प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
२०८३-०४-२५

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा धनौजी गाउँपालिका-५ ठेगाना भएका मो. ताहिर राईन पक्राउ परेका छन् । एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार बिहान नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८३ साउन १२ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-२५

झापा, झापा गाउँपालिका-५ खाताबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २६ वर्षीय भुपेन्द्र सिंह राजवंशी र बिर्तामोड नगरपालिका-४ बस्ने ३१ वर्षीय धिरज गुरूङ रहेका छन् । प्रहरी चौकी टाघनडुब्बा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, बर्दगोरिया गाउँपालिका-१ कट्टिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ १९ वर्षीय दिनेश बडुवाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, रंगेली नगरपालिका-७ बकराहा पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-७ बसपार्क बस्ने ३० वर्षीय सुनिल कुमार मण्डललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रंगेलीबाट कर्सियातर्फ जाँदै गरेको प्रदेश.१-०२-००४ ह ६७७० नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा सफारीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हलुका सवारी चालक उन्नत तालिम शुरू
२०८३-०४-२५

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा ३२ औं समूहको हलुका सवारी चालक उन्नत तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । प्रहरी निरीक्षक मिन प्रसाद खत्रीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान २० जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०४-२५

ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय १० ग्राम ३ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल ५ थान सहित सोही महानगरपालिका-१ बस्ने २९ वर्षीय प्रज्वल केसीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रौतहट, गौर नगरपालिका-३ स्थित काजल स्टील रेलिङ नामक खाजा घरबाट अवैध लागूऔषध गाँजा ७ सय ग्राम सहित खाजा घरका संचालक सोही नगरोपालिका-६ बस्ने ३४ वर्षीय शुभ नारायण साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१४ कृष्णा प्रणामी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय ७० मिलिग्राम सहित भारत मोतिहारी पटोका श्रीपुर ग्राम पञ्चायत-१ बस्ने २५ वर्षीय शत्रुधन पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज, जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-२ देउरीया पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ५० मिलिग्राम सहित लेटाङ नगरपालिका-३ बस्ने ३८ वर्षीय टंक प्रसाद राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ९९१६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, सुनवर्षी नगरपालिका-८ सिक्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित उर्लाबारी नगरपालिका-२ बस्ने ३२ वर्षीय प्रेम बहादुर नेपाली समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ७९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-३ सरदार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-४ कन्चनपुर बस्ने २२ वर्षीय अमित डगौरालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिका-१२ खल्ला सिविरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने राजेश बिष्टको साथबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले राजेश बिष्टलाई सु.प.प्र.०१-०१४ प ४९७० नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । साथै प्रहरीले उक्त मोटरसाइकलमा सवार १ जनालाई समेत आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९३ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने मोरङ बिराटनगर महानगरपालिका-६ घर भएका ३० वर्षीय संजिव सहनीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ शान्ति टोल बस्ने ४२ वर्षीय बिरेन्द्र बैठालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ७ सय ४४ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, रोहिणी गाउँपालिका-६ विष्णुपुराबाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल सहित सोही गाउँपालिका-६ बस्ने ४७ वर्षीय दिनेश मर्णा गुप्तालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रिप्रहवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ईलेक्ट्रिक स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-२ पशुपति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय संजिप पौडेल र मोरङ घर भएका ३२ वर्षीय सुमन कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-००५ ह ४८३७ नम्बरको सिटि सफारीलाई जाँच गर्ने क्रममा सिटिमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लुटपाटमा संलग्न चार जना पक्राउ
२०८३-०४-२५

काठमाडौं,  लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका-५ घर भएका ३३ वर्षीय राज कुमार गुरूङ, महोत्तरी बर्दिबास नगरपालिका-३ घर भएका ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप, रामेछाप नगरपालिका-५ घर भएका ३१ वर्षीय बिजय बाबु घिसिङ रहेका छन् ।  काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट शुक्रबार दिउँसो नगद तथा मोबाइल लुटपाट भएको घटनामा संलग्न उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९६ रूपैयाँ, मोबाइल ७ थान , ताल्चा १ थान र हेक्साँ ब्लेड १ थान बरामद गरेको छ ।उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-२५

पाल्पा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-१ हुँगी बस्ने २० वर्षीय सुलभ दमाई दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुलभले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यसैगरी पाल्पा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-१ हुँगीस्थित मोटरसाइकल वर्कशप संचालन गरी बस्ने भारत बिहार प्रदेश पूर्वी चम्पारण थाना दरपा गम्हरिया पोष्‍ट गम्हरिया ग्राम गम्हरिया कला घर भएका २० वर्षीय मंदीप कुमार महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महतोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८३-०४-२५

काठमाडौं महानगरपालिका-२६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रूपैयाँ सहित सोही महानगरपालिका-१० बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका-६ घर भएका ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त दरबार्मार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ४ लाख ८ हजार रूपैयाँ सहित कठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०४-२४

काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ६० ग्राम सहित सोही महानगरपालिका-८ पशुपति एरिया बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय भक्त बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ धास्की डेरा गरी बस्ने चितवन घर भएका ३२ वर्षीय सुगम मैनाली समेत ५ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो २ सय १६ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी प्रभाग मातातिर्थबाट खटिएको प्रहरीले सुगमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।सिराहा, गोलबजार नगरपालिका-८ पुरानो चौहर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ५६ मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २३ वर्षीय जय कुमार नायकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, घोडाघोडी नगरपालिका-२ नयाँबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित बर्दगोरीया गाउँपालिका-१ बस्ने २१ वर्षीय संजिप चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट साडेपानीबाट खटिएको प्रहरीले से.१ प ९४०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बबि रानालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बाँके, खजुरा गाउँपालिका-३ बि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय सुमन थापा मगर समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, जनकपुरधाम उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय समिर कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, लालझाँडी गाउँपालिका-२ कंजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय कमलेश राना र २६ वर्षीय बलराम राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, बिन्दवासिनी गाउँपालिका-४ मधवलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३९ किलो २ सय ५० ग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय दिपेश तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको प्रहरीले वीरगंजबाट भिष्वातर्फ जाँदै गरेको बा.८७ प ७८७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-२४

सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-११ गन्जे डाँडा बस्ने ४६ वर्षीय तोई बहादुर कटवालको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-११ राम्पा बस्ने १९ वर्षीय रोशन भन्ने भुवन सिंह कार्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । तोई बहादुर आफ्नै घरमा शनिबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट खटिएको प्रहरीले भुवन सिंहलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा भुवन सिंहले आपसी वादविवादको क्रममा चक्कु प्रहार गरी तोई बहादुरको हत्या गरेको खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित तीन जना पक्राउ
२०८३-०४-२४

कपिलवस्तु, विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट पेस्तोल १ थान सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका-५ डबरा बस्ने २३ वर्षीय आषिश पाण्डे , सोही नगरपालिका-८ दयानगर बस्ने २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन् । उनीहरूले कृष्णनगर नगरपालिका-८ बहादुरगंजमा पेस्तोल देखाई  डर, धम्की दिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.६१ प ७०७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ
२०८३-०४-२४

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन आनिगुम्बास्थित शिव बहादुर विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने संखुवासभा घर भएका ५६ वर्षीय आङ्देवा शेर्पा समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ३ सय ९० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाईड बस्ने ५० वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ७० नेपाली रूपैयाँ, २ हजार ५ सय भारतीय रूपैयाँ र १ सय ५६ पत्ति तास सहित पक्राउ गरेको हो ।यसैगरी कास्की, पोखरा महानगरपालिका-३१ भाटामुल बस्ने ४० वर्षीया ललिता ज्वार्चनको घरमा जुवातास खेलिरहेको अवस्थामा ललिता समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ७ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१ भृकुटीपथ नजिकै भारत हाउडा शिवडा घर भएका ४० वर्षीय सुजित खन्राले भाडामा लिएको सटरमा जुवातास खेलिरहेको अवस्थामा सुजित समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ४ सय १८ किलो गाँजा सहित चार जना पक्राउ
२०८३-०४-२३

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ गुप्तबराहबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ सय १८ किलोग्राम सहित ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१३ बस्ने ३४ वर्षीय थमन राई, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-५ बस्ने २२ वर्षीया जिवनी राई, मोरङ कटहरी गाउँपालिका-३ बस्ने २६ वर्षीय अमर कामत र ३८ वर्षीय शंकर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र.१-०२-००२ च ४८५१ नम्बरको कार र को.११ प ५६०१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा कारभित्र २२ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी कार चालक थमन, कारमा सवार जिवनी, मोटरसाइकल चालक अमर र मोटरसाइकलमा सवार शंकरलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०४-२३

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर चोक नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९२ मिलिग्राम र नगद २४ हजार रूपैयाँ सहित भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ घर भएका ३१ वर्षीय अशिम श्रेष्ठ समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित जाजरकोट नलगाड नगरपालिका-७ बस्ने २० वर्षीय सर्जन परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन ५३ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २३ वर्षीय सोमनाथ राजवंशी र मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २४ वर्षीय गणेश चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ३५६९ नम्बरको सिटीसफारीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ मिलिग्राम सहित कमल गाउँपालिका-४ बस्ने २७ वर्षीय रिङ्वाङ लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ सुनसरी आयल्स ट्रेडर्स अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ७० मिलिग्राम सहित भारत बिहार अररिया थाना जोगवनी बस्ने २२ वर्षीय साहिल पाण्डे समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-०५३ प २६७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ मण्ठा पोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्राम ६ सय मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-१० चकमेली बजार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम २६ ट्याब्लेट र स्पास्मो ४ ट्याब्लेट सहित धनगढी उपमहानगरपालिका-३ बडरा बस्ने ३० वर्षीय बिरेन्द्र चौधरी समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२ स्थित होटल राइनसबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३२ एम्पुल, बुप्रेनोर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल र नगद ६५ हजार ७ सय रूपैयाँ सहित उदयपुर घर बताउने ३२ वर्षीय दिनेश परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.६५ प १३१७ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यसैगरी चितवन, भरतपुर महानगरपालिका-१२ स्थित सुकुमबासी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६१ ट्याब्लेट र भोमिन ७० ट्याब्लेट सहित मकवानपुर घर भएका ३० वर्षीय रामलामा वाईवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोन्द्राङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, सखुवानान्कारकट्टी गाउँपालिका-४ सिमरास्थित बलान खोला नजिबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९१ किलो २५ ग्राम सहित भगवानपुर गाउँपालिका-४ जमुवा टोल बस्ने ४३ वर्षीय मोहन साहलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीलाई देख्नासाथ ५ जना अपरचित व्यक्तिहरूले प्लाष्टिकको ५ वटा बोरा फाली भाग्ने क्रममा उनीहरू मध्ये मोहनलाई प्रहरीले उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले हाल फरार ४ जनाको खोजी गरिरहेको छ । पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय राहुल यादव समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.११ प ५०२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-३ गुद्री लाइनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ७ सय ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २६ वर्षीय मनोज उराव समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुसनरी, धरान उपमहानगरपालिका-११ रिटिङ टोल बस्ने कृष्ण राईको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ जोरसखुवा टोल बस्ने २४ वर्षीया स्वास्तिका गुरूङ समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरी हाल फरार कृष्णको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०४-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२८ बस्ने रौतहट घर भएका ४६ वर्षीय एम.डी.खुर्सिद आलम नेपाली, ललितपुर गोदावरी नगरपालिका-२ बस्ने नवलपरासी पश्चिम घर भएका ३३ वर्षीय भुप नारायण चौधरी, ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने सिराहा घर भएका ३४ वर्षीय बसन्त कुमार सिंह र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने संखुवासभा घर भएका ४२ वर्षीय रस्तमान राई रहेका छन् । पक्राउ मध्ये एम.डी ले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, भुप नारायणले जर्मनी पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३२ लाख रूपैयाँ, बसन्तले युएई पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट २१ लाख रूपैयाँ र रस्तमानले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले एम.डी लाई काठमाडौं महानगरपालिका-२८ बाट र भुप नारायणलाई काठमाडौं महानगरपालिका-२ बाट बिहीबार तथा बसन्तलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट र रस्तमानलाई ललितपुर महानगरपालिका-८ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

नक्कली श्रम स्वीकृती बनाई ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-२३

काठमाडौं, नक्कली श्रम स्वीकृती बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ घर भएका ३७ वर्षीय फजले रसुललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि कतार लैजाने भन्दै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंबाट प्रदान गरिने श्रम स्वीकृतीको नक्कली अनुमति पत्र बनाई पीडितसँग २ लाख ५५ हजार रूपैयाँ लिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको   हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

कुटपिटमा संलग्न दुई जना पक्राउ
२०८३-०४-२३

काठमाडौं, कुटपिटमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-७ बस्ने नुवाकोट घर भएका ३० वर्षीय रमेश तामाङ र रसुवा घर भएका २६ वर्षीय सौगात घले रहेका छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित पिएम क्लबका संचालकलाई ३/४ जनाको समूहमा आएका व्यक्तिहरूले साउन १६ गते राति कुटपिट गरी घाइते बनाई फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कुटपिटमा संग्लन उनीहरूलाई तारकेश्वर नगरपालिका-७ फुटुङबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न तीन जना पक्राउ
२०८३-०४-२३

काठमाडौं, सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-८ बालुवाखानी बस्ने धनुषा घर भएका ३८ वर्षीय घनश्याम क्रामछाकी, बुढानिलकण्ठ नगरपालिका-१३ भंगाल बस्ने तनहुँ घर भएका २४ वर्षीय अन्जान दाश र काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी बस्ने २८ वर्षीय सजिर श्रेष्ठ रहेका छन् । बुढानिलकण्ठ नगरपालिका-९ पिपलबोटस्थित घरबाट साउन १२ गते र सोही नगरपालिका-१२ राधाकृष्ण मन्दिरस्थित घरबाट साउन २० गते सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल शृङखलाबद्ध रूपमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२३

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-५ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१ घर भएका ४८ वर्षीय अच्युत्तम भन्ने अच्चुत्तम प्रसाद रिसाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत महोत्तरीबाट २०८३ वैशाख २१ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-५ हाईविजन क्लोनीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी पठाइएको छ ।

लागूऔषध मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०४-२३

काठमाडौं, लागूऔषध (खैरो हेरोइन) मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही ईश्वरपुर नगरपालिका-५ घर भएका ४५ वर्षीय मित्र कुमार गौतम र ४० वर्षीय राम उदगार महत्तो रहेका छन् । जिल्ला अदालत महोत्तरीबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरीले सर्लाही ईश्वरपुर नगरपालिका-५ बाट पक्राउ गरेको हो । कञ्चनपुर, लागूऔषध (खैरो हेरोइन) मुद्दाका फरार प्रतिवादी भीमदत्त नगरपालिका-१५ बस्ने ३३ वर्षीय भुवन शाहुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरको २०८१ पुस १९ गते फैसलाले उक्त मुद्दामा १० वर्ष ३ महिना कैद सजाय ठहर भई कारागार कार्यालय कञ्चनपुरमा थुनामा रहेकोमा गत भदौ २४ गते कारगारबाट भागी फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय कञ्चनपुर पठाइएको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८३-०४-२२

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले गत आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि २०८३ असार मसान्तसम्मको एक वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहाँले मानवस्रोत तथा अन्य स्रोत व्यवस्थापनतर्फ प्रहरी जनशक्ति अन्तर्गत कुल दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्या बारे जानकारी दिनुभयो । प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भौतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा उहाँले संख्यागत विवरण प्रस्तुत गर्नुभयो । यसैगरी उक्त अवधिमा उहाँले नयाँ नियुक्ति/पदस्थापन, सरूवा, बढुवा, कारबाही तथा पुरस्कारको साथै प्रशिक्षण सम्बन्धी विवरण प्रस्तुत गर्नुभयो । एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै अपराध तथ्याङ्क विश्लेषण, गम्भीर तथा जघन्य प्रकृतिका अपराध दर्ताको त्रिवर्षीय तुलनात्मक विवरण, प्रदेशगत कसुर दर्ता, लागूऔषध बरामद, मुद्दा दर्ता तथा पक्राउ विवरण, बरामद लागूऔषधको परिमाण, मानव बेचबिखन, साइबर ब्यूरोमा दर्ता भएका उजुरीको आधारमा अपराधको वर्गिकरण, घरेलु हिंसा, सम्पत्ति शुद्धीकरण, फैसला कार्यान्वयन र हराएका तथा फेला परेका मानिसहरूको विवरण सम्बन्धी तथ्याङ्क समेत उहाँले प्रस्तुत गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक काफ्लेले सो अवधिमा भएका चर्चित अपराधको अनुसन्धान सम्बन्धी विवरण, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता एवम् एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण बारे जानकारी दिनुभयो । यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारबाही सम्बन्धी विवरण, शान्ति सुरक्षाको अवस्था, समुदाय प्रहरी साझेदारी मार्फत अपराध न्यूनीकरणका प्रयासहरू, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, सूचना प्रविधिको प्रयोग, नेपाल प्रहरी मोबाइल एपमा प्राप्त गुनासोहरूको सम्बोधन, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदवहाली पश्चात हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा समेत उहाँले उपस्थित सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । साथै उहाँले नेपाल प्रहरीको भावी स्वरूप, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको परियोजना, नेपाल प्रहरी अस्पतालबाट प्रदान गरिएको स्वास्थ्य सेवा लगायतका विषयहरूमा समेत विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै नेपाल प्रहरी सेवाग्राही प्रति केन्द्रीत रहेर नागरिकमैत्री सेवा प्रवाहमा सदैव कटिवद्ध रहँदै आएको बताउनुभयो  । नेपाल प्रहरीले शान्ति सुरक्षामा गरेको महत्वपूर्ण प्रयासहरूले आपराधिक क्रियाकलापहरूमा कमी हुनुका साथै विगतको भन्दा शान्ति सुरक्षा चुस्त, सुदृढ, भरपर्दो एवम् व्यवस्थित भएको बताउनुभयो । अत्याधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखी समग्र प्रहरी कर्मचारीहरूको मनोवल वृद्धि गर्न विभिन्न किसिमका कल्याणकारी योजनाहरू समेत लागु गरी अगाडि बढ्ने उहाँले उल्लेख गर्नुभयो । ट्राफिक जरिवाना संगठनको प्राथमिकता नभएको उल्लेख गर्दै प्रहरी नायव महानिरीक्षक काफ्लेले भन्नुभयो ‘ट्राफिक नियम सबैले पालना गर्ने हो भने हामीले ट्राफिक कारबाही वा जरिवाना गर्नुपर्छ भन्ने छैन् । हाम्रो मुख्य लक्ष्य भनेको दुर्घटना न्यूनीकरण र दुर्घटनाबाट हुने जनधनको क्षति कमी गरी सकेसम्म शून्यमा झार्ने हो ।’ दुर्घटना न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरूलाई अझ वृद्धि गर्दै प्रहरी सक्रियतामा समेत वृद्धि गर्दै जाने उहाँले बताउनुभयो । जस्तो सुकै परिस्थितमा पनि कानुन कार्यान्वयनमा नेपाल प्रहरी सदैव दृढ रहेको बताउँदै उहाँले सांगठनिक हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझाव प्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताउनुभयो ।   विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रवक्ताहरू तथा जिल्ला प्रहरी कार्यालयहरूका सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।   

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०४-२२

भक्तपुर, भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ४० मिलिग्राम सहित ललितपुर गोदावरी नगरपालिका-३ टौखेल बस्ने १९ वर्षीय सुहान रम्तेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.प्र.०२-०४५ प ३७८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९० मिलिग्राम सहित ललितपुर, ललितपुर महानगरपालिका-२४ बस्ने ३४ वर्षीय अमित गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.प्र.०२-०५६ प ६२२९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, ओमसतिया गाउँपालिका-१ ठुटेपिपलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ सय ग्राम सहित सोही गाउँपालिका-२ पडसरी बस्ने २६ वर्षीय सन्जिब केवटलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ सिद्धार्थनगर नगरपालिका-९ उदयपुरस्थित उर्मिला कहारले संचालन गरेको पसलबाट खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात प्रहरी पसल तलासी गर्दा थप ९ किलो गाँजा जस्तो देखिने पदार्थ फेला पारी उर्मिलालाई समेत पक्राउ गरेको छ ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१७ पिप्रहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय १० मिलिग्राम सहित बर्दघाट नगरपालिका-२ चिसापानी बस्ने ३९ वर्षीय राजु बुढा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीले बेलासपुरबाट हात्तीवनतर्फ जाँदै गरेको लु.४ प ५२८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ चुच्चेखोलास्थित चुच्चेखोला भ्यू प्वाइन्ट खाजा घरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित खाजा घर संचालक सोही उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय बिदुर धिताललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  पाल्पा, रामपुर नगरपालिका-७ मोवटी सितलनगरबाट अवैध लागूऔषध गाँजा २ सय २० ग्राम सहित स्याङ्जा चापाकोट नगरपालिका-२ धर्कोट बस्ने २५ वर्षीय विनोद थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले लु.प्र.०१-०११ प ६५०२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ झिंगै बस्ने २४ वर्षीय बिष्णु घर्ती क्षेत्री समेत ५ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बेलझुण्डी दाङबाट खटिएको प्रहरीले बिष्णुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-५ बस्ने १९ वर्षीय ईकवाल अनसारी समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी झापा, कन्काई नगरपालिका-४ कोटीहोमबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धनकुटा, पाख्रीबास नगरपालिका-५ माङमायाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४४ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा खाँदबारी नगरपालिका-९ बस्ने २२ वर्षीय सौजन लिम्बु र धनकुटा महालक्ष्मी नगरपालिका-५ बस्ने १९ वर्षीय समिर राई रहेका छन् । इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बारा, महागढीमाई नगरपालिका-१० गोवास टोलबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २ ट्याब्लेट सहित बुटवल उपमहानगरपालिका-६ तिलोत्तमा पथ बस्ने ४८ वर्षीय कपिल बज्रचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०४-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-५ बस्ने सुर्खेत घर भएका ४६ वर्षीय धना तिवारी, काठमाडौं कीर्तिपुर नगरपालिका-४ बस्ने बागलुङ घर भएका ३३ वर्षीय राम बहादुर खड्का र काठमाडौं चन्द्रागिरी नगरपालिका-३ बस्ने दार्चुला घर भएका ३० वर्षीय सुबोध जंग कुँवर रहेका छन् ।  पक्राउ मध्ये धनाले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १६ लाख रूपैयाँ, राम बहादुरले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट २५ लाख रूपैयाँ र सुबोधले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धनालाई भक्तपुर सूर्यविनायक नगरपालिका-५ बाट बुधबार तथा राम बहादुरलाई भक्तपुर चाँगुनारायण नगरपालिका-६ बाट र सुबोधलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने चितवन इच्छाकामना गाउँपालिका-५ घर भएका ४१ वर्षीय राममणी त्रिपाठीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला अदालत काठमाडौंको २०८२ असार १० गतेको फैसला उक्त मुद्दामा ७३ हजार ३ सय ९० रूपैयाँ जरिवाना, ५ दिन कैद र क्षतिपूर्ति बापत २ हजार ९ सय ३६ रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-२२

बर्दिया, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ लम्कीफाटा बस्ने ४५ वर्षीय कमलराज विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कमलराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  बाँके, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । रूपलालले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०४-२२

चितवन, भरतपुर महानगरपालिका-२९ देवीटार बस्ने ६५ वर्षीय सुरज लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार २ सय ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-११ गोर्खालीटोल बस्ने बाला गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-११ बसेनी बस्ने ५० वर्षीय राजेश गुरूङ समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ६ सय ७० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ मदन चोकस्थित ४२ वर्षीय देब बहादुर चन्दले संचालन गरेको देबु होटलमा जुवातास खलिरहेको अवस्थामा देब बहादुर समेत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ८० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०४-२१

काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नहरूमा भारत उत्तर प्रदेश लुधियाना ठेगाना भएका ४३ वर्षीय RENKU MEHEN र भारत उत्तर प्रदेश जोया ठेगाना भएका ३२ वर्षीय MOHAMMAD HASNAIN रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा रिसिभ गर्न MOHAMMAD समेत ३ जनाले भारत उत्तर प्रदेश लुधियानाबाट युपि ३८ एपि १९७३ नम्बरको गाडी लिई काठमाडौं आएको भन्ने खुल्न आएपश्चात प्रहरीले खोजी गर्ने क्रममा धादिङ धुनिवेशी नगरपालिका-९ कानाकोटस्थित सडक छेउमा पार्किङ गरी राखेको अवस्थामा उक्त गाडी फेला पारी तलासी गर्दा थप ५ सय ग्राम गाँजा फेला परेको हो । प्रहरीले हाल फरार २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

१० जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८३-०४-२१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका १० जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार गृहमन्त्रीस्तरको २०८३ साउन १८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८३ साउन १८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ४ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. दामोदर कंडेल, प्राविधिक प्रहरी उपरीक्षकहरू ई. अमरेन्द्र प्रसाद सिंह, राम बाबु राना, अभय कुमार झा र अनुप श्रेष्ठ, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू ई. निशा चौधरी, ई. सन्जिप दाहाल, ई. रमेश कुमार साह र ई. अञ्जन राज खरेल तथा प्राविधिक प्रहरी निरीक्षक मिन प्रसाद खत्री रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि गर्दै दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन एवम् शान्ति सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका प्रहरी कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन प्राविधिक समूहको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै सांगठनिक श्रीवृद्धिमा थप योगदान पुर्‍याउन उहाँले निर्देशन   दिनुभयो ।   प्रहरी महानिरीक्षक कार्कीले प्रविधिको प्रयोगबाट सिर्जित अपराधहरू दिनानुदिन वृद्धि हुँदै गइरहेको सन्दर्भमा त्यस्ता अपराधहरूलाई सम्बोधन गर्न एवम् बदलिदो परिवेशलाई मध्यनजर गर्दै समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी उच्च व्यावसायिकता प्रदर्शनका साथै थप उत्तरदायी भई उत्कृष्ट कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।    समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. दामोदर कंडेलले प्रहरी संगठनको गरिमा, प्रतिष्ठा र संगठन प्रतिको विश्वासलाई अझ उच्च बनाउने कार्यमा सदैव इमानदार, निष्पक्ष, अनुशासित, व्यावसायिक, प्रविधिमैत्री र सेवामुखी रही आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृतहरू एवम् जवानहरूको समेत उपस्थिति रहेको थियो । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
२०८३-०४-२१

काठमाडौं, ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी तनहुँ ऋषिङ्ग गाउँपालिका-४ ठेगाना भएका अम्मर सिं नेपाली बुधबार राति पक्राउ परेका छन् । साउदी अरबबाट नेपाल आगमन हुने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । अम्मर समेत भएको ज्यान सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ जेठ २४ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

करिब ६ सय ४७ किलो गाँजा सहित दुई जना पक्राउ
२०८३-०४-२१

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ४७ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटा शहिदभूमि गाउँपालिका-१ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई जाँच गर्दा लुकाई छिपाई ल्याइएको ४८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक उमेश र सहचालक तुलारामलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०४-२१

काठमाडौं महानगरपालिका-१६ वाईपास बस्ने ५३ वर्षीया शान्ती नगरकोटीलाई नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, बुप्रेनोर्फिन १७ एम्पुल, प्रमोथाजाइन १७ एम्पुल र नगद २ लाख २६ हजार ८ सय ५० रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, देवचुली नगरपालिका-२ सिजि अगाडि अंकित रेष्टुरेन्ट एण्ड लजबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४१ एम्पुल, बुप्रेनोर्फिन ४० एम्पुल र फेनारगन ३९ एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने ३५ वर्षीय मन्जिल श्रेष्ठ र सोही नगरपालिका-१३ बस्ने ४० वर्षीय राम प्रसाद अर्याल रहेका छन् । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले लजको १०९ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सिन्धुली, दुधौली नगरपालिका-९ श्रीमन पेट्रोपम्प नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४४ ग्राम ३ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका-२ बस्ने २९ वर्षीय उमेश कुमार यादव, २५ वर्षीय गुल्सन प्रसाद साह र लहान नगरपालिका-१० बस्ने ३० वर्षीय रमेश कुमार राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले मिर्चयाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.१६ च ७८४६ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १३ ट्याब्लेट र स्पास्पेन २ सय ९५ ट्याब्लेट र स्पारेष्ट १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१३ बस्ने २२ वर्षीय अनिष तामाङ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रम सहित इटहरी उपमहानगरपालिका-९ बस्ने २२ वर्षीय निमा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ जन्ताबस्ती बस्ने २३ वर्षीय बादल चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम सहित इलाम सुर्योदय नगरपालिका-४ बस्ने २६ वर्षीय सलमान थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित मण्डल खाजा घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ४५ ग्राम २ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित खाजा घर संचालक सोही ठाउँ डेरा गरी बस्ने भारत मोतिहारी पूर्वी चम्पदा झाचार घर भएका ४० वर्षीय चंदेश्वर महतोलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  भक्तपुर, सूर्यबिनायक नगरपालिका-५ सल्लाघारीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४२ एम्पुल, बुप्रेनोर्फिन ४२ एम्पुल र फेनारगन ४३ एम्पुल सहित भक्तपुर नगरपालिका-९ च्यामासिंह बस्ने २२ वर्षीय रितिक प्रजापतीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ४० मिलिग्राम सहित बेलबारी नगरपालिका-१ बस्ने ३१ वर्षीय अजय साहीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२७ प ७०७१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, धनपालथान गाउँपालिका-२ भवानीपुरस्थित बारीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ  करिब ९६ किलो १ सय ९८ ग्राम बुधबार साँझ प्रहरीले बरामद गरेको छ । धनपालथान गाउँपालिका-२ स्थित नेपालबाट भारततर्फ लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली समेतबाट खटिएको प्रहरीले सोही नगरपालिका-१ नोचा बस्ने २७ वर्षीय सुमन कुमार साह र २७ वर्षीय अमर साहलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त स्थानमा लागूऔषध रहेको खुल्न आएपश्चात ३ वटा पोकामा रहेको उक्त पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ९ सय ४० मिलिग्राम सहित लेटाङ नगरपालिका-२ बस्ने २५ वर्षीय बिकाश भुजेल समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, म्याग्दे गाउँपालिका-२ जामुनेबाट नियन्त्रित लागूऔषध फेनारगन ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र बुप्रेनोर्फिन ११ एम्पुल सहित शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा बस्ने ३० वर्षीय अमन पौडेल समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट थर्पुतर्फ आउँदै गरेको ग.१६ प ४५९६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लगूऔषध सहित पक्राउ गरेको हो ।  बझाङ, जयपृथ्वी नगरपालिका-११ धामीलेखस्थित जोशी किराना एण्ड वाइन कर्नरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५० ग्राम ५१ मिलिग्राम सहित उक्त पसलका संचालक सोही ठाउँ बस्ने ४८ वर्षीय जयराज जोशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने ३१ वर्षीय सेराज बेहेनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २० किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भिम बहादुर स्याङ्ताङ रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०४-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने नुवाकोट घर भएका ४१ वर्षीय मनोहर मुडभरी, काठमाडौं महानगरपालिका-१४ बस्ने बाजुरा घर भएका २६ वर्षीय अनिल मल्ल, काठमाडौं टोखा नगरपालिका-१० बस्ने कास्की घर भएकी ३४ वर्षीया कमला पौडेल सुनार र काठमाडौं महानगरपालिका-९ बस्ने पाँचथर घर भएका ४१ वर्षीय तुलसीराम ढुंगेल रहेका छन् । पक्राउ मध्ये मनोहरले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, अनिलले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ८४ हजार रूपैयाँ, कमलाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र तुलसीरामले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनोहरलाई ललितपुर महानगरपालिका-३ बाट मंगलबार, अनिललाई काठमाडौं महानगरपालिका-११ बाट, कमलालाई काठमाडौं महानगरपालिका-२६ बाट र तुलसीरामलाई काठमाडौं महानगरपालिका-९ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८३-०४-२१

भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथली चुनदेवी हाइट नजिक भक्तपुर नगरपालिका-६ चोर्चायाछें बस्ने ३० वर्षीय रोशन देसेमरूले संचालन गरेको आरती खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा रोशन समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ५ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देवीनगर रंगशाला शिवपथस्थित ६१ वर्षीय धुर्व श्रेष्ठले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुर्व समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ८ सय ५ रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०४-२०

काठमाडौं, काठमाडौं मित्रनगरस्थित गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन ४३ ग्राम, डिजिटल तराजु २ थान, मोबाइल ११ थान र नगद ५० हजार रूपैयाँ सहित ३ जनालाई साउन १४ गते प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा खिजीदेम्बा गाउँपालिका-७ घर भएका ३४ वर्षीय हित बहादुर बस्नेत, सप्तरी राजगढ गाउँपालिका-७ घर भएका १९ वर्षीय रामकृष्ण शर्मा र धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर भएका २१ वर्षीय धनन्जय पासवान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले भुजाको बोरामा लागूऔषध लुकाई छिपाई सप्तरीबाट काठमाडौं आउने हायसमा पठाई मोटरसाइकलबाट निगरानी गर्दै काठमाडौं सम्म ल्याउने गरेको, काठमाडौंमा लागूऔषध माग गर्ने व्यक्तिहरूलाई इनड्राइभ मार्फत रकम पठाउन लगाई रकम प्राप्त गरे पश्चात फेरी अर्को इनड्राइभ बुक गरी लागूऔषध डेलिभरी गर्ने गरेको खुल्न आएको छ ।    बर्दिया, बाँसगढी नगरपालिका-५ मैनापोखर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय किरण नेपाली र ३६ वर्षीय सतिराम थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले दमौलीबाट बासगढीतर्फ आउँदै गरेको भे.५ प २०३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६७ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ दुधे बस्ने काभ्रे रोशी गाउँपालिका-१२ घर भएका ३० वर्षीय बिराज भुजेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०४-२०

रोल्पा, माडी गाउँपालिका-२ घर्तीगाउँ बजार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ विशालनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९४ मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय योगेश पाल र ४३ वर्षीय सुबाश हमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ खडकचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित गोदावरी नगरपालिका-७ बस्ने २३ वर्षीय मिन रावललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ४० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१२ जुगेडा बस्ने १९ वर्षीय बिरख बहादुर नेपालीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय  धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, सिम्ता गाउँपालिका-६ राकमबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र स्पास्मो १ सय ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय कृष्ण लुहारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बादेपिपलबाट खटिएको प्रहरीले क.प्र. ०२-००२ प ०४५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, बेलबारी नगरपलिका-१ सिसौलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४९ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित सोही नगरपालिका-१ बस्ने २४ वर्षीय बिकास रौनियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पाँचथर, फिदिम नगरपालिका-१ बरडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय निराजन खतिवडा समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, सरावल गाउँपालिका-६ बडसारेबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५ सय  एम्पुल, डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल सहित सोही गाउँपालिका-४ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले लु. ६ प ६८४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१ खल्ला पिपल चौताराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित पुनर्बास नगरपालिका-३ राम बस्ती बस्ने १९ वर्षीय निशान्त तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०१-०१२ प ७४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम र नगद ३६ हजार ९ सय ६५ रूपैयाँ सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  चितवन, रत्ननगर नगरपालिका-७ लौखानीबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम र नगद १ लाख २९ हजार ५ सय २५ रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४३ वर्षीय दिपक महतो र उनकै छोरा २५ वर्षीय राहुल महतो रहेका छन् । प्रहरी चौकी बछौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगद सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०४-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका-२ घर भएका २६ वर्षीय रिजवान शेषलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।    रिजवानले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०४-१९

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम १ सय ९० मिलिग्राम सहित सिराहा मिर्चैया नगरपालिका-५ घर भएका २० वर्षीय सन्देश यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०५-००१ ज ००८६ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न रहेका बा.प्र.०२-०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषा कमला नगरपालिका-७ घर भएका २० वर्षीय राहुल कुमार मण्डल र सिराहा कल्याणपुर नगरपालिका-६ घर भएका २० वर्षीय अभिषेक कुमार साहलाई समेत पक्राउ गरेको छ । यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय ३० ट्याब्लेट सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका-१७ बस्ने २४ वर्षीय सागर कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ३७१२ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

तीन महिनाको अवधिमा हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जना पक्राउ
२०८३-०४-१९

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट १० जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना पक्राउ परेका हुन् ।    पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल २ थान, पेस्तोल २ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल ९ थान, भरूवा बन्दुक ४१ थान,  बन्दुक ९ थान र एयरगन ३ थान गरी जम्मा ६७ थान हातहतियार बरामद भएको छ । साथै उनीहरूबाट चाईनिज पेस्तोलको गोली ४ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, कटुवा पेस्तोलको १४ राउण्ड र विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्ड समेत बरामद भएको छ ।अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याई अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले सदैव क्रियाशील छ । अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी देशभरिनै विशेष अभियान सञ्चालन गरी कार्य गरिरहेको छ । अवैध हतियार कतै लुकाईराखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन समेत नेपाल प्रहरी अनुरोध गर्दछ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ न्यूरोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २६ ग्राम २ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५ लाख २ हजार २ सय ४० रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने नेपालगंज उपमहानगरपालिका-४ सुर्जी गाउँ घर भएका ३० वर्षीय सुशील भण्डारी र सोही उपमहानगरपालिका-१० घर भएका ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको  हो ।  धनकुटा, धनकुटा नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित पाख्रिबास नगरपालिका-७  मुगा बस्ने  ३२ वर्षीय हरी तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ सालघारी मदन आश्रित टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-१८ बस्ने १८ वर्षीय किशोर र भीमदत्त नगरपालिका-६ ऐठपुरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २२ वर्षीय मनोज कार्कीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेराबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ७३ ग्राम सहित सोही उपमहानगरपालिका-७ मनेरा बस्ने २९ वर्षीय नन्दलाल राना समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले से.२ प ६०७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनियास्थित हाटबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बौनिया गाउँ बस्ने २४ वर्षीय प्रवेश चौधरी र २६ वर्षीय सन्जय कुस्मी रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-११ बानडाँडा लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट र डाइक्लोमाइन ९ सय ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय डिकेन्द्र लिम्बु र धनकुटा पाख्रीबास नगरपालिका-५ बस्ने २० वर्षीय प्रजोल राई रहेका छन् ।  इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७ कालिकाटोलबाट नियन्त्रित लागूऔषध फेनारगन ६ एम्पुल, डाइजेपाम ७ एम्पुल र बुप्रेनोर्फिन ९ एम्पुल सहित मकवानपुरगढी गाउँपालिका-४ बन्दडाँडा बस्ने २४ वर्षीय सिजन तामाङ समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ग.६ प १२७१ नम्बर र ना.५७ प ७३६४ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।  मोरङ, जहदा गाउँपालिका-६ पोखरियाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट र स्पास्मो ३ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-७ बस्ने २१ वर्षीय श्रवन खडियारी र २० वर्षीय सविन उराउलाई रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।तनहुँ, म्याग्दे गाउँपालिका-१ बरचौरबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित गोरखा गण्डकी गाउँपालिका-६ बस्ने २२ वर्षीय गोपाल थापा मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग. ७ प १३३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय मान बहादुर गन्धर्वलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बारा, कोल्हवी नगरापलिका-८ बाट अवैध लागूऔषध गाँजा १४ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र नाइट्राभेट २ ट्याब्लेट सहित जीतपुरसिमरा उपमहानगरपालिका-१७ रामनगर बस्ने २५ वर्षीय रबि घिसिङ समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोल्हवी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सप्तरी, कन्चनरूप नगरपालिका-७ बलुवा चोकबाट अवैध लागूऔषध गाँजा ९ किलो ९ सय ३० ग्राम सहित भोजपुर पैवादुबा गाउँपालिका- ६ बस्ने २३ वर्षीय सागर राईलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०४-१९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने कन्चनपुर भीमदत्त नगरपालिका-११ घर भएका ४४ वर्षीय नवराज भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।नवराजले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०४-१९

ललितपुर, कर्तव्य ज्यान मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-८ डुकुछाप बस्ने ३० वर्षीय प्रदिप थापा मगर, ३० वर्षीय प्रबिन थापा मगर र ३० वर्षीय गोपिनी थापा मगर रहेका छन् ।गोदावरी नगरपालिका-८ डुकुछापकी एक युवतीको २०७७ चैत २ गते हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३-०४-१९

काठमाडौं, काठमाडौं महानगरपालिका-१० थापागाउँ धोबिखोला करिडोर नजिकै डेरा गरी बस्ने रामेछाप घर भएका ५३ वर्षीय रहर बहादुर मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा रहर बहादुर समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।पाल्पा, माथागढी गाउँपालिका-३ सराई बस्ने ५० वर्षीय तुल्सी राम मश्राङगीको घरमा जुवातास खेलिरहेको अवस्थामा तुल्सीराम समेत ८ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ९ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०४-१८

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६ सय ९० ट्याब्लेट र नाइट्राजेपाम २ सय ३६ ट्याब्लेट सहित काठमाडौं चन्द्रागिरी बस्ने बारा निजगढ नगरपालिका-१ घर भएका ३१ वर्षीय सुमन भण्डारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ
२०८३-०४-१८

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।  जसमध्ये उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ जना, गण्डकी प्रदेशबाट १ सय ८९ जना, लुम्बिनी प्रदेशबाट ५ सय ११ जना, कर्णाली प्रदेशबाट १ सय २१ जना, सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट १ सय ३१ जना पक्राउ परेका हुन् ।    सो अवधिमा अवैध लागूऔषध गाँजा ८ हजार ६ सय ३२ किलो ६ सय ८३ ग्राम ६ सय ९१ मिलिग्राम, चरेस ३१ किलो १ सय ६८ ग्राम ६ सय ७१ मिलिग्राम, कोकिन ५ किलो ७ सय ९२ ग्राम १ सय २० मिलिग्राम, हेरोइन ११ किलो ८ सय ९४ ग्राम १ सय ६५ मिलिग्राम, अफिम १ सय २७ किलो १ सय ६० ग्राम १ सय ३७ मिलिग्राम, पोलेन २१ किलो ६ सय ४६ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९ लाख ७६ हजार ६ सय २६ ट्याब्लेट, नाइट्राभेट १९ हजार १ सय १० ट्याब्लेट, स्पास्मो ३३ हजार ३ सय ९ ट्याब्लेट, डाईजेपाम ९ हजार ५ सय ५३ एम्पुल, फेनारगन १६ हजार ६ सय ५४ एम्पुल, बुप्रेनोर्फिन ८ हजार १ सय ३० एम्पुल प्रहरीले बरामद गरेको छ ।    लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । साथै प्रहरीले समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ
२०८३-०४-१८

सर्लाही, लालबन्दी नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ९ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामढी थाना समुद्र बस्ने २६ वर्षीय दिपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन् ।  इलाका प्रहरी कार्यालय नवलपुर समेतबाट खटिएको प्रहरीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको कारलाई जाँच गर्दा डिक्किमा लुकाई छिपाई राखिएको २३ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक दिपक र कारमा सवार अमनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०४-१८

काठमाडौं महानगरपालिका-७ कुमारीगाल कुमारीमन्दिर नजिकबाट अवैध लागूऔषध गाँजा ४ सय ग्राम सहित कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने मकवानपुर हैटौंडा उपमहानगरपालिका घर भएका १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ बुद्धपथ रोडस्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने २७ वर्षीय बिजय थापा मगर,  सोही नगरपालिका-७ बस्ने २७ वर्षीय रामपुर्ण राना, सोही नगरपालिका-१४ बस्ने १७ वर्षीया किशोरी र रोल्पा लुङग्री गाउँपालिका-६ बस्ने १९ वर्षीय ज्ञानेन्द्र पुन मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, माडी नगरपालिका-३ स्थित बसन्तपुर बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र भोमिन ७९ ट्याब्लेट सहित सोही नगरपालिका-९ गणेशपुञ्ज बस्ने २२ वर्षीय विज्ञान विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९४ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने ५२ वर्षीय रविन तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-७ स्थित बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय रेहान चौधरी र २७ वर्षीय अजय चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, जोशीपुर गाउँपालिका-१ पिपलकोटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भजनी नगरपालिका-८ खैरा बस्ने २७ वर्षीय किरण चौधरी र सोही नगरपालिका-६ थापापुर बस्ने १८ वर्षीय किशोरलाई ८ सय ३० मिलिग्राम तथा सु.प.प्र. १-०११ प ५०५० नम्बरको मोटरसाइकलमा सवार जानकी गाउँपालिका-४ कञ्चनपुर बस्ने २२ वर्षीय रूपेश खठरिया र से.५ प ६१६९ नम्बरको मोटरसाइकलाम सवार २४ वर्षीय श्याम खठरियालाई ५ ग्राम ८ सय मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ गोलघरबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित जनकपुरधाम उपमहानगरपालिका-१९ बस्ने २१ वर्षीय संजय मण्डललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरीले स. ८ प ४७८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-१८

काठमाडौं, सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-९ घर भएका रूपन्देही बुटवल उपमहानगरपालिका-१३ बस्ने ३९ वर्षीय जनक भुसाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमा राज्यको विद्यमान परिवेशलाई प्रत्यक्ष असर पार्ने तवरबाट युट्युब च्यानल नेपाली खबर टिभी मार्फत भ्रामक सूचना प्रवाह गर्ने भिडियो सामाग्री तयार पारी, अफवाह फैलाई जातीय तथा धार्मिक हिंसात्मक तथा ध्वंसात्मक गतिविधिहरूमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित र आक्रमक बनाउने, साथै कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामाग्रीहरू वा कसै प्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन, प्रदर्शन र प्रसारण गर्ने कार्यमा संलग्न रहेका उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा बुटवलबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय कारोबार ऐन,२०६३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध रूपमा भिओआइपी संचालनमा संलग्न चार जना पक्राउ
२०८३-०४-१८

 काठमाडौं तथा भक्तपुर जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) संचालनमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी डेरा गरी बस्ने गोरखा घर भएका २२ को वर्षीय प्रोशेस गुरूङ, काठमाडौं महानगरपालिका-७ गणेशस्थान बस्ने शंखरापुर नगरपालिका-१ घर भएकी २० वर्षीया मुना श्रेष्ठ, भक्तपुर सूर्यविनायक नगरपालिका-४ डेरा गरी बस्ने कञ्चनपुर घर भएका २१ वर्षीय जेनित झुकाल र भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रोशेस र मुनालाई बिहीबार तथा जेनित र कृष्णलाई शुक्रबार पक्राउ गरेको हो । प्रहरीले प्रोशेसको साथबाट १६ पोर्टको भिओआइपी डिभाइस १ थान, ल्याप्टप १ थान, सिमकार्ड २२ थान, राउटर १ थान, मुनाको साथबाट १६ पोर्टको भिओआइपी डिभाइस १ थान, ल्याप्टप १ थान, राउटर थान-१ सिमकार्ड २० थान, जेनितको साथबाट ११२ पोर्टको भिओआइपी डिभाइस ५ थान, ब्याट्री ८ थान, इन्भर्टर १ थान, सिमकार्ड १ सय ५३ थान र कृष्णको साथबाट ब्याट्री ८ थान, युपिएस १ थान, इन्टरनेट हव १ थान, ल्यापटप १ थान लगायतका उपकरण तथा सामग्रीहरू बरामद गरेको छ । पक्राउ मध्ये प्रोशेस र मुना उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन तथा जेनित र कृष्ण उपर जिल्ला अदालत भक्तपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब ८ सय ४ किलो गाँजा सहित दुई जना पक्राउ
२०८३-०४-१७

धनकुटा, चौबिसे गाउँपालिका-४ फलामेटारस्थित जनता आवासको लागि बनाइएको खाली घरबाट अवैध लागूऔषध गाँजा करिब ८ सय ४ किलोग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौबिसे गाउँपालिका-४ बस्ने ३४ वर्षीय आशिष विश्वकर्मा र छथरजोरपाटी गाउँपालिका-४ घर भएका ४० वर्षीय हरि प्रसाद ओझा रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उक्त घर तलासी गर्दा लुकाई छिपाई राखिएको ४८ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०४-१७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ११ किलोग्राम सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लुदियाना पन्जाव घर भएका ३० वर्षीय सोनी, २३ वर्षीय जागरूप सिंह र भारत कैरू हरियाणा घर भएका २२ वर्षीय साहिल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले क्याथे प्यासिफिक एयरवेजको उडानद्वारा थाइल्याण्डबाट नेपाल आएका उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं महानगरपालिका-२६ मित्रनगर बुद्धमार्गस्थित बाग्लुङ चिनारी गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित काठमाडौं बालाजु बस्ने पाँचथर घर भएका ३२ वर्षीय मिलन लिम्बु समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपलिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ३३ ग्राम सहित सिराहा घर भएका २४ वर्षीय समिर लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५५२४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । साथै प्रहरीले उक्त लागूऔषध रिसिभ गर्न आउने सिराहा घर भएका २८ वर्षीय जिवन लामालाई नागार्जुन नगरपालिका-१४ बाट पक्राउ गरेको छ ।  यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल, फेनारगन ९ एम्पुल र बुप्रेनोफिन ९ एम्पुल सहित ललितपुर गोदावारी बस्ने दोलखा घर भएका ३८ वर्षीय राज कुमार ओलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रामेछाप, मन्थली नगरपालिका-२ टेकनपुर बस्ने ४५ वर्षीय राम कुमार श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ७ सय ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ नयाँ बसपार्कस्थित होल्डिङ सेन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१३ घर भएका ३२ वर्षीय रूप सिंह गाइन समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१९ कटलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३८ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश बर्मा समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ५० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-५ पाहाडीपुर बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, गोदावरी नगरपालिका-९ सेहरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय ६० मिलिग्राम र नगद ३५ हजार ३ सय रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने ३० वर्षीय अशोक चौधरी र २४ वर्षीय दिपक चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० घुँईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७१ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय सञ्जय रानलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सप्तरी, सुरूङ्गा नगरपालिका-४ पन्सेराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय राजेश कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ चाईना गेट बस्ने २८ वर्षीय भीमसेन राजथला समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश ०३-००१ प ४९८६  नम्बर र ना.४४ प ४७८६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  सुनसरी, इटहरी उपमहानगरपालिका-४ पानधारे चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका २५ वर्षीय अनिश लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, कावासोती नगरपालिका-३ पुरानो कावासोतीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६७ एम्पुल, प्रोमेथाजाइन ७१ एम्पुल र बुप्रेनोर्फिन ७८ एम्पुल सहित हुप्सेकोट गाउँपालिका-६ बस्ने ३५ वर्षीय दुर्गा बहादुर सारू मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व समेतबाट खटिएको प्रहरीले डण्डाबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र.०४-००२ प २२३९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-५ कालिका टोल बस्ने ३० वर्षीय प्रकाश कँडेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ६ सय ५० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ
२०८३-०४-१७

कञ्चनपुर, भीमदत्त नगरपालिका-३ भाँसी बस्ने जगदिश भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१८ बस्ने ४० वर्षीय सुरेश चन्द समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-१४ नखिपोट बस्ने बागलुङ घर भएका ३१ वर्षीय संजय पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजय समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१४ सुम्निमा मार्गस्थित ललितपुर नखिपोट बस्ने भोजपुर घर भएका ५६ वर्षीय सुबज राईले संचालन गरेको फर्निचर पसलमा जुवातास खेलिरहेको अवस्थामा सुबज समेत २१ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ७ सय ६० रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१० अष्ठभुजा पेट्रोल पम्प पछाडी तनहुँ घर भएका ३७ वर्षीय कमल बहादुर न्यौपानेले संचालन गरेको विकल्प खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा कमल बहादुर समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ५ सय १५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०४-१६

कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय क्रिस शर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-७ बेलुवा बस्ने ३० वर्षीय तेज बुढालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, लेटाङ नगरपालिका-२ धोबि बस्ने २७ वर्षीया प्रमिला लामालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र स्पास्पेन १ सय ५० ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० आदर्श टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १९ ट्याब्लेट, डाइक्लोमाइन २८ ट्याब्लेट र नगद १३ हजार ७ सय ७५ रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ सुन्दर बस्ती बस्ने २७ वर्षीय मिका खत्री र २७ वर्षीया कृष्टि भन्ने बन्दना माखिम रहेका  छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय रोहित घिसिङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ जिरो ड्यामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय लोकेन्द्र बहादुर रावल र वीरेन्द्रनगर नगरपालिका-२ भुरेली गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय चित्र थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ९ सय ६० ट्याब्लेट सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२० तरहरा बस्ने ३४ वर्षीय बुद्ध राई, मोरङ मिक्लाजुङ गाउँपालिका-२ बस्ने २३ वर्षीया रोमी लिम्बु र झापा दमक नगरपालिका-७ बस्ने २९ वर्षीय करण मल्लिक रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले को.३४ प २६८९ नम्बर र मे.६ प १८२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी झापा, कनकाई नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २ ग्राम ३ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७ हजार २ सय ट्याब्लेट र नाइट्राभेट ७ हजार ४ सय ५० ट्याब्लेट सहित २ जनालाई  शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया कुरसाकट्टा-८ छिप्टिया टोल बस्ने २७ वर्षीय अझर अन्सारी र कुरसाकट्टा-७ तकियाटोल बस्ने २८ वर्षीय मो. एजवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।दाङ, घोराही उपमहानगरपालिका-१३ सिजस्वर्ग टोल बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय १० मिलिग्राम, नगद ७४ हजार रूपैयाँ र डिजिटल तराजु १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०४-१६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-३ बस्ने बारा घर भएका ३३ वर्षीय सागर उप्रेती र रूपन्देही घर भएका ४५ वर्षीय कृष्ण कुमार उपाध्याय रहेका छन् ।पक्राउ मध्ये सागरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र कृष्ण कुमारले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सागरलाई टोखा नगरपालिका-१ बाट र कृष्ण कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०४-१५

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ मैत्रीपथ बस्ने ४० वर्षीय दिपक कुमार तेलीलाई नियन्त्रित लागूऔषध स्पास्मो ३ सय ४५ ट्याब्लेट र नाइट्राजेपाम ५० ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले दिपकले सोही ठाउँमा संचालन गरेको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ५ सय मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-१२ बस्ने २६ वर्षीय प्रेम अछामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.०२-०४८ प ६१३९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-१५

काठमाडौं, ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा तत्कालीन नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष ललितपुर, ललितपुर महानगरपालिका-२३  बस्ने दाङ घर भएका ५२ वर्षीय भुपेन्द्र भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी अनुमति प्राप्त भएपश्चात  केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौंबाट २०७० वैशाख ०२ गते स्मार्ट टेलिकम प्रालिको नाममा प्रदान गरिएको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र नियमानुसार नवीकरण नगरेको कारणबाट २०८० वैशाख २ गते देखि स्वतः रद्द भएको थियो । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ वमोजिम सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल समेतको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणको नाममा आएकोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनसेल आजीयाटा लिमिटेडको मिलेमतोमा गैर कानुनी रूपमा लिलाम गरी/गराई नेपाल सरकार/दूरसञ्चार प्राधिकरणको हक हनन गरी गैर कानुनी रूपमा लिलामी गरेको ठगी, आपराधिक विश्वासधात तथा संगठित अपराध मुद्दामा उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०४-१५

बाँके, खजुरा गाउँपालिका-२ ए गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश थापा र २७ वर्षीय गौरव विक रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-३२ मझुवाबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ५० ग्राम सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने ३२ वर्षीया ज्योती श्रेष्ठ पुरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.प्र.०१-००१ प ००२४ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   यसैगरी कास्की, पोखरा महानगरपालिका-३२ मझुवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १८ एम्पुल, बुप्रेनोर्फिन १८ एम्पुल र फेनारगन १८ एम्पुल सहित पर्वत जलजला गाउँपालिका-२ बस्ने ३१ वर्षीय राजेश विश्वकर्मालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले काठमाडौंबाट बेनीतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २४४४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित केराबारी गाउँपालिका-८ बस्ने २३ वर्षीय किरण थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   रूकुम पश्‍चिम, आठबिसकोट नगरपालिका-४ छोटेबगरबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ३ किलोग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ स्यालाखदी बस्ने २८ वर्षीय टिकाराम बोहरा र सोही नगरपालिका-२ स्याला बस्ने २० वर्षीय गणेश वली रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिम समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, सिम्रौनगढ नगरपालिका-२ अमृतगंज खजानीबाट अवैध लागूऔषध गाँजा १ सय ८ ग्राम सहित पचरौता नगरपालिका-४ गुलरिया टोल बस्ने ५५ वर्षीय शिबनाथ रायलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-५ शिखरमाडीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र स्पास्पेन १ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिशाल भन्ने खगेन्द्र महतलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित गोदावरी नगरपालिका-९ बस्ने २७ वर्षीय धुर्व जोशीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ८० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-३ धरमपुर बस्ने तेह्रथुम घर भएका २२ वर्षीय अजय सुनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०४-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-१० बस्ने दाङ घर भएका ३२ वर्षीय पवन कुमार केसी (बिक्रम), काठमाडौं महानगरपालिका-३ बस्ने रौतहट घर भएका २१ वर्षीय सुधिर प्रसाद जयसवाल र काठमाडौं महानगरपालिका-२५ बस्ने काभ्रे घर भएकी ३८ वर्षीया लक्ष्मी खड्का रहेका छन् ।  पक्राउ मध्ये पवनले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, सुधिरले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र लक्ष्मीले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं महानगरपालिका-१० बाट, सुधिरलाई काठमाडौं टोखा नगरपालिका-९ बाट र लक्ष्मीलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

अवैध रूपमा भिओआइपी संचालन गर्ने व्यक्ति पक्राउ
२०८३-०४-१५

रूपन्देही, अवैध रूपमा भिओआइपी संचालन गरेको अभियोगमा गोरखा चुमनुव्री गाउँपालिका-४ बस्ने ६२ वर्षीय छिरिङ गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई सिद्धार्थनगर नगरपालिका-१ स्थित न्यू मुक्ति होटल एण्ड रेष्टुरेन्टबाट भिओआइपी संचालन गर्न प्रयोग गरिएको विभिन्न सरसामान सहित पक्राउ गरेको हो ।उनी उपर दुरसंचार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत रूपन्देहीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०८३-०४-१५

 काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ किसिपिडी बस्ने २८ वर्षीया रूपा लम्सालको घरमा जुवातास खेलिरहेको अवस्थामा रूपा समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार १ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । बैतडी, मेलौली नगरपालिका-६ लामालेकस्थित सोही नगरपालिका-१ बस्ने ५५ वर्षीय सुरेश सिंह नायकले संचालन गरेको मेलौली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ८ सय ५५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०४-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१२ टेकुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम र नगद १९ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने काभ्रे घर भएका ६८ वर्षीय उद्वव आचार्य र काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने ४० वर्षीय कृष्ण खड्गी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले कृष्णले प्रयोग गरेको बा.४६ प १६२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथाना गैरीगाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित सुनसरी धरान उपमहानगरपालिका-३ घर भएका २३ वर्षीय प्रवेश गुरूङ समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-४ स्थित विराटनगर विमानस्थलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १८ ग्राम ४८ मिलिग्राम सहित सोही महानगरपालिका-५ बस्ने २४ वर्षीय सुशान्त खड्कालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विराटनगर बस्ने राघव झा नाम गरेको व्यक्तिले विराटनगर महानगरपालिका-९ स्थित महेन्द्रचोकमा संचालनमा रहेको Expo Xpress कुरियर मार्फत काठमाडौं पठाउन लागेको स्पोर्ट्स जुत्ताको कार्गो सामानलाई विराटनगर विमास्थलमा सुरक्षार्थ खटिएको प्रहरीले उक्त कार्गो सामान विराटनगर विमानस्थलको प्रस्थान केन्द्रको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा जुत्ताभित्र कालो प्लाष्टिकमा पोका पारी जुत्ताको सोल भित्र रहेको उक्त पदार्थ फेला कुरियर गर्न आएका सुशान्तलाई पक्राउ गरेको हो ।  यसैगरी मोरङ, रतुवामाई नगरपालिका-२ हरूचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २३ वर्षीय समिर कट्वाल र २३ वर्षीय समिर भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ चनौटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय हिमाल थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ बजारस्थित पूर्वेली स्टाफ होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित कालिकोट खाँडाचक्र नगरपालिका-११ मानमा बजार बस्ने २४ वर्षीय लक्ष्मण शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको क.१ प ५१९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-१ डाँफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४८ वर्षीय माधव क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ लालपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित मधुबन नगरपालिका-९ बस्ने २४ वर्षीय आशिक परियारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, मधुबन नगरपालिका-३ कोठियाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजापुर नगरपालिका-१० आन्नदनगर बस्ने ३२ वर्षीय तिर्थ दहित र गेरूवा गाउँपालिका-९ बस्ने २२ वर्षीय पर्बत सोनाहा रहेका छन् । प्रहरी चौकी कोठियाघाट समेतबाट खटिएको प्रहरीले भे.८ प ९१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ मधुबन नगरपालिका-३ ओरालिबजार बस्ने ३९ वर्षीय केशब बहादुर रोकाय र उनकै श्रीमती ४० वर्षीया प्रभा खड्कासँग खरिद गरेको भन्ने खुल्न आएपछि इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले केशव बहादुरको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम फेला पारी केशब र प्रभालाई पक्राउ गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलनचोकस्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ अमरबस्ती बस्ने २२ वर्षीया सृजना चौधरी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-१० चाँदनी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम र नगद १२ हजार २ सय २५ रूपैयाँ सहित सोही नगरपालिका-९ झापा मार्ग टोल बस्ने ३० वर्षीय छोटु सहनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, गढवा गाउँपालिका-१ जुरौनीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३५ किलोग्राम सहित पूर्व रूकुम भूमे गाउँपालिका-२ बस्ने २६ वर्षीय हिक्मत पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले बुटवलबाट नेपालगंजतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०८३७ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।     डडेलधुरा, अमरगढी नगरपालिका-१ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर बेदकोट नगरपालिका-७ बस्ने २६ वर्षीय दिपक खुना, कैलाली चुरे गाउँपालिका-४ बस्ने २५ वर्षीय निराजन साह र २४ वर्षीय लक्ष्मण अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ क १६९० नम्बरको टलर गाडीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दिपक तथा गाडीमा सवार निराजन र लक्ष्मणलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०४-१४

रूकुम पश्‍चिम, आफ्नै बुबा ७४ वर्षीय ठगेन्द्र घर्तीको हत्या गरेको अभियोगमा सानिभेरी गाउँपालिका-८ हुसीखोला बस्ने ३२ वर्षीय पारस घर्तीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पारसले धारिलो हतियार हँसिया प्रहार गर्दा ठगेन्द्रको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिमबाट खटिएको प्रहरीले पारसलाई पक्राउ गरेको हो । डोटी, आफ्नै श्रीमती ४७ वर्षीया अमृता ओलीको हत्या गरेको अभियोगमा जोरायल गाउँपालिका-४ देउथली बस्ने ५१ वर्षीय चन्द्र बहादुर ओलीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चन्द्र बहादुरले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा अमृता गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको प्रहरीले चन्द्र बहादुरलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी अमृताको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसुर मुद्दामा संलग्न रहेका चार जना पक्राउ
२०८३-०४-१४

काठमाडौं, बैंकिङ कसुरमा मुद्दामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तिनकुने बस्ने बैतडी घर भएकी ४० वर्षीया रश्मी पन्त, रूपन्देही सिद्धार्थनगर नगरपालिका-८ बस्ने गुल्मी घर भएका ४४ वर्षीय सन्तोष ज्ञवाली, रूपन्देही सिद्धार्थनगर नगरपालिका-७ बस्ने गुल्मी घर भएका ४१ वर्षीय राजेन्द्र श्रेष्ठ र रूपन्देही तिलोत्तमा नगरपालिका-४ बस्ने ४८ वर्षीय शिशिर पौडेल रहेका छन् ।उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०४-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने तेह्रथुम घर भएका ४३ वर्षीय लाक्पा शेर्पा र काठमाडौं महानगरपालिका-२६ बस्ने नवलपरासी पूर्व घर भएकी ३९ वर्षीया कालिका रोक्का रहेका छन् । पक्राउ मध्ये लाक्पाले जर्जिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ र कालिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ
२०८३-०४-१४

काठमाडौं, अभद्र व्यवहार गरेको कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२५ बस्ने मकवानपुर घर भएका ३४ वर्षीय राज घिसिङ र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने सिन्धुली घर भएका ४१ वर्षीय दिपक पहाडी रहेका छन् । काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण व्यक्तिहरूलाई गाली गलौज गर्ने, धाकधम्की तथा दु:ख हैरानी दिई अभद्र व्यवहार गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्‍याएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
२०८३-०४-१३

काठमाडौं, जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका छन् । एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत १९ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भोजपुर बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

हुण्डी सम्बन्धी कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-१३

काठमाडौं, हुण्डी सम्बन्धी कारोबारमा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-८ बस्ने धादिङ घर भएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका-८ राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रूपैयाँ बराबरको रकम हुण्डीको माध्यमबाट कारोबार गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ८ किलो ६ सय ६६ ग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतीय नागरिकहरू ३३ वर्षीय SIDDHANATH UTTAM र २९ वर्षीय SOMNATH SHANKAR KHADKE रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजद्वारा बैंककबाट नेपाल आएका उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, गौरीगंगा नगरपालिका-१ चनौरा दक्षिण टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय १० मिलिग्राम र नगद ११ हजार ७ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २४ वर्षीय रबिन्द्र धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुर्खेत, वीरेन्द्रनगर नगरापलिका-१२ चनौटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय हिमाल थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पर्यटक तथा यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न आठ जना पक्राउ
२०८३-०४-१३

कास्की, पर्यटक तथा यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पोखरा महानगरपालिका-६ लेकसाईड एरिया तथा सोही महानगरपालिका-१७ बिरौटा एरियाहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरू र यात्रुहरूलाई आकर्षक र सस्तोमा होटल मिलाइदिने भनी अनावश्यक दुःख हैरानी दिइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न ५ जनालाई पोखरा महानगरपालिका-१७ बिरौटाबाट र ३ जनालाई सोही  महानगरपालिका-६ हल्लनचोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब ४ सय ५४ किलो गाँजा सहित मिनि ट्रक चालक पक्राउ
२०८३-०४-१३

महोत्तरी, बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५४ किलोग्राम सहित ललितपुर गोदावरी नगरपालिका-३ घर भएका २६ वर्षीय विश्व तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिन्धुली भिमानबाट महोत्तरीतर्फ जाँदै गरेको बा.४ ख ५६९२ नम्बरको मिनि ट्रकलाई जाँच गर्दा ट्रकको छतमा फल्स बटम बनाई लुकाई छिपाई राखेको ६० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक विश्वलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०४-१३

काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ८ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं जम्बुडाँडा बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-८ घर भएका ३५ वर्षीय संजय तामाङ र काभ्रे बनेपा बस्ने ३० वर्षीय कदम लामा रहेका छन् । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बाग्मती प्रदेश ०२-०४२ प ६१७३ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट सहित बारा सिमरा घर भएका १९ वर्षीय मुना घिसिङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, गौरीगंगा नगरपालिका-४ बझाङ्गी टोल बस्ने २५ वर्षीय सुरेन्द्र बहादुर धामी समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ८ सय मिलिग्राम र नगद ३७ हजार १ सय ५० रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले सुरेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-३ रामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय प्रशान्त चौधरी र १९ वर्षीय समिर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका-१ फलप फिगर होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ मिलिग्राम र नगद ६२ हजार ५ सय रूपैयाँ सहित ठुली भेरी नगरपालिका-८ बस्ने २५ वर्षीय संतोष भण्डारी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पा समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-१२ शितलपुर बस्ने २२ वर्षीय आकाश साह कानुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।  चितवन, भरतपुर महानगरपालिका-७ त्रिचोक डेरा गरी बस्ने २२ वर्षीय सन्तोष गुरूङ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६१ ट्याब्लेट, भोमिन २ सय ३८ ट्याब्लेट र नगद ६१ हजार रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले सन्तोषको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क बस्ने धादिङ नेत्रवती डबजोङ गाउँपालिका-४ घर भएकी ३५ वर्षीय गौरी कुमारी गुरूङ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १४ ट्याब्लेट, एनारगन १४ ट्याब्लेट र भोमिन ६ ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले गौरीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने २२ वर्षीय निशान्त चन्दलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३८ एम्पुल र प्रोमेथाजाइन ३४ एम्पुल सहित सोही नगरपालिका-१८ कटान बस्ने ३१ वर्षीय प्रदिप नाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.२ प ४२६७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   रसुवा, उत्तरगया गाउँपालिका-५ बेत्रावतीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४ ट्याब्लेट सहित कालिका गाउँपालिका-३ कटुन्जे बस्ने ३४ वर्षीय श्रीकृष्ण देवकोटालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेत्रावतीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको  हो ।  तेह्रथुम, म्याङलुङ नगरपालिका-७ जिरीखिम्ती बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ ट्याब्लेट र डाइक्लोमाइन ४ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने सुनसरी घर भएका २१ वर्षीय सहनिवाज अलिलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-३ कत्लामारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ५० मिलिग्राम सहित भारत किशनगंज धनतोला मोहमारी बस्ने २२ वर्षीय एमडी फारूकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरीले बीआर ३७ एबि ५८५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ पाथीभरा लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ५ सय ७० ट्याब्लेट र डिकोलिक २ हजार ४५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१४ छिनेडाँडास्थित होमस्टेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २३ ग्राम ९३ मिलिग्राम र नगद २ लाख ८१ हजार ५ सय रूपैयाँ सहित भोजपुर घर भएका ३३ वर्षीय मनोज कुमार मग्राती समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले होमस्टे तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  बारा, सिम्रौनगढ नगरपालिका-२ अमृतगंजबाट अवैध लागूऔषध गाँजा १४ ग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय अविनाश कुमार कुशवाहालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ छ । प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । ललितपुर,महालक्ष्मी नगरपालिका-३ इमाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २९ ट्याब्लेट र नगद ७ हजार ७ सय ५० रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय कृष्ण खड्का, सोही नगरपालिका-४ बस्ने  २५ वर्षीय सम्राट अधिकारी र ललितपुर महानगरपालिका-२२ बस्ने ३१ वर्षीय आशिष कार्की रहेका छन् । प्रहरी प्रभाग टिकाथलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०१७ प ६७०३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०४-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुली घर भएका ४६ वर्षीय गणेश बहादुर कार्की, काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने दाङ घर भएका ४७ वर्षीय झगे विक, काठमाडौं महानगरपालिका-१६ बस्ने चितवन घर भएका ३४ वर्षीय कमल श्रेष्ठ र काठमाडौं महानगरपालिका-७ बस्ने ६१ वर्षीया शारदा श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये गणेश बहादुरले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, झगेले युरोप पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ, कमलले अजरबैजना पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र शारदाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गणेश बहादुरलाई काठमाडौं महानगरपालिका-६ बाट र झगेलाई काठमाडौं महानगरपालिका-२१ बाट सोमबार तथा कमललाई काठमाडौं महानगरपालिका-१६ बाट र शारदालाई काठमाडौं महानगरपालिका-७ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

मानव बेचबिखन नियन्त्रणका लागि सबैको एकीकृत र प्रभावकारी प्रयास अपरिहार्य - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०४-१२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मानव बेचबिखन संगठित अपराध तथा अन्तर्राष्ट्रिय अपराधिक सञ्जालसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएको उल्लेख गर्दै यसको नियन्त्रणको लागि सुरक्षा तथा न्याय प्रणाली, स्थानीय तह, नागरिक समाज, संचारमाध्यम, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार र आम नागरिकबीचको सचेतना, सूचना आदानप्रदान, समन्वयात्मक उद्धार तथा अनुसन्धान एवम् अन्तर्राष्ट्रिय सहकार्यमा आधारित एकीकृत र प्रभावकारी प्रयास अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस, २०२६ को अवसरमा ‘Trapped Behind the Scam’ भन्ने नाराका साथ नेपाल प्रहरीको आयोजना र माइती नेपालको सहकार्यमा उक्त अन्तरक्रिया आयोजना गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आगामी एक वर्षसम्म मानव बेचबिखन विरूद्धको राष्ट्रिय सचेतना अभियानमा आफ्नो कला, आवाज र लोकप्रियतालाई समर्पित गरी Anti Human Trafficking Awareness को राजदूतको रूपमा सहकार्य गर्नुहुने एवम् हास्यव्यङ्ग्यको माध्यमबाट गम्भीर सामाजिक विषयवस्तुहरूलाई जनमानसमा पुर्‍याउँदै मानव बेचबिखनको अभियानलाई थप सशक्त एवम् प्रभावकारी बनाउन अमुल्य योगदान पुर्‍याउनु हुने वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेठ र हरिवंश आचार्यलाई कदरपत्र  प्रदान गर्नुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले मानव बेचबिखनलाई परम्परागत दृष्टिकोणबाट मात्र नभई साइबर अपराध, आर्थिक अपराध र संगठित अन्तर्राष्ट्रिय अपराधको समग्र सन्दर्भमा हेर्नुपर्ने उल्लेख गर्दै बहुपक्षीय सहभागीतामा आयोजित यस अन्तरक्रिया कार्यक्रमले मानव बेचबिखनको बद्लिदो स्वरूपलाई सम्बोधन गर्न प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । विगतको भन्दा पछिल्ला दिनहरूमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको, तस्करहरूले पीडितको कानुनी कागजातहरू प्रयोग गरेर हुने गरेको अनलाइन ठगी तथा साइबर स्क्याम जस्ता गतिविधिहरू थप चुनौतीको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल प्रहरीले आफ्नो कार्यशैलीलाई समयसापेक्ष परिमार्जन गर्दै सूचना संकलन प्रणालीलाई थप विस्तार, सीमा क्षेत्रमा थप निगरानी, जोखिममा रहेका यात्रुहरूको प्रोफाइलिङ तथा ठगी गर्ने म्यानपावर कम्पनी र शैक्षिक कन्सलटेन्सीको आवरणमा मानव तस्करी गर्ने संस्थाहरू माथिको कारबाहीलाई उच्च प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले अन्तरक्रियाबाट प्राप्त सुझाव, निष्कर्ष एवम् पृष्ठपोषणले नेपाल प्रहरीलाई मानव बेचबिखनको बद्लिदो स्वरूप बुझ्न नयाँ दृष्टिकोण, अनुसन्धानका नयाँ आयाम तथा अझ प्रभावकारी कार्यदिशा प्रदान गर्ने उल्लेख गर्दै यसबाट प्रहरी कर्मचारीहरू थप सुसुचित हुने र आगामी दिनमा अझ सशक्त, उत्तरदायी र परिणामुखी अनुसन्धान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।  नेपाल प्रहरी मानव बेचबिखन नियन्त्रण, पीडितको संरक्षण, अपराधी माथि कठोर कारबाही तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउन सदैव प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । माइती नेपालका कार्यकारी निर्देशक विश्व राम खड्काले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायव महानिरीक्षक दिपक कुमार बस्नेतले स्वागत मन्तव्य तथा वरिष्ठ कलाकार हरि वंश आचार्यले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेलले आप्रवासन, मानव बेचबिखन तथा ओसारपसार र मानव तस्करीको अवधारणा, विद्यमान अवस्था, चुनौती र सुझावहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा माइती नेपाल र नेपाल प्रहरीले तयार पारेको छुट्टाछुट्टै मानव बेचबिखन सम्बन्धी जनचेतनामूलक श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा मानव बेचबिखन नियन्त्रण, अनुसन्धान, पीडित संरक्षण, सुरक्षित वैदेशिक रोजगारी, डिजिटल सुरक्षा, अन्तर्राष्ट्रिय समन्वय, मानव बेचबिखन न्यूनीकरणमा देखिएका समस्या र चुनौती लगायतका विषयमा वृहत्त अन्तरक्रिया एवम् छलफल भएको थियो । डिजिटल तथा अनलाइन माध्यमबाट हुने बेचबिखनका जोखिमहरू बारे सचेतना अभिवृद्धि गर्नु, सुरक्षा निकाय, सरकारी तथा गैर सरकारी संस्था, सञ्चारमाध्यमहरू, निजी क्षेत्र र समुदायबीच समन्वय तथा सहकार्यलाई सुदृढ बनाउनुका साथै युवाहरू, अभिभावक, समुदाय तथा सरोकारवालाहरूलाई सुरक्षित डिजिटल व्यवहार र सचेत निर्णय गर्नका लागि प्रेरित गर्नु यस अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख, वरिष्ठ प्रहरी अधिकृतहरू, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय महिला आयोगका प्रतिनिधि, राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू, विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, माइती नेपालका पदाधिकारीहरू, संचारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, काठमाडौं, ललितपुर र भक्तपुरस्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

शिक्षा ऐन अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ
२०८३-०४-१२

काठमाडौं, शिक्षा ऐन, २०२८ अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट राजदेवी नगरपालिका-४ बस्ने २५ वर्षीय अतुल कुमार मिश्र र पर्सा वीरगंज महानगरपालिका-२१ बस्ने बारा घर भएका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले अतुललाई काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट आइतबार र अब्दुललाई पर्सा वीरगंज महानगरपालिका-८ बाट सोमबार पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले गत ८ गते त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायतर्फको एमबिएस प्रथम सेमेष्टरको MGT 515: Organizational Behaviour विषय परीक्षाको प्रश्नपत्र विभिन्न वाट्सएप समुहहरूमा साझा गरेको खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-१२

कञ्चनपुर, बेलौरी नगरपालिका-१ फटैयाबाट नियन्त्रित लागूऔषध स्पास्मो ४३ ट्याब्लेट र नाइट्राजेपाम ८ ट्याब्लेट सहित शुक्लाफाँटा नगरपालिका-६ कसरौल बस्ने २५ वर्षीय अनिस रानालाई मंगलाबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फटैया समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम र नगद ११ हजार रूपैयाँ सहित सिराहा बिष्णुपुर गाउँपालिका-४ थलाहा बस्ने २० वर्षीय विशाल कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३१५८ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित कबाड पसल सञ्चालन गरी बस्ने भारत बिहार पश्चिम चम्पारण बेतिया लाल सरैया ग्राम पञ्चायत-३ घर भएका २२ वर्षीय बिशाल कुमारलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९० ट्याब्लेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ बस्ने २३ वर्षीय प्रेम विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०४-१२

काठमाडौं, तारकेश्वर नगरपालिका-११ हिलेटोल हाईट डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी २५ वर्षीया कविता विक समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय २३ ट्याब्लेट र नगद १८ हजार ५ सय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले कविताको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.८५ प १६६० नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित काठमाडौं सामाखुसी बस्ने भारत बिहार समस्तिपुर घर भएका २९ वर्षीय अजय कुमार रामलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७३८१ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-६ नवलपुर भन्ने स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-५ बस्ने २० वर्षीय अमर डगौरा थारू र २० वर्षीय रोहित कुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ७२ मिलिग्राम सहित गोदावरी नगरपालिका-३ बस्ने २६ वर्षीय कृष्ण रावललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलाली गाउँबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ ह ४८५४ नम्बरको अटोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ श्रीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २७ वर्षीय कालु राम चौधरी समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१३ प २७३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ भाईरल रोड नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित दोधारा चाँदनी नगरपालिका-१ बस्ने २८ वर्षीय नरेश मल्ल समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले डिएल ८ सिबिएल ०९२३ नम्बरको गाडी जाँच गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ‍।  झापा, भद्रपुर नगरपालिका-२ सागरमाथा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने २२ वर्षीय डेविड लिम्बु समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, ओमसतिया गाउँपालिका-१ सरस्वती टोल डेरा गरी बस्ने दाङ घर भएका २० वर्षीय अनिल ओलीलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम र डिजिटल तराजु १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ जीतपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३० एम्पुल, फेनारगन ३० एम्पुल र बुप्रेनोर्फिन ३० एम्पुल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ नौडिहवा बस्ने २६ वर्षीय अमरजित ठाकुर र सोही नगरपालिका-४ बैरिहवा बस्ने २८ वर्षीय अजय कुमार सहानी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ बिएफ ९५४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, म्याग्दे गाउँपालिका-३ घुम्तीबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ग्राम सहित कास्की पोखरा महानगरपालिका-१३ बाजापाटन बस्ने २४ वर्षीय साइमन गुरूङ समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग.२३ प ९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-७ पाउदीबजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल सहित सोही नगरपालिका-९ तल्लोबजार बस्ने २८ वर्षीय दिपक गुरूङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले चितवनबाट भोटेओडारतर्फ आउँदै गरेको ग.१ ज ८४३५ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०४-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट घर भएका ३० वर्षीय मुन्ना चौधरी, ललितपुर, ललितपुर महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ४७ वर्षीय भुमिका देवान, काठमाडौं महानगरपालिका-१० बस्ने भोजपुर घर भएका ४३ वर्षीया बिमला थापा, ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने दैलेख घर भएका ४१ वर्षीय केशव बहादुर शाही र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने मोरङ घर भएका ३५ वर्षीया बिनु श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये मुन्नाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६६ हजार रूपैयाँ, भुमिकाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, बिमलाले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४८ हजार रूपैयाँ, केशवले जर्जिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८८ लाख ५० हजार रूपैयाँ र बिनुले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मुन्नालाई काठमाडौं महानगरपालिका-१२ बाट शनिबार, भुमिकालाई ललितपुर महानगरपालिका-२६ बाट, बिमलालाई काठमाडौं महानगरपालिका-२६ बाट र केशव बहादुरले काठमाडौं महानगरपालिका-९ बाट आइतबार तथा बिनुलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अभद्र व्यवहार गर्ने कार्यमा संलग्न तीन जना पक्राउ
२०८३-०४-१२

काठमाडौं, अभद्र व्यवहार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-९ बस्ने मकवानपुर राक्सीराङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय आशिष मोक्तान, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने काभ्रे महाभारत गाउँपालिका-६ घर भएका ४१ वर्षीय लोकमान मोक्तान र ४४ वर्षीय मोहन सिंह मोक्तान रहेका छन् ।काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरू समेतलाई गाली गलौज गर्ने धाकधम्की तथा दु:ख हैरानी दिई अभद्र व्यवहर गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ
२०८३-०४-१२

काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर बस्ने ५३ वर्षीय बिष्णु राईले आफ्नै घरमा संचालन गरेको खोटाङ गेष्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्क गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ८ सय २० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ स्याउले बस्ने ४४ वर्षीय टेक बहादुर साउदको घरमा जुवातास खेलिरहेको अवस्थामा टेक बहादुर समेत १६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले नगद २७ हजार ५ सय भारतीय रूपैयाँ र ३२ हजार ७ सय ८० नेपाली रूपैयाँ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१० स्याउली बजार बस्ने ५८ वर्षीय राकेश श्रेष्ठको घर पछाडी जुवातास खेलिरहेको अवस्थामा राकेश समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
२०८३-०४-११

दाङ, घोराही उपमहानगरपालिका-१५ न्युरोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम र नगद १६ हजार रूपैयाँ सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २८ को सुदिप चौधरी र सोही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीया देवीका श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका-१८ ढोडेनी बस्ने ४० वर्षीय महेन्द्र चौधरीसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले महेन्द्रको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५ लाख ६८ हजार १ सय ७० रूपैयाँ फेला पारी महेन्द्रलाई समेत पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०४-११

झापा, भद्रपुर नगरपालिका-२ चाराली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम र नगद ५ हजार ६ सय रूपैयाँ सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय  अमन राई र २६ वर्षीय निकेश राई रहेका  छन् । इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.९ प १६०३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   यसैगरी झापा, हल्दीबारी गाउँपालिका-३ बाङ्गे चोकस्थित सन्ध्या होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय बिकास राजवंशीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ  । प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-७ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८३ ट्याब्लेट र नगद १९ हजार ४ सय ८५ रूपैयाँ सहित सोही उपमहानगरपालिका-७ पानमारा बसपार्क डेरा गरी बस्ने हरिनगर गाउँपालिका-२ घर भएका १९ वर्षीय सोएल अन्सारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-७ देवरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय पवन चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-३ खैरेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने २३ वर्षीय कुवेर पार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम, जरायोको दुई सिङ्गे १ थान र नगद ३५ हजार ८ सय ६० रूपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   दाङ, शान्तिनगर गाउँपालिका-७ खैरेनीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६७ ट्याब्लेट र ट्रामाडोल १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय गणेश बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१४ स्वर्गद्धारी टोल डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका-५ घर भएका ३४ वर्षीय सन्तोष बाठालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१ सण्डा बस्ने ३४ वर्षीय गणेश गुप्तालाई नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ९६ एम्पुल, फेनारगन ४ सय ४६ एम्पुल र बुप्रेनोर्फिन ४ सय ४६ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-३ टौखेलबाट अवैध लागूऔषध पोलेन करिब ५ ग्राम र नियन्त्रित लागूऔषध स्पास्पेन २० ट्याब्लेट  सहित सोही ठाउँ बस्ने कास्की घर भएका २० वर्षीय आर एन गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ
२०८३-०४-११

उदयपुर, १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-४ डाँडा टोल बस्ने ३४ वर्षीय तोयाहाङ राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तोयाहाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  मोरङ, १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवर्षी नगरपालिका-९ बस्ने २१ वर्षीय सुमन कुमार साह समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

शिक्षा ऐन अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०८३-०४-११

काठमाडौं, शिक्षा ऐन, २०२८ अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने कैलाली घोडाघोडी नगरपालिका-११ घर भएका ३३ वर्षीय संदिप सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उनलाई मध्यपुर थिमी नगरपालिका-१ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले गत ८ गते त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायतर्फको एमबिएस प्रथम सेमेष्टरको MGT 515: Organizational Behaviour विषय परीक्षाको प्रश्नपत्र विभिन्न वाट्सएप समुहहरूमा साझा गरेको खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०४-१०

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोट डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय औतार सिह तामाङ र काठमाडौं सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बर तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.८३ प ४३७७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ शिवालय बस्ने २१ वर्षीय बिबेक जबेगुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-९ बस्ने २२ वर्षीय अरमान खानलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय १० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित गुल्मी मुसिकोट नगरपालिका-४ बस्ने २३ वर्षीय विपीन रानालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-५ बस्ने २३ वर्षीय पर्वत तोलाङी र मोरङ विराटनगर महानगरपालिका-१ बस्ने २२ वर्षीय शुयस ढुङेल रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले प्र.१-०२-०१० प ३८४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ८० मिलिग्राम सहित बेलबारी नगरपालिका-११ बस्ने २९ वर्षीय रणध्वज राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले प्र.१-०२-०४४ प ११८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, रतुवामाई नगरपालिका-८ कुखरेडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय मोहन बास्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी डाम्राभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, धनगढीमाई नगरपालिका-१० जिरोमाईलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६७ मिलिग्राम सहित सुखीपुर नगरपालिका-८ आमचोक बस्ने २५ वर्षीय सरोज मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सुखीपुरदेखि काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०२-०२५ प ५९४४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-९ बस्ने २० वर्षीय मनोज चौधरी र बारबर्दिया नगरपालिका-८ औरी गाउँ बस्ने २० वर्षीय प्रकाश खड्का रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय मिलिग्राम सहित सोही नगरपालिका-१२ शक्तिनगर बस्ने २६ वर्षीय निर्मल कुमार थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-८ गैलनदीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १६ ग्राम ३ सय ४० मिलिग्राम सहित भीमदत्त नगरपलिका-१८ जनज्योती चोक बस्ने २२ वर्षीय यस चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले म.१ प ४२४४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७१ मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ डेरा गरी बस्ने गौरीगंगा नगरपालिका-१ घर भएका २५ वर्षीय मायाराम चौधरी समेत २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २९ वर्षीय सबिन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मोति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९८ मिलिग्राम सहित कैलारी गाउँपालिका-४ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-७ खरौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय हरि प्रसाद चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-५ गेर्मीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ९८ एम्पुल, फेनारगन १ सय ९७ एम्पुल र बुप्रेनोर्फिन १ सय ९९ एम्पुल सहित भारत उत्तर प्रदेश महाराजगंज बरगदवा पिपरा बस्ने ३३ वर्षीय सबरे आलम समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ एक्स १२१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय एम्पुल, बुप्रेनोर्फिन ३ सय ९९ एम्पुल र डाइजेपाम ३ सय ९४ एम्पुल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही ओमसतिया गाउँपालिका-५ लोदपुर बस्ने ४१ वर्षीय हरि हर लोध र ५५ वर्षीया रेश्मी लोध रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २०११ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय साहिल अलि हलुवाइलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुर्खेत, भेरीगंगा नगरपालिका-१२ राजीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम परियार समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले प्रेमको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब ३ सय २० किलो गाँजा सहित एक जना पक्राउ
२०८३-०४-१०

सर्लाही, बलरा नगरपालिका-७ डुमरियास्थित कुखुरा फर्मबाट अवैध लागूऔषध गाँजा करिब ३ सय २० किलोग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय अमरजित राउतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरीले कुखुरा फर्म तलासी गर्ने क्रममा १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अमरजितलाई पक्राउ गरेको हो । साथै प्रहरीले बा.प्र.०१-०२६ च २८८६ नम्बरको गाडी, बिआर ०६ बिवाई १७६१ नम्बर र लु. ४७ प २५२८ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०४-०९

धनुषा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय सबैलाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शनिबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू प्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार सिर्जना गरेको बताउनुभयो । नयाँ भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतिक भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु प्रहरी र नागरिक दुबैको दायित्व रहेको उहाँले बताउनुभयो । नागरिकको समस्या सम्बोधन गर्न थप क्रियाशील भई सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको  थियो । UNOPS को सहयोगमा कुल ३ करोड ३ लाख ५४ हजार ६ सय १ रूपैयाँ ७८ पैसाको लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-०९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित खोटाङ रावा बेशी गाउँपालिका-४ बस्ने ३६ वर्षीय डिल्ली निरौलालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, भीमफेदी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ५३ ट्याब्लेट सहित काठमाडौं कीर्तिपुर नगरपालिका-९ बस्ने २६ वर्षीय प्रिन्स सिंह समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ईश्रायल कामतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ८ ग्राम १० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने धनकुटा, धनकुटा नगरपालिका-१ हिले घर भएका ३५ वर्षीय मन बहादुर थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अनलाइन स्क्याम गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८३-०४-०९

कास्की, अनलाइन स्क्याम गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी कञ्चनपुर नगरपालिका-१२ बस्ने २६ वर्षीय विवेक रेग्मी र भारत कर्नाटक महेश्वर शान्तिनगर बस्ने ३० वर्षीय Mohammed Yasheer रहेका छन् ।  पोखरा महानगरपालिका-५ प्रस्याङस्थित घर भाडामा लिई भारतीय नागरिक सहितका व्यक्तिहरूले एसिया र युरोप महादेशका देशहरूमा घुम्न लैजाने भन्दै स्क्याम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले Oasis Tourism International नामको संस्था स्थापना गरी १५ जना युवायुवतीहरूलाई समेत खटाई अनलाइन माध्यमबाट र फोनबाट विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी 3N/4D Holiday voucher fill & win register & win assured gift लेखिएको coupon भर्न लगाई रकम उठाउने गरेको र हालसम्म ३० जना व्यक्तिहरूलाई एसिया र युरोप महादेशका विभिन्न देशमा visit गराउने भन्ने प्रलोभनमा पारी उक्त coupon भर्न लगाई ९ लाख ६५ हजार रूपैयाँ ठगी गरिसकेको समेत खुल्न आएको छ । साथै प्रहरीले उनीहरूको साथबाट कम्प्युटर २ थान, विभिन्न रजिष्टर तथा रेकर्ड बुक ८ थान, कुपन रसिद ६ थान, स्ट्याम्प छाप ४ थान र विभिन्न व्यक्तिहरूको नाममा काटिएका कुपनहरूको अर्धकट्टी समेत बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०४-०९

धनुषा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनहरूको शनिबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक प्रतिको हाम्रो दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार प्रदान गरेको उल्लेख गर्दै आगामी दिनमा यस केन्द्रले सहज, सुरक्षित र सम्मानजनक पहुँच स्थापित गरी पीडितमैत्री, पीडित केन्द्रीत, व्यवसायिक एवम् प्रविधिमैत्री सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू अत्यन्त संवेदनशील तथा जोखिममा रहेको वर्ग भएको उल्लेख गर्दै उनीहरू विरूद्ध हुने अपराधको न्यूनीकरण गर्दै न्यायको पहुँचको सुनिश्चितता गर्नु सबै सरोकारवाला निकायको दायित्व भएको उहाँले बताउनुभयो । साथै उहाँले भौतिक पुर्वाधार विकासमा UNOPS ले निर्वाह गरेको सहयोगी भूमिकाको प्रशंसा गर्नुका साथै नवनिर्मित भवनले सेवाग्राही र प्रहरीको सम्बन्धलाई अझ मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको   थियो । UNOPS को सहयोगमा कुल ३ करोड ९९ लाख ७६ हजार ५ सय ३ रूपैयाँ १६ पैसाको लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०४-०९

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित अछाम घर भएका २३ वर्षीय प्रेम बहादुर बुढालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-२ मान्दवा टोलबाट अवैध लागूऔषध गाँजा करिब ७१ किलो ३५ ग्राम सहित सोही गाउँपालिका-२ गैरीगाउँ बस्ने ३१ वर्षीय शिखर लिम्बु समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.२ ह १२५ नम्बरको अटो तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-७ जिपी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय बिकास जेठारा र २८ वर्षीय बिबेक राज उपाध्यायलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरी पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय राजेश राना समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोक डेरा गरी  बस्ने कैलारी गाउँपालिका-२ घर भएका २५ वर्षीय श्रीमल चौधरी समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय २३ मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले श्रीमलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ समितीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय सागर खत्री समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-५ माने चोक बस्ने २५ वर्षीय अमित धिमाल समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरीले अमितको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम १८ एम्पुल बुप्रेनोर्फिन १८ एम्पुल र फेनारगन १८ एम्पुल सहित लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने ३९ वर्षीय मिन बहादुर बानिया समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङपुल जिपबाट खटिएको प्रहरीले मुग्लिङबाट डुम्रेतर्फ जाँदै गरेको ग. १७ प १२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने  पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश सहनी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, सुरूङगा नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ओपिडोल ८५ ट्याब्लेट, स्पास्मो ७५ ट्याब्लेट र डिकोलिक १० ट्याब्लेट सहित उदयपुर त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने १९ वर्षीय अशोक भन्ने ताराचन्द्र भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, ईनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३ सय ६० मिलिग्राम सहित मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने २४ वर्षीय बुद्दिमान साह समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-१ हिले तुम्बाचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३ ट्याब्लेट र स्पास्पेन १ सय ३० ट्याब्लेट सहित पाख्रिबास नगरपालिका-९ बस्ने ३० वर्षीय रियल मगर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ‍। प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ खानेपानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० नदवा बस्ने ३० वर्षीय सुरज मल्ललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०४-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने रूपन्देही घर भएका ५१ वर्षीय राज कुमार भण्डारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ओखलढुंगा घर भएका २९ वर्षीय सुरेश घिमिरे रहेका छन् । पक्राउ मध्ये राज कुमारले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट र सुरेशलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।   

लुटपाटमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-०९

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा काभ्रे पनौती नगरपालिका-५ बस्ने ओखलढुंगा घर भएकी ४७ वर्षीया संगिता तामाङ कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलस्थित जग्गा हेर्न भनि बोलाई एक होटलमा खाजा खाने क्रममा पीडितलाई फ्रुटीमा नसालु पदार्थ मिसावट गरी सेवन गराई बेहोस बनाई सुनको औँठी, नगद र मोबाइल समेत लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा उक्त कार्यमा संलग्न उनलाई काभ्रे पनौती नगरपालिका-५ चौकोटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।  

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८३-०४-०८

मोरङ, विराटनगर महानगरपालिका-४ लालीगुराँस टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४ ग्राम सहित दुवही नगरपालिका-१२ बस्ने २१ वर्षीय धन कुमार यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   धनुषा, मिथिला नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ९५ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी घर भएका २८ वर्षीय सन्तोष कुमार महत्तो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कैलाली, कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४७ मिलिग्राम र नगद ११ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ भुईयाफाँटा बस्ने २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका-९ पचमुडिया बस्ने २७ वर्षीय निराजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, मोहन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विनोद बिष्ट र लम्कीचुहा नगरपालिका-३ चिसापानी टुक्कीबजार बस्ने कालिकोट रास्कोट नगरपालिका-४ घर भएका २५ वर्षीय गोविन्द्र शाही रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मेट्रो ट्राफिक एफ.एम. को १४ औं वार्षिकोत्सव सम्पन्न
२०८३-०४-०८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रमबीच मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जको १४औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सहयोगी संस्था, विज्ञापनदाता र उत्कृष्ट सवारी चालकलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले ट्राफिक जनचेतनामूलक गीतको विमोचन समेत गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक एफएमले स्थापनाकाल देखिनै ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउँदै ट्राफिक सचेतना अभिवृद्धि गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, अपराध विरूद्ध जनचेतना फैलाउन तथा सुरक्षा सम्बन्धी सही र विश्वसनीय सूचना समयमै प्रवाह गर्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । ट्राफिक एफएमको सफल संचालनमा निरन्तर साथ, सहयोग र सहकार्य गर्नुहुने विभिन्न निकाय, स्थानीय तह, सञ्चारकर्मी एवम् प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने महानुभावहरू प्रति आभार व्यक्त गर्दै आगामी दिनमा एफएमको संस्थागत सम्वृद्धिको शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीले प्रविधिमैत्री सेवा प्रवाहलाई विशेष प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आइरहेको चर्चा गर्दै ट्राफिक एफएमले पनि आगामी दिनमा सामाजिक सञ्जालको प्रयोग मार्फत नागरिक समक्ष अझ छिटो, छरितो एवम् भरपर्दो सूचना प्रवाह गर्न थप क्रियाशील हुनुपर्ने बताउनुभयो । एफएमले आगामी दिनमा आफ्नो क्षमता विस्तार गरी सडक सुरक्षा तथा सुरक्षा सचेतनामा समयानुकूल, नवप्रवर्तनात्मक, गुणस्तरीय एवम् विश्वसनीय नागरिक केन्द्रीत कार्यक्रमहरू ल्याई अझ सशक्त एवम् प्रभावकारी रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै ट्राफिक सचेतनामूलक सामग्रीहरूको प्रभावकारिता अभिवृद्धि एवम् एफएमसँग आधुनिक स्रोतहरूलाई समेट्नको लागि समयानुकूल सामग्री तथा विधिलाई आफ्नो कार्यक्रममा समावेश गर्दै आगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका निमित्त नगरप्रमुख मञ्जली शाक्य बज्राचार्य, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, महानायक राजेश हमाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले आ-आफ्नो शुभकामन मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले स्वागत मन्तव्य एवम् एफ.एम. को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा ट्राफिक एफ.एम.को यात्रा तथा उपलब्धी,  एवम् ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक श्रव्यदृश्य सामग्रीहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका पदाधिकारीहरू, वरिष्ठ कलाकारहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०४-०८

सिराहा, लहान नगरपालिका-३ हस्पिटल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४३ ग्राम सहित ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका २२ वर्षीय बिद्यानन्द यादव, सप्तरी रूपनी गाउँपालिका-१ घर भएका ४० वर्षीय मो. नसिर, बोदेबसाईन गाउँपालिका-२ घर भएका २८ वर्षीय शम्भु प्रसाद यादव, २४ वर्षीय बैधनाथ प्रसाद यादव, डाक्नेश्‍वरी गाउँपालिका-२ घर भएका २८ वर्षीय मो. जमाहिर आलम र ३२ वर्षीय मो. ईमामुदिन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई नियन्त्रण लिने क्रममा प्रहरी माथी आक्रमण गरेपश्‍चात प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गर्दा  घाइते भएका मो. नसिर र विद्यानन्दको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको स.३ प ९१८५ नम्बर र स.११ प ८०५ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । दार्चुला, मालिकार्जुन गाउँपालिका-८ धामिगडा बस्ने ६० वर्षीय गगन सिंह बोहरालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ३० ग्राम र गाँजा करिब १ सय ५१ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनले संचालन गरेको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-८ कान्तिपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय १४ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने कैलारी गाउँपालिका-७ घर भएकी १७ वर्षीया किशोरी समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ फेला सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६५ मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने बैतडी सुर्नया गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपक ऐरी, बैतडी दोगडाकेदार गाउँपालिका-६ घर भएका ३१ वर्षीय हेमन्त कार्की र कैलाली गोदावरी नगरपालिका-१ बस्ने ३२ वर्षीय शम्भू भट्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, भद्रपुर नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ९४ मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ बस्ने भारत किसनगंज-१२ घर भएका ३० वर्षीय मोहित आलम, उनकै श्रीमती ३२ वर्षीया जेनेतुन खातुन र ३८ वर्षीय मोहमद तजरूल रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ५०११ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक मोहित, अटोमा सवार उनकै श्रीमती जेनेतुन र मोहमदलाई पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ ग्राम ४ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २७ वर्षीय राजन उराव र उर्लाबारी नगरपालिका-४ बस्ने ३४ वर्षीय प्रकाश उराव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट सहित सुनसरी घर भएका २५ वर्षीय रोहित उराउलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिआरभि पोष्ट जतुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९१ मिलिग्राम सहित उर्लाबारी नगरपालिका-२ बस्ने २२ वर्षीय जंगे लिम्बुलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बेलबारी नगरपालिका-५ सोमबारे चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट, ट्रामाडोल १ सय ८५ ट्याब्लेट, स्पास्मो १ सय ७५ ट्याब्लेट र नगद २६ हजार ३ सय ९० रूपैयाँ सहित सोही नगरपालिका-६ बस्ने १९ वर्षीय उमेश मगर समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सोमबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ कुलेनीबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र ऐनारगन १० ट्याब्लेट सहित सोही नगरपालिका-१७ बटटाँडी बस्ने २७ वर्षीय एलिया वाग्ले क्षेत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, तिलोत्तमा नगरपालिका-९ मंगलापुर चोकबाट  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २६ ग्राम ३ सय ५० मिलिग्राम सहित रोहिणी गाउँपालिका-७ पर्सा बस्ने ४६ वर्षीय अकवाल देवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ‍लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ
२०८३-०४-०८

ललितपुर, महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको अभियोगमा पठाओ चालक ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने सिराहा मिर्चैया नगरपालिका-५ घर भएका ३४ वर्षीय प्रविन कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । प्रविनले महिला सेवाग्राहीलाई पठाओ बुकिङ गरी सेवा लिने क्रममा सार्वजनिक स्थान र निजको फोन नम्बरमा कल तथा मेसेजद्वारा अश्लिल, अपशब्द बोली दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आयुर्वेदिक औषधिहरू गैरकानुनी रूपमा उत्पादन तथा बिक्री वितरण गर्ने पाँच जना पक्राउ
२०८३-०४-०८

काठमाडौं, आयुर्वेदिक औषधिहरू गैरकानुनी रूपमा उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा संलग्न रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौ कीर्तिपुर नगरपालिका-१ अमृतनगर बस्ने प्युठान घर भएका २६ वर्षीय राम प्रसाद पोख्रेल, ललितपुर महालक्ष्मी नगरपालिका-५ ‍टिकाथली बस्ने ताप्लेजुङ घर भएका २९ वर्षीय आईतमान ताम्लिङ लिम्बु, ३३ वर्षीय उज्वल लिम्बु, ललितपुर महानगरपालिका-७ घर भएका ४२ वर्षीय सन्दिप महर्जन र काठमाडौं टोखा बस्ने नुवाकोट घर भएका ४१ वर्षीय गोकर्ण अर्याल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको प्रहरी उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट Silver 6 WARM THERAPY OIL, JAIPHAL MIXED OIL, ALOEVERA SKIN SERUM, GOLDEN XXX CAMANDO POWER क्याप्सुल लगायतका विभिन्न आयुर्वेदिक औषधिहरू बरामद गरेको छ ।प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पठाइएको छ ।

तीन महिनाको अवधिमा ७ हजार २ सय ५१ जना फरार प्रतिवादीहरू पक्राउ
२०८३-०४-०७

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट विभिन्न मुद्दाका ७ हजार २ सय ५१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट ४८ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट १ हजार २ सय ३२ जना, कोशी प्रदेशबाट ९ सय ६० जना, मधेश प्रदेशबाट २ हजार १ सय १७ जना, बागमती प्रदेशबाट ७ सय ६० जना, गण्डकी प्रदेशबाट ४ सय ५२ जना, लुम्बिनी प्रदेशबाट १ हजार १ सय ८१ जना, कर्णाली प्रदेशबाट १ सय ८७ जना र सुदूरपश्चिम प्रदेशबाट ३ सय १४ जना पक्राउ परेका हुन् । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको २ हजार ९ सय ३६ वर्ष ४ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । साथै उनीहरूबाट ७२ करोड ४७ लाख १२ हजार ४३ रूपैयाँ जरिवाना असुल उपर गरिएको छ । नेपाल प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको परिपेक्षमा फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ । कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान संचालन गरी कार्य गर्दै आइरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०४-०७

सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा महालक्ष्मी नगरपालिका-९ बस्ने २३ वर्षीय उज्वल मादेन र भोजपुर हतुवागढी गाउँपालिका-५ बस्ने ३२ वर्षीय रोशन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.३८ प २३८९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको   हो । दाङ, घोराही उपमहानगरपालिका-१५ रतनपुरबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ एम्पुल, बुप्रेनोर्फिन ७ एम्पुल र प्रोमेथाजाइन ८ एम्पुल सहित सोही उपमहानगरपालिका-१६ रावतगाउँ बस्ने २२ वर्षीय महेश वलीले बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले लु.प्र.०२-००२ प ०३७८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब ६ सय ५२ किलो गाँजा सहित तीन जना पक्राउ
२०८३-०४-०७

सिराहा, लहान नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब ६ सय ५२ किलोग्राम गाँजा सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीया श्याम कुमारी साह, १९ वर्षीय शिवम साह र भारत घर भएका ३८ वर्षीय गौरव महतो रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहाबाट खटिएको प्रहरीले श्याम कुमारीको घरको कम्पाउण्डमा पार्किङ गरी राखेको बा.२१ च ५८६६ नम्बरको पिकअप गाडी तलासी गर्दा गाडीको पछाडीको भागमा फलफूलले छोपेर राखेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३४ जना पक्राउ
२०८३-०४-०७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ८ किलोग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मणिपुर घर भएका २० वर्षीया MONA DEVI LONGJAM र २३ वर्षीया OINAM ALLY रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूको सुटकेश तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ शान्ति टोलस्थित गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय २० मिलिग्राम सहित सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका-६ घर भएका ३४ वर्षीय छिरिङ शेर्पा समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१८ बाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ बस्ने २४ वर्षीया निशा मगर र रूकुम पश्चिम मुसीकोट नगरपालिका-१ घर भएकी ३३ वर्षीया ललिता बुढाथोकी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१४ बस्ने २३ वर्षीय लाल बहादर परियार र २२ वर्षीय सुरज सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडिया बजारबाट नेपालगंजतर्फ आउँदै गरेको भे.११ प ३४३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१४ चौलिका चोक बस्ने सोही उपमहानगरपालिका-१६ घर भएका ३२ वर्षीय रज्जन सैयादलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ  सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१४ श्रीगणेश टोल डेरा गरी बस्ने कादिर खानलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१७ पनौरा बस्ने योगेश पाण्डे समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क घोराहीबाट खटिएको प्रहरीले योगेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-२० होम्सबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय सरोज आचार्यलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सल्यान, शारदा नगरपालिका-१ श्रीनगरस्थित भगवती खोला बस्ने २३ वर्षीय सन्तोष बस्नेतलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बकुलिया चउरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ महम्मदपुर बस्ने २८ वर्षीय सादिर हुसैन अंसारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-४ छहारी बसपार्क बस्ने ४२ वर्षीय इन्द्र बहादुर श्रेष्ठ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ६४ ट्याब्लेट, भोमिन ४१ ट्याब्लेट र एनारगन १३ एम्पुल सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले इन्द्र बहादुरको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने दोलखा घर भएका १९ वर्षीय पवन खड्कालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम १ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित ताप्लेजुङ फुङलिङ नगरपालिका-२ भेटनरी चोक बस्ने २१ वर्षीय संदिप हाङगाम समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२ ह ४११३ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सर्लाही, हरिवन नगरपालिका-९ नयाँ रोडबाट नियन्त्रित लागूऔषध डाइक्लोमाइन १ सय १ ट्याब्लेट र टापेन्टाडोल १ सय ११ ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २४ वर्षीय रूपेश कुमार उप्रेतीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय हरिवन समेतबाट खटिएको प्रहरीले प्र.२-०३-०१७ प ६८७४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार स्कुटर चालकको खोजी गरिरहेको छ ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-६ गजरौला बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५१ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २७ वर्षीय यज्ञ राज भट्टलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-१ बस्ने २४ वर्षीय राकेश राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ रातोपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय कृष्ण सेन्चुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित झापा, झापा गाउँपालिका-६ बस्ने ३३ वर्षीय अभिषेक केसीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ भगवती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ४१ मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय पुष्कर मल्ललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  जुम्ला, चन्दननाथ नगरपालिका-६ छिना बस्ने २३ वर्षीय रबिन्द्र रोकाया समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले रबिन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ४५ एम्पुल, प्रोमेथाजाइन  १ सय ४५ एम्पुल, बुप्रेनोर्फिन १ सय ४५ एम्पुल र सिरिन्ज ३ थान सहित दाङ घोराही उपमहानगरपालिका-१३ बस्ने २२ वर्षीय प्रवेश घर्ती मगर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले रा.७ प ७००७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०४-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-७ घर भएका ३७ वर्षीय हरि बहादुर पन्त र ललितपुर गोदावरी नगरपालिका-३ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-२ घर भएका ४७ वर्षीय अमृत मगर रहेका छन् ।  पक्राउ मध्ये हरि बहादुरले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ र अमृतले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरि बहादुरलाई बुढानिलकण्ठ नगरपालिका-७ बाट र अमृतलाई ललितपुर महानगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक दान बहादुर कार्की स्वदेश फिर्ता
२०८३-०४-०६

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की Federal Bureau Of Investigation (FBI) र Royal Thai Police को आयोजनामा थाइल्याण्डको बैंककमा साउन ४ देखि ५ गतेसम्म संचालन भएको ‘The Regional Summit On Scam Center Compounds and Transnational Organized Crime’ मा सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो ।उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय संगठित अपराध, साईबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान तथा प्रभावकारी अन्तर्राष्ट्रिय समन्वयको अपरिहार्यताका विषयमा वृहत्त छलफल भएको थियो । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको नेतृत्वमा उक्त सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत साउन ३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-०६

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले अवैध लागूऔषध सहित २ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-४ बस्ने ४५ वर्षीय दिपक श्रेष्ठ र बझाङ खप्तडछान्ना गाउँपालिका-१ घर भएका ३५ वर्षीय सागर जेठारा रहेका छन् । पक्राउ मध्ये दिपकलाई अवैध लागूऔषध खैरो हेरोइन १ सय ३६ ग्राम र नगद १ लाख रूपैयाँ तथा सागरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ९० ट्याब्लेट, टापेन्टाडोल ७ हजार ६२ ट्याब्लेट, नाइट्राजेपाम १ हजार ८८ ट्याब्लेट र प्रिग्याबालिन ९० हजार ट्याब्लेट सहित पक्राउ गरेको हो ।मोरङ, रंगेली नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १ ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया बौकाहा मझरा घर भएका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ३८ एएच ७१९३ नम्बर र बिआर ३८ ए क्यू ८२४३ नम्बरको मोटरसाइकलहरू बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०४-०६

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-८ बालुवाखानी एरीयाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ग्राम सहित सोही ठाउँ बस्ने दोलखा घर भएकी १९ वर्षीया एन्जिला तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ पिपलबोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित विजयनगर गाउँपालिका-६ खजहनी बस्ने २६ वर्षीय रन्जित प्रसाद मौर्यालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० खजुराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० बसपार्क डेरा गरी बस्ने जुम्ला चन्दननाथ नगरपालिका-९ घर भएका १९ वर्षीय तपेन्द्र हमाल समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-६ के आई सिंह चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्राम सहित भारत लखिमपुर खिरी बस्ने २४ वर्षीय सलमान खान समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४६ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-३ मलढुङ घर भएका २० वर्षीय सरोज महरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   झापा, कन्काई नगरपालिका-५ तारघेरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय पजन मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-६ मदननगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय प्रविण शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, व्यास नगरपालिका-४ कालिका टोलबाट नियन्त्रित लागूऔषध नोर्फिन २ एम्पुल, डाइजेपाम २ एम्पुल र फेनारगन २ एम्पुल सहित सोही ठाउँ बस्ने २४ वर्षीय सागर गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध व्यास नगरपालिका-४ मस्जिद टोल बस्ने २५ वर्षीय अनिष क्षेत्रीको घरबाट लिएको भन्ने खुल्नासाथ अनिषको घर तलासी गर्दा नोर्फिन ४ एम्पुल, डाइजेपाम १ एम्पुल र नाइट्राजेपाम ६३ ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । सप्तरी, सुरूङगा नगरपालिका-२ भेडियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ रक्सा बस्ने सुनसरी रामधुनी नगरपालिका-५ घर भएका ३७ वर्षीय अस्मिन कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१२ स्यालिनदीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने ३० वर्षीय हेम राज जोशी र २८ वर्षीय रविन्द्र नेगी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बन्साह समेतबाट खटिएको प्रहरीले बेलौरीबाट कलुवापुरतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१३ प ०७७९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बारा, जीतपुर सिमरा उपमहानगरपालिका-७ सिधरी टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ५४ ग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने ३७ वर्षीय दिवेन्द्र बैठालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०४-०६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१७ बस्ने ३२ वर्षीया पुजा शाही, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सप्तरी बोदेबरसाईन नगरपालिका-३ घर भएका २० वर्षीय दिपक साह, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही बसबरीया गाउँपालिका-३ घर भएका ४१ वर्षीय जय मंगल प्रसाद निसाद र काठमाडौं महानगरपालिका-३२ बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएकी ३७ वर्षीया मिना श्रेष्ठ खत्री रहेका छन् ।  पक्राउ मध्ये पुजाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ, दिपकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, जय मंगलले ब्रनाई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ३८ हजार रूपैयाँ र मिनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुजालाई काठमाडौं महानगरपालिका-१२ बाट र दिपकलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बाट सोमबार तथा जय मंगललाई काठमाडौं महानगरपालिका-९ बाट र मिनालाई काठमाडौं महानगरपालिका-३२ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ठगीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०४-०६

काठमाडौं, अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरू छुटाईदिने भनि ठगी गरेको अभियोगमा ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने उदयपुर कटारी नगरपालिका-८ सिरिसे घर भएका ३८ वर्षीय बिक्रम बहादुर थापा, नवलपरासी पश्चिम सुनौल नगरपालिका-७ तर्गौली घर भएका ५९ वर्षीय गोपाल कुमार गुरूङ र काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने सर्लाही लालबन्दी नगरपालिका-५ घर भएका ५२ वर्षीय नारद प्रसाद खतिवडा रहेका छन् ।   अध्यागमन विभाग कालिकास्थानको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकहरूलाई छुटाउने र विभागको नियन्त्रणमा रहेका अन्य १५ वटा राहदानी समेत झिकाईदिने भनि ९ लाख रूपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०४-०६

काठमाडौं,  सुन तथा चाँदीका गरगहना र स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-२ नारायणथान बस्ने मोरङ लेटाङ नगरपालिका-५ घर भएका २१ वर्षीय दिपेश लिम्बु, काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१ घर भएका १९ वर्षीय अमर भन्ने अर्मस लामा र ललितपुर महालक्ष्मी नगरपालिका-५ इमाडोल बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका ३० वर्षीय अजय लामा रहेका छन् ।  काठमाडौं महानगरपालिका-६ पशुपति मार्गस्थितबाट गत जेठ २९ गते सुनचाँदीका गरगहना र नगद तथा काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित कान्ति बाल अस्पतालको पार्किङबाट गत असार ३० गते स्कुटर चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-०६

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका-४ घर भएका ३८ वर्षीय कृष्ण पुनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ बासवारीबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

५० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८३-०४-०५

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५६औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमानदारीपूर्वक कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महशुस गराउनुपर्नेमा जोड  दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ ४ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ३२ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०४-०५

पर्सा, जगरनाथपुर गाउँपालिका-४ सुहपुरबाट अवैध लागूऔषध गाँजा २० किलो ६ सय ८७ ग्राम सहित भारत बिहार सितागढी पंचायत तालका डुम्रा-३३ बस्ने ३४ वर्षीय रहमद अंसारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बिआर ०६ बिएच ५४९६ नम्बरको कार जाँच गर्दा उक्त गाँजा फेला पारी चालक अंसारीलाई पक्राउ गरेको हो ।   महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम ९ सय ९० मिलिग्राम सहित भारत बिहार मधुबनी पंचायत मधवापुर-५ बस्ने २४ वर्षीय राजा कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००७ ख ८२१ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०४-०५

काठमाडौं, काठमाडौं महानगरपालिका-३१ प्रयाग मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ५० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने झापा दमक घर भएका सोहम बस्नेत समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको  छ । प्रहरी वृत्त नयाँ वानेश्वरबाट खटिएको प्रहरीले सोहमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ सय ५७ ट्याब्लेट सहित धनुषा गणेशमान चारनाथ नगरपालिका-५ बस्ने २५ वर्षीय सुबास मानन्धरलाई समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले महोत्तरी सम्सीदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३८८६ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बारा, कलैया उपमहानगरपालिका-१९ पचायनपुर बस्ने २० वर्षीय सनोज पटेललाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ सय ५० ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गंगापुरबाट खटिएको प्रहरीले सनोजले सोही ठाउँमा संचालन गरेको घुम्ती पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३९ वर्षीय आइतमान थिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ जम्बुचौतारा बस्ने २२ वर्षीय रबि स्याङ्तान र राक्सिराङ गाउँपालिका-१ बस्ने २४ वर्षीय सुजन स्याङ्तान रहेका छन् । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले बा.७५ प ८२१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  धनकुटा, शहिदभूमी गाउँपालिका-१ पाङ्नामबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित भोजपुर हतुवागढी गाउँपालिका-९ उखुबारी बस्ने २३ वर्षीय हिलसन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-८ सत्ति पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-१ बस्ने २२ वर्षीय हिमाल चलाउने र २५ वर्षीय राजेन्द्र रावत रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, गौरीगंगा नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण साउँद र २३ वर्षीय खेम साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, कञ्चन गाउँपालिका-४ बेलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सैनामैना नगरपालिका-१० सालझण्डी बस्ने ३१ वर्षीय सन्दिप पुनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रूद्धपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०४-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-१७ बस्ने ओखलढुंगा लिखु गाउँपालिका-३ घर भएका २८ वर्षीय प्रदिप कुमार श्रेष्ठ र कपिलवस्तु शिवराज नगरपालिका-१ घर भएकी २४ वर्षीया कविता वेल्वासे रहेका छन् ।  पक्राउ मध्ये प्रदिपले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र कविताले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रदिपलाई काठमाडौं महानगरपालिका-३ बाट आइतबार र कवितालाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार पक्राउ गरेको हो ।    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-०४

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले अवैध लागूऔषध कोकिन ४ किलो २ सय ५८ ग्राम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोलम्बियन नागरिक ६२ वर्षीया YONETH GARZON CAICEDO र भारतीय नागरिक ३७ वर्षीया REBECCA PULLE रहेका छन् । उक्त ब्यूरोबाट खटिएको प्रहरीले असार ३१ गते कतारको एयरवेजद्वारा कोलम्बियाबाट दोहा हुँदै काठमाडौं आएकी YONETH GARZON लाई काठमाडौं महानगरपालिका-१६ ठमेलबाट नियन्त्रणमा लिई तलासी गर्दा उनको साथमा रहेको सुटकेसभित्र फल्स बटम बनाई ब्लाङकेट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलो भित्र सिलिकनमा मिसाई लुकाई राखेको उक्त कोकिन फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कोकिन लिन भारतको मणिपुरबाट काठमाडौं आएकी REBECCA लाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।यसैगरी काठमाडौं महानगरपालिका-२८ पद्मोदय चोकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब ६ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने २७ वर्षीय युवराज तामाङ र २७ वर्षीय नरेश तामाङ रहेका छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०६० प ६१८८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपालमा बालयौन दुराचारको सजाय काटेर अमेरिका फर्किएका व्यक्ति अमेरिकी अदालतबाट पनि बालयौन दुराचारमा दोषी ठहर
२०८३-०४-०४

काठमाडौं, नेपालमा बालयौन दुराचारमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो बेवसाइटमा कुम्ब्सलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो ।नेपालमा सजाय काटेर फर्किएका उनलाई अमेरिकी कानुन प्रवर्तन निकायले सेप्टेम्बर २०२५ मा पक्राउ गरेको थियो । उनी त्यसबेलादेखि हिरासतमै छन् । उनीविरुद्ध अक्टोबर २८ मा अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले जनाएको छ । बालकहरूको यौन शोषण गर्न संगठित रूपमा सिण्डिकेट सञ्चालन गरी दुर्गम गाउँहरूबाट बालकहरू सहरमा ओसार पसार गरी बिदेशी बालयौन दुराचारीहरूलाई उपलब्ध गराउने गिरोह सञ्चालन भएको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान शुरू गरेको थियो । २०७३ भदौ २४ गते काठमाडौं ठमेलस्थित याम्बु होटलबाट सो ब्यूरोबाट खटिएको प्रहरीले केनेथ जोसेफ कुम्ब्स र बालयौन दुराचारका निम्ती निजलाई सहयोग गर्ने काठमाडौं स्वयम्भू बस्ने २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंको २०७४ वैशाख १० गतेको फैसलाले कुम्ब्सलाई ९ वर्ष कैद सजाय ठहर भएको थियो भने पुतवारलाई ४ वर्ष कैद सजाय ठहर भएको  थियो । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयलको सूचनामा कुम्ब्सले सन् २०१६ मा नेपाल बस्दा होटलमा ८ जना बालबालिकामाथि यौन दुर्व्यवहार गरेको र ती यौनजन्य कार्य गर्नका लागि कुम्ब्सले बल प्रयोग, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र बालकबालिकाहरूलाई पैसाको प्रलोभनमा पार्ने जस्ता उपाय अपनाएको उल्लेख गरेको छ । साथै कुम्ब्सले खिचेको पीडितको तस्वीरहरू कुम्ब्सका इलेक्ट्रोनिक उपकरणबाट बरामद गरेको अमेरिकी सार्वजनिक मामिला कार्यालयले जनाएको छ । नेपालस्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको सीआईबी, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय र नेपालको गैरसरकारी संस्था नयाँ पाइलाबाट अनुसन्धानमा सहयोग प्राप्त भएको समेत अमेरिकी सार्वजनिक मामिला विभागले जनाएको छ ।

ट्राफिक नियन्त्रण तथा रेखाचित्रण दोस्रो समूहको तालिम सञ्चालन
२०८३-०४-०४

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखाचित्रण (जु.प्र.अ देखि प्र.ज) दोस्रो समूहको तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित एक कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले तालिम उद्‍घाटन गर्दै सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरूलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सहज हुने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेन्द्र भट्टले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ नायव निरीक्षक ७ जना, प्रहरी नायव निरीक्षक ५ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान १६ जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३२ जना पक्राउ
२०८३-०४-०४

काठमाडौं, काठमाडौं महानगरपालिका-१२ टेकु दोवानपुल नजिकबाट नियन्त्रित लागूऔषध टपेन्डाडोल २४ हजार ७ सय ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत रूपडिया उतर प्रदेश ठेगाना भएका २५ वर्षीय राज सोनि, बाँके घर भएका १९ वर्षीय निखिल सोनि र सुर्खेत घर भएका १९ वर्षीया शोफिया मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि आक्रमण गरी भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा राज सोनि घाइते भएका थिए । घाइते राजको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।   यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप पिपलबोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ९ सय २० ट्याब्लेट सहित सोही नगरपालिका-१४ डेरा गरी बस्ने कीर्तिपुर नगरपालिका-९ पागादोबाटो घर भएका ३९ वर्षीय अनिल देउलालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनले प्रयोग गरेको बा.७० प ७८०० नम्बरको स्कुटर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा ट्रामाडोल ३ हजार ७ सय ७६ ट्याब्लेट, डाइजेपाम सेट ३८५ एम्पुल समेत गरी १ हजार १ सय ५५ ‍एम्पुल र नगद १ लाख ४० हजार १ सय ६५ रूपैयाँ समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।  यसैगरी काठमाडौं महानगरपालिका-२९ डिल्लीबजार हाईटबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ४ किलो ७ सय २० ग्राम र नगद १ लाख २५ हजार ८ सय २५ रूपैयाँ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएका ५४ वर्षीय श्याम खत्री र काठमाडौं महानगरपालिका-२९ न्यू प्लाजा बस्ने काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ४८ वर्षीय बसन्त थापा रहेका छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले श्यामको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-७ मित्रपार्कबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ९० ग्राम र पोलेन करिब ३ सय ७८ ग्राम सहित काठमाडौं मित्रपार्क बस्ने ३२ वर्षीया पुजा डंगोललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।  झापा, भद्रपुर नगरपालिका-५ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २७ वर्षीय अजय सहनीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-१ हवल्दार चोकस्थित टपरी होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम १ सय ५० मिलिग्राम सहित इलाम चुलाचुली गाउँपालिका-४ पालिका टोल बस्ने ३५ वर्षीय पुर्ण कुमार राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित इटहरी नगरपालिका-९ बसपार्क बस्ने २१ वर्षीय संगम श्रेष्ठलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय १२ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय उमङ्ग राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-४ तिसबिगेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७८ ट्याब्लेट र डाइक्लोमाइन ८२ ट्याब्लेट सहित रामधुनी नगरपालिका-७ बस्ने २३ वर्षीय समिर चौधरी समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   रूपन्देही, रोहिणी गाउँपालिका-७ टिकरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारगन १९ एम्पुल र बुप्रेनोर्फिन १९ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका-११ देबी नगर बस्ने ४६ वर्षीय रमेश योगी र रोहिणी गाउँपालिका टिकर बस्ने ३५ वर्षीय साहिल अन्सारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.७ प २०२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१० मंझरिया चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८० एम्पुल, बुप्रेनोर्फिन ८० एम्पुल र फेनारगन ८० एम्पुल सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्हीनन्दन गाउँपालिका-६ लङ्गडी पाकड बस्ने २६ वर्षीय विश्वजित गिरी र सोही गाउँपालिका-६ रगरगंज बस्ने ३६ वर्षीय दिनेश केवट रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले युपि ५६ एच १०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, कर्जन्हा नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम र नगद ५ हजार ७ सय ४० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कर्जन्हा नगरपालिका-११ डेरा गरी बस्ने सोही नगरपालिका-९ घर भएका २४ वर्षीय अवधेश महरा र ३१ वर्षीय सुनिल महरा रहेका छन् । प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, गोदावरी नगरपालिका-३ गोदावारीस्थित मार्वल डाँडाबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ४४ मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-४ बागडोल बस्ने २२ वर्षीय सम्बोधन थापा, गोदावारी नगरपालिका-१४ बस्ने २१ वर्षीय संदिप महत्तो र  महालक्ष्मी नगरपालिका बस्ने २० वर्षीया सफिसा महर्जन रहेका छन् । थप अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका-२५ फुलबारी मार्ग डेरा गरी बस्ने मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ घर भएका २८ वर्षीय तिर्थ बहादुर थोकरको कोठा तलासी गर्दा पोलेन करिब २ किलो ७ सय ९३ ग्राम र डिजिटल तराजु १ थान सहित फेला पारी तिर्थलाई समेत प्रहरीले पक्राउ गरेको छ । महोत्तरी, सोनमा गाउँपालिका-५ खयरबनिबाट नियन्त्रित लागूऔषध स्पास्मो १६ ट्याब्लेट  सहित सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खयरबनि समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, बेलबारी नगरपालिका-२ लालभित्ति चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश खड्का समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३० ट्याब्लेट र स्पास्मो ४० ट्याब्लेट सहित सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने ३७ वर्षीय संदिप खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका-५ बस्ने मधु सुधन पुलामी र २८ वर्षीय निश्चल केसी रहेका छन् । प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ समेतबाट खटिएको प्रहरीले बिपि चोकबाट त्रिभुवन चोकतर्फ जाँदै गरेको बा.१७ च १४२२ नम्बरको कार जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक मधु र कारमा सवार निश्चललाई पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-२ बस्ने २० वर्षीय नरेश चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमम्दपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित लमजुङ बेशीशहर नगरपालिका-१ बस्ने २६ वर्षीय बुद्धी बहादुर आलेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा.५ ख २२९५ नम्बरको माईक्रो बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-०४

भक्तपुर, सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका-४ घर भएका ३१ वर्षीय माइते सिं स्याङ्तानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट साउन १ गते राति बा.प्र.०२-०६४ प ६६६८ नम्बरको स्कुटर हराएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न स्याङ्तानलाई सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरी भएको स्कुटर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अनलाईन ठगीमा संलग्न दुई जना पक्राउ
२०८३-०४-०४

पर्सा, अनलाईन ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका-१ बस्ने २० वर्षीय जस्मुदिन अन्सारी र पर्सा बहुदरमाई नगरपालिका-१ बस्ने २० वर्षीय बिशाल पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका-८ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले वीरगंज महानगरपालिका-१६ बस्ने बारा घर भएका ४९ वर्षीय शिव पुजन बैठाको घरमा डेरा गरी बस्ने रौतहट घर भएका पीडित हाल वैदेशिक रोजगारको सिलसिलामा युकेको लण्डनमा रहेकोमा निजको फोटो राखि फेक फेसबुक एकाउण्ट तथा म्यासेन्जर आईडी बनाई शिवपुजनलाई झुक्यानमा पारी नगद २ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । उनीहरू उपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्की संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान
२०८३-०४-०३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की Federal Bureau Of Investigation (FBI) र Royal Thai Police को आयोजनामा थाइल्याण्डको बैंककमा साउन ४ देखि ५ गतेसम्म संचालन हुने ‘The Regional Summit On Scam Center Compounds and Transnational Organized Crime’ सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग उक्त सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गर्नुभयो ।उक्त सम्मेलनमा संगठित अपराध सम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न क्षेत्रीय रणनीति, संयुक्त कार्य एवम् समन्वय लगायतका एजेण्डामा वृहत्त छलफल हुने कार्यक्रम रहेको छ ।प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०४-०३

काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम २९ मिलीग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नरेफाँट बस्ने महोत्तरी घर भएका २० वर्षीय सचिन मण्डल र १९ वर्षीय रोहित महतो रहेका छन् । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बसपार्क बस्ने २९ वर्षीय राजेश खत्री र २७ वर्षीय ललित बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ बलिया बस्ने २२ वर्षीय धिरज चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-३ पडेरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित जोशीपुर गाउँपालिका-१ बस्ने २८ वर्षीय निरज कुस्मी समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले बा.९४ प ३२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भजनी नगरपालिका-१ बस्ने २२ वर्षीय सुरेश रेग्मी समेत २ जनाले बिक्री गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनीहरूलाई समेत पक्राउ गरेको छ । यसैगरी कैलाली, जोशीपुर गाउँपालिका-१ लकडमन्डीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने २८ वर्षीय अम्मरदिप डगौरा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय जोशीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-८ कृष्णनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-९ बस्ने २६ वर्षीय शंकर देवकोटालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ खैरेनी बस्ने २२ वर्षीय रोहन शाक्यलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ३० ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-२ कालीगण्डकी चोक बस्ने २० वर्षीय रेगन हमाल समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-६ गोलबजार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुजन थापा मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ ट्याब्लेट सहित लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने २४ वर्षीय सुजन तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित कानेपोखरी गाउँपालिका-७ रमाइलो बस्ने २२ वर्षीया सुष्मिता लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिएको छ ।  जाजरकोट, बारेकोट गाउँपालिका-३ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु करिब ४ किलोग्राम सहित दाङ घोराही उपमहानगरपालिका-१३ बस्ने रोल्पा माडी गाँउपालिका-१ घर भएकी ४० वर्षीया गौरी भन्ने मन कुमारी घर्तीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोट समेतबाट खटिएको प्रहरीले उनलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

श्रृंखलावद्ध रूपमा भएका चोरीका घटनामा संलग्न ९ जना पक्राउ
२०८३-०४-०३

कास्की, श्रृंखलावद्ध रूपमा भएका चोरीका घटनामा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर अशोकपुर (सतहा) विशेषरगंज बस्ती घर भएका २३ वर्षीय राहुल निषाद, चीन Guizhou घर भएका ३० वर्षीय Wen Jie, चीन Shandong घर भएका ३७ वर्षिय Wang Lianyin, स्याङ्जा घर भएका ४२ वर्षीय राजकुमार विक, कास्की घर भएका ५० वर्षीय राजु केसी भन्ने खिम बहादुर क्षेत्री, ५१ वर्षीय केशब पाइजा मगर, अर्घाखाँची घर भएका २९ वर्षीय अशोक पोख्रेल, भारत महाराष्ट्र सोलापुर घर भएका ४० वर्षीय सोमनाथ हनुमंत जाधव र बागलुङ घर भएका २७ वर्षीय अनिल विक रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले गत असार ४ गते पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित शिव प्रसाद बरालको घरबाट सुनको गहना, नगद १ लाख ५० हजार रूपैयाँ, ल्यापटप १ थान र मोबाइल १ थान, गत असार १४ गते सोही महानगरपलिका-१८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला बराबरका सुनका गरगहना र नगद ७० हजार रूपैयाँ चोरी गरेको खुल्न आएको छ । यसैगरी उनीहरूले असार १५ गते सोही महानगरपालिका-१८ भकुण्डेस्थित गिरीधरी श्रेष्ठको घरबाट १ तोला ५४ लाल बराबरको सुनका गरगहना र मोबाइल २ थान, असार २३ गते सोही महानगरपालिका-८ ज्ञानकुन्ज मार्गस्थित Mohsen Khatami को कोठाबाट मोबाइल १ थान र नगद २५ हजार रूपैयाँ र सोही महानगरपालिका-६ लेकसाईडस्थित हिरामणी लामिछानेको घरबाट मोबाइल १ थान लगायतका सामानहरू चोरी गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।    प्रहरीले उनीहरूको साथबाट सुनको ढिक्का ५ थान, सुनको टुक्राहरू ५ थान, नगद २ लाख १ हजार २ सय २० रूपैयाँ, मोबाइल ९ थान, स्मार्ट घडी १ थान, ल्यापटप १ थान लगायतका सामानहरू समेत बरामद गरेको छ ।  उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
२०८३-०४-०३

म्याग्दी, बेनी नगरपालिका-८ गणेश टोल बस्ने ५२ वर्षीय हिरा बहादुर पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा हिरा बहादुर समेत १७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९१ हजार १५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।   धादिङ, निलकण्ठ नगरपालिका-३ पहरे चौतारा बस्ने ६१ वर्षीय डिल बहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा डिल बहादुर समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार ३ सय ५० रूपैयाँ र १ सय ६२ पत्ती तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०४-०२

काठमाडौं, टोखा नगरपालिका-९ कुलान्त मार्ग बस्ने नुवाकोट ककनी गाउँपालिका-२ घर भएका ३५ वर्षीय नविन घिमिरे समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नविनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ अनामनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ३३ वर्षीय हरिष वडु र गोदावरी नगरपालिका-२ तेघरी बस्ने २६ वर्षीय सुरेन्द्र भट्ट रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बक्राकटनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६३ मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय प्रकाश राना समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले से.२ प ६१३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   गोरखा, शहिद लखन गाउँपालिका-७ लाखेडाँडाबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित गोरखा नगरपालिका-४ फिनाम बस्ने ३० वर्षीय अमृत बयलकोटी समेत ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बुङकोटबाट खटिएको प्रहरीले नामजुङबाट गोरखा बजारतर्फ आउँदै गरेको ग.४ च २४२८ नम्बरको कारमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-१ पूर्व बस काउन्टर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम सहित धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका-४ बस्ने ३५ वर्षीय सुनिल कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-२ शक्तिनगर बस्ने २६ वर्षीय बिक्की कार्की भन्ने मान बहादुर कार्की समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मान बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-५ स्थित देउराली होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम १ सय ७० मिलिग्राम सहित भारत पश्चिम बंगाल दार्जिलिङ खोरिबारी ग्रामथान पंचायत बस्ने ३४ वर्षीय कमल बर्मनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले होटलको ४०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  धनुषा, मिथिला बिहारी नगरपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १९ किलो १९ ग्राम सहित हंसपुर नगरपालिका-३ मलहिनिया टोल बस्ने ६५ वर्षीय कोरघुबिर दासलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले बिरेन्द्र बजारबाट हंसपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००१ स ३१९९ नम्बरको अटोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अटो चालकको खोजी गरिरहेको छ ।  उदयपुर, चौदण्डीगढी नगरपालिका-२ चारघरे बस्ने ३० वर्षीय गोपाल खड्कालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५९ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-५ बिशालचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट र स्पास्पेन २७ ट्याब्लेट सहित सोही नगरपालिका-४ बस्ने ३० वर्षीय बिक्रम विश्वकर्मा समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले प्र.०१-०२-०४६ प २३३३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-६ भन्सार रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सरिफ अहम्मद ईदरिसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न तीन जना पक्राउ
२०८३-०४-०२

कास्की, सार्वजिनक बसमा सवार महिलाको पर्स चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट घर भएका ४२ वर्षीय गुरू प्रसाद बजगाई, पोखरा महानगरपालिका-९ शान्तिवन बस्ने रौतहट घर भएका ३४ वर्षीय रविन खड्का र पोखरा महानगरपालिका-६ खहरे बस्ने झापा घर भएका ४५ वर्षीय सुर्य भन्ने टेक बहादुर भुजेल रहेका छन् ।   रूपा गाउँपालिका-५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १३७२ नम्बरको बसमा सवार महिलाको पर्स सोही बसमा सवार ३ जना अपरिचित व्यक्तिहरूले बिहीबार दिउँसो चोरी गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-०२

मकवानपुर, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरगढी गाउँपालिका-७ सुकौरा न्यौपानेटार बस्ने ६८ वर्षीय सिताराम नेपाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । सितारामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका-७ हिक्मतपुर बस्ने २८ वर्षीय सुनिल डगौरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३-०४-०२

तनहुँ, आँबुखैरेनी गाउँपालिका-३ तल्लो बजार बस्ने ४० वर्षीय नवराज कोईरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा नवराज समेत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ६५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  म्याग्दी, बेनी नगरपालिका-१० वाखेतबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय घन बहादुर मगर समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ८ सय १० रूपैयाँ र ३  बुक तास सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, देवचुली नगरपालिका-१६ टागिकोटस्थित H.O.P.E. (hospitality leisure resort) मा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१६ बस्ने ४२ वर्षीय अमन अधिकारी समेत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ९ सय ५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरोको १६औं वार्षिकोत्सव सम्पन्न
२०८३-०४-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रमबीच केन्द्रीय अनुसन्धान ब्यूरोको १६औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।   सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ब्यूरोका पूर्व प्रमुखहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै ब्यूरोमा कार्यरत रहि उल्लेखनीय कार्य गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारीहरू एवम् अपराध अनुसन्धानमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा विशिष्ट योगदान पुर्‍याउनु हुने विभिन्न निकायका महानुभावहरूलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा प्रकाशित ‘CIB Magazine’ को लोकार्पण समेत गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले स्थापनाकाल देखि जघन्य प्रकृतिका अपराध, संगठित, आर्थिक एवम् जटिल अपराधहरूको अनुसन्धानका साथै न्यायपूर्ण, सुरक्षित एवम् समृद्ध नेपाल निर्माणमा ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष, विश्वसनीय र उत्कृष्ट अनुसन्धान संस्थाको रूपमा नागरिकको पूर्ण विश्वास हासिल गर्दै राष्ट्रको न्याय प्रणालीलाई थप सुदृढ बनाउने शुभकामना समेत व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले ब्यूरोले अहिले अनुसन्धान अनि मात्र पक्राउ भन्ने अनुसन्धानको न्यूनतम मापदण्डलाई आत्मसात् गर्दै तटस्थ एवम् उच्च व्यावसायिकता प्रदर्शन गरी नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्दै जघन्य, संगठित, अन्तरदेशीय, उच्च जटिल तथा आर्थिक अपराधका बदलिँदा चुनौतीलाई सम्बोधन गर्न थप प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताउनुभयो । अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी ब्यूरोको क्षमता अभिवृद्धि एवम् अन्तर निकाय र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्दै उत्कृष्ट अनुसन्धान निकायको रूपमा स्थापना गर्न संगठन सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय अपराधिक सञ्जाल र सीमापार अपराध अनुसन्धानमा खरो रूपमा प्रस्तुत हुँदै ब्यूरोले आफ्नो आदर्श वाक्य विश्वसनियता, निष्पक्षता र साहसलाई अक्षुण्ण रूपमा कायम गरिराख्ने विश्वास लिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।  कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, विभिन्न मन्त्रालयका सहसचिवहरू, सहन्यायाधिवक्ताहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०४-०१

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३१ वर्षीय दिपक धामीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय रबिन चौधरी र जानकी गाउँपालिका-८ भोक्सी बस्ने १९ वर्षीय आयुष चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   रूपन्देही, ओमसतिया गाउँपालिका-४ ठुलो बालापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ८० मिलिग्राम सहित भारत उत्तर प्रदेश माहाराजगंज थाना कुल्हुही ग्राम बस्ने २६ वर्षीय रामवचन जैसवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनुषा, गणेशमान चारनाथ नगरपालिका-४ बिरेन्द्र बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ४८ ग्राम सहित सोही नगरपालिका-१ गोल घर बस्ने २४ वर्षीय मोहमद तमिम राईनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   दार्चुला, महाकाली नगरपालिका-४ पुलघाटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ ग्राम सहित व्याँस गाउँपालिका-३ सिना बस्ने २३ वर्षीय सुरेश सिंह कुवँरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पुलघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, लालबन्दी नगरपालिका-१ बागवानीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ९० ट्याब्लेट सहित रामनगर गाउँपालिका-५ बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ४५ वर्षीय अवित राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०४-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध नोर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र फेनारगन ७ एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टेकु बस्ने दोलखा घर भएका ३० वर्षीय केदार कुसुले र काठमाडौं कीर्तिपुर बस्ने २५ वर्षीय किशान कुसुले रहेका छन् । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-६ आईतबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६७ मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वर कुमार कार्की रहेका छन् । इलाका प्रहरीले कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले अशोकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले अशोकले प्रयोग गरेको को.१७ प ८३२९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । मोरङ, पथरीशनिश्चरे नगरपालिका-६ सिम्लेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ सिम्ले बस्ने २४ वर्षीय शिवलाल किस्कु सतार र २३ वर्षीया रूबिना महरा रहेका छन् । अस्थायी प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित भारत उत्तर प्रदेश दिनाजपुर बस्ने २८ वर्षीय अविजित रोईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ३०२६ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-४ बलिया बस्ने २१ वर्षीय उज्जल चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, गोदावरी नगरपालिका-९ बस्ने ३५ वर्षीया पार्वती गुरधामीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ७२ ग्राम ९३ मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ बलियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय अमित चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, सोनमा गाउँपालिका-५ खयरबनिबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २७ ट्याब्लेट सहित औरही नगरपालिका-६ बस्ने २० वर्षीय महेश प्रसाद यादव समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खयरबनि समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ बिएफ ३६६१ नम्बर र प्र.२-०२-००५ प ३३३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०३-३२

कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६६ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ माछा मार्ग टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३५ मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय सुरज चौधरी समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-६ पुरानो भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम ५१ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २० वर्षीया भुमिका फागो र इलाम चुलाचुली गाउँपालिका-१ घर भएका २३ वर्षीय सम्योक वानेम फागो रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-७ काली मंदिर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २२ वर्षीय भुपाल कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३१ एम्पुल, डाईजेपाम २९ एम्पुल र फेनारगन ३० एम्पुल सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१८ बस्ने ३५ वर्षीय पुण्य प्रसाद आचार्य र सोही महानगरपालिका-५ बस्ने २९ वर्षीय सुरज प्याकुरेल रहेका छन् । अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग.२ ख १९५२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २८ वर्षीय अमित भुजेल र सोही नगरपालिका-३ बस्ने २१ वर्षीय कृतन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३९ वर्षीय विजय लिम्बु र ३५ वर्षीय पुर्ण श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-४ लालीगुँरास टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने मोरङ कानेपोखरी नगरपालिका-५ बस्ने २८ वर्षीय बिनोद बयाँलकोटी समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ सितल बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५  तल्लो देउराली बस्ने ५७ वर्षीय चोक्मान तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नुवाकोट, बिदुर नगरपालिका-१ सिमुटारबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५ ग्राम र चरेस करिब २० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २१ वर्षीय आभास खतिवडा र २१ वर्षीय बादल मिजार रहेका छन् । अस्थायी प्रहरी पोष्ट सिमुटारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१ बस्ने ३० वर्षीय मो. सदाम हुसेन, सोही नगरपालिका-५ बस्ने भारत बिहार घर भएका १९ वर्षीय मुबारक अली र इलाम फाकफोकथुम गाउँपालिका-३ बस्ने ४१ वर्षीय रमेश थेगिम रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९  ग्राम सहित सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने ४४ वर्षीय महेश कुमार थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका-४ घर भएका २७ वर्षीय अनिल कुमार यादव रहेका छन् ।  पक्राउ मध्ये दावाले सर्विया र युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ११ लाख ४५ हजार रूपैयाँ र अनिलले मलेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ८७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दावालाई भक्तपुर सूर्यविनायक नगरपालिका-९ बाट र अनिललाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो ।    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
२०८३-०३-३२

लमजुङ, कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोर्दी गाउँपालिका-१ बस्ने ३० वर्षीय बिजय लामिछाने र चितवन भरतपुर महानगरपालिका-२१ बस्ने ४३ वर्षीय दिपक विश्वकर्मा रहेका छन् ।  बेसीशहर नगरपालिका-८ तामाङ टोल शेरा बस्ने ५७ वर्षीय बुद्धि बहादुर बोहरा असार २५ गते सोही नगरपालिका-१ आकाशेडाँडा माथि भिरपानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ समेतबाट खटिएको प्रहरीले बिजयलाई पक्राउ गरी सोधपुछ गर्दा बुद्धि बहादुरलाई काठको दाउरा प्रहार गरी हत्या गरेको एवम् मृतकले लगाएको सुनको सिक्री र औंठी चोरी गरेको खुल्न आएको थियो । साथै बिजयले उक्त सुनको सिक्री र औंठी चितवन भरतपुर महानगरपालिका-२१ स्थित दिपकले संचालन गरेको मौलाकालिका सुनचाँदी पसलमा बिक्री गरेको खुल्न आएपछि प्रहरीले उक्त पसल तलासी गर्दा चोरी भएको सुनको सिक्री र औंठी फेला पारी दिपकलाई समेत पक्राउ गरेको हो ।  उनीहरू उपर कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका-३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएका ४२ वर्षीय दर्ज बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त मुद्दामा २२ वर्ष कैद सजाय कायम भई कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा कारागारबाट फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानीको लागि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-३२

पाँचथर, ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हिलिहाङ गाउँपालिका-६ बस्ने २१ वर्षीय राजेन्द्र घिसिङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दाङ, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ गणेशपुर बस्ने ४५ वर्षीय धनिराम भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धनिरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यलाय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०३-३१

मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ९ किलो ९६ ग्राम सहित धादिङ गजुरी नगरपालिका-७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुमन समेत २ जनालाई पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-३ कटानपुर बस्ने २६ वर्षीय उमेश चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित बढैयाताल गाउँपालिका-६ बस्ने २४ वर्षीय आशिष थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

UNCOPS समिटमा सहभागी भई प्रहरी महानिरीक्षक दान बहादुर कार्की स्वदेश फिर्ता
२०८३-०३-३१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ देखि २४ गतेसम्म संचालन भएको पाँचौं United Nations Chiefs of Police Summit (UNCOPS)  मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो ।समिटको दौरानमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्रहरूका विभिन्न उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटघाट गर्नुभएको थियो ।उक्त समिटमा Reflection on the future of UN Police, Leveraging new technologies, Strengthening International cooperation, Strengthening UN Peace Keeping through Language Training, High Level Network on Gender Responsive Policing लगायतका एजेण्डामा छलफल भएको थियो ।  समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल गत असार २१ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०३-३१

नवलपरासी पश्‍चिम, सरावल गाउँपालिका-३ कोठिल्लाबाट नियन्त्रित लागूऔषध डाइजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र बुप्रेनोर्फिन २ सय एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ बस्ने २० वर्षीय रमेश हरिजन र सोही गाउँपालिका-५ बडहरा बस्ने १९ वर्षीय राम प्रसाद हरिजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपी ५७ ए एस ३२३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट डाइजेपाम ६७ एम्पुल, फेनारगन ६७ एम्पुल र बुप्रेनोर्फिन ६७ एम्पुल सहित म्याग्दी बेनी नगरपालिका-४ रत्नेचौर बस्ने २५ वर्षीय सुजन थापालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.१५ प ५८०० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलोग्राम सहित गोरखा गण्डकी गाउँपालिका-६ बस्ने ५९ वर्षीय देब बहादुर थापा मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको गण्डकी जि एए ००७१ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  महोत्तरी, मटिहानी नगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ११ किलो ४ सय ९२ ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दिल्ली प्रान्त अशोक बिहार जयजय कलोनी बजिरपुर पथरबला बाग बस्ने २० वर्षीय अमन महत्तो र २० वर्षीय मो.कैफ रहेका छन् । प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   यसैगरी महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित धादिङ बेनीघाट रोराङ गाउँपालिका-९ बस्ने २८ वर्षीय सुरज गिरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले ईनरूवाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१-००२ ज ९२२३ नम्बरको ट्याक्सीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-८ देउनियापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३५ मिलिग्राम सहित भद्रपुर नगरपालिका-४ बस्ने २७ वर्षीय मनिश लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, दमक नगरपालिका-१ शिक्षामार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित माङसेबुङ गाउँपालिका-३ बस्ने २८ वर्षीय अम्बर साम्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   रोल्पा, थवाङ गाउँपालिका-१ बसपार्कबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ६६ ग्राम ६ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-२ छेर्लाबाङ बस्ने ३८ वर्षीया निर्दोषी रोकालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मोरङ, बेलबारी नगरपालिका-४ बुधबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६१ ग्राम ९ सय २० मिलिग्राम र नगद ७२ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सुनिल राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-५ शान्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित सुनवर्षी नगरपालिका-१ बस्ने २५ वर्षीय सुनिल पासवानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ अस्थायी प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरीले प्र १-०२-०४९ प ५८७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ बस्ने ५७ वर्षीय तोताराम कहारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मुगु, छायाँनाथ रारा नगरपालिका-७ बालैबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६१ मिलिग्राम सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ छत्याल बाडा बस्ने २४ वर्षीय जनक हिताङ, २६ वर्षीय प्रकाश मल्ल र ३३ वर्षीय अंग बहादुर मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले जुम्लाबाट गमगडीतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ७० मिलिग्राम सहित धरान उपमहानगरपालिका-१८ बस्ने २५ वर्षीय सौगात सुनुवारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले को.२८ प २४३२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सिराह, मिर्चैया नगरपालिका-६ कटारी चोकस्थित बेकरी पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम र नगद २२ हजार २ सय ५० रूपैयाँ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका -८ जिवा टोल बस्ने ३२ वर्षीय चन्द्र प्रसाद गिरी, ३५ वर्षीय उमेश श्रेष्ठ र सोही नगरपालिका-६ बस्ने २१ वर्षीय देव कुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उमेशले संचालन गरेको उक्त पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।    कैलाली, भजनी नगरपालिका-८ काँडापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित टीकापुर नगरपालिका-१ शक्तिनगर सिबिर बस्ने २७ वर्षीय भिखु चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २९ मिलिग्राम सहित कञ्चनपुर भीमदत्त नगरपालिका-६ बस्ने ३२ वर्षीय प्रकाश आउजी समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय दिपक बहादुर शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-३१

इलाम, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका-३ बस्ने ३२ वर्षीय राज कुमार मगर र झापा कमल गाउँपालिका-५ घर भएका ५३ वर्षीय डिल्ली प्रसाद दुलाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।चुलाचुली गाउँपालिका-५ शिखर कटेरी बस्ने ६० वर्षीय पाराङ तामाङ, राज कुमार र डिल्ली प्रसादले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले उनीहरू मध्ये राज कुमार र डिल्ली प्रसादलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार पाराङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०३-३०

जुम्ला, चन्दननाथ नगरपालिका-७ महत गाउँ बस्ने ३७ वर्षीय सुरेन्द्र महतलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ ग्राम ६ सय ७० मिलिग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले सुरेन्द्रको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   कपिलवस्तु, यशोधरा गाउँपालिका-७ मर्यादपुर बजारबाट नियन्त्रित लागूऔषध स्पास्मो ६५ ट्याब्लेट सहित मायादेवी गाउँपालिका-६ डुमरा बस्ने २५ वर्षीया अनिता रैदासलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०३-३०

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित काठमाडौं नयाँ बसपार्क बस्ने पाँचथर फिदिम नगरपालिका-१४ घर भएका ३० वर्षीय रबिन मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गौँगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने रसुवा उत्तरगैया गाउँपालिका-५ घर भएकी ३२ वर्षीया रबिना बर्देवासँग खरिद गरेको भन्ने खुल्न आएपछि रबिनाको कोठामा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २ लाख ८९ हजार ५ रूपैयाँ फेला पारी रबिनालाई समेत सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-५ राराहिलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, टापेन्टाडोल २० ट्याब्लेट, नाइट्राजेपाम १० ट्याब्लेट र नगद ५ हजार ४० रूपैयाँ सहित सोही नगरपालिका-५ पाँगा बसपार्क बस्ने ३७ वर्षीय संजिप कार्कीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.प्र.०२-०४३ प ९५४१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २७ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१ धर्मपुर बस्ने ३६ वर्षीय नारायण बजगाई र २६ वर्षीय युवराज ढकाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प ८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, हल्दीबारी गाउँपालिका-३ मेजरनी चोक बस्ने २६ वर्षीय सनम गुरूङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २९ मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले सनमको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ११ किलो ७ सय ३४ ग्राम सहित चितवन राप्ती नगरपालिका-१३ बस्ने ३१ वर्षीय मनिष प्रजालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना.२८ प ८६२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पक्राउ गरेको हो । बर्दिया, बारबर्दिया नगरपालिका-६ कोठारपुरबाट अवैध लागूऔषध ब्राउसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय निशान चौधरी र सोही नगरपालिका-६ मानपुर बस्ने १९ वर्षीय रोहित चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित औरही गाउँपालिका-८ बस्ने २२ वर्षीय बिकि मण्डललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-२ सुगौलीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय ४५ एम्पुल, बुप्रेनोर्फिन ६ सय ४५ एम्पुल र फेनारगन ६ सय ४५ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ अमानिगंज बस्ने २५ वर्षीय सोहित कम्कर र सरावल गाउँपालिका-७ भुजहवा बस्ने २३ वर्षीय मोहम्मद अब्जल अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले युपी ५६ एफ ९७२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, रोहिणी गाउँपालिका-७ टिकरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ७६ एम्पुल, प्रोमेथाजाइन ६१ एम्पुल र डाइजेपाम ७३ एम्पुल सहित सोही गाउँपालिका-२ पोखरभिण्डा बस्ने २१ वर्षीय राज चौधरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मैनीहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय सुरेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८३-०३-२९

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ग्राम सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका-३ घर भएका २७ वर्षीय मनिष श्रेष्ठ, २९ वर्षीय रोहित महर्जन र काठमाडौं महानगरपालिका-१६ बस्ने २० वर्षीय सम्भव बस्नेत रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश ३-०२-००८ प ५३७८ नम्बरको स्कुटर बरामद गरेको छ ।बाँके, कोहलपुर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद १९ हजार ४ सय १० रूपैयाँ सहित सोही ठाउँ बस्ने २१ वर्षीय दिपेश शाही समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, इटहरी उपमहानगरपालिका-५ आईतबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र डाइक्लोमाइन १ सय २९ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय रोहन भन्ने भवानी गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जनताबस्ती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०३-२९

काठमाडौं, इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-५ घर भएका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पीडित महिलाको इमेलमा बारम्बार अश्लील तथा अपमानजनक म्यासेज पठाई दु:ख हैरानी, मानसिक तनाब दिने कार्य गर्ने गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सुरेन्द्रलाई काठमाडौं महानगरपालिका-२७ बाट पक्राउ गरेको हो ।  उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ
२०८३-०३-२९

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई  शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत गुहाटी मदनपुर आसाम बस्ने २६ वर्षीय जावरूल हक र काठमाडौं बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-६ घर भएका २४ वर्षीय सरोज कार्की रहेका छन् । साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा जावरूलले पीडित महिलाको अश्लील भिडियो/तस्विर दुरूपयोग गरी ब्ल्याकमेल गर्नुका साथै दुःख हैरानी दिई अनुचित लाभका लागि बारम्बार दबाब दिएको र आफ्नो अभीष्ट पुरा नभए पश्चात् उक्त अश्लील भिडियो /तस्विर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरी चरित्र हत्या गरेको खुल्न आएको छ । साथै सरोजले अध्ययनको सिलसिलामा चिनजान भई साथी बनी प्रेम सम्बन्धमा समेत रहेको र सम्बन्ध छुटेपश्चात बारम्बार चरित्र हत्या गर्ने उद्देश्यले फेसबुक मार्फत अश्लील सामग्रीहरू पोष्ट गरी पीडितलाई दुःख हैरानी, मानसिक तनाव दिने कार्य गरेको खुल्न आएको छ ।उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०३-२९

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ सनराइज चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने बारा कलैया उपमहानगरपालिका-५ घर भएका २१ वर्षीय तवरेज अंसारी समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले तवरेजको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुनसरी, दुहवी नगरपालिका-४ मालहट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७ ग्राम ४ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिका-१ नोचा टोल बस्ने २५ वर्षीय जमालउद्धिन मियाँ र २५ वर्षीय इमदाद मियाँ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८० ट्याब्लेट, टापेन्टाडोल १ सय ट्याब्लेट, नाइट्राभेट ३० ट्याब्लेट, फेनारगन ६ सय एम्पुल, डाइजेपाम ६ सय एम्पुल र बुप्रेनोर्फिन ६ सय ४८ एम्पुल सहित भारत उत्तर प्रदेश गोरखपुर बिलारी सरदारनगर बस्ने २७ वर्षीय बिकास कुमार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले तनहुँबाट पोखरातर्फ आउँदै गरेको युपि ५३ इवाइ ७७०४ नम्बरको कारमा जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी कार चालक बिकास समेत उनीहरूलाई पक्राउ गरेको हो ।   संखुवासभा, खाँदबारी नगरपालिका-५ चालिसे बस्ने भिम बहादुर तामाङलाई अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले भिम बहादुरको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  बारा, बारागढी गाउँपालिका-३ श्रीपुराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय संजय मलिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-६ पुर्व बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित गौरादह नगरपालिका-१ बस्ने २६ वर्षीय विशाल राई समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५२ मिलिग्राम सहित डुडुवा गाउँपालिका-४ लालापुरवा बस्ने ५५ वर्षीय झलारी वर्मालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट फुल्टेक्रबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अनलाईन ठगी तथा क्रिप्टो कारोबारमा संलग्न पाँच जना पक्राउ
२०८३-०३-२९

काठमाडौं, अनलाईन ठगी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्‍वर बस्ने महोत्तरी रामगोपालपुर नगरपालिका-९ घर भएका २१ वर्षीय सुभाष कुमार मण्डल तथा बंगलादेशी नागरिकहरू २५ वर्षीय MD JUBAYER AHAMED, २६ वर्षीय MD NUR ALOM, २४ वर्षीय MD NASIM MIA र २७ वर्षीय MD RANI KAMAL रहेका छन् । साईबर ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट बंगलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा आकर्षक रोजगारी सम्बन्धी विज्ञापन प्रकाशित गरी "कतारस्थित कम्पनीमा अन्तर्वार्ता बिना नै प्रत्यक्ष रोजगारी प्राप्त गर्न सकिने" भन्ने भ्रामक तथा प्रलोभनपूर्ण प्रचारमार्फत सेवाग्राहीलाई शङ्कास्पद मोबाइल एप डाउनलोड तथा प्रयोग गर्न लगाई विद्युतीय माध्यमबाट बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खाताहरूमा स्थानान्तरण गरी ठगी गरेको खुल्न आएको छ । साथै अनुसन्धानको क्रममा निजहरूले अनलाईन ठगी र अवैधानिक BINANCE मार्फत Crypto, USDT कारोबार समेत गर्ने गरेको खुल्न आएको छ । उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३६ जना पक्राउ
२०८३-०३-२८

काठमाडौं महानगरपालिका-६ कुमारीगलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ९ सय ट्याब्लेट सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचा सल्यान गाउँपालिका-६ घर भएका २७ वर्षीय किरण सुनाम र मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भएका २४ वर्षीय अनिल लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.५७ प २४२४ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  ललितपुर, ललितपुर  महानगरपालिका-२९ हरीसिद्दीबाट अवैध लागूऔषध खैरो हेरोइन २९ ग्राम सहित धादिङ धुनीवेशी नगरपालिका-९ घर भएका ३८ वर्षीय अनिल श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध बिक्री गर्ने कार्यमा संलग्न मोरङ कटहरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय जाबेद आलम र सप्तरी खडक नगरपालिका-७ घर भएका ३४ वर्षीय बिकास भगतलाई थप अवैध लागूऔषध खैरो हेरोइन ३ सय ग्राम र डिजिटल तराजु १ थान सहित ललितपुर महानगरपालिका-२९ हरीसिद्दीबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरूले लागूऔषध ओसारपसार गर्न प्रयोग गरेको बा.१७ च ८३७ नम्बरको गाडी समेत बरामद गरेको छ । यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोल पृथ्वीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २६ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने खोटाङ घर भएका २१ वर्षीय समिर भन्ने गोबिन्द प्रधानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.५१ प ८३९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित  सोही नगरपालिका-१ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ त्रिवेणी घाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय अस्मित कठरिया र २३ वर्षीय मनिष चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-८ गप्का बस्ने २७ वर्षीय महेन्द्र ओखेडा समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-८ बडैपुर बस्ने २० वर्षीय बेद धामी समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-६ लालपुर बस्ने २० वर्षीय राहुल भुल र २० वर्षीय लोकेन्द्र खड्का रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, राजापुर नगरपालिका-४ घुम्ना बस्ने २० वर्षीय बिनय चौधरी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ३८ मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले बिनयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ९ सय १० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ बस्ने २३ वर्षीय सुर्य बहादुर रावतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले रूपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेको क.प्र.०२-००३ प ४३७५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ मामाभान्जा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय आदित्य खुना समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-५ कर्म टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९ सय मिलिग्राम सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बस्ने १९ वर्षीय संजय मुसहर, ४१ वर्षीय संजय चौधरी र लेटाङ नगरपालिका-३ बस्ने २४ वर्षीय रमेश सुबेदी रहेका छन् । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-१५ बुधाँराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित कल्याणपुर नगरपालिका-८ बस्ने २२ वर्षीय सुनिल मण्डल समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१-००४ प ६२३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानरपालिका-१ आदर्श टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही उपहानगरपालिका-२० बस्ने ३६ वर्षीय हरि प्रसाद पराजुलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-८ सल्यानी टोल बस्ने ३१ वर्षीय प्रकाश मोक्तान समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याबलेट र नगद ६० हजार १ सय रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७१ मिलिग्राम सहित भारत अररिया पलासी बस्ने ४० वर्षीय मोहमद मुक्तर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम र गाँजा १ सय ५५ ग्राम सहित धनकुटा घर भएका २६ वर्षीय अजय राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०१२७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रोल्पा, रोल्पा नगरपालिका-२ साततल्ले चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ रिमसक बस्ने २३ वर्षीय आर्दश घर्तीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ
२०८३-०३-२७

काठमाडौं महानगरपालिका-१४ बल्खु चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन ३५ एम्पुल, डाईजेपाम २६ एम्पुल र फेनारगन १८ एम्पुल सहित ललितपुर ग्वार्को बस्ने मकवानपुर घर भएका २४ वर्षीय संजिव तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गे पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३९ ग्राम सहित काठमाडौं नरेफाँट बस्ने सिराहा गोलबजार नगरपालिका-४ घर भएका २२ वर्षीय आदित्य यादव समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१३ बाफलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने धादिङ घर भएका २६ वर्षीय निशान ढुङ्गानालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, ठोरी गाउँपालिका-३ बुद्धनगरबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ४ सय ५० ग्राम सहित भारत बिहार पश्चिमी चम्पारण ढुटिटोला-४ बस्ने २२ वर्षीय रूपेश कुमारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ओडारबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २२ आर ७१६८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित मेलिना होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सल्यान त्रिवेणी गाउँपालिका-३ बस्ने २७ वर्षीय सन्दिप वली समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क तुलसीपुरबाट खटिएको प्रहरीले होटलको २०३ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  संखुवासभा, खाँदबारी नगरपालिका-८ अर्चले बस्ने ७० वर्षीय रत्न बहादुर मगरलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ९ सय ५७ ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही,  कञ्चन गाउँपालिका-२ कटैया बस्ने ४८ वर्षीय पाचु मल्लाहलाई अवैध लागूऔषध गाँजा करिब ७ किलो १ सय ग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ ओखरपुर बस्ने २० वर्षीय अमित परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-२ मकैबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय पुष्कर बुढा क्षेत्री समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ६० मिलिग्राम सहित सिराहा लहान नगरपालिका-२२ बस्ने २४ वर्षीय सन्दिप चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको को.२० प ८२०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ बसामाडी राईटोल बस्ने ३२ वर्षीय बिकल राईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको    हो ।  ललितपुर, गोदावरी नगरपालिका-३ टौखेलबाट नियन्त्रित लागूऔषध स्पास्पेन १८ ट्याब्लेट र प्रेगाब्लिन १८ ट्याब्लेट सहित गोदावरी नगरपालिका-४ गोदावरी बस्ने कपिलवस्तु घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-१ बर्दिबास चोकबाट अवैध लागूऔषध  खैरो हेरोइन जस्तो देखिने पदार्थ ३५ ग्राम ४० मिलिग्राम सहित डडेल्धुरा भागेश्वर गाउँपालिका-१ बस्ने २६ वर्षीय पदम ठकुराठी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले राजविराजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१-००६ ख ७००२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय हरिलाल राना समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-४ नर्सिङ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-८ किशनभिट्टा बस्ने २७ वर्षीय लखन वास्के समेत ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ५० ट्याब्लेट सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१६ बस्ने २३ वर्षीय बिनोद लिम्बु र मोरङ सुन्दरहरैँचा नगरपालिका-७ बस्ने २३ वर्षीय दिपेश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-६ बस्ने ४० वर्षीय सुरेन्द्र महत्तोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ भिओ ७८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०३-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाडौं टोखा नगरपालिका-५ बस्ने ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, काठमाडौं महानगरपालिका-३ बस्ने तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने खोटाङ घर भएका ४१ वर्षीय निरोज राई रहेका छन् । पक्राउ मध्ये कुनसाङले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७ हजार रूपैयाँ, धन बहादुरले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९५ हजार रूपैयाँ, उमेशले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, सचिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका-२ बाट र धन बहादुरलाई तारकेश्वर नगरपालिका-८ बाट बिहीबार तथा उमेशलाई टोखा नगरपालिका-५ बाट, सचितालाई काठमाडौं महानगरपालिका-३ बाट र निरोजलाई काठमाडौं महानगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

पेस्तोल र लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०३-२७

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियाबाट पेस्तोल १ थान, गोली २ राउण्ड र अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय ग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका-४ बस्ने २४ वर्षीय साराजुद्दिन मुसलमान, भारत उत्तरप्रदेश घर भएका ५० वर्षीय ईकवाल खान र भारत साधुनगर पोष्ट चतरा थाना शोहरत गढ सिदार्थनगर घर भएका ३४ वर्षीय राम दयाल शर्मा रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्चर, जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध खरिद बिक्री गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा उनीहरू मध्ये १ जनाले पेस्तोल निकाली प्रहरी उपर ताकेकोले प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गर्दा इकवाल खान घाइते भएका थिए । घाइते भएका ईकवाल भीम अस्पताल भैरहवामा उपचार पश्चात डिस्चार्ज भएका छन् । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ३६ जेड ३१५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यएईस्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाई ठगी गर्ने कन्सन्टेल्सीका संचालकहरू पक्राउ
२०८३-०३-२७

काठमाडौं, युएईस्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाई ठगी गरेको अभियोगमा ९ जना कन्सन्टेल्सीका संचालकहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं डिल्लीबजारस्थित Eduport Pvt. Ltd. कन्सल्टेन्सीका संचालकहरू गोकर्णेश्वर नगरपालिका-८ माकलबारी घर भएका ४० वर्षीय रूपक कोईराला, कास्की घर भएका ३७ वर्षीय राजेश भण्डारी, बारा घर भएका ३७ वर्षीय सन्तोष खतिवडा, काठमाडौं पुतलीसडकस्थित Westford Education Pvt. Ltd.  कन्सल्टेन्सीका संचालक काठमाडौं चावहिल बस्ने चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ), काठमाडौं बानेश्वरस्थित प्रोप एभिएसन प्रा.लि. कन्सल्टेन्सीका संचालकहरू ललितपुर पाक्साटोल बस्ने ३८ वर्षीय सुरेन्द्र महर्जन, सर्लाही घर भएका ३५ वर्षीय दिवस पोखरेल,  सिराहा घर भएका २६ वर्षीय मनित आचार्य, धनकुटा घर भएका ३९ वर्षीय शेखर पाण्डे र काठमाडौं कालिमाटीस्थित एस्पायर ग्लोवल प्रा.लि. कन्सल्टेन्सीका संचालक सुनसरी घर भएका २७ वर्षीय बिशाल चापागाई रहेका छन् ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौंस्थित विभिन्न स्थानमा कन्सल्टेन्सी संचालन गरी नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिलका लागि युएईमा संचालित शैक्षिक संस्थाहरूलाई अनुमति दिने आधिकारिक, उच्च शिक्षा मन्त्रालय अन्तर्गतको निकाय MOHESR/ Commission for Academic Accreditation (CAA) बाट समेत स्वीकृति नलिएको कलेजमा अध्ययन गराउन पठाई सो अध्ययन मार्फत फ्रान्स तथा अष्ट्रेलिया लगायतका मुलुकका विश्वविद्यालयहरूबाट मान्यता प्राप्त कलेजमा Credit Transfer समेत हुने भनी झुक्यानमा पारी ठगी गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-२७

काठमाडौं, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुर मुद्दाका फरार प्रतिवादी नवलपरासी पश्चिम रामग्राम नगरपालिका-२ घर भएका ५६ वर्षीय शैलेन्द्र कुमार गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सर्लाहीबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१ नक्सालबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ । 

लिखत सम्बन्धी कसुर मुद्दामा संलग्न व्यक्ति पक्राउ
२०८३-०३-२७

काठमाडौं, लिखत सम्बन्धी कसुर मुद्दामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ घर भएकी ४१ वर्षीया उषा देवी कँडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  अमेरिकी भिसा आवेदनको लागि पेश गरेको विभिन्न शैक्षिक प्रमाणपत्रहरू मध्ये एसएलसीको प्रमाणपत्र नक्कली रहेको भनी नेपालस्थित अमेरिकी दुतावासको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५ ग्राम र नगद १० हजार ५ सय रूपैयाँ सहित सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ५९८८ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ गाग्रेतालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्राम र नगद ६३ हजार रूपैयाँ सहित सोही नगरपालिका-१२ बस्ने २० वर्षीय समिर नेपाली समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०३-२६

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५२ ग्राम, डाइक्लोमाइन ८ ट्याब्लेट, स्पारेष्ट १० ट्याब्लेट र नगद ३ लाख ३८ हजार रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-३ घर भएका २४ वर्षीय सन्दिप तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ४ किलो ७ सय ८ ग्राम सहित सोही उपमहानगरपालिका-१४ नयाँ बजार बस्ने ४१ वर्षीय युवराज बुढा मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले नयाँ बजारबाट जनचेतना टोलतर्फ जाँदै गरेको लु.४४ प ७५८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी दाङ, गढवा गाउँपालिका-५ बाँकी बस्ने २८ वर्षीय शिब कुमार यादवलाई अवैध लागूऔषध गाँजा करिब ४३ किलो ६३ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला फेला पारी पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-१० भुटाहाखालबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ३० मिलिग्राम, गाँजा २ सय ८ ग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३९ वर्षीय गणेश यादव समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले गणेशको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.२८ प १६४० र बिआर ३८ एएच् २०६३ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।  जुम्ला, चन्दननाथ नगरपालिका-१ भाङखोलीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित कनकासुन्दरी गाउँपालिका-१ मर्फान बस्ने २१ वर्षीय गणेश भण्डारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ पातारासी गाउँपालिका-२ तल्फि बस्ने २५ वर्षीय रामकृष्ण बोहोरासंग खरिद गरेको भन्ने खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले रामकृष्णले आफ्नै घरमा संचालन गरेको पसल तलासी गर्दा चरेस जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।  रूपन्देही, सियारी गाउँपालिका-६ लक्ष्मणगंजबाट अवैध लागूऔषध गाँजा २ किलो ३ सय १० ग्राम र नगद ९ हजार १ सय रूपैयाँ सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय शाहरूख खान भन्ने सराजुदिन खान मुसलमान र तिलोत्तमा नगरपालिका-१६ मधौलीया बस्ने १९ वर्षीय दिवश थारू रहेका छन् । इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले सराजुदिनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ रत्न चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीय राज राई र सोही नगरपालिका-८ बस्ने ३८ वर्षीय नर बहादुर विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले  प्र.१-०२-००२ च ८९२० नम्बरको कारमा सवार राज र मे.५ प ४९५९ नम्बरको मोटरसाइकलमा सवार नर बहादुरलाई लागूऔषध बेचबिखन गर्दै गरेको अवस्थामा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।    झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५० मिलिग्राम सहित कमल गाउँपालिका-५ लबडारा बस्ने ३० वर्षीय अनिल धिमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, बिर्तामोड नगरपालिका-४ कंचनजंघा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भारत किसनगंज ठाकुरगंज-७ घर भएका २६ वर्षीय अल्ताप अन्सारी र बिर्तामोड नगरपालिका-५ घर भएका २४ वर्षीय सुरज चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुल, बुप्रेनोर्फिन २९ एम्पुल, फेनारगन २९ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३० बस्ने ३१ वर्षीय कृष्ण आलेलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सिराहा, नवराजपुर गाउँपालिका-३ जगतपुर बस्ने ३० वर्षीय विरेन्द्र यादवलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम र डिजिटल तराजु १ थान सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।यसैगरी सिराहा, धनगढीमाई नगरपालिका-१० धनगढी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ६ सय १० मिलिग्राम सहित लहान नगरपालिका-१३ बस्ने २२ वर्षीय दिपक कुमार महत्तो समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले म.प्र.०१-००६ प २५९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी सिराहा, औरही गाउँपालिका-१ हनुमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ ट्याब्लेट सहित सुखीपुर नगरपालिका-५ लर्कन्हा बस्ने २५ वर्षीय उदगार मुखियालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.८ प ११०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट नियन्त्रित लागूऔषध स्पास ९ ट्याब्लेट सहित सोही गाउँपालिका-८ बिजुवा बस्ने १९ वर्षीय रहमान मियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०३-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु वाँणगंगा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर भएका ३५ वर्षीय माधव अर्याललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  माधवले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाइएको छ । 

सामाजिक सञ्जालमा अनधिकृत पहुँच पुर्‍याई ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०३-२६

काठमाडौं,  सामाजिक सञ्जालमा अनधिकृत पहुँच पुर्‍याई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने नुवाकोट लिखु गाउँपालिका-४ घर भएका १९ वर्षीय विवेक सुनारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्‍याई पीडितको पहिचान प्रयोग गरी आफन्त र साथीभाई भएको भ्रम पारी रकम माग गर्दै ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-२६

धादिङ, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नीलकण्ठ नगरपालिका-९ सातदोबाटो बस्ने ५३ वर्षीय राम भन्ने नर बहादुर लम्साललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । नर बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरिया गाउँपालिका-६ जगतपुर बस्ने २३ वर्षीय समिर डगौरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । समिरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोशिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-२६

काठमाडौं, लागूऔषध मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने सिन्धुपाल्चोलक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३० वर्षीय भिमसेन वैजु र २३ वर्षीय विश्‍व वैजु रहेका छन् । जिल्ला अदालत काठमाडौंबाट २०८१ पुस ११ गते उक्त मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तथा थप ३ महिना कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका भिमसेनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-४ सितापाईलाबाट पक्राउ गरेको हो । साथै जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना फैसला ठहर भई केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका विश्‍वलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट पक्राउ गरेको हो । पक्राउ मध्ये विश्‍वलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ भने भिमसेनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।

ठगी सम्बन्धी कसुरमा संलग्न व्यक्तिहरु पक्राउ
२०८३-०३-२६

काठमाडौं, नेपाल बाल संगठन, बाल मन्दिरबाट अनियमित रूपमा रकम लिई ठगी गरेको कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपाल बाल संगठन, केन्द्रीय कार्यालय बाल मन्दिर नक्सालमा तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख काठमाडौं महानगरपालिका-११ बस्ने ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल संगठनका जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति काठमाडौं महानगरपालिका-२१ बस्ने ललितपुर घर भएका ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र नेपाल बाल संगठन, जिल्ला कार्य समिति, काठमाडौंका तत्कालीन सचिव गोकर्णेश्‍वर नगरपालिका-१ बस्ने ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न ३२ जना पक्राउ
२०८३-०३-२५

काठमाडौं, सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने दोलखा शैलुङ गाउँपालिका-५ घर भएका २५ वर्षीय नविन तामाङ समेत ३२ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  विगत लामो समय देखि जडिबुटी एरियामा पैदल हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जडिबुटी एरियाबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०३-२५

काठमाडौं महानगरपालिका-३२ नरेफाँट डेरा गरी बस्ने सिन्धुली घर भएकी ५० वर्षीया कोमल माया पाख्रिनलाई अवैध लागूऔषध गाँजा करिब २२ किलोग्राम र नगद ८ हजार ५ सय रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम १५ मिलिग्राम सहित सोही ठाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-६ घर भएका ४२ वर्षीय नरेन्द्र कुमार थापा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-१८ सेदिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय हरि बहादुर घर्तीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१६ डेरा गरी बस्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका-१ मुसहरनिया टोल घर भएका २५ वर्षीय नविन कुमार यादवलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १४ हजार ४ सय ६५ रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो  । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ डेरा गरी बस्ने बेदकोट नगरपालिका-१ पिपलथला घर भएका २२ वर्षीय गोबिन्द बहादुर साउदलाई नियन्त्रित लागूऔषध डाईजेपाम २ एम्पुल, बुप्रेनोर्फिन ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित सोही ठाउँ बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ भगतपुर बस्ने २२ वर्षीय कमल दमाई समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले कमलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही नगरपालिका-५ सहजटोल बस्ने ४२ वर्षीय जगमन सिङ बुढा मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटा समेतबाट खटिएको प्रहरीले लु.प्र.०१-००१ ह ११२७ नम्बरको इ-रिक्सामा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रमममा प्रहरीले उनको घर तलासी गर्दा थप अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम समेत बरामद गरेको छ ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ नयाँबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय ३० मिलिग्राम सहित सुर्खेत गुर्भाकोट नगरपालिका-१४ गुमी बस्ने २४ वर्षीय बिरेन्द्र परियारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१९ तिलावे पुलबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याब्लेट सहित सोही महानगरपालिका-१२ मुर्ली बस्ने २२ वर्षीय बिकाश मिया मंसुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-८ हात्तीगौंडाबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ ४० ग्राम सहित काठमाडौं महानगरपालिका-१७ बस्ने २० वर्षीय आयुष पुजारी समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले बा.प्र ०२-०२० प १८८७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४९ ट्याब्लेट र नाइट्राजेपाम ८ ट्याब्लेट सहित सोही नगरपालिका-१ इमाडोल बस्ने मकवानपुर घर भएका २६ वर्षीय बिकेश शाह समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिन्धुली, दुधौली नगरपालिका-११ माथिल्लो धनसरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ १ ग्राम  १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-९ खिरयानी बस्ने ३५ वर्षीय जित नारायण साहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले प्र.२-०१-००२ प ०२७५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, पञ्चपुरी नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ तोक्मा बस्ने २९ वर्षीय निराजन चपाई र सोही नगरपालिका-२ पलैटे बस्ने ३० वर्षीय धनिराम रेग्मी रहेका छन् । अस्थायी प्रहरी पोष्ट तातापानीबाट खटिएको प्रहरीले कैलालीबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००३ प ४०४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-२ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सुनिल बुढाथोकी र २० वर्षीय बिजय सुनार रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने २२ वर्षीय कृष्णलाल जैसीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त स्थानबाट फरार रहेका कृष्णलाललाई खजुरा गाउँपालिका-५ खजुरा बजारबाट बुधबार राति पक्राउ गरेको छ । सर्लाही, लालबन्दी नगरपालिका-१ नवलपुर गोरूबजारबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २० ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय संजिव कुमार केसीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले बा.५२ प ३३०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनले आफ्नै घर पछाडी खेतमा समेत लागूऔषध लुकाई छिपाई राखेको भन्ने खुल्न आएपश्चात प्रहरीले उक्त स्थानबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय १८ ट्याब्लेट र स्पास्मो १ सय ४४ ट्याब्लेट समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०३-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा कपिलवस्तु वाणगंगा नगरपालिका-८ घर भएकी ३६ वर्षीया दिलमाया गैरे, भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर भएका २८ वर्षीय सन्देश ढुङ्गाना र कास्की रूपा गाउँपालिका-१ घर भएका ३० वर्षीय बिशाल खवास राना रहेका छन् । पक्राउ मध्ये दिलमायाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ, सन्देशले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख रूपैयाँ र बिशालले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिलमायालाई काठमाडौं महानगरपालिका-१३ बाट, सन्देशलाई भक्तपुर चाँगुनारायण नगरपालिका-७ बाट र बिशाललाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो । पक्राउ मध्ये दिलमायालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सन्देश र बिशाललाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न १७ जना पक्राउ
२०८३-०३-२५

काठमाडौं, सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं बल्खु बस्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-१ घर भएका ३५ वर्षीय सुमन लामा समेत १७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  विगत लामो समय देखि बल्खु एरियामा हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई बल्खु एरियाबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
२०८३-०३-२४

मोरङ, विराटनगर महानगरपालिका-१८ भेडीयारीबाट अवैध लागूऔषध गाँजा ६ किलो १ सय ३० ग्राम सहित भारत सुपौल गनौरा थाना बस्ने ४१ वर्षीय शिवधर यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भेडीयारीबाट खटिएको प्रहरीले विराटनगरबाट भेडीयारीतर्फ जाँदै गरेको २ जना सवार बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल छाडी भाग्ने क्रममा मोटरसाइकलमा सवार मध्ये शिवधरलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथमा रहेको झोलाबाट उक्त गाँजा फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३४ जना पक्राउ
२०८३-०३-२४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ४० मिलिग्राम सहित उदयपुर उदयपुरगढी गाउँपालिका-८ बस्ने २९ वर्षीय सुबास विकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले उदयपुर गाईघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०२-००२ ख १४१० नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ मसिनेबाट अवैध लागूऔषध गाँजा ८५ ग्राम सहित कैलाली टीकापुर नगरपालिका-३ घर भएका २५ वर्षीय अर्जुन विक समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.४८ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । भक्तपुर, भक्तपुर नगरपालिका-८ हनुमानघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ डेकोचा बस्ने ३४ वर्षीय बिजय बैजुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-२ झौखेल पिपलबोटबाट अवैध लागूऔषध पोलेन करिब ६ सय ग्राम सहित सोही नगरपालिका-२ झौखेल बस्ने ६८ वर्षीय राम थापा समेत ६ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ४० मिलिग्राम सहित काभ्रे भुम्लु गाउँपालिका-१० दोलालघाट बस्ने ३७ वर्षीय देव श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट  नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ४० ट्याब्लेट र नाइट्राजेपाम ४८ ट्याब्लेट सहित बारा निजगढ नगरपालिका-२ बस्ने २५ वर्षीय आर्यन घिमिरेलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट दाङतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ०५५५ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  काभ्रे, रोशी गाउँपालिका-९ मंगलटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५६ ग्राम ७ सय ५० मिलिग्राम सहित दोलखा भिमेश्वर नगरपालिका-७ बस्ने २० वर्षीया रितु जैसीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३४ च ६५९४ नम्बरको कारमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागी कारमा सवार अन्य ४ जनालाई समेत नियन्त्रणमा लिएको छ ।   बर्दिया, बढैयाताल गाउँपालिका-१ ठुलो डाँफेबाट अवैध लागूऔषध ब्रानउसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय बिकाश हमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २० वर्षीया नितु सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा बढैयाताल गाउँपालिका-४ खैरेनी गाउँबाट सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल विक समेत २ जनालाई ब्राउनसुगर २ सय १० मिलिग्राम सहित  प्रहरीले पक्राउ गरेको छ ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ तातापानी बस्ने ३६ वर्षीय राज कपुर र सोही नगरपालिका-३ तातापानी बस्ने दैलेख घर भएका २९ वर्षीय विशाल विक रहेका  छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुर्खेत, लेकवेशी नगरपालिका-१ मिलडाँडा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ३३ वर्षीय पूर्ण बहादुर फौजा समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लेकफर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८०  मिलिग्राम सहित पकहा मैनपुर गाउँपालिका-१ बस्ने २० वर्षीय अंकित यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-२४ रामगढवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९६ मिलिग्राम, नगद १ लाख ७ हजार ८ सय ५ नेपाली रूपैयाँ, ११ हजार ८ सय भारतीय रूपैयाँ र तराजु १ थान सहित सोही ठाउँ डेरा गरी बस्ने पर्सा पोखरिया नगरपालिका-१ घर भएका २१ वर्षीय राहुल बैठा समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रानीघाटबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ८० मिलिग्राम सहित भारत कपसडंगा मोरसिदाबाद वेस्ट बंगाल घर भएका २४ वर्षीय सैफुल सेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, मायादेवी गाउँपालिका-७ बनगाईबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय एम्पुल, डाइजेपाम १ सय एम्पुल र फेनारगन १ सय एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका-४ देवनगडिया बस्ने १९ वर्षीय बलेश चमार र २६ वर्षीय भोला चमार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले यूपि ५५ एयु ९९७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-८ गैसार बस्ने २२ वर्षीय बितेस तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-७ ग्वार्कोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने १९ वर्षीय आयुष पुडासैनी र सोही नगरपालिका-६ बुद्ध पोखरी बस्ने १९ वर्षीय अनिस मगर रहेका छन् । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले बा.९९ प ३४७५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८३-०३-२४

रौतहट, ईशनाथ नगरपालिका-३ औरैया बस्ने ६० वर्षीय बुटन साहको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६३ वर्षीय रामाऔतार साह र उनकै छोरा २६ वर्षीय राम महेश्वर साहलाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।ईशनाथ नगरपालिका-३ औरैया बस्ने ८० वर्षीय राम बहादुर साह, उनकै छोरी ज्वाई बुटन साह तथा रामाऔतार र राम महेश्वर बिच जग्गाको विषयमा झै-झगडा तथा कुटपिटको क्रममा राम महेश्वरले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बुटनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न रामाऔतार र राम महेश्वरलाई पक्राउ गरेको हो । साथै घाइते भएका राम बहादुरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०३-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने लमजुङ घर भएका ४५ वर्षीय पुर्ण बहादुर दुरा, काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा घर भएकी ४२ वर्षीया कमला खत्री, ललितपुर महालक्ष्मी नगरपालिका-१३ बस्ने सुर्खेत घर भएकी २४  वर्षीया सरस्वती गिरी, भक्तपुर सूर्यबिनायक नगरपालिका-८ बस्ने दोलखा घर भएका २७ वर्षीय राम कुमार श्रेष्ठ र  काठमाडौं महानगरपालिका-२६ बस्ने बागलुङ घर भएका ३७ वर्षीय अमर सिंह घर्ती रहेका छन् । पक्राउ मध्ये पुर्ण बहादुरले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ, कमलाले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४५ हजार रूपैयाँ, सरस्वतीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ,  राम कुमारले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अमर सिंहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुर्ण बहादुरलाई काठमाडौं महानगरपालिका-२८ बाट, कमलालाई काठमाडौं महानगरपालिका-३२ बाट सरस्वतीलाई महालक्ष्मी नगरपालिका-१३ बाट सोमबार तथा राम कुमारलाई काठमाडौं महानगरपालिका-२२ बाट र अमर सिंहलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ
२०८३-०३-२४

काठमाडौं, ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-८ मधुमारा बस्ने ४८ वर्षीय अभिषेक गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा सोमबार पक्राउ पुर्जी अनुमति प्राप्त भएपश्चात केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा गिरीले निर्माण व्यवसायीलाई विभिन्न व्यक्तिहरूसँग चिनजान एवम् पहुँचका आधारमा आयोजनाको ठेक्का पार्ने विश्वास दिलाई परेको ठेक्काको कार्य आफ्नै आर.सि. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि मार्फत नियमानुसार सम्पन्न गरी दिने आश्वासन दिई सो बमोजिमको कार्य नगरी ठेक्का सम्झौता रद्द भई पीडितलाई हानी नोक्सानी पुर्‍याएको खुल्न आएको छ । साथै गिरीले निर्माणमा प्रयोग हुने सवारी साधनहरू कब्जामा लिई केही सवारी साधनहरू पीडितलाई जानकारी नदिई कवाडीमा बिक्री गरेको तथा अन्य सवारी साधनहरू कब्जामा लिई पीडितलाई डर त्रासमा पारी काठमाडौंस्थित घर जग्गा राजिनामा पास गरी लिएको एवम् पीडितले अन्य व्यक्तिसँग प्राप्त गर्नुपर्ने रकम आफ्नै नाममा चेक काट्न दबाब दिई आर्थिक लाभ प्राप्त गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०३-२३

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र स्पास्मो २० ट्याब्लेट सहित मोरङ बेलबारी नगरपालिका-८ बस्ने २८ वर्षीय हेम बहादुर बस्नेतलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५६३० नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१ स्थित खोटाङ्गे होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय रविन लिम्बु समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ
२०८३-०३-२३

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ९४ ग्राम ७ सय ८० मिलिग्राम, डिजिटल तराजु २ थान र मोबाइल ८ थान सहित ८ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ ठेगाना भएका २४ वर्षीय बिशाल शाही, काठमाडौं महानगरपालिका-७ ठेगाना भएका २९ वर्षीय सरोज श्रेष्ठ, सोही महानगरपालिका-३ ठेगाना भएका २८ वर्षीय कृष्ण पण्डित, तनहुँ भानु नगरपालिका-९ ठेगाना भएका ३१ वर्षीय कुमार गुरूङ, मोरङ विराटनगर महानगरपालिका-१६ ठेगाना भएका २७ वर्षीया स्मारिका कार्की, भारत बिहार राज्य अररिया बेला-७ ठेगाना भएका १९ वर्षीय देव कुमार यादव, सुनसरी इनरूवा नगरपालिका-९ ठेगाना भएका १९ वर्षीय सुमित कुमार मेहता र सोही नगरपालिका-९ ठेगाना भएका २० वर्षीय संजिव कुमार ठाकुर रहेका छन् ।   महोत्तरी, जलेश्वर नगरपालिका-२ जिरोमाईल चोकबाट अवैध लागूऔषध गाँजा ७ सय ४५ ग्राम सहित सोही नगरपालिका-७ बस्ने ६५ वर्षीय रामठकन राय यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले मलिवाराबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ५२८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   रूपन्देही, सैनामैना नगरपालिका-६ दुधराक्ष चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३९ वर्षीय उमेश पन्तलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   धनुषा, धनुषाधाम नगरपालिका-२ मंगलपुरबाट अवैध लागूऔषध गाँजा करिब १३ किलो ६ सय ५० ग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-१० बस्ने २१ वर्षीय बिजय राई र २१ वर्षीय आशिष राई रहेका छन् । इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय महेन्द्र रानालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धादिङ, रोराङ गाउँपालिका-९ जोगीमाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ हजार ४ सय ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-३ बस्ने ४१ वर्षीय मोहन प्रसाद कुर्मी र ३५ वर्षीया प्रतिमा देवी रहेका छन् । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले वीरगंजबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६८९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१५ स्यानिमझुवा बस्ने २६ वर्षीय एलेक्स गुरूङलाई अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ४ सय ग्राम र डिजिटल तराजु १ थान सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ३० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोही महानगरपालिका-२३ हर्पन घर भएका ३५ वर्षीय विश्वराज परियार र सोही महानगरपालिका-५ मालेपाटन बस्ने ३३ वर्षीय कृष्ण विक रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले विश्वराजको कोठा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ बस्ने २३ वर्षीय सिदार्थ कुमार शाहलाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ६० ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  उदयपुर, कटारी नगरपालिका-३ कान्छिबजार बस्ने सिन्धुली घर भएका २९ वर्षीय मिलन सुनुवारलाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट, ट्रामाडोल ११ ट्याब्लेट र नगद ३० हजार रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनको घर तलसी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम र नगद ५ हजार ७ सय रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-५ बस्ने  १९ वर्षीय निशान हमाल र सोही नगरपालिका-८ बस्ने २९ वर्षीया करूणा खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, गढवा गाउँपालिका-७ बस्ने ३१ वर्षीय राजेन्द्र चौधरीलाई अवैध लागूऔषध गाँजा करिब १३ किलो ३ सय ५० ग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-७ रमनटार बस्ने २३ वर्षीय सुमन गोङ्गवा र पर्सा वीरगंज महानगरपालिका-२० अकौनी बस्ने २१ वर्षीय कैलाश राय रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगर समेतबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०५९३ नम्बरको ईभी गाडीमा सवार सुमनलाई करिब २ ग्राम ५० मिलिग्राम र बा.प्र.०६-००१ ज ०३२२ नम्बरको ईभी गाडीमा सवार कैलाशलाई ९० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१८ बाबुराम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ६० मिलिग्राम र नगद १० हजार ४ सय ८० रूपैयाँ सहित सोही महानगरपालिका-१९ हेल्थपोष्ट घर भएकी ३२ वर्षीया ज्योती तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित मितेरी पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम र नगद ३ हजार ५ सय सहित रसुवा कालिका गाउँपालिका-२ बस्ने निर बहादुर थापा मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, बिर्तामोड नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २५ वर्षीय प्रदिप दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले बा.प्र-०२-००६ प ९९५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

करिब १ सय ६५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८३-०३-२३

मकवानपुर, मनहरी गाउँपालिका-९ खरङगास्थित पर्सा राष्ट्रिय निकुन्ज कोर क्षेत्रबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६५ किलोग्राम सहित २ जना सोमबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-३ पँलासे बस्ने ५१ वर्षीय बिक्रम स्याङ्तान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन् ।   श्री सबुज गण प्रतापपुर सुरक्षा पोष्टबाट खटिएको नेपाली सेनाले उनीहरूलाई ११ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा सहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०३-२३

मोरङ, आफ्नै भाउजु २० वर्षीय सिमा राजवंशीको हत्या गरेको अभियोगमा ग्रामथान गाउँपालिका-६ झोवाबनि बस्ने २१ बर्षीय  सौचन खवासलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सौचनले धारिलो हतियार खुकुरी प्रहार गर्दा सिमाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैँचा र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले सौचनलाई पक्राउ गरेको हो । साथै सौचनले खुकुरी प्रहार गर्दा घाइते भएका १ जनालाई थप उपचारको लागि बिराट टिचिङ अस्पताल विराटनगरमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
२०८३-०३-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने झापा घर भएका ४८ वर्षीय टिका कार्की, काठमाडौं महानगरपालिका-१६ बस्ने सुनसरी घर भएकी ४६ वर्षीया सरिता बान्तवा राई, टोखा नगरपालिका-६ बस्ने नुवाकोट घर भएका २५ वर्षीय अग्रीम बिक्रम तिमोथी, काठमाडौं महानगरपालिका-१५ बस्ने धादिङ घर भएका ४९ वर्षीय दिपक चन्द्र गौतम, काठमाडौं महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ४४ वर्षीय धन प्रसाद काफ्ले, काठमाडौं महानगरपालिका-११ बस्ने रूपन्देही घर भएकी ४० वर्षीया रूपा सुनार र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने जुम्ला घर भएका २९ वर्षीय रमेश स्वाँर रहेका छन् । पक्राउ मध्ये टिकाले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ, सरिताले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख रूपैयाँ, अग्रीम बिक्रमले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ८५ हजार रूपैयाँ, दिपक चन्द्रले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ९४ हजार रूपैयाँ, धन प्रसादले युएइ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, रूपाले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २१ लाख रूपैयाँ र रमेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टिकालाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार, सरितालाई काठमाडौं महानगरपालिका-२८ बाट आइतबार तथा अग्रीम बिक्रमलाई टोखा नगरपालिका-६ बाट, दिपक चन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट, धन प्रसाद र रूपालाई काठमाडौं महानगरपालिका-२६ बाट एवम् रमेशलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

लुटपाटमा संलग्न दुई जना पक्राउ
२०८३-०३-२३

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-६ देउराली घर भएका ३० वर्षीय अंकितराज गिरी र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-२ शिखर आमबोटे घर भएका ३५ वर्षीय रोमन तामाङ रहेका छन् ।  काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट गत वैशाख ५ गते राति पेप्सिकोलातर्फ जाँदै गरेका एक जना पैदलयात्रीलाई मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले निर्घात कुटपिट गरी सुनको मुन्द्रा, नगद र मोबाइल समेत लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूमध्ये अंकितराजलाई काठमाडौं महानगरपालिका-३२ सिभिल अस्पतालबाट र रोमनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ कौशलटारबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ
२०८३-०३-२३

काठमाडौं, काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ललितपुर माहाङ्काल गाउँपालिका-३ घर भएका २९ वर्षीय राज कुमार परियार, ललितपुर बाग्मती गाउँपालिका-५ घर भएका २४ वर्षीय सविन भुलन, ललितपुर महानगरपालिका-५ चापागाउँ बस्ने माहाङ्काल गाउँपालिका-५ घर भएका ३३ वर्षीय ईन्द्र बहादुर वाईबा, ललितपुर माहाङ्काल गाउँपालिका-५ बस्ने काभ्रेपलाञ्चोक बेथानचौर गाउँपालिका-२ घर भएका २४ वर्षीय अनिल योञ्जन र काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर भएका २९ वर्षीय पञ्चलाल ब्लोन रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमार र सविनलाई काठमाडौं कालिमाटीबाट शुक्रबार तथा ईन्द्र बहादुरलाई ललितपुर महानगरपालिका-५ बाट, अनिललाई ललितपुर माहाङ्काल गाउँपालिका-५ र पञ्चलाललाई काठमाडौं कलंकीबाट आइतबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ४ थान मोटरसाइकल बरामद गरेको  छ । उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

अश्लिलता प्रदर्शन गरी अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ
२०८३-०३-२३

ललितपुर, युवतीलाई अश्लिलता प्रदर्शन गरी अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने बैतडी पाटन नगरपालिका-७ घर भएका ५५ वर्षीय सुरेन्द्र भट्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलमा पीडित युवतीलाई अश्लिलता प्रदर्शन गरी अभद्र व्यवहार गरेको भनि सामाजिक सञ्जाल मार्फत जानकारी हुनुको साथै पीडितको उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटो तथा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सुरेन्द्रलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-२३

काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-७ घर भएका ४२ वर्षीय भिमसेन काफ्लेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकको २०८० मंसिर २७ गतेको फैसलाले उक्त मुद्दामा बिगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोलबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।  

महोत्तरी र पर्साबाट करिब ५ सय ८९ किलो गाँजा सहित तीन जना पक्राउ
२०८३-०३-२२

महोत्तरी, अवैध लागूऔषध गाँजा करिब ४ सय ८७ किलो १ सय ५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-६ भकुण्डे बस्ने २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका-१ क्यूरेनी बस्ने २४ वर्षीय साधुराम थिङ रहेका छन् । एकडारा गाउँपालिका-१ भटौलियामा ना.३ ख ६५९२ नम्बरको ट्रकबाट ४० किलो ३ सय ६० ग्राम गाँजा सहित चालक विपस र ट्रकमा सवार साधुराम शनिबार बिहान पक्राउ परेका थिए । थप अनुसन्धानको क्रममा उनीहरूले ट्रकमा रहेको थप गाँजा महोत्तरी गाउँपालिका-४ रानी रतवडामा झारेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले महोत्तरी गाउँपालिका-४ रानी रतवडा बस्ने ४२ वर्षीया लिलम देवीको घर तलासी गर्दा लुकाई छिपाई राखेको ३५ वटा प्लाष्टिकको पोकामा रहेको थप ४ सय ४६ किलो ७ सय ४५ ग्राम गाँजा फेला पारी आइतबार बिहान बरामद गरेको हो । पर्सा, जगरनाथपुर गाउँपालिका-२ स्थित भित्री इनर्वा जाने चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ सय २ किलो ६ सय ३८ ग्राम सहित भारत बिहार बेतिया नवलपुर बस्ने ३२ वर्षीय गुडु बर्मालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरीले सोनवर्षाबाट भारततर्फ जाँदै गरेको बीआर ०१ सियू ३५४४ नम्बरको कारलाई जाँच गर्दा लुकाई छिपाई राखिएको १० वटा पोकामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी चालक गुडुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०३-२२

काठमाडौं महानगरपालिका-१४ कलंकी शान्तिमार्ग डेरा गरी बस्ने २७ वर्षीय सुरज श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय मिलिग्राम र गाँजा करिब ६२ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-६ स्थित भण्डारी चोक नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ८० ट्याब्लेट र एनारगन ४ हजार २ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय दिवस न्यौपानेले आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-१४ माडरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित कर्जन्हा नगरपालिका-४ बस्ने ३२ वर्षीय दिपेश कुमार दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले ज.१२ प ४४५४ नम्बरको मोटरसाइलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सिराहा, धनगढीमाई नगरपालिका-१० धनगढी बजारबाट अवैध लागूऔषध गाँजा करिब ४५ ग्राम सहित सोही नगरपालिका-११ नैनपुर बस्ने १७ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-३ अदुवापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने ४४ वर्षीय रंजित दासलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ४० मिलिग्राम सहित इलाम चुलाचुली गाउँपालिका-२ बस्ने २३ वर्षीय रोहित कुमाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम १ सय ४० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-९ गरामनी बस्ने ४४ वर्षीय चन्द्र प्रसाद राजबंशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ९५३६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।दार्चुला, महाकाली नगरपालिका-४ पुलघाटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ ग्राम सहित सोही नगरपालिका-४ मोहती बस्ने नौगाड गाउँपालिका-४ घर भएका २० वर्षीय सुरज ठगुन्नालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पुलघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, ब्रहम्पुरी गाउँपालिका-२ धर्मपुरटोलबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका-११ सखुवनी बस्ने ३५ वर्षीय थिरविक्रम रायमाझी र ३५ वर्षीय प्रदिप मगर रहेका छन् । प्रहरी चौकी ब्रहम्पुरीबाट खटिएको प्रहरीले हरिवनबाट नारिवनतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ह ४५१७ नम्बरको अटोलाई जाँच गर्दा उक्त गाँजा फेला पारी चालक थिरविक्रम र अटोमा सवार प्रदिपलाई पक्राउ गरेको हो । कैलाली, जानकी गाउँपालिका-४ मनुवा बस्ने ४१ वर्षीय रमेश कुमार रावत समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले रमेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-४ स्थित डोजिन होटल एण्ड खाजा घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९० ट्याब्लेट र डाइक्लोमाइन ३ सय ९० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय बिबेक साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१४ उधौपूर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० ग्राम ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४२ वर्षीय जसवन्त चौहान लोनिया समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरिमनीया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने पाल्पा घर भएका २९ वर्षीय टेक बहादुर सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्की United Nations Chiefs of Police Summit मा सहभागी हुन न्यूयोर्क प्रस्थान
२०८३-०३-२१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ देखि २४ गतेसम्म संचालन हुने पाँचौं United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको  छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग उक्त समिटमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गर्नुभयो ।उक्त समिटमा Reflection on the future of UN Police, Leveraging new technologies, Strengthening International cooperation, Strengthening UN Peace Keeping through Language Training, High Level Network on Gender Responsive Policing लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ ।समिटको अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संयुक्त राष्ट्र संघका उच्च पदाधिकारीहरू तथा संयुक्त अरब ईमिरेट्सका प्रतिनिधि मण्डलका सदस्यहरूसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०३-२१

काठमाडौं महानगरपालिका-६ नयाँबस्ती पाटीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, नोर्फिन २५ एम्पुल र फेनारगन २५ एम्पुल सहित बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने दोलखा घर भएका ३३ वर्षीय तेजेन्द्र लामालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३६ ट्याब्लेट र अवैध लागूऔषध गाँजा ५० ग्राम सहित सर्लाही घर भएका २२ वर्षीय विपन साह तेली समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले बा.प्र-०२-०५९ प ९७८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ किलोग्राम सहित नुवाकोट तारकेश्वर गाउँपालिका-७ बस्ने २४ वर्षीया सानुकान्छी विकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले काठमाडौंबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु.२ ख ६८२१ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, इच्छाकामना गाउँपालिका-७ भालुमाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ४ सय ट्याब्लेट र एनारगन ३ हजार ८ सय ९० ट्याब्लेट सहित कालिका नगरपालिका-७ बस्ने २९ वर्षीय विजय सुनार समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-२ चैतुवारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २० वर्षीय सुजित खवास समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले बिहीबारेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.८ प ८६७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका-८ सब्जिलाईनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २३ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ४१ वर्षीय सरोज गहतराजलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा.५७ प ७७३३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, बागमती नगरपालिका-१ रायमाझी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ३२ वर्षीय सरोज खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-३ खुनिया पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-७ चक्रघट्टी बस्ने २० वर्षीय समिर खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४१ प ९०४३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, सुन्दरहरैँचा नगरपालिका-१० बिराटचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय जिबन राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ५ मिलिग्राम सहित सप्तरी अग्नीसाईर कृष्णासवरन गाउँपालिका-७ सितापुर बस्ने २४ वर्षीय सुमित कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   रौतहट, बौधीमाई नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम र गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो ६ सय ६० ग्राम सहित भारत मोतिहारी नररूलाह वटवलिया-११ बस्ने २५ वर्षीय राम प्रवेश महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३९ एम्पुल, बुप्रेनोर्फिन ३९ एम्पुल, प्रोमेथाजाइन ३६ एम्पुल र स्पास्मो ८ सय ४१ ट्याब्लेट सहित नवलपरासी पश्चिम सरावल गाउँपालिका-५ दुवौलिया बडहरा बस्ने २२ वर्षीय शैलेश विन समेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ७ किलो ४ सय ग्राम सहित सोही गाउँपालिका-६ गिदे बस्ने २० वर्षीय प्रमोद अधिकारीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १९८५ नम्बरको हायसमा सवार उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-२१

झापा, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-१ गोलधाप बस्ने ५१ वर्षीय सोमनाथ सिवाकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोमनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गोलधापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  म्याग्दी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका-७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्र बहादुर परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईन्द्र बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुना ताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कपिलवस्तु, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णनगर नगरपालिका-१२ भगवानपुर बस्ने २३ वर्षीय सत्य प्रकाश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सत्य प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०३-२०

काठमाडौं, काठमाडौं महानगरपालिका-२५ सुचिकार गल्लीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय निसान श्रेष्ठ समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०६७ प ८७४६ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।   मोरङ, जहदा गाउँपालिका-२ मिलन चोकबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ८० ग्राम सहित सोही गाउँपालिका-७ बस्ने १५ वर्षीय बालकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय आदेश ठाकुरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी पर्सा, छिपहरमाई गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलोग्राम सहित भारत जिल्ला उन्नौँ थाना सफीपुर ग्राम पञ्चायत परियर बस्ने ३६ वर्षीय राजु निषादलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिस्वा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   भक्तपुर, भक्तपुर नगरपालिका-६ चुनदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६६ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-२ गैरीगाउँ बस्ने १९ वर्षीया कल्पना नगरकोटी र भक्तपुर चाँगुनारायण नगरपालिका-९ ताथली खड्का टोल बस्ने २६ वर्षीय समर खड्का रहेका छन् । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कैलाली, गोदावरी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २८ वर्षीय काशी राम आउजीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित गोदावरी नगरपालिका-२ बस्ने २२ वर्षीय अमित सार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  गोरखा, आरूघाट गाउँपालिका-१० मंगलटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-९ आरूटार बस्ने २५ वर्षीय सरोज रोका र गोरखा नगरपालिका-१ ताप्ले बस्ने २१ वर्षीय जिवन धिताल रहेका छन् । इलाका प्रहरी कार्यालय आरूघाटबाट खटिएको प्रहरीले ग.६ प ६७७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-५ देउरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सोही उपमहानगरपालिका-५ देउराली बस्ने ३२ वर्षीय पर्वत दर्जीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित न्यू अछाम ढकारी जुम्ला होटल एण्ड लजबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ४८ ग्राम, तराजु १ थान र नगद २८ हजार रूपैयाँ सहित जुम्ला चन्दननाथ नगरपालिका-८ बस्ने ५३ वर्षीय बलि कामीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बस्ने २० वर्षीय बिक्रम कार्की समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३७ प १४८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । पाल्पा, बगनासकाली गाउँपालिका-३ आर्यभन्ञ्याङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम र चरेस जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित तानसेन नगरपालिका-६ बसपार्क बस्ने २४ वर्षीय हेमन्त खड्कालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी आर्यभन्ञ्याङबाट खटिएको प्रहरीले बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग.२ ख २१४४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-२०

काठमाडौं,  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे घर भएका ३८ वर्षीय सरोज पन्त र टोखा नगरपालिका-३ बस्ने रामेछाप घर भएका २२ वर्षीय अनिल खत्री रहेका छन् । पक्राउ मध्ये सरोजले आयरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ र अनिलले युएई पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका-८ बाट शुक्रबार र अनिललाई टोखा नगरपालिका-६ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रहरी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०३-२०

काठमाडौं, प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बस्ने इलाम, इलाम नगरपालिका-१० घर भएकी ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।दिपिकाले आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै पोशाक लगाएको तस्बिर देखाई विभिन्न आश्‍वासन दिई आफ्नो ई-सेवा तथा मोबाइल बैंकिङमा पैसा राख्न लगाई निवेदकलाई झुक्यानमा पारी ठगी तथा आपराधिक लाभ लिने कार्यमा संलग्न रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गंगबुबाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Digital Action Dialogue परिसंवाद कार्यक्रम सम्पन्न
२०८३-०३-१९

काठमाडौं, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘अपराध अनुसन्धानमा डिजिटल प्रविधिको प्रयोग’ लाई प्रभावकारिता प्रदान गर्ने उद्देश्यले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित Digital Action Dialogue,2026 परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले यस संवाद नेपालमा सुरक्षित, विश्वसनीय र उत्तरदायी डिजिटल वातावरण निर्माण गर्ने दिशामा कोसेढुङ्गो सावित हुनेछ र कार्यक्रमबाट ठोस व्यावहारिक तथा कार्यान्वयन योग्य निष्कर्षहरूले नेपालको साइबर सेक्युरिटी इकोसिस्टम तथा नेपाल प्रहरीको डिजिटल इन्भेस्टिगेसन क्षमतालाई अझ प्रभावकारी, उत्तरदायी  र प्रमाणमुखी बनाउनलाई महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । नागरिकको विश्वास नै प्रहरी संगठनको सबैभन्दा ठूलो पूँजी रहेको चर्चा गर्दै डिजिटल युगमा नागरिकको विश्वास कायम राख्न प्रविधिमैत्री, पारदर्शी, जवाफदेही र नागरिकमैत्री सेवा प्रवाहलाई प्रहरीले निरन्तर परिष्कृत गर्दै लगिरहेको बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले साइबर अपराध विरूद्धको लडाई कुनै एक निकायको एकल प्रयासबाट मात्रै सम्भव नहुने, बैंकिङ तथा भुक्तानी प्रणालीको तथ्याङ्क समयमै प्राप्त नहुँदा शंकास्पद कारोबार तत्काल रोक्का हुन नसक्दा र भरपर्दो एवम् छरितो सूचनाको आदान प्रदानको अभावमा अपेक्षित परिणाम हासिल गर्न नसकिने उल्लेख गर्दै वित्तीय संस्था तथा भुक्तानी सेवासँग समयमै तथ्याङ्क आदान प्रदान, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकसँग समन्वय एवम् नियामक निकायहरूसँग हुने नीतिगत समन्वयको सुदृढ खाका निर्माण नै आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । साइबर सुरक्षा विज्ञ, अनुसन्धानकर्ता र प्राज्ञिक क्षेत्रसँगको सहकार्यले विश्वव्यापी असल अभ्यास र थ्रेट इन्टेलिजेन्समा पहुँच दिलाउने समेत उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले सार्वजनिक-निजी साझेदारी नै सुरक्षित डिजिटल नेपालको आधारशिला भएको चर्चा गर्दै आजको छलफल समस्याको वर्णनमा सीमित नभई व्यावसायिक, व्यावहारिक, समाधान, अनुसन्धानको आधुनिकीकरण, क्षमताको अभिवृद्धि, कानुनी तथा नीतिगत सुधारका सम्भावित दिशाहरू र सार्वजनिक-निजी सहकार्यलाई थप सुदृढ बनाउने बताउनुभयो । छलफलका निष्कर्षहरूले चुनौतीहरूको पहिचान गर्नुका साथसाथै अल्पकालीन, मध्यकालीन एवम् दीर्घकालीन प्राथमिकता सहितको कार्ययोजना, सरोकारवालाहरूको प्रतिबद्धता र संस्थागत समन्वय संयन्त्रको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । साथै यस दस्तावेज औपचारिकतामा मात्र सीमित नभई हामी सबैले अपनत्व गर्ने, कार्यान्वयन गर्ने साझा प्रतिबद्धताको दस्तावेज हुनेछ र नेपाल प्रहरी आफ्नो तर्फबाट आवश्यक संरचनागत, प्रविधिगत र व्यवस्थापकीय सुधारका लागि सदैव तत्पर एवम् प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले धन्यवाद सहित समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै परिसंवादको उद्देश्य बारे जानकारी दिनुभएको थियो ।   कार्यक्रममा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक राज कुमार महर्जनले National Cyber policy, Opportunities and Limitations सम्बन्धी, Cryptogen Nepal प्रालिका Chief Technology Officer निर्मल दाहालले Private Sector Perspectives Towards Emerging Cyber Threats सम्बन्धी, साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक उमेश प्रसाद साहले साइबर अपराधको वर्तमान अवस्था, देखिएको चुनौतीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव उपरीक्षक जित नारायण यादवले Strengthening Enterprise Cyber Resillence सम्बन्धी आ-आफनो प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा अनलाइन ठगी बढ्नुको कारण अनुसन्धानमा प्रहरीले भोगेका चुनौतीहरू, अनुसन्धान सहज गर्न आवश्यक अप्रेश्‍नल डेटा लगायत कानुनी र नीतिगत उपाय तथा समाधानका सम्बन्ध लगायतका विषयमा वृहत्त छलफल समेत भएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, केन्द्रीय प्रहरी प्रवक्ता लगायत प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका प्रतिनिधिहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, भुक्तानी सेवा प्रदायक, टेलिकम सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, डाटा सेन्टर सेवा प्रदायकका प्रतिनिधिहरू, साइबर सुरक्षा विज्ञहरू, विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू एवम् मातहत मुद्दा चल्ने प्रहरी इकाईहरूका प्रमुख एवम् प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  बढ्दो साइबर अपराध, अनलाइन ठगी, प्रविधिको दुरूपयोगबाट भइरहेको विभिन्न आपराधिक क्रियाकलापहरूको पहिचान र रोकथामको लागि नेपाल प्रहरी लगायत अन्य सरोकारवाला निकायहरूको समेत साथ र सहयोग आवश्यकता रहेको सन्दर्भमा समुदाय-प्रहरी साझेदारी अवधारणालाई आत्मसात् गर्दै कानुन कार्यान्वयन गर्ने निकायहरू, नियामक निकायहरू, अनलाइन सेवा प्रदायकहरू, बैंकिङ तथा वित्तीय संस्था लगायत अनलाइन पेमेन्ट सेवा प्रदायकहरू, सञ्चार सेवा प्रदायकहरू बिच राम्रो समन्वय र प्रगाढ सम्बन्ध बनाउनु र व्यावहारिक समाधानहरू पहिचान गर्नुका साथै प्रविधिजन्य अपराध नियन्त्रण तथा अनुसन्धानको लागि क्षमता अभिवृद्धि गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ । 

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८३-०३-१९

ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८ सय ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय विक्रन्त शाही, २२ वर्षीय बुद्ध गुरूङ, २० वर्षीय बज्रदेव महर्जन, ३० वर्षीय सुजन महर्जन र सोही ठाउँ बस्ने दाङ घर भएका २५ वर्षीय नबिन बुढाथोकी रहेका छन् । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१ बस्ने २५ वर्षीय अरविन्द ओझा र २८ वर्षीय मुकेश कुमार कुशहवा रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४० प ९१६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ
२०८३-०३-१९

सिराहा, नवराजपुर गाउँपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १५ ग्राम २० मिलिग्राम, कटुवा पेस्तोल १ थान र सोही पेस्तोलको गोली २ राउण्ड सहित भारत मधुवनी बिहार ग्राम पञ्चायत बिरपुर-३ ठेगाना भएका ३५ वर्षीय अब्दुल कलामलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले उक्त स्थानमा ४ जनाको समूहले लागूऔषध कारोबार गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा प्रहरीलाई लक्षित गरी कटुवा पेस्तोलबाट फायर गरेपश्‍चात प्रहरीले आत्मरक्षाको लागि फायर गर्दा अब्दुल घाइते भएका थिए । घाइते भएका अब्दुलको प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ । प्रहरीले हाल फरार ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी
२०८३-०३-१९

काठमाडौं, नेपाल प्रहरीले मनसुनजन्य विपद्‌का घटनाहरूमा जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी सम्पन्न गरेको छ । विपद्‌को अवस्थामा तत्काल परिचालन हुनेगरी नेपाल प्रहरी प्रधान कार्यालयदेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा सुरक्षा निकायहरूको सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको “मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३" स्वीकृत गरेको छ । सोही कार्ययोजना बमोजिम नेपाल प्रहरीले ‘विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३’ निर्माण गरी कार्यान्वयनमा ल्याएको हो ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘समाजमा शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिरहेन नेपाल प्रहरी विपद् व्यवस्थापनमा पनि सक्रिय छ । विपद् व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिएको छ । विशेष गरी मनसुनजन्य विपद् हुनसक्ने जोखिमयुक्त क्षेत्र र सुरक्षित स्थानको जिल्लागत रूपमा पहिचान गरिएको, विपद्‌को प्रकृति अनुसार उद्धार सामाग्रीहरूको मर्मत सम्भार गरी तयारी अवस्थामा राखिएको र तत्काल परिचालन हुने गरी प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरू तयारी हालतमा रहेका छन् ।’विपद्को अवस्थामा तत्काल परिचालन हुने गरी विपद् विशष्टिकृत कार्यालयहरू नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा २ प्लाटुन र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा १/१ प्लाटुन उद्धार टोली २४ सै घण्टा उपकरण सहित तैनाथ रहने छन् । नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् मातहत, प्रदेश प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरूमा विपद् प्रतिकार्यका लागि १०,०८५ जना तत्काल परिचालित हुनसक्ने गरी तयारी हालतमा रहने छन् । प्रभावकारी खोज तथा उद्धार एवम् व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूले आवश्यकता अनुसार तत्काल वा चरणवद्ध रूपमा प्रहरी परिचालन   गर्नेछन् ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी सबै सुरक्षा निकायहरूको सहभागितामा मनसुनजन्य उद्धार अभ्यासहरू गरिएको छ । जनधनको क्षति न्यूनीकरणको लागि वृहत्त रूपमा सामुदायिक सचेतना कार्यक्रमहरू संचालन गरिएको     छ । विपद् व्यवस्थापनमा त्रुटि रहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई विपद् उद्धार सम्बन्धि अनुशिक्षण समेत प्रदान गरिएको छ ।’ नेपाल प्रहरीका विशिष्टिकृत इकाईहरूको रूपमा रहेका नेपाल प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाईन कार्यालयको जनशक्ति समेत मनसुन पूर्वतयारी कार्य योजना अन्तर्गत रही आवश्यक समन्वय गरी तयारी अवस्थामा राखिएको छ । प्रशिक्षण प्रदायक कार्यालयहरू तथा विशिष्टिकृत इकाईहरूको जनशक्ति विपद्‌को समयमा परिचालित हुँदा उद्धार सामग्री नभएको खण्डमा नजिकको प्रहरी गण, विपद् विशिष्टिकृत कार्यालयबाट उद्धार सामग्रीहरू लिई परिचालित हुने छन् । विशेष परिस्थितिमा अपुग हुने उद्धार सामग्रीहरू आवश्यकता अनुसार स्थानीय तह, विभिन्न संघ-संस्थासँग समन्वय गरी व्यवस्थापन गरिनेछ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०३-१९

कैलाली, लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने २३ वर्षीय ललित राना क्षेत्रीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ खजुरा बस्ने २५ वर्षीय दिनेश शर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   मोरङ, कटहरी गाउँपालिका-२ स्थित कदमगाछीया टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ४१ मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने ३० वर्षीय प्रदिप सिंह समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  ।  उदयपुर, कटारी नगरपालिका-३ राजाबासबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ सय ट्याब्लेट र नगद ३४ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३२ वर्षीय श्याम सहनी र २९ वर्षीय रबिन खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले मिर्चैयाबाट कटारीतर्फ आउँदै गरेको प्र.२-०१-००१प ५४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी उदयपुर, त्रियुगा नगरपालिका-५ कोरिया खोला नजिकबाट नियन्त्रित लागूऔषध ओपिडोल २ सय ४५ ट्याब्लेट र स्पास्मो २ सय ४५ ट्याब्लेट सहित सोही नगरपालिका-१० बोक्से बस्ने २४ वर्षीय दिलिप खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले सप्तरीबाट पूर्व दमौतीतर्फ जाँदै गरेको प्र.१-०५-००१ प ५९७१ नम्बरको स्कुटरमा सवार उनलई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-५ राधेराधेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट सहित काभ्रे बनेपा नगरपालिका-१ बस्ने ३० वर्षीय मनिष जिसीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.प्र.०२-०६४ प ६१९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी भक्तपुर, भक्तपुर नगरपालिका-३ वंशगोपालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३३ ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने काभ्रे तेमाल गाउँपालिका-६ घर भएका २६ वर्षीय अजय लामा र भक्तपुर सिद्धपोखरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-९ घर भएका २६ वर्षीय अनिस तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१० करमघारीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ सय ग्राम सहित सोही नगरपालिका-१२ बस्ने २५ वर्षीय बिजय थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अरूणखोलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ बाट नियन्त्रित लागूऔषध फेनारगन ३५ एम्पुल र एनारगन ३५ एम्पुल सहित सोही ठाउँ बस्ने ३१ वर्षीय मनोहर तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिएको छ ।  सिराहा, लहान नगरपालिका-१२ जटियाही टोल बस्ने २७ वर्षीय बिजय कुमार सदाय समेत २ जनालाई अवैध लागूऔध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले बिजयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ नयाँबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३० ग्राम ९ सय ३० मिलिग्राम सहित ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय लाल बहादुर सुनार, ३१ वर्षीय हेमराज जोशी, बेदकोट नगरपालिका-३ दैजी बस्ने २० वर्षीय लोकेन्द्र डगौरा र कैलाली धनगढी उपमहानगरपालिका-५ तारानगर बस्ने २५ वर्षीय अशोक पाण्डे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित जगरनाथपुर गाउँपालिका-५ चिलझपटी टोल बस्ने २२ वर्षीय राजन साह तेलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-७ पानमारा स्टेनस्थित सेवानुङ होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४० मिलिग्राम र नगद ४७ हजार रूपैयाँ सहित होटल संचालक सोही ठाउँ बस्ने ३६ वर्षीय रितेश भुजेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । यसैगरी धरान उपमहानगरपालिका-१५ बाट सोही उपमहानगरपालिका-३ शान्तीपथ बस्ने ४३ वर्षीय शंखर गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-४ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-११ घर भएका ४१ वर्षीय दिनेश भट्टराईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४  ग्राम २० मिलिग्राम र नगद ११ हजार ९ सय रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०३-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१८ बस्ने भारत बिहार गोपालगंज घर भएका ४२ वर्षीय संजय कुमारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । संजयले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०३-१८

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बत्तीसपुतली बस्ने रूपन्देही गैडहवा गाउँपालिका-८ घर भएका २० वर्षीय पवन निसादलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लिल भिडियो/तस्विर दुरूपयोग गरी ब्ल्याकमेल गर्नुका साथै दुःख हैरानी दिई अनुचित लाभका लागि बारम्बार दबाब समेत दिई उक्त भिडियो तथा तस्विर सामाजिक सञ्जाल ह्वाट्सएपमा पीडितका परिवारलाई पठाएको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई टोखा नगरपालिका-७ बाट पक्राउ  गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०३-१८

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८५ ग्राम सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ बस्ने १९ वर्षीय राकेश मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०२-००२ ख ०३१७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका-१६ नगवा टोल बस्ने १९ वर्षीय संजय लोहारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५ ग्राम सहित बाँके कोहलपुर नगरपालिका-१४ बस्ने ३२ वर्षीय सुरज सुनारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट पोखरातर्फ आउँदै गरेको ग.प्र.००१ ख ००३२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-१ बुद्धचोकबाट अवध लागूऔषध  ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित संखुवासभा घर भएका २९ वर्षीय अनिल घिसिङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०३-१८

काठमाडौं, काठमाडौं महानगरपालिका-१५ डल्लुबाट अवैध लागूऔषध पोलेन ७ सय २० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ४५ वर्षीय रोशन पोडेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले रोशनले काठमाडौं डल्लुमा संचालन गरेको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० मङगलबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९६ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई  बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मोतिराज लिम्बु र रंगेली नगरपालिका-६ बस्ने ३३ वर्षीय मिथुन शाह रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मोतिराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३६ ग्राम ११ मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय सुमन लिम्बु र २३ वर्षीय युराज मगर रहेका छन् । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले सुमनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-१० त्रिबेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३० ट्याब्लेट र स्पास्मो २ सय ३० ट्याब्लेट सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय भानुभक्त लिम्बु, २२ वर्षीय बिप्लव परियार, सोही नगरपालिका-८ बस्ने २५ वर्षीय किरण राई र बेलबारी नगरपालिका-२ बस्ने २५ वर्षीय सुशिल राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ चौधरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम १९ मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने ३७ वर्षीय चन्द्र बहादुर तामाङ र भारत किशनगंज दिघलबैंक बिहार कुतुवाभिट्टा बस्ने १९ वर्षीय अब्दुल रहमान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, कमल गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट सहित गौरादह नगरपालिका-१ बस्ने  ३० वर्षीय बिक्रम बस्नेतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ३७ किलोग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-९ आहाले बस्ने ४५ वर्षीय लोक बहादुर राई र भोजपुर साल्पासिलिछो गाउँपालिका-२ कुलुङ बस्ने ३१ वर्षीया बिनिता कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले प्र.१-०२-००१ च ४५३१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको    हो । धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ७० मिलिग्राम र नगद १४ हजार रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-४ बस्तीपुर बस्ने ३० वर्षीय लक्ष्मी कुमार र २२ वर्षीय अर्जुन कुमार यादव रहेका छन् । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००६ प ७८९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३४ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा आँधिखोला गाउँपालिका-२ बस्ने ३२ वर्षीय बिनोद क्षेत्री र फेदीखोला गाउँपालिका-५ बस्ने २६ वर्षीय कोन रेशम क्षेत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १६९५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।यसैगरी कास्की, पोखरा महानगरपालिका-१० उत्तम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-१० लक्ष्मीटोल बस्ने ३२ वर्षीय ज्ञान बहादुर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा ज्ञान बहादुरले उक्त पदार्थ सोही महानगरपालिका-१० उत्तम चोक घर भएका ३७ वर्षीय जोन भन्ने गोविन्द थापा र उनकै दाइ ३८ वर्षीय जीवन भन्ने रूम बहादुर थापासँग किनेको भन्ने खुल्न आएपछि उनीहरूको घर तलासी गर्दा करिब १३ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ६ लाख ७ हजार रूपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।   बाँके, कोहलपुर नगरपालिका-५ नारायण टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय होम बहादुर सार्की, उनकै श्रीमती १९ वर्षीया नुकिता घर्ति मगर, कोहलपुर नगरपालिका-५ बस्ने ३० वर्षीय रबिन चौधरी र २७ वर्षीय बिष्णु सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले होम बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-५ पंचकोषी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय माधव शाह ठकुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय नरेश थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, मिर्चैया नगरपालिका-५ थान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय राहुल कुमार साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, ब्यास नगरपालिका-४ चुरे खोल्सीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३१ एम्पुल, फेनारगन ३२ एम्पुल र बुप्रेनोर्फिन ३४ एम्पुल सहित सोही नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले ग.१५ प १८२९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-१८

पर्वत, १२ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका ठोट्नेरी बस्ने ५३ वर्षीय गोर बहादुर विकलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । गोर बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुनर्वास नगरपालिका-१० भिमबस्ती बस्ने १९ वर्षीय रमेश ढाँट भन्ने राम ढाँटलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम ढाँट, सोही ठाउँ बस्ने २३ वर्षीय दिपक खत्री र २३ वर्षीय भुरू बयाडी भन्ने गणेश बयाडीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूमध्ये रामलाई पुनर्वास नगरपालिका-११ डोकेबजारबाट पक्राउ गरेको हो । प्रहरीले हाल फरार दिपक र गणेशको खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०३-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१० बस्ने पाल्पा घर भएकी ४८ वर्षीय मेनुका ढुंगाना, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय सन्जु तामाङ, टोखा नगरपालिका-८ बस्ने सिन्धुली घर भएकी ३८ वर्षीया सुमित्रा कोईराला, गोकर्णेश्‍वर नगरपालिका-६ बस्ने सिन्धुली घर भएकी ३७ वर्षीया रंजना कोईराला, गोकर्णेश्‍वर नगरपालिका-६ बस्ने गोरखा घर भएका ३२ वर्षीय सन्तोष तामाङ र काठमाडौं महानगरपालिका-३ बस्ने मोरङ घर भएका ५१ वर्षीय धात्री प्रसाद पोख्रेल रहेका छन् ।पक्राउ मध्ये मेनुकाले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ, सन्जुले ग्रिस पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रूपैयाँ, सुमित्राले अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, रंजनाले  अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ, सन्तोषले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८४ हजार रूपैयाँ र धात्री प्रसादले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोषलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार तथा सन्जु, सुमित्रा, रंजना र धात्री प्रसादलाई काठमाडौं महानगरपालिका-१२ बाट, मेनुकालाई काठमाडौं महानगरपालिका-११ बाट बुधबार  पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०३-१७

काठमाडौं महानगरपालिका-१३ बाफलबाट सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली घर भएका २० वर्षीय युवराज खत्री समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २६ हजार ७ सय १० ट्याब्लेट र नगद ५० हजार रूपैयाँ सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र डाईजेपाम ३  एम्पुल सहित चितवन इच्छाकामना गाउँपालिका-३ घर भएका ३९ वर्षीय कृष्ण गुरूङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१२ लम्साल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय निशान भण्डारी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-१० तेलकानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिपुल शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-११ कालिका सिमसारस्थित जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २८ वर्षीय आकाश माङ्‌मु लिम्बु तुम्बापो र २७ वर्षीय देबी प्रसाद बस्नेत रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१८ गिठेपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बडहरा बस्ने ३० वर्षीय सुरेश चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय घोराहरीबाट खटिएको प्रहरीले रा.१ ह ५०५२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक सुरेशलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित होल्डिङ सेन्टर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित बेदकोट नगरपालिका-७ बसन्तपुर बस्ने २९ वर्षीय अजय डगौरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ग्राम सहित भीरकोट नगरपालिका-४ छाङछाङदी बस्ने ३९ वर्षीय राम काजी घर्ताङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख ८३८ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-६ बस्ने ३४ वर्षीय जिवन बिक्रम बुढालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सप्तरी, बोदेबरसाईन नगरपालिका-२ गौराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ५ ग्राम २ सय ३० मिलिग्राम सहित खडक नगरपालिका-५ खोजपुर बस्ने ६२ वर्षीय अमिन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१-००५ प २८८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, कानेपोखरी गाउँपालिका-२ थारू चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ४ सय ग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीया रूपमनी चौधरी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  बझाङ, जयपृथ्वी नगरपालिका-६ नौरा बस्ने ३२ वर्षीय बिमल कुमार सिंहलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३५ ग्राम ७ सय ८० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । डडेलधुरा, अजयमेरू गाउँपालिका-१ मदुराड बस्ने ४५ वर्षीय सन्तोष भण्डारीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ७१ ग्राम ४ सय ६० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखराबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-९ भुतबंगलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ७ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-८ बस्ने भारत बिहार घर भएका ३० वर्षीय गुड्डु आलमलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ता समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१२ कुनवारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६२ मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय अर्जुन राजभरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ४ किलोग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरील पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भूमे गाउँपालिका-२ बस्ने ४० वर्षीय बिरोध बुढा र रोल्पा थवाङ गाउँपालिका-२ बस्ने ३१ वर्षीया जानपुरा झाक्री मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट खोपीचारबाट खटिएको प्रहरीले लु.प्र-०१-०११ प १४७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०३-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय वाङ्दी लामा, भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने रामेछाप घर भएका ३८ वर्षीय ललित बहादुर तामाङ, काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी ३४ वर्षीया सन्तोषी लामा, काठमाडौं चन्द्रागिरी नगरपालिका-८ बस्ने ४१ वर्षीय रामदास महर्जन र काठमाडौं महानगरपालिका-१५ बस्ने २९ वर्षीय सरिब गिरी रहेका छन् । पक्राउ मध्ये वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ, ललित बहादुरले कोसोभो पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, सन्तोषीले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ, रामदासले युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ४५ लाख रूपैयाँ र सरिबले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले वाङ्दीलाई काठमाडौं महानगरपालिका-४ बाट आइतबार, ललित बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट र सन्तोषीलाई काठमाडौं महानगरपालिका-१५ बाट शनिबार, रामदासलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार र सरिबलाई काठमाडौं काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको  हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०३-१७

कञ्चनपुर, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-७ बस्ने १९ वर्षीय आंशु महता, २० वर्षीय जगदिश भट्ट र १९ वर्षीय दिपक चन्द रहेका छन् । भीमदत्त नगरपालिका-४ महेन्द्र बजारस्थित गल्ली नम्बर ५ बाट पार्किङ गरी राखेको बा.प्र.३-०२-०१४ प ८४३६ नम्बरको मोटरसाइकल सोमबार दिउँसो चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भीमदत्त नगरपालिका-१८ जानकी टोलबाट चोरी भएको मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिकी दूतावासद्वारा डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न उपकरण हस्तान्तरण
२०८३-०३-१६

काठमाडौं, नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू हस्तान्तरण गरिएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रम बिच उक्त उपकरणहरू हस्तान्तरण गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवम् विकासको लागि उन्नत डिजिटल फरेन्सिक उपकरणहरू, विशेष सफ्टवेयर र प्राविधिक सहयोग समेत प्रदान गर्दै आइरहेको चर्चा गर्दै यस किसिमका सहयोगहरू दुई देश बिचको विश्वास, मित्रता र साझा प्रतिबद्धताको प्रतिबिम्ब समेत भएको बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणहरूले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै यस उपकरणहरूको सहयोगबाट डिजिटल प्रमाणहरूको प्राप्ती, संरक्षण तथा विश्लेषणमा थप स्पष्टता एवम् सहजीकरण हुने बताउनुभयो । यस्ता उपकरणहरूको सहयोगबाट प्रविधिजन्य अपराध अनुसन्धानमा थप मद्दत पुग्ने र आपतकालीन अवस्थामा छिटो छरितो परिणाम संकलनमा समेत मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका आधुनिक उपकरणहरूले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवम् प्रमाण संकलनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।  कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, अमेरिकी राजदुतावासका प्रतिनिधिहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

लुटपाटमा संलग्न चार जना पक्राउ
२०८३-०३-१६

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं धापासी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका ४३ वर्षीय राम शरण दमाई, काठमाडौं टोखा नगरपालिका-१ बस्ने ३८ वर्षीय सविन खवास, काठमाडौं गौरीघाट बस्ने पर्सा ठोरी गाउँपालिका-४ घर भएकी ४३ वर्षीया लक्ष्मी गोले र काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-५ घर भएका ४६ वर्षीय शेर बहादुर मोक्तान रहेका छन् ।  शेर बहादुरको कोठामा पीडितलाई असार ९ गते ५/६ जना समूहमा आएका मानिसहरूले प्रहरी हौं भनि डर त्रास देखाई धाक धम्की दिई हतकडी लगाई १० लाख ९५ हजार रूपैयाँ, मोबाइल र बैंकको चेकहरू डाँका चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ समेत बरामद गरेको छ ।   उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०३-१६

धनकुटा, सहिदभूमि गाउँपालिका-७ साप्टिङ्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ७ सय ९० ट्याब्लेट र डाइक्लोमाइन ३ हजार ७ सय ९० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ बस्ने २३ वर्षीय अजित कार्की र १९ वर्षीय उज्वल राई रहेका छन् ।  प्रहरी चौकी आँखीसल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १ -०२-०५६ प ९४५८ र को.३६ प ६१७३ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न
२०८३-०३-१६

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रम बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक अनोज भण्डारी, सर्वद्वितीय एवम् प्रहरी कारबाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. राज कुमार श्रेष्ठ, सर्वतृतीय एवम् कवाज प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक बसन्त समाल मगर, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. ज्योति शर्मा, शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायव निरीक्षक डम्बर सार्की र चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक सन्तोष चन्दलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहाँले तालिम सम्बन्धी गतिबिधि समेटिएको पुस्तक ‘सङ्कल्प’ को विमोचन समेत गर्नुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले प्रशिक्षार्थीहरूलाई सफलतापूर्वक आधारभूत तालिम सम्पन्न गरेकोमा हार्दिक बधाई दिँदै आगामी व्यावसायिक जिवनको शुभाकामना समेत दिनुभयो । नेपाल प्रहरीमा प्राविधिक समूहले अपराध नियन्त्रण एवम् अनुसन्धान, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायतका संगठनको मुख्य जिम्मेवारीका क्षेत्रहरूमा अतुलनीय सहयोग पुर्‍याउँदै आएको चर्चा गर्दै तालिमबाट आर्जन गरेको पेशागत ज्ञान, सीप र कौशललाई सम्पूर्ण प्रशिक्षार्थीहरूले मन, वचन र कर्मले आ-आफ्नो कार्यक्षेत्रमा लागु गर्दै उच्चस्तरको कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । राज्यले सुम्पेको जिम्वारीलाई कुशलतापूवर्क वहन गर्न सक्ने दक्ष तथा योग्य जनशक्ति उत्पादनको लागि प्रतिष्ठान सदैव प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउनु भएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत माघ २१ गतेबाट संचालित १०० दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक २४ जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक २८ जना गरी कुल ६३ जना प्रशिक्षार्थीहरूले सफतलापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो ।   कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८३-०३-१६

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुर बजारबाट अवैध लागूऔषध गाँजा ३ सय ६० ग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीया बच्ची साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय जीतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक शर्मालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित मधुवन नगरपालिका-७ बस्ने २४ वर्षीय अजय सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, प्रहरी वृत्त जगाती समेतबाट खटिएको प्रहरीले काभ्रे बनेपा नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ७ सय ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-२ घर भएकी २३ वर्षीया ग्रीष्मा राई र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ घर भएका २८ वर्षीय सहकुल बानिया रहेका छन् । सूर्यविनायक नगरपालिका-८ सिपाडोलबाट २३ वर्षीय राज थापालाई नियन्त्रित लागूऔषध ट्रामाडोल सहित आइतबार प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा थापाले उक्त लागूऔषध काभ्रे बनेपा नगरपालिका-८ बाट खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात प्रहरीले ग्रीष्मा र सहकुललाई समेत पक्राउ गरेको हो ।  मोरङ, पथरी शनिश्चरे नगरपालिका-६ पिप्लेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय प्रदिप मण्डललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका-३ कालापानी घर भएका २९ वर्षीय बिशाल भुजेललाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ३४ ट्याब्लेट र नगद १० हजार रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम र नगद १५ हजार ३ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने तनहुँ ब्यास नगरपालिका-५ दमौली घर भएका ३८ वर्षीय कृष्ण बहादुर विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, बिन्दावासिनी गाउँपालिका-४ अमरपट्टीबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित बहुदरमाई नगरपालिका-८ बस्ने ५८ वर्षीय मनोहर सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सिराहा, धनगढिमाई नगरपालिका-३ कुर्वा टोल बस्ने ६५ वर्षीय जोगिन्द्र साहलाई अवैध लागूऔषध गाँजा १४ किलोग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-१६

मोरङ, ७ वर्षीय वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा केराबारी गाउँपालिका-३ तल्लो हचुवा बस्ने ५५ वर्षीय बुद्धि बहादुर विश्वकर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । बुद्धि बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  सोलुखम्बु, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुदुधकुण्ड नगरपालिका-७ नाजिङ डेरा गरी बस्ने माप्यदुधकोशी गाउँपालिका-५ घर भएका ३७ वर्षीय ग्याल्जेन शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ग्याल्जेनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी दोर्पुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब ७ सय ७५ किलो गाँजा सहित ट्रक चालक पक्राउ
२०८३-०३-१५

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ कोलबोटेबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ७५ किलोग्राम सहित पाख्रीबास नगरपालिका-१ सान्ने घर भई सुनसरी इटहरी उपमहानगरपालिका-१ आँपगाछी बस्ने ३३ वर्षीय परिक्षण कुँवरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ४६३५ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको ढाला भित्र प्लास्टिकमा सेतो टेपले प्याक गरेको २५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक परिक्षणलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०३-१५

सुनसरी, धरान उपमहानगरपालिका-२० ओशोपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १६ ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीय डिल्लीराम भन्ने सुजन थापा र मोरङ सुन्दरहरैँचा नगरपालिका-५ बस्ने २२ वर्षीय सुजित थापा रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१८ घोपा क्याप अगाडिबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ७ ट्याब्लेट र ट्रामाडोल १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१८ बस्ने ३४ वर्षीय दिलिप चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१ डेरा गरी बस्ने ओखलढुङ्गा घर भएका ३२ वर्षीय मनोज काफ्ले समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र नगद २ लाख १० हजार ४ सय ३५ रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले मनोजको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-४ मुनालचोक डेरा गरी बस्ने भारत पंजाव लुबियाना खानाकुण्ड कला भालुवाचोक किरात बस्ने ३३ वर्षीय दिनेश कुमार चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-१ अत्तरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ किलो २ सय ३६ ग्राम सहित सोही नगरपालिका-२ बस्ने ३८ वर्षीय धर्म धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ता चोकबाट नियन्त्रित लागूऔषध ओपीडोल ४ सय ९० ट्याब्लेट र स्पास्पेन ४ सय ९० ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ श्रीपुर बस्ने २१ वर्षीय दिपक राज पोखरेल र २५ वर्षीय पुरन मगर रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले स.२ प ७८७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, सुन्दरहरैँचा नगरपालिका-६ बस्ने २० वर्षीय बिकुल राई समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले बिकुलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-९ बस्ने २६ वर्षीय सरोज कुमार थारू र ३० वर्षीय सुबास चौधरी रहेका छन् । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले लु.प्र ०१-०१३ प ९६०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-६ ओकुबाहलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सुर्खेत घर भएका १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले प्र.३ ०२-००६ प ५७०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, ललितपुर महानगरपिका-६ न्हेफ: गल्ली डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-१० घर भएका २२ वर्षीय दोर्जे भन्ने साहिल लामालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट र नाइट्राजेपाम २ सय ८० ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१ सिम्पानीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३२ वर्षीय सुमन लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-६ पंधेरोबाट सोही महानगरपालिका-३३ बागमारा घर भएका २७ वर्षीय निशान बोलखे समेत ३ जनालाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले निशानको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-७ लुम्फाजुङबाट अवैध लागूऔषध गाँजा २० किलोग्राम सहित सोही गाउँपालिका-५ बस्ने २४ वर्षीय बिशेष राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाबजारबाट खटिएको प्रहरीले डाँडाबजारबाट ओख्रेतर्फ जाँदै गरेको बा.६४ प १४३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका-१२ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सिपाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १८ ट्याब्लेट र अवैध लागूऔषध गाँजा ५५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राज थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-६ ऐटपुर बस्ने २५ वर्षीय सुनिल राम लुहारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रम ३ सय ४० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५ ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिलगुडी चम्पासरी दार्लिङ बस्ने ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ५३०४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   दाङ, तुलसीपुर उपमहानगरपालिका-९ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ कृष्ण मन्दिर बस्ने ३८ वर्षीय माधव केसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९७ ग्राम ८ सय १० मिलिग्राम सहित मायादेवी गाउँपालिका-६ दुर्गौलिया घर भएका ३४ वर्षीय जगदिश यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको   छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ बस्ने २१ वर्षीय राहुल तिरूवा र १९ वर्षीय सुरेश खनाल रहेका छन् । प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-६ बस्ने २३ वर्षीय प्रमेश थारूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, टीकापुर नगरपालिका-८ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २३ वर्षीय प्रशान्त थापा र जानकी गाउँपालिका-३ लायकपुर बस्ने २४ वर्षीय अर्जुन ऐडी रहेका छन् । प्रहरी चौकी कालाकुण्डा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-६ बस्ने २१ वर्षीय किरन भट्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ अत्तरियास्थित ममता सेकुवा सेन्टरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २ किलो ९५ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सेकुवा सेन्टरका संचालक सोही ठाउँ बस्ने डडेल्धुरा घर भएका ४५ वर्षीय शंकर कुमार शाही र धनगढी उपमहानगरपालिका-१ बस्ने कञ्चनपुर घर भएका ५२ वर्षीय मिन राज भट्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले  सेकुवा सेन्टर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । गोरखा, गण्डकी गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ जट्टार बस्ने २२ वर्षीय गोविन्द चेपाङ र चितवन इच्छाकामना गाउँपालिका-३ चुमखोला बस्ने ४० वर्षीय उत्तर कुमार गुरूङ रहेका छन् । प्रहरी चौकी भुम्लिचोकबाट खटिएको प्रहरीले बा.८४ प ८८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, डुडुवा गाउँपालिका-२ बाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५ ग्राम ७ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय राजेन्द्र लोनियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   दार्चुला, महाकाली नगरपालिका-९ बेतबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम सहित मालिकार्जुन गाउँपालिका-१ भर्तोला बस्ने २६ वर्षीय मनिष सामन्तलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प २९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम २ सय मिलिग्राम र नगद ३२ हजार रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१३ शिवधारा घर भएका ३३ वर्षीय बिक्की राई र हरिनगरा गाउँपालिका-२ बस्ने २३ वर्षीय अरबाज सिदी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, सहिदभूमि गाउँपालिका-३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ बस्ने ३१ वर्षीय कपिल कार्की, ३४ वर्षीय सन्देश राई, सोही गाउँपालिका-६ बस्ने २९ वर्षीय पर्वत कार्की, सोही गाउँपालिका-३ बस्ने २० वर्षीय युकेश राई र २३ वर्षीय ओविन राई रहेका छन् । इलाका प्रहरी कार्यालय छिन्ताङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८९ ग्राम ७ सय २० मिलिग्राम सहित भारत पश्‍चिम बंगाल बनिहारी दक्षिण दिनाजपुर गंगारामपुर बस्ने ३२ वर्षीय चंचल सिकदारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित झापा कमल गाउँपालिका-५ बस्ने २८ वर्षीय पुजन थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख २९६५ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-१४

सल्यान, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका-३ डाँडाकटेरी बस्ने ३० वर्षीय बिरेन्द्र बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  झापा, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-५ शिवगंज बस्ने ४५ वर्षीय मनोज माझीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । मनोजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०३-१३

काठमाडौं, काठमाडौं महानगरपालिका-११ भोटेबहालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ६ सय ५० ट्याब्लेट र नगद ३५ हजार ३ सय ५० रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-११ घर भएका २६ वर्षीय अनिल गिरीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.६४ प ५०९२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ हेटौंडाबाट अवैध लागूऔषध अफिम (चोप) ४ किलो ४ सय २० ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-४ घर भएका ५४ वर्षीय राज कुमार लामा र हेटौंडा उपमहानगरपालिका-१५ घर भएका ४० वर्षीय राज कुमार तितुङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ मानस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१७ कान्छी चोक बस्ने २५ वर्षीय निशान कार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   दाङ, तुलसीपुर उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम १ सय ४० मिलिग्राम र नगद २४ हजार ८ सय ५० रूपैयाँ सहित सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय सचिन नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी दाङ, घोराही उपमहानगरपालिका-११ डोक्रेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५१ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय मानव बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम र नगद ४ हजार रूपैयाँ सहित मधुवन नगरपालिका-५ ताराताल बस्ने २८ वर्षीय खगेन्द्र शाहीलाई शुक्रबार राति पक्राउ गरेको छ । प्रहरी चौकी कालिका समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-८ चादनी चोकस्थित राठोर मेडिकल स्टोरबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय ५० ट्याब्लेट सहित मेडिकल स्टोर संचालक सोही ठाउँ बस्ने ४५ वर्षीय बिमलेस सिंह राठोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्झनाबाट खटिएको प्रहरीले मेडिकल स्टोर तलासी गर्दा उक्त लागूऔषध फेला उनलाई पक्राउ गरेको हो । यसैगरी बाँके, जानकी गाउँपालिका-६ पिप्रहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम  सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१४ ढोडपुर बस्ने २६ वर्षीय कमलेश खटीक र जानकी गाउँपालिका-६ बस्ने ४८ वर्षीय सभान अली रहेका छन् । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ७० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१३ बस्ने २८ वर्षीय रघु थारू समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-८ बस्ने २७ वर्षीय अरूण चौधरी र २७ वर्षीय धन प्रसाद अधिकारी रहेका छन् । प्रहरी चौकी कालाकुण्डा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०३-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२६ बस्ने बारा घर भएका ४१ वर्षीय गगन बहादुर स्याङतान, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही घर भएका २८ वर्षीय निर्जल बस्नेत र काठमाडौं टोखा नगरपालिका-५ बस्ने दाङ घर भएका ३२ वर्षीय बल बहादुर चन्द ठकुरी रहेका छन् । पक्राउ मध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ४ लाख ३० हजार रूपैयाँ, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९० हजार रूपैयाँ र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गगन बहादुरलाई काठमाडौं महानगरपालिका-३ बाट बिहीबार तथा निर्जललाई ललितपुर महानगरपालिका-३ बाट र बल बहादुरलाई काठमाडौं महानगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो । पक्राउ मध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०३-१२

कञ्चनपुर, बेदकोट नगरपालिका-६ सिसैया बस्ने २८ वर्षीय सुरेन्द्र रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-७ मन्दिरपुर बस्ने २६ वर्षीय सुनिल डगौरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम र नगद ८ हजार ४ सय ४५ रूपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरील उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-८ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-७ बस्ने १९ वर्षीय भोज राज ओझा, १९ वर्षीय अर्जुन नेपाली र १९ वर्षीय बिष्णु खत्री रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
२०८३-०३-१२

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८६ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका ४२ वर्षीय टेक बहादुर थापा मगर र सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २४ वर्षीय सन्त बहादुर बस्नेत रहेका छन् । पक्राउ मध्ये टेक बहादुरलाई ६ ग्राम ७ सय २० मिलिग्राम खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका-१७ ढल्कुबाट मंगलबार र सन्त बहादुरलाई ८० ग्राम खैरो हेरोइन सहित ललितपुर महानगरपालिका-७ बालकुमारीबाट बिहीबार पक्राउ गरेको   हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ८ सय २० मिलिग्राम सहित काठमाडौं कोटेश्वर बस्ने भारत बिहार पुर्वी चम्पारण-१७ परेउवा रौक्सौल घर भएका २९ वर्षीय नरेश कुमार ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०२-००१ ज ०५९९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-२ माथिलो भंगालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका २८ वर्षीय जंग बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-६ बौद्ध चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू काठमाडौं चुच्चेपाटी बस्ने २५ वर्षीय अर्जुन मास्के र ललितपुर सातदोबाटो बस्ने झापा घर भएका २४ वर्षीय बिशाल सुनुवार रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले प्र.३-०२-००२ प ४०२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित आनन खाजा घरबाट नियन्त्रित लागूऔषध ट्रमाडोल २ सय ५७ ट्याब्लेट सहित खाजा घर संचालिका सोही ठाउँ बस्ने मकवानपुर घर भएकी २५ वर्षीया गौरी देवी बलामी समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण सुन्ताखानबाट अवैध लागूऔषध गाँजा २ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अबिनाश खत्री समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    सुनसरी, धरान उपमहानगरपालिका-१७ फोकल्याण्डबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार १ सय ८५ ट्याब्लेट र कोलिवान ४ हजार १ सय ८५ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय आङदावा तामाङ र १९  वर्षीय बुद्ध दर्जी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, रामधुनी नगरपालिका-६ सौरना बस्ने ४८ वर्षीय विजय राजधामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ ग्राम ९ सय ३० मिलिग्राम र नगद ६३ हजार ८ सय २० रूपैयाँ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ भरौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८ ग्राम र नगद १ लाख ८२ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४२ वर्षीय बिष्णु धामी र ३६ वर्षीय रूद्र बहादुर सुवेदी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-५ सुब्बा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने रोशन श्रेष्ठ र अर्जुनधारा नगरपालिका-६ बस्ने २६ वर्षीय प्रबिण श्रेष्ठ रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित चुलाचुली गाउँपालिका-३ बस्ने २६ वर्षीय बिवेक राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-१० कालाखुट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय गोरू भन्ने नसरू मिया र ६० वर्षीया अक्लिमा खातुन रहेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ रूपाटोल बस्ने ३२ वर्षीय ईन्द्र प्रसाद गिरी र सोही नगरपालिका-७ निलकण्ठ टोल बस्ने ३८ वर्षीया सन्जु खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-१० दनुवार बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय अस्पात शेखलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने पाँचथर घर भएका  २४ वर्षीय हितेश तावाहाङ र १९ वर्षीय निरोज तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय अनिल लुईटेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित सोही नगरपालिका-७ बोक्तोबारी बस्ने १६ वर्षीय बालकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका-१ कौसिलानजर बस्ने २६ वर्षीय जोग बहादुर विकलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१० रामघाटबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम २१ एम्पुल र नोर्फिन १८ एम्पुल सहित सोही ठाउँ बस्ने ३२ वर्षीय विकास नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१६ याङकुली महाबिहार दौबाहालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र नगद ६ हजार ५० रूपैयाँ सहित सोही महानगरपालिका-११ बंगलामुखी ईखाछे बस्ने भक्तपुर घर भएका २१ वर्षीय दिप्सन दर्शनधारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित सोही महानगरपालिका-९ बस्ने ३० वर्षीय जिबन महर्जनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-८ भोलढोकाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-१० बस्ने ३४ वर्षीय साजन तण्डुकारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार १ जनाको खोजी गरिरहेको छ ।  रूपन्देही, देवदह नगरपालिका-१० चरङगेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सागर परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-५ भेटघाट चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ४० ट्याब्लेट र डाइक्लोमाइन २ हजार २ सय ४० ट्याब्लेट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २१ वर्षीय सुरज ऋषिदेव, २७ वर्षीय लुखिराम सोरेन, धनपालथान गाउँपालिका-४ बस्ने ४८ वर्षीय उमर हुसेन र सुनबर्सी नगरपालिका-२ बस्ने २२ वर्षीय सागर गनगाई रहेका छन् । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय प्रेम योगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०३-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१० बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-१ घर भएका २३ वर्षीय सन्देश चौधरी, नवलपरासी पश्चिम देवचुली नगरपालिका-५ घर भएका ५३ वर्षीय भगवत प्रसाद थारू, ललितपुर, ललितपुर महानगरपालिका-२६ बस्ने चितवन भरतपुर महानगरपालिका-४ घर भएका ४० वर्षीया सरस्वती बारघरे र काठमाडौं महानगरपालिका-२९ बस्ने ३७ वर्षीय विकास दाहाल रहेका छन् । पक्राउ मध्ये सन्देशले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, भगवतले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रूपैयाँ, सरस्वतीले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ र विकासले क्यानडा  पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्देशलाई काठमाडौं महानगरपालिका-३ बाट र भगवतलाई काठमाडौं महानगरपालिका-४ बाट बुधबार तथा सरस्वतीलाई ललितपुर महानगरपालिका-२६ बाट र विकासलाई काठमाडौं महानगरपालिका-६ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

एक महिनाको अवधिमा १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ
२०८३-०३-११

काठमाडौं, नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।  जसमध्ये उपत्यकाबाट १ सय ६९ जना, कोशी प्रदेशबाट २ सय १२ जना, मधेश प्रदेशबाट ७३ जना, बागमती प्रदेशबाट १ सय ३७ जना, गण्डकी प्रदेशबाट ४६ जना, लुम्बिनी प्रदेशबाट १ सय ८२ जना, कर्णाली प्रदेशबाट ५२ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय १५ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट ५० जना पक्राउ परेका हुन् ।    सो अवधिमा अवैध लागूऔषध गाँजा ३ हजार ७ सय ३० किलो २ सय ६५ ग्राम ७ सय १५ मिलिग्राम, चरेस ७ सय ४६ ग्राम ७ सय ६४ मिलिग्राम, हेरोइन २ किलो ६ सय ८६ ग्राम १ सय ७६ मिलिग्राम, अफिम ९३ किलो ८ सय ३२ ग्राम ८ सय ३७ मिलिग्राम, कोकिन १ किलो ५ सय ग्राम, पोलेन ८ किलो ७ सय ५१ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम २ हजार ३ सय ३५ एम्पुल, फेनारगन १ हजार ७ सय ९४ एम्पुल, बुप्रेनोर्फिन १ हजार ९ सय २२ एम्पुल, ट्रामाडोल ४ लाख ६२ हजार २ सय १० ट्याब्लेट, नाइट्राभेट १२ हजार २ सय १४ ट्याब्लेट र स्पास्मो ५ हजार ४ सय ५९ ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।    लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । साथै प्रहरीले समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।

एक महिनाको अवधिमा २ हजार १ सय ८२ जना फरार प्रतिवादीहरू पक्राउ
२०८३-०३-११

काठमाडौं,  नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार १ सय ८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १७ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय २६ जना, कोशी प्रदेशबाट ३ सय ५ जना, मधेश प्रदेशबाट ५ सय ३९ जना, बागमती प्रदेशबाट ३ सय ६० जना, गण्डकी प्रदेशबाट १ सय ३२ जना, लुम्बिनी प्रदेशबाट ३ सय २० जना, कर्णाली प्रदेशबाट ६३ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय २० जना पक्राउ परेका हुन् । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८ सय ७ वर्ष १ महिना १३ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । साथै उनीहरूबाट २३ करोड ४४ लाख ४३ हजार ८ सय ९१ रूपैयाँ जरिवाना असुल उपर गरिएको छ । फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ । कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान संचालन गरी कार्य गर्दै आइरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३२ जना पक्राउ
२०८३-०३-११

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ सुन्दरबस्ती भंगालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ सय ६० मिलिग्राम र नगद १२ हजार ४ सय ५ रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-३ बस्ने ४२ वर्षीय राजेश कुवर र बुढानिलकण्ठ नगरपालिका-८ भंगाल बस्ने चितवन घर भएका ३८ वर्षीय बनोद भट्ट रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पोखरिया नगरपालिका-९ सम्बारी घर भएका १९ वर्षीय तारिफ आलम र  बारा कलैया उपमहानगरपालिका-१६ उत्तर झिट्कैया घर भएका २३ वर्षीय लोकेन्द्र राम चमार रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ६४७ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २६ ग्राम ७ सय मिलिग्राम सहित ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २७ वर्षीय राजन राई, २८ वर्षीय अभिषेक भुजेल, २८ वर्षीय सुमन राई, ४० वर्षीय सन्देश राई, उदयपुर बेलका नगरपालिका-४ बस्ने २७ वर्षीय रबिन राई र उनकै श्रीमती १९ वर्षीया आयुषा राई रहेका छन् । इलाका प्रहरीले कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले को.२ ह ८९९२ नम्बरको अटोका चालक राजन र अटोमा सवार अभिषेकलाई २ ग्राम ८ मिलिग्राम, प्रदेश १-०२-०४६ प ९०५४ नम्बरको मोटरसाइकलमा सवार रबिन र उनकै श्रीमती आयुषालाई १६ ग्राम ३१० मिलिग्राम र स.११ प ४१४० नम्बरको मोटरसाइकलमा सवार सुमन र सन्देशलाई ८ ग्राम ३ सय १० मिलिग्राम ब्राउसनगुर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-९ बगैंचा चोक डेरा गरी बस्ने २५ वर्षीय फुर्मा गुरूङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ४ ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, रामधुनी नगरपालिका-५ लगुना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २७ वर्षीय शिशिर गुँरागाई र इटहरी उपमहानगरपालिका-१६ टिकुलिया टोल बस्ने रामधुनी नगरपालिका-५ घर भएका २५ वर्षीय बिमल लम्साल रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले को.२७ प ९४३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २३ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-७ बस्ने २७ वर्षीय सनम धिमाल र सोही गाउँपालिका-६ बस्ने २० वर्षीय प्रदिप दास रहेका छ्न् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ६३७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको   हो । साथै प्रहरीले सोही ठाउँबाट हल्दिबारी गाउँपालिका-३ बस्ने १५ वर्षीय बालकलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३१ मिलिग्राम सहित पक्राउ गरेको छ ।   यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ खुकुरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २० वर्षीय सुनिल पासवान र २१ वर्षीय उदय पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित इलाम सूर्योदय नगरपालिका-११ बस्ने ४५ वर्षीय रनधिर प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-१ भजनी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम, १३ हजार भारतीय रूपैयाँ र ८ हजार १ सय ४० नेपाली रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-१ घन्टाघर बस्ने २५ वर्षीया प्रेयंका चौधरी र भजनी नगरपालिका-८ सोनाफाँटा बस्ने २२ वर्षीया कमला परियार रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, कैलारी गाउँपालिका-५ पबेराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सुशान्त चौधरी र गौरीगंगा नगरपालिका-८ बस्ने ३३ वर्षीय हेइमन बखरिया रहेका छ्न् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-३ बस्ने ३० वर्षीय मनकुमार मगर र २४ वर्षीय हर्क बहादुर तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बेलबारी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २१ वर्षीय निरज चौधरी र २३ वर्षीय मनिष तामाङ रहेका छन् । अस्थायी प्रहरी चौकी सोमबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, जानकी गाउँपालिका-६ दशेरी बिगाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५७ वर्षीय इतवरीलाल गडरिया समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-४ मदाह बस्ने २९ वर्षीय अजय चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
२०८३-०३-११

काठमाडौं, गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको अभियोगमा काठमाडौं साविक मातातिर्थ गाविस-७ बस्ने ४७ वर्षीया चेतन ए.एम.(पौडेल) लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई चन्द्रागिरी नगरपालिका-८ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा चन्द्रागिरी नगरपालिका-८ मा संचालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा उनले नपाएको चिकित्सकको उपाधिको प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीहरुको आधुनिक चिकित्सा निदान उपचारमा संलग्न रहेको एवम् बिरामीलाई औषधि सिफारिस समेत गर्ने गरेको खुल्न आएको छ । उनी उपर मुलुकी अपराध संहिता, २०७४ को इलाज सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अमेरिकी डलर तथा सुनचाँदी जस्तो देखिने धातु सहित भारतीय नागरिक पक्राउ
२०८३-०३-११

काठमाडौं, काठमाडौं महानगरपालिका-२५ ठहिटीबाट अमेरिकी डलर तथा सुनचाँदी जस्तो देखिने धातु सहित सोही ठाउँ बस्ने भारत सांगली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भएका ३३ वर्षीय अमित इरगोन्डा घालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको ज्याठा ठहिटी एरियामा अवैध रूपमा विदेशी विनिमय अमेरिकी डलर र राजस्व छली गरी सुनचाँदीहरू ओसारपसार, भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमितलाई अमेरिकी डलर ३४ हजार ५ सय, नेपाली नगद ७ लाख ३० हजार रूपैयाँ, ७५ ग्राम तौलको सुन जस्तो देखिने धातुका विभिन्न टुक्राहरू १७ थान र २ किलो ६ सय ग्राम तौलको चाँदी जस्तो देखिने धातुका विभिन्न आकारको टुक्राहरू सहित पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन सम्पन्न
२०८३-०३-१०

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित समारोह बिच प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन, २०८३ सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझावहरू एवम् निचोडहरू प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण हुने बताउनुभयो । नेपाल सरकारको प्राथमिकताका विषयहरूलाई आत्मसात् गरी नागरिकको अपेक्षा अनुरूप संविधान तथा प्रचलित कानुनले निर्दिष्ट गरेको जिम्मेवारी प्रति निष्पक्ष रही उच्च व्यावसायिकताका साथ कार्यसम्पादन गर्न प्रहरी कर्मचारी सदैव प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूले राखेको जिज्ञासाहरूको निरूपण गर्दै अपराधको स्वरूप एवम् प्रवृत्तिको परिवर्तनले थप चुनौतीहरू देखा परेको उल्लेख गर्दै संगठित अपराध, साइबर अपराध, लागूऔषध, मानव बेचबिखन, आर्थिक अपराध, सामाजिक संजालको दुरूपयोग गरी गलत सूचना/मिथ्या सूचना प्रवाह गर्ने लगायतका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप क्रियाशील हुनुपर्ने बताउनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुने अपराध प्रति संवेदनशीलता अपनाई पीडितमैत्री व्यवहारका साथ सम्बोधन गर्नुपर्ने बताउँदै अपराध नियन्त्रण एवम् अनुसन्धानमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखी समुदायसँग समन्वय गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्नेमा उहाँले जोड  दिनुभयो । साथै यस सम्मेलन मार्फत विगतको अनुभव, सूचना संकलन, असल अभ्यासहरू, स्रोतसाधन तथा प्रविधिको प्रयोग, अन्तर सुरक्षा निकाय बिचको आपसी समन्वय लगायतमा अनुभवको आदान-प्रदान र सम्मेलनबाट प्राप्त भएका सुझाव एवम् निष्कर्षहरू आगामी दिनमा कार्यक्षेत्रमा अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, संचार निर्देशनालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसरहरू काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख तथा प्रतिनिधिहरूले प्रहरी कार्यसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूमा प्रस्तुतीकरण गर्नुभएको थियो । समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, उपत्यकास्थित प्रहरी वृत्त एवम् प्रभागका प्रमुखहरूको उपस्थिति रहेको थियो ।नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकको जीउधनको सुरक्षा, अपराध नियन्त्रण एवम् प्रभावकारी अनुसन्धानलाई आफ्नो मूल दायित्वको रूपमा आत्मसात् गर्दै आइरहेको छ । बद्लिदो अपराधको स्वरूप, प्रविधिको तीव्र विकास र जनअपेक्षाको वृद्धिसँगै प्रहरी कार्यलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउनु आजको आवश्यकता रहेको परिपेक्षमा यीनै विषयहरूको समीक्षा, अनुभवको आदान-प्रदान तथा आगामी कार्यदिशा निर्धारण गर्ने उद्देश्यले यस सम्मेलनको आयोजना गरिएको हो । प्रहरी कार्यको वार्षिक समीक्षा गरी चुनौती तथा कमीकमजोरीको बारेमा अनुभव आदान-प्रदान गर्दै सुधारका क्षेत्रहरू पहिचान गर्ने, प्रहरी कार्यको क्षमता अभिवृद्धिको बाटो पहिल्याउने एवम् प्रहरी कार्यको प्रभावकारीतामा वृद्दि गरी, शान्ति सुरक्षा अमनचयन कायम गराउन नीतिगत, संरचनागत लगायत समग्र सुधारका क्षेत्रहरू पहिचान गरी आगामी कार्यदिशा तय गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । 

आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न
२०८३-०३-१०

काठमाडौं, “लागूऔषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस 26 June 2026” को अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ ।आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती नबिना खत्री कार्कीले केन्द्रमा बुधबार आयोजित कार्यक्रममा खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबल, क्यारिम बोर्ड, बुसे, क्रिकेट, संगीत, नृत्य, लेख रचना, टेबल टेनिस र चेसतर्फ विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा केन्द्रकी अध्यक्ष कार्कीले केन्द्रमा उपचाररत सदस्यहरू बीच आपसी भाइचारा तथा सदभाव कायम गरी मनोबल उच्च राख्न स्वस्थ प्रतिस्पर्धा गराई संचालन गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा आफ्नो प्रतिभा देखाई विजयी भएका उपचाररत सदस्य खेलाडीहरूलाई बधाई दिनुभयो । केन्द्रकी अध्यक्ष कार्कीले ‘लागूऔषधको चुनौती चिनौं: सामाजिक समाधानको बाटो खोजौं’ भन्ने राष्ट्रिय नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । साथै यस केन्द्रमा उपचाररत सदस्यहरूले केन्द्रको बसाईको क्रममा प्राप्त गरेका असल शिक्षा र ज्ञानलाई आत्मसात गरी आफ्नो श्रीवृद्धिमा खर्चिनु पर्नेमा उहाँले जोड दिनुभयो ।केन्द्रकी सचिव श्रीमती रोजी तुलाधर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगीत, नृत्य एवम् कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०३-१०

झापा, बिर्तामोड नगरपालिका-३ भाटभटेनी छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम र नगद १३ हजार २ सय ६० रूपैयाँ सहित अर्जुनधारा नगरपालिका-५ बस्ने ५० वर्षीय भरत मोहरालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ७८५६ नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा चालक भरतको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-१७  बस्ने २० वर्षीय अरमान मियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-२ घर भएका ४२ वर्षीय सविन आचार्य र काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ बस्ने भारत बिहार पुर्वी चम्पारण रामधरवा पिपलपाती घर भएका ३६ वर्षीय सफिकुर रहमान रहेका छन् । पक्राउ मध्ये सविनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६५ रूपैयाँ र सफिकुरले फिनल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सविनलाई काठमाडौं महानगरपालिका-१२ बाट र सफिकुरलाई गोकर्णेश्‍वर नगरपालिका-८ बाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०३-१०

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।पीडित महिलाको अश्लिल तस्विर/भिडियो दुरूपयोग गरी सामाजिक सञ्जाल डिसकोर्ड तथा टेलिग्राममा समेत पोष्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३८ जना पक्राउ
२०८३-०३-१०

कैलाली, धनगढी उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका-१६ बस्ने सुरेश बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ भल्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-७ डाँडावनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ३० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ राजिपुर बस्ने ३३ वर्षीय संन्जय नगार्जी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, कैलारी गाउँपालिका-७ हौसलपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम ४ सय मिलिग्राम सहित भारत लखिमपुर खिरी बेलापर्शुवा बस्ने ४७ वर्षीय हरि चन्द्र कठरियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोड डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१६ बस्ने ३८ वर्षीय प्रकाश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी दाङ, राप्ती गाउँपालिका-१ आँपखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय राज विश्वकर्मा र सोही गाउँपालिका-१ नयाँबसपार्क बस्ने २८ वर्षीय योगेश पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले राजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ लखुवार बस्ने ३५ वर्षीय बसन्त डिसीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही उपमहानगरपालिका-१४ ट्राफिक रोडस्थित होटलबाट खरिद गरेको भन्ने खुल्न आएपश्‍चात उक्त होटल तलासी गर्दा होटलमा बसिरहेका सोही उपमहानगरपालिका-४ लक्ष्मीपुर बस्ने २५ वर्षीय गोपाल चौधरी, बंगलाचुली गाउँपालिका-८ स्वामिघाट बस्ने २७ वर्षीय शरद कुमार खत्री र २३ वर्षीय निम बहादुर खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित फेला पारी प्रहरीले पक्राउ गरेको   छ । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१५ सरस्वती गार्मेन्ट टोल डेरा गरी बस्ने रोल्पा घर भएका ३१ वर्षीय महेन्द्र रोका मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लहान नगरपालिका-१० बस्ने २३ वर्षीय मो. कलाम मन्सुरी र लहान नगरपालिका-६ बस्ने २३ वर्षीय आयुष भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म.प्र ०१-००५ प ०९२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । रूपन्देही, कञ्चन गाउँपालिका-४ भैरवघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका-४ बस्ने ३८ वर्षीय यकेश्वर पुन र ३८ वर्षीय प्रकाश थापा रहेका छन् । इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।अर्घाखाँची, शितगंगा नगरपालिका-१२ हिलेखोला बस्ने ५२ वर्षीय मान बहादुर रोकाहालाई अवैध लागूऔषध गाँजा ८ सय ४७ ग्राम ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ ट्याब्लेट र डाइक्लोमाइन १४ ट्याब्लेट सहित भोजपुर षडानन्द नगरपालिका-१३ बस्ने २७ वर्षीय अनिल पुलामी मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दार्चुला, महाकाली नगरपालिका-४ मोहतीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १३ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने दुहु गाउँपालिका-४ घर भएका ४३ वर्षीय राजेन्द्र सिह कुँवरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-६ बस्ने २४ वर्षीय किरण तिरखाती र २१ वर्षीय सुदिप टमटा रहेका छन् । प्रहरी चौकी मोहम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ नयाँ बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ६८ ट्याब्लेट सहित कालिकोट खाँडाचक्र नगरपालिका-६ बस्ने २२ वर्षीय गणेश शाहीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बाराकुण्डा बस्ने २७ वर्षीय योगी धामी, २३ वर्षीय प्रकाश भण्डारी, सोही नगरपालिका-१ भाँसी बस्ने २३ वर्षीय बालचन्द्र धामी र सोही नगरपालिका-१० बस्ने २५ वर्षीय गणेश बिष्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  झापा, झापा गाउँपालिका-४ सुकुमबासीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका-१ बस्ने ३९ वर्षीय सुर्दशन डांगी, शिवसताक्षी नगरपालिका-११ बस्ने २४ वर्षीय राम दर्जी, गौरादह नगरपालिका-९ बस्ने २४ वर्षीय बिजय मुर्मु र इलाम इलाम नगरपालिका-४ बस्ने २७ वर्षीय सन्तोष राई रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने २२ वर्षीय प्रमेश रत्नेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका-१ बस्ने ३३ वर्षीय सागर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उप-महानउरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने बराहक्षेत्र नगरपालिका-१० घर ३३ वर्षीय आशिस मगर र उनकै श्रीमती २२ वर्षीया ममता माझी (मगर) रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-१०

काठमाडौं, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने कैलाली घोडाघोडी नगरपालिका-१० घर भएका २२ वर्षीय गणेश विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गणेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पर्वत, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फलेवास नगरपालिका-९ ओख्रेनी बस्ने ६८ वर्षीय बल बहादुर पौडेल क्षेत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको  छ । बल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाम, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-३ माझगाउँ सिंहमाई टोल बस्ने ६० वर्षीय माईला भन्ने बुद्ध प्रकाश राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बुद्ध प्रकाशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०३-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिशाल बानिया, काठमाडौं महानगरपालिका-१४ बस्ने २९ वर्षीय रिजन खङी र ललितपुर सातदोबाटो बस्ने कैलाली घर भएका २३ वर्षीया प्रिन्सी शाह रहेका छन् । पक्राउ मध्ये बिशालले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, रिजनले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८५ हजार रूपैयाँ र प्रिन्सीले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिशाल र रिजनलाई काठमाडौं महानगरपालिका-१४ बाट सोमबार र प्रिन्सीलाई ललितपुर महानगरपालिका-४ बाट मंगलबार पक्राउ गरेको  हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
२०८३-०३-१०

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने झापा दमक नगरपालिका-४ शान्तिटोल बस्ने ४८ वर्षीया मीना तिवारी र काठमाडौं महानगरपालिका-६ बस्ने सविता कार्की रहेका  छन् ।    जिल्ला अदालत झापाबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी मीनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ तिनकुनेबाट सोमबार पक्राउ गरेको हो । साथै  साविक पुनरावेदन अदालत पाटनबाट २०७१ वैशाख २९ गते उक्त मुद्दामा ३ वर्ष कैद सजाय र नगद ८ करोड ५० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी सवितालाई गोकर्णेश्‍वर नगरपालिका-४ बाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये मीनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ भने सवितालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।  

स्रोत नखुलेको रकम सहित पक्राउ
२०८३-०३-१०

काठमाडौं, काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट स्रोत नखुलेको नगद १६ लाख ५० हजार रूपैयाँ सहित सोही ठाउँस्थित मोबाईल होम नामक ईलेक्ट्रिक पसलका संचालक भारत राजस्थान घर भएका ४४ वर्षीय दिलिप अग्रवाल मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । साथै काठमाडौं महानगरपालिका-२२ प्यूखाबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित काठमाडौं तारकेश्वर बस्ने नुवाकोट ककनी घर भएका २२ वर्षीय सबिन तामाङ र काठमाडौं बाफल बस्ने ७३ वर्षीय बिनोद अग्रवाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम प्रदान
२०८३-०३-०९

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम १७ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक बिनोद सिलवालले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक सिलवालले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २८  गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान १६ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ६ सय ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने भारत चित्रकोट नगर जयपुर राजस्थान घर भएका ४१ वर्षीय अरपित वशल समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बलराम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ७० मिलिग्राम सहित सोही गाउँपालिका-५ ईमिलिया बस्ने २६ वर्षीय तिर्थु रानालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-२ बगौरा बस्ने ३३ वर्षीय प्रदिप थारूलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ४० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । रूपन्देही, रोहिणी गाउँपालिका-२ खरबिन्द्र टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ३५ एम्पुल, बुप्रेनोर्फिन १ सय ३५ एम्पुल र फेनारगन १ सय ३५ एम्पुल सहित सोही गाउँपालिका-१ हनुमान गडिया बस्ने ३८ वर्षीय बिर्जु यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६६ ट्याब्लेट र  अवैध लागूऔषध गाँजा ५० ग्राम सहित सर्लाही घर भएका २७ वर्षीय अजय कुमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०५२ प ०५७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१३ बङ्गलामुखी मन्दिर नजिक बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४० ट्याब्लेट, गाँजा ४ सय ग्राम, पोलेन ३० ग्राम र नाइट्रोभेट ११ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनको घर तालासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२६ ठमेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट, स्पास्पेन ४ ट्याब्लेट र स्पास्मो ४ ट्याब्लेट सहित काठमाडौं डल्लु बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-२ घर भएका २३ वर्षीय निशान्त सुन्दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, लेटाङ नगरपालिका-८ जाँते तेलीखोला झोलङ्गेपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट सहित सोही नगरपालिका-६ सुकेचौरी बस्ने २१ वर्षीय निउस राई समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले को.२२ प ६४८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ मयुरधाप बस्ने २६ वर्षीय प्रनिक कार्की समेत ८ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ७० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १३ ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट र डिकोलिक १० ट्याब्लेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय राकेश नेपाली र १९ वर्षीय आशिष विष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१६ अमहवास्थित जङ्गलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७० एम्पुल, फेनारगन ७० एम्पुल र बुप्रेनोर्फिन ७० एम्पुल सहित सोही ठाउँ बस्ने ४७ वर्षीय जलालुदिन चुरियारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-५ पन्थापाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१० बस्ने २२ वर्षीय रोहित कटुवाल र २७ वर्षीय संतोष राजवंशी रहेका छन् । प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-२ रजवारा मिलन शिबिर बस्ने २५ वर्षीय रूकेश डगौरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-३ सुन्दरवस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही ठाउँ  बस्ने ३५ वर्षीय अरूण खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, भेरीगंगा नगरपालिका-५ बबईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २० वर्षीय कृष्ण परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र ०२-००१ ख १००९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०३-०९

भक्तपुर, भक्तपुर नगरपालिका-१ नगरकोटमोड बस्ने महोत्तरी मिथिला नगरपालिका-९ घर भएका २८ वर्षीय आकाश रसाईलीको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका ३१ वर्षीय आयष कार्की, झापा घर भएका २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी घर भएका ३५ वर्षीय रमेश कुवँर रहेका छन् । उनीहरूले धारिलो हतियार चक्कु प्रहार गर्दा आकाश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दुधपाटीबाट खटिएको खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका आकाशको केएमसी अस्पताल सिनामंगलमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

टर्की र बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपिका-७ बस्ने बारा निजगढ नगरपालिका-१३ घर भएका ४९ वर्षीय सुरेश गिरी र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने संखुवासभा चैनपुर नगरपालिका-३ घर भएका ७० वर्षीय बिर बहादुर श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये सुरेशलाई टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र बिर बहादुरले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका-१२ बाट र बिर बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-१ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइको छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०३-०९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने ५६ वर्षीय माधव श्रेष्ठ र काठमाडौं महानगरपालिका-४ बसुन्धारा बस्ने तनहुँ भानु नगरपालिका-८ घर भएका ४३ वर्षीय रामचन्द्र अधिकारी रहेका छन् ।  उच्च अदालत पाटनको २०७९ माघ २९ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका माधवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ बाट पक्राउ गरेको हो । यसैगरी जिल्ला अदालत काठमाडौंको २०८२ साउन ११ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत १ महिना १५ दिन कैद सजाय र २ लाख २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका रामचन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बालाजुबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३१ जना पक्राउ
२०८३-०३-०८

बर्दिया, बाँसगढी नगरपालिका-३ बाट अवैध लागूऔषध अफिम १५ किलो ३ सय ४० ग्राम र नगद ३४ हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-४ घर भएकी ३० वर्षीया सन्ध्या घर्ती मगर र बाँसगढी नगरपालिका-३ घर भएकी ४२ वर्षीया मिना रोकाया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेची बिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका-१ बस्ने १९ वर्षीय नुमसिक लिम्बुलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम र नगद १९ हजार ५ सय रूपैयाँ सहित मेचीनगर नगरपालिका-१३ बस्ने २३ वर्षीय आशिष गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जाजरकोट, भेरी नगरपालिका-४ रानागाउँ बस्ने ४२ वर्षीय पर्शुराम थापालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७२ ग्राम ९ सय मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मोरङ, पथरी शनिश्चरे नगरपालिका-९ बस्ने २५ वर्षीय अमन लिम्बु समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-२१ लकडिगोठबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९२ ग्राम ३ सय मिलिग्राम सहित भारत मधुवनी पदमाहा ग्राम पञ्चायत-२ जोगिया टोल बस्ने २८ वर्षीय छोटु भन्ने रंजित कुमार पासवान समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै ढुङ्गा मुढा प्रहार गरी भाग्न खोजे पश्चात प्रहरीले गोली प्रहार गर्दा रंजित घाइते भएका थिए । घाइते रंजितको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका-२ जब्दी बस्ने २३ वर्षीय निश्चल कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७० वर्षीया सरातुन खातुन र उनकै बुहारी २० वर्षीया सेविका सरदार रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ जनताबस्तीस्थित पिपलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २७ ट्याब्लेट, स्पास्पेन १ सय २७ ट्याब्लेट र नगद २ हजार ७० रूपैयाँ सहित इटहरी उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय प्रकाश मादेन समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१३ देवीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित धरान उपमहानगरपालिका-१३ बस्ने ३२ वर्षीय माकुने भन्ने राज कुमार तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ३ मिलिग्राम सहित ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय शिव नारायण राना, २९ वर्षीय राम अवतार राना, २४ वर्षीय सुवास राना, २७ वर्षीय सुवास राना, २७ वर्षीय जस्मन्त राना र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ फाप्ला क्रिकेट ग्राउण्ड नजिकैबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २ ग्राम ६३ मिलिग्राम सहित सोही उपमहानगरपालिका १३ बस्ने २० वर्षीय बेनी माधव खड्का समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र गाँजा ४ ग्राम ३ सय ४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय अस्पात अन्सारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाजुरा, बडिमालिका नगरपालिका-९ अस्पताल लाइनबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय ३० मिलिग्राम र गाँजा ४० ग्राम १ सय ९० मिलिग्राम सहित  गौमुल गाउँपालिका-४ बस्ने २४ वर्षीय पुरन रोकायालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बस्तीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ४० मिलिग्राम सहित जाजरकोट जुनिचाँदे गाउँपालिका-६ बस्ने २६ वर्षीय ललित बहादुर शाही समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यलय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ
२०८३-०३-०८

कास्की, चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ शिवनगर टोल बस्ने सर्लाही लालबन्दी नगरपालिका-१७ घर भएका ३५ वर्षीय भुवन बहादुर साह शंकर र कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भएका ३५ वर्षीय बिराज सुनार रहेका छन् । पोखरा महानगरपालिका-१५ मेरिगोल्ड बस्ने मनिसा थापाको घरबाट गत २४ गते सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न भुवनलाई प्रहरी प्रभाग काँडाघारी काठमाडौंको सहयोगमा पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा चोरी गरिएका सुनका गरगहना बिराजलाई बिक्री गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ८१ हजार ५ सय रूपैयाँ समेत बरामद गरेको छ । उनी उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०३-०७

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित बोहोरा गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१५ घर भएका ३० वर्षीय प्रदिप केसी, २६ वर्षीय ललित केसी र सोही उपमहानगरपालिका-१४ घर भएका २९ वर्षीय रविन चौधरी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३२ बालकुमारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ग्राम सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली टीकापुर नगरपालिका-५ घर भएका २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका-३ घर भएका २० वर्षीय निरज कुमार मण्डल र पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथी आक्रमण गरी भाग्न खोज्दा प्रहरीले  गोली प्रहार गर्दा किशोर प्रसाद घाइते भएका थिए । घाइते भएका किशोर प्रसादको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाँके, खजुरा गाउँपालिका-५ उढरापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम १ सय ९० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही गाउँपालिका-५ उढरापुर बस्ने ३१ वर्षीय मुजमिल खाँ लाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-१५ चन्नहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१५ बस्ने ३२ वर्षीय राम प्रकाश थारू र ३३ वर्षीय करण थारू रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि लागूऔषध खरिद गर्न आएका अन्य ५ जनालाई समेत नियन्त्रणमा लिएको छ । उदयपुर, चौदण्डीगढी नगरपालिका-३ देउरालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८५ ट्याब्लेट र स्पास्मो २ सय ८५ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ मकम डाँडा बस्ने २६ वर्षीय जाल कुमार राई र ३० वर्षीय किलर भन्ने नेत्रमन राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले प्र.१-०२-००५ ह ३८१८ नम्बरको अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक जाल कुमार र अटोमा सवार नेत्रमनलाई पक्राउ गरेको हो । यसैगरी उदयपुर, कटारी नगरपालिका-४ कान्छिबजारबाट नियन्त्रित लागूऔषध टापेन्डाडोल ५६ ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३४ वर्षीय कृष्ण गोले तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  अछाम, मंगलसेन नगरपालिका-८ ग्यानेगैडी बस्ने ५७ वर्षीय भैरव प्रसाद भाटलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-१० पात्लेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सुनसरी देवानगन्ज नगरपालिका-५ साहेबगन्ज बस्ने २६ वर्षीय पप्पु भन्ने सनि कुमार मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-१५ निम्बुखेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने समिर नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय शंकर चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, कोशी गाउँपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याब्लेट सहित धरान उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय एमिल राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ नारायणी महलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ९ हजार ६ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१ पानसुके चोक डेरा गरी बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका-४ हेटौंडा क्याम्पस नजिक डेरा गरी बस्ने भारत घर भएका ४६ वर्षीय रामजी बानियाँ सँग उक्त लागूऔषध खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात रामजीको कोठा तलासी गर्दा १२ ग्राम ३ सय ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद १२ हजार ६ सय रूपैयाँ फेला पारी रामजीलाई समेत प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानको लागि रामजीको श्रीमतीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ पिप्लेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ मयुरधाप घर भएकी २४ वर्षीया अंजलि तामाङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, दुधौली नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम र नगद ७ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २७ वर्षीय प्रमोद साह र सोही नगरपालिका-९ बस्ने २० वर्षीय उमेश रूचाल रहेका छन् । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले स.७ प ७३६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  इलाम, इलाम नगरपालिका-९ भन्ज्याङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३० वर्षीय बिजय नेम्बाङ लिम्बु र सन्दकपुर गाउँपालिका-२ माईमझुवा बस्ने २१ वर्षीय सुदिप गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलाम समेतबाट खटिएको प्रहरीले  मे.९ प ८८६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-५ भेडुबाथानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० हजार ५ सय ट्याब्लेट सहित भारत विहार अररिया सिक्टी थाना आँपगाछी पञ्चायत लेटी गाउँ १४ बस्ने २५ वर्षीय अभिषेक कुमार मण्डललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ ए एच ८७९८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ७० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-३ बस्ने १९ वर्षीय तबरेज मन्सुर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३४ प ९९६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०३-०६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३२ वर्षीय सबिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने २९ वर्षीय लक्ष्मण बिष्टलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-७ भीमापुर बस्ने १९ वर्षीय सनम थारूलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ जेपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय बेख लाल राना र २८ वर्षीय भक्तु राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  उदयपुर, कटारी नगरपालिका-६ बैनाज पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित सोही नगरपालिका-४ सिम्ले डेरा गरी बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-६ बाउनटार घर भएका ३० वर्षीय नर बहादुर पुलामी मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-७ गुनाहाना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २९ वर्षीय वसिम जसगढ समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनुषा, धनौजी गाउँपालिका-३ कटैया चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट सहित हंसपुर नगरपालिका-१ मानसिपट्टी बस्ने २० वर्षीय ओम मण्डल समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी  चौकी धनौजीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२-०३-०१७ प ६०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१९ शिवपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो १ सय ग्राम सहित बारा घर भएका ५० वर्षीय राम कनाही महतोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  झापा, गौरादह नगरपालिका-२ डिठ्ठा चोक बस्ने ३१ वर्षीय विवेक राजवंशी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक समेतबाट खटिएको प्रहरीले विवेकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.१-०१-०१२ प ५६६८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुल अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-९ गरामनी बस्ने ३५ वर्षीय राज कुमार कामती र उनकै श्रीमती ३३ वर्षीया मनिका कामती रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले मे.९ प ४०७१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-७ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय समिर राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सप्तरी, बोदेबरसाईन नगरपालिका-९ स्वर्णपट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३१ ग्राम ९ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका-८ पोखरिया बस्ने ३८ वर्षीय त्रिलोकी चौधरी र सोही नगरपालिका-७ भङ्हा टोल बस्ने ३२ वर्षीय सन्तलाल दास रहेका छन् । इलाका प्रहरी कार्यालय कडरबोना समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.७ प ८५२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-११ तीनघरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका-१ बस्ने ३१ वर्षीय भुबन राय र ३६ वर्षीय सन्जु तामाङ रहेका छन् । प्रहरी चौकी तीनघरेबाट खटिएको प्रहरीले झापाबाट पाचँथरतर्फ जाँदै गरेको मे.८ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
२०८३-०३-०६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने अर्घाखाँची घर भएका २८ वर्षीय सन्तोष अधिकारी, काठमाडौं महानगरपालिका-३ बस्ने दाङ घर भएका २९ वर्षीय हेमन्त केसी, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सुनसरी घर भएका ४२ वर्षीय सुक देव राई, सोही नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३४ वर्षीय मनिष पोदार, काठमाडौं महानगरपालिका-१६ बस्ने रूपन्देही घर भएका ४७ वर्षीय राम रतन मिश्र, काठमाडौं टोखा बस्ने कास्की घर भएका ३९ वर्षीय अमृत अधिकारी र काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट घर भएका ३५ वर्षीय मिर इसलामाना रहेका छन् । पक्राउ मध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ३० हजार रूपैयाँ, सुक देवले सर्विया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १३ लाख रूपैयाँ, मनिषले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, रामले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र मिरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ६३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोष र हेमन्तलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार, सुक देवलाई बुढानिलकण्ठ नगरपालिका-११ बाट बिहीबार तथा मनिषलाई काठमाडौं महानगरपालिका-१२ बाट, रामलाई काठमाडौं महानगरपालिका-१६ बाट, अमृतलाई काठमाडौं टोखाबाट र मिरलाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार पक्राउ गरेको  हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-०६

काठमाडौं, बहुविवाह मुद्दाका फरार प्रतिवादी काभ्रे पनौती नगरपालिका-५ बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर भएका ४२ वर्षीय द्वारीका पोखरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत भक्तपुरको २०७१ वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद सजाय र ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-९ साँगाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।  

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८३-०३-०५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६ सिपाली चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३ सय ५० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ चिसापानी चोक बस्ने ५० वर्षीय इन्द्र भन्ने खडानन्द चौलागाई र ३८ वर्षीय बिष्णु भन्ने निल बहादुर दाहाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । धनकुटा, सहिदभूमी गाउँपालिका-६ थलथले बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ ट्याब्लेट, स्पास्मो २ ट्याब्लेट र डाइक्लोमाइन २ ट्याब्लेट सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-७ बस्ने २९ वर्षीय दर्शन राई, सोही नगरपालिका-१० बस्ने २८ वर्षीय नमुनेश भुजेल र सहिदभूमी गाउँपालिका-२ साम्बुगाउँ बस्ने २३ वर्षीय आयुष राई रहेका छन् । प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट प्र.३-०२-००१ प ८४३० नम्बरको स्कुटर र बा.प्र.०२-०५०प ६५६६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । बर्दिया, मधुवन नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३९ वर्षीय मेहदी हसन अन्सारी र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय भुपेन्द्र राना क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-८ शिवनगर बस्ने २५ वर्षीय हरी भन्ने प्रभान्नद न्यौपानेको घरबाट लिएको भन्ने खुल्नासाथ उनको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय १० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार प्रभान्नदको खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०३-०५

काठमाडौं महानगरपालिका-७ मित्रपार्कस्थित चुलेसी थकालीबाट अवैध लागूऔषध पोलेन करिब १ सय ग्राम र गाँजा ५० ग्राम सहित थकालीका सञ्चालक बारा निजगढ नगरपालिका-१० घर भएका ४५ वर्षीय कृष्ण नेपाल समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका -४ गोकर्ण उत्तरबाहिनी नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने मकवानपुर फापरबारी घर भएका २० वर्षीय अनिल तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-६ जोरपाटी स्‍थित छहारी क्लब चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने काभ्रे तेमाल घर भएका २३ वर्षीय साजन तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, महानगरपालिका-१६ बाइपास चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७० ट्याब्लेट सहित काठमाडौं सितापाइला बस्ने उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका २२ वर्षीय विपिन राईलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बागमती एएए ८००४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । पाँचथर, फिदिम नगरपालिका-१ मेनलाईन बस्ने २४ वर्षीय रोजन सुबेदी समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम र नगद १७ हजार ९ सय २५ रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले रोजनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम ३ सय १० मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१५ बस्ने ३२ वर्षीय दिपक सहनी, २७ वर्षीय मो.कफिल र सुन्दरहरैंचा नगरपालिका-५ बस्ने २५ वर्षीय दिपेश पोखरेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १८ मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-९ बस्ने २२ वर्षीय नगीन्द्र दर्जी र कनकाई नगरपालिका-३ बस्ने ३७ वर्षीय बल बहादुर सुवेदी रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल नगरपालिका-११ मगरघाटबाट अवैध लागूऔषध गाँजा करिब १ किलो २ सय ग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीया कला रानालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मकवानपुर, भीमफेदी गाउँपालिका-२ भैंसेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ८ ट्याब्लेट सहित सोही गाउँपालिका-२ कालीटार बस्ने २४ वर्षीय सुजल थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले हेटौंडाबाट भैंसेतर्फ आउँदै गरेको बा.प्र ०२-०६० प ४२२२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ पृथ्वी चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन २ सय  एम्पुल, फेनारगन २ सय एम्पुल र डाईजेपाम २ सय एम्पुल सहित रूपन्देही मायादेवी नगरपालिका-१२ घर भएकी २१ वर्षीया जिनी रावललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कपिलवस्तु, वाणगंगा नगरपालिका-५ झण्डा बस्ने २० वर्षीय अर्जुन थारूलाई अवैध लागूऔषध गाँजा करिब ३ सय २६ ग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोपवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, बर्दगोरिया गाउँपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही गाउँपालिका-६ जगतपुर बस्ने २० वर्षीय माइकल डगौरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-६ बस्ने २५ वर्षीय गणेश लामिछाने र २५ वर्षीय गोबिन्द घर्ती मगर रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको सु.प.प्र.०१-००८ प १३४३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । बर्दिया, गुलरिया नगरपालिका-८ जाजरकोटबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ९ सय २६ ग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट बारेकोट गाउँपालिका-४ बस्ने ४६ वर्षीय यन बहादुर रावत, ४२ वर्षीय लोकेन्द्र बहादुर रोकाय र रोल्पा गंगादेवी गाउँपालिका-६ बस्ने ४८ वर्षीय केश सिंह केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै  उनीहरूले प्रयोग गरेको भे.९ प ६२९६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडाँ मैलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१० राजपुर बस्ने २ जना १७ वर्षीय किशोरहरूलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प ९६५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०३-०५

 काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित ब्लु नोट कफि बारबाट स्रोत नखुलेको नगद २२ लाख रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-६ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-५ घर भएका ४७ वर्षीय तारालाल विश्‍वकर्मा र काठमाडौं महानगरपालिका-१६ बस्ने पर्वत मोदी गाउँपालिका-७ घर भएका ५० वर्षीय होम बहादुर केसी रहेका छन् । उक्त बारमा अभौतिक मुद्रा सम्बन्धी कारोबार गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-१० झिम पुलबाट स्रोत नखुलेको नगद ३२ लाख रूपैयाँ सहित रामनगर गाउँपालिका-३ बस्ने २८ वर्षीय गुडु कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०५-००१ प ११०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा संलग्न १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८३-०३-०४

काठमाडौं, नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३९ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले विपद् उद्दारकर्मीको रूपमा खटिँदा संवेदनशील, साहसी र अग्रसर भई आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै वैशाख ३ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान २३ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०३-०४

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-६ बासुकी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ५ सय ७० ट्याब्लेट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-६ बासुकी चोक बस्ने काभ्रे घर भएका २३ वर्षीय अनिष तामाङ, काठमाडौं महानगरपालिका-६ पाटीटार बस्ने मोरङ घर भएका ३० वर्षीय बिबेक गिरी,  गोकर्णेश्‍वर नगरपालिका-६ बस्ने २८ वर्षीय निशान देउला र गोकर्णेश्‍वर नगरपालिका-६ नयाँबस्ती बस्ने सिन्धुपाल्चोक घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित राप्ती सोनारी गाउँपालिका-९ बस्ने २० वर्षीय निरज थारू समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-११ पिपल चौतारा बस्ने १८ वर्षीय किशोरले दिएको भन्ने खुल्न आए पश्‍चात उनलाई समेत ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । झापा, मेचीनगर नगरपालिका-१० पुरानो गोरूहट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय शेख अरमानलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-८ क्याम्पस मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १ सय ४० मिलिग्राम सहित २  जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ महिन्द्रनगर टोल बस्ने २९ वर्षीय ईराज भट्टराई र सिन्धुली, सिन्धुली गाउँपालिका-१ चिसापानी बस्ने ३० वर्षीय धन बहादुर बस्नेत रहेका छन् ।  वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले प्र१-०१-०१३ प ९४८० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-३ बस्ने २६ वर्षीय सुमित राई र २५ वर्षीय आशिष मगर रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ४० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय ईश्वर राउतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।  सुनसरी, कोशी गाउँपालिका-१ लौकही भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम १ सय ७० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-४ बस्ने ४३ वर्षीय बिशे चौधरी, ४३ वर्षीय भुप नारायण चौधरी, धरान उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय एलिन जंग राणा र सोही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय सन्देश लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४७ प २०३४ नम्बरको स्कुटरमा सवार बिशे र भुप नारायणलाई ७ ग्राम ५ सय २० मिलिग्राम तथा को.३० प ४५०९ नम्बरको मोटरसाइकलमा सवार एलिन र सन्देशलाई १२ ग्राम ६ सय ५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बैतडी, दशरथचन्द नगरपालिका-४ गोठलापानी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने ३१ वर्षीय प्रविन भट्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, घोडाघोडी नगरपालिका-७ कृतिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ८० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २९ वर्षीय खेमराज मल्ल, २९ वर्षीय बालाराम पोख्रेल र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१०८ प २८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  भक्तपुर, सूर्यबिनायक नगरपालिका-१० मिलनचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने भक्तपुर नगरपालिका-१० कमलविनायक घर भएका ३१ वर्षीय सुजन शाहीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहँ, व्यास नगरपालिका-१० नयाँ गाउँबाट नियन्त्रण लागूऔषध ट्रामाडोल २ सय ५८ ट्याब्लेट र स्पास्पेन २८ ट्याब्लेट ट्याब्लेट सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय गणेश ढकाल, ३० वर्षीय कुमार परियार, २८ वर्षीय प्रशान्त केसी, सोही नगरपालिका-५ बस्ने २९ वर्षीय संजित आले र सोही नगरपालिका-९ बस्ने २७ वर्षीय दिवस थापा रहेका छन् । साथै प्रहरीले गणेशको घर तलासी गर्दा ट्रामाडोल ८२ ट्याब्लेट र नगद २७ हजार रूपैयाँ फेला पारी बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
२०८३-०३-०४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-२ बस्ने नुवाकोट घर भएकी ४६ वर्षीया शारदा कुमारी अधिकारी, कास्की पोखरा महानगरपालिका-३२ बस्ने २९ वर्षीया सुनिता सुवेदी तिवारी, भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ईलाम घर भएकी ३५ वर्षीया सावित्रा देवी अर्याल, रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बस्ने ४३ वर्षीय ऋर्षि राम पाण्डे, ३६ वर्षीया अनिता पाण्डे, सोही नगरपालिका-१ बस्ने पाल्पा घर भएकी ३५ वर्षीया अम्बिका घिमिरे र ललितपुर महालक्ष्मी नगरपालिका-१० बस्ने महोत्तरी घर भएका २२ वर्षीय योगेश कुमार यादव रहेका छन् ।पक्राउ मध्ये शारदाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, सुनिताले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, सावित्राले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ, ऋर्षि रामले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, अनिताले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, अम्बिकाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८० हजार रूपैयाँ र योगेशले ग्रीस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई टोखा नगरपालिका-२ बाट, ऋर्षि राम र अनितालाई काठमाडौं महानगरपालिका-१३ बाट, अम्बिकालाई काठमाडौं महानगरपालिका-१ बाट र योगेशलाई ललितपुर महानगरपालिका-१० बाट मंगलबार तथा सुनितालाई काठमाडौं महानगरपालिका-१२ बाट र सावित्रालाई भक्तपुर नगरपालिका-१ बाट बुधबार पक्राउ गरेको  हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-०४

काठमाडौं, अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्‍वर नगरपालिका सुन्दरीजल बस्ने दोलखा गौरीशंकर नगरपालिका-७ घर भएका ३४ वर्षीय भिम बहादुर मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा उक्त मुद्दामा कैद भुक्तान गरी रहेकोमा २०८२ भदौ २४ गते कारागारबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-८ गौरीघाटबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ । 

अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न ५ जना व्यक्तिहरू पक्राउ
२०८३-०३-०४

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा भारत बिहार बेतिया बस्ने ५ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।चितवन भरतपुर महानगरपालिका-२ बाट सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई उनीहरूले असार १ गते अपहरण गरी काठमाडौंमा ल्याई होटलमा बन्धक बनाई निज पीडितको परिवारसँग फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ बसपार्कस्थित होटल फेमिलिबाट पक्राउ गरेको हो । साथै पीडितलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।  

वन्यजन्तुको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दाका फरार अभियुक्त पक्राउ
२०८३-०३-०४

काठमाडौं, संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्रीमा संलग्न रहि फरार रहेका काठमाडौं तारकेश्‍वर नगरपालिका-८ बस्ने रसुवा उत्तरगया गाउँपालिका-९ घर भएका ३८ वर्षीय टेक बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले तारकेश्‍वर नगरपालिका-८ जरङ्खुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ । 

ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०३-०४

काठमाडौं, ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहट माधव नारायण नगरपालिका-२ बस्ने २२ वर्षीय शुभम साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले ई-सेवाबाट बोलेको, तपाइँको ई-सेवामा धेरै रिवार्ड पोइन्ट रहेकोमा किन प्रयोग नगर्नु भएको भन्दै याक एण्ड को इन्टरप्राईजेजको मोबाइलमा पटक-पटक फोन गरी ओटिपी कोड लिई नगद १ लाख ९८ हजार ४ सय ९९ रूपैयाँ ईभोलुसोन टेड्रिङ प्रालिको ई-सेवा आईडीमा रकमान्तर गरेको र ईभोलुसोन टेड्रिङबाट आइफोन लिएको खुल्न आएको छ । प्रहरीले उनको साथबाट मोबाइल ४ थान र सिमकार्ड ४ थान बरामद गरेको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन कार्यक्रम सम्पन्न
२०८३-०३-०३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित समारोह बिच अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीद्वारा लिखित ‘Police and Rule of Law’ नामक पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।  उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले यस गहन र सान्दर्भिक कृतिको सफल प्रकाशनका लागि अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यस सिर्जनाको भाव नरोकियोस तथा आगामी सिर्जनात्मक यात्रा अझ धेरै फलदायी होस् भन्ने कामना समेत गर्नुभयो । साथै अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीको कलमबाट हामीलाई मार्गदर्शन गर्ने, समाजलाई मार्गदर्शन गर्ने, मुलुकलाई समृद्धितर्फ लाने र कानुनी शासनलाई व्यवस्थित गर्न एवम् स्थापित गर्न सहयोग गर्ने किसिमका थप कृतिहरू र सिर्जनाहरू प्राप्त भइरहने समेत उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा पूर्व रजिष्टार तथा नेश्नल ल कलेजका प्राचार्य राम कृष्ण तिमल्सिना, पूर्व सचिव खेमराज रेग्मी र अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै सो अवसरमा अकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र पूर्व नायव महान्यायाधिवक्ता सूर्य कोइरालाले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका विषयवस्तु एवम् लेखकको लेखन कौशलताका बारेमा चर्चा गर्नुभएको थियो । पूर्व सचिव विश्व प्रकाश पण्डितको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा पूर्व सचिव डा. कृष्ण प्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुस्तकका लेखक अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीले धन्यवाद मन्तव्य व्यक्त गर्दै पुस्तकको विषयबस्तु सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।  कार्यक्रममा नेपाल सरकारका पूर्व सचिवहरू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-०३

झापा, सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं माछापोखरी बस्ने स्याङ्जा भीरकोट नगरपालिका-२ लुगाडाँडा घर भएका ३९ वर्षीय संजिव नेपाली र काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१२ घर भएकी ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन् ।आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनि अंग्रेजी भाषामा बोली प्रिन्स तमाङ नाम बताउने टिकटक आइडीबाट आफ्नो अनुहार समेत नदेखाई कुराकानी गरी पीडितलाई विवाह गरी अमेरिका लाने प्रलोभन/आश्वासन देखाई पटक पटक गरी      १५ लाख १० हजार ५ सय रूपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर विद्युतीय माध्यम सम्वद्ध ठगी अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-०३

रोल्पा, १५ वर्षीया र ११ वर्षीया बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा थवाङ गाउँपालिका-४ थर्पु बस्ने ५५ वर्षीय धन प्रसाद पुनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पुनले ती बालिकाहरूलाई जबजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दाङ, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१३ बस्ने २२ वर्षीय चुडामणी डाँगीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डाँगीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ
२०८३-०३-०३

पर्सा, वीरगंज महानगरपालिका-२१ स्थित ड्राईपोर्ट परवानीपुर सडकखण्डबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ सय ९ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ बस्ने ३० वर्षीय सुभाष थामी र २८ वर्षीय छत्र बहादुर थामी रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पथलैयाबाट वीरगंजतर्फ आउँदै गरेको बा.१९ च ५७३८ नम्बरको बोलेरो तलासी गर्दा प्लाष्टिकले बेरिएको ८ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी चालक सुभाष र बोलेरोमा सवार छत्र बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०३-०३

कैलाली, कैलारी गाउँपालिका-५ बड्की पलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय निराजन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-८ मालभंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, कनकाई नगरपालिका-५ र ६ को सिमानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-९ घैलाडुब्बा बस्ने २६ वर्षीय पवन कुमार चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-९ घोडामाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ७ सय ७ मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१४ बस्ने २४ वर्षीया सोनी खाती र झापा मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बस्ने ६० वर्षीया सिता राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय अविनय खतिवडालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको  छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले कलमडाँडाबाट लामसुरेतर्फ जाँदै गरेको ना.२ ह ३५७० नम्बरको अटोलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक अविनयलाई पक्राउ गरेको हो  ललितपुर, गोदावरी नगरपालिका-११ शेराफाँटबाट अवैध लागूऔषध गाँजा करिब १ किलो २ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२६ ढोललाहिटी बस्ने ओखलढुंगा घर भएका ३२ वर्षीय मिलन सापकोटा र बागलुङ घर भएका २८ वर्षीय मनिष पुन रहेका छन् । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले प्रदेश ३-०२-०१२ प ७४४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकही भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय राजेश चौधरी, सोही उपमहानगरपालिका-७ बस्ने ३० वर्षीय बिरेन्द्र कुमार चौधरी, धरान उपमहानगरपालिका-५ डेरा गरी बस्ने मोरङ लेटाङ नगरपालिका-३ घर भएका २८ वर्षीय अभिशेक विक र २८ वर्षीय संजिप विक, मोरङ उर्लाबारी नगरपालिका-१ बस्ने १९ वर्षीय बिकाश राई, १९ वर्षीय निसान सरदार, मोरङ कटहरी गाउँपालिका-५ बस्ने १९ वर्षीय निरज राम र सुनसरी बर्जु गाउँपालिका-५ बस्ने ३३ वर्षीय जितेन यादव रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले राजेश र बिरेन्द्रलाई ३ ग्राम ३ सय ६० मिलिग्राम, अभिशेक र संजिपलाई ९ ग्राम ८ सय २० मिलिग्राम, बिकाश र निसानलाई ५ सय ७० मिलिग्राम, निरजलाई १ ग्राम ७० मिलिग्राम र जितेनलाई ६ सय ८० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ किलो १ सय ८५ ग्राम सहित सोही महानगरपालिका-६ जरेबर बस्ने तनहुँ घर भएका २१ वर्षीय संगम गुरूङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले तनहुँबाट पोखरातर्फ आउँदै गरेको ग.८ प ४८४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-१४ कैलाश टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय ४३ एम्पुल, फेनारगन २ सय ३८ एम्पुल र बुप्रेनोर्फिन २ सय ३४ एम्पुल सहित सोही ठाउँ बस्ने ७३ वर्षीय अमर हमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जालमा खुकुरी देखाई कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०३-०३

दाङ, सामाजिक सञ्जालमा खुकुरी देखाई डराई धम्काई कुटपिट गरेको भिडियो पोस्ट गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । मगरले पीडित युवतीलाई जंगलमा लगी खुकुरी देखाई डराई धम्काई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  । साथै प्रहरीले उनको घरबाट नियन्त्रित लागूऔषध Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट फेला पारी बरामद गरेको छ । साथै प्रहरीले आवश्यक अनुसन्धानको लागि १ जनालाई समेत नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित दुई जना पक्राउ
२०८३-०३-०३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी घर भएका ४० वर्षीय बेचन मिया र चिनियाँ नागरिक ५१ वर्षीय YO YOULONG रहेका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले कतार एयरको उडानद्वारा काठमाडौंबाट कतार जान लागेका बेचनको साथबाट कतारी रियाल ४२ हजार ४ सय र चाइना ईष्टर्नको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका YO YOULONG को साथबाट अमेरिकी डलर ७ हजार ५ सय फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०३-०२

कैलाली, कैलारी गाउँपालिका-५ बड्कीपलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय आशाराम चौधरी र २५ वर्षीय अरमान चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-५ पुरानो भद्रपुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ५० वर्षीय तमिज आलमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२२ झोलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलो ६ सय ग्राम सहित सोही उपमहानगरपालिका-२२ चकरी बस्ने ३० वर्षीय नाईस बाबु तामाङ समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले चकरीबाट अमलेखगंजतर्फ आउँदै गरेको ना.२ ह ११६० नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, मधुवन नगरपालिका-५ स्थित १७ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही नगरपालिका-५ गाउँ नम्बर ९ शान्तिपुर टोल बस्ने २३ वर्षीय रमेश चुदारालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०३-०२

सिराहा, गोलबजार नगरपालिका-७ चहोर्वाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ७ सय १५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने ३६ वर्षीय रोकेन्द्र बहादुर सुनुवार र भारत पटना धनरूवा ग्राम पंचायत बस्ने ३० वर्षीय रोहित कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले धर्मपुरबाट चहोर्वातर्फ आउँदै गरेको नम्बर प्लेट नभएको अटोमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रमममा गोलबजार नगरपालिका-१० बस्ने ६० वर्षीय छक बहादुर सुनुवारको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा २२ किलोग्राम गाँजा फेला पारी उनलाई समेत पक्राउ गरेको छ । रूकुम पश्चिम, त्रिबेणी गाउँपालिका-२ सिम्रुत बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २९ वर्षीय कमल पुन र २० वर्षीय राजन पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले बिमैचाबाट सिम्रुत बजारतर्फ आउँदै गरेको भे.१२ प ५०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बगुवा बस्ने ४५ वर्षीय योगेश न्यौपानेलाई नियन्त्रित लागूऔषध स्पास्मो २ सय ९० ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ गणेश लक्ष्मीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने ३३ वर्षीय बिक्रम उदासलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रम ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम १२ ट्याबलेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सप्तरी कञ्चनरूप नगरपालिका-९ बस्ने २१ वर्षीय शिवनारायण महत्तो र २४ वर्षीय प्रदिप यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२ पिपल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने २८ वर्षीय सरोज तामाङ, ३४ वर्षीय मोहन परियार, सोही उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय सुमन पासवान, सोही उपमहानगरपालिका-१ बस्ने २९ वर्षीय दिपेश राना मगर र २२ वर्षीय सक्षम केसी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, धनपालथान गाउँपालिका-४ कर्सियाबाट अवैध लागऔषध गाँजा करिब ८ सय ग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय गोपाल सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो  ।यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ७० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-३ बस्ने ३१ वर्षीय कमल कुमार राम, पथरी शनिश्चरे नगरपालिका-८ बस्ने २५ वर्षीय शंकर माझी र सुनसरी दुहबी नगरपालिका-८ बस्ने २५ वर्षीय संदिप कार्की रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-३ भोटे पुल बस्ने २७ वर्षीय बीरगंज आङदम्बेलाई नियन्त्रित लागूऔषध स्पारेष्ट ९६ ट्याब्लेट र ट्रामाडोल ९५ ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ सैनिकमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिगग्राम सहित सोही नगरपालिका-४ डेरा गरी बस्ने सोही नगरपालिका-३ घर भएका ३९ वर्षीय गणेश प्रसाद ओलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले प्र.१-०१-००३ ह ०४०८ नम्बरको सिटि सफारीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गणेशलाई पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९० मिलिग्राम सहित दमक नगरपालिका-३ बस्ने २७ वर्षीय बिकास भुजेल समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ४ प ५७०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-३ गिरूबारीबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र नगद २३ हजार ९ सय ७८ रूपैयाँ सहित मध्यबिन्दु नगरपालिका-९ बसन्तपुर बस्ने २५ वर्षीय आशिस मल्ल ठकुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले कावासोताबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.३८ प ५६०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ८० मिलिग्राम सहित झापा कनकाई नगरपालिका-९ बस्ने ३७ वर्षीय फुर्साङग पाख्रिन तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६६७२ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गुलरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्राम, १ लाख ४३ हजार नेपाली रूपैयाँ, ९ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान सहित कृष्णपुर नगरपालिका-५ बस्ने २३ वर्षीय राजेश राना समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद तथा लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-०२

कञ्चननपुर, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुनर्वास नगरपालिका-५ ग गाउँ बस्ने ५९ वर्षीय सुका डौडेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुकाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सिराहा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका-४ बस्ने ३५ वर्षीय दिलिप सदालाई गए राति प्रहरीले पक्राउ गरेको छ । दिलिपले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २९ वर्षीय प्रवृन्ड राउतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । राउतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३-०३-०१

रूपन्देही, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सोमबार आयोजित आत्महत्या, लागूऔषध दुर्व्यसन, सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले जनचेतनामूलक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो । साथै उहाँले Hack4Safety, 2083 अन्तर्गत प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टोलीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सडक दुर्घटना, लागूपदार्थको दुर्व्यसन एवम् आत्महत्या नेपाली समाजमा गम्भीर समस्याको रूपमा देखा परेको उल्लेख गर्दै यसको न्यूनीकरणकको लागि आयोजना गरिएको यस कार्यक्रम उपलब्धीमुलक हुने विश्वास व्यक्त गर्नुभयो । प्रहरीको एकल प्रयासले समाजमा शान्ति सुव्यवस्था कायम राख्न पर्‍याप्त नहुने उल्लेख गर्दै त्यसका लागि सबै सरोकारवाला निकायको सामुहिक प्रयत्न र प्रतिबद्धता जरूरी रहेको बताउनुभयो । प्रविधिको प्रयोग मार्फत अपराधको न्यूनीकरण र सफल अनुसन्धानबाट सभ्य र शान्तिपूर्ण समाज निर्माणमा महत्वूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले स्वागत मन्तव्य एवम् कार्यक्रमको उद्देश्य तथा अवधारण प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक दयानिधी ज्ञवालीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरी केन्द्रीय संगित विद्यालयबाट ब्याण्ड डिस्प्ले प्रस्तुत गरिएको उक्त कार्यक्रममा एसिड आक्रमण तथा जलन सम्बन्धी जनचेतनामूलक प्रस्तुती एवम् लागूऔषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या तथा बालबिवाह सम्बन्धमा नाटक प्रस्तुतीका साथै लागूऔषध दुर्व्यसनबाट पीडित भई समाजमा पुन:स्थापित भएका व्यक्तिबाट अनुभव सहितको प्रस्तुती गरिएको थियो । साथै सो अवसरमा Hack4Safety, 2083 को संक्षिप्त भिडियो समेत प्रस्तुत गरिएको थियो ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि तथा पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकार्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिती रहेको थियो । विशेषगरी युवा पुस्ता, विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै बढ्‌दो साइबर अपराध, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा लगायतका विषयमा सचेतना अभिवृद्धि गर्ने जनचेतनामूलक कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । 

एक किलो ५ सय ग्राम कोकिन सहित तीन जना विदेशी नागरिक पक्राउ
२०८३-०३-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलबाट अवैध लागूऔषध कोकिन १ किलो ५ सय ग्राम सहित ३ जना विदशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सेनेगलका नागरिक ४३ वर्षीय AMADOU SARR, भारत Khanpur Village, South Delhi बस्ने ३६ वर्षीया RUBI र ३१ वर्षीया SONY रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त कोकिन फेला पारी AMADOU SARR लाई मंगलबार पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त कोकिन लिन आएका RUBI र SONY लाई सोही होटलबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फार्महाउसको आवरणमा लागूऔषधको कारोबारमा संलग्न १३ जना पक्राउ
२०८३-०३-०१

काठमाडौं, फार्महाउसको आवरणमा अवैध लागूऔषधको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंको टोखा र चन्द्रागिरीमा फार्महाउस संचालन गर्दै आएका १३ जनालाई लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नुवाकोट किस्पाङ गाउँपालिका-२ घर भएका २२ वर्षीय निमा तामाङ, २३ वर्षीय बिक्रम लामा, रूपन्देही बुटवल उपमहानगरपालिका-७ घर भएका २९ वर्षीय सागर बुढाथोकी, भक्तपुर मध्यपुर थिमि नगरपालिका-४ घर भएका ४५ वर्षीय उद्धव श्रेष्ठ, भक्तपुर चाँगुनारायण नगरपालिका-७ घर भएका २७ वर्षीय विकास काफ्ले, सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएकी ३२ वर्षीया माया विशङ्खे, कालिकोट पलता गाउँपालिका-३ घर भएका २६ वर्षीय खड्क रोकया, २७ वर्षीया कमला थामी, बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका-१ घर भएकी २९ वर्षीया मेनुका थामी, बारा जीतपुर सिमरा उपमहानगरपालिका-७ घर भएका ३४ वर्षीय प्रदिप भन्ने सञ्जय साह सोनार, पर्सा बहुदरमाई नगरपालिका-९ घर भएका ३६ वर्षीय प्रमोद प्रसाद कलवार, काठमाडौं महानगरपालिका-१६ घर भएकी ४० वर्षीया मोनिका श्रेष्ठ र सोही महानगरपालिका-७ घर भएकी २९ वर्षीया सुशिला महर्जन रहेका छन् ।  प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल २ लाख ९ हजार ट्याब्लेट, बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन गरी जम्मा २ हजार ४ सय एम्पुल, नगद ७ लाख ८७ हजार ५ सय रूपैयाँ र मोबाइल २८ थान बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले भारतबाट लागूऔषध खरिद गरी ल्याई आफ्नो फार्महाउस परिसरको जमिनमा खाडल भित्र लुकाई संञ्चय गरी माग बमोजिम बजारमा बिक्री गर्दै आएको खुल्न आएको छ ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०३-०१

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-११ सतुङ्गल घर भएका ६१ वर्षीय प्रधुमन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलाको पोष्ट भएको तस्विरमा अपशब्द तथा नकारात्मक टिप्पणी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०३-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० बस्ने ललितपुर कोन्ज्योसोम गाउँपालिका-२ घर भएका ३३ वर्षीय श्याम चौलागाई, ललितपुर गोदावारी नगरपालिका-६ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-६ घर भएका २० वर्षीय सुजन घतानी विक, काठमाडौं महानगरपालिका-१६ बस्ने बाँके राप्ती सोनारी गाउँपालिका-८ घर भएका ४३ वर्षीय यामराज खत्री र काठमाडौं कीर्तिपुर नगरपालिका-९ बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका ३३ वर्षीय सरद कुमाई रहेका छन् । पक्राउ मध्ये श्यामले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ४० हजार रूपैयाँ, सुजनले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ८ लाख ४० हजार रूपैयाँ, यामराजले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ र सरदले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्याम र सुजनलाई ललितपुर, ललितपुर महानगरपालिका-१५ बाट, यामराजलाई काठमाडौं महानगरपालिका-१६ बाट आइतबार तथा सरदलाई ललितपुर महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०३-०१

काठमाडौं, ठगी सम्बन्धी कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-११ बस्ने ४१ वर्षीय सन्तोष कुमार साह र सोही नगरपालिका-९ बस्ने ५८ वर्षीय नारायण साह सुडी रहेका छन् । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धनुषा जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्द चोकबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०३-०१

काठमाडौं महानगरपालिका-१५ चिहान घाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६३ ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने नुवाकोट घर भएका ३२ वर्षीय कुमार तामाङ समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेची किनारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८३-०३-०१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको साउदी रियल ३० हजार सहित पाल्पा रामपुर नगरपालिका-१० घर भएका १९ वर्षीय समिर बहादुर मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । हिमालय एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त साउदी रियाल फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३-०३-०१

रूपन्देही, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा लुम्बिनी साँस्कृतिक नगरपालिका-१० महिलावारस्थित लुम्बिनी विकास कोष परिसर, विश्व शान्ति दीप अगाडि सोमबार आयोजित शान्ति पदयात्रा तथा आत्महत्या, लागूऔषध दुर्व्यसन, सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित शान्ति पदयात्रा लिटल बुद्धदेखि सुरू भई अन्तर्राष्ट्रिय सभाहलमा पुगेर सम्पन्न भएको थियो । पदयात्रामा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्की, मध्यपश्चिम पृतना बुटवलका प्रमुख उपरथी हिक्मत बहादुर विष्ट, रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि तथा पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकार्मीहरू, विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो । शान्ति पदयात्रा पश्चात अन्तर्राष्ट्रिय सभाहलमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले जनचेतनामूलक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदयात्राले सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज एवम् सरोकारवाला सबै पक्षहरू एकआपसमा समन्वय गर्दै एकअर्काको सारथीको रूपमा काम गर्न सकिन्छ भन्ने सामुहिक प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको बताउनुभयो । समाजमा देखा परेका लागूऔषध दुर्व्यसनी, आत्महत्या, सडक दुर्घटना लगायतका अन्य गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नभएको उल्लेख गर्दै शान्तिपूर्ण समाज सिर्जना गर्नको लागि सबै सरोकारवाला पक्षहरूको सामुहिक प्रतिबद्धता अपरिहार्य रहेको उहाँले बताउनुभयो । साथै सबैको सामुहिक प्रतिबद्धताको माध्यमले सुरक्षाका चुनौतीहरू, शान्तिका चुनौतीहरू एवम् विकासका चुनौतीहरूलाई परास्त गर्दै आगामी दिनमा सुनौलो भविष्य कोर्न सक्षम एवम् सामर्थ्य हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले आफ्नो शुभकामना सहितको मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुका साथै जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरी केन्द्रीय संगित विद्यालयबाट ब्याण्ड डिस्प्ले प्रस्तुत गरिएको उक्त कार्यक्रममा एसिड आक्रमण तथा जलन सम्बन्धी जनचेतनामूलक प्रस्तुती एवम् लागूऔषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या तथा बालबिवाह सम्बन्धमा नाटक प्रस्तुतीका साथै लागूऔषध दुर्व्यसनबाट पीडित भई समाजमा पुन:स्थापित भएका व्यक्तिबाट अनुभव सहितको प्रस्तुती गरिएको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । जस अन्तर्गत बुटवलस्थित प्रहरी तालिम केन्द्रमा Hack4Safety र लुम्बिनीमा Peace Walk (शान्ति पदयात्रा) सञ्चालन गरेको थियो भने बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (BICC) मा Community Awareness Program (जनचेतना कार्यक्रम) आयोजना हुँदैछ ।Hack4Safety मार्फत प्रविधिमा रूचि राख्ने युवा, विद्यार्थी, डेभलपर, इन्जिनियर तथा नवप्रवर्तनकर्ताहरूसँग जोडिन खोजिएको छ । आजको सुरक्षा चुनौतीसँग जुध्न केवल परम्परागत उपाय पर्याप्त छैनन् । त्यसैलै युवाहरूलाई प्रविधिको माध्यमबाट सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग तथा प्रहरी सेवामा योगदान दिन आह्वान गरिएको छ । Peace Walk मार्फत बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्न खोजिएको छ । यस कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग प्रत्यक्ष अन्तरक्रिया र जनचेतनामूलक सन्देश प्रवाह गरिएको छ । शान्ति केवल प्रहरीको जिम्मेवारी होइन, सम्पूर्ण समाजको साझा दायित्व हो भन्ने सन्देशप्रवाह गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ ।  त्यस्तै BICC मा आयोजना हुने Community Awareness Program मार्फत विशेषगरी युवा पुस्ता, विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै बढ्‌दो साइबर अपराध, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा लगायतका विषयमा सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४३ जना पक्राउ
२०८३-०३-०१

काठमाडौं महानगरपालिका-७ कुमारीगलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३४ ट्याब्लेट र नगद ७ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ५० वर्षीया सरस्वती श्रेष्ठ समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले सरस्वतीको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-७ बस्ने ४० वर्षीय सुरज ढकाल समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ६४ मिलिग्राम र नगद १ लाख १ हजार ९ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले सुरजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१० प ९९७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २२ मिलिग्राम सहित कमल गाउँपालिका-३ बस्ने ३१ वर्षीय धनुश सहनीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । यसैगरी झापा, भद्रपुर नगरपालिका-४ तारानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-७ गरामनी बस्ने ३७ वर्षीय सुरेश सुवेदीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प ९४५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ डाँसपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-६ बस्ने २६ वर्षीय चेतन भन्ने संजय दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-३ सुतैयास्थित फुटबल ग्राउण्ड नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-१ घर भएका २६ वर्षीय समिर शाही र भारत बहराइज केवलपुर सकिन नगर रूपैडिया बस्ने ४३ वर्षीय गोपी निसार रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-६ शिव मन्दिर नजिक बस्ने २८ वर्षीय कृष्ण कुमार थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम, नगद ४० हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कृष्ण कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१७ थुकैला गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ६३ ग्राम ५ सय ३० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईच रूपैडिहा नई बस्ती बस्ने ४० वर्षीय मो. रिजवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले युपि ४० क्यू ८९२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-६ तिलखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-७ हरैयापुर बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले से.४ प ७४८१ नम्बरको मोटरासइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ७ सय २० मिलिग्राम सहित रामधुनी नगरपालिका-१ बस्ने ३२ वर्षीय अजय चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले को.२१ प ५६५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-९ आदर्श टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएकी २५ वर्षीया बिष्णु तामाङ, धनकुटा घर भएकी सरू परियार, मोरङ घर भएकी २६ वर्षीया बिमला लिम्बु, सुनसरी घर भएका २६ वर्षीय युसुब शेख र मोरङ घर भएका ४० वर्षीय जोजो लामा रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३ मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१० बस्ने ३२ वर्षीय गोपाल जोगी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कोशी गाउँपालिका-१ भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका-५ बस्ने ३३ वर्षीय सुनिल चौधरी, धरान उपमहानगरपालिका-१७ बस्ने ३२ वर्षीय धनजित राई र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका-१२ बस्ने ३४ वर्षीय पूर्ण बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-३ बस्ने २१ वर्षीय पवन सिटौला र मिक्लाजुङ गाउँपालिका-७ बस्ने २६ वर्षीय अभिषेक थापा रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१३ सन्ताउन्नबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय १५ एम्पुल, बुप्रेनोर्फिन ४ सय १५ एम्पुल र प्रोमेथाजाइन ४ सय १५ एम्पुल सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गोपी लोनियालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाट समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० आनन्द टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१३ बनस्पती घर भएकी २२ वर्षीया निर्मला मोक्तान समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले निर्मलाको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सौगात खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, बाग्मती नगरपालिका-२ धरहरा बस्ने ३० वर्षीय पवन लामाको घरबाट नियन्त्रित लागूऔषध स्पास्मो १० ट्याब्लेट र स्पारेष्ट ६ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्मती नगरपालिका-२ डुम्री टोल बस्ने ३१ वर्षाया अर्जुन सिङ्तान र मकवानपुर मनहरी गाउँपालिका-६ पर्ता टोल बस्ने २० वर्षीया एलिना तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले पवनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको छ । प्रहरी हाल फरार पवनको खोजी गरिरहेको छ । दाङ, घोराही उपमहानगरपालिका-१५ स्थित कोशेली खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद २७ हजार ७ सय ५ रूपैयाँ सहित खाजा घरका संचालक रोल्पा रून्टिगढी गाउँपालिका-१ घर भएकी ५० वर्षीया मिना घर्ती समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । इलाम, माई नगरपालिका-४ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २४ वर्षीय पदम बुढा क्षेत्री, २४ वर्षीय प्रकाश अधिकारी र सूर्योदय नगरपालिका-१ बस्ने ३० वर्षीय हिरण शंकर रहेका छन् । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले बिर्तामोडबाट दानाबारीतर्फ आउँदै गरेको मे.११ प ८५३० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३१ जना पक्राउ
२०८३-०२-३१

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ माकलबारी डेरा गरी बस्ने सोही नगरपालिका-६ नारायणटार घर भएका ३२ वर्षीय नवाङ शेर्पालाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय १५ एम्पुल, फेनारगन १ सय १४ एम्पुल, डाइजेपाम १ सय १७ एम्पुल र नगद २५ हजार ५० रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३५ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ दक्षिणढोका बस्ने पाँचथर घर भएका १९ वर्षीय अमित राई र काठमाडौं गोकर्ण बस्ने ईलाम घर भएका २९ वर्षीय आयुष रानामगर रहेका छन् । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-२३ गैरीगाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० हजार ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा सिम्रौनगढ नगरपालिका-३ बस्ने ३५ वर्षीय जितेन्द्र पासवान, भारत सितामणी जानकी स्थान-१८ बस्ने ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दाम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले गैरीगाउँबाट नख्खुतर्फ आउँदै गरेको बागमती प्रदेशको बिएडी ९२०१ नम्बरको कार र कारसँगै आइरहेको बा.५२ प ४५६७ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई कारलाई तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-६ पाटन सुन्धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित सोही महानगरपालिका-८ लोल बस्ने मकवानपुर घर भएका ३१ वर्षीय दिपक बलामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-७ हेम नारायण चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम २ सय मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २२ वर्षीय राजा यादव, सोही नगरपालिका-१२ बस्ने २० वर्षीय पहलाद कुमार यादव र २० वर्षीय सनि मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय  सिराहा समेतबाट खटिएको प्रहरीले स.५ प ३९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ गोलपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित दैलेख नारायण नगरपालिका-१ पुरानो बजार बस्ने ३३ वर्षीया मन कुमारी खड्का गहतराजलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-५ मेचेगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-९ बस्ने २८ वर्षीय कैलाश रसाईली र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय अजय राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले मे.७ प ५८४७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-७ बस्ने ३० वर्षीय बिष्णु सिंह राजबंशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-४ अडियामल टोल बस्ने ४२ वर्षीया रिता तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ७० ट्याब्लेट र डाइक्लोमाइन ५ सय ६० ट्याब्लेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१३ बस्ने ३० वर्षीय मिलन कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित रामधुनी नगरपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ एकताटोल डेरा गरी बस्ने बराहक्षेत्र नगरपालिका-१ घर भएकी ३८ वर्षीया सम्पना घिमिरेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने १९ वर्षीय मो.उजिर आलम र रामधुनी नगरपालिका-२ बस्ने २२ वर्षीय मो.जुवेर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कास्की, अन्नपुर्ण गाउँपालिका-११ डाँडागाउँ बस्ने २७ वर्षीय प्रदिप जैसीलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।   यसैगरी कास्की, पोखरा महानगरपालिका-८ नागढुङ्गा मिलनपथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ७ एम्पुल, बुप्रेनोर्फिन ७ एम्पुल र फेनारगन ७ एम्पुल सहित स्याङ्जा अर्जुनचौपारी घर भएका ३७ वर्षीय अम्मर केसीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-९ कुनैठी तोरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय संजय थारू, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय रोहित चौधरी र बारबर्दिया नगरपालिका-६ बस्ने ३० वर्षीय राधव चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले संजयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, राजापुर नगरपालिका-७ बडकी भिमापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५९ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय राजेश थारू र  २२ वर्षीय रोहन थारू रहेका छन् । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   धनुषा, जनकनन्दिनी गाउँपालिका-६ कठालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६९ ग्राम ७ सय ७० मिलिग्राम सहित कैलाली गौदावरी नगरपालिका-५ बस्ने २५ वर्षीय सागर जैरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले हाल नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल र मोटरसाइकल चालकको खोजी गरिरहेको छ । नुवाकोट, विदुर नगरपालिका-७ तुप्चेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-९ जोगीटार बस्ने ३५ वर्षीय राजेश रिजाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका- ७ रामटोल डेरा गरी बस्ने भारत बिहार घर भएका २१ वर्षीय सन्नी राजलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले बिआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पदमपुर बस्ने २३ वर्षीय सौगात खड्कालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०२-३०

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ६० मिलिग्राम सहित महोत्तरी सोनमा गाउँपालिका-२ बस्ने २२ वर्षीय रवि यादव समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०२-००९ प ०९८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित उदयपुर त्रियुगा नगरपालिका-११ बस्ने २५ वर्षीय मोहन बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख २४९० नम्बरको हायस जाँच गर्ने क्रममा चालक मोहनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।    बाँके, जानकी गाउँपालिका-६ कैरातीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सुवास कुमार गडरियालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बुढीगंगा गाउँपालिका-२ टंकी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ मिलिग्राम सहित सुनसरी हरिनगरा गाउँपालिका-७ बस्ने ३४ वर्षीय इक्रामुल जटलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ३१ एम्पुल, फेनारगन १६ एम्पुल र बुप्रेनोर्फिन ४० एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-११ मालपोत चोक बस्ने २८ वर्षीय बिवेक थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले बा.७६ प ७४९५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  रौतहट, गौर नगरपालिका-२ कबरगाहबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ गढवा टोल बस्ने ३१ वर्षीय राकेश कुश्वाहा र २६ वर्षीय सुनिल कुमार बैठा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले  बिआर ०५ एस ६६०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम सहित बाजुरा बुढीगंगा नगरपालिका-५ बस्ने २५ वर्षीय नरेन्द्र बहादुर शाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिराहा, सुखीपुर नगरपालिका-८ सुखीपुर बजारबाट अवैध लागूऔषध गाँजा २० किलो ८ सय ९० ग्राम सहित धनगढीमाइ नगरपालिका-१४ बस्ने ४९ वर्षीय उमेश कुमार आले मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले स.७ प ६६२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ७० मिलिग्राम सहित ३ जनालाई  शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-८ बस्ने २३ वर्षीय नितेश चौधरी, २३ वर्षीय अर्पन राई र इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय मिलन कुमार चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले नितेश र अर्पनलाई ७ सय १० मिलिग्राम तथा मिलनलाई ५ ग्राम ६० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुन जस्तो देखिने पहेँलो धातु सहित २ जना पक्राउ
२०८३-०२-३०

दाङ, लमही नगरपालिका-९ अमिलियास्थित नमस्ते होटलबाट सुन जस्तो देखिने पहेँलो धातु २ सय १४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्‍चिम बाँफिकोट गाउँपालिका-६ मग्मा बस्ने २२ वर्षीय दिलिप परियार रहेका छन् । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त होटलको कोठा तलासी गर्दा उक्त धातु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काभ्रे बस दुर्घटना सम्बन्धी छानबिन गर्न समिति गठन
२०८३-०२-३०

काठमाडौं, काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सडकमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति शनिबार गठन गरिएको हो ।  बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।  समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य-तथ्य छानबिन गरी ७ दिन भित्र प्रतिवेदन पेश   गर्नुपर्नेछ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने सुर्खेत घर भएका ३४ वर्षीय सुनिल पौडेल, भक्तपुर नगरपालिका-१ बस्ने सिन्धुपाल्चोक घर भएका २२ वर्षीय अनुप भण्डारी, ललितपुर महानगरपालिका-१५ बस्ने जाजरकोट घर भएकी ३४ वर्षीया कबिता सिंह र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ बस्ने धादिङ घर भएका २५ वर्षीय बिशु राई रहेका छन् । पक्राउ मध्ये सुनिलले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख १७ हजार रूपैयाँ, अनुपले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख ५० हजार रूपैयाँ, कबिताले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७२ हजार रूपैयाँ र बिशुले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई बुढानिलकण्ठ नगरपालिका-९ र अनुपलाई काठमाडौं महानगरपालिका-११ बाट बिहीबार तथा कबितालाई ललितपुर महानगरपालिका-१५ बाट र बिशुलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ गठ्ठाघर बस्ने ललितपुर घर भएका ४६ वर्षीय प्रदिप कुमार गौतम र काठमाडौं कीर्तिपुर नगरपालिका-३ बस्ने धादिङ घर भएका ६५ वर्षीय राम कुमार थापा रहेका छन् ।उच्च अदालत ललितपुरबाट २०७९ फागुन १२ गते बैंकिङ कसुर मुद्दामा १२ दिन कैद र ३५ लाख ६० हजार जरिवाना सजाय ठहर भई फरार रहेका प्रदिप कुमारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ महादेवस्थानबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भई फरार रहेका राम कुमारलाई किर्तिपुर नगरपालिका-३ बाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ मध्ये प्रदिप कुमारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ भने राम कुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ । 

लिखत सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ
२०८३-०२-२९

काठमाडौं, लिखत सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ बस्ने पर्सा वीरगंज महानगरपालिका-९ घर भएका ५३ वर्षीय सुबोध कुमार शुक्ललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल संस्कृत विश्वविद्यालय बाल्मीकि विद्यापिठको नक्कली सिफारिश पत्र, बाल्मीकि विद्यापिठको नाममा विदेशी नागरिकहरूबाट शुल्क लिई काटिएको आम्दानी रसिद लगायतका कागजातहरू तयारको खुल्न आएको छ । उनको साथबाट चिन, ताइवान लगायका मुलुकहरूका नागरिकहरूको राहदानी ६ थान, नक्कली आम्दानी रसिद ३ थान, अमेरिकन डलर ३ सय, १४ हजार ६ सय ३० भारतीय रूपैयाँ, १ लाख ६४ हजार नेपