्रहरीको डिएसपी हुँ भनि ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-८ बस्ने ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र काठमाडौं कलंकी बस्ने सुनसरी इटहरी उपमहानगरपालिका-४ पाँचघरे घर भएका ४२ वर्षीय रेवती ओझा रहेका छन् । नेपाल प्रहरीको डिएसपी हुँ भनि प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ६ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

उच्च मनोबलका साथ अब्बल र सेवाग्राहीमैत्री सेवामा कटिबद्ध हुनुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०२-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले स्वास्थ्य सेवा जस्तो महत्वपूर्ण र चुनौतिपूर्ण सेवामा समर्पित अस्पतालका प्रहरी कर्मचारीहरूले सामूहिक भावनाका साथ थप व्यावसायिकता प्रदर्शन गर्दै उच्च मनोबलका साथ अब्बल र सेवाग्राहीमैत्री सेवामा कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।  निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज भवनमा रहेका शैक्षिक कार्यक्रम स्थानको अवलोकन गर्नुका साथै ईमरजेन्सी डिपार्टमेन्ट, विभिन्न विभागहरू, वार्डहरू, फार्मेसी लगायत विभिन्न यूनिटहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो । सोही अवसरमा उहाँले विरामी उपचार काजमा आएका बिरामीहरूसँग अन्तरक्रिया समेत गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा अस्पतालले उचित परामर्श, असल व्यवहार र सहानुभूतिपूर्ण उपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँचको वातावरण निर्माण गर्दै कार्यसम्पदान गर्नुपर्न बताउनुभयो । कोभिड-१९ जस्तो महामारी र अन्य विषम परिस्थितिहरूमा विभिन्न कठिनाईहरूको सामना गर्दै निरन्तर रूपमा स्वास्थ्य सेवा प्रवाहमा अस्पतालले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै दूरदराज सम्म फैलिएर नागरिक सेवामा समर्पित नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, आश्रित परिवारजन र आमनागरिकको उपचारमा विगतका कमजोरीहरूलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।    प्रहरी महानिरीक्षक थापाले भौतिक र प्राविधिक रूपमा अस्पतालको स्तरोन्नति गर्ने, कार्यरत कर्मचारीको वृत्ति विकास गर्ने लगायतका विषयमा संगठन सदैव सकारात्मक रहेको र त्यसको लागि आवश्यक सहयोग गर्न आफू सदैव तत्पर रहेको बताउनुभयो । अस्पतालका सेवाहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न संस्थाहरूसँग भएका समझदारीहरूलाई निरन्तरता दिई सुधारका नयाँ क्षेत्रहरूको पहिचान गरी ठोस योजना बनाएर नेपाल प्रहरी अस्पतालको विकास एवम् बिस्तारमा लाग्न तथा मनसुनजन्य विपद् र अन्य प्रकोपको उद्दारका लागि तयारी हालतमा रहन उहाँले निर्देशन समेत दिनुभयो । अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सोही अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक डा. समृद्धि कार्कीले अस्पतालको पृष्ठभूमि, मानवश्रोत व्यवस्थापन, उपलब्ध सेवा तथा सेवाग्राहीहरूको विवरण, उपकरण र नयाँ प्रविधिको प्रयोग, विभिन्न निकायसँगको समन्वय, कल्याण कोष सम्बन्धी जानकारी, कार्यान्वयनमा रहेका नीतिगत निर्णयहरू, कर्मचारी लक्षित कार्यक्रमहरू, समस्या तथा चुनौतिहरू र भावी कार्ययोजना लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८२-०२-२८

काठमाडौं, टोखा नगरपालिका-३ स्थित ग्राण्डी अस्पतालको पछाडिबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय ग्राम सहित २ जना भारतीय नागरिकहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत वेस्ट बंगाल ईस्लामपुर-११ घर भएका ४० वर्षीय साशिक आलम र भारत बिहार घर भएका २२ वर्षीय मोहमद मन्जुर आलम रहेका           छन् । काठमाडौं उपत्यकामा लामो समयदेखि लागूऔषध खैरो हेरोइनको खरिद बिक्री तथा ओसारपसारको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट भारत पठाना दानापुर घर भएका २० वर्षीय सुमित कुमार र २५ वर्षीय चन्दन कुमार जैसवाललाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा साशिक र मोहमद मन्जुरसँग बिक्री गर्नको लागि खैरो हेरोइन रहेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनीहरूलाई उक्त खैरो हेरोइन सहित पक्राउ गरेको हो । साथै नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीलाई लक्षित गरी फलामको रड प्रहार गरे पश्चात प्रहरीले आत्मरक्षाको लागि गोली फायर गर्दा दुबै जना घाइते भएका थिए । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ लक्ष्मीपुर बस्ने २० वर्षीय उमेश नाथ योगी समेत ५ जनालाई मंगलबार राति प्रहरीले  पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१ मनहरा बस्ने २० वर्षीय कमल रिजाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने अर्नमा गाउँपालिका-३ हरकट्टा घर भएका २० वर्षीय राकेश कुमार महतोलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सिराहा, गोलबजार नगरपालिका-६ गोल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय श्याम कुमार साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले गोल चोकबाट सैनिक चोकतर्फ जाँदै गरेको मधेश प्रदेश-०१-००४ प ८३२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-७ शिवालय मन्दिर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने १९ वर्षीय प्रवेश लिम्बु र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय सुजन कार्कीडोली रहेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित बेदकोट नगरपालिका-८ गैलनदी बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवापुर, हेटौंडा उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २२ वर्षीय अनिस थापा, हेटौंडा उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय प्रशान्त भन्ने तेजन स्याङ्तान र सोही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीय एलिश लुङ्वा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अनिसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ गुम्बाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम र नगद २२ हजार ५ सय १० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने कैलाश गाउँपालिका-९ घर भएका १९ वर्षीय निश्चल लामा नेगी र सोही उपमहानगरपालिका-९ डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-६ घर भएका २० वर्षीय अभिषेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०२-२८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१४ बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका-४ घर भएका ६० वर्षीय लक्ष्मण चापागाई, काठमाडौं महानगरपालिका-९ तिलगंगा बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-४ घर भएका ३९ वर्षीय अशोक मण्डल, काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ घर भएका २० वर्षीय बाल सुन्दर भारती र काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-३ घर भएका २७ वर्षीया चण्डिका उप्रेती रहेका छन् ।  पक्राउ मध्ये लक्ष्मणले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १४ हजार रूपैयाँ, अशोकले मलेसिया  पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, बाल सुन्दरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र चण्डिकाले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लक्ष्मणलाई काठमाडौं टेकुबाट र अशोकलाई काठमाडौं गौशालाबाट मंगलबार तथा बाल सुन्दरलाई काठमाडौं न्यूरोडबाट र चण्डिकालाई काठमाडौं गौशालाबाट सोमबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-२८

काठमाडौं, डलर देखाई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-५ जोरपाटी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २९ वर्षीय धन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं उपत्यकाको गोकर्णेश्वर, जोरपाटी लगायतका विभिन्न ठाउँमा नक्कली डलर देखाएर ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न धन बहादुरलाई बुढानिलकण्ठ नगरपालिका-११ कपनबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-२८

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-९ बत्तीसपुतली बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-१८ कारकादो घर भएका ४७ वर्षीय गणेश प्रसाद शर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत झापाबाट गत वैशाख २८ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनी झापा पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-२८

मोरङ, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-४ बस्ने ५७ वर्षीय अशोक कुमार धामी थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अशोकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बाँके, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम तुर्माखाँद गाउँपालिका-१ रहफ बस्ने २० वर्षीय मनबिर शाहीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । मनबिरले ती बालिकालाई कोहलपुर नगरपालिका-११ चौराहास्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रहफ अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान
२०८२-०२-२७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले १६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम पाँचौ समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।    तालिम समापनका अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अभिनारायण काफ्लेले प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।      कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २ जना गरी जम्मा १६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८२-०२-२७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ बौथलीचोक बस्ने  ६० वर्षीय भाईराज श्रेष्ठलाई अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ ८ सय ७५ ग्राम र चरेश जस्तो देखिने पदार्थ १५ ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको किराना पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोल आफलडोलबाट नियन्त्रित लागूऔषध नोफिन २९ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन ५४ एम्पुल, सिरिन्ज ५२ थान, नगद १ लाख ३७ हजार ५ सय ६५ नेपाली रूपैयाँ, १ हजार भारतीय रूपैयाँ र मोबाइल ८ थान सहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने ३६ वर्षीय सुरज बानिया, सोही नगरपालिका-९ लुभु बस्ने २८ वर्षीया निनामा राई, २५ वर्षीय आयुष राई, सोही नगरपालिका-३ बोझेपोखरी बस्ने २३ वर्षीय अन्जन राना र सोही नगरपालिका-१ बस्ने मोरङ विराटनगर घर भएका ३३ वर्षीय अजय गौतम रहेका छन् । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले अजय गौतमको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ भैरहवा बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ९७ ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत कानपुर बस्ने २४ वर्षीय साहवान खान, २२ वर्षीय फैसल खान र २४ वर्षीय साहजन खान रहेका छन् । अस्थायी प्रहरी बिट बसपार्क भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-९ नयाँ बसपार्कबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, फेनारगन ७५ एम्पुल र टालजेसीक ७५ एम्पुल सहित पर्वत कुश्मा नगरपालिका-१ बस्ने २२ वर्षीय कृष्ण विश्वकर्मालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।दाङ, घोराही उपमहानगरपालिका-१० पथ्थरकोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ कटुकी बस्ने २८ वर्षीय केशव डाँगी र सोही उपमहानगरपालिका-९ मछाई बस्ने २२ वर्षीय केशव घर्ती मगर रहेका छन् । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, त्रियुगा नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट सहित सोही नगरपालिका-१० बाँसबारी बस्ने २३ वर्षीय रोनिस दाहाल समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले प्रदेश १-०२-००२ ख ०१०९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ अनारमनी बस्ने ४२ वर्षीया अन्जु मण्डल र सोही नगरपालिका-१ सूर्यनगर बस्ने २४ वर्षीय अशारू चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-७ बस्ने २६ वर्षीय सुरज सुनार र २६ वर्षीय सुमित विक रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलइगाउँबाट नेपालतर्फ आउँदै गरेको बा.प्रदेश ०२-०५५ प ७८५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ग्राम सहित कास्की पोखरा महानगरपालिका-९ न्यूरोड बस्ने गोरखा पालुङटार नगरपालिका-१० घर भएका २५ वर्षीय दिनेश श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ग.२ ख १६१९ नम्बरको माईक्रोबसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो  । कैलाली, लम्कीचुहा नगरपालिका-४ चौरीपुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६ ट्याब्लेट सहित सोही नगरपालिका-६ चैनपुर बस्ने २२ वर्षीय निर्मल कटेललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ४० ट्याब्लेट सहित नवलपरासी पूर्व कावासोती नगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०२-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-२ बस्ने ४४ वर्षीय रबिन्द्र बासुकला, काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने मोरङ रतुवामाई नगरपालिका-१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने धनुषा सबैला नगरपालिका-१२ घर भएका ४७ वर्षीय अरूण राज शर्मा रहेका छन् । पक्राउ मध्ये रबिन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ६० हजार रूपैयाँ तथा लक्ष्मण र अरूणले युके पठाइदिन्छु भन्दै ३८ जना पीडितहरूबाट ११ करोड ६ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रबिन्द्रलाई भक्तपुर नगरपालिका-२ ब्यासीबाट सोमबार तथा लक्ष्मण र अरूणलाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-२७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर भीमदत्त नगरपालिका-१ घर भएका ३९ वर्षीय राम बहादुर बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १४ गतेको फैसलाले उक्त मुद्दामा २० लाख रूपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रूपैयाँ क्षतिपूर्ती भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।   

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८२-०२-२७

काठमाडौं, नागार्जुन नगरपालिका-४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-८ घर भएकी ३३ वर्षीया उषा थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उषा समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ६ सय ३० रूपैयाँ र २७ बुक तास सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा चोक बस्ने ६६ वर्षीय झुपलाल गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा झुपलाल समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद १० हजार ६ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण
२०८२-०२-२६

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सोमबार निरीक्षण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले परिचालन कक्ष, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, अपराध अनुसन्धान शाखा लगायतका शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो ।  निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई काम गर्नुपर्ने बताउनुभयो । उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक थापाले फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप क्रियाशील हुनपर्ने बताउँदै हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउनुभयो । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी विगतमा देखिएका कमीकमजोरीलाई मनन गर्दै भरपर्दो सुरक्षा व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।   प्रहरी महानिरीक्षक थापाले संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै सभ्य बोलीवचन, शिष्ट व्यवहार र सामुहिक भावनाका साथ व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन उहाँले निर्देशन दिनुभयो ।   काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमा सोही कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले मानवश्रोत व्यवस्थापन, कार्यालय व्यवस्थापन, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट गरिएका प्रयासहरू, सृजनशील कार्य, समस्या र चुनौतिहरू, आगामी कार्य दिशा/योजनाहरू र तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०२-२६

मोरङ, बेलबारी नगरपालिका-२ लालभित्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २८ वर्षीय बिट्टु भगत र सुन्दरहरैँचा नगरपालिका-१२ बस्ने ३४ वर्षीय मिथलेस शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ८० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-३ बस्ने २१ वर्षीय निरन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-७ पूर्वेली टोल बस्ने ३८ वर्षीय मिथुन भन्ने रजत थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५५ ग्राम, २ थान डिजिटल तराजु र नगद २ लाख ८८ हजार २ सय ५० रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।पाँचथर, फिदिम नगरपालिका-२ पल्लोटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय १० मिलिग्राम सहित ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने मोरङ उर्लाबारी नगरपालिका- ८ आमबाडी घर भएका ३० वर्षीय गणेश सुजी, फिदिम नगरपालिका-१ बस्ने ३२ वर्षीय पर्वत तामाङ, सोही नगरपालिका-४ बस्ने १९ वर्षीया रिदिमा बर्देवा, सोही नगरपालिका-२ पल्लोटार डेरा गरी बस्ने फालेलुङ गाउँपालिका-२ घर भएका २७ वर्षीय दिपेन केरूङ र फिदिम नगरपालिका-१ घर भएका २३ वर्षीय बिरबल राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले दिपेन र बिरबलको डेराकोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ११ ट्याब्लेट र प्रोक्सिको स्पास ६६ ट्याब्लेट सहित तनहुँ भिमाद नगरपालिका-६ बस्ने २० वर्षीय निशेष परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-४ सिमलधारी सैनिकटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित बर्दिया डाँफे बस्ने २३ वर्षीय सुनिल बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ९ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने २२ वर्षीय पारस थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुलरिया र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-८ हात्तीसार बस्ने १९ वर्षीय चन्द्र बहादुर तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय आशिष अधिकारी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-६ रिछा बस्ने २० वर्षीय इन्द्रजित राना समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०२-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ बस्ने रौतहट परोहा नगरपालिका-८ घर भएका ३५ वर्षीय हरि कृष्ण ठाकुर, ललितपुर महानगरपालिका-५ बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका-१ घर भएकी ४१ वर्षीया रिना गुरौ र काठमाडौं नागार्जुन नगरपालिका-१५ बस्ने काभ्रे पाँचखाल नगरपालिका-३ घर भएका ५५ वर्षीय कविराज सिपखान रहेका छन् । पक्राउ मध्ये हरि कृष्णले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, रिनाले पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै ३ जना पीडितबाट १८ लाख ५५ हजार र कविराजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख १४ हजार रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरिलाई काठमाडौं महानगरपालिका-२२, रिनालाई ललितपुर महानगरपालिका-५ र कविराजलाई काठमाडौं महानगरपालिका-२८ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-२६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने तनहुँ व्यास नगरपालिका-३ दमौली घर भएका ५१ वर्षीय सुर्य नारायण श्रेष्ठ र काठमाडौं तारकेश्‍वर नगरपालिका-२ वसन्त कोलोनी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएकी ४० वर्षीया सानुमाया लामा रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा फरार रहेका सुर्य नारायणलाई ललितपुर महानगरपालिका-२७ सुनाकोठी र सानुमायालाई काठमाडौं तारकेश्‍वर नगरपालिका-२ वसन्त कोलोनीबाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ मध्ये सुर्य नारायणलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके नेपालगंज र सानुमायालाई प्रहरी वृत्त गौशला पठाइएको छ ।

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-२६

काठमाडौं, ज्यान मार्ने उद्योग कसूरका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-१ बस्ने जाजरकोट कुसे गाउँपालिका-७ घर भएका २७ वर्षीय दिपेन्द्र सिंह र २७ वर्षीय तप्त सिंह रहेका छन् ।जिल्ला अदालत जाजरकोटबाट ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय जाजरकोट पठाइएको छ ।

ठगी/आत्महत्या दुरूत्साहन मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-२६

काठमाडौं, ठगी/आत्महत्या गर्न दुरूत्साहन मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने स्याङ्जा गल्याङ नगरपालिका-७ पेलाकोट घर भएका ४८ वर्षीय नुमाकान्त पाठक र ३८ वर्षीया सरिता पाठक रहेका छन् ।जिल्ला अदालत काठमाडौंको २०८० कात्तिक १७ गतेको फैसलाले उक्त मुद्दामा नुमाकान्तलाई २ लाख ८० हजार रूपैयाँ बिगो, ३ हजार जरीवाना र ३ महिना कैद तथा सरितालाई ६० हजार बिगो, १ हजार जरीवाना र १ महिना कैद सजाय ठहर भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।

ट्राफिक प्रहरीद्वारा २२ वटा दुईपाङग्रे सवारी साधन हस्तान्तरण
२०८२-०२-२५

काठमाडौं, विभिन्न मितिमा चोरी भएका २२ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १० वटा मोटरसाइकल र १२ वटा स्कुटर गरी २२ वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्‍वर, कपन, मुड्खु, स्वयम्भु, ईमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०२-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ३ सय ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-२ बस्ने ४० वर्षीया फुलमाया स्याङ्बो र ३० वर्षीया निर्मला मोक्तान रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.३ ख ८३९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार फुलमायालाई करिब ५ किलो २ सय ग्राम र निर्मलालाई करिब ५ किलो १ सय ग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो । धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वरबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित सोही ठाउँ बस्ने ६० वर्षीय रामदेव यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०२-२५

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल, बुप्रेनोर्फिन २ सय एम्पुल र नाईट्राभेट ९० ट्याब्लेट सहित भारत महाराजगंज नौनता ग्राम सुनौली बस्ने २० वर्षीय दिपक कुमार र १८ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट बाग्लुङतर्फ आउँदै गरेको जिएए ०१-२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । ताप्लेजुङ, फुङलिङ नगरपालिका-६ टुक्रे डेरा गरी बस्ने सोही नगरपालिका-७ हाङ्देवा घर भएका २६ वर्षीय सुजन तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले सुजनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत पश्चिम बंगाल दार्जलिङ घर भएका २३ वर्षीय नितेन वर्मनसंग किनेको भन्ने खुल्न आएपश्चात नितेनलाई फुङलिङ नगरपालिका-२ हेलिप्याड नजिकबाट प्रहरीले पक्राउ गरेको छ ।  दाङ, घोराही उपमहानगरपालिका-१७ गुलरीया चोक बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । महोत्तरी, साम्सी गाउँपालिका-५ पोखरभिण्डा ब्रह्मस्थानबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट, फेनारगन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र नोफिन ३ एम्पुल सहित बर्दिबास नगरपालिका-१४ राना टोल बस्ने २८ वर्षीय संजित महतोलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखरभिण्डाबाट खटिएको प्रहरीले मधेश प्रदेश-०२-००५ प ८८१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित खाजा पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९ ट्याब्लेट र नगद ५२ हजार ४ सय ७० रूपैयाँ सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-४ घर भएकी ४२ वर्षीया कुमारी तामाङ, काभ्रे रोशी गाउँपालिका-६ घर भएका २५ वर्षीय प्रविन उप्रेती र सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २२ वर्षीय विष्णु बाँनिया रहेका छन् । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले कुमारीको खाजा पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।    जाजरकोट, जुनिचाँदे गाउँपालिका-७ निपाने डेरा गरी बस्ने कुसे गाउँपालिका-३ घर भएका ३७ वर्षीय निरज कुमार पुनलाई अवैध लागूऔषध अफिम करिब १ किलो १ सय ५० ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरीले उनलाई उक्त अफिम सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-८ भगत चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राहुल रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, मधुवन नगरपालिका-७ गोपाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय डिल बहादुर बस्नेत र सोही नगरपालिका-५ बस्ने २२ वर्षीय झलक डाँगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ईस्राइलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम १ सय १० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१७ बस्ने २९ वर्षीय अबिनाश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-१ अमहा सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १९ किलोग्राम सहित धनकुटा, धनकुटा नगरपालिका-९ बस्ने २१ वर्षीय लक्ष्मण माझीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्रदेश १-०२-०५१ प ४८२३ नम्बरको मोटरसाइकललाई प्रहरीले बरामद गरेको छ । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-६ पुर्वाञ्चल क्याफेबाट नियन्त्रित लागूऔषध लुपिजेसिक २३ एम्पुल, डाईजेपाम १९ एम्पुल, फेनारमाइन ५० एम्पुल सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने २९ वर्षीय सन्तोष श्रेष्ठ र २९ वर्षीय जिवन बुढाथोकी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले सन्तोषलाई लुपिजेसिक २० एम्पुल, डाईजेपाम १९ एम्पुल र फेनारमाइन ४१ एम्पुल र जिवनलाई लुपिजेसिक ३ एम्पुल र फेनारमाइन ९ एम्पुल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८२-०२-२५

काठमाडौं, काठमाडौं महानगरपालिका-३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा संचालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक डम्बर समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङस्थित साथीभाई खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ सराङकोट बस्ने ३४ वर्षीय महेश तिमिल्सिना समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार २ सय ७५ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ
२०८२-०२-२४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ६ सय ४५ ग्राम सहित २ जना शुक्रबार राति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कोलम्बियाका नागरिक २८ वर्षीया वर्षीय  TATIANA BAUTISTA LOPEZ र भारतीय नागरिक २७ वर्षीय ANANTHAKRISHNAN PALLICHAMBAYIL SUNIL KUMAR  रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-७ देउरवाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १९ एम्पुल, फेनारगन १९ एम्पुल र डाइजेपाम १९ एम्पुल सहित रूपन्देही बुटवल उपमहानगरपालिका-१४ बस्ने २७ वर्षीय रामु राना समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट उजैनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २२ ग्राम ८ सय १० मिलिग्राम सहित ९ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने ३३ वर्षीय अजय चौधरी, ‍कोशी गाउँपालिका-१ बस्ने १८ वर्षीय २ जना किशोर, सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय दयानन्द कुमार यादव, ‍धरान उपमहानगरपालिका-‍१७ बस्ने २७ वर्षीय बिवेक विश्वकर्मा, सोही उपमहानगरपालिका-१७ बस्ने १९ वर्षीय किरण राई र १८ वर्षीय किशोर तथा बराहक्षेत्र नगरपालिका-७ बस्ने २२ वर्षीय कौशल कालिकोटे र २० वर्षीय याकुव राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-१३ बालुबाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम र नगद २२ हजार २ सय रूपैयाँ सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मी सोरेन, २६ वर्षीय बिष्णु मग्राती र मोरङ लेटाङ नगरपालिका-१ बस्ने २९ वर्षीय सन्तोष परियार रहेका   छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । कपिलवस्तु, महाराजगंज नगरपालिका-४ राजपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४ सय ७० ग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय चिनिलाल चमार र २४ वर्षीय दुर्गेश लोहनिया रहेका छन् । इलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । दाङ, गढवा गाउँपालिका-५ ठूलीचौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-६ प्रगतीनगर बस्ने २२ वर्षीय लक्ष्मण बिष्टलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले लु.९६ प ८८९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक लक्ष्मणलाई पक्राउ गरेको हो । साथै लागूऔषध खरिद गर्न आएका लु.७० प ७७६९ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-४ अजगढवा बस्ने ३९ वर्षीय भन्साराम यादव र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका-६ थानदेउखुरी बस्ने ३७ वर्षीय सदान मनिहारलाई समेत प्रहरीले पक्राउ गरेको छ । दोलखा, भिमेश्वर नगरपालिका-६ सिम्पानीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोही नगरपालिका-७ घर भएका २३ वर्षीय साजन बुढाथोकी र सोही नगरपालिका-३ बस्ने कालिञ्चोक गाउँपालिका-६ घर भएका २१ वर्षीय सुजन पाण्डे रहेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ५० मिलिग्राम सहित बराहताल गाउँपालिका-६ बस्ने २५ वर्षीय कुशल रोकायालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । इलाम, इलाम नगरपालिका-७ देवन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ९० मिलिग्राम र मोबाइल ४ थान सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देउमाई नगरपालिका-२ बस्ने २९ वर्षीय पासाङ शेर्पा, इलाम नगरपालिका-७ बस्ने २६ वर्षीय रूपन राई र माई नगरपालिका-१ बस्ने २१ वर्षीय अबिरल राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-२४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर बस्ने झापा मेचीनगर नगरपालिका-१५ घर भएका ५६ वर्षीय ध्रुव प्रसाद भेटवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट जेठ ७ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-२४

प्युठान, ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ मौरीवाङ खबाङ बस्ने ७८ वर्षीय महाराम पुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पुनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । धादिङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धलेक गाउँपालिका-१ बिर्जेथुम्का बस्ने ५४ वर्षीय एक बहादुर चितौरेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एक बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सिद्धलेकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित पक्राउ
२०८२-०२-२४

मोरङ, विराटनगर  महानगरपालिका-१६ दरैयाबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित सोही महानगरपालिका-१६ सुडिबस्ती बस्ने ३४ वर्षीय चन्दन कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले प्र.१-०२-०४९ प ६७९६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चन्दन कुमारलाई पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बसपार्कबाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँ सहित कास्की पोखरा बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-८ घर भएकी ३७ वर्षीया चटमाया छन्त्याललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहिया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम उद्‍घाटन
२०८२-०२-२३

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित कार्यक्रमबीच १-१८४औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन सम्पन्न भएको छ ।   सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नागरिकबाट कुशल प्रहरी अधिकृतको रूपमा संगठन तथा राष्ट्रको लागि महत्वपूर्ण योगदान दिन सक्ने काबिल अधिकृतको रूपमा रूपान्तरण गरी व्यावसायिक प्रहरी बनाउने कठिन यस तालिमलाई अनुशासित, मर्यादित, लगनशील र धैर्यवान भई उच्च मनोबलका साथ हासिल गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको बद्लिँदो परिस्थितिमा पुलिसिङ ज्यादै चुनौतिपूर्ण रहेको बताउँदै उहाँले तालिमको अवधिमा सिकाइने ज्ञान सीप र कौशलले व्यावसायिक प्रहरी जीवनमा आइपर्ने जस्तोसुकै कठिन परिस्थितिलाई पनि सामना गर्न प्रभावकारी हुने चर्चा गर्नुभयो । सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तालिम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । साथै प्रहरी महानिरीक्षक दिपक थापाले शुक्रबार आयोजित कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको निरीक्षण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा निर्देशन समेत दिनुभयो ।  निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले नवनिर्मित आवास भवन, फिजियोथेरापी कक्ष, इन्डोर क्रिकेट अभ्यास मैदान, शैलुन, नेपाल पुलिस स्टाफ कलेजको कार्यालय भवन, कक्षाकोठा तथा विद्यार्थी अधिकृत व्यारेक, सिनियर प्रहरी अधिकृत मेस, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयको प्रयोगशालाको समेत अवलोकलन गर्नुभयो । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रतिष्ठान परिसरमा वृक्षरोपण समेत गर्नुभयो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८२-०२-२३

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम र १० थान मोबाइल सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं स्वयम्भु बस्ने झापा दमक नगरपालिका-१ घर भएका २६ वर्षीय पवन सम्वाहाम्फे, काठमाडौं गोंगबु बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-६ घर भएका २८ वर्षीय कम्लेश मैनाली र टोखा नगरपालिका-९ म्याग्दीचोक बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भएका ३२ वर्षीय समिर राई रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-२ बस्ने २९ वर्षीय संजय चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ३ जनालाई जाँच गर्न खोज्दा उनीहरूमध्ये २ जना फरार भएको र संजयलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । प्रहरीले हाल फरार २ जनाको खोजी गरिरहेको छ ।  यसैगरी झापा, गौरादह नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सुजन कन्दङ्वा र कमल गाउँपालिका-१ सोलमारी बस्ने २० वर्षीय आयुष विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सुजनको  घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ बेलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ बस्ने १९ वर्षीय दिपेश बस्नेतलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१२ प ९१५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्किचुहा नगरपालिका-५ चौरी बस्ने २३ वर्षीय निराजन बडुवाल, सोही नगरपालिका-२ बस्ने २० वर्षीय सुरेश विक र सोही नगरपालिका-६ बस्ने २२ वर्षीय अनमोल विक रहेका छन् । प्रहरी चौकी कालाकुण्डा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-१ बस्ने १९ वर्षीय हिक्मत रावत र गेरूवा गाउँपालिका-४ बस्ने २८ वर्षीय छवि विक रहेका छन् । प्रहरी चौकी कालाकुण्डा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२ नालामुखबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ८३ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका ३५ वर्षीय सुरज सुनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिआरभी विन्दवासिनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-१८ अँधेरीकुनाबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय गोरे पुन र २७ वर्षीय शंकर घलेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान स्कुटर समेत बरामद गरेको छ ।  चितवन, राप्ती नगरपालिका-५ चौकीडाँडाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित सोही नगरपालिका-१२ च्यात्राङ बस्ने २४ वर्षीय इमान थिङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यसैगरी चितवन, खैरहनी नगरपालिका-८ चक्रेश्वर डेरा गरी बस्ने धादिङ नीलकण्ठ नगरपालिका-९ घर भएकी २५ वर्षीया सरिता गुरूङलाई अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले सरिताको कोठा तलासी गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही गाउँपालिका-६ उच्चागाउँ बस्ने २४ वर्षीय अमन थारूलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतको बलईबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ गणतन्त्र मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७० ट्याब्लेट, कोलिवान २ सय ७० ट्याब्लेट, स्पास्पेन २९ ट्याब्लेट र नगद ३७ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय गोपाल राई भन्ने सुनिल राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-३ बल्मी बस्ने २२ वर्षीय आशिष राना, कृष्णपुर नगरपालिका-२ बाणी बस्ने २४ वर्षीय सुरेश खुना र बर्दिया गुलरिया नगरपालिका-१२ टपरी घर भएका ३५ वर्षीय श्याम चौधरी रहेका छन् । प्रहरी चौकी भुँडा र इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, कलैया उपमहानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२७ बस्ने १९ वर्षीय धिरेन्द्र कुशवाह, सोही उपमहानगरपालिका-९ बस्ने २० वर्षीय सुमन चौहान, २४ वर्षीय प्रदिप कुमार साह र सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय मुकेश साह कलवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले साइकलमा सवार धिरेन्द्र र सुमनलाई १ हजार २० ट्याब्लेट र म.प्र.०३-००२ स ७५२८ नम्बरको अटो चालक प्रदिप र अटोमा सवार मुकेशलाई १५ ट्याब्लेट सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं दक्षिणकाली नगरपालिका-१ बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएकी ४० वर्षीया प्रमिला बरूवाल र काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने पाल्पा माथागढी गाउँपालिका-४ घर भएका ३४ वर्षीय मोहन पोख्रेल रहेका छन् । पक्राउ मध्ये प्रमिलाले युके पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ३२ लाख ३५ हजार रूपैयाँ र मोहनले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रमिलालाई काठमाडौं नागार्जुन नगरपालिका-३ हलचोकबाट र दिनेशलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

मकालु हिमालमा फहराइएको ट्राफिक सन्देशमूलक ब्यानर हस्तान्तरण
२०८२-०२-२२

काठमाडौं, विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराइएको “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने नारा अंकित सन्देशमूलक ब्यानर काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफतलापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धी सन्देश विश्व सामु पुर्‍याउनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस्ता प्रयासले सडक सुरक्षाको महत्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विचार उहाँले व्यक्त गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ लगायत उपस्थित प्रहरी अधिकृतहरूले आरोही दाबुटीलाई खादा ओढाई सम्मान समेत गर्नुभएको थियो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आरोही दाबुटीको जिवनी र हिमाल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर शेर्पाले सन् २०२५ मे २९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराउनु भएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवान एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।   

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे
२०८२-०२-२२

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहीबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक घिमिरेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।  साथै सोही सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई सह-प्रहरी प्रवक्ता तथा सूचना अधिकारी तोकिएको उक्त सचिवालयले जनाएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०२-२२

रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ दुर्गानगरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४६ एम्पुल, फेनारगन ४६ एम्पुल, तालजेसिक ४६ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल राई र २६ वर्षीय पवन घर्ती रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले सुनिलको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । जुम्ला, चन्दननाथ नगरपालिका-४ भारतिवाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय समुन्द्र गिरी र १९ वर्षीय प्रशान्त थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले समुन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-१० बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ हजार ६ सय ७० ट्याब्लेट सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २८ वर्षीय शनि झा, २८ वर्षीय मुकेश पण्डित र चक्रघट्टा गाउँपालिका-२ औरही बस्ने १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  झापा, मेचीनगर नगरपालिका-६ पिङ्की ठ्याकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ७ सय २० मिलिग्राम सहित भारत दार्जिलिङ खरीबारी बस्ने २४ वर्षीय अभिजित सिंहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१४ उदयपुर बस्ने १९ वर्षीय सुनिल खटिकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३ ग्राम ९ सय मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित उनकै घर आँगनबाट पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-८ रमानन्दचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० ग्राम, नगद ५१ हजार ५ सय ५१ नेपाली रूपैयाँ र २० हजार १ सय ४० भारतीय रूपैयाँ सहित जलेश्वर नगरपालिका-२ जलेश्वर बस्ने ३२ वर्षीय सिकेन्द्र साहलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले जलेश्वरबाट बर्दिबासतर्फ आउँदै गरेको लु.२ च २१२४ नम्बर कारलाई तलासी गर्दा उक्त पदार्थ र नगद फेला पारी कार चालक सिकेन्द्रलाई पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१७ स्थित डाँडाघोपा बस्ने २२ वर्षीय टाइटस कार्कीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ५ सय ७० ट्याब्लेट, कोलिवान १ हजार ७ सय ८० ट्याब्लेट र डिक्लोव्याक ६० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्बेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-२२

बाँके, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-६ कोठापुर बस्ने २५ वर्षीय चिराग खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । चिरागले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । रसुवा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आमाछोदिङमो गाउँपालिका-५ तातोपानी बस्ने २४ वर्षीय फुर्पु नाम्घेल तामाङ र २२ वर्षीय दावा नुर्पु तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी थाम्बुचेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०२-२१

काठमाडौं, गृहमन्त्री रमेश लेखकले बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले विपद् सम्बन्धी कृत्रिम घटना उद्दार अभ्यास प्रदर्शन एवम् विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team र विशिष्टिकृत उद्दारकर्ता समूहको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले नेपालको भूगोल अत्यन्त जोखिमपूर्ण रहेको र हरहमेसा विपद्को सम्भावना रहेको हुँदा नेपाल प्रहरी जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्‍ने, अपराधको नियन्त्रण तथा अनुसन्धानका साथै विपद् व्यवस्थापन पनि प्रहरीको महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्दै विपद्को समयमा कुनै पनि गुनासो नआउने गरी नागरिकको उद्दारमा अत्यन्त क्रियाशीलताका साथ खटिन उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले नेपाल प्रहरी विपद्को समयमा पहिलो पंक्तिमा रहेर उद्दारमा खटिने उल्लेख गर्दै विपद्‍मा आम नागरिकको उद्दार तथा राहतका लागि स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर नागरिकको विश्वास जित्ने गरी उच्च मनोबलका साथ खटिनुपर्ने बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले विपद्का सम्भावित चुनौतिहरूको सामना गर्न नेपाल प्रहरी चौकी स्तरसम्म अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा तत्काल परिचालन हुन सक्ने अवस्थामा रहेको बताउनुभयो । विपद्का घटनामा उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षक एवम् वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-५ बस्ने महोत्तरी गौशाला नगरपालिका-१२ कान्तिबजार घर भएका ५५ वर्षीय बिर बहादुर घिसिङ र काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका ३९ वर्षीय दिनेश खड्का रहेका छन् ।  पक्राउ मध्ये बिर बहादुरले नर्वे र डेनमार्क पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख १० हजार रूपैयाँ र दिनेशले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिर बहादुरलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट र दिनेशलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०२-२१

ताप्लेजुङ, फुङलिङ नगरपालिका-६ बस्ने २८ बर्षीय तेजेन्द्र लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय अर्जुन गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  फक्ताङलुङ गाउँपालिका-३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना आएका अर्जुन र उनकै श्रीमती सरिता लिम्बुबीच विवादको क्रममा झगडा भएकोमा फुपुले सम्झाई बुझाई दुबै जनालाई छिमेकी तेजेन्द्रको साथ लगाई उनीहरूकै घर पठाएकोमा घर फर्कने क्रममा बाटोमा तेजेन्द्रलाई अर्जुनले गए राति खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटना पश्चात फरार रहेका अर्जुनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले फुङलिङ नगरपालिका-९ स्थित भिरकुना जंगलबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न १७ जना पक्राउ
२०८२-०२-२१

काठमाडौं, अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जना भारतीय नागरिक र १२ जना नेपाली नागरिक गरी १७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  विभिन्न देशका नागरिकहरूलाई ह्वाट्सएप/टेलिग्राम मार्फत सम्पर्कमा ल्याई विभिन्न अनलाइन बेटिङ साइटहरूको प्रयोग गरी हारजित हुने तवरले व्यवसायिक रूपमा अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-२६ जैनखेल भ्यूटावरस्थित घर र सोही महानगरपालिका-१० नख्खुस्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ल्यापटप १४ थान, मोबाइल ६० थान, विभिन्न बैंकको चेकबुक र वचत पासबुक ९ थान, विभिन्न व्यक्तिहरूको नामको भिसा कार्ड १५ थान, नेपाली राहदानी ४ थान र भारतीय राहदानी ४ थान समेत बरामद गरेको छ ।  उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रूपैयाँ ४० पैसा बराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरूलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०२-२१

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ४४ ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरील पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका-३ बस्ने ४१ वर्षीया कौशी विश्वकर्मा र ३२ वर्षीया निशा सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, जहदा गाउँपालिका-१ पुरानो टोल बस्ने ५५ वर्षीय श्याम यादव र उनकै छोरा २५ वर्षीय शंकर यादवलाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम, नगद ६८ हजार नेपाली रूपैयाँ, १८ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ‍विराटनगर महानगरपालिका-१८ मुसरी टोलमा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ तत्काल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम बरामद भएको थियो । थप अनुसन्धानको क्रममा उक्त घटनामा श्याम यादव र शंकर यादवको संलग्नता खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले श्यामको घर तलासी गर्दा थप गाँजा, नगद र तराजु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-८ बस्ने २५ वर्षीय श्रीकृष्ण श्रेष्ठ र २२ वर्षीय राजितराम चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५० प ७७३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  चितवन, रत्ननगर नगरपालिका-२ टाँडीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३६ वर्षीय जय किशोर शाहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४० मिलिग्राम र मोबाइल २ थान सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ परासीझुङ्गा बस्ने २१ वर्षीय अशोक कुमार गौतम र भारत उत्तर प्रदेश पर्सामलिक थाना मौहुलानी बस्ने ३० वर्षीय रामसुरत सहानी रहेका छन् । इलाका प्रहरी कार्यालय धकधई र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ५६ बिसि ४४५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ शृजननगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ८ ट्याब्लेट र नाइट्राभेट ९ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र ३६ वर्षीय प्रकाश खत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । तनहुँ, शुक्लागण्डकी नगरपालिका-५ ब्राईटचोक बस्ने २९ वर्षीय सुभाष भुजेललाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-१० प्याङगाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ६० ट्याब्लेट र अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २० ग्राम सहित रौतहट चन्द्रपुर नगरपालिका-३ घर भएका २८ वर्षीय विजय कुमार स्याङ्तानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी विट प्याङ्गाउँबाट खटिएको प्रहरीले बाराबाट काठमाडौंतर्फ आउँदै गरेको बा.६ च ६२८२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी कार चालक विजय कुमारलाई पक्राउ गरेको हो ।  कैलाली, टिकापुर नगरपालिका-१ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ ब्लक नम्बर ७ बस्ने ३६ वर्षीय कमल प्रसाद बजगाईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, हरिपुर्वा नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित ईश्वरपुर नगरपालिका-१३ श्रीनगर बस्ने ३७ वर्षीय मनोज कुमार महतो समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हरिपुर्वाबाट खटिएको प्रहरीले बसवपुरबाट हरिपुर्वातर्फ आउँदै गरेको ज.६ प २३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१० जर्सीखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने २० वर्षीय निशान चौधरी र कैलाली धनगढी उपमहानगरपालिका-३ चटकपुर बस्ने २१ वर्षीय राकेश राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प ८१७२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको   हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२८ बस्ने ४६ वर्षीय प्रविन कुमार शाह र काठमाडौं महानगरपालिका-११  बस्ने रोल्पा त्रिवेणी गाउँपालिका-४ घर भएकी ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका छन् ।  पक्राउ मध्ये प्रविनले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख १८ हजार रूपैयाँ र प्रतिज्ञाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रविनलाई काठमाडौं महानगरपालिका-२३ बसन्तपुरबाट र प्रतिज्ञालाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

विपद् व्यवस्थापनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने - गृहमन्त्री रमेश लेखक
२०८२-०२-२०

काठमाडौं, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले सूचना संकलन एवम् पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्व तयारीको निरीक्षण र निर्देशन सम्बोधन कार्यक्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा उहाँले विपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन एवम् विपद् उद्दार सामाग्रीहरूको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमी कमजोरीहरूको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताउनुभयो । विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्ने गरी उत्कृष्ट कार्य गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना संकलन र आपसी समन्वय महत्वपूर्ण हुने चर्चा गर्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । आम नागरिकले संकटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो । विगतका अनुभवहरूलाई विश्लेषण गरी विपद् व्यवस्थापनमा थप प्रभावकारी रूपमा परिचालित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान गर्न, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा नेपाल प्रहरीले आफ्नो क्षमता र उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गरी कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएको बताउनुभयो । सबै किसिमका आपतकालिन घटनामा अग्रपंक्तिमा रहेर प्रहरीले बहुआयामिक भूमिका निर्वाह गर्दै आएको र निरन्तर गरिरहने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले विपद् व्यवस्थापनमा परिकल्पना भन्दा बाहिरका परिस्थिति र सुरक्षा चुनौति देखा पर्न सक्ने हुनाले पूर्व तयारीलाई पहिलो प्राथमिकतामा राखेर विपद्का सम्भावित चुनौतिहरूको पूर्व आकलन र ती चुनौतिहरूको सामना गर्न उपलब्ध जनशक्ति र स्रोतसाधनलाई तयारी हालतमा राखिएको बताउनुभयो । साथै विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गरी उच्च मनोबलका साथ तयारी हालतमा रहन प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले विपद् व्यवस्थापन पूर्व तयारी सम्बन्धी आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा निमित्त सशस्त्र प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरू एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०२-२०

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-७ बस्ने  १९ वर्षीय अभिषेक राई र २५ वर्षीय लक्ष्मण चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ बेलबास सालघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने स्याङ्जा घर भएका १८ वर्षीय किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नयाँगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०२-२०

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलो ४ सय २० ग्राम सहित २ जना सोमबार राति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा थाइल्याण्डका नागरिक ४३ वर्षीय  SOMSAK PATCHA र भारतीय नागरिक २९ वर्षीय PEREIRA GIFFIN रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा SOMSAK PATCHA  को साथबाट ७ किलो ३ सय १० ग्राम र PEREIRA GIFFIN  को साथबाट ३ किलो १ सय १० ग्राम गाँजा जस्तो देखिने वस्तु फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  कैलाली, भजनी नगरपालिका-२ रजवाराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही नगरपालिका-२ शिबिर बस्ने २२ वर्षीय शंकर चौधरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प ४२१ नम्बरको मोटरसाइकललाई जाँच गर्न क्रममा  मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टिकापुर नगरपालिका-१ ब्लक नम्बर ११ ड्राईभरटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय आशिष कोराललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ७० मिलिग्राम सहित जानकी गाउँपालिका-५ बस्ने २५ वर्षीय रियाजुदिन हलुवाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, अर्जुनधारा नगरपालिका-६ कप्तानबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-६ बस्ने ३५ वर्षीय राम बहादुर दनुवार र मेचीनगर नगरपालिका-३ दोकान डाँडा बस्ने ३२ वर्षीय अनिल दनुवार रहेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले राम बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   मोरङ, उर्लाबारी नगरपालिका-१ हिलेडाँगी बस्ने ३१ वर्षीय सनम माझीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ट्याब्लेट र नगद २ हजार १ सय रूपैयाँ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  मेनुकाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-२०

काठमाडौं, डलर देखाई रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोट बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय तारा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-३ ढोडेनीमा विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छु भनि प्रलोभन देखाई पीडितलाई डलरको आकारमा काटिएको कागजको बिटो रूमालमा पोको पारेर दिएर  नेपाली ३० लाख रूपैयाँ लिई ठगी गर्ने कार्यमा संलग्न तारा बहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोटबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको छ । 

रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ
२०८२-०२-२०

ललितपुर, ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित सदर चिडियाखाना भित्र प्रदर्शनीमा राखिएको दुर्लभ प्रजातीको रेड पाण्डा (हाब्रे) चोरी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरूङ र भारत विहार वैशाली हाजीपुर थाना ग्राम पटना-३ वागटोल घर भएका २६ वर्षीय मोहमद तफिक रहका छन् ।  सदर चिडियाखानामा रहेको उक्त रेड पाण्डा गत वैशाख ३० गते राति चोरी गर्न खोजेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । उनीहरू उपर चोरी उद्योग कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
२०८२-०२-२०

पर्सा, वीरगंज महानगरपालिका-२१ स्थित परवानीपुर चोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका-२ बस्ने २५ वर्षीय सुरेश कुमार बर्णवाल र भारत बिहार जिल्ला बेतीया बकुलहर बस्ने १९ वर्षीय सत्यम कुमार रहेका छन् ।  प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३-०२९ प ४९७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०२-१९

दाङ, तुलसीपुर उमहानगरपालिका-७ शिवनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ घोरनेठी बस्ने २१ वर्षीया प्रतिभा विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, चौबिसे गाउँपालिका-६ राजारानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९ सय मिलिग्राम र नगद ४१ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय पुजन लिम्बु समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले पुजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०२-१९

काठमाडौं, काठमाडौं महानगरपालिका-२५ असन डेरा गरी बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका-३ घर भएका २८ वर्षीय प्रदिप राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ टिटिहिरिया बस्ने ३० वर्षीय राम सुरेन्द्र चौधरी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतको बलई गाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ यरीचोकस्थित जयलक्ष्मी फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त फार्मेसीका संचालक सोही ठाउँ बस्ने ५४ वर्षीय रमेश बहादुर शाही, २५ वर्षीय हिक्मत जंग शाही र वीरेन्द्रनगर नगरपालिका-६ बस्ने २५ वर्षीय प्रलाद अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले रमेशले संचालन गरेको जयलक्ष्मी फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २८ वर्षीय सुशान राई र धनकुटा शहिदभूमी गाउँपालिका-२ घर भएका ३२ वर्षीय कुशुम राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेदकोट नगरपालिका-३ सामा दैजीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २३ वर्षीय विनोद सार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।चितवन, कालिका नगरपालिका-६ क्लब चोकबाट नियन्त्रित लागूऔषध आईपिएल १६ पिस, फेनारगन ६ एम्पुल र डाईजेपाम ५ एम्पुल सहित सोही ठाउँ बस्ने २५ वर्षीय अमृत बोम्जनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खोलेसीमलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित प्याराडाईज होटलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ७ सय ६ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला गुठिचौर गाउँपालिका-४ प्याकुरेलवाडा बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोट बारेकोट गाउँपालिका-३ मुल्साम बस्ने ३२ वर्षीय भक्त बहादुर शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त होटलको १०५ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने रोल्पा थवाङ गाउँपालिका-१ थवाङ घर भएकी ६३ वर्षीया माया देवी विकलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ८ सय २० ग्राम, चरेश जस्तो देखिने पदार्थ ५३ ग्राम र नगद ९ हजार ३ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-१९

बर्दिया, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-२ बस्ने २० वर्षीय चन्द्र बहादुर सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । चन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ वनगाउँ दक्षिण पुरूवा  बस्ने २३ वर्षीय ओमप्रकाश घर्ती मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ
२०८२-०२-१८

काठमाडौं, २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक/प्रमुख कार्यकारी अधिकृत बाँके नेपालगंज उपमहानगरपालिका-२० बस्ने सल्यान घर भएका ६५ वर्षीय राजेन्द्र वीर रायलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।           कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत एवम् पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरूको २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो । उनी उपर बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०२-१८

मकवानपुर, थाहा नगरपालिका-३ थानाबजारबाट अवैध लागूऔषध गाँजा करिब ८० किलो १ सय २० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-१० बस्ने २८ वर्षीय मधुसुदन अधिकारी र सिन्धुली दुधौली नगरपालिका-८ बस्ने २५ वर्षीय नवराज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले बा.५ च ४४११ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोको पछाडीको ढोका र डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १३ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक मधुसुदन र सुमोमा सवार नवराजलाई पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-६ रामनगर शिवमन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ लोनियनपुर बस्ने १९ वर्षीय बिक्रम घरूक र डुडुवा गाउँपालिका-६ बस्ने २० वर्षीय सुनिल खटिक रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र मोबाइल २ थान सहित कोहलपुर नगरपालिका-५ एनसिसि चोक बस्ने २५ वर्षीय सुरेश मल्ललाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ६ सय ३० मिलिग्राम सहित तनहुँ ऋसिङ गाउँपालिका-३ सोलुङ टोल बस्ने ३७ वर्षीय दलराज मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बाँसगढी बजार बस्ने ३८ वर्षीय युवराज पौडेललाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३७ मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय बिबेक अधिकारी, सोही उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय मनोज परियार र २६ वर्षीय मनिष राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरीले को.१ ज ३१२१ नम्बरको म्याजिकमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  दैलेख, नारायण नगरपालिका-८ ठालुडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय सुरेन्द्र कुमार थापा र सोही नगरपालिका-२ बस्ने ३१ वर्षीय दिपक कुमार थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले सुरेन्द्रको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८२-०२-१८

काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका-३ घर भएका ३७ वर्षीय राजु थापा समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ यरिचोकस्थित दैलेख भैरवी गाउँपालिका-२ घर भएका ४० वर्षीय पदम थापाको पंचकोशी ज्वाला रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालक पदम समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय नेपाली रूपैयाँ, २ हजार भारतीय रूपैया र ७ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०२-१७

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध फेनारगन ५२ एम्पुल, नोर्फिन ५२ एम्पुल, डाईजेपाम ३४ एम्पुल र नगद ११ हजार रूपैयाँ सहित सोही नगरपालिका-५ जोरपाटी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भएका २५ वर्षीय मिङ्मा बम्जनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलो ९ सय ग्राम सहित दोलखा वैतेश्वर गाउँपालिका-६ बस्ने २६ वर्षीय दिपक दाहाललाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको बागमती बिएसी ८७३९ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको ७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक दिपकलाई पक्राउ गरेको हो । यसैगरी महोत्तरी, बर्दिबास नगरपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब ४० किलो ४ सय २० ग्राम सहित सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय रंगलाल स्याङतानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले माईस्थानबाट गौशालातर्फ जाँदै गरेको बा.०१-०३० च ७८०५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारभित्र लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक रंगलाललाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्राम सहित उर्लाबारी नगरपालिका-१ बस्ने ३२ वर्षीय राजु दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने १९ वर्षीय सरोज पौडेल र १९ वर्षीय बाबु राम पौडेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ३० ग्राम सहित  चौबिसे गाउँपालिका-४ बस्ने २१ वर्षीय बिजय याख्खा राईलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले पाँचथर मौवाबाट दमकतर्फ जाँदै गरेको को.१ ख ३८२९ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ५० ग्राम सहित सोही गाउँपालिका-१ बस्ने १९ वर्षीय कसुर लिम्बुलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले संखुवासभाबाट इटहरीतर्फ जाँदै गरेको को.१ ख ३८४१ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ७ सय ४० मिलिग्राम सहित दैलेख नारायण नगरपालिका-२ बस्ने ३० वर्षीय योगेश सिजापतिलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ज ०६९१ नम्बरको फोर्स गाडीमा सवार उनलाई उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ बंशगोपालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय निर्णय राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार नजिक सडकबाट अवैध लागूऔषध गाँजा ३ ग्राम, नियन्त्रित लागूऔषध स्पास २७ ट्याब्लेट र नाईट्राभेट ११ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने २४ वर्षीय सन्तोष विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-५ घर भएका २७ वर्षीय अशोक कुमार साहुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

१२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०२-१६

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका १२ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ जेठ १५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना र नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ जेठ १३ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा ११ जना गरी जम्मा १२ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि बिक्रम शाह तथा प्रहरी नायव महानिरीक्षकहरू सुदर्शन प्रसाद कोईराला, बिनोद घिमिरे, दिपेन्द्र घर्ति क्षेत्री(जि.सी), दिपक रेग्मी, माधब प्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरूङ्ग रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई उच्च नेतृत्व क्षमता, सकारात्मक सोच र उर्जाका साथ संस्थागत विकास, सांगठनिक सुदृढिकरण तथा शुद्धिकरण र संगठनको वृहत्तर हितका लागि सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि बिक्रम शाहले संगठनको लक्ष्य र उद्देश्य हासिल गर्न एवम् छवि उच्च बनाउन पूर्ण व्यवसायिक निष्ठा र इमानदारीतापूर्वक अझ बढि सशक्त भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित
२०८२-०२-१६

काठमाडौं, नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा काठमाडौं लैनचौरमा संचालन भएको साउथ एसियन रिजनल युथ टेबलटेनिस च्याम्पियनसिप २०२५ मा रजत तथा कास्य पदक हसिल गर्न सफल नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई सम्मान गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच शुभश्री श्रेष्ठलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले शुभश्रीका हजुरबुबा अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक गोवर्धन श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष बृजेन्द्र हमाललाई समेत सम्मान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी शुभश्री श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरी संगठनको छवि उच्च बनाउन निर्वाह गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप सफलताको लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर सहित चिनियाँ नागरिक पक्राउ
२०८२-०२-१६

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३२ हजार ४ सय सहित चिनियाँ नागरिक ३२ वर्षीय SHAOJUN LYU लाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

करिब १ हजार २ सय ५० किलो गाँजा सहित उदयपुर र सिन्धुलीबाट तीन जना पक्राउ
२०८२-०२-१६

उदयपुर, चौदण्डीगढी नगरपालिका-१ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रत्न माया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठ रहेका छन् । रत्न मायाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ३५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलो १ सय १० ग्राम सहित रौतहट गरूडा नगरपालिका-४ बस्ने १९ वर्षीय गोपाल साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र.२-०३-००१ च ५६७१ नम्बरको बोलेरो पिकअपलाई तलासी गर्दा सिमेन्टको बोराले छोपी लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी पिकअप चालक साहलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०२-१६

कैलाली, भजनी नगरपालिका-५ दुदुवाफाँटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-२ रजवारा बस्ने २६ वर्षीय नरेश परियार समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।चितवन, रत्ननगर नगरपालिका-१४ पिठुवाबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने ३३ वर्षीय राजेश गुरूङ र उनकै श्रीमती ३० वर्षीया रेखा गुरूङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट पिठुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।रूपन्देही, मायादेवी गाउँपालिका-१ अहिरैलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कहार र २६ वर्षीय गोबिन्द लोध रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दैलेख, आठबीस नगरपालिका-३ शाहीखोलाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ४० ग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७६ वर्षीय परे कार्की र उनकै श्रीमती ७० वर्षीया तुलसी कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय राकमबाट खटिएको प्रहरीले उनीहरूको पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३५ ट्याब्लेट सहित उर्लावारी नगरपालिका-४ बस्ने २४ वर्षीय प्रसान भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ८० मिलिग्राम सहित केराबारी गाउँपालिका-८ बस्ने २३ वर्षीय राज कुमार भुजेल समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२० बस्ने ३२ वर्षीय सुबास गुरूङ र २८ वर्षीय भिसन गुरूङ रहेका छन्  । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कञ्चनपुर, भीमदत्त नगरपालिका-११ भाईरल रोडबाट नियन्त्रित लागूऔषध रेक्सोजेसिक ३६ एम्पुल, फेनारगन ३७ एम्पुल र डाईजेपाम ४ एम्पुल सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ बस्ने २३ वर्षीय रमेश दमाई र १९ वर्षीय दिपक दमाई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध गाँजा करिब ५ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट सहित मनहरी गाउँपालिका-८ मनहरी बजार डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१४ घर भएका २८ वर्षीय सुशिल श्रेष्ठलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८२-०२-१५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा १ सय ५ किलोग्राम सहित दोलखा जिरी नगरपालिका-१ बस्ने ३२ वर्षीय अम्मर बहादुर तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट कलैयातर्फ जाँदै गरेको बा.प्र.०१-०३० च १०४६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी ढाला भित्र भुसको बोराले छोपी लुकाई छिपाई राखेको ९ वटा पोकाबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर बहादुरलाई पक्राउ गरेको हो । कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ मोतीपुर बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ कैलाली पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने  पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने ३८ वर्षीय दिपेन्द्र थापा र सोही उपमहानगरपालिका-१ बस्ने २३ वर्षीय मनिष कुरैनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, जानकी गाउँपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय गोपाल वडायकलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्ने २० वर्षीय अनुज बस्नेत समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले पकलीबाट चतरातर्फ आउँदै गरेको को.२ ह ३२०२ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । धनुषा, शहिदनगर नगरपालिका-३ यदुकूहाबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३० क्याप्सुल र नाइट्राभेट ७ ट्याब्लेट सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा औरही गाउँपालिका-२ देवरी परबाहा बस्ने २० वर्षीय कृष्णा कुमार पासवान, भारत दरभंगा थाना रेयम ग्राम पंचायत नयाँ गाउँ बस्ने २५ वर्षीय संतोष कुमार पासवान र २५ वर्षीय रामदेव पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय यदुकूहाबाट खटिएको प्रहरीले तीनकोरियाबाट सबैलातर्फ जाँदै गरेको बीआर ३२ एएक्स ३१२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी धनुषा, बिदेह नगरपालिका-१ मैनाथपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब १ सय ५० मिलिग्राम सहित सिराहा कर्जन्हा नगरपालिका-२ बस्ने २४ वर्षीय महादेब यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको  छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.४ प ४३२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ चौकीसत्ताबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३५ क्याप्सुल र बुप्रेनोर्फिन ३५ एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ बस्ने २५ वर्षीय आशिष गुरूङ र २५ वर्षीय आशुतोष सिनाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ राजापोखरीबाट नियन्त्रित लागूऔषध ट्रामोल ६ हजार ६ सय क्याप्सुल, स्पास्मो प्रोक्सिभन ९० क्याप्सुल र नाइट्राजेपाम १ सय ६० ट्याब्लेट सहित रामधुनी नगरपालिका-४ बस्ने २१ वर्षीय आशिष चौधरीलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।महोत्तरी, जलेश्वर नगरपालिका-७ बखरीबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका-१३ बस्ने ४६ वर्षीय शिवशंकर चौधरी र मनराशिसवा नगरपालिका-१० बस्ने ४० वर्षीया अजमैरी खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट जलेश्वरबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र.२-०२-००१ प ६६६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित बेलबारी नगरपालिका-४ बस्ने ३२ वर्षीय हिमाल रिजाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब ३ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१० बस्ने ३७ वर्षीय ठाकुर प्रसाद खत्री र सोही नगरपालिका-२ बस्ने २२ वर्षीय अमृत चन्द रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतको रूपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सिराहा, लहान नगरपालिका-१ स्थित सोही नगरपालिका-३ बस्ने ३५ वर्षीय बिनोद कुमार महतोले संचालन गरेको किराना पसलबाट अवैध लागूऔषध गाँजा ८ ग्राम ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट, डाइजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ४ एम्पुल, फेनारगन ४ एम्पुल, नगद २ लाख ३ हजार ५ सय नेपाली रूपैयाँ र ९ हजार २ सय भारतीय रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ हजार ५ सय ट्याब्लेट र मोबाइल ३ थान सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत भैसाली ग्राम हुसेनाराके-१२ बस्ने २७ वर्षीय धिरज कुमार सिंह र भारत मोतियारी ग्राम कटगेनवा-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०१ बियु ३४८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडीको सिट मुनी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी कार चालक धिरज र कारमा सवार किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०२-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ बस्ने सल्यान कपुरकोट गाउँपालिका-५ घर भएका ३६ वर्षीय टोपेन्द्र राना मगर, काठमाडौं महानगरपालिका-६ बस्ने सोलुखुम्बु दुधकुण्ड नगरपालिका-५ घर भएका ३९ वर्षीय ङिमा शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-२ घर भएका ४० वर्षीय शिवराम घिमिरे रहेका छन् । पक्राउ मध्ये टोपेन्द्रले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४२ लाख ३० हजार रूपैयाँ, ङिमाले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ र शिवरामले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोपेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-५ बाट, ङिमालाई काठमाडौं महानगरपालिका-४ बाट र शिवरामलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ 

ठगीमा संलग्न दुई जना पक्राउ
२०८२-०२-१५

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं  महानगरपालिका-१५ बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ३४ वर्षीय राम कुमार सापकोटा र काठमाडौं महानगरपालिका-३ बस्ने बाजुरा बुढीनन्दा नगरपालिका-३ घर भएका २८ वर्षीय ओव्जन चदारा रहेका छन् । आफु सिआईडिमा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार र ओव्जनले वैदेशिक रोजगारीको लागि दुबई जान भनि ३० लाख रूपैयाँ ठगीमा परेका व्यक्तिहरूको पैसा उठाई दिन्छु भनि पीडितसँग पटक पटक गरी जम्मा ४ लाख ५० हजार रूपैयाँ नगद तथा ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रूपैयाँको चेक काट्न लगाई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई कीर्तिपुर नगरपालिका-१० ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सिआईबीको डिएसपी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-१५

काठमाडौं, सिआईबीको डिएसपी हुँ भन्दै ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ कमेरोटार बस्ने सूर्यविनायक नगरपालिका-२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  अनिलले आफू सिआईबीको डिएसपी हुँ भनि जबरजस्ती करणीको मुद्दा मिलाई दिन्छु भनि ८ लाख ४० हजार रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ कमेरोटारबाट पक्राउ गरेको हो । उनी उपर ठगी गर्न नहुने सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १ सय ५६ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-०२-१४

महोत्तरी, बर्दिबास नगरपालिका-१ शुभ स्वस्तिक हस्पिटल अगाडिबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५६ किलो ५५ ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-५ घुर्कोली बस्ने ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका-३ बुद्दचोक बस्ने २१ वर्षीय अभिषेक परियार रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.११ च ३४९४ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा स्कारपियोमा लुकाई छिपाई राखेको ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी स्कारपियो चालक लालबाबु र स्कारपियोमा सवार अभिषेकलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०२-१४

झापा, दमक नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय किरण राई र भारत बिहार राज्य पुर्निया नगानिगम पुर्निया सिटी-३४ बस्ने ३६ वर्षीय मनिष कुमार गुप्ता रहेका छन् । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ बस्ने २५ वर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेकोउ छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटिसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित कन्काई नगरपालिका-५ केक्राचोक बस्ने २५ वर्षीय रूपक गडतौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङकीबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ९६४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-९ बस्ने ३८ वर्षीया भुमाया तामाङ र ४५ वर्षीया सन्तमाया तामाङ रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट कलैयातर्फ जाँदै गरेको ना. ५ ख ३६७८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२१ बस्ने २१ वर्षीय कस्मिन सिंह र सोही उपमहानगरपालिका-९ बस्ने २० वर्षीय समिर खान रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१० प ४९३६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-८ बाल्मिकी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ४ सय ३० मिलिग्राम र १ थान डिजिटल तराजु सहित सोही ठाउँ बस्ने २५ वर्षीय सरीफ कवाडियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय १० ट्याब्लेट सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ बस्ने २९ वर्षीय जय कुमार बल (तामाङ) लाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १९९४ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ रत्नराजमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-४ धोबीघाट बस्ने २४ वर्षीय नरेश बिसी र तातोपानी गाउँपालिका-२ डाँङ्गीबाडा बस्ने २८ वर्षीय मन बहादुर खत्री रहेका छन् । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ज ८९८ नम्बरको भ्यानलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी भ्यान चालक मन बहादुर र सहचालक नरेशलाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनबाट नियन्त्रित लागूऔषध ब्रुप्रेनोर्फिन १ सय ६७ एम्पुल, डाईजेपाम १ सय ६८ एम्पुल र फेनारगन १ सय ६६ एम्पुल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वत कुस्मा नगरपालिका-४ बस्ने २६ वर्षीया सीमा दर्जी र सोही नगरपालिका-६ बस्ने २६ वर्षीय आशिष श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-५ मालेपाटनस्थित उनीहरूले सञ्चालन गरेको पसलमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  इलाम, चुलाचुली गाउँपालिका-४ सयपत्री टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ५० मिलिग्राम र नगद ३३ हजार ८ सय ५० रूपैयाँ सहित सोही गाउँपालिका-४ बस्ने २० वर्षीय अन्जन राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले प्र.१-०१-०१३ प ५४८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका-२ घर भएका ३६ वर्षीय एलिया तामाङ र काठमाडौं महानगरपालिका-१६ बस्ने दोलखा बैतेश्वर गाउँपालिका-६ घर भएका ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन् ।  एलियाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र कृष्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले एलियालाई काठमाडौं महानगरपालिका-१ बाट र कृष्णलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०२-१४

रूपन्देही, पाल्पा तानसेन नगरपालिका-१ ठेगाना भएकी ३३ वर्षीया दिपा बस्याल र उनकै छोरीहरू ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ मिलिजुली पथ बस्ने ३५ वर्षीय सुजन कोइरालालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सुजनले पूर्व श्रीमती दीपालाई आफ्नै घरमा बोलाई आपसी विवादको क्रममा धारिलो हतियार र हथौडा प्रहार गरी उनीहरूको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जानकारी प्राप्त इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल र अस्थायी प्रहरी चौकी देवीनगरबाट प्रखटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८२-०२-१४

पर्सा, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरिया नगरपालिका-४ बस्ने १९ वर्षीय रितिक गिरी, २१ वर्षीय राम बिश्वास कुमार राम र १९  वर्षीय कृष्ण महतो नुनिया रहेका छन् ।  पोखरिया नगरपालिका-९ बाट ना.५४ प ३८७७ नम्बरको मोटरसाइकल बिहीबार राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-१४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने दोलखा भिमेश्वर नगरपालका-३ घर भएका ३५ वर्षीय बाबुराम खत्री र काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने उदयपुर कटारी नगरपालिका-५ घर भएकी २५ वर्षीया दीपा ढुंगाना रहेका छन् ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा जेठ ६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका बाबुरामलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ सिफलबाट पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा २०८१ माघ २८ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी दीपालाई काठमाडौ महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरेको हो ।  पक्राउ मध्ये बाबुरामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशला र दीपालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-१४

पर्सा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-६ संठी बस्ने २३ वर्षीय विशाल यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विशालले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कारयालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  इलाम, ४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-१२ शेर्पा गाउँ बस्ने ४७ वर्षीय दावा शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । दावाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी आइतबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दाङ, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१२ नारायणपुर बस्ने २४ वर्षीय एलेक्स बस्नेतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । एलेक्सले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०२-१३

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-५ बनकट्टीबाट नियन्त्रित लागूऔषध स्पास्मो ९६ ट्याब्लेट र नाईट्राभेट ५७ ट्याब्लेट सहित सोही नगरपालिका-९ मुस्लिम टोल डेरा गरी बस्ने रूपन्देही रोहिणी गाउँपालिका-२ घर भएका ४३ वर्षीय राजु मुसलमानलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ लट्टिनाथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश लामा र २५ वर्षीय अमित मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, मायादेवी गाउँपालिका-३ हरहरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-४ सेमरी बस्ने कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भएका २३ वर्षीय प्रेम रावतलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले लु.७७ प ६३२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-९ चिया बगानको नौ घरे टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८८ मिलिग्राम सहित ४ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय भगवान किन्डो उराउ, २४ वर्षीय अजय राई, सोही नगरपालिका-९ सूर्योदय टोल बस्ने २३ वर्षीय रोहित गौतम र सोही नगरपालिका-९ माछा खाडी बस्ने ३१ वर्षीय राजु सुनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले भगवानको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय मनोज पौडेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो  शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईली बस्ने ३५ वर्षीय कमल घिमिरे समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ३० मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले कमलको घरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।  यसैगरी सुर्खेत, भेरीगंगा नगरपालिका-१० छिन्चु तालबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित दाङ राप्ती गाउँपालिका-७ बस्ने २३ वर्षीय अविशेष चौधरीलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ जोख्खर ताल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय लाला चौधरी र ३४ वर्षीय राजु चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   उदयपुर, त्रियुगा नगरपालिका-३ चाप बस्ने ६८ वर्षीय लकु चौधरी र उनकै छोरा ३२ वर्षीय मनोज चौधरीलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ३ सय ग्राम र नगद ६६ हजार रूपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले लकुको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा टोखा नगरपालिका बस्ने खोटाङ वराहपोखरी गाउँपालिका-५ घर भएकी ३४ वर्षीया सम्झना राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  सम्झनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०२-१२

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ५ किलो ९० ग्राम सहित २ जना भारतीय नागरिक आइतबार दिउसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३० वर्षीय MOHAMMAD ASHRAF MUHAMMED र २३ वर्षीय MOHAMMED SAFVAN KAKKATT रहेका छन् । थाइ लायन एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा MOHAMMAD ASHRAF को साथबाट ३ किलो ४ सय ४० ग्राम र MOHAMMED SAFVAN को साथबाट १ किलो ६ सय ५० ग्राम गाँजा जस्तो देखिने वस्तु फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह भत्केको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१५ चन्नवा बस्ने २० वर्षीय राम बहादुर थारूलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  चितवन, राप्ती नगरपालिका-५ मङ्गलटाँडीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६५ ट्याब्लेट र डिभिमिन २ सय ५९ ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय इन्द्र स्याङ्तान र २० वर्षीय सुनिल स्याङ्तान रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय मिलिग्राम सहित धनकुटा सहिदभूमी गाउँपालिका-२ बस्ने ३४ वर्षीय रमन राईलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-९ रामपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय सबिन भन्ने कम्लेस बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, भेरीगंगा नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके नेपालगंज उपमहानगरपालिका-४ बस्ने २३ वर्षीय कृष्ण बहादुर पुन र २४ वर्षीय दिनेश बडुवाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरीले सुर्खेतबाट नेपालगंजतर्फ जाँदै गरेको भे.११ प ९६२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-८ तीनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा, धनकुटा नगरपालिका-१ बस्ने २६ वर्षीय दिपक राई र तेह्रथुम छथर गाउँपालिका-५ बस्ने २८ वर्षीय आशिष लिम्बु रहेका छन् । अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले इटहरीबाट धरानतर्फ आउँदै गरेको को.२४ प ६५२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाटभिया र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-३ घर भएका ५८ वर्षीय शन्त कुमार चेम्जोङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ बस्ने बारा कोल्हवी नगरपालिका-२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् ।  पक्राउ मध्ये शन्त कुमारले लाटभिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र विष्णुराजले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शन्त कुमारलाई काठमाडौं महानगरपालिका-११ बाट आइतबार र विष्णुराजलाई काठमाडौं महानगरपालिका-११ बाट शुक्रबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०२-१२

संखुवासभा, १६ र १७ वर्षीया २ जना बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा चिचिला गाउँपालिका-२ बस्ने ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका-३ बस्ने २८ वर्षीय प्रकाश राई रहेका छन् । उनीहरूले ती बालिकाहरूलाई बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई खाँदबारी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत संखुवासभाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०२-११

 काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत टोखा नगरपालिका, सामुदायिक सेवा केन्द्र गोंगबु र सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुको संयुक्त आयोजना तथा नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको सहकार्यमा सौगात पार्टी प्यालेसमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध नियन्त्रण तथा न्यूनीकरण गर्न जनचेतनाको ठुलो महत्व रहेको चर्चा गर्दै लागूऔषध रहित समाज निर्माण गर्न प्रहरी, स्थानीय निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायहरूले समन्वय, सहकार्य तथा दायित्व बोध गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले दुर्व्यसनमुक्त टोखा नगरपालिका बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साउथ वेस्ट्रन स्टेट कलेजका प्रमुख डा. राजेन्द्र केसी, शिक्षाविद् डा. विद्यानाथ कोईराला, नेपाल औषधी व्यवसायी संघ काठमाडौंका जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र टोखा नगरपालिकाका बाल अधिकार समितिका सदस्य डा. कृष्ण सुबेदीले लगायतका महानुभावहरूले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुतीकरण गरिएको उक्त कार्यक्रममा लागूऔषध दुर्वयसन रहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।   कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक तथा संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, यातायात व्यवसायीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०२-११

बारा, फेटा गाउँपालिका-५ जोतपुरबाट अवैध लागूऔषध गाँजा ३ किलो ३ सय ५० ग्राम सहित भारत मोतिहारी ग्राम ईनर्वा बस्ने ४८ वर्षीय सलिम मियालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा बि गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने  ६६ वर्षीय मोती राना र ३७ वर्षीय चैना राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले से.२ प २०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम २ सय ३० मिलिग्राम सहित भारत लखिमपुर खिरी गोला घर भई पलिया बस्ने २४ वर्षीय अबनिस कुमारलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर सहित आर्मेनियाका नागरिक पक्राउ
२०८२-०२-११

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २० हजार सहित आर्मेनियाका नागरिक ४० वर्षीय USHAKOV ANDRII लाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट स्तानबुल जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ
२०८२-०२-११

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको चर्चा गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य उमेर हदका कारण जेठ १० गतेबाट सेवा निवृत्त हुनु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०२-११

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा गत जेठ ६ गते बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा हुनुभएका प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई नीति निर्माण समिति बैठकको निर्णयले विशेष बढुवा प्रदान गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।  प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी संगठनको श्रीवृद्धिको लागि गरेको कार्यको उच्च प्रशंसा गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने चर्चा गर्दै आगामी दिनमा थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।   नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८:५६ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारा सहितको ब्यानर फहराउन सफल हुनुभएको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०२-११

सुनसरी, धरान उपमहानगरपालिका-१५ देवी गाउँबाट अवैध लागूऔषध गाँजा करिब ८२ किलोग्राम सहित धनकुटा चौबिसे बस्ने २० वर्षीय अर्जुन लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्र.१-०२-०४४ प ४३२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक लिम्बुलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका वडा नम्बर ८ र ११ बाट नियन्त्रित लागूऔषध सहित ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ बस्ने १८ वर्षीय किशोर, धरान उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय अनिल लिम्बु, १८ वर्षीय किशोर, धरान उपमहानगरपालिका-१७ बस्ने २२ वर्षीय राज कुमार राई, २८ वर्षीय अनिल मगर र सोही उपमहानगरपालिका-१९ बस्ने १८ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रित लागूऔषध ट्रामोल ७ सय ९५ क्याप्सुल र कोलिवान ७ सय ८५ पिस सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ फलफुल चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३६ एम्पुल, बुप्रेनोर्फिन ३६ एम्पुल, प्रोमेथाजाइन ३६ एम्पुल र ५ पिस सिरिन्ज सहित बर्दघाट नगरपालिका-४ मर्चाघोला बस्ने ३३ वर्षीय छेवाङ लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थान गैरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय रोहित बिशुंखेलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-३ बेलडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-३ बेलडागी बस्ने ४० वर्षीय सन्बिर तामाङ र १९ वर्षीय रोमन गुरूङ रहेका छन् । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित धनकुटा नगरपालिका-१ हिले बस्ने ३९ वर्षीय दिनेश तामाङ समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले हिलेबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४५७५ नम्बरको ईभि गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक तामाङ समेत २ जनालाई पक्राउ गरेको हो ।   रूपन्देही, बुटवल उपमहानगरपलिका-७ दीपनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-७ घर भएका २३ वर्षीय महेश बस्नेतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-११

उदयपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटारी नगरपालिका-४ गबुवा बस्ने २५ वर्षीय सुजन भन्ने राज कुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नबिन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई सोही ठाउँस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोशीपुर गाउँपालिका-५ सिमराना बस्ने ७० वर्षीय लोक बहादुर बिष्टलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिष्टले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट प्रतिखेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ८ सय ९० किलो गाँजा सहित एक जना पक्राउ
२०८२-०२-१०

धनकुटा, साँगुरीगढी गाउँपालिका-५ ओख्रेबाट अवैध लागूऔषध गाँजा ८ सय ९० किलोग्राम र मोबाइल ४ थान सहित सोही गाउँपालिका-२ बुढीमोरङ बस्ने १८ वर्षीय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले बुढीमोरङबाट मोरङको केराबारीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५२३८ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा २९ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी पिकअपमा सवार उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार पिकअप चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८२-०२-१०

सिराहा, लहान नगरपालिका-१ स्थित सुप्रिम होटलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ९ एम्पुल, फेनारगन १० एम्पुल, बुप्रेनोर्फिन १० एम्पुल, सिरिन्ज ३ थान र मोबाइल १ थान सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटल संचालक लहान नगरपालिका-१ बस्ने २९ वर्षीय भरत थापा र धनगढीमाई नगरपालिका-१ बस्ने २५ वर्षीय सुमन विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-८ शिमानगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम र मोबाइल १ थान सहित बाँसगढी नगरपालिका-४ बस्ने २४ वर्षीय दिपक थारूलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ९ सय ९० ट्याब्लेट र मोबाइल २ थान सहित भारत बिहार राज्य मोतिहारी थाना ढोका फुलवारीया टोल बस्ने ३० वर्षीय महमद रियाज अंसारीलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश.०६-००१ज ०४०७ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित जानकी गाउँपालिका-५ बस्ने ३६ वर्षीय जिब्रिल बागवानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.१२ प ५९३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-२ विकाशनगर बस्ने ३५ वर्षीय सोनु शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम र मोबाइल १ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । सर्लाही, पर्सा गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित लालबन्दी नगरपालिका-१६ परवानीपुर बस्ने १९ वर्षीय दिपेश वाईबा समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पर्सा र अस्थायी प्रहरी पोष्ट नोकेल्वा पिपराबाट खटिएको प्रहरीले लालबन्दीबाट पर्सातर्फ आउँदै गरेको प्रदेश.२-०२-००३ प ५३९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडा बस्ने ६८ वर्षीय राम बहादुर बुलनलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, उर्लाबारी नगरपालिका-१ सिसौलीबाट अवैध लागूऔषध गाँजा ३८ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५८ वर्षीय अशोक माझी र १९ वर्षीय अभिषेक कुँवर रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले अशोकको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-५ तीनपैनी बस्ने २३ वर्षीय सचिन घिमिरे समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम, नगद ३९ हजार रूपैयाँ र मोबाइल ३ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले सचिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-५ बस्ने २१ वर्षीय सरोज कार्की र भोजपुर हतुवागडी गाउँपालिका-६ बस्ने २० वर्षीय संतोष संकर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, चौबिसे गाउँपालिका-१ ढिस्कोबाट नियन्त्रित लागूऔषध डाइसे ९ सय ट्याब्लेट र ट्रेसडोल ९ सय ट्याब्लेट सहित पाँचथर मिक्लाजुङ गाउँपालिका-८ बुधबारे बस्ने २८ वर्षीय मौषम लिम्बुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले प्र.१-०१-०१५ प ३१४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-७ बाट अवैध लागूऔषध गाँजा करिब ७ सय ग्राम सहित सोही नगरपालिका-६ जमुनापुर बस्ने ३८ वर्षीय प्रकाश केसीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले ना.५१ प ८६५६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-१० खयरडाँगीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मोहन चौधरी र सोही नगरपालिका-१५ बस्ने ३४ वर्षीय डिपलेस मेचे रहेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले मे.९ प ३९४९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ स्थित बजारबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन २८ एम्पुल, बुप्रेनोर्फिन २७ एम्पुल र सिरिन्ज ३ थान सहित सोही ठाउँ बस्ने २८ वर्षीय अनुप सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-१० दैजी बस्ने महेश जोशीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-२ मेउडीहवा चोक बस्ने ५२ वर्षीय राम केवटलाई अवैध लागूऔषध गाँजा करिब १ सय २ ग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेउडीहवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । डडेल्धुरा, अमरगढी नगरपालिका-२ चालिसे मोडबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ ग्राम १४ मिलिग्राम सहित बैतडी पाटन नगरपालिका-६ बस्ने २० वर्षीय जगदिश बोहरा समेत २ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८२-०२-१०

भक्तपुर, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा मध्यपुर थिमी नगरपालिका-८ बस्ने २७ वर्षीय गुर्जु भन्ने निरोज बज्राचार्यलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका-४ गाम्चास्थित सडकबाट उनलाई बागमती प्रदेश ०२-०२० प ३९५५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त मोटरसाइकल काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट जेठ २ गते दिउसो चोरी भएको खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-१०

झापा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका-५ बस्ने २१ वर्षीय शंकर राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । शंकरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई कन्काई नगरपालिका-८ लक्ष्मीपुरबाट पक्राउ गरेको हो । इलाम, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-४ छयारछयारे बस्ने ३२ वर्षीय गोबिन्द बिष्टलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । गोबिन्दले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०२-०९

धनुषा, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रमबीच मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ धनुषामा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालय र गृह, संचार तथा कानून मन्त्रालय मधेश प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लेखकले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र देखिएका समस्या एवम् चुनौतिलाई समाधान गर्न यस गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि सम्भव हुने उल्लेख गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन सबै सुरक्षा निकायहरूले विशेष ध्यान दिई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधका घटनाहरूलाई नियन्त्रण गर्न सबै सरोकारवाला निकायहरू सक्रिय भएर अगाडि बढ्नुपर्ने बताउँदै सीमा क्षेत्रमा हुने चोरी निकासी पैठारी एवम् सीमावर्ती अपराधहरू नियन्त्रणमा थप सचेत भई काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने बताउँदै विपद्‍ व्यवस्थापनका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्री राज कुमार लेखी, मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले खुला सीमाना भएको यस प्रदेशमा सीमा अपराध, तस्करी, लागूऔषध दुर्व्यसन तथा ओसारपसार, सवारी दुर्घटना र साईबर अपराध मुख्य चुनौतिको रूपमा रहेको उल्लेख गर्दै उपलब्ध स्रोत साधन, जनशक्ति तथा प्रविधिको अधिकतम प्रयोग गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न, अपराध नियन्त्रण एवम् अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न आवश्यक रणनीति तयार गरी सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय एवम् सहकार्य गरी अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी नागरिक केन्द्रित सेवा प्रवाहमा थप सक्रिय भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्रालयका सचिव विमल प्रसाद बराल लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेश प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

अमेरिका र कुवेत पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाडौं महानगरपालिका-९ बस्ने सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ घर भएका २७ वर्षीय प्रविन कुमार मण्डल रहेका छन् । पक्राउ मध्ये शक्तिले अमेरिका पठाइदिछु भन्दै १ जना पीडितबाट ५५ लाख रूपैयाँ र प्रविनले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट र प्रविनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०२-०९

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत चन्द्रागिरी नगरपालिकासँगको संयुक्त आयोजना एवम् नेपाल औषधी व्यवसायी संघ काठमाडौंको सहकार्यमा ग्रीनल्याण्ड बैंक्वेट थानकोटमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सुरक्षित उपत्यका बनाउन विभिन्न कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान संचालनमा ल्याइएको बताउनुभयो । लागूऔषधको बढ्दो प्रयोगले समाजमा आपराधिक  क्रियाकलापमा वृद्धि भएको उल्लेख गर्दै यस्ता आपराधिक क्रियाकलाप रोक्न नागरिक स्वयम सचेत हुनुपर्नेमा जोड दिनुभयो ।   कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजधानीको प्रमुख नाकाको रूपमा रहेको नागढुङ्गा नाका लागूपदार्थको ओसारपसारमा बढी प्रयोगमा रहेको उल्लेख गर्दै लागूऔषध ओसारपसार, दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले प्रहरीसँग थप संवेदनशील भई सहकार्य र समन्वय गर्ने बताउनुभयो । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उप-प्रमुख बसन्ती श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, नेपाल औषधी व्यवसायी संघ काठमाडौंका जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र कलाकार दिपक राज गिरीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।   काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुत गरिएको उक्त कार्यक्रममा लागूऔषध दुर्व्यसनरहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।    कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८२-०२-०९

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक थापाले आर्थिक वर्ष २०८१/०८२ को १० महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो ।सो क्रममा उहाँले मानवस्रोत विकास तथा स्रोतसाधन व्यवस्थापनतर्फ प्रहरीको इकाईगत संख्या, अस्थायी प्रहरी पोष्टमा कार्यरत एवम् नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गर्नुभयो । यसैगरी उक्त अवधिमा अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषणतर्फ कर्तव्य ज्यान, आत्महत्या, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बैंकिङ कसूर, लागूऔषध लगायतमा अपराध दर्ता संख्याको प्रदेशगत तुलनात्मक विवरण, साइबर अपराध, फैसला कार्यान्वयन, मानव बेचबिखन, बालबालिका खोजतलास सन्बन्धी तथ्याङ्क र घरेलु हिंसा सम्बन्धी तथ्याङ्क समेत उहाँले विश्लेषण गर्नुभयो ।प्रहरी वरिष्ठ उपरीक्षक थापाले अन्तर्राष्ट्रिय समन्वयतर्फ एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण बारे जानकारी दिनुभयो । यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारवाही सम्बन्धी विवरण, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, नेपाल प्रहरी तथा अन्य निकायसँग भएका सम्मझदारीहरू, हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा समेत उहाँले उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक थापाले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै जनचेतना, प्रहरीको सक्रियता तथा प्रहरी प्रतिको विश्वासमा अपराधको उजुरी दिने क्रम बढेको तथ्याङ्कले देखाएको बताउनुभयो । व्यवसायिकतालाई प्रवर्धन गर्ने उद्देश्य अनुरूप उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न नेपाल प्रहरी संगठन संवेदनशील रहेको उहाँले उल्लेख गर्नुभयो । संगठित अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उल्लेख गर्दै कुनै पनि व्यक्ति प्रहरी कार्यालयमा जाँदा उनीहरूको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर प्रहरी सेवा प्रवाह हुने एवम् पीडितलाई न्याय दिलाई पीडकलाई कारवाहीको दायरामा ल्याउन प्रहरी थप संवेदनशील रहेको उहाँले बताउनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक थापाले संगठनको हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझावप्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताउनुभयो ।   विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

हनि ट्रयापमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-०२-०९

काठमाडौं, हनि ट्रयापमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-५ कालोपुल बस्ने कैलाली गोदावरी नगरपालिका-१० दमौरा घर भएकी ३४ वर्षीया ममता तामाङ र काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने भक्तपुर, भक्तपुर नगरपालिका-१७ सल्लाघारी घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन् ।  आपराधिक लाभ लिने उद्देश्यले सामाजिक संजाल फेसबुक मार्फत कुराकानी गरी ठमेलस्थित एक होटलमा बोलाई खाजा तथा मादक पदार्थ सेवन गरी/गराई अचेत अवस्थामा पीडितको अश्लिल फोटो तथा भिडियो बनाई फेसबुक मेसेन्जरमा उक्त फोटो तथा भिडियोको स्क्रिनसर्ट पठाई काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ भनि विभिन्न किसिमका डर, धाक धम्कीहरू देखाई रकम माग गरी ५ लाखको चेक काट्न बाध्य पारी उक्त चेक लिई गएको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-११ हनुमानस्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ५ लाखको चेक १ थान र मोबाइल २ थान समेत बरामद गरेको छ ।  उनीहरूलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८२-०२-०९

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-१ गागलफेदी सातघट्टेबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-६ नयाँबस्ती बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ घर भएका ३३ वर्षीय बिजय बानिया, काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ घर भएका १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका-६ तीनचुली बस्ने २७ वर्षीय सन्जिब पुरी रहेका छन् । प्रहरी बिट गागलफेदीबाट खटिएको प्रहरीले प्र.३-०२-०२१ प ६११८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१२ टेकुस्थित ब्रम्हटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६७ ट्याब्लेट, मोबाइल ७ थान र नगद १९ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ बस्ने सिन्धुली घर भएका २४ वर्षीय सागर श्रेष्ठ, काठमाडौं टेकु बस्ने काभ्रे भएका २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट घर भएका २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ घर भएका २५ वर्षीय बिजय आलेमगर रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । रूपन्देही, मायादेवी गाउँपालिका-३ गुण्डाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित ४ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ बस्ने २५ वर्षीय अक्तर हुसेन, २२ वर्षीय रियाज अन्सारी, २२ वर्षीय विपिन मिश्रा र ओमसतिया गाउँपालिका-३ बस्ने २८ वर्षीय सन्तोष कुमार वानिया रहेका छन् । इलाका प्रहरी कार्यालय बेथरी र अस्थायी प्रहरी चौकी रमवापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेको लु.१४ प २९७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बुद्बचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बसपार्क बस्ने २२ वर्षीय सलाउदिन नाउ र मायादेवी गाउँपालिका-५ बस्ने २५ वर्षीय महेश चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले सलाउदिनलाई १ ग्राम १ सय ३० मिलिग्राम र महेशलाई ६ सय ६० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ मुलपानी चोक बस्ने ४१ वर्षीया ब्यउरी नाथ योगीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८८ ग्राम १ सय ४० मिलिग्राम सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाङगेसिमलबाट खटिएको प्रहरीले उनको नास्ता पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २२ वर्षीय निखिल रमतेल समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ सुकुम्बासीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-४ बस्ने २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरिया रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  स्याङ्जा, वालिङ नगरपालिका-१० भकुण्डेबाट नियन्त्रित लागूऔषध डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र आईपिपिएल ७ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-२७ लेखनाथ बस्ने २६ वर्षीय अजित परियारलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा.२ ख १५९२ नम्बरको हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २९ ट्याब्लेट र स्टागन १ सय २९ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ थकलटार बस्ने २१ वर्षीय सन्त लामा र सोही नगपालिका-५ चौकी डाँडा बस्ने २० वर्षीय सुनिल दराई रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित कैलारी गाउँपालिका-३ बस्ने ३२ वर्षीय लक्ष्मण चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय राजेश रानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ राटोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ७ सय ग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ भोर्ले बस्ने २२ वर्षीय भक्त बहादुर घलान र भीमफेदी गाउँपालिका-८ बस्ने २१ वर्षीय सरोज स्याङ्तान रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख ७४७५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित दाङ घोराही उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय रबिन पुन मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेको रा.७ प ६०६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल र गोली सहित दुई जना पक्राउ
२०८२-०२-०८

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका-७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०२-०८

उदयपुर, त्रियुगा नगरपालिका-९ गैरून बस्ने ४१ वर्षीया शिव माया लुङ्गेली मगरलाई अवैध लागूऔषध गाँजा २ किलो ८ सय १० ग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५१ किलोग्राम सहित सहिदभूमि गाउँपालिका-७ बस्ने २६ वर्षीया लक्ष्मी राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले तेह्रथुमबाट ईटहरीतर्फ जाँदै गरेको प्र.१-०२-००१ ज ४४८० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले गाडी चालकलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको  छ ।   झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-७ इँटाभट्टा बस्ने २५ वर्षीय घनश्याम माझीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, भगवानपुर गाउँपालिका-१ कल्याणपुरबाट अवैध लागूऔषध गाँजा करिब ३० किलो ९ सय ५५ ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ परोल बस्ने ४२ वर्षीय काशिन्दर राम र ५० वर्षीय अशेश्वर राम रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय महेशवारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्वोच्च शिखर सगरमाथाको सफल आरोही कुन्जाङ छोपेल शेर्पालाई विशेष बढुवा
२०८२-०२-०८

काठमाडौं, विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरिएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई विशेष बढुवा प्रदान गरी प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको थियो । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८:५६ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराउन सफल हुनुभएको थियो । 

सर्वोच्च शिखर सगरमाथाको सफल आरोही कुन्जाङ छोपेल शेर्पालाई स्वागत
२०८२-०२-०८

काठमाडौं, विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुधबार एक कार्यक्रमबीच प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक स्वागत गर्नुभयो । सो अवसरमा उहाँले दोसल्ला ओढाई सम्मान समेत गर्नुभयो ।   कार्यक्रममा प्रहरी नायव निरीक्षक शेर्पालाई प्रहरी अधिकृत एवम् जवानहरू, परिवार तथा आफन्तजन लगायतले समेत हार्दिक स्वागत तथा सम्मान गर्नुभएको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०२-०८

  काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो ४ सय ८० ग्राम सहित भारतीय नागरिक २३ वर्षीय SREENISH KALLEKKALATHIL बुधबार राति पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ फूलबारी टोल बस्ने २३ वर्षीय रोहन सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट लाटीकोईली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।रूपन्देही, बुटवल उपमहानगरपालिका-११ नहरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कपिलवस्तु यसोधरा गाउँपालिका-१बस्ने २९ वर्षीय विवेक चौधरी र कृष्णनगर नगरपालिका-९ बस्ने २० वर्षीय विपेन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बुद्बनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बुद्बनगर बस्ने २४ वर्षीय बिस्सु थापा र सोही उपमहानगरपालिका-७ शिवनगर बस्ने २४ वर्षीय सन्दिप सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१० भुजेला बस्ने २४ वर्षीय राजेन्द्र सिह टमटालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित सहिदभूमि गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजेश राईलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले भोजपुरबाट धरानतर्फ जाँदै गरेको को.१ ज ३१६२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीको छतमा राखिएको जेब्रा झोलाबाट उक्त गाँजा फेला पारी बोलेरो चालक राजेशलाई पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित कोहलपुर नगरपालिका-३ बस्ने २७ वर्षीय नारायण विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.१० प ४७१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-६ शिवगंज बस्ने परमानन्द साहलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिवगंज र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ धिमाल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित मेचीनगर नगरपालिका-७ बस्ने २३ वर्षय अजय राजबंशीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने २० वर्षीय पुरण थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.६ प ५७७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-३ तमौलीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम कमलबजार नगरपालिका-५ कुईका बस्ने २३ वर्षीय दिक्षित तिमिल्सिना, बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २५ वर्षीय दिपक सिजाली मगर र २४ वर्षीय महेश राम घिमिरे रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१२ प ६६६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, सुन्दरहरैंचा नगरपालिका-३ क्याप्टेन कित्ता प्लटिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेट र स्पास्मो ३ सय ८० ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-२ बस्ने १९ वर्षीय आयुष राई र १९ वर्षीय शिवम उराव रहेका छन् । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले प्र.१-०२-०४८ प ७१०५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०२-०८

काठमाडौं, वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४  जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-४ बस्ने तनहुँ भानु नगरपालिका-८ घर भएका ४३ वर्षीय बिकास गुरूङ, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३६ वर्षीया रन्जना अधिकारी, काठमाडौं महानगरपालिका-३१ बस्ने ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका-१ घर भएका ४० वर्षीय यादव प्रसाद घिमिरे र काठमाडौं महानगरपालिका-२ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-३ घर भएका ५२ वर्षीय लोकजन खड्का रहेका छन् । पक्राउ मध्ये बिकासले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ, रन्जनाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, यादव प्रसादले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ र लोकजनले थाईल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिकासलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार, रन्जनालाई काठमाडौं महानगरपालिका-१ बाट मंगलबार, यादव प्रसादलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार र लोकजनलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

राजश्व छली चोरी पैठारी गरी ल्याएका सामाग्री सहित ८ जना पक्राउ
२०८२-०२-०८

काठमाडौं, राजश्व छली चोरी पैठारी गरी ल्याएका विभिन्न सामाग्री सहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ च:मती बस्ने झापा गौरीगंज गाउँपालिका-१ देवीघाडा घर भएका २७ वर्षीय रोशन कुमार महतो, महोत्तरी भटिहानी नगरपालिका-६ घर भएका २१ वर्षीय सिकेन्दर रजा, ललितपुर महालक्ष्मी नगरपालिका-४ हात्तीवन बस्ने भारत चेन्नई घर भएका ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, ३० वर्षीय दिपक शेकर, ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, ४० वर्षीय सत्यनारायण कृष्णमुर्थी, भारत नयाँदिल्ली बस्ने ३१ वर्षीय मोहम्द रेहान र २४ वर्षीय रौनक ठाकुर रहेका छन् । काठमाडौं च:मती एरियामा सिकन्दर रजा समेतका व्यक्तिहरूले विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौं ल्याई विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जा सहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद १ लाख ८ हजार ५ सय रूपैयाँ, मोबाइलको डिस्प्ले ५ सय ८० थान, रेडमी कम्पनीको ट्याब १ थान, म्याकबुक १ थान, ल्यापटप १ थान, चार्जर १ हजार ४ सय थान, विभिन्न कम्पनीका मोबाइलका बट्टाहरूमा रहेको विद्युतिय उपकरण (फ्लेक्स) ८ सय थान, मोबाइलमा प्रयोग हुने ब्याट्री १ हजार १ सय ५० थान, मोबाइल ८ थान लगायतका सामाग्रीहरू बरामद भएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

हेभी ईक्युप्मेन्ट ड्राईभिङ तालिम सूरू
२०८२-०२-०७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा हेभी ईक्युप्मेन्ट ड्राइभिङ पाँचौ समूहको तालिम सुरू भएको छ । सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‌घाटन  गर्नुभयो । सो अवसरमा उहाँले हेभी ईक्युप्मेन्ट चलाउन, सामान्य मर्मत संभार गर्न, हेभी ईक्युप्मेन्ट चलाउँदा ध्यान दिनुपर्ने कुराहरूको बारेमा ज्ञान हासिल गर्ने लगायत सोसँग सम्बन्धित समस्याहरूलाई सरल एवम् सहज रूपमा समाधान गर्न योग्य र दक्ष हेभी ईक्युप्मेन्ट चालकको रूपमा जनशक्ति विकास गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २ जना गरी जम्मा १६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ
२०८२-०२-०७

भक्तपुर, स्कुटर चोरीमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ बस्ने ओखलढुङ्गा घर भएका १९ वर्षीय अबिन श्रेष्ठ, सोही नगरपालिका-९ बस्ने मकवानपुर घर भएका १९ वर्षीय पेम्बा मोक्तान, सोही नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक घर भएका १९ वर्षीय आयुष गोले तथा अन्य ६ जना १८ वर्षीय किशोरहरू रहेका छन् । भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बाट बा.५७ प ९९५७ नम्बरको स्कुटर शुक्रबार र सोही नगरपालिका-८ बोडेबाट बा.७७ प ३३५९ नम्बरको स्कुटर आइतबार चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई मध्यपुर थिमी नगरपालिका-९ बाट चोरी भएको स्कुटरहरू सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०२-०७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ बस्ने २२ वर्षीय दोर्जे थिङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३१४२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको   हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-७ बस्ने ४० वर्षीय रामकृष्ण प्रजालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ आउँदै गरेको बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-३ कामाटोली गोपीचोक बस्ने ५१ वर्षीया देखन राजबंशी माझीलाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । लमजुङ, सुन्दरबजार नगरपालिका-८ बलीथुम बस्ने २४ वर्षीय बिशाल परियारलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट, फेनारगन १० एम्पुल, सिरिज्याक १० एम्पुल र आईपिपिएल १० एम्पुल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०२-०७

काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ४० एम्पुल, मोबाइल ७ थान र नगद २३ हजार २ सय रूपैयाँ सहित काठमाडौं बल्खु डेरा गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१ घर भएका २१ वर्षीय सन्जोक लिम्बु समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले लिम्बुको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-९ कर्मैनीस्थित धर्मशालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४८ वर्षीय सुरेन्द्र प्रसाद हरिजनलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी र प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ३७ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट गाउँपालिका-१ खलङ्गा बस्ने २४ वर्षीय नबिन नेपाली र रूकुम पूर्व सिस्ने गाउँपालिका-५ कमलदह बस्ने १९ वर्षीय शिसिर गौतम रहेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ बाराकुण्डा बस्ने २२ वर्षीय लाल सिंह कार्कीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ सत्यनारायण चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय धिरन विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी विट लाटिकोइलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-७ बस्ने ३२ वर्षीय जित प्रसाद सापकोटालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १० मिलिग्राम सहित महोत्तरी बर्दिबास नगरपालिका-४ बस्ने २२ वर्षीय रबिन विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-७ त्रिवेणी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पासपेन १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाँउ बस्ने २५ वर्षीय अभिषेक लिम्बु र सोही नगरपालिका-७ जिरोप्वाईन्ट बस्ने १९ वर्षीय सागर सहनी रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अभिषेकको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-५ हरिपुर टोल बस्ने ३६ वर्षीय शम्भु प्रसाद सुमनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उनकै घर अगाडि हिडिरहेको अवस्थामा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-२ बालुवाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५० मिलिग्राम र नगद ४३ हजार ८० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीय चन्दन राजबंशी र २५ वर्षीय सुनिल राजबंशी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।   चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, नुर्फिन ७ एम्पुल, फेनारगन ५ एम्पुल, एनारगन ३ एम्पुल, ट्रामाडोल २ ट्याब्लेट र नगद १ लाख ९ हजार रूपैयाँ सहित सोही महानगरपालिका-१६ मंगलपुर बस्ने ३० वर्षीय सुनिल सुनारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, माछापुच्छ्रे गाउँपालिका-८ घट्टेखोलाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ४६ एम्पुल, डाइजेपाम ४१ एम्पुल र फेनारगन ४६ एम्पुल सहित सोही गाउँपालिका-८ धम्पुस बस्ने ४२ वर्षीय युवराज गुरूङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय समिर बेहेना र ३१ वर्षीय जुमाई सिद्दिकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय कबिर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८२-०२-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका-७ घर भएका ३२ वर्षीय रमेश कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।   रमेशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-०७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने धनुषा घर भएका ४० वर्षीय विपलव कुमार कर्ण र काठमाडौं महानगरपालिका-३१ बस्ने रामेछाप घर भएका २७ वर्षीय सुजन घिसिङ तामाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका विपलवलाई ललितपुर इमाडोलबाट र सोही मुद्दामा फरार रहेका सुजनलाई काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ मध्ये विपलवलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने सुजनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको प्रहरी वृत्त महाराजगंज पठाइएको छ । 

ठगीमा संलग्न व्यक्ति पक्राउ
२०८२-०२-०७

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका संचालक काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले जर्मनीमा हुन लागेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूको लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङ समेत गरी दिन्छु भनि नक्कली कागजातहरू बनाई ४ लाख ३० हजार रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८२-०२-०६

झापा, मोटरसाइकल र अटो टेम्पो चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-३ घर भई कन्काई नगरपालिका-६ बुद्धचोक बस्ने २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय  कुमार राजवंशी र बिर्तमोड नगरपालिका-७ बस्ने २७ वर्षीय जागिर आलम रहेका छन् ।झापा जिल्लाको विभिन्न स्थानमा मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई चोरीका ४ वटा मोटरसाइकल र एउटा अटो टेम्पो सहित पक्राउ गरेको हो । उनीहरूले बिर्तामोड एरियाका विभिन्न स्थानहरूबाट मे.८ प २११६ नम्बर, प्रदेश १-०१-०१५ प ९२४२ नम्बर, मे.९ प ३६१८ नम्बर र प्रदेश ३-०२-००९ प ५१२७  नम्बरको मोटरसाइकल तथा मे.१ ह ४८९६ नम्बरको अटो टेम्पो चोरी गरी वास्तविक नम्बर प्लेट परिवर्तन गरेर चलाउँदै आएको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

हत्यामा संलग्न पाँच जना पक्राउ
२०८२-०२-०६

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-१ बस्ने रामेछाप सुनापति गाउँपालिका-४ घर भएका २९ वर्षीय प्रविण तामाङ, गोकर्णेश्वर नगरपालिका-२ बस्ने सर्लाही बागमती गाउँपालिका-३ घर भएका २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक वाईवा तामाङ, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-६ घर भएका २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका-७ घर भएका २८ वर्षीय अनुराग तामाङ रहेका छन् । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

सुन जस्तो देखिने धातु सहित पक्राउ
२०८२-०२-०६

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थान सहित कास्की पोखरा महानगरपालिका-११ राधाकृष्णटोल घर भएका ४८ वर्षीय दिपक केसीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । हिमालय एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका दिपकलाई जाँच गर्ने क्रममा उक्त धातु, ल्याप्टप १ थान र मोबाइल ५ थान सहित फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

करिब २ सय २३ किलो गाँजा सहित सर्लाही र बाँकेबाट चार जना पक्राउ
२०८२-०२-०६

सर्लाही, लालबन्दी नगरपालिका-१४ स्थित डाइनी खोलाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ सय १२ किलोग्राम सहित सोही नगरपालिका-१४ बस्ने ४२ वर्षीय सोम बहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले डाइनी खोलामा रोकी राखेको बिआर ३२ एएन ०८१७ नम्बरको स्कारपियो र लु.३३ प ३८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा प्रहरी टोलीलाई देख्नासाथ ३ जना फरार भएको र सोम बहादुरलाई नियन्त्रणमा लिई स्कारपियो तलासी गर्दा डिकी भित्र प्लाष्टिकमा प्याकिङ्ग गरी राखेको २१ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । बाँके, डुडुवा गाउँपालिका-४ लालापुर्वाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित नेपालगंज उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय दिपेश चौरासिया समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०२-०६

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो ६ सय ४० ग्राम सहित भारतीय नागरिक ४२ वर्षीय रामु यादव सोमबार राति पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ खजहना चिल्ड्रेनपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २० वर्षीय राहुल हरिजनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय प्रताप सिंह मोक्तानलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.६३ प २५६१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-११ बस्ने ३४ वर्षीय चन्द्र बहादुर गन्धर्व र २७ वर्षीय सौरभ टमटा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट, नाइट्राभेट ७० ट्याब्लेट र मोबाइल १ थान सहित जुम्ला चन्दननाथ नगरपालिका-१० बस्ने २१ वर्षीय आशिष न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-२ डिगियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र थारूलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटुवा नौवस्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनुषा, मिथिला नगरपालिका-६ ढल्केबर बस्ने ६८ वर्षीय खिचडी बाबा भन्ने राम कुमार महतोलाई अवैध लागूऔषध गाँजा करिब २७ किलोग्राम, चरेश ३ सय ग्राम, २८ हजार ५ सय नेपाली रूपैयाँ, ११ हजार १ सय भारतीय रूपैयाँ र तराजु २ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध लुपिजेसिक १५ एम्पुल, एभिल १५ एम्पुल, डाइजेपाम १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ३८ वर्षीय जिबन राई र सोही उपमहानगरपालिका-५ बस्ने ४२ वर्षीय अर्जुन तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित  धनकुटा चौबिसे गाउँपालिका-३ बस्ने ४५ वर्षीय गजेन्द्र कुमार याखालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को.३७ प ८०२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सर्लाही, पर्सा गाउँपालिका-६ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ३० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्रह्मपुरी गाउँपालिका-६ बस्ने १९ वर्षीय रबि कुमार यादव र २२ वर्षीय राहुल कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३०-७०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १ सय ७२ किलो गाँजाको दाना सहित दुई जना पक्राउ
२०८२-०२-०५

मकवानपुर, भीमफेदी गाउँपालिका-१ खोप्लाङखोलाबाट अवैध लागूऔषध गाँजाको दाना करिब १ सय ७२ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-८ सिमपानी बस्ने २५ वर्षीय प्रदिप मोक्तान र मकवानपुरगढी गाउँपालिका-५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाल रहेका छन् । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३ च ३४९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा ४ वटा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजाको दाना फेला पारी कार चालक प्रदिप र कारमा सवार समुद्रलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण
२०८२-०२-०५

काठमाडौं, नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८:५६ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छिन् । उक्त अवसरमा आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराउन सफल भएकी छिन् ।  प्रहरी महानिरीक्षक दिपक थापाबाट २०८१ चैत २५ गते आवश्यक निर्देशन तथा शुभकामना सहित उक्त झण्डाहरु हस्तान्तरण गरी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पासहितको आरोहण दल २०८१ चैत २८ गते काठमाडौंबाट प्रस्थान गरेको थियो । यस अघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०:१५ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए ।  वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए । नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्‍वास नेपाल प्रहरीले लिएको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८२-०२-०५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ किलो ५ सय ग्राम सहित भारतीय नागरिक २७ वर्षीय ARUN PALATHINGAL SOMAN शुक्रबार राति पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो २ सय १५ ग्राम सहित भारतीय नागरिक ३५ वर्षीया SUMAIYA MEHBOOB SHAIKH शनिबार पक्राउ परेकी छिन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट सहित सर्लाही बागमती नगरपालिका-१२ बस्ने २८ वर्षीय सागर बम्जनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७१०१ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-३ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय १० मिलिग्राम सहित सोही नगरपालिका-३ ज्ञाने चोक बस्ने १७ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट भद्रपुरतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-६ देवीनगर पुरानो बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम र नगद ५५ हजार रूपैयाँ सहित बाग्लुङ वरेङ गाउँपालिका-३ घर भएका ४१ वर्षीय टेक बहादुर बुढाथोकीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।  यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-२ जितगढी किल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सैनामैना नगरपालिका-१ बस्ने २९ वर्षीय धन बहादुर विश्वकर्मालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने स्याङ्जा वालिङ नगरपालिका-११ घर भएका २८ वर्षीय अर्जुन सुनार, बुटवल उपमहानगरपालिका-६ पुरानो बसपार्क बस्ने १९ वर्षीय बिकाश परियार र २४ वर्षीया अनु लामा रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, रतुवामाई नगरपालिका-९ भौडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश घिमिरेलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवा र प्रहरी चौकी इटहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट नियन्त्रित लागूऔषध लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र डाइजेपाम ८ एम्पुल सहित सुनसरी इटहरी उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय बिजय विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ सिमाना बस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र डाइसे ३० ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने २८ वर्षीय जितेन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धादिङ, गल्छी गाउँपालिका-७ गल्छी चोकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ बस्ने ४४ वर्षीय बद्री अधिकारी र ४६ वर्षीय देबराज अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  बारा, निजगढ नगरपालिका-४ मौरी खोलाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६५ ट्याब्लेट सहित ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका-१० चौकीटोल बस्ने २८ वर्षीय प्रेम वाईबा, २२ वर्षीय धन बहादुर थिङ, ३० वर्षीय ज्ञान बहादुर घलान, सोही नगरपालिका-१० बिच टोल बस्ने २४ वर्षीय अमृत दुलाल र मकवानपुर बकैया गाउँपालिका-६ भालु खोला बस्ने २५ वर्षीय बिजय योञ्जन रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, नरहा गाउँपालिका-१ देवीपुरबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने ३५ वर्षीय संजय दास, ३१ वर्षीय रामशरण दास र सोही गाउँपालिका-१ बस्ने बारा कलैया उपमहानगरपालिका-४ घर भएका २० वर्षीय धिरज महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले नरहा गाउँपालिका-१ देवीपुर बस्ने रामदेव दासको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी लागूऔषध कारोबारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार रामदेवको खोजी गरिरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ७६ वर्षीय नरबिर राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-०५

काठमाडौं, प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-५ भेलुखेल बस्ने ३६ वर्षीय विकास देउलालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०७६ असोज १० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-५ भेलुखेलबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-०५

झापा, जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका-११ बस्ने ३२ वर्षीय प्रदिप राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय तथा पीडितलाई १ लाख क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पाँचथर फिदिमबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०२-०४

काठमाडौं महानगरपालिका-१६ पकनाजोलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १ किलो ६० ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा सुनिल स्मृति गाउँपालिका-५ घर भएका ४५ वर्षीय रूद्र बहादुर थापा र ३६ वर्षीय राकेश परियार रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नुवाकोट, ककनी गाउँपालिका-१ ओखरपौवाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ हिलेखर्क बस्ने ५५ वर्षीया कान्छी माया तामाङ र ३९ वर्षीया सुनिता तामाङ रहेका छन् । प्रहरी चौकी ओखरपौवाबाट खटिएको प्रहरीले चित्रेबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५७१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०२-०४

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्नुपर्ने चर्चा गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ । व्यावसायिक कार्यशैली, आन्तरिक सुदृढिकरण एवम् शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह प्रहरी संगठनको प्राथमिकता रहेको बताउँदै नागरिकमैत्री सेवा प्रवाहमा कुनै पनि सम्झौता नगरी संगठनको नीति, निर्देशन र प्राथमिकतालाई मनन गरी व्यावसायिक निष्ठाका साथ कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा उक्त कार्यालय मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक थापाले निर्देशन सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक थापाले हालसम्म उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई सुरक्षित उपत्यकाको अवधारणा अनुरूप कार्य गर्न निर्देशन दिनुभयो । सभ्य बोलीवचन र शिष्ट व्यवहारका साथ थप संयमित एवम् अनुशासित भई आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्दै सामुहिक भावनामा केन्द्रित भएर प्राप्त जिम्मेवारीलाई नविनतम् ढंगले सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम राख्न सूचना संकलन तथा विश्लेषणमा थप सक्रिय हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकायसँग सहकार्य तथा समन्वय गर्दै कुनै पनि घटनाहरूको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताउनुभयो । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न बल प्रयोगको सिद्धान्त अनुरूप थप संवेदनशील भई कार्य गर्नुपर्नेमा जोड दिँदै सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी उचित रणनीति तयार गरी मजबुद सुरक्षा व्यवस्थापनको लागि प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउँदै फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप सक्रिय हुनपर्ने एवम् ट्राफिक व्यवस्थापनमा देखिएका कमी कमजोरीहरूलाई सम्बोधन गर्दै निष्पक्ष सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक थापाले नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी जनपक्षीय प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । साथै नागरिकका समस्यालाई सम्बोधन गर्न स्थानीय तहका सबै सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी कर्मचारीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी उच्च मनोबल सहित थप उत्प्रेरित बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा उक्त कार्यालय मातहत प्रहरी कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०२-०४

नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ तामाङ डाँडा बस्ने ३१ वर्षीय रिपिन ढेगा मगरलाई नियन्त्रित लागूऔषध स्पास्मो २ सय ४५ ट्याब्लेट र नाइट्राभेट २६ ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय दिपक थारू र १८ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३० बस्ने ३३ वर्षीय एन्जल ओली र काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका २९ वर्षीय सुशिल लामा रहेका छन् । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१३ प ३८६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ एम्पुल, बुप्रेनोर्फिन ८ एम्पुल र प्रोमेथाजाइन ८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३० सिसुवा बस्ने ३७ वर्षीय किशोर खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, गौरीगंज गाउँपालिका-२ आँपगाछि बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-५ बस्ने २२ वर्षीय सुजन तोलाङ्गी र दमक नगरपालिका-३ फनपार्क बस्ने १९ वर्षीय मिङसो लिम्बु रहेका छन् । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले भारतबाट तुलाचन चोकतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ८२०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका हनुमान कम्प्लेक्सस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम र नगद ४ हजार १ सय रूपैयाँ सहित सोही नगरपालिका-४ बस्ने २६ वर्षीय संजोग लिम्बुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले  मे.११ प ८६५६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  जुम्ला, चन्दननाथ नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-०४

अछाम, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौरपाटी गाउँपालिका-१ बस्ने २६ वर्षीय डबल बहादुर थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दाङ, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टा बस्ने ७५  वर्षीय गिरीराज बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ
२०८२-०२-०४

काठमाडौं, काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगत समेत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने दोलखा भिमेश्वर नगरपालिका-७ घर भएका ४० वर्षीय रामजी बस्नेत समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रूपैयाँ  र ९ बुक तास सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बजारस्थित पर्वत होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ४० वर्षीय केशव राज जोशी समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ८ सय ३५ रूपैयाँ सहित पक्राउ गरेको हो ।  तनहुँ, व्यास नगरपालिका-११ रानीगाउँस्थित बिष्णु पौडेलले संचालन गरेको साथीभाई कटेजबाट जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-०३

काठमाडौं, वैदेशिक रोजागारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ बस्ने दैलेख भगवतीमाई गाउँपालिका-१ घर भएका ३५ वर्षीय हिक्मत कुमार थापा र काठमाडौं महानगरपालिका-२९ बस्ने बारा आदर्श कोतवाल गाउँपालिका-८ घर भएका ३० वर्षीय जिक्रुल्लाह मिया रहेका छन् । पक्राउ मध्ये हिक्मतले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र जिक्रुल्लाहले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हिक्मतलाई टोखा नगरपालिका-५ बाट र जिक्रुल्लाहलाई ललितपुर महानगरपालिका-२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

नक्कली सुनको मुर्ति देखाई ठगी गर्ने व्यक्ति
२०८२-०२-०३

काठमाडौं, नक्कली सुनको मुर्ति देखाई ठगी गरेको अभियोगमा संखुवासभा धर्मदेवी नगरपालिका-३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । नक्कली सुनको (बुद्ध भगवानको) मुर्ति सस्तो दर भाउमा मिलाई दिन्छु भनी प्रलोभनमा पारी भक्तपुर मध्यपुर थिमी नगरपालिका-६ बस्ने धनकुटा, धनकुटा नगरपालिका-४ घर भएका ३९ वर्षीय पुरूषसँग गत मंसिर ८ गते १० लाख रूपैयाँ र काठमाडौं न्यूरोड बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-१ घर भएका २४ वर्षीय पुरूषसँग गत चैत ११ गते ११ लाख ८५ हजार रूपैयाँ लिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ  । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३९ जना पक्राउ
२०८२-०२-०३

मोरङ, रतुवामाई नगरपालिका वडा नम्बर १ र २ का विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित १३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-७ बस्ने ३८ वर्षीय जोनी राई, सोही गाउँपालिका-५ बस्ने १९ वर्षीय अशोक कटुवाल, लेटाङ नगरपालिका-६ बस्ने ३२ वर्षीय सनम राई, उर्लाबारी नगरपालिका-२ बस्ने ३३ वर्षीय मिलन ढकाल, सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय मुकुन्द दुलाल, झापा गौरादह नगरपालिका-८ बस्ने २३ वर्षीय ओम नारायण ताजपुरिया, झापा कमल गाउँपालिका-२ बस्ने २७ वर्षीय समिर न्यौपाने, २७ वर्षीय निरज सुब्बा, सोही गाउँपालिका-४ बस्ने ३० वर्षीय इन्द्र लिम्बु, ३६ वर्षीय सुमन राई, झापा दमक नगरपालिका-५ बस्ने २२ वर्षीय आशिष कुमार साह, २८ वर्षीय निरज सुबेदी र मोरङ रतुवामाई नगरपालिका-८ बस्ने ३३ वर्षीय नबिन नेपाली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय सिजुवा र इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१४ प ४४६ नम्बरको मोटरसाइकलमा सवार जोनी, अशोक र सनमलाई ६ ग्राम ९ सय ३० मिलिग्राम, को.२८ प ५१९६ नम्बरको स्कुटरमा सवार मिलन र मुकुन्दलाई ४ ग्राम ६ सय ९० मिलिग्राम, मे.१० प ८१११ नम्बरको मोटरसाइकलमा सवार ओम नारायणलाई १ ग्राम २ सय ७० मिलिग्राम, हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार समिर र निरजलाई १ ग्राम ३ सय ६० मिलिग्राम, मे.५ प ४५०६ नम्बरको मोटरसाइकलमा सवार इन्द्र र सुमनलाई २ ग्राम ८ सय ९० मिलिग्राम, मे.३ प ६६६५ नम्बरको मोटरसाइकलमा सवार आशिष र निरज सुबेदीलाई ३ ग्राम ७ सय २० मिलिग्राम र  पैदलयात्री नबिनलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो  ।यसैगरी मोरङ, रतुवामाई नगरपालिका-२ घरू चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम १ सय ८० मिलिग्राम सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २५ वर्षीय मनिस राई, ३३ वर्षीय डिकेन्द्र तामाङ, पथरी शनिश्चरे नगरपालिका-२ बस्ने ३१ वर्षीय बुद्दिराज राई र ३० वर्षीय सूर्य विक रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.९ प ५६९५ नम्बरको मोटरसाइकलमा सवार मनिस र डिकेन्द्र तथा को.२७ प ८५५३ नम्बरको मोटरसाइकलमा सवार बुद्दिराज र सूर्यलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ६० मिलिग्राम, मोबाइल ६ थान र नगद १ लाख ५ हजार ५ सय ६५ रूपैयाँ सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रतुवामाई नगरपालिका-९ घर भएकी ४९ वर्षीया लिला कुमारी थारू तथा उनकै छोराहरू २५ वर्षीय रंजित धामी थारू र २४ वर्षीय प्रबिन धामी थारू रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । कैलाली, टिकापुर नगरपालिका-१ कान्छी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-८ भगरैया बस्ने २७ वर्षीय दुर्गा प्रसाद चौधरी र टिकापुर नगरपालिका-१ वनगाउँ बस्ने ३१ वर्षीय संजिप चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, टिकापुर नगरपालिका-१ नयाँबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय छत्र साउदलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, कन्काई नगरपालिका-४ इलुवाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम, गाँजा १० ग्राम र मोबाइल ८ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय चन्द्र कुमार चौधरी र २४ वर्षीय संजय चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले  उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७ ट्याब्लेट र नाइट्राजेपाम २ ट्याब्लेट सहित मेचीनगर नगरपालिका-१० बस्ने २३ वर्षीय अंकित खरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-६ बस्ने २६ वर्षीय अभिशेक चटौत र सोही नगरपालिका-७ बस्ने ३० वर्षीय सन्देश बोहरा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.१ प ८८०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ एकतानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्क नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित बर्दिया गुलरिया नगरपालिका-५ बस्ने १९ वर्षीय बिबेक चौधरीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, लहान नगरपालिका-१२ स्थित भोटिया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम,   नगद ५१ हजार ४ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२२ लबटोली बस्ने ३२ वर्षीय दिनेश कुमार यादव र उनकै बहिनी २६ वर्षीया किरण कुमारी यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा, इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले को.५ प ६९२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले दिनेशको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० ग्राम, ५४ लाख १४ हजार २ सय ८५ नेपाली रूपैयाँ, ३५ हजार ७ सय ८० भारतीय रूपैयाँ, मोबाइल ४ थान र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ । यसैगरी सिराहा, बरियारपट्टी गाउँपालिका-३ चमार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब   ७ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-३ बस्ने २० वर्षीय कृष्ण कुमार यादव र सोही गाउँपालिका-२ तुलसीपुर बस्ने १९ वर्षीय निरज राय रहेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले भारत लदनियाबाट बरियारपट्टीतर्फ आउँदै गरेको प्र.२-०१-००२ प ३०६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, ब्यास नगरपालिका-३ साँगे चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल, बुप्रेनोर्फिन २५ एम्पुल र मोबाइल १ थान सहित शुक्लागण्डकी नगरपालिका-१ कोत्रे बस्ने ३० वर्षीय बुद्ध गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रोल्पा, माडी गाउँपालिका-२ घर्तीगाउँ डेरा गरी बस्ने ३१ वर्षीय राजन गुप्ता समेत ४ जनालाई अवैध लागूऔषध चरेश ६ ग्राम ८ सय २० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-०२

काठमाडौं, वैदेशिक रोजगारीमा युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-१ घर भएका ५४ वर्षीय न्याउरे तामाङ र काठमाडौं महानगरपालिका-३० बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ घर भएका ३५ वर्षीय जिवन कडरीया रहेका छन् । पक्राउ मध्ये न्याउरेले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६९ हजार रूपैयाँ र जिवनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३ लाख २० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले न्याउरेलाई टोखा नगरपालिका-३ बाट र दिपकलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न पाँच जना पक्राउ
२०८२-०२-०२

कास्की, चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका-१० शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास विक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय बिमल विक, सुवासकै मामा पोखरा महानगरपालिका-१० गौरीमार्ग बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-९ काल्खु घर भएका ५३ वर्षीय दुर्गा बहादुर थापा एवम् सुवासकै फुपुको छोराहरू तनहुँ शुक्लागण्डकी नगरपालिका-११ दुर्गे घर भएका २२ वर्षीय गणेश सुनार तथा पोखरा महानगरपालिका-२ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-९ काल्खु घर भएका ३३ वर्षीय सुरेश विक रहेका   छन् ।  पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१ र ३२ लगायतका विभिन्न स्थानहरूमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट करिब १२ तोला ८ लाल बराबरको सुनका विभिन्न गरगहना र करिब २४ तोला बराबरको चाँदीका विभिन्न गरगहना एवम् चोरीमा प्रयोग भएको ग.२२ प ४९८९ नम्बरको मोटरसाइकल र ग.२१ प ६७५३ नम्बरको स्कुटर समेत बरामद गरेको छ । उनीहरूले हाल सम्म पोखराको ९ स्थान र तनहुँको ३ स्थान गरी १२ वटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०२-०२

काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ३० ट्याब्लेट सहित ललितपुर महानगरपालिका-५ टिकाथली बस्ने तेह्रथुम फेदाप गाउँपालिका-३ घर भएका २९ वर्षीय सन्जिप श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौं महानगरपालिका-२६ मित्रनगर पानी ट्याङ्की नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-११ घर भएका २९ वर्षीय लिलाधर वलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित रूपन्देही शुद्धोधन गाउँपालिका-४ बस्ने २३ वर्षीय अमित बहादुर कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी जमुनी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २२ वर्षीय कमल शाही र २४ वर्षीय सागर शाही रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१२ प ६८२९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट अवैध लागूऔषध गाँजा करिब २८ किलोग्राम सहित सोही नगरपालिका-९ बस्ने ५१ वर्षीय राजु राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सहिदभूमी गाउँपालिका-२ बस्ने २२ वर्षीय सन्तोष दर्जी, मोरङ सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २६ वर्षीय जय राम सरदार र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले संखुवासभाबाट दमकतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४६५९ नम्बरको गाडीमा सवार सन्तोषलाई १२ किलोग्राम र भोजपुरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४४०९ नम्बरको गाडीमा सवार जय राम र १८ वर्षीय किशोरलाई ३ किलोग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ गुरूङचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बल बहादुर पुलामी मगर र सोही नगरपालिका-१२ बस्ने २३ वर्षीय हिमाल राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-४ सुनपुर बस्ने २१ वर्षीय सुदर्शन पुनलाई अवैध लागूऔषध गाँजा ४ सय ८९ ग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिवास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ३० मिलिग्राम सहित सिराहा, सिरहा नगरपालिका-७ महेश्वरथान टोल बस्ने २० वर्षीय दुर्गेश यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिवास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरीले बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सिन्धुली कमलामाई नगरपालिका-८ स्थित तरकारी पसल गरी बस्ने सर्लाही बलरा नगरपालिका-४ घर भएका २७ वर्षीय धर्मेन्द्र साहले ल्याउन लगाएको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई बर्दिवास नगरपालिका-३ कालापानीबाट पक्राउ गरेको छ ।   कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय कमल रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनिया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने २१ वर्षीय उमेश ताम्राकार र सोही नगरपालिका-२ बस्ने २१ वर्षीय बिवेक सोनी रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले सु.प.प्र ०१-००९ प १२२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ सात नम्बर पिल्लरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित लालझाडी गाउँपालिका-५ बाणी बस्ने २७ वर्षीय राजेश नेपालीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, उर्लाबारी नगरपालिका-७ बरगाछीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित सोही नगरपालिका-८ बस्ने २३ वर्षीय विवेक खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, बुद्धशान्ति गाउँपालिका-४ पिपल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सागर खड्कालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विद्युतीय अपराध सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०२-०२

संखुवासभा, विद्युतीय अपराध सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा सुनसरी हरिनगर गाउँपालिका-१ घर भएका २५ वर्षीय जुबेर आलम मियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।   मियाले सामाजिक सञ्‍जाल टिकटकमा पीडितको अश्लिल फोटो तथा भिडियो गत २५ गते पोष्ट गरी विद्युतीय अपराध सम्बन्धी कसूर गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको समन्वयमा इटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत संखुवासभा चैनपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित चार पक्राउ
२०८२-०२-०२

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख ३९ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई भारत नौतवना महाराजगंज थाना-४ बस्ने ५० वर्षीय कृष्ण अग्रहरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ जे १६५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कृष्णलाई पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ३ लाख ८६ हजार रूपैयाँ सहित कपिलवस्तु शुद्धोधन गाउँपालिका-१ घर भएका ४६ वर्षीय मसिउद्धिन फकिरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  रौतहट, गौर नगरपालिका-१ नगरपालिका कार्यालय अगाडिबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा परोहा नगरपालिका-२ बस्ने २० वर्षीय किष्ण कुमार साह र गौर नगरपालिका-५ बस्ने २० वर्षीय हरिबन कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कीर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ
२०८२-०२-०१

काठमाडौं, विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-२ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-७ घर भएका २८ वर्षीय निर्मल खड्का र चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने मकवानपुर कैलाश गाउँपालिका-२ छ्याङ्ढुङ् घर भएकी २३ वर्षीया अन्जु खत्री रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई तारकेश्वर नगरपालिका-७ फुटुङ्बाट विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजातहरू तथा उक्त कार्यसँग सम्बन्धित सामाग्री सहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा अन्जनीले विगत ८ वर्षदेखि सरकारी तथा गैर सरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र लगायतका कागजातहरु कीर्ते गरी नक्कली बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको खुल्न आएको छ । उनले तारकेश्वर नगरपालिका-७ फुटुङमा कोठा भाडामा लिई नक्कली कागजातहरू इडिट तथा डिजाइन गर्नका लागि दुई जना सहयोगीलाई मासिक तलब दिई कार्यालय संचालन गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०२-०१

काठमाडौं, कीर्तिपुर नगरपालिका-३ सल्यानथानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३ सय ४० ट्याब्लेट, नाईट्राभेट १ सय ट्याब्लेट र नगद २८ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ बर्षीय राजु मेटरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध गाँजा ३० ग्राम सहित सोही नगरपालिका-२ बर्दिबास घर भएका २६ वर्षीय देवराज विकलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा बर्दिबास नगरपालिका-१ लामाटोल बस्ने ६० वर्षीया सुन माया लामासँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले सुन मायाको कोठा तलासी गर्दा अवैध लागूऔषध गाँजा ३ सय ५० ग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ । बैतडी, पाटन नगरपालिका-६ अर्तोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम सहित डडेल्धुरा अजयमेरू गाउँपालिका-६ बस्ने २८ वर्षीय सुनिल खड्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, हरिनगर गाउँपालिका-७ बस्ने ५० वर्षीय मिकाईल मियालाई अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाट समेतबाट खटिएको प्रहरीले उनको घर नजिकै लुकाई राखिएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक थापाबाट जिल्ला प्रहरी कार्यालय धनकुटामा नवनिर्मित भवनहरू उद्‍घाटन
२०८२-०२-०१

धनकुटा, प्रहरी महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई कदरपत्र, प्रशंसापत्र एवम् नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले श्रीपञ्चमी पार्क बालकेन्द्र धनकुटाको आश्रयमा रहेका बालबालिकाहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले नवनिर्मित भवनहरूले जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूमा मनोबल वृद्धि हुनुका साथै काम प्रति थप उत्प्रेरित हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरी सबैको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्दै शिष्ट र सभ्य बोली, वचन एवम् व्यवहारका साथ नागरिकमैत्री र व्यावसायिक प्रहरी सेवा प्रवाहमा केन्द्रित हुन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा एवम् वस्तुनिष्ठ अपराध अनुसन्धान एवम् नियन्त्रणमा प्रहरीले सबै स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आएको चर्चा गर्दै समाजमा देखिएका विकृति एवम् विसङ्गति न्यूनीकरणमा नागरिकसँग हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । आत्महत्या, लागूऔषध दुर्व्यसन तथा सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउँदै घरेलु हिंसा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराधमा थप सचेत हुनुपर्ने एवम् विपद् व्यवस्थापनमा समेत सक्रिय भई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।   कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल र पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्राविधिक प्रहरी उपरीक्षक हरि डङ्गोलले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड ९९ लाख ८० हजार १ सय ८५ रूपैयाँ ८५ पैसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।    

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८२-०२-०१

  बाँके, बैजनाथ गाउँपालिका-३ पितमारीस्थित बालसुधार गृह नौबस्ता बाँकेको ए ब्लकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित कोहलपुर नगरपालिका-११ बस्ने १९ वर्षीया संगीता थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बालसुधार गृहको भेटघाट कक्षमा बालबिज्यकर्तालाई भेट्न आएकी संगीतालाई उक्त पदार्थ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २२ वर्षीय दिपेश डगौरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोक बस्ने २५ वर्षीय सन्दिप श्रीवास्तवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ग्राम ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट, नगद २ लाख ४३ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत किसनगंज खनियाबाद-७ फुलबरिया बस्ने १९ वर्षीय मोनाजिर आलम, भारत किसनगंज खनियाबाद-५ फत्तेपुर बस्ने ५८ वर्षीय भोला ठाकुर र दमक नगरपालिका-५ बस्ने ४१ वर्षीय संजय भन्ने भुपेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ना.१ च ९१६२ नम्बरको कार र बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ २ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१ बस्ने २५ वर्षीय सलिम खान भन्ने महमद सलाम देवान, २९ वर्षीय विशाल शाक्य र इलाम माई नगरपालिका-८ रातेखोला बस्ने २७ वर्षीय श्री प्रसाद आङदेम्बे रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका २३ वर्षीय दिनेश लामा समेत २ जनालाई अवैध लागूऔषध पोल्याण्ड ८ सय ४० ग्राम, खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामानिल ४ सय ५१ ट्याब्लेट, नाइट्राजेपाम १ हजार १ सय ९० ट्याब्लेट, नाइट्राभेट ७२ ट्याब्लेट,  मोबाइल २ थान र नगद ७ हजार रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।  यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-९ बोडेबाट अवैध लागूऔषध पोल्याण्ड ४ सय ६६ ग्राम, नियन्त्रित लागूऔषध स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रामाडोल १ सय ८० ट्याब्लेट, स्टागन १ सय ७३ ट्याब्लेट, मोबाइल ३ थान र नगद ५ हजार रूपैयाँ सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-८ घर भएका २५ वर्षीय स्वदेश राई, सोही ठाउँ बस्ने काभ्रे रोशी गाउँपालिका घर भएका २९ वर्षीय छिरीङ लामा, २५ वर्षीय अमिर बस्नेत, मध्यपुर थिमी नगरपालिका-७ धुन्चेपाखा बस्ने २१ वर्षीय सम्राट राई र काठमाडौं कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-३ घर भएका २७ वर्षीय विकास लामा रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले स्वदेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया गाउँ बस्ने ३४ वर्षीया रादिया खातुन समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ४० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम सहित सोही महानगरपालिका-१६ बस्ने २२ वर्षीय मुस्तफा अंसारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले बीआर ०६ सिटि ०८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-४ हाइस्कुल चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम २ एम्पुल, प्रोमेथाजाइन ८ एम्पुल, बुप्रेनोर्फिन ८ एप्पुल, सिरिन्ज ४७ थान र नगद १० हजार ४ सय ९५ रूपैयाँ सहित सोही नगरपालिका-५ बस्ने २७ वर्षीय कमल चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनीघाट रोराङ गाउँपालिका-७ बस्ने ३२ वर्षीय विजय गुरूङ र भरतपुर महानगरपालिका-२० बस्ने २७ वर्षीय अनिल थापा रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले ग.१ ख ५५९२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक विजय र सहचालक अनिललाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा इच्छाकामना गाउँपालिका-६ पाँच किलोस्थित सोही नगपालिका-६ बस्ने ३४ वर्षीय फुलमाया गुरूङ र सोही नगरपालिका-४ बस्ने ३७ वर्षीय सन्जु गुरूङले सञ्चालन गरेको युनिस खाजा घरमा लागूऔषध बेचबिखन गरिरहेको खुल्न आएपश्चात प्रहरीले उक्त खाजा घर तलासी गर्दा करिब १ किलोग्राम गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको   छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १८ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-५ बस्ने २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभर रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म.१ प २१८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित बेलवारी नगरपालिका-७ बस्ने २२ वर्षीय रोशन राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८२-०२-०१

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-११ घर भएका २९ वर्षीय नरेन्द्र केसीको कोठामा जुवातास खेलिरहेको अवस्थामा नरेन्द्र समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८ सय ६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-८ कोशीपारी बस्ने शिव श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-८ बस्ने ३३ वर्षीय सविन श्रेष्ठ समेत १० जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ६ सय ४५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०१-३०

मोरङ, ३१ वैशाख गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रम बीच कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लेखकले जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र देखिएका समस्या एवम् चुनौतिलाई समाधान गर्न यस गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि सम्भव हुने उल्लेख गर्दै सुरक्षा व्यवस्था तथा आर्थिक अवस्था मजबुद बनाउन भन्सार चोरी निकासी, कालोबजारी, गुण्डागर्दी, भ्रष्टाचार, लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधका घटनाहरूलाई नियन्त्रण तथा निरूत्साहित गर्न सबै सरोकारवाला निकायहरू एकजुट भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । संविधानको विरूद्धमा हुने कुनै पनि गतिविधि मान्य नहुने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने बताउँदै विपद्‍ व्यवस्थापनका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी र कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्षम, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुद बनाई व्यावसायिक तथा सक्षम प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले विधिको शासनलाई अझ सशक्त बनाउन, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउन, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्‍चित गर्न एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव रामचन्द्र तिवारी, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राम प्रसाद आचार्य लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको   थियो । गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत तारकेश्वर नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बोहोराटार बालाजुको आयोजनामा तारकेश्वर नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले देशैभरी समस्याको रूपमा देखिएको लागूऔषध दुर्व्यसनले शान्ति सुरक्षामा असर गर्नुका साथै विभिन्न आपराधिक क्रियाकलापहरू समेत वृद्धि भएको उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रणको लागि सबै सरोकारवाला निकायहरूको समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो ।  कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम गर्न यस्ता सचेतनामूलक कार्यक्रमहरू अत्यन्तै फलदायी हुने उल्लेख गर्दे सबै सरोकारवाला निकायहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा लागूऔषध नियन्त्रण व्यूरो काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोइराला, प्राध्यापक डा. केशव राज खड्का र विशेषज्ञ प्राध्यापक डा. केदार नरसिंह केसीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तारकेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रस्तुत गरिएको थियो ।   कार्यक्रममा तारकेश्वर नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

चोरी भएका २२ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख विभिन्न मितिमा चोरी भएका २२ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १६ वटा मोटरसाइकल र ६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको मुलपानी, माकलबारी, सुकेधारा, गौरीघाट, काँडाघारी, नयाँबसपार्क, सोह्रखुट्टे, स्वयम्भू, चौमती, स्युचाटार, दरबारमार्ग, भैंसेपाटी र थिमी लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख  तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने नुवाकोट सूर्यगढी नगरपालिका-१ घर भएकी २८ वर्षीया बिमला तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने धादिङ गल्छी गाउँपालिका घर भएका ४० वर्षीय राम चन्द्र पन्तलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-२८ स्थित एक गेष्ट हाउसको कोठामा बिमला गत चैत २९ गते साँझ मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं नागढुङ्गाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-४ घर भएका शारदा थापा र काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका-७ घर भएका ४१ वर्षीय पासाङ नुरू शेर्पा रहेका छन् । पक्राउ मध्ये शारदाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८५ लाख रूपैयाँ र पासाङले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई ललितपुर महालक्ष्मी नगरपालिका-९ बाट बुधबार र पासाङलाई काठमाडौं तारकेश्वर नगरपालिका-९ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगार ठगी सन्बन्धी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाका तीन जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर भएका ३० वर्षीय राहुल पुन्ज, ललितपुर गोदावरी नगरपालिका-३ बस्ने गुल्मी धुर्कोट गाउँपालिका-१ नयाँगाउँ घर भएका ३९ वर्षीय प्रकाश घर्तीमगर र वीरगंज महानगरपालिका-२४ बस्ने ६८ वर्षीय सिताराम प्रसाद कुर्मी रहेका छन् । वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा संलग्न रही फरार रहेका उनीहरूमध्ये राहुल र प्रकाशलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं तीनकुने र काठमाडौं कलंकीबाट मंगलबार पक्राउ गरेको हो ।  यसैगरी सितारामलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै घर वतनबाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ 

आयरल्याण्ड र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी आयरल्याण्ड र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ घर भएका ३५ वर्षीय प्रेम बहादुर साउद र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने सुर्खेत सिम्ता गाउँपालिका-८ घर भएका २१ वर्षीय ललित बोहरा रहेका छन् ।  पक्राउ मध्ये प्रेम बहादुरले आयरल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४१ लाख ९० हजार रूपैयाँ र ललितले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रेम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार र ललितलाई ललितपुर महानगरपालिका-३ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

मानव बेचबिखनमा संलग्न तीन जना पक्राउ
२०८२-०१-३०

कास्की, ३१ वैशाख, मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित मनिका रेष्टुरेण्ट संचालन गरी बस्ने मकवानपुर बकैया गाउँपालिका-४ घर भएका ४० वर्षीय पदम लुङ्बा, पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका- ५ साँगे बस्ने २१ वर्षीय सलन गुरूङ रहेका छन् । मनिका रेष्टुरेण्टमा अवैध रूपमा यौनजन्य क्रियाकलापहरू भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त रेष्टुरेण्टबाट ५ जना महिलाहरूलाई उद्धार समेत गरेको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख ललितपुर, बागमती गाउँपालिका-२ छपेलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नगद ३५ हजार ३ सय ३० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-८ घर भएका ३१ वर्षीय विकेश स्याङ्तान र सोही गाउँपालिका-४ घर भएका ३२ वर्षीय दिनेश बहादुर बोम्जन रहेका छन् । प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले मकवानपुरबाट ललितपुरतर्फ आउँदै गरेको बा.८० प ३३६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र नोर्फिन २ सय एम्पुल सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्‍चिम पाल्हीनन्दन गाउँपालिका-१ सेकरपुर बस्ने १९ वर्षीय अखिलेश कुमार यादव, २२ वर्षीय शिव पत्तरकट र सरावल गाउँपालिका-२ बस्ने १९ वर्षीय सन्दिप चौहान रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको गण्डकी प्रदेश ०३-००१ ख ००२२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ भुजेलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-५ बस्ने २७ वर्षीय अनिल पहरी र २२ वर्षीय आकाश लुहार रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले डिएल ४ एचबि २६१३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय रबिन्द्र चन्द र २२ वर्षीय चेतन चन्द रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रूपमा खटिएको प्रहरीले सु.प. प्र.०२-००३ प ३८९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट लिखु गाउँपालिका-५ बस्ने २८ वर्षीय दिपेश श्रेष्ठ र सोही गाउँपालिका-६ बस्ने २८ वर्षीय राजेन्द्र डंगोल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिराहा लहानदेखि काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७३०३ नम्बरको हाइसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   भक्तपुर, सूर्यविनायक नगरपालिका-२ बालकोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३२ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका २७ वर्षीय हरीनाथ कोईरालालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९ एम्पुल , फेनारगन ९ एम्पुल र बुप्रेनोर्फिन ९ एम्पुल सहित सोही नगरपालिका-१३ बस्ने २१ वर्षीय पारस राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना.१ ज ६८९३ नम्बरको विङगरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८२-०१-३०

पाँचथर, ३१ वैशाख, फाल्गुनन्द गाउँपालिका-१ उतेसेनीस्थित जंगलबाट भरूवा बन्दुक १ थान सहित फिदिम नगरपालिका-९ दरेनी बस्ने ३३ वर्षीय मन बहादुर सम्बाहाम्फेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  मन बहादुर र सोही ठाउँ बस्ने सुन्दर सारू मगर उक्त जंगलमा सिकार खेल्न जाने क्रममा बाटोमा मानिस आउँदै गरेको देखी सुन्दरले बन्दुक झाडी भित्र लुकाउने क्रममा बन्दुक पड्किँदा सुन्दर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरीले मन बहादुरलाई उक्त बन्दुक सहित पक्राउ गरी सुन्दरलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाखगुल्मी, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ बडिगाड गाउँपालिका-९ खहरे बस्ने १९ वर्षीय हिरा कामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हिराले ती बालिकालाई रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडामा शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । तनहुँ, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१ अल्छिबिसौना बस्ने ७२ वर्षीय केशवराज पौडेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । केशवराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०१-३०

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलो १ सय ७० ग्राम सहित भारतीय नागरिक २५ वर्षीय ABHIUDAY PAHUNE सोमबार दिउँसो पक्राउ परेका छन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १२ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१ बस्ने भारत उत्तर प्रदेश घर भएका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ल अन्सारी रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०१-३०

झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २५ वर्षीया सरू राई र २० वर्षीया सुजता राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, गौरीगंज गाउँपालिका-३ दन्तकाली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ३० मिलिग्राम सहित कमल गाउँपालिका-६ खैरबारी बस्ने २९ वर्षीय हरि चन्द्र कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंज समेतबाट खटिएको प्रहरीले मे.५ प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ बैंक रोडबाट नियन्त्रित लागूऔषध लुपिजेसिक १२ एम्पुल, फेनारगन १२ एम्पुल र डाईजेपाम १२ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-५ बस्ने २८ वर्षीया सानु माझी र २० वर्षीया अनिता माझी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-४ रामकृष्ण टोल बस्ने २९ वर्षीय हरी नेपालीलाई अवैध लागूऔषध गाँजा २ किलो ६ सय ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सिआरभि चिप्लेढुङ्गाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । भोजपुर, भोजपुर नगरपालिका-१२ कोटडाँडा बस्ने २२ वर्षीय संजिव श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८२ ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने ३८ वर्षीय बिजय कालुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२-००१ ज ०६९२ नम्बरको ईभि गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   नवलपरासी पश्‍चिम, सरावल गाउँपालिका-६ कुर्थावलस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार २० ट्याब्लेट सहित पाल्हीनन्दन गाउँपालिका-१ रामपुरवा बस्ने २७ वर्षीय हृदेश चमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एएच ८८७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बारबर्दिया नगरपालिका-६ कोठारपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  बानियाभार र इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-५ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-५ घर भएकी ३३ वर्षीया दिपा कुमारी पोख्रेललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । दिपाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका-५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ
२०८२-०१-२९

काठमाडौं, गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिएको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-३ घर भएका ५० वर्षीय राज कुमार श्रेष्ठलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  आफू गृहमन्त्रीको साथी हुँ भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच, डरत्रास तथा धाक धम्की दिई दैनिक काम काजमा समेत बाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ तीनदोबाटोबाट पक्राउ गरेको हो ।  उनलाई राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
२०८२-०१-२९

काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने खोटाङ बराहपोखरी गाउँपालिका-२ घर भएका २३ वर्षीय बिजय कुमार राई र रामेछाप मन्थली नगरपालिका-६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ रहेका छन् ।  काठमाडौं महानगरपालिका-२२ न्यूरोड एरियामा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई हुण्डी कारोबारको लागि बोकेको ४२ लाख १० हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न महिला पक्राउ
२०८२-०१-२९

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-१६ नगवा घर भएकी २० वर्षीया आलिया खातुनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  आलियाले विभिन्न प्रलोभनमा देखाई भारत विहार रक्सौलस्थित होटलमा यौन क्रियाकलापमा लगाएको भन्ने पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डाँका चोरीमा संलग्न आठ जना पक्राउ
२०८२-०१-२९

काठमाडौं, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-२ घर भएका २४ वर्षीय अनिष केसी, सोही नगरपालिका-११ हर्कपुर घर भएका २५ वर्षीय दिप्सन भन्ने विवेक मल्ल ठकुरी, देवचुली नगरपालिका-१६ घर भएका २३ वर्षीय सन्दिप परियार, चितवन भरतपुर महानगरपालिका-१८ घर भएका २५ वर्षीय अतित क्षेत्री, सोही महानगरपालिका-११ घर भएका २४ वर्षीय सन्दिप विक, सोही महानगरपालिका-१० घर भएका २२ वर्षीय बादल तामाङ, काठमाडौं टोखा बस्ने लमजुङ घर भएकी १९ वर्षीया सक्रिया खान र काठमाडौं कपन बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएकी २४ वर्षीया कबिता राई रहेका छन् ।  काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित होटल मेन्सको कोठा नम्बर ४०२ मा प्रवेश गरी आफू प्रहरी हुँ भनि पीडितहरूलाई डरत्रास देखाई बोले कराएमा मारी दिने तथा विभिन्न मुद्दामा समेत फसाई दिने जस्ता धाक धम्की दिई बैंक खाता र ईसेवामा रकम पठाउन लगाई तथा नगदै रकम ३ लाख ६३ हजार रूपैयाँ समेत डाँका चोरी गरेको भन्ने सूचनाको आधारमा  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५२ हजार रूपैयाँ र उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०२-०५३ प ९८७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०१-२९

झापा, बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय उत्तम कार्कीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ डेरा गरी बस्ने २५ वर्षीया निर्मला थापा मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ८० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने २९ वर्षीय बसन्त तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-३ बस्ने २० वर्षीय दिवश तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-७ बस्ने ३० वर्षीय प्रेम राई र सोही गाउँपालिका-१० बस्ने ४४ वर्षीय नबिन चेम्जोङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३६ प ४२१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ सेन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ बस्ने २१ वर्षीय राहुल चौधरी र सोही नगरपालिका-२ बस्ने २४ वर्षीय समिर डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले म.२ प १४३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१४ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिशाल बुढा मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१३ आनन्दनगर टोल बस्ने ५७ वर्षीया नितु आचार्यलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नगद १० हजार ५० रूपैयाँ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ९ सय ६० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने  २० वर्षीय अर्जुन चौधरी, १९ वर्षीय सुरज चौधरी र २२ वर्षीय विनय चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-७ सोमबारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय धिरज राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२५ जना प्रहरी कर्मचारीहरूलाई दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम प्रदान
२०८२-०१-२८

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २५ जना प्रहरी कर्मचारीहरूलाई ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम’ प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम दोस्रो समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  तालिम समापनको अवसरमा सोही महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ११ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान ४ जना गरी कूल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०१-२८

कपिलवस्तु, वाणगंगा नगरपालिका-११ नेपालचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सैनामैना नगरपालिका-१० पानबारी बस्ने ३२ वर्षीय पर्वत श्रीसमगर र ३४ वर्षीय अशोक विक रहेका छन् । अस्थायी प्रहरी पोष्ट भड्डिहवाबाट खटिएको प्रहरीले लु.२९ प २१०० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ३० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-१६ बस्ने ३६ वर्षीय सुजन विकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ८० मिलिग्राम सहित बेलवारी नगरपालिका-३ बस्ने २५ वर्षीय मिलन धिमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२० बस्ने ४० वर्षीय राजकुमार बस्नेत र २३ वर्षीय मदन बुढाथोकी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध फेनारगन ६२ एम्पुल, नोर्फिन ६२ एम्पुल र डाईजेपाम ६२ एम्पुल सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३१ बस्ने ३० वर्षीय आशिक जलारी र तनहुँ शुक्लागण्डकी नगरपालिका-३ बस्ने २२ वर्षीय प्रदिप विक रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ९२६९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अजित दोङ र २१ वर्षीय बिनय लामा रहेका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   बारा, विश्रामपुर गाउँपालिका-५ नकटुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय शेख फैईयाज र आदर्श कोतवाल गाउँपालिका-२ खजुरिया बस्ने ३५ वर्षीय नितेश कुमार कोईरी रहेका छन् । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, गौरीगंज गाउँपालिका-२ परेवाखोपीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-५ स्कुलचन्द बस्ने २२ वर्षीय अभिषेक राई र दमक नगरपालिका-३ बांगुबारी बस्ने २२ वर्षीय दिपेश बानिया रहेका छन् । प्रहरी चौकी कोरोबारी समेतबाट खटिएको प्रहरीले बा.२८ प ५३८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०१-२८

    खोटाङ, आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका-९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।  झापा, आफ्नै श्रीमती ३४ वर्षीया विटी हेमरन भन्ने पूजा हेमरनको हत्या गरेको अभियोगमा कन्काई नगरपालिका-२ सुकेडागी बस्ने ३५ वर्षीय कविराज हेमरनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कविराजले खुकरी प्रहार गर्दा पूजाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८२-०१-२८

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका-८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ४१ वर्षीय भिम प्रधान समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली मनहरा आँखा अस्पताल नजिकै चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धन बहादुर फुयालको मुस्ताङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर हरिसिद्धि बस्ने काभ्रे तेमाल घर भएका ३२ वर्षीय अमर तामाङ समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-१ दुवाकोट वेशी बस्ने दोलखा घर भएकी ५८ वर्षीया तुलसी वलीको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ६ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०१-२७

काठमाडौं, वैदेशिक रोजागरीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ घर भएका ३४ वर्षीय सुदिप मान सिंह बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-९ घर भएका गुमान सिंह तामाङ रहेका छन् । पक्राउ मध्ये सुदिपले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र गुमानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदिपलाई ललितपुर महानगरपालिका-२५ भैंसेपाटीबाट शुक्रबार र गुमानलाई काठमाडौं महानगरपालिका-५ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०१-२७

काठमाडौं महानगरपालिका-१३ बाफल चोक बस्ने सिन्धुपाल्चोक ब्राह्रविसे नगरपालिका-६ घर भएका १९ वर्षीय सुजन श्रेष्ठलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार ट्याब्लेट, ट्रामाडोल ८ ट्याब्लेट र नगद १६ हजार रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी विट वाफलबाट खटिएको प्रहरीले बा.९७ प ५९४२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-६ बस्ने ३० वर्षीय रबिन गुरूङ र सोही नगरपालिका-४ बस्ने २३ वर्षीय रवि मडहर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका रबिनलाई १ ग्राम ६ सय २० मिलिग्राम र रविलाई २ ग्राम २ सय १० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ तीन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ४० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने २७ वर्षीय संग्राम राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३४ वर्षीय गणेश बहादुर ऐर र ३२ वर्षीय बिक्रम बिष्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-७ प्रगती टोल बस्ने ४० वर्षीय विकास सुनुवारलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट र स्पास्पेन २ सय ८० ट्याब्लेट सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-७ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ५० ग्राम सहित सोही नगरपालिका-७ बस्ने २३ वर्षीय आशिष वर्देवालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम  र नगद २० हजार १ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय होम बहादुर मगर र सोही उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय ऋषि कुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ शान्तिपाटनबाट अवैध लागूऔषध पोल्याण्ड करिब ५ सय ग्राम, चरेश करिब २५ ग्राम र नियन्त्रित लागूऔषध टापेण्टाडोल ८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२२ काउलेपानी बस्ने ३० वर्षीय निर्मल परियार र सोही महानगरपालिका-६ शान्तिपाटन बस्ने भारत विहार घर भएका ३४ वर्षीय अशोक राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ स्थित फिस रिसोर्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय नागिन खान र २३ वर्षीय रिहान अहमद रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ जोखरतालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास १५ ट्याब्लेट सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय छितिज सिंह र गोदावरी नगरपालिका-३ बस्ने २६ वर्षीय पंकज शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-११ नवलपुर बस्ने २४ वर्षीय विनय जिम्बालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना.१३ प २१३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।दाङ, लमही नगरपालिका-४ सुनखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित घोराही उपमहानगरपालिका-१४ हेलोटावर टोल बस्ने २० वर्षीया अनिता विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०१-२६

काठमाडौं, वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३२ वर्षीय अर्जुन सुर्खेती, काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने २४ वर्षीय रूपेश ढकाल र दाङ बबई गाउँपालिका-५ घर भएका ५० वर्षीय मोतीसरा खत्री रहेका छन् । पक्राउ मध्ये अर्जुन र रूपेशले जर्मनी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३५ लाख रूपैयाँ तथा मोतीसराले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अर्जुनलाई बुढानिलकण्ठ नगरपलिका-८ बाट र रूपेशलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार तथा मोतीसरालाई काठमाडौं महानगरपालिका-१३ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-२६

काठमाडौं, डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका-८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सुजिताले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई पीडितसँग २० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८२-०१-२६

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ४६ वर्षीय राज तामाङ र सोही उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय प्रबिन पोखरेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-१२ बस्ने ३१ वर्षीय अमृत बङ्गालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ बस्ने २५ वर्षीय अफरोज आलमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ बर्मेली टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ सरेणडाँगी बस्ने १९ वर्षीय भुमीराज राई र सोही नगरपालिका-१२ नयाँबस्ती बस्ने २२ वर्षीय इश्वर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सहिदभूमि गाउँपालिका-५ खोकु बस्ने ३१ वर्षीय उद्धव राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटा हिलेबाट ईटहरीतर्फ जाँदै गरेको प्र.१-०२-००१ ज ४३२६ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
२०८२-०१-२५

काठमाडौं, जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-३१ बेलवाप्रसौनी ठेगाना भएका समसुदिन अंसारी पक्राउ परेका छन् । एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा सात जना पक्राउ
२०८२-०१-२५

धनुषा, सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-१ बस्ने २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका-२ बस्ने २२ वर्षीय श्याम सुन्दर महरा, सोही नगरपालिका-१ बस्ने २० वर्षीय राम कुमार महरा, सर्लाही बरहथवा नगरपालिका-७ बस्ने २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला नगरपालिका-१ बस्ने २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिर कुमार महतो र गौशाला नगरपालिका-२ बस्ने १९ वर्षीय अमित साह रहेका छन् ।इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सर्वसाधारण नागरिकहरूलाई अनलाइन माध्यमबाट विभिन्न किसिमका मोबाइल तथा लत्ताकपडाहरू लगायतका सरसामानहरू सस्तोमा दिने भनि विश्वासमा पारी ठगी गरिरहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले हाल सम्म २१ वटा सामाजिक सञ्जाल एकाउन्ट तथा पेजहरूको प्रयोग गरी ठगी गरेको, सामाजिक सञ्जालमा पोष्ट गरिएका सामानहरूको फोटो तथा भिडियोहरूबाट सर्वसाधारण नागरिकले उक्त सामानहरू खरिद गर्ने भनि सम्पर्क गर्दा अग्रिम भुक्तानी गर्नुपर्छ भनि रकम पठाउन लगाउने गरेको, सर्वसाधारण नागरिकको नाममा बैंक, वित्तिय संस्था तथा वालेटहरूमा खाता खोल्न लगाई सोही खाताहरूमा अनलाइन माध्यमबाट रकम पठाउन लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।साथै उनीहरूको साथबाट बरामद भएको मोबाइलबाट विभिन्न बैंक वित्तिय संस्था तथा वालेट आईडि समेत गरी १ सय ८७ वटा खाताहरूको विवरण फेला परेको र उक्त खाताहरूबाट हाल सम्म २ करोड ६३ लाख ९३ हजार १ सय ९१ रूपैयाँ ८ पैसा कारोबार भएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।उनीहरू उपर ठगी कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०१-२५

धनुषा, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी जनकपुरधाम उपमहानगरपालिका-२३ बस्ने ५५ वर्षीय रामदहिन महतो भन्ने गुजरा महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । महतो समेतले गत चैत २ गते चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय आशु यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको र सोही ठाउँ बस्ने रूपेश कुमार यादव घाइते भएको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले धनौजी गाउँपालिका-४ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०१-२५

काठमाडौं, वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-२ बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका २८ वर्षीय जसमान तामाङ, काठमाडौं महानगरपलिका-९ बस्ने सोही महानगरपालिका-१६ घर भएका ३६ वर्षीय भुपाल श्रेष्ठ र नागार्जुन नगरपालिका-५ बस्ने स्याङ्जा गल्याङ नगरपालिका-४ घर भएका ४८ वर्षीय मिन बहादुर थापा रहेका छन् ।  पक्राउ मध्ये जसमानले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख २० हजार रूपैयाँ, भुपालले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र मिन बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जसमानलाई काठमाडौं महानगरपलिका-१२ बाट मंगलबार, भुपाललाई काठमाडौं महानगरपालिका-२६ बाट बुधबार र मिन बहादुरलाई नागार्जुन नगरपालिका-५ बाट बुधबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०१-२५

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा धादिङ गल्छी गाउँपालिका-२ घर भएका २४ वर्षीय रोजन भुजेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट भारततर्फ जान लागेका भुजेल र २ जना युवतीहरूलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा भुजेलले ती युवतीहरूलाई हेटौंडा तथा वीरगंजस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०१-२५

  सुनसरी, धरान उपमहानगरपालिका-१३ अमरहाट कृषि बजार बस्ने ३० वर्षीय मिलन लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ९० ट्याब्लेट, स्पास्मिड ३ हजार ७० ट्याब्लेट, बुप्रेनोर्फिन ४ एम्पुल, फेनिरामाइन १७ एम्पुल र डाइजेपाम ९ एम्पुल सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  झापा, अर्जुनधारा नगरपालिका-८ सरस्वती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ९० मिलिग्राम र नगद २७ हजार ६ सय ७० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३२ वर्षीय अर्जुन राजवंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्वरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, शिवसताक्षी नगरपालिका-८ डुँडामारी बस्ने २७ वर्षीय सुनिल लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-६ पोखरापाली बस्ने प्रेमनाथ बनियाँलाई अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९७ मिलिग्राम, नियन्त्रित लागूऔषध डाइजेपाम २४ एम्पुल, फेनारगन २२ एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल, नाइट्राभेट ११ ट्याब्लेट, नगद ३५ लाख ९९ हजार ८ सय ६५ रूपैयाँ र मोबाइल १० थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।    मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-४ बस्ने १९ वर्षीय हेमराज विश्वकर्मा, १८ वर्षीय किशोर र सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने १९ वर्षीय एलेक्स सुबेदी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-३ आइतबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ३५ ट्याब्लेट र लेभ्रिक्स ६ सय ९५ ट्याब्लेट सहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सही ठाउँ बस्ने २७ वर्षीय गोवर्धन गुरूङ, २६ वर्षीय गुलाब चौधरी, २५ वर्षीय शक्ति राई, सन्जय खड्का र २० वर्षीय बिशाल उराउ रहेका छन् । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले गोवर्धनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पाँचै जनालाई पक्राउ गरेको हो ।  धनकुटा, छथरजोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ बस्ने २४ वर्षीय दर्पण गुरूङ र ३१ वर्षीय सुदिल लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बसडिलियाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०१-२४

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिका, नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा काठमाडौं र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठको संयुक्त आयोजनामा बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रत्येक समाजको साझा समस्याको रूपमा देखिएको लागूऔषध दुर्व्यसनले शान्ति सुरक्षा र अमन चयनमा असर गर्नुका साथै विभिन्न आपराधिक घटना र दुर्घटनाहरू समेत वृद्धि भएको उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रणको लागि प्रहरी अन्य सरोकारवाला निकाय र नागरिक समाजबीच समन्वय तथा सहकार्य गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले यस्ता सचेतनामूलक कार्यक्रमहरूले प्रहरी र नागरिकबीच घनिष्ठता बढ्नुका साथै लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।  बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुषाल, नार्कोनन् नेपालका अध्यक्ष बसन्त राज कुवंर र नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जनले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक गीति नाटक समेत प्रस्तुत गरिएको थियो ।   कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, मेडिकल संचालकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
२०८२-०१-२४

काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२३ ओमबहाल बस्ने भारत कलकत्ता घर भएका ६७ वर्षीय सुरज दत्त र चन्द्रागिरी नगरपालिका-१५ तिनथाना बस्ने रूपन्देही देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट उनीहरूलाई नगद ४० लाख ३२ हजार ५ सय रूपैयाँ र चेक २१ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा
२०८२-०१-२४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जनाएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक थापालाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ । 

रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने गुल्मी धुर्कोट गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपेन्द्र महतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  महतले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

करिब २ सय किलोग्राम गाँजा सहित तीन जना पक्राउ
२०८२-०१-२४

चितवन, खैरहनी नगरपालिका-३ टुंगाराबाट अवैध लागूऔषध गाँजा करिब २ सय किलोग्राम सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी मधुवन बस्ने ४० वर्षीय बिरेश यादव, राप्ती नगरपालिका-१२ बस्ने ४७ वर्षीय चन्द्रबहादुर तामाङ र २५ वर्षीय सुभाष तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय खैरहनी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले बिआर ०५ जिसि ९५१३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक बिरेश तथा ट्रकमा सवार चन्द्रबहादुर र सुभाषलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०१-२४

काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ५६ एम्पुल, फेनारगन १४ एम्पुल र नोर्फिन ९८ एम्पुल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी बस्ने रामेछाप घर भएका ३८ वर्षीय सुमन तामाङ र गोकर्णेश्‍वर नगरपालिका-५ दक्षिणढोका बस्ने दोलखा घर भएका ३२ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा.१४ प ६२२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, उर्लाबारी नगरपालिका-४ आईतबारे बस्ने पथरीशनिश्चरे नगरपालिका-४ घर भएका ४२ वर्षीय योगेन्द्र तुङहाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १०  मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्पेन २० ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय एमन खापुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध नोर्फिन २ सय ९६ एम्पुल, फेनारगन ३ सय ९६ एम्पुल, डाइजेपाम १ सय ९६ एम्पुल, ट्रामाडोल २ हजार ९ सय ५० ट्याब्लेट र नाइट्राभेट ३ हजार ५ सय ४० ट्याब्लेट सहित रौतहट मौलापुर नगरपालिका-९ बस्ने ३२ वर्षीय सुनिल पटेल समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०३१ च ५०२२ नम्बरको इभि गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२ शिखरकटेरीबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ६ सय ३० ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ सुकौरा बस्ने ३५ वर्षीय सुनिल बम्जन र दोलखा भिमेश्वर नगरपालिका-८ बस्ने २५ वर्षीय बिजय थापा रहेका छन् । इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले ना.२६ प ३६७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २० वर्षीय सक्सेस बुढामगर र रूकुम पश्चिम चौरजहारी नगरपालिका-२ बस्ने २४ वर्षीय रमेश बुढाथोकी रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-८ नारायण कृष्ण टोल डेरा गरी बस्ने कचनकवल गाउँपालिका-७ घर भएका २६ वर्षीय खड्ग सिंह माझी समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले माझीको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  दाङ, राप्ती गाउँपालिका-१ भालुबाङ पुल्चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-२ बह्राखुट्टी बस्ने २० वर्षीया सरिता सार्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे.१ ख ४३३२ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-१० चौराहाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र नोर्फिन ५० एम्पुल सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की लेखनाथ नगरपालिका-११ बस्ने ३२ वर्षीय सागर नेपाली र स्याङ्जा पुतलीबजार नगरपालिका-९ बस्ने २३ वर्षीय सुजित नेपाली रहेका   छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले ग.१६ प ५२४६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-४ घर भएका २२ वर्षीय रमेश नाथ र गोदावरी नगरपालिका-५ बस्ने २३ वर्षीय पवन नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले रमेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको   हो ।  सुनसरी, धरान उपमहानगरपलिका-३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ सय ७० ट्याब्लेट र मोबाइल १ थान सहित कैलाली घर भएका ३१ वर्षीय निखिल भन्ने बसन्त राजवंशीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले होटलको कोठा नम्बर ३ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ बस्ने ३८ वर्षीय मनोज विकलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ८ सय ९२ ट्याब्लेट, नाइट्रोसन ७० ट्याब्लेट र मोबाइल १ थान सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.०१-०२-०५५ प ४६३४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने-प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०१-२३

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले आ-आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ ।  हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्र जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षकहरूलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नागरिकलाई शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउने गरी प्राप्त जिम्मेवारीलाई नविन ढंगले सम्पादन गर्न उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न उहाँले निर्देशन दिनुभयो । साथै आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बानई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक थापाले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने बताउनुभयो । महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखि जनपक्षीय काम गर्न उहाँले आग्रह समेत गर्नुभयो ।  आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।यसअघि नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्य, प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णहरि शर्मा पोखरेल, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवम् निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०१-२३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित इलाम, इलाम नगरपालिका-६ बस्ने २४ वर्षीय विवेक गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १३६४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, हरिवन नगरपालिका-४ पटौनास्थित सडकबाट अवैध लागूऔषध गाँजा १५ किलो २ सय ३ ग्राम सहित सिन्धुली हरिहरपुर गाउँपालिका-७ बस्ने २१ वर्षीय सविन बललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले सिन्धुलीबाट हरिवनतर्फ आउँदै गरेको प्रदेश.३-०२-०१० प ८२९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
२०८२-०१-२३

कैलाली, भजनी नगरपालिका-५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रूपैयाँ सहित भारत उत्तर प्रदेश लख्खीमपुर खिरी तिकुनिया बस्ने ३२ वर्षीय अमन कुमार गर्गलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले युपि ३२ एचएच ६७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने अर्मन चौधरीलाई स्रोत नखुलेको नगद ५ लाख ३१ हजार ४ सय भारतीय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा शंखरापुर नगरपालिका-४ घर भएका ३७ वर्षीय राजिन स्याङ्तानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  स्याङ्तानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८२-०१-२३

सुनसरी, धरान उपमहानगरपालिका-४ लामाचौरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम सहित धनकुटा चौबिसे गाउँपालिका-३ बस्ने १९ वर्षीय सुजन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.४२ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित बेलवारी नगरपालिका-४ बस्ने ३१ वर्षीय अनमोल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको    छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ भारत बिहार अररीया थाना जोगबनी बस्ने ६५ वर्षीया रोशनी खातुन र सुनसरी इनरूवा नगरपालिका-७ बस्ने ४२ वर्षीय लाल मोहमदले दिएको भन्ने खुल्न आएपश्चात रोशनी र लाल लाई समेत विराटनगर महानगरपालिका मटेरूवाबाट प्रहरीले पक्राउ गरेको छ ।  बाँके, बैजनाथ गाउँपालिका-७ पेडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम र नगद १ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अभिशेख थारूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ यरीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने भारत बहराइज नानपारा चौकी-१६ घर भएका २४ वर्षीय रेहान खान लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०१-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने दोलखा जिरी नगरपालिका-३ घर भएका ३६ वर्षीय जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिका-१५ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-६ घर भएका ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ र काठमाडौं महानगरपालिका-२६ बस्ने स्याङ्जा वालिङ नगरपालिका-७ घर भएका ५६ वर्षीय नर बहादुर खड्का थोकी रहेका छन् ।पक्राउ मध्ये जितेन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, नरेन्द्रले युएई पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र नर बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जितेन्द्रलाई काठमाडौं महानगरपालिका-९ बाट शुक्रबार, नरेन्द्रलाई काठमाडौं महानगरपालिका-२२ बाट शुक्रबार र नर बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित १० जना पक्राउ
२०८२-०१-२२

बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङस्थित सडकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु २१ किलो ५ सय ६३ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट नलगाड नगरपालिका-७ बस्ने ३७ वर्षीय भक्त बहादुर शाही र चितवन राप्ती नगरपालिका-११ आरपानी गाउँ बस्ने २७ वर्षीय कुमार तामाङ रहेका छन् । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले जाजरकोटबाट नेपालगंजतर्फ आउँदै गरेको लु.८० प १४६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   मोरङ, उर्लाबारी नगरपालिका-७ स्कुलडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने भोजपुर पौवादुङमा गाउँपालिका-२ घर भएका २३ वर्षीय आशिष राईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धादिङ, थाक्रे गाउँपालिका-२ महादेववेशीबाट अवैध लागूऔषध चरेश करिब १८ किलो ४ सय ४८ ग्राम सहित मकवानपुर थाहा नगरपालिका- ८ बस्ने ८० वर्षीय सेते घलान समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने ३० वर्षीय सुरेश चौधरी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०१-०१२ प ४२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय मिलिग्राम सहित सोलुखम्बु नेचा सल्यान गाउँपालिका-५ घर भएका ३० वर्षीय दिपक राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रौतहट, चन्द्रपुर नगरपालिका-१० बडेर्वा टोलस्थित मेडिकल पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ५ सय २० ट्याब्लेट सहित मेडिकल संचालक सोही ठाउँ बस्न मौलापुर नगरपालिका-४ घर भएका २९ वर्षीय जितेन्द्र कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले मेडिकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

स्रोत नखुलेको रकम सहित चार जना पक्राउ
२०८२-०१-२२

काठमाडौं, काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडी सडकबाट स्रोत नखुलेको नगद ९५ लाख १७ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी सप्तकोशी नगरपालिका-१ घर भएका ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका-३ घर भएका ३१ वर्षीय सन्तोष गुरूङ र ३९ वर्षीय सन्तोष घिमिरे रहेका   छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा Police Leadership and Staff Course समुद्‍घाटन
२०८२-०१-२१

काठमाडौं, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित समारोह बीच Masters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course (PLSC Batch 01) को समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त Police Leadership and Staff Course को समुद्‍घाटन गर्नुभएको हो ।  समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको एवम् राष्ट्रको सेवामा समर्पित नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकामा आधुनिकीकरणको शुभारम्भ भएको उल्लेख गर्दै आजको क्षण प्रहरी संगठनको लागि एउटा ऐतिहासिक उपलब्धी भएको चर्चा गर्नुभयो । यस क्षणलाई मूर्त रूप दिन आ-आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूलाई बधाई व्यक्त गर्नुका साथै आगामी दिनका लागि शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो ।  गृहमन्त्री लेखकले नेतृत्व विकासका लागि क्षमता, सीप, व्यावसायिकता, इमानदारीता र प्रतिवद्धता आवश्यक रहेको चर्चा गर्दै अहिलेको विश्वव्यापीकरण र सामाजिक रूपान्तरणले विभिन्न चुनौति, जोखिम र खतराहरू थपिरहेको अवस्थामा परम्परागत पद्धतिले भन्दा पनि यस कोर्सले ती चुनौतिहरूको पहिचान गरी समाधान गर्न सक्षम हुने र प्रहरी संगठनलाई थप मजबुद बनाउन फलदायी हुने बताउनुभयो ।    कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले भावी नेतृत्व विकासमा महत्वपूर्ण कदम चालेको उल्लेख गर्दै यस कोर्स मार्फत समाजमा देखा परेका आधुनिक चुनौतिहरूको सामना गर्न दक्ष एवम् क्षमतावान् प्रहरी अधिकृतहरू तयार हुने विश्वास व्यक्त गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले विशेष गरी आर्टिफिसिएल इन्टिलिजेन्स र उन्नत प्रविधिहरूबाट प्रभावित चुनौतिहरूको सामना गरिरहेको उल्लेख गर्दै यस्ता चुनौतिको सामना गर्न हाम्रो नेतृत्व ज्ञान, सीप, निष्ठा र व्यावसायिकता पनि उच्चस्तरको हुनुपर्नेमा जोड दिनुभयो । साथै यस्ता चुनौतिको सामना गर्न सक्षम एवम् भावी नेतृत्व तयार गर्न यो कोर्स तयार गरिएको समेत उहाँले उल्लेख गर्नुभयो । भबिष्यमा सक्षम र नैतिकवान् प्रहरी नेतृत्वका लागि महत्वपूर्ण यात्राको सुरूवात भएको उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई पूर्ण समर्पण र अनुशासनका साथ यस कोर्स ग्रहण गर्न उहाँले आग्रह समेत गर्नुभयो । यस पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन गृहमन्त्रालयबाट निरन्तर सहयोग, मार्गनिर्देशन र साधनस्रोत प्राप्त हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.महानन्द चालिसेले शुभकामना मन्तव्य तथा प्रहरी वरिष्ठ उपरीक्षक बेद विष्टले स्वागत मन्तव्य एवम् Police Leadership and Staff Course सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।  कार्यक्रममा प्रतिनिधि सभासदस्य एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधान, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकश प्राप्त प्रहरी महानिरीक्षकहरू, MPS का सल्लाहकार प्रा.डा राजिव बिक्रम राणा, नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहसचिवहरू, नेपाल प्रहरी एवम् सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू तथा संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०१-२१

    काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी धोबीचौरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६ एम्पुल, नोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुल सहित सोही ठाउँ बस्ने धादिङ घर भएका ४२ वर्षीय राजु थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।सिराहा, सिरहा नगरपालिका-१७ खटोकास्थित अजय होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ४ सय ८० मिलिग्राम सहित होटलका संचालक भारत मधुबनी कमलाकारी ग्रामपञ्चायत-६ बस्ने ३५ वर्षीय धर्मेन्द्र यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-९ खैरीफाँटा बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, देवानगंज गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय पप्पु यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कप्तानगंजबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४४ प २९१३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, धनपालथान गाउँपालिका-४ कर्सिया बजारस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ५० मिलिग्राम, नेपाली २९ हजार ३ सय ५ रूपैयाँ र भारतीय नगद ४ हजार ६ सय ८० रूपैयाँ सहित सोही गाउँपालिका-२ बस्ने ४५ वर्षीय चन्द्र शेखर मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले को.६ प १६२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित बेलवारी नगरपालिका-११ बस्ने १९ वर्षीय दिवश धिमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ महेन्द्र चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय मिलिग्राम सहित भारत बिहार पुर्णिया बस्ने २५ वर्षीय गौरब जैनलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ७० मिलिग्राम सहित बेलवारी नगरपालिका-२ बस्ने २१ वर्षीय सन्तोष ऋषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४५ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २८ वर्षीय सैलेश बजिमय र साकेला गाउँपालिका-२ बस्ने २२ वर्षीय संगम राई  रहेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले बा.९६ प ५८७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ बस्ने २६ वर्षीय रूपेश खड्का र सोही नगरपालिका-४ बस्ने २५ वर्षीय सन्जिप राईबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात रूपेश र सन्जिपलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  झापा, गौरादह नगरपालिका-१ बेलडागीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ डिपुचोक बस्ने ३४ वर्षीय रोमन अधिकारी र  कमल गाउँपालिका-७ बस्ने २० वर्षीय पवन दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, त्रियुगा नगरपालिका-१३ बाट अवैध लागूऔषध गाँजा ३ किलो ५ सय ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१३ जोगी पोखरी बस्ने २७ वर्षीया कल्पना चौधरी र उनको बुबा ५५ वर्षीय देव नारायण चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र नगर प्रहरी कार्यालय त्रियुगा गाईघाटबाट खटिएको प्रहरीले कल्पनाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित तनहुँ आँबुखैरेनी बस्ने ३२ वर्षीय आशिष गुरूङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले ग.५ प ७९०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०१-२०

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भएका २९ वर्षीय सुजन ‍लामा भन्ने पासाङ तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट भारतरतर्फ जान लागेका तामाङ र एक युवतीलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा तामाङले ती युवतीलाई वीरगंजस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८२-०१-२०

काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित न्यू पोखरा प्यालेस होटलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट, नोर्फिन ४ एम्पुल, डाइजेपाम २ एम्पुल, प्रोमेथाजाइन हाइड्रोक्लोराइड ३ एम्पुल, नगद २९ हजार ३ सय ३० रूपैयाँ र मोबाइल ३ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ असन घर भई काठमाडौं डल्लु बस्ने ३२ वर्षीय रोहन शाही र सोही महानगरपालिका-१३ कालिमाटी बस्ने २८ वर्षीय मनिष श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले होटलको ११२ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.७२ प ९६१२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । बारा, आदर्श कोतवाल गाउँपालिका-३ वाताराबाट अवैध लागूऔषध गाँजा करिब २ सय २५ किलोग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खेतमा पार्किङ गरी राखेको प्र.२-०३-००१ त ४८७६ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्याक्टरको ढाला मुनि फल्स बटन बनाई लुकाई छिपाई राखिएको १५ वटा कार्टुनमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक नन्दकिशोरलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न मकवानपुर हेटौंडा नगरपालिका-४ बस्ने २१ वर्षीय कमाण प्रजा, मकवानपुर कैलास गाउँपालिका-४ देवतिस बस्ने २४ वर्षीय सिताराम प्रजा र मकवानपुर बकैया गाउँपालिका-५ छतिवन बस्ने २२ वर्षीय नवराज मगरलाई समेत बारा कोल्हवी नगरपालिकास्थित रोज उड होटलको कोठा नम्बर ३०३ बाट प्रहरीले पक्राउ गरेको छ । सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोकबाट नियन्त्रित लागूऔषध फेनारगन ९ एम्पुल, एभिल ९ एम्पुल, डाइजेपाम ९ एम्पुल र लुपिजेसिक ९ एम्पुल सहित सोही उपमहानगरपालिका-१५ निराजन बस्ती बस्ने ३० वर्षीय भरत रसाइलीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ शितल मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ९ सय ३५ ट्याब्लेट, कोलिवन ५ हजार ६० ट्याब्लेट, स्पास्पेन ९४ ट्याब्लेट, डिकोलिक २० ट्याब्लेट, नाइट्राजेपाम १ सय ९० ट्याब्लेट, एरोमिन्क १६ ट्याब्लेट, अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम, नगद २ लाख ५३ हजार ७ सय ९६ रूपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भोजपुर घर भएका ३० वर्षीय सुजन श्रेष्ठ, ३१ वर्षीय सागर राई र १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले सुजनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुर लाईनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २० वर्षीय सुमित मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ स्थित देउराली होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित इलाम सूर्योदय नगरपालिका-२ बस्ने २१ वर्षीया सन्ध्या विश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित साठ्ठी बिगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम, नगद ५ हजार रूपैयाँ, ल्याप्टप १ थान र मोबाइल ४ थान सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ शान्तिगाउँ बस्ने २९ वर्षीय दिपक मल्लिक, सोही नगरपालिका-६ मेचीडाँडा बस्ने २५ वर्षीय सरोज दाहाल, २६ वर्षीय शौगात पोखरेल र सोही नगरपालिका-७ सत्तिघट्टा बस्ने २१ वर्षीय गुडु भन्ने बिजय भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७ ट्याब्लेट र नगद १७ हजार ५ सय ४० रूपैयाँ सहित सोही उपमहानगरपालिका-१३ मजुवा बस्ने २४ वर्षीय अजय थिङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-२ ए गाउँ बस्ने २६ वर्षीय गौरव विक र २३ वर्षीय सन्देश खत्री रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय मिलिग्राम सहित गुलरिया नगरपालिका-१ खैरापुर बस्ने २६ वर्षीय बिष्णु चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.३ प ९७१० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-३ पुष्पनगरस्थित मान झुण्डी सामुदायिक वनको प्रतिक्षालयबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २३ वर्षीय प्रकाश धामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, राजापुर नगरपालिका-४ सरस्वती सामुदायिक वनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ राजापुर बजार बस्ने २० वर्षीय बिकल्प थारू र सोही नगरपालिका-९ दक्षिण चैनपुर बस्ने २५ वर्षीय आशिष थारू रहेका          छन् । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले कैलाली सत्तिघाटबाट राजापुरतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ८५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २० मिलिग्राम सहित बेलबारी नगरपालिका-३ बस्ने २४ वर्षीय प्रवेश राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ९०७५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ डेरा गरी बस्ने सोही नगरपालिका-११ घर भएका २७ वर्षीय नविन बुढा समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, त्रियुगा नगरपालिका-१० हात्तिमारा टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५९ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६२ ट्याब्लेट र कोलिवन ३ सय ७४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २१ वर्षीय अनमोल राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ठगीमा संलग्न दुई जना पक्राउ
२०८२-०१-२०

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने काभ्रेपलान्चोक बनेपा नगरपालिका-२ घर भएका २० वर्षीय विशाल घिमिरे र काठमाडौं महानगरपालिका-२७ सुन्धारा बस्ने रौतहट गरूडा नगरपालिका-४ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।  उनीहरूले विद्यार्थी भिषामा अमेरिका जान एक दिनको लागि बैंक ब्यालेन्स देखाउन आफूलाई ६१ लाख रूपैयाँ आवश्यक भएको भनि बहाना बनाई पीडितलाई झुक्याई, प्रलोभनमा पारी उक्त रकम आफ्नो खातामा पठाउन लगाई रकम जम्मा भए पश्चात अन्यत्र विभिन्न व्यक्तिहरूको खाताहरूमा सम्पूर्ण रकम रकमान्तरण गराई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०१-२०

काठमाडौं, नागार्जुन नगरपालिका-३ रातामाटे बस्ने सिन्धुली फिक्कल गाउँपालिका-५ घर भएका ४५ वर्षीय सन्तोष माझीको हत्या गरेको अभियोगमा उनकै भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २८ वर्षीय सुरज तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुरजले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो । मुगु, छाँयानाथ रारा नगरपालिका-१२ लुम्स गाउँ बस्ने ३६ वर्षीया दुर्गा ऐडीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीया बिमला बुढालाई जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । जग्गाको विषयलाई लिएर बिमलाले मंगलबार बिहान कुटपिट गर्दा गम्भीर घाइते भएकी दुर्गाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०१-१९

काठमाडौं, खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६५ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।  २०८१ भदौ २८ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८२ वैशाख ७ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६५ र खुलातर्फ १२ जना गरी कुल ७७ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण हुनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ११ गतेको निर्णयले वैशाख १४ गतेदेखि लागू हुने गरी उहाँहरू प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी निरीक्षक विरेन्द्र कुमार कोईरालालाई समेत दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक थापाले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदीय मर्यादालाई मनन गरी आगामी दिनमा अझ बढी अनुशासित थप परिष्कृत एवम् व्यावसायिक भई प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले वहन गर्न निर्देशन दिनुभयो । नवनियुक्त अधिकृतहरूबाट संगठनको श्रीवृद्धिका लागि अझ बढी उर्जा प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।   उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०१-१९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-१२ बस्ने २० वर्षीय मोहमद अली अन्सारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले झापाबाट काठमाठौंतर्फ आउँदै गरेको बा.प्र.१-०१-००१ ख ४३७२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, उर्लाबारी नगरपालिका-९ कोप्चेलाईन बस्ने २५ वर्षीय सुमन राईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मिड १ सय १ ट्याब्लेट र ट्रामाडोल १ सय १ ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले सुमनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित पर्सा वीरगंज महानगरपालिका-४ बस्ने २७ वर्षीय दिपक थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-३ सिमरा बस्ने ३२ वर्षीय अर्जुन देवकोटालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८२-०१-१९

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र ब्रुप्रेनोर्फिन ५० एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी घर भएका २० वर्षीय सुजल छन्त्याल र २० वर्षीय मिस्सल पुन रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने २९ वर्षीय विकेश भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-८ साघुनघारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२८ माझ्ठाना बस्ने २८ वर्षीय महेश तिवारी र तनहुँ ब्यास नगरपालिका-६ दमौली बस्ने ३० वर्षीय बिपिन अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सुवास शाही,  १८ वर्षीया किशोरी र जानकी गाउँपालिका-४ बस्ने २६ वर्षीय तिला राम कठरिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८२-०१-१९

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा फुर्वा समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ सय ५० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने नुवाकोट तादी गाउँपालिका-३ घर भएका ३२ वर्षीय सुजन दाहाल समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
२०८२-०१-१८

काठमाडौं, जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी दोलखा गौरीशंकर गाउँपालिका-५ सुरी डाँडा टोल ठेगाना भएका बागसिं भन्ने रबिन तामाङ बिहीबार पक्राउ परेका छन् । साउदी अरबबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३  अगस्ट २१  मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत गौशालामा पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०१-१८

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका र सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक सेवा केन्द्र कोटेश्वरको संयुक्त आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की बीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध रोकथाम तथा नियन्त्रण गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा अन्य सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । सभ्य, सुरक्षित एवम् अपराधमुक्त समाज निर्माण गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने चर्चा गर्दै नागरिकको सहयोग, समन्वय, सहकार्य तथा ऐक्यवद्धता समेत हुनुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा निर्मुल गरी सभ्य एवम् सुरक्षित समाज निर्माण गर्न प्रहरी र नागरिकको सहयोग, समन्वय र सहकार्यलाई थप सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख शान्ता थापा, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी र कागेश्वरी मनोहरा नगरपालिका-३ का वडा अध्यक्ष राममणी पुडासैनीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक सेवा केन्द्र कोटेश्वरका महासचिव पदम कुमार रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गिकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक गिती नाटक समेत प्रस्तुत गरिएको थियो ।   कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, सामुदायिक तथा संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, विद्यालयका प्राचार्यहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

वैदैशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०१-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ घर भएका ३९ वर्षीय सम्पुर्ण केसी, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-३ घर भएका २९ वर्षीय सुजन गिरी, काठमाडौं महानगरपालिका-३ बस्ने पाल्पा रम्भा गाउँपालिका-५ घर भएका ५८ वर्षीय सिर बहादुर बराल र काठमाडौं तार्केश्वर नगरपालिका- ४ घर भएकी ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन् । पक्राउ मध्ये सम्पुर्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रूपैयाँ, सुजनले युके पठादिन्छु भन्दै १ जना पीडितबाट २६ लाख ६५ हजार रूपैयाँ, सिर बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ र सरस्वतीले यएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सम्पुर्णलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार, सुजनलाई काठमाडौं महानगरपालिका-३१ बाट बुधबार तथा सिर बहादुर र सरस्वतीलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अपहरणमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८२-०१-१८

पर्सा, बारा कलैया उपमहानगरपालिका-१८ बस्ने २६ वर्षीय सुधिर प्रसाद साहको अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१२ मुर्ली बस्ने २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका-३ बस्ने २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक रहेका छन् । सुधिरलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१२ मुर्लीस्थित घरमा बन्धक बनाई राखेको अवस्थामा सुधिरलाई सकुशल उद्दार गरी अपहरणमा सलंग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत पर्साबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०१-१८

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दार्जलिङ नक्सालबादी घर भएका ३८ वर्षीय कृष्ण रोय र २१ वर्षीय सायोन दास रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३३६२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ नुवाकोट लिखु गाँउपालिका-६ घर भएका ३४ वर्षीय राजु लामाले ल्याउन पठाएको भन्ने खुल्न आएश्चात प्रहरीले राजुलाई समेत बालाजु बसपार्कबाट पक्राउ गरेको छ ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित छथर जोरपाटी गाउँपालिका-५ बस्ने २४ वर्षीय निमा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-०५५ प ३९०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ चाइना मार्केटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-५ बस्ने २४ वर्षीय दुखन ऋषिदेवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय डेबिट तामाङ र धनकुटा महालक्ष्मी नगरपालिका-४ बस्ने १९ वर्षीय बिक्रम तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प १९४३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-८ सृजना चोकबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३१ ट्याब्लेट र ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-७ मासबार बस्ने अन्नपूर्ण गाउँपालिका-९ लाङ्घाली घर भएका ३५ वर्षीय कृष्ण गुरूङ र पोखरा महानगरपालिका-३ नदिपुर बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका-८ बेलचौतारा घर भएका २२ वर्षीय समिर विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले ग.१० प ८६७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१३ बस्ने १६ वर्षीय किशोर समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बाह्रदशी गाउँपालिका-५ फूलबारीस्थित बिक्रम विकास मेडिकलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाइक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट सहित मेडिकल संचालक सोही ठाउँ बस्ने ३९ वर्षीया बन्दना पोखरेललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनको मेडिकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-५ भीमपुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट र एनारगन २ सय १० ट्याब्लेट सहित सोही नगरपालिका-१ बस्ने २३ वर्षीय प्रथम थोकरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई कार्यसम्पादन गर्नुपर्ने : प्रहरी महानिरीक्षक थापा
२०८२-०१-१७

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।हालै सरूवा तथा काज भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक थापाले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति विद्यमान सुरक्षा चुनौतिहरूको अध्ययन विश्लेषण गरी आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी प्रहरी कर्मचारीहरूको मनोबल बढाई प्रभावकारी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक थापाले सेवा प्रवाहमा प्रहरी कर्मचारीहरू सहनशील भई आचरण, बोली, व्यवहार शिष्ट र सभ्य हुनुपर्ने बताउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्ग पीडित हुने मुद्दाहरूलाई प्राथमिकतामा राखि समाजमा चुनौतिको रूपमा देखा परेका साइबर क्राइम, बैंकिङ कसुर, आत्महत्या, लागूऔषध लगायतका अपराधहरूको नियन्त्रणमा विशेष कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने बताउँदै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्य गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितका साथै काठमाडौं उपत्यका बाहिर कार्यरत प्रहरी उपरीक्षकहरूको समेत भर्चुअल उपस्थिति रहेको थियो ।  

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०८२-०१-१७

काठमाडौं, हायर कमाण्ड तथा म्यानेजमेन्ट कोर्स सि.सं.१३ का तालिमरत नेपाली सेनाका ३५ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ । सो क्रममा उहाँहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याब र प्रहरी सङ्ग्रहालय समेतको अवलोकन गर्नुभयो । अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको स्मरण गर्नुभयो ।  अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै प्रहरी महानिरीक्षक थापाले दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवम् आगामी दिनमा समेत अझ प्रभावकारी रूपमा एक आपसमा सहयोग र समन्वय हुने चर्चा गर्नुभयो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले अवलोकन भ्रमणमा सहभागी अधिकृतहरूलाई स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो । साथै सोही अवसरमा प्रहरी नायव महानिरीक्षक आचार्यले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा तालिमरत अधिकृतहरूको तर्फबाट महासेनानी विष्णु थापाले धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । 

६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०१-१७

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा चन्द्र कुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी रहनुभएको छ । साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापाले दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।   दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान, जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई संस्थागत विकास, सांगठनिक सुदृढिकरण तथा शुद्धिकरण र संगठनको वृहत्तर हितका लागि अझ बढी निष्पक्ष र पारदर्शी भई सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङले सांगठनिक लक्ष्य र उद्देश्य प्राप्ति तथा संगठनको छवि उच्च बनाउन तोकिएको जिम्मेवारी पूर्ण व्यवसायिक निष्ठा र इमानदारीता एवम् लगनशीलताका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई र माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-६ बस्ने धादिङ निलकण्ठ नगरपालिका-६ घर भएका २९ वर्षीय उमेश गुरूङ र काठमाडौं महानगरपालिका-२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् ।  पक्राउ मध्ये उमेशले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुजनले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमेशलाई चन्द्रागिरी नगरपालिका-६ बाट सोमबार र सुजनलाई काठमाडौं महानगरपालिका-१ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०१-१७

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नुर्फिन ३३ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनारगन ३३ एम्पुल र नगद ३७ हजार ३ सय रूपैयाँ सहित सोही नगरपालिका-६ नयाँबस्ती बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय नवाङ शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौं महानगरपालिका-४ गैह्रीधारास्थित नाङ्लो क्याफे हाउसबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम र पोल्याण्ड करिब १ सय ग्राम सहित ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-५ हाडीगाउँ बस्ने ४१ वर्षीय नरेश कायस्थ, ४४ वर्षीय सदाशिव महर्जन, सोही महानगरपालिका-४ बालुवाटार बस्ने ३३ वर्षीय सुनिल तामाङ, ४० वर्षीय सबिस लामा र सोही महानगरपालिका-१ नक्साल बस्ने ४७ वर्षीय राजेन्द्र खड्की रहेका छन् । प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २९ हजार ६ सय ५० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी ग्राम अरेराज मलाही ११ मललाही बस्ने २३ वर्षीय नितिश कुमार ठाकुर र पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने २६ वर्षीय सिद्धान्त प्रसाद पटेल रहेका छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बिआर ०५ बिए ४८१७ नम्बरको कार तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक नितिश र कारमा सवार सिद्धान्तलाई पक्राउ गरेको हो ।  सुनसरी, हरिनगरा गाउँपालिका-३ गौतमपुरबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम सहित इनरूवा नगरपालिका-७ बस्ने ३० वर्षीय अमिर मियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी गौतमपुर समेतबाट खटिएको प्रहरीले सत्तरझोराबाट गौतमपुरतर्फ आउँदै गरेको प्र.१-०२-००४ ह १६४३ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक मियालाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ८० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २७ वर्षीय प्रदिप बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय १३ मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल भारतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सप्तरी, तिरहुत गाउँपालिका-२ बडहराबाट अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम सहित उदयपुर वेलका नगरपालिका-३ बस्ने ४१ वर्षीय जयराम दाहाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएको प्रहरीले प्र.१-०२-००३ ह २९३४ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक जयरामलाई पक्राउ गरेको हो ।झापा, बुद्धशान्ति गाउँपालिका-३ झिलझिले पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित मेचीनगर नगरपालिका-१२ बस्ने २४ वर्षीय प्रितम मेचेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-१६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका-२ घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०१-१६

सुनसरी, बर्जु गाउँपालिका-३ नहर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ९९ किलो ३ सय ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा, धनकुटा नगरपालिका-९ बस्ने ३३ वर्षीय उद्धव भण्डारी र ३० वर्षीय कबिराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरीले भीमपुरबाट अमडुवातर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५१२६ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाडीको ढालामा लुकाई छिपाई ल्याएको ६ वटा बोरा भित्र उक्त परिमाणको गाँजा फेला पारी चालक उद्धव र सहचालक कबिराजलाई पक्राउ गरेको हो ।       मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित सुकुम्बासी टोलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ३ किलो ८ सय ६० ग्राम सहित बारा निजगढ नगरपालिका-१२ बस्ने ५७ वर्षीय ठाकुर सिंह मोक्तानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्राम सहित सोही महानगरपालिका-१२ बस्ने ४७ वर्षीय अनिश क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।जाजरकोट, भेरी नगरपालिका-१ रिम्ना बजार चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो ५ सय ग्राम सहित नलगाड नगरपालिका-३ बस्ने ५३ वर्षीय बिष्णु बहादुर घर्तीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले बारेकोटबाट नेपालगंजतर्फ जाँदै गरेको लु.१ ज ३९२६ नम्बरको बोलेरोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर घर भएका २४ वर्षीय सन्त बहादुर लामा र २२ वर्षीय मिलन परियार रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.९ प ९८४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सिराहा, लहान नगरपालिका-३ बस्ने २६ वर्षीय सुरज महतोलाई नियन्त्रित लागूऔषध डाईजेपाम १५ एम्पुल, बुप्रेनोर्फिन १५ एम्पुल, प्रोमेथाजाइन १५ एम्पुल, स्यामपेक्स ८ क्याप्सुल र नाइट्राजेपाम २० ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले सुरजको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
२०८२-०१-१६

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने गोरखा, गोरखा नगरपालिका-४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन् । जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ अनुमती जारी भई फरार रहेकी नेहालाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट र जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी सविनालाई काठमाडौं महानगरपालिका-२८ डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ मध्ये नेहालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर र सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८२-०१-१६

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-४ एसएस चोक बस्ने ४४ वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-७ हेल्मेटडाँडा बस्ने ५८ वर्षीय कृष्णराम छुस्याबागको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णराम समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ९ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ
२०८२-०१-१५

काठमाडौं, अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा विभिन्न मनि ट्रान्सफरका संचालकहरू समेत गरी २१ जनालाई केन्द्रीय अनसुन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङका ५९ वर्षीय विरेन्द्र प्रसाद साह, ३१ वर्षीय दिपेन्द्र प्रसाद साह, महोत्तरीका २४ वर्षीय श्रवण कुमार साह, सप्तरीका ३२ वर्षीय तारालाल यादव, ३५ वर्षीय राम विलास साह तेली, ३२ वर्षीया ममता कुमारी साह, ३१ वर्षीया शुसिला कुमारी साहु, २२ वर्षीय शम्भु मेहता, सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोज कुमार महतो, ४५ वर्षीया अलिता देवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरूण कुमार साह, ४४ वर्षीय संजिव कुमार महतो, पर्साका २६ वर्षीय प्रदिप कुमार साह, ३२ वर्षीय बिकर्ण जंग राणा, ३८ वर्षीय सलमा खातुन, नवलपरासीका २२ वर्षीय राज कमल लोनिया, ४३ वर्षीया भीम कुमारी गुरूङ, ३४ वर्षीय गणपति पाण्डे, र चितवनका ६४ वर्षीय गोबिन्द प्रसाद आचार्य रहेका छन् ।आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक बिप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा उनीहरूको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । अवैध कारोबार बापत प्राप्त गरेको गैर कानूनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरूमा जम्मा गर्नको लागि Money Mule हरूलाई परिचालन गरी ठुलो परिमाणमा नगदै रकम खातामा Placement गर्ने गरेको, विभिन्न रेमिटेन्स भुक्तानी गर्न अनुमती लिएका मनि ट्रान्सफर प्रालिहरूले उक्त डिजिटल वालेट कम्पनीहरू मार्फत ई-मनि बनाई सो रकमलाई  रेमिटेन्स बापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका नेपालमा रहेका आफन्तहरूको खातामा ट्रान्सफर गरी रेमिटेन्स बापतको रकम हिसाब मिलान गरेको समेत खुल्ल आएको छ । उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १ सय ७ रूपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।उनीहरू उपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८२-०१-१५

जाजरकोट, भेरी नगरपालिका-१ रिम्ना बजार चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ६ किलोग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नलगाड नगरपालिका-१० रग्दा बस्ने २२ वर्षीय हरि बानिया, सोही नगरपालिका-९ बस्ने ३० वर्षीय दिपक सिंह र २२ वर्षीय सुरेश सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले तल्लुबगरबाट नेपालगंजतर्फ जाँदै गरेको क.प्र.-०२००१ च ११४५ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक हरि र बोलेरोमा सवार दिपक र सुरेशलाई पक्राउ गरेको हो ।मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ७० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने भोजपुर पौवादुम्मा गाउँपालिका-४ घर भएका ३४ वर्षीय दिपेन्द्र राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित सोही नगरपालिका-१९ बस्ने २३ वर्षीय रमेश भट्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, लमही नगरपालिका-५ रातोडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३  सय ९० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर ग्राम प्रेमनगर लालनगर बस्ने २४ वर्षीय दानिश अखतर खान र २२ वर्षीय मार्कण्डेय मिश्र रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाह्य मुलुकतर्फ लैजान लागेको नगद सहित भारतीय नागरिक पक्राउ
२०८२-०१-१५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ११ लाख नेपाली रूपैयाँ र ८२ हजार ५ सय भारतीय रूपैयाँ सहित भारतीय नागरिक ४५ वर्षीय SAURABH THUKRAL लाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८२-०१-१५

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ५० मिलिग्राम सहित बेलवारी नगरपालिका-४ बस्ने २८ वर्षीय बिपुल बिष्टलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४० प ८६१९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने बाजुरा बुढीगंगा नगरपालिका-१० घर भएका २२ वर्षीय सुरेश सार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, झापा गाँउपालिका-४ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-४ बस्ने ३७ वर्षीय मोहमद कादिर र सोही नगरपालिका-१ चैती चोक बस्ने २१ वर्षीय अनिल ताजपुरिया रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक समीक्षा सम्पन्न
२०८२-०१-१४

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी नेपाल प्रहरी कार्ययोजना तयार गरिएको उल्लेख गर्दै कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउनका साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्ने र प्रशासनिक काम कारबाही चुस्त र प्रभावकारी बनाउन कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको समीक्षाद्धारा आ-आफ्ना सुधारका क्षेत्रहरू पहिचान गरि आगामी दिनमा अझ उपलब्धीमूलक हुने विश्‍वास व्यक्त गर्नुभयो । कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका कार्यहरूमा मात्र सीमित नरही यसका अतिरिक्त प्रहरी संगठनको वृहत्तर हित र कर्मचारीहरूको वृत्ति विकासका निम्ति अन्य नविनतम्, सृजनशील र रचनात्मक कार्यहरू गर्ने तर्फ अग्रसर हुन सबै प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह समेत गर्नुभयो । समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सात वटै प्रदेश प्रहरी कार्यालयहरूको समग्र कार्ययोजना तथा कार्यसम्पादन सम्झौता प्रगति समिक्षा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०१-१४

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी नायव उपरीक्षकहरू र प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक थापाले हाल समाजमा देखा परेका चुनौतिहरूलाई अवसरको रूपमा लिई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।प्रहरी महानिरीक्षक थापाले लागूऔषध, साइबर अपराध, सीमा क्षेत्रमा हुने अपराध लगायतका आपराधिक गतिविधि नियन्त्रणमा विशेष चनाखो भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै तस्करी नियन्त्रणमा समेत प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवारीको क्षेत्रहरूमा सुरक्षा व्यवस्थापन एवम् विपद् व्यवस्थापनको निम्ति सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०१-१४

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० चन्द्रगढीबजार बस्ने ४३ वर्षीय संतोष कुमार काफ्ले र ३६ वर्षीय विजय राजबंशी रहेका छन् । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाडीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ५ सय ८० ग्राम सहित गौरीगंगा नगरपालिका-८ बस्ने ५३ वर्षीया बेलमती बोहरालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०१-१४

काठमाडौं महानगरपालिका-६ सिमलटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय १४ एम्पुल, फेनारगन ३ सय ८ एम्पुल, नुर्फिन ३ सय १० एम्पुल, मोबाइल २ थान र नगद  ५९ हजार ७ सय ५० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ३५ वर्षीय जिवन प्रधान र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-६ रामहिटी बस्ने ३५ वर्षीय अकुंश तामाङ रहेका छन् । प्रहरी वृत्त महाराजगंज, प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनबाट खटिएको संयुक्त टोलीले जिवनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ शिशा पोष्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित गोदावरी नगरपालिका-२ बस्ने २७ वर्षीय सागर चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट र स्पास्पेन ८० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीया सीमा राई समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१० गौरीमार्गबाट नियन्त्रित लागूऔषध टापेण्टाडोल ४० ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने २० वर्षीया एलिसा बुढाथोकी मगर र सोही ठाउँ बस्ने तनहुँ घर भएका १९ वर्षीय सुसान परियार रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले एलिसालाई ३३ ट्याब्लेट र सुसानलाई ७ ट्याब्लेट उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, विर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५८ ग्राम ५ मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय रवि दास र विर्तामोड नगरपालिका-३ बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-१ घर भएका ३४ वर्षीय सन्तोष लिम्बु रहेका छन् । प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले रविको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालई पक्राउ गरेको हो ।   रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ स्थित भैरहवा विद्युत अफिस नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सिद्धार्थनगर नगरपालिका-१ रानीगाउँ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-५ डाईभरटोल घर भएका ३५ वर्षीय हिरालाल पासीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.१८ प ४१२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बागलुङ, ढोरपाटन नगरपालिका-१ रिभरहेडस्थित मिना खाजा घरबाट अवैध लागूऔषध गाँजाको धुलो करिब ४ सय ६० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिपलभ थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा काउण्टरमा लुकाई छिपाई राखेको उक्त गाँजाको धुलो फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०१-१३

कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित बैतडी दशरथचन्द नगरपालिका-१ बस्ने २७ वर्षीय वीरेन्द्र सिंह भाटलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-१ गैरा बस्ने २४ वर्षीय किरण बहादुर विश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम २ मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीया पुष्पा लोनियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-३ बस्ने २५ वर्षीय किरण राई र सोही नगरपालिका-११ बस्ने २२ वर्षीय रोमन राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ६७९० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ४ सय मिलिग्राम सहित नुवाकोट शिवपुरी नगरपालिका-४ बस्ने २६ वर्षीय रमेश गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ स्थितबाट नियन्त्रित लागूऔषध एभिल १० एम्पुल, डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारगन १० एम्पुल सहित सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ३६ वर्षीय तीर्थ राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय समुन गुरूङ र सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने २० वर्षीय बुद्ध थिङ रहेका छन् । प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले चौकीटोलबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.१ ह १५२८ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ साहाटोलबाट अवैध लागूऔषध गाँजा करिब ३१ किलोग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने २८ वर्षीय समिर राई र २८ वर्षीय संजिव राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीले को.१६ प ६४७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१५ गोबिन्द मार्ग बस्ने ३४ वर्षीय सुरेश गुरूङलाई ट्रामाडोल ३७ ट्याब्लेट र स्पासपेन ८२ ट्याब्लेट, सोही उपमहानगरपालिका-१५ सुनगाभा मार्ग बस्ने २२ वर्षीय नरेश राईको कोठाबाट नरेश सहित २३ वर्षीय अनिकेत राई र १६ वर्षीय कीशोरलाई ट्रामाडोल २ सय १८ ट्याब्लेट, सोही उपमहानगरपालिका-८ सहिद रतन मार्ग बस्ने २५ वर्षीय सनम परियारलाई ट्रामाडोल २० ट्याब्लेट र स्पास्पेन २० ट्याब्लेट, सोही उपमहानगरपालिका- १५ सडन रोड डेरा गरी बस्ने धनकुटा डाँडा बजार घर भएका ४५ वर्षीय चन्द्र लिम्बुलाई ट्रामाडोल २ सय ६६ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट तथा धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने ३७ वर्षीय कुल बहादुर बान्ताबालाई गाँजा ५ सय ग्राम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ
२०८२-०१-१३

काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गे ठेगाना भएका ६७ वर्षीय चमारे भन्ने चमार तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घर वतनबाट पक्राउ गरेको हो । चमार तामाङ समेतले काठमाडौं चाबाहिलस्थित गलैचा बुन्ने कारखानामा काम गर्ने पीडितलाई यो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौ, तिमी जस्तो केटीले बढी सुन ल्याउन सक्छौ भनी विश्वास दिलाई २०४४ पुस १९ गते काठमाडौंबाट दिल्ली हुँदै मुम्बईस्थित रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठीमा पुर्‍याई भारतीय ८० हजार रूपैयाँमा बेचबिखन गरी उक्त वेश्यालयमा जबरजस्ती ७ वर्ष सम्म वेश्यावृत्तिको काममा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितले २०५२ फागुन १ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा तामाङ विरूद्ध जाहेरी दिएकोमा प्रारम्भिक अनुसन्धान सम्पन्न पश्चात अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएकोमा २०५२ फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ता भई थप अनुसन्धानको लागि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सक्कल मिसिल प्राप्त भएको थियो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

चेक रिपब्लिक पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८२-०१-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-६ घर भएका ३१ वर्षीय नारायण बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नारायणले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०१-१२

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित केराबारी गाउँपालिका-७ बस्ने ४३ वर्षीय गोकुल प्रसाद राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय दिपक खत्री र सोही उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय कलाम मिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरू मध्ये दिपकलाई एभिल ३६ एम्पुल, डाईजेपाम ३६ एम्पुल, लुपिजेसिक ३६ एम्पुल र फेनारगन ३६ एम्पुल सहित र कलामलाई एभिल १० एम्पुल, डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगी कार्यमा संलग्न पाँच जना बंगलादेशी नागरिक पक्राउ
२०८२-०१-१२

काठमाडौं, बंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जना बंगलादेशी नागरिकहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ कालिमाटीडोल बस्ने बंगलादेश चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय MOHAMMED MOSTAFIJUR RAHAMAN, बंगलादेश चाँदपुर तोरागर हाजिगंज घर भएका ४१ वर्षीय MUHAMMAD FARHAD HUSAIN CHOWDHURY र बंगलादेश चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय ABU YUSUF MD HANIF तथा काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने बंगलादेश मागुरा मागुरासदर थाना बेरोइल ग्राम घर भएका ४७ वर्षीय MILTAN भन्ने KAZI SHAHATAB HUSEN र बंगलादेश बागिरथ सदर थाना कान्दापरा घर भएका ४० वर्षीय AZIM MOLICK रहेका छन् ।उनीहरूले नेपाल हुँदै वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानिया लगायतका मुलुकहरूमा पठाउन सहज हुने भनि एजेन्ट मार्फत पर्यटक भिसामा बंगलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रति ब्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितहरूबाट ४५ हजार ५ सय अमेरिकन डलर लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शिव सताक्षी गेष्ट हाउसबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट राहदानी १९ थान, मोबाइल ४ थान, अमेरिकन डलर ९ हजार ८ सय ५०, बंगाली टाका ३९ हजार ९ सय ५ र नेपाली रूपैयाँ २५ हजार समेत प्रहरीले बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अजरबैजान पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८२-०१-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने गोरखा अजिरकोट गाउँपालिका-४ घर भएका २२ वर्षीय अनिल देवकोटालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   देवकोटाले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८२-०१-१२

इलाम, इलाम नगरपालिका-६ पिपलबोटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्तविर तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ५० मिलिग्राम सहित केराबारी गाउँपालिका-१० बस्ने २२ वर्षीय बिर बहादुर तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-७ थानगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित धनकुटा साँगुरगढी गाउँपालिका-९ बस्ने २२ वर्षीय सलिन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीलाई देख्नासाथ को.३७ प ८६३१ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएको र को.प्र.१-०२-०४३ प ३०६३ नम्बरको मोटरसाइकल चालक सलिनलाई नियन्त्रणमा लिई दुबै मोटरसाइकललाई तलासी गर्दा दुबै मोटरसाइकलमा रहेको २ वटा बोरा र २ वटा झोलाबाट उक्त परिमाणको गाँजा फेला परेको   हो । हाल फरार को.३७ प ८६३१ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । बर्दिया, बारबर्दिया नगरपालिका-४ पदनाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ पदनाहा बस्ने २२ वर्षीय मनोज थारु, १९ वर्षीय विशाल परियार र २८ वर्षीय अन्तराम थारू रहेका छन् । इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले भे.८ प ७७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित दमक नगरपालिका-८ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका-६ घर भएकी २८ वर्षीया मिना लिम्बु राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित  पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१८ एफ गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय केदार बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०१-१२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-८ भंगाल बस्ने सिन्धुली तीनपाटन गाउँपालिका-३ घर भएका ३६ वर्षीय एक राज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-०१-११

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम सहित बेदकोट नगरपालिका-६ लालपुर बस्ने २६ वर्षीय अबिशेक धामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सल्लेघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बादल बादी, २५ वर्षीय मदन बादी र २७ वर्षीय यन बहादुर बादी रहेका छन् । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएका प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५७ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा पचरौता नगरपालिका-७ बेनौली बस्ने २४ वर्षीय जयनाथ पासवान र २३ वर्षीय सुनिल पटेल रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बारा सिम्रौनगढबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको बर्नटमा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी गाडीका चालक पासवान र सहचालक पटेललाई पक्राउ गरेको हो । रूकुम पश्चिम, सानीभेरी गाउँपालिका-३ भलाचौरस्थित सडकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलोग्राम र नगद ७८ हजार ३ सय ५ रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७२ वर्षीय अनन्ते पुन र कैलाली घर भएका ३६ वर्षीय कमल थापा रहेका छन् । प्रहरी चौकी सिम्लिबाट खटिएको प्रहरीले रा.४ प १११० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०१-११

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-९ बस्ने ३१ वर्षीय कोपिल भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र.०१-०१-००६ ख ४७९७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषधको कारोबारमा संलग्न मोरङ पथरी शनिश्चरे नगरपालिका-९ घर भएका २९ वर्षीय सुरज राईलाई काठमाडौं बालाजु बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-१ छोड्की सुनरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र इन्जेक्सन १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रतापपुर गाउँपालिका-२ गोपिगंज डेरा गरी बस्ने ३६ वर्षीय साजन सिंह ठकुरी, वर्दघाट नगरपालिका-७ ज्यामिरेभार बस्ने २६ वर्षीय कपिल गैरे र भारत महाराजगंज अदैना निचलौल थाना बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको युपि ५३ बिवाई ०११५ नम्बरको मोटरसाइकल र बा.६३ प ४३७९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।ललितपुर, गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट, स्पास्पेन ५५ ट्याब्लेट र स्टागन ३० ट्याब्लेट सहित बागमती गाउँपालिका-१ मानिखेल घर भई ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने २४ वर्षीय उमेश संजेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले प्रदेश ०३-०२-००४ प ७३५६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बेली बस्ने २६ वर्षीय तिर्थराज रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१३ मलाया रोडबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा शहिदभूमी गाउँपालिका-७ बस्ने ३५ वर्षीय बालकृष्ण राई र  सुनसरी धरान उपमहानगपालिका-१० बस्ने ३२ वर्षीय मनोज गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।सुनसरी, देवानगंज गाउँपालिका-२ यादव टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया पत्राहा-१५ घुर्ना बजार बस्ने २६ वर्षीय मोहम्मद जावेद, ३० वर्षीय मोहम्मद जमशेर र २५ वर्षीय मोहम्मद आलविन रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले बिआर ३८ एडि ४१३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बस्ने ५० वर्षीय पदम बहादुर कार्कीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २ किलो ३ सय १५ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिएको प्रहरीले पदम बहादुरको सोही ठाउँस्थित होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।उदयपुर, बेलका नगरपालिका-९ रामपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित सोही नगरपालिका-९ रामपुरबजार बस्ने २४ वर्षीय जनम गहतराजलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को.२४ प ३९८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टिकापुर नगरपालिका-१ ब्लक नम्बर ९ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ ब्लक नम्बर १२ बस्ने २८ वर्षीय शाहिल शाह र ब्लक नम्बर ९ बस्ने ३२ वर्षीय सुमित साउद रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-१७ शिसुनिकेतन मार्गबाट  नियन्त्रित लागूऔषध टापेन्टाडोल ३१ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ बस्ने २१ वर्षीय सबिन बिक र २२  वर्षीय समिर राना रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१ लोथरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १  हजार ४ सय ५० ट्याब्लेट र नगद ९ हजार १ सय ४९ रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका-१२ जयमंगला बस्ने २२ वर्षीय कबि श्रेष्ठ र २५ वर्षीय सुरज घलान रहेका छन् । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले वीरगंजदेखि नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ०५०३ नम्बरको ईभी माईक्रोलाई जाँच गर्दा माईक्रोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर सहित भारतीय नागरिक पक्राउ
२०८२-०१-१०

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ६० हजार १ सय सहित भारतीय नागरिक ४० वर्षीया सोनी गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ
२०८२-०१-१०

काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका ३० वर्षीय आशिष परियार नेपाली भन्ने आशिष नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पीडित बालिकालाई २०७० फागुन ११ गते चीनको खासास्थित छिरिङ डान्सबारमा लगि १८ हजार रूपैयाँमा बेचबिखन गरेको घटनामा संलग्न रही वारदात मिति देखि फरार रहेका आशिषलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०१-१०

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै वृद्धि भएको पदीय दायित्व र मर्यादालाई आत्मसाथ गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबल एवम् सामुहिक भावनाका साथ कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी निरीक्षक सुदिप थापाले संगठनको वृहत्तर हितलाई केन्द्रमा राखि संगठनले अंगिकार गरेको उद्देश्य र लक्ष्य प्राप्तिका लागि प्राप्त जिम्मेवारी मन, वचन र कर्मले निष्ठापूर्वक वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. दुर्लभ कुमार थापाप्रति श्रद्धाञ्जली अर्पण
२०८२-०१-१०

काठमाडौं, ९७ वर्षको उमेरमा वैशाख ९ गते दिवंगत हुनुभएका अवकाश प्राप्त प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित नेपाल प्रहरीद्वारा अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण समारोहको आयोजना गरियो । श्रद्धाञ्जली समारोहमा प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू लगायतले स्व. थापाको पार्थिव शरीरमा फूलमाला चढाई अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।अवकाश प्राप्त प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको पार्थिव शरीरलाई आज प्रहरी वृत्त गौशालाको प्राङ्गणमा राखी दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धान्जली अर्पण गरी तत् पश्चात पशुपति आर्यघाटसम्म शवयात्रा गरिएको    थियो । प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू, सिनियर प्रहरी अधिकृतहरू, अवकाश प्राप्त प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू, नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरू एवम् स्व. थापाका आफन्तजनले समेत उहाँको पार्थिव शरीरमा फुलमाला चढाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. दुर्लभ कुमार थापाले २०११ कार्तिक ३० गते नेपाल प्रहरीको जनपदतर्फ सुवेदार पदमा नियुक्त भई २०१२ भदौ १९ गते प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएकोमा २०३५ साउन ३१ देखि २०३९ जेठ ३१ गतेसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारीमा रही असल एवम् अनुकरणीय प्रहरी अधिकृतको रूपमा संगठनमा उच्च व्यवसायिक छवि निर्माण गर्नुभएको थियो ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८२-०१-१०

सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ६६ मिलिग्राम सहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका-४ बस्ने २७ वर्षीय राजन बास्तोला, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-६ बस्ने २० वर्षीय अनोज कुमार उराव, सोही नगरपालिका-३ बस्ने २५ वर्षीय अनोज रूपेश कुमार यादव, इटहरी उपमहानगरपालिका-१७ भाटभटेनी बस्ने २० वर्षीय मो. समिर खान र २० वर्षीय राजेश पुरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-७ त्रिवेणी बस्ने ५३ वर्षीया अन्जना तामाङ र सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २२ वर्षीय मनिस धामीलाई नियन्त्रित लागूऔषध स्पासरेस्ट ४५ ट्याब्लेट, ट्रामाडोल २ सय ५५ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले अन्जनाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यसैगरी धनकुटा, धनकुटा नगरपालिका-७ बस्ने १९ वर्षीय ओम तामाङलाई नियन्त्रित लागूऔषध स्पासरेस्ट २ सय ५५ ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र स्पासमिड ७ ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।यसैगरी धनकुटा, साँगुरीगढी गाउँपालिका-७ लेउती खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित सोही गाउँपालिका-१ बस्ने २० वर्षीय अबि तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले मुलघाटबाट धरानतर्फ जाँदै गरेको बा.७३ प ३९१५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १२ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय ओमराज शर्मा र महोत्तरी लोहरपट्टी नगरपालिका-७ घर भएका २३ वर्षीय रूपेश कुमार ठाकुर रहेका छन् । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज. १३ प १३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । काभ्रे, नमोबुद्ध नगरपालिका-७ नौबिसेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८७ ट्याब्लेट, नाईट्राजेपाम ६३ एम्पुल, डाईजेपाम २ एम्पुल, नोर्फिन २ एम्पुल र अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित सोही नगरपालिका-४ घर भई भक्तपुर बोडे बस्ने २२ वर्षीय प्रदिप दर्जी समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भकुण्डेबेशीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कैलाली, कैलारी गाउँपालिका-१ हसुलियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ बस्ने २३ वर्षीय आशिष कुमार चौधरी र धनगढी उपमहानगरपालिका-१ शिव मन्दिर बस्ने २७ वर्षीय अजय रसायली रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, लमही नगरपालिका-५ स्थित लमही बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-८ घर भई सोही नगरपालिका-६ गंगटीखोला बस्ने २४ वर्षीय दिपेश चौधरी र घोराही उपमहानगरपालिका-१५ भरतपुर टोल बस्ने प्युठान माण्डवी गाउँपालिका-३ घर भएका २३ वर्षीय राजु थापा रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही नगरपालिका-३ भासी बस्ने २७ वर्षीय अजय घिमिरेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-११ बस्ने ३३ वर्षीय महेश लामिछाने र रूपन्देही मायादेवी गाउँपालिका-८ बस्ने २६ वर्षीय अमन सुनार रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त टोलीले सोही ठाउँस्थित द होटल अल्ट्राको कोठा नम्बर ४०१ मा बसेका उनीहरूलाई ८ सय मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो । साथै उनीहरूले प्रयोग गरेको लु.४९ प ९९७ नम्बरको मोटरसाइकलको भाइजरमा लुकाई राखेको अवस्थामा थप १ ग्राम ५ सय १० मिलिग्राम उक्त पदार्थ फेला परेको हो । यसैगरी रूपन्देही, ओमसतिया गाउँपालिका-१ बालापुर डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका-६ बस्ने २५ वर्षीय रिन्कु हरिजनलाई अवैध लागूऔषध गाँजा करिब ५ किलो ३ सय ग्राम र डिजिटल तराजु १ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८२-०१-०९

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३६औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारा देवि थापाले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा उहाँले विपद् उद्दारकर्मीको रूपमा खटिँदा संवेदनशील, साहसी र अग्रसर भई आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम कुमार यादवले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन ११ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान २५ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

करिब ३ सय २३ किलो गाँजा सहित एक जना पक्राउ
२०८२-०१-०९

सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध गाँजा करिब ३ सय २३ किलो २ सय १० ग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित भोजपुर अरुण गाउँपालिका-५ बस्ने २६ वर्षीय तेजेन्द्र कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।    लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनले सोही ठाउँमा पार्किङ गरी राखेको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको योद्धा गाडीलाई प्रहरीले तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०१-०९

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित झापा दमक नगरपालिका-८ बस्ने ३२ वर्षीय मनोज साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१३ सूर्यमार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र  स्पास्पेन ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, औरही गाउँपालिका-१ दरहियाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित सिरहा नगरपालिका-१९ सन्हैठा बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघबीच समझदारीपत्रमा हस्ताक्षर
२०८२-०१-०९

काठमाडौं, नेपाल प्रहरी अस्पताल महाराजगंज र नेपाल नेत्रज्योति संघबीच आँखा उपचार सेवा प्रवाह, क्षमता अभिवृद्धि र जनशक्ति आदानप्रदानलाई सहज तथा प्रभावकारी बनाउन आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्यौजु र नेपाल नेत्रज्योति संघको तर्फबाट संघका महासचिव भरतबहादुर चन्दले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा. ह्यौजु र संघका महासचिव चन्दले उक्त समझदारीपत्र आदानप्रदान समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई यस समझदारीले थप हौसला मिल्ने उल्लेख गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र नेपाल नेत्रज्योति संघबीच थप सेवा विस्तारका लागि समन्वय तथा सहकार्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले जनताको सेवामा खटिने प्रहरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको चर्चा गर्दै आगामी दिनमा समेत सेवा विस्तारको लागि संघ सदैव तयार रहेको बताउनुभयो ।उक्त सम्झौता अनुसार नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघको सहकार्य र समन्वय मार्फत आँखा तथा कान उपचार सेवालाई सहज तथा प्रभावकारी बनाउने, गुणस्तरीय आँखा उपचार सेवा प्रवाह सुधार गर्न ‍जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू संचालन गर्ने, आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने, नेपाल नेत्रज्योति संघले नेपाल प्रहरी अस्तालबाट रिफर/सिफारिस भई आएका बहालवाला प्रहरी कर्मचारीहरूलाई आँखा सम्बन्धी सबै उपचार/शल्याक्रियाहरूमा शतप्रतिशत छुट प्रदान गरिने उल्लेख गरिएको छ । यस सम्झौता २०८२ वैशाख ९ गतेदेखि कार्यान्वयन भई ३ वर्ष अवधिको लागि लागू हुनेछ ।उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत नेपाल नेत्रज्योति संघका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम सुरू
२०८२-०१-०९

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने दोस्रो समूहको ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम’ सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले मंगलबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक ई. अञ्जन राज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ११ जना, प्रहरी सहायक हवल्दार ८ जना जना र प्रहरी जवान ४ जना गरी कूल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति जना पक्राउ
२०८२-०१-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ घर भएका २७ वर्षीय उमेश भोलोनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उमेशले रसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिला पक्राउ
२०८२-०१-०९

काठमाडौं, नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको अभियोगमा दैलेख घर भई ललितपुर महानगरपालिका-२५ बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । जानकीले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई आफू कानून मन्त्रालयको उपसचिव हुँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईलाई विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाई दिन्छु सो प्रयोजनको लागि राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भनी ७ लाख ६० हजार ८ सय रूपैयाँ लिएको र अन्य २ जना पीडितहरूलाई अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी केही रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०१-०९

काठमाडौं महानगरपालिका-२६ मित्रनगर मन्जुश्री मार्गस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ६६ एम्पुल, डाइजेपाम १ सय ५६ एम्पुल र बुप्रेनोर्फिन १ सय ६६ एम्पुल सहित पर्सा वीरगंज महानगरपालिका-२३ घर भई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय रोशन कुमार यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल सहित पर्सा बहुदरमाई नगरपालिका-९ बस्ने २४ वर्षीय मुमताज मियालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बारा अमलेखगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोको छत माथी रहेको टायरभित्र बोरामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी सुमो चालक मुमताजलाई पक्राउ गरेको हो । बाँके, नेपालगञ्ज उपमहानगरपालिका-२ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ४२ वर्षीय पुष्कर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१० शिवचोकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २५ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन ११ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१० शिवचोक बस्ने ३९ वर्षीय राज नेपाली र ४५ वर्षीय मिलन भन्ने राजेन्द्र गुरुङ रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कास्की, पोखरा महानगरपालिका-६ नारेश्वरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १७ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० अम्मरसिंह बस्ने ३० वर्षीया निशा गुरूङ र अन्नपूर्ण गाउँपालिका-३ घर भएका ३४ वर्षीय विश्व गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ निङ्गलासैनी टोल बस्ने ३० वर्षीय निशान्त घर्तीमगरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय राकेश परियार र २८ वर्षीय धर्मचन्द्र गिरी रहेका छन् । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले राकेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-९ ब्रह्मदेव दुर्गेटोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ ग्राम र ३ राउण्ड गोली सहित सोही ठाउँ बस्ने ४२ वर्षीय कर्ण बहादुर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ र गोली फेला पारी पक्राउ गरेको हो । रूपन्देही, देवदह नगरपालिका-५ खैरेनीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४१ एम्पुल, फेनारगन ४१ एम्पुल र टेलजेसिक ४१ एम्पुल सहित कन्चन गाउँपालिका-५ रूद्रपुर बस्ने २४ वर्षीय यम बहादुर बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारगन १९ एम्पुल र नोर्फिन १९ एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-२१ बस्ने ३२ वर्षीय क्षितिज तामाङ योङ्जनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
२०८२-०१-०८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-१० घर भएकी २९ वर्षीया उरूषा क्षेत्री, काठमाडौं महानगरपालिका-३२ बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका २७ वर्षीय केदार ढुङ्गाना र दाङ तुल्सीपुर उपमहानगरपालिका-६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन् ।पक्राउ मध्ये उरूषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रूपैयाँ, केदारले माल्दिभ्स पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र पोषणराजले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उरूषालाई काठमाडौं महानगरपालिका-३१ बाट शनिबार, केदारलाई काठमाडौं महानगरपालिका-३२ बाट शुक्रबार र पोषणराजलाई  दाङ तुल्सीपुर उपमहानगरपालिका-६ बाट बुधबार पक्राउ गरेको हो । पक्राउ मध्ये उरूषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०१-०८

सुनसरी, धरान उपमहानगरपालिका-१५ त्रिशुलमार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९ ट्याब्लेट र स्पास्पेन ३ सय ९ ट्याब्लेट सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीया रेसु राई र २९ वर्षीय सन्तोष साह रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले को. २० प ३६८३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ एयरपोर्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय उत्तम पाण्डे समेत ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २ जना किशोरहरूलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बा. ६४ प ९३४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-१० अरुणखोला जंगलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनारागन १ सय एम्पुल सहित कास्की पोखरा महानगरपालिका-२९ बस्ने २३ वर्षीय कमल घिमिरेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना.७ ख ३५२६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०१-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ६ किलोग्राम सहित चितवन राप्ती नगरपालिका-११ कोराक बस्ने २५ वर्षीय बाबुराम तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट कलैयातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-६ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट सहित सोही नगरपालिका-१२ दुर्गा टोल बस्ने २६ वर्षीय मो.इस्माइल अलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०१-०७

मोरङ, विराटनगर महानगरपालिका-१५ बैंक रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-२ बस्ने ३१ वर्षीय सरन डाँगीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, कैलारी गाउँपालिका-१ सडकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-८ दुधिया बस्ने २५ वर्षीय सन्जु कुमार चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१ हनुमानथानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३ सकायल बस्ने ३९ वर्षीय करन बहादुर देउवा र ३५ वर्षीय रोहित शाही रहेका छन् । प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १३ ग्राम २ सय ७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-११ बस्ने २५ वर्षीय राम बहादुर बिष्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२६ सिसुवारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ५ सय ४३ ट्याब्लेट र अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशाल सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा शान्तीलाई १ हजार १ सय ८० ट्याब्लेट ट्रामाडोल र विशाललाई २ हजार ३ सय ६३ ट्याब्लेट ट्रामाडोल र करिब ३ सय ग्राम गाँजा जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।         मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपलवोटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित सोही उपमहानगरपालिका-४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.६३ प ४८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।          सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१४ कटुकास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित बाँके नेपालगञ्ज उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय अनिश नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गोठीकाँडाबाट खटिएको प्रहरीले लु.६७ प ६५५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  संखुवासभा, धर्मदेवी नगरपालिका-४ तिरतिरे बस्ने २८ वर्षीय राम बहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका-६ पुलुङ बस्ने ३८ वर्षीय देबेन्द्र थापालाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम बहादुरको घरमा लागूऔषध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीले राम बहादुरको घर नजिकै गोठको मलखाडीमा लुकाई राखेको उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०१-०६

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३ ग्राम ४ सय मिलिग्राम सहित जुम्ला चन्दननाथ नगरपालिका-५ बस्ने २२ वर्षीय प्रवेश सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम १ सय ३० मिलिग्राम सहित पाँचथर कुम्मायक गाउँपालिका-३ बस्ने २८ वर्षीय अइन्द्र विक्रम खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.९ प ३४३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-५ बस्ने २७ वर्षीय पञ्चम ताजपुरिया र २६ वर्षीय अर्जुन हजाम रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ४० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१४ बस्ने ३९ वर्षीय रमेश परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले प्र.१-०२-०५१ प १८३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित पाचँथर फिदिम नगरपालिका-२ बस्ने २२ वर्षीय सरोज अधिकारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ६०२७ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २१ ग्राम ९ सय १० मिलिग्राम सहित ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने ४२ वर्षीय सरोज खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ६८०३ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, तिलोत्तमा नगरपालिका-८ चार नम्बर साइकल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही नगरपालिका-११ मद्रानी रामटोल बस्ने २६ वर्षीय राज कुमार खौसीयालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, रामधुनी नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय आशिष कुमार सरदार र ३० वर्षीय कृष्ण चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१८ पिपलडाली बस्ने पर्वत घर भएका ३८ वर्षीय गोपाल पुन मगरलाई नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, फेनारागन १७ एम्पुल र नुर्फिन १७ एम्पुल सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१८ एफ गाउँबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६ सय ५ ग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय सूर्य बहादुर सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०१-०५

कास्की, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रम बीच गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लेखकले वर्तमान संविधान ठूलो संघर्षबाट प्राप्त भएको तथा यसको रक्षाका लागि प्रत्येक निकायहरू सदैव तयार हुनुपर्ने उल्लेख गर्दै संविधान विरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताउनुभयो । गृहमन्त्री लेखकले लागूऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध र प्राकृतिक विपद् चुनौतिका रूपमा देखा परेको उल्लेख गर्दै त्यस्ता चुनौतिको समाधान गर्ने तर्फ सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । प्रभावकारी सेवा प्रवाह अपरिहार्य भएको बताउँदै उहाँले संघ, प्रदेश र स्थानीय तह बीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउन थप क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम बिष्टले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले न्यूनतम जनशक्ति एवम् साधनस्रोतका वावजुद प्रहरीले उच्च कार्यसम्पादन गरिरहेको बताउनुभयो । सुरक्षा र विकास योजना सँगसँगै लैजानुपर्ने आवश्यकता रहेको पहिल्याउँदै बदलिँदो समयमा हुने गरेका प्रविधियुक्त अपराधको अनुसन्धान गर्न प्रहरीमा पनि समयानुकुल प्रविधिको विकास, स्रोतसाधन र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव रामचन्द्र तिवारी लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
२०८२-०१-०५

झापा, कचनकवल गाउँपालिका-६ बनियानि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ८ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २८ वर्षीय कासिम मियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरीले बिआर ३७ एई ६४५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्‍चिम पाल्हीनन्दन गाउँपालिका-४ बस्ने २८ वर्षीय अंकित कुमार निगम बानिया र बाजुरा त्रिवेणी नगरपालिका-८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले लु.प.प्र.०१-००१ प ९२७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ३ सय ६५ किलोग्राम गाँजा सहित चार जना पक्राउ
२०८२-०१-०५

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनीबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५ किलोग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजन लामा, हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन र कैलाश गाउँपालिका-१० बस्ने २७ वर्षीय जिवन ठोकर रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख २५०४ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा १९ वटा पोकामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजन, ट्रकमा सवार ईश्वर र ओसार पसारमा संलग्न जिवनलाई ना. ३३ प ७४६९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । यसैगरी बारा, पचरौता नगरपालिका-१ मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम सहित भारत बिहार प्रान्त मोतिहारी पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८२-०१-०५

कपिलवस्तु, वाणगंगा नगरपालिका-४ दरखास्तबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरीया नगरपालिका-५ बस्ने ३१ वर्षीय विशाल गुप्ता र भारत उत्तर प्रदेश बराईज घर भएका ३२ वर्षीय अमित पटवाल रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.१२ प १७८७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  सुनसरी, कोशी गाउँपालिका-१ पुरीटोल र भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३४ ग्राम ५७ मिलिग्राम सहित रामधुनी नगरपालिका-५ झुम्का बस्ने २० वर्षीय करण चौधरी समेत ११ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ वानडाँडास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय रोशन राई र ३७ वर्षीय मिमाहाङ लिम्बु रहेका छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पर्सा, जिराभवानी गाउँपालिका-६ नौका चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८ सय ८६ ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय दिलिप प्रसाद राम र २२ वर्षीय राज बिद्या प्रसाद खाँ थारू रहेका छन् । इलाका प्रहरी कार्यालय सेढवा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट  खटिएको प्रहरीले ना.१२ प २१०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-९ बस्ने २३ वर्षीय टेक बहादुर पुन र २३ वर्षीय अमित सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतको बलईगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने ३० वर्षीय अभिषेक शाह र कैलारी गाउँपालिका-७ बस्ने ४२ वर्षीय श्याम बहादुर चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ८९४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ
२०८२-०१-०४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ किलो २ सय ग्राम सहित श्रीलंकन नागरिक ६१ वर्षीय MOHAMED SALEEM MOHAMED RUMOZ लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रीलंकन एयरको उडानद्वारा काठमाडौं हुँदै श्रीलंका जान लागेका उनलाई डिपार्चर होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।बारा, प्रसौनी गाउँपालिका-४ खुटवा बस्ने ३१ वर्षीय पवन कुमार साहलाई अवैध लागूऔषध गाँजा २ किलो १ सय ग्राम र नगद २७ हजार ४ सय ३० रूपैयाँ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०१-०४

झापा, ठगी मुद्दाका फरार प्रतिवादी हल्दिबारी गाउँपालिका-१ बस्ने ६१ वर्षीय नर बहादुर विकलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।ठगी मुद्दामा जिल्ला अदालत झापाको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसला अनुसार १ वर्ष कैद र ५३ हजार ३ सय ३३ रूपैयाँ ३३ पैसा जरिवाना फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०१-०४

बाँके, कोहलपुर नगरपालिका-५ शान्तिनगरस्थित खाली घरबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ करिब १ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका-५ चिसापानी बस्ने २८ वर्षीया दिपिका पुन मगर र बाँके कोहलपुर नगरपालिका-५ बस्ने १९ वर्षीय अनुस परियार रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-८ नयाँबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सागर विक, २० वर्षीय रंजित बस्नेत र २० वर्षीय कृष्ण चदारा रहेका छन् । अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा कृष्ण चदाराको घरमा समेत लागूऔषध रहेको भन्ने खुल्न आएपश्चात कृष्णको घरबाट लुकाई छिपाई राखेको अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ ।  लमजुङ, बेसीशहर नगरपालिका-८ सेराकोबाट नियन्त्रित लागूऔषध फेनारागन ६ एम्पुल, डाईजेपाम ६ एम्पुल र ट्रामाडोल ६ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्स्याङदी गाउँपालिका-८ बस्ने २४ वर्षीय दिपक गुरूङ र १९ वर्षीय बिजय रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-१ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३ सय ५० ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भँगाहा नगरपालिका-७ बस्ने ३० वर्षीय पप्पु कुमार गिरी र १९ वर्षीय सुजित गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज.८प ३४०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एभिल ६ एम्पुल, डाईजेपाम ६ एम्पुल, लुपिजेसिक ५ एम्पुल र फेनारगन ५ एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय पासाङ शेर्पा र २५ वर्षीय रबिन्द्र लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२ ०४७ प ७००५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम ४ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका-७ बस्ने २२ वर्षीय जिवस तामाङ र ३८ वर्षीय भिम कुमार तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।  सुनसरी, हरिनगर गाउँपालिका-४ स्थित बजारबाट अवैध लागूऔषध गाँजा करिब ३५ किलोग्राम सहित बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टी बस्ने सप्तरी घर भएका २४ वर्षीय राजेश मुखियालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-०३

काठमाडौं, फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका २२ वर्षीय राहुल बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत फिसिङ लिङ्क पठाई खाता Suspend हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनाधिकृत पहुँच पुर्‍याई ४ हजार भन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रा.लि. को खाताहरूमा १ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कालिमाटीबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०१-०३

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नोर्फिन ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भएका २७ वर्षीय छिरिङ लामालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ पूर्व रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित सोही नगरपालिका-४ बसन्तपुर बस्ने १७ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१९ दुईखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ४० ट्याब्लेट सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका-८ बस्ने २६ वर्षीय रविन घर्ती मगर, सोही नगरपालिका-२ बस्ने २७ वर्षीय समिर रोका मगर, २५ वर्षीय रेमन पुन मगर र सोही नगरपालिका-८ बस्ने २५ वर्षीय विकाश केसी रहेका छन् । प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले घोराहीबाट रोल्पातर्फ जाँदै गरेको रा.४ प ४३५३ नम्बरको मोटरसाइकल र लु.प्र.०२-००१ प १३७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा करिब १८ किलोग्राम सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ४८ वर्षीय जोक बहादुर राई, उनकै छोरा ३० वर्षीय अमन राई भन्ने सुमन राई र धनकुटा साँगुरीगढी गाउँपालिका-३ बस्ने ३६ वर्षीय सुरज लिम्बु रहेका   छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको को.२ ह ४७३९ नम्बरको अटोमा सवारी उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-१८ सौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय नगेन्द्र चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०१-०३

मोरङ, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखाली बस्ने ५१ वर्षीय जयकृष्ण न्यौपानेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०१-०२

   काठमाडौं, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलो ९ सय ७० ग्राम सहित भारतीय नागरिक २७ वर्षीय Vishak Vijayan सोमबार राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई विमानस्थलको टनेल गेटमा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१३ र १६ को सिमानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५ ट्याब्लेट र स्पास्पेन २ सय ५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१९ बस्ने ३३ वर्षीय सुमन राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमफेदी गाउँपालिका-९ कुरले बस्ने २४ वर्षीय कमल प्रजा र कैलाश गाउँपालिका-१० बेतिघारी बस्ने २९ वर्षीया सुमित्रा प्रजा रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख १५८७ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार कमललाई ६ किलोग्राम र सुमित्रालाई ६ किलोग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-३ बुटाबारीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १६ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ३९ वर्षीय कुलदिप सिंह र ६० वर्षीय बेचनलाल पाशमान रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी २६ एडब्लु ३१८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित बर्दिबास नगरपालिका-११ खयरमारा घर भई सोही नगरपालिका-१४ डेरा गरी बस्ने २६ वर्षीय कुबेर जंग रायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   लमजुङ, बेसीशहर नगरपालिका-३ रानिकुवा बस्ने २२ वर्षीय अर्जुन सेन्चुरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३७ ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-१ सानो डाँफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ३३ ट्याब्लेट सहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २२ वर्षीय पूर्ण बहादुर सिंह ठकुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८२-०१-०१

सिन्धुली, सुनकोशी गाउँपालिका-१ आँपघारीबाट अवैध लागूऔषध गाँजा करिब ८ सय ४६ ग्राम, नगद ५२ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनकोशी गाउँपालिका-२ ओख्रेनी बस्ने १९ वर्षीय उमेश बुर्जा र २६ वर्षीय मोहन बहादुर बुर्जा रहेका छन् । प्रहरी चौकी दुम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  झापा, गौरादह नगरपालिका-५ सृजना टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित कमल गाउँपालिका-७ बस्ने २८ वर्षीय बिशाल लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले मे.११ प १५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, गैँडाकोट नगरपालिका-३ अरेलीघारीबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ रिसिङ गाउँपालिका-२ काउँशिवपुर घर भई हाल चितवन भरतपुर महानगरपालिका-२० चनौली बस्ने ३४ वर्षीय बिशाल थापा मगर र १९ वर्षीय रिजन थापा मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट ढेडेनीबाट खटिएको प्रहरीले बुलिङटारबाट चितवनतर्फ आउँदै गरेको ग.२१ प ६१८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. प्रदीप शम्शेर जबराप्रति श्रद्धाञ्जली अर्पण
२०८१-१२-३०

काठमाडौं, ७८ वर्षको उमेरमा चैत ३० गते दिवंगत हुनुभएका अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रदीप शम्शेर जबराको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित नेपाल प्रहरीद्वारा अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण समारोहको आयोजना गरियो । श्रद्धाञ्जली समारोहमा गृहमन्त्री रमेश लेखक, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू तथा नेपाली सेनाका उपरथी समेतले स्व. शम्शेरको पार्थिव शरीरमा फूलमाला चढाई अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रदीप शम्शेर जबराको पार्थिव शरीरलाई आज प्रहरी वृत्त गौशालाको प्राङ्गणमा राखी दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धान्जली अर्पण गरी तत् पश्चात पशुपति आर्यघाट सम्म शवयात्रा गरिएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू, सिनियर प्रहरी अधिकृतहरू, अवकाश प्राप्त प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू, नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरू एवम् स्व. शम्शेरका आफन्तजनले समेत उहाँको पार्थिव शरीरमा फुलमाला चढाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. प्रदीप शम्शेर जबराले २०२७ पुस १४ गते प्रहरी निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गरी २०५७ कात्तिक १५ गतेदेखि २०५९ पुस १४ गतेसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारीमा रही अनुकरणीय प्रहरी अधिकृतको रूपमा संगठनमा उच्च व्यवसायिक छवि निर्माण गर्नुभएको थियो ।  

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०८१-१२-३०

काठमाडौं, नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी २०७८ असार १५ गते भएको समझदारीमा उल्लेखित व्यवस्थामा सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रम बीच प्रहरी महानिरीक्षक दिपक थापा र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदान प्रदान समेत गर्नुभयो ।   कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सम्झौताको लागि वाणिज्य बैंकलाई धन्यवाद दिँदै यस सम्झौताले सुरक्षित र समुन्नत समाज निर्माण गर्ने पवित्र लक्ष्यका साथ अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न थप उत्प्रेरणा र हौसला मिल्नुका साथै अवकाश प्राप्त, अमर र अशक्त प्रहरी कर्मचारी तथा आश्रित परिवारजनले सरल र सुलभ कर्जा लगायतका सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।  उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकले विभिन्न चरणमा सहकार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताउनुभयो ।  सम्झौता अनुसार नेपाल राष्ट्र बैंकले तोकेको आधारभुत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले पेशाकर्मी सरल कर्जमा १.७५ प्रतिशत, घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा २ प्रतिशत, शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ । बहालवाला प्रहरी कर्मचारी तथा अवकाश, अमर/शहिद र अशक्त प्रहरी कर्मचारी (पेन्सन खाता) राष्ट्रिय वाणिज्य बैंकको नियम अनुसार २० (बीस) वर्षसम्मको रू ५०,००,००० (पचास लाख) सम्म घर कर्जा तथा नयाँ सवारी साधन खरिद ७ वर्षको लागि गाडी कर्जा उपलब्ध हुनेछ । प्रहरी कर्मचारीहरूलाई वार्षिक दुर्घटना भई मृत्यु वा पूर्ण अपाङ्ग भएमा रू ५,००,००० (पाँच लाख) को बिमा हुनेछ । नियमअनुसार विदामा रहेका बाहेक अन्य खातावाला कर्मचारीहरू दुर्घटनाबाट घाइते भई उपचार गर्नुपर्ने अवस्थामा दोहोरो बिमा दाबी नहुने गरी बिमा प्राधिकरणबाट जारी भएको निर्देशिका बमोजिम अस्पतालको बसाई तथा खर्चको क्षतिपूर्ति लगायत सुविधा बिमा बापत उपलब्ध गराउने गरी नाम उल्लेख गरी बिमा गराउनु पर्नेछ । उक्त बिमाको लागि प्रतिव्यक्ति रू १०० (एक सय) शुल्क लिई बिमा गर्न सकिने छ । यसैगरी सेवा निवृत्त भएका पूर्व प्रहरी कर्मचारीहरूलाई तीन पाङ्ग्रे अटो रिक्सा खरिद तथा सञ्चालनका लागि बैंकको पेन्सनर कर्जा कार्यविधि बमोजिम कर्जा स्व: पूँजी अनुपात ८० प्रतिशत बैंक कर्जा र २० प्रतिशत स्वयमले व्यहोर्ने गरी कर्जा सुविधा प्राप्त हुने र सो कर्जा रकम सीमा कायम गर्दा ६ वर्षको पेन्सन रकम बराबर वा अटो रिक्साको परल मूल्यमा नबढ्ने गरी अधिकतम रू ५,००,००० (पाँच लाख मात्र)  मध्ये जुन कम हुन्छ सोहीको आधारमा कर्जा सीमा प्रदान गरिने छ । साथै कर्जा ५ वर्षको वा बढिमा ६० किस्तामा भुक्तानी हुने गरी अवधि कायम हुनेछ । नेपाल प्रहरी कल्याणकारी शाखाको सिफारिसमा प्रहरी परिवार, अमर/शहिद तथा अशक्त प्रहरी परिवार संलग्न रहने लघुउद्यम स्थापना, कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय स्थापना तथा सञ्चालन गर्न बैंकको विद्यमान कर्जा कार्यविधिको अधिनमा रही व्यवसायको वित्तीय आवश्यकता अनुसार कर्जा उपलब्ध हुने र सो कर्जाको बैंकको आधार दरमा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ । साथै घर कर्जा, एसएमइ तथा कृषी कर्जाको लागि कर्जा सुरक्षा बापत घर/जग्गा अचल सम्पत्ति धितो रोक्का हुने तथा नेपाल प्रहरी संगठनमा सेवा गरी निवृत्तिभरण (अवकाश) प्राप्त गरेका पूर्व प्रहरी कर्मचारीहरूको पेन्सन बचत खाता राष्ट्रिय वाणिज्य बैंकमा खोली भुक्तानी लिएको हुनुपर्ने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारी २०८२ वैशाख १ गते बाट लागु हुनेछ ।    उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  

३७ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८१-१२-३०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३७ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हेभी) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम २९औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।    तालिम समापनका अवसरमा सोही महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी नायव उपरीक्षक श्रेष्ठले तालिमबाट प्राप्त सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार २५ जना र प्रहरी जवान ८ जना गरी कूल ३७ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
२०८१-१२-३०

काठमाडौं, विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी गोरखा, गोरखा नगरपालिका-६ सातधुरे दरबारमार्ग घर भएकी ३० वर्षीया विन्दु परियार शनिबार पक्राउ परेकी छिन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले मलेसियाबाट नेपाल आउने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।  विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार कसुर मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० फागुन ७ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।  उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

युके र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-१२-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२९ बस्ने इलाम चुलाचुली गाउँपालिका-३ घर भएका ३५ वर्षीय ख्याम खड्का र काठमाडौं महानगरपालिका-३० बस्ने मोरङ ग्रामथान गाउँपालिका-६ घर भएका २३ वर्षीय इश्वर पोखरेल रहेका छन् । पक्राउ मध्ये ख्यामले युके पठाइदिछु भन्दै २ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ र इश्वरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ५१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ख्यामलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ बाट शनिबार र इश्वरलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये ख्यामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र इश्वरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८१-१२-३०

कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीया लक्ष्मी कडेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ गोस लाईन बस्ने ५१ वर्षीय कुमार लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, रतुवामाई नगरपालिका-१ कुटुमगञ्जबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लावारी नगरपालिका-३ बस्ने ३५ वर्षीय किरण राई र ३५ वर्षीय काजीमान लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१५ प १९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ हेमन्तपुर कोलकाटे टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-६ गोठलीगाउँ बस्ने ३२ वर्षीय श्रीधर डाँगी र सोही उपमहानगरपालिका-६ गाइडर बस्ने ४० वर्षीय लुपेन्द्र पोख्रेल रहेका छन् । प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले रा.७ प ३०६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-५ सिटी सेन्टरस्थित सडकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ किलो ५ सय ३४ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बेङ्लोर कनाटाकास ईजिपुरा बस्ने ३७ वर्षीया सनम सेख र भारत नागावार बस्ने ५१ वर्षीय ईबराहिम केथाड्थ रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले काठमाडौंबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र.३-००१ ख २८२५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्क नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-६ स्यालडाँगी बस्ने ताप्लेजुङ फुङलिङ नगरपालिका-४ घर भएका २१ वर्षीय युगल दर्जी सिवालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-६ ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ बस्ने ४४ वर्षीय केशर बहादुर दर्जीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी पोष्ट ट्राफिक चोकबाट खटिएको प्रहरीले लु.७३ प ६४५४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ छठीमाई घाटस्थित बाटोबाट अवैध लागूऔषध गाँजा करिब ६२ किलो ५ सय ५० ग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २७ वर्षीय विवेक थिङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.०२-०४२ प ७०९५ नम्बरको मोटरसाइकल र ना.५४ प ५२७० नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकल छाडी ३ जना फरार भएको र विवेकलाई नियन्त्रणमा लिई मोटरसाइकल तलासी गर्दा ४ वटा पोकामा रहेको उक्त गाँजा फेला पारेको हो । हाल फरार अन्य ३ जना व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका-३ बत्तिसबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ७० ट्याब्लेट र स्पास्पेन १ हजार ४ सय ७० ट्याब्लेट सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय दिपेश लिम्बु र सोही उपमहानगरपालिका-१९ बस्ने सुमन राई रहेका छन् । अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले झुम्काबाट धरानतर्फ जाँदै गरेको बा.४४ प ७७४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।दोलखा, भिमेश्वर नगरपालिका-६ पाटी खोलास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेलुङ गाउँपालिका-१ पोवटी बस्ने २३ वर्षीय कुसल उप्रेती र विगु गाउँपालिका-४ बस्ने ३० वर्षीय मोहन बहादुर पाण्डे रहेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८१-१२-२९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ हजार ९ सय ट्याब्लेट र नाईट्राभेट ३ हजार ९ सय ट्याब्लेट सहित सर्लाही बरथहवा नगरपालिका-१० बस्ने २४ वर्षीय राकेश पासवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ३७६० नम्बरको बसलाई जाँच गर्ने क्रममा चामलको बोरामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी बसका सहचालक पासवानलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १० किलो १ सय ७० ग्राम सहित भारतीय नागरिक २५ वर्षीय IRFAN AHAMNAD KASALIPARAMBIL BASHEER बिहीबार राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंकक हुँदै काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको व्यागेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा करिब २६ किलो १० ग्राम सहित २ जना बिहीबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३१ वर्षीय RAM  KUMAR  र ३८ वर्षीय PADINHER CHANDYPURAYJL रहेका छन् । थाई एयरको उडानद्वारा बैंकक हुँदै काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा RAM  KUMAR लाई ११ किलो २ सय ८५ ग्राम र  PADINHER लाई १४ किलो ७ सय २५ ग्राम उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   कैलाली, घोडाघोडी नगरपालिका-१ सुख्खडस्थित बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही नगरपालिका-१ सितानगर बस्ने १९ वर्षीय सुनिल मल्ललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-५ तारानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३ ग्राम १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय तपेन्द्र शाहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-४ बिकासनगर बस्ने २२ वर्षीय रामु खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-११ हिमाली चोकबाट अवैध लागूऔषध गाँजा करिब २८ किलोग्राम सहित साँगुरीगढी गाउँपालिका-९ घर भई धरान उपमहानगरपालिका-११ बान डाँडा बस्ने ३४ वर्षीय भुपाल राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-४ बस्ने २१ वर्षीय एनजल गुरूङ र १९ वर्षीय साहिल राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सल्यान, बनगार कुपिण्डे नगरपालिका-१ सल्लिबजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ किलो ३ सय ५५ ग्राम सहित सोही नगरपालिका-१ बस्ने ३८ वर्षीया भुमा बुढाथोकीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले जाजरकोटबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ ख ४००८ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि अन्य १ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८१-१२-२८

काठमाडौं, सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।सामाजिक सञ्जाल मार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी पीडित युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि प्रेमीको साथीले दुरूपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी मानसिक तनाव दिई हैरानी दिने तथा अमर्यादित कार्य गर्ने गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न अधिकारीलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८१-१२-२८

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम, नगद २२ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ ठूलोडाँफे बस्ने ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापा रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बारबर्दिया नगरपालिका-४ कुसुम्वाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम, नगद ३ हजार ६ सय ४६ रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-८ कोकिया गाउँ बस्ने २५ वर्षीय दिनेश चौधरी र सोही नगरपालिका-७ खाले गुलेरिया बस्ने २२ वर्षीय राजकुमार अहिर रहेका छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-३ धोबीघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट र नगद ५ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१४ बाडेगाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-७ घर भएका २५ वर्षीय सुजन क्षेत्री र रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भएका २४ वर्षीय दिपेश भण्डारी रहेका छन् । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले बा.९२ प ६५९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बारा, फेटा गाउँपालिका-३ चौतारा नजिक घोडासाहनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७८ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत शिवनगर इनर्वा पञ्चायत पूर्वी चम्पारण-२ बस्ने ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ना.३ त ४७१४ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक टुटु कुमार र ट्याक्टरमा सवार टुटु अंसारीलाई पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-९ भचुवा बस्ने २१ वर्षीय दिवस विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२७

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी गोरखा, गोरखा नगरपालिका-११ घर भएका २१ वर्षीय निरज ढकाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र नगद २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा, गोरखा नगरपालिका-११ बाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । 

५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान
२०८१-१२-२७

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन ११ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २४ जना र प्रहरी सहायक निरीक्षक २७ जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न
२०८१-१२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा आउने सर्वसाधारण नागरिकको सेवा गर्ने हेतुले अस्पताल परिसरमा नवनिर्मित ‘नेपाल प्रहरी अस्पताल स-शुल्क फार्मेसी’को उद्‍घाटन गर्नुका साथै उक्त फार्मेसीको अवलोकन समेत गर्नुभयो । साथै उहाँले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८१’ र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुलाई इकोकार्डियोग्राफी मेसिन हस्तान्तरण गर्नुका साथै लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दीपा नुच्छे प्रधानलाई आईसियु भेन्टिलेटर एण्ड प्यासेन्ट मोनिटर मेसिन हस्तान्तरण गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक थापाले अस्पतालको नवनिर्मित फार्मेसीको लागि लजेस्टिक सहायता गर्नुहुने Key Concept Nepal प्रा.लि काठमाडौंका कार्यकारी अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी वर्षभरिको  कार्यसम्पदान र सेवा प्रवाहको आधारमा उत्कृष्ट विभाग अन्तर्गत मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसापत्र समेत उहाँले प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालको क्रमिक विकास, विस्तार एवम् अस्पताललाई हालको स्तरसम्म पुर्‍याउन सम्पूर्ण अग्रजहरूले निर्वाह गर्नुभएको भूमिका तथा योगदानको प्रशंसा गर्नुभयो । प्रहरी कर्मचारी तथा तिनका परिवारजनले प्राप्त गर्ने सेवा सुविधा र गुणस्तरको आधारमा प्रहरी कर्मचारीको मनोबल, उत्प्रेरणा र हौसलामा समेत अभिवृद्धि भई कार्यसम्पादनमा सकारात्मक नतिजा आउने हुँदा यसतर्फ विशेष सजगता र मानवीय संवेदना अपनाई अस्पतालले सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामी प्रतिको मानवीय व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन र समग्र संगठनलाई केन्द्रबिन्दुमा राखि स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय एवम् सेवाग्राहीमैत्री बनाउँदै नेपाल प्रहरी अस्पताललाई “Center For Health Excellence” को रूपमा विकास गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग तथा प्रहरी कर्मचारीहरूलाई आव्हान गर्नुभयो । अस्पतालले विद्यमान सेवाहरूलाई अझ प्रभावकारी र व्यवस्थित गर्न तथा अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती रूपा थापाले हिटिङ गिजर र फिजियोथेरापी ट्रेड मिल अस्पतालका फिजियोथेरापी विभाग प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. कुशल रानाभाटलाई हस्तान्तरण  गर्नुभयो । साथै संघकी अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफुल समेत वितरण गर्नुभएको थियो । समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरी आम सर्वसाधारण नागरिकहरूलाई समेत सर्वसुलभ रूपमा गुणस्तरीय सेवा दिइरहेको उल्लेख गर्नुभयो । अस्पतालबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय बनाउन अस्पताल प्रशासन सदैव प्रयासरत रहेको उहाँले बताउनुभयो ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सन्जय विक्रम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन तथा नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेजमा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गर्नुभएको थियो । समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृतहरू, भिजिटिङ कन्सल्टेन्टहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८१-१२-२७

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ३ सय ९० ट्याब्लेट सहित रौतहट गुजरा नगरपालिका-२ कटानी घर भएका १९ वर्षीय वाङ्पो दोर्जे योञ्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०९४९ नम्बरको इभि गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-३ ठूलो भर्‍याङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २६ ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका-२ घर भएका ३० वर्षीय कृष्ण बहादुर तामाङ र बेलकोटगढी नगरपालिका-१ घर भई काठमाडौं बालाजु बस्ने ३० वर्षीय भानुभक्त खनाल रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ एकतानगर शिविर बस्ने २३ वर्षीया बन्दना बिक समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बस्ने २५ वर्षीय गौरभ आचार्य समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले गौरभको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय विवेक राना समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलोग्राम र मोबाइल १ थान सहित भारत बिहार घर भएका ४५ वर्षीय विकास साह कानुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय ५० ग्राम र मोबाइल ४ थान सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-३ झवरा टोल बस्ने ४४ वर्षीय सुनिल बम्जन, २९ वर्षीय पञ्चलाल माझी र २१ वर्षीय मुकेश माझी रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ स्थित भन्सार खोला नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम सहित भारत वेष्ट बंगाल दार्जिलिङ घर भएका ४१ वर्षीय राजेन बर्मनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, अर्जुनधारा नगरपालिका-४ भाङबारी बस्ने २८ वर्षीय भुवन न्यौपानेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम र अवैध लागूऔषध जस्तो देखिने कालो पदार्थ ५ सय ९० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित बैतडी पुर्चौडी नगरपालिका-७ कोटीला घर भएका २८ वर्षीय उत्तम बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपलिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय समन न्यौपाने र १९ वर्षीय अभिषेक याख्खा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३८ मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २६ वर्षीय मुस्कान राई र २१ वर्षीय खम्ब बहादुर दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले रामपुरबाट लालबजारतर्फ जाँदै गरेको को.३९ प ५६४९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-१२-२६

काठमाडौं,  विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको जगाती, चुनदेवी, बानेश्वर, गौरीघाट, मंगलबजार, ईमाडोल, लुभु, सोह्रखुट्टे, कंलकी, नयाँबसपार्क, बाफल, थली, नेपालटार र मुलपानी लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।    

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२६

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्सा विन्दवासिनी गाउँपालिका-२ घर भएका ६२ वर्षीय लोकनाथ साह तेलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले उक्त मुद्दामा सर्वस्व सहित जन्म कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पर्सा वीरगंजबाट पक्राउ गरेको हो । लोकनाथले पर्सा साविक बहुअर्वाभाठा गाबिस-५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादको विषयमा छलफल गर्ने भनि बोलाई २०६४ वैशाख २५ गते गोली प्रहार गरी हत्या गरी फरार भएको घटनामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो । साथै उनी भारत चम्पारण पिपरियास्थित रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेष धारण गरी लुकिछिपी बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-१२-२६

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ६ किलोग्राम सहित थाईल्याण्डकी नागरिक २७ वर्षीया MISS KANOKWAN PONGSUWAN मंगलबार दिउँसो पक्राउ परेकी छिन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सहिदभूमी गाउँपालिका-७ बस्ने ४२ वर्षीया ईन्दिरा राई र ४९ वर्षीया सीता कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले अखुवाबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००२ ज ४३३८ नम्बरको बोलेरोमा सवार ईन्दिरालाई १० किलोग्राम र प्र.१-०२-००१ ख ८५२९ नम्बरको बसमा सवार सीतालाई १० किलोग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।बारा, निजगढ नगरपालिका-८ कभडहल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बकैया टोल बस्ने ३४ वर्षीय कमल केसी र सोही नगरपालिका-९ बस्ने ४३ वर्षीय राम गोपाल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पथलैयाबाट निजगढतर्फ आउँदै गरेको म.प्र.०३-०३० प २९६१ नम्बरको  स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८१-१२-२६

कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीया रेश्मी कार्की, २४ वर्षीया किरण मगर र डोटी दिपायल सिलगढी नगरपालिका-६ बस्ने १९ वर्षीय सुजन खड्का रहेका छन् । अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, भजनी नगरपालिका-८ जनकपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अमित चौधेरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित एनएस होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्राम सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय सुरेश बिष्ट, भीमदत्त नगरपालिका-१० बस्ने २३ वर्षीय लोकेन्द्र चन्द, डोटी दिपायल सिलगढी नगरपालिका-८ बस्ने १९ वर्षीय रिजन कठायत र कैलाली धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उक्त होटलको १०८ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-३ लखना बस्ने ३१ वर्षीय सुनिल थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले भे.७ प ६७४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ भन्सार गेटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय ६० मिलिग्राम, नाईट्राजेपाम १० ट्याब्लेट र नगद २४ हजार ७ सय ५० रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका-१० बस्ने ३१ वर्षीय तेज बहादुर तामाङ र सोही गाउँपालिका-७ बस्ने २७ वर्षीया फुलमाया लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५७ प २८४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार गेटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ३२ वर्षीय राजेश लामा र २१ वर्षीय समिर क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-१३ घर भएका २० वर्षीय तेजेन्द्र खत्रीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएका प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, गौरादह नगरपालिका-४ मैदान घोपा बस्ने २३ वर्षीय उमेश गिरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ खरिद गर्ने कार्यमा संलग्न गौरादह नगरपालिका-२ राधाकृष्ण टोल बस्ने २४ वर्षीय मनोज भारतीलाई समेत प्रहरीले पक्राउ गरेको छ । बारा, निजगढ नगरपालिका-७ भमरापुलबाट नियन्त्रित लागूऔषध नोर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल, स्पास्मो १० ट्याब्लेट, ट्रामाडोल १० ट्याब्लेट र नाईट्राजेपाम १० एम्पुल सहित सोही नगरपालिका-६ भमरा टोल बस्ने ३० वर्षीय अमृत राउत समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२६

काठमाडौं, ठगी मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर घर भएका ४३ वर्षीय राम कुमार चौलागाईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौलागाईले पीडितलाई अरूको प्लटिङ गरेको जग्गा देखाई विभिन्न प्रलोभनमा पारी नगद ४५ लाख ५० हजार रूपैयाँ लिई वैना कागज गरेकोमा उक्त जग्गा मालपोत कार्यालयको अभिलेखमा समेत दर्ता नदेखिएकोले जिल्ला अदालत काठमाडौंबाट चैत २१ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट पक्राउ गरेको हो । साथै उनी विरूद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयहरूमा ठगी तथा बैंकिङ कसूर सम्बन्धी मुद्दाहरू दर्ता भई फरार रहेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई शुभकामना तथा ब्यानर हस्तान्तरण
२०८१-१२-२५

काठमाडौं, सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएकी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामना सहित ब्यानर हस्तान्तरण गरिएको   छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बीच प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले आरोहणमा जान लागेकी प्रहरी सहायक निरीक्षक शेर्पालाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।  सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसा सम्बन्धी अभियान र आरोहण कार्यक्रम सम्बन्धी सङ्क्षिप्त जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी नायव महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशक एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८१-१२-२५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ८ किलो ८ सय ५५ ग्राम सहित भारतीय नागरिक २८ वर्षीय SANDEEP KOOVATTUMOOLA UNNI आइतबार दिउँसो पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा वैङ्ककबाट काठमाडौं आएका उनलाई भन्सार एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।   यसैगरी काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४५ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेट सहित काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका २८ वर्षीय सुनिल गुरूङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २९ एम्पुल, फेनारगन २९ एम्पुल, ब्रुप्रेनोर्फिन २९ एम्पुल र नगद १८ हजार रूपैयाँ सहित भरतपुर महानगरपालिका-४ लंकु बस्ने ३६ वर्षीय कृष्ण हरी कंडेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बा.प्र.०३-००३ प १७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-६ सरस्वती टोल बस्ने ३० वर्षीय संतोष भट्टराईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, दमक नगरपालिका-४ तारावारी प्रतिमा टोल डेरा गरी बस्ने सुनसरी रामधुनी नगरपालिका-४ घर भएका २४ वर्षीय विवेक माझीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९ हजार १ सय ८० ट्याब्लेट, स्पास्पेन १६ हजार ५ सय ७० ट्याब्लेट, नगद २ लाख ८९ हजार ७ सय ५० रूपैयाँ, ल्यापटप १ थान, मोबाइल १ थान र क्यामेरा १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको  हो । रूकुम पश्‍चिम, वाफिकोट गाउँपालिका-४ छिनखेत बस्ने २९ वर्षीय राजिव मल्ललाई नियन्त्रित लागूऔषध ट्रामाडोल २  हजार ६ सय ३७ ट्याब्लेट, नाइट्राभेट १ हजार ८ सय ५० ट्याब्लेट, नाईट्राफास्ट २ सय ४१ ट्याब्लेट र नाइट्राजेपाम ५३ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिमबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।    सुनसरी, धरान उपमहानगरपालिका-१६ र सोही उपमहानगरपालिका-१ सिमाना क्षेत्र मगरसंघ टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७५ ट्याब्लेट र स्पास्पेरिज २ सय ८० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१ बस्ने १९ वर्षीय ओसिन डंगोललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-६ बस्ने २६ वर्षीय सद्दाम कुरेसी र सोही नगरपालिका-११ लालपुर बस्ने ४५ वर्षीय रमेश अहिर रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.२ प २५८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ कालिका टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय करन महरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-५ घुम्ने आईतबारे बस्ने ३० वर्षीय मिलन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २३ ट्याब्लेट र स्पास्मो ४४ ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ६० वर्षीय छटु यादव र १९ वर्षीय भुपेन यादवलाई अवैध लागूऔषध गाँजा ४५ किलोग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।     रूपन्देही, बुटवल उपमहानगरपालिका-११ मैनाबगरस्थित तिनहु रिबर साईड रेष्टुरेण्टबाट अवैध लागूऔषध गाँजा ३ सय ९३ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने १९ वर्षीय बिक्की विक र कास्की पोखरा महानगरपालिका-९ घर भएका २६ वर्षीय सुमन जोशी रहेका छन् । अस्थायी प्रहरी बिट जितगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १० किलो ७ सय ग्राम सहित मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने ३८ वर्षीय रबी थिङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.३६ प २१७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-१२-२५

संखुवासभा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदबारी नगरपालिका-८ बस्ने २५ वर्षीय नवराज कट्टेललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । कट्टेलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  कैलाली, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-२ कृष्णनगर बस्ने  २४ वर्षीय शिवम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८१-१२-२५

मोरङ, केराबारी गाउँपालिका-८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट भरूवा बन्दुक ३ थान सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्ली कुमार कार्की रहेका छन् । उक्त स्थानमा ३ जना व्यक्तिहरूले भरूवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले मणिराज र डिल्ली कुमारलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८१-१२-२४

सुनसरी, धरान उपमहानगरपालिका-९ बगैंचा लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय ४० ट्याब्लेट, नाईट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेट सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भारत घर भएका ३० वर्षीय विजय साह, धरान उपमहानगरपालिका-९ बस्ने २७ वर्षीय निरन्जन यादव, सोही उपमहानगरपालिका-१० बस्ने २५ वर्षीय विशेष राई र सोही उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीय निश्चल राई रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विजयको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ सुनुवार संघको भवन छेउबाट नियन्त्रित लागूऔषध ट्रामोल ४ सय ६० ट्याब्लेट र स्पास्सपेन ४ सय ६९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय संजिव सुनुवार र १९ वर्षीय सविन परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय २२ ट्याब्लेट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने ५६ वर्षीय राजु क्षेत्री र सोही उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय सकुल अधिकारी रहेका छन् । अस्थायी प्रहरी बिट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१९ ललिपुरघाटबाट नियन्त्रित लागूऔषध स्पास्मो ४० ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका-६ बस्ने २२ वर्षीय विशाल चौधरी, १८ वर्षीय किशोर र १९ वर्षीय एन्जन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-१४ लच्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चौया नगरपालिका-८ बस्ने १९ वर्षीय सुशान्त पंजियार र सोही नगरपालिका-५ बस्ने २० वर्षीय बिजय महतो रहेका छन् । प्रहरी चौकी खिरौना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले भारत जयनगरबाट सिराहातर्फ आउँदै गरेको म प्र.०१-००५ प २०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सिरहा नगरपालिका-१४ लच्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २३ ग्राम ९५ मिलिग्राम सहित काठमाडौं महानगरपालिका-११ बस्ने २१ वर्षीय सुनिल बहादुर तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना.४ ख ४७१३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सिराहा, लहान नगरपालिका-३ अस्पताल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३३ ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-९ बस्ने २१ वर्षीय पवन साह, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय लालबाबु राय र २३ वर्षीय अंकेश महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, उर्लाबारी नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट र स्पाष्मिड १ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुजन शिवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा उक्त लागूऔषध  पथरी शनिश्चरे नगरपालिका-२ बस्ने २९ वर्षीय सुमन गुरूङबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात सुमनलाई सोही ठाउँबाट ट्रामाडोल १ हजार १६ ट्याब्लेट र स्पाष्मिड ९ सय ८० ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा करिब ३२ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय सोम बहादुर मोक्तानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट परवानीपुरतर्फ जाँदै गरेको ना.१ ह ८९६१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक मोक्तानलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-१२-२३

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा संचालित “लागूऔषध विरूद्धको महाअभियान” अन्तर्गत नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशको सहकार्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ बीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।     कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध रोकथाम तथा नियन्त्रण गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा अन्य सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । लागूऔषध दुर्व्यसनको निराकरणको अभियान प्रहरीको एकल प्रयासले मात्र सम्भवन नहुने उल्लेख गर्दै यसका लागि सबै सरोकारवाला पक्ष तथा तहको संयुक्त प्रयास जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, बागमती प्रदेश नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ र ह्रदय रोग विशेषज्ञ डा.ओम मूर्ती अनिलले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गिकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान, औषधि व्यवसायीहरूको भूमिका र जिम्मेवारी लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका प्रतिनिधि, नेपाल औषधि व्यवसायी संघ काठमाडौं, भक्तपुर र ललितपुरका अध्यक्ष तथा प्रतिनिधिहरू, औषधि व्यावसायीहरू, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित पक्राउ
२०८१-१२-२३

ललितपुर, बागमती गाउँपालिका-३ भट्टेडाँडा छपेलीस्थित कान्ती लोकपथ सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९४ हजार ८० ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी रक्सौल नगर-५ पछियाटोल घर भएका २२ वर्षीय मोहम्मद उमर सिद्दिकी, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी टुमरिया ग्राम पञ्चायत-५ घर बताउने २० वर्षीय समिर आलम, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी राजाबजार नगर-३३ घर बताउने ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी र भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी पलानवा ग्राम पञ्चायत-९ घर बताउने ४५ वर्षीय नोर्जान खातुन रहेका छन् । प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बीआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी एम्बुलेन्समा सवार समिर आलम, मोहम्मद मुन्ना अन्सारी र नोर्जान खातुनलाई पक्राउ गरेको थियो भने तत्काल फरार चालक मोहम्मद उमर सिद्दिकीलाई बागमती गाउँपालिका-३ सार्वजनिक सडकबाट  शनिबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८१-१२-२३

  कञ्चनपुर, भीमदत्त नगरपालिका-६ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय किशोर भट्टलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-६ बनगाउँ भगवती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित  सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश बोगटीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय कमल रानालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।          यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-८ बस्ने १९ वर्षीय गोविन्द कठायत र २२ वर्षीय दिपक बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         यसैगरी कैलाली, भजनी नगरपलिका-३ जवलपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सागीराम चौधरी, भजनी नगरपालिका-३ काडा बस्ने २१ वर्षीय निरज चौधरी र सोही नगरपालिका-२ बस्ने २३ वर्षीय निरज चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सागीरामको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।          मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय १० मिलिग्राम सहित केराबारी गाउँपालिका-६ बस्ने ४२ वर्षीय निरज श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ६० मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय सुजन विश्वकर्मालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५२ प ६४८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित मोरङ उर्लावारी नगरपालिका-३ बस्ने १९ वर्षीय सुनिल विश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         मकवानपुर, हेटौंडा उपमहानगरपलिका-१९ मौवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४३ ग्राम ६ सय ५० मिलिग्राम, नगद १ लाख ३० हजार १ सय १० रूपैयाँ, मोबाइल ३ थान, सुनको सिक्ररी १ थान, बाला १ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ ठुलोथली बस्ने २१ वर्षीय हरसित राज मुक्तान र राक्सिराङ गाउँपालिका-३ पलासी बस्ने २२ वर्षीय समतेन डिमडुङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-१४ लच्काबाट अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-१० बस्ने २४ वर्षीय प्रबिन बुढाथोकी र २२ वर्षीय श्रवण कुमाल रहेका छन् । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारत जयनगरबाट सिराहातर्फ आउँदै गरेको बा. प्र. ०२-०३२ प ५१३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दिपक थापाबाट मौलो पूजा सम्पन्न
२०८१-१२-२३

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले चैते दशैंका अवसरमा शनिबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापाले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक थापाले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ । 

आसरा सुधार केन्द्रकी अध्यक्ष रूपा थापाको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२०८१-१२-२२

काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती रूपा थापालाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । उक्त अवसरमा नवनियुक्त अध्यक्ष श्रीमती रूपा थापाले आसरा सुधार केन्द्रकी निवर्तमान अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई दोसल्ला ओढाई बिदाइ गर्नुका साथै उहाँलाई सम्मानपत्र तथा आसरा गतिविधिलाई समेटेर तयार पारिएको फोटो एल्बमसहितको मायाँको चिनो प्रदान गर्नुभयो । साथै सोही अवसरमा नव वर्ष २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न भएको छ ।  कार्यक्रममा केन्द्रकी नवनियुक्त अध्यक्ष थापाले केन्द्रमा आयोजना गरिएको आन्तरिक खेलकुद प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने उपचाररत सदस्यहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष थापाले केन्द्रले आफ्नो स्थापना कालदेखि नै सुधारात्मक उपायहरूको अवलम्बन गरी सामाजिक विसंगतीमा फसेका युवापिढीलाई सही बाटोमा ल्याई राष्ट्रको असल एवम् सक्षम नागरिकको रूपमा पुनर्स्थापना गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्नुभयो । लागूऔषधको प्रयोग सामाजिक समस्या पनि भएकोले यस्ता कुलतको न्यूनीकरण गर्नु आफैमा ठूलो सामाजिक कार्य भएको उल्लेख गर्दै केन्द्रको उन्नति र प्रगतीमा केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरू एवम् सरोकारवाला नागरिकहरूबाट महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आसरा सुधार केन्द्रकी कोषाध्यक्ष श्रीमती नविना कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपचाररत सदस्यहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-१२-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-१ घर भई बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका-९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भिम बहादुर महर रहेका छन् । राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख १२ हजार रूपैयाँ तथा भिम बहादुरले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजु र रोशनीलाई काठमाडौं महानगरपालिका-६ बौद्ध तथा भिम बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-१२-२२

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका-७ गोलबजार घर भएका २७ वर्षीय राम बिहारी साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको  छ । प्रेम सम्बन्धमा रहँदाका अन्तरङ्गसँग सम्बन्धित तस्विर/भिडियो सम्बन्ध बिग्रिए पश्चात सामाजिक सञ्जालमा पोष्ट गरिदिने र पीडितका आफन्तलाई पठाइदिने भनि धम्काउने, दुख हैरानी दिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ
२०८१-१२-२२

काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने तिब्बत घर तथा भारत सुजा-३ जोगिन्दर नगर मडी ठेगाना भएकी चिनियाँ नागरिक २६ वर्षीया RIKSHE WANGMO लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-२७ महाबौद्धमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी उनलाई नगद २० लाख ९२ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२२

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका-९ बस्ने इलाम माई नगरपालिका-७ घर भएकी २८ वर्षीया चिनि माया लिम्बु भन्ने चिन माया लामा लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ दिपज्योति मार्गबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८१-१२-२२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ नेपाल चोक डेरा गरी बस्ने थाहा नगरपालिका-७ घर भएका ३४ वर्षीय दिनेश गोले समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम, अनरेक्स १ सय एमएलको ११ बोतल र नगद ३७ हजार रूपैयाँ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।   झापा, बिर्तामोड नगरपालिका-३ समाबेशी टोल कचुबारी बस्ने राजु माझीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ७० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  मोरङ, जहदा गाउँपालिका-५ बस्ने ३३ वर्षीय अरबिन साहलाई अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम, मोबाइल २ थान, ५ हजार ५ सय भारतीय रुपैयाँ र ९ हजार ५ सय नेपाली रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-११ बेलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुन्ना भन्ने आशाराम चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट अम्बिकाटोलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित गोदावरी नगरपालिका-८ बस्ने २३ वर्षीय महेन्द्र शाहीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, कटारी नगरपालिका-४ सिम्लेबाट अवैध लागूऔषध गाँजा ५ सय ७० ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीया पुनम मगर, २५ वर्षीय नवराज बिक र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-७ घर भएका २२ वर्षीय बिशाल परियार रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले पुनमको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी उदयपुर, कटारी नगरपालिका-३ शुभकामना टोल बस्ने ३७ वर्षीय नारायण सुनुवारलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ३० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय कटारीबाट खटिएको प्रहरीले नारायणको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-७ बसन्तपुर बस्ने २६ वर्षीय बिनोद धामीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम १ मिलिग्राम र १ थान डिजिटल तराजु सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-१२-२२

बाँके, कोहलपुर नगरपालिका-७ रजगरूवा बस्ने ४० वर्षीय दुर्गा पुनको हत्या गरेको अभियोगमा सोही नगरपालिका-७ सल्यानी टोल बस्ने २३ वर्षीय छोटे भन्ने राजु सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । राजु समेत ५/६ जनाको समुहले कुटपिट गर्दा गम्भीर घाइते भएका दुर्गाको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राजुलाई पक्राउ गरेको हो ।प्रहरीले कुटपिटमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८१-१२-२१

रूपन्देही, ओमसतिया गाउँपालिका-२ ठुटिपिलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० ग्राम ५ सय ८० मिलिग्राम सहित भारत महाराजगंज निचलौल ठुटिबारी बस्ने ४० वर्षीय सलिम मंसुरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  जुम्ला, चन्दननाथ नगरपालिका-६ बस्ने २२ वर्षीय रबिन्द्र रोकायालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१२-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने भक्तपुर, भक्तपुर नगरपालिका-५ घर भएका २८ वर्षीय सुरेश माकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सुरेशले सर्बिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ
२०८१-१२-२१

कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित अछाम मंगलसेन नगरपालिका-५ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ जंगल रिसोर्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय दिल बहादुर चौधरी र २६ वर्षीय आशाराम चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, हरिनगर गाउँपालिका-१ चप्राहीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय २० ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ दास टोल बस्ने २० वर्षीय प्रकाश कुमार दास र २२ वर्षीय रितेश कुमार मण्डल रहेका छन् । प्रहरी चौकी भुटाहा समेतबाट खटिएको प्रहरीले को.३८ प ३४९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४३ ग्राम ६ सय ४० मिलिग्राम सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-२ बस्ने २६ वर्षीय मनिष चौधरी, धरान उपमहानगरपालिका-१७ बस्ने २८ वर्षीय बेगराज लिम्बु, ३४ वर्षीय सागर राई, रामधुनी नगरपालिका-५ बस्ने २६ वर्षीय बिज्ञान साह र सोही नगरपालिका-९ बस्ने १६ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ स्थित फोर्टिनाइन चोकबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ४० मिलिग्राम र ३ थान मोबाइल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सुधन नेपाली र २८ वर्षीय बिरन नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाइ उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      सर्लाही, बागमती नगरपालिका-१२ बथाने टोल बस्ने ७६ वर्षीय मान बहादुर बललाई अवैध लागूऔषध गाँजा १६ किलो ५ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।   यसैगरी सर्लाही, ईश्वरपुर नगरपालिका-१२ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो २ सय १० ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सीतामाढी सोनवर्षा थाना पञ्चायत ईनरवा सोहरवा ग्राम-१७ बस्ने ३० वर्षीय शम्भु कुमार कुशवाहा र सीतामाढी सोनवर्षा थाना पञ्चायत ईनरवा सोहरवा ग्राम-१६ बस्ने २५ वर्षीय संजय ठाकुर शर्मा रहेका छन् । अस्थायी प्रहरी पोष्ट कालिन्जोर घारीबथान र इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले ज.१२ प ९०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  रूपन्देही, तिलोत्तमा नगरपालिका-४ डिङ्गानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ सय ७० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका-११ कालिकानगर बस्ने ३२ वर्षीय सिद्धान्त गुरूङ, २२ वर्षीय सन्दिप नेपाली र  तिलोत्तमा नगरपालिका-४ बस्ने ३४ वर्षीय युकेन थापा रहेका छन् । वडा प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो । थप अनुसन्धानको क्रममा बुटवल उपमहानगरपालिका-११ बाट सोही उपमहानगरपालिका-८ सुख्खानगर बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय ३० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । साथै उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान स्कुटर समेत प्रहरीले बरामद गरेको   छ । यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ भगवती टोलस्थित मेडिकल पसलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय ७० ट्याब्लेट सहित पसलका संचालक सोही उपमहानगरपालिका-११ देवीनगर बस्ने ४० वर्षीय सरोज भन्ने सर्जु चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त मेडिकल पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय २० ग्राम सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी थाना रक्सौल नगरपंचायत बस्ने ४८ वर्षीय अमित कुमार श्रीवास्तव, ३७ वर्षीय कृष्णा कुमार, ३८ वर्षीय सधिर कुमार कुश्वाहा र २७ वर्षीय राजा कुमार यादव रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बीआर ०६ डीई ०००७ नम्बरको स्कारपियोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, अर्जुनधारा नगरपालिका-११ स्थित कान्तिपुर ड्राईभिङ सेन्टर छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ अन्नपूर्ण चोक बस्ने ३२ वर्षीय बिकी साहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१ विशालनगर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सतिस कुमार सोनी र २६ वर्षीय आकास वढई रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भे.८ प ८७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८१-१२-२०

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षक आचार्यले चैत १५ गते तीनकुने लगायतका स्थानमा भएका अराजक गतिविधि सम्बन्धी सिलसिलेवार घटनाक्रमको बारेमा संक्षिप्त जानकारी दिनुभयो । सो अवसरमा विभिन्न सामाजिक सञ्जालबाट प्राप्त भएको उक्त गतिविधि समेटिएको भिडियो समेत प्रस्तुत गरिएको थियो । प्रहरी नायव महानिरीक्षक आचार्यले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै प्रदर्शनकारी अराजक भई निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको तथा अराजक गतिविधि नियन्त्रणमा लिनलाई प्रहरीले बल प्रयोगको सिद्धान्त अनुरूप संयमित भई कम भन्दा कम बल प्रयोग गरेको बताउनुभयो । साथै अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले उल्लेख गर्नुभयो । विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-१२-२०

कञ्चनपुर, भीमदत्त नगरपालिका-१७ बसखेडाबाट नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुल सहित सोही नगरपालिका-१७ बागवाणी बस्ने ३७ वर्षीय मनोज सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५३ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१६ बस्ने ३४ वर्षीय मनोज कुमार चौधरी र सोही उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय सनम तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मनोज कुमारलाई २७ ग्राम २ सय ७० मिलिग्राम र सनमलाई २६ ग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक संजालको प्रयोग गरी फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ
२०८१-१२-२०

बाँके, सामाजिक संजाल ह्वाट्स एपको प्रयोग गरी ५ करोड भारतीय रूपैयाँ फिरौती रकम माग गरेको अभियोगमा कोहलपुर नगरपालिका-५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका-७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । राम बहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली आफु लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी उक्त रकम माग गरेको र उक्त रकम नदिएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।       यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८१-१२-२०

काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय ५० मिलिग्राम सहित काठमाडौं कीर्तिपुर बस्ने कैलाली जानकी गाउँपालिका-४ घर भएका २७ वर्षीय टंक प्रसाद जैशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र.०२-०४४ प ६८७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नोर्फिन ९८ एम्पुल, फेनारगन ९९ एम्पुल र डाइजेपाम १ सय एम्पुल सहित भारत बिहार मोतिहारी रक्सौल ब्लकरोड-१६ घर भएका २ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले कलैया-वीरगंज हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ६४६ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-४ भत्केपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने चितवन घर भएका २५ वर्षीय सौगात परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलवारी नगरपालिका-४ बस्ने ३० वर्षीय हर्कराज राई र ३० वर्षीय सुजन खवास रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ९१८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५  ग्राम २ सय ५० मिलिग्राम सहित बेलवारी नगरपालिका-४ बस्ने २३ वर्षीय सरोज राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.०१-०२-०४३ प २४४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, कटारी नगरपालिका-४  कान्छी बजारबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम, नियन्त्रित लागूऔषध स्पास्पेन ५ हजार ९ सय १२ ट्याब्लेट, टापेन्टाडोल १ सय २० ट्याब्लेट, २ थान मोटरसाइकल, ६ थान मोबाइल  र नगद २ लाख ४७ हजार ७ सय २० रूपैयाँ सहित सोही नगरपालिका-७ बस्ने २९ वर्षीय हरि बहादुर तामाङ समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-१६ पुलचोकबाट नियन्त्रित लागूऔषध  ट्रामाडोल २ सय ७ ट्याब्लेट र स्पास्पेन २ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय दिपेश लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय १५ ट्याब्लेट र स्पास्पेन ५ ट्याब्लेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-४ नब सरस्वती टोल बस्ने ३६ वर्षीय धर्बेन्द्र तिवारीलाई नियन्त्रित लागूऔषध डाइजेपाम १ सय १४ एम्पुल, ब्रुप्रेनोर्फिन २८ एम्पुल र एनारगन ७ एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य १ जनालाई समेत नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-१२-१९

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ प्रगतिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय राज सुनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट देवीनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ राम जानकी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने ३७ वर्षीय प्रभात सिंह कटुवाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.५ प ३७२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २ ग्राम ८ सय ५० मिलिग्राम र नगद २२ हजार रूपैयाँ सहित रसुवा कालिका गाउँपालिका-५ बस्ने ३३ वर्षीय सुभास बर्देवालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-११ बान डाँडा बस्ने ४८ वर्षीय बिरू भन्ने बिर बहादुर भुजेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८१-१२-१९

काठमाडौं महानगरपालिका-२९ मैतीदेवीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने सप्तरी राजविराज नगरपालिका-४ घर भएकी ३० वर्षीया चन्नर कुमारी साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको    हो ।   महोत्तरी, बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब २ सय ३५ किलो ६ सय ग्राम सहित मकवानपुर थाहा नगरपालिका-७ डाडाँबास बस्ने २७ वर्षीय कबिराज गोलेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले प्रदेश-०१-००६ ख ५३७१ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक कबिराजलाई पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ सात नम्बर पिल्लरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीय तेज बहादुर विक र २७ वर्षीय हरेन्द्र सिंह बडाल रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यायल महेन्द्रनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०२ ००३ प ७१५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय १० मिलिग्राम सहित सोही नगरपालिका-१८ बस्ने २० वर्षीय आयुस पाल समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०२-००३ प ७४२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी, कञ्चनपुर, भीमदत्त नगरपालिका-११ सात नम्बर पिल्लरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ सुकासाल बस्ने २६ वर्षीय अमित पन्त र २१ वर्षीय करन पन्त रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यायल महेन्द्रनगर र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूके ०६ बीडी ८३८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-५ नकलबन्दाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दार्जिलिङ नक्सालवाडी थाना दयाराम बस्ती घर भएका २० वर्षीय बिकाश बैठा र झापा दमक नगरपालिका-१ दुसंचार टोल बस्ने ३६ वर्षीय नगेन्द्र बस्नेत रहेका छन् । इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय राज श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.प्र.०८-००१ ज ००१९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   चितवन, भरतपुर महानगरपालिका-१० रिजाल चोकबाट अवैध लागूऔषध गाँजा १ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ६४ ट्याब्लेट, भोमिन ६० ट्याब्लेट र नगद ५९ हजार ८ सय २० रूपैयाँ सहित सोही महानगरपालिका-१२ बस्ने ४१ वर्षीया सुरेश खड्कालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय १० मिलिग्राम सहित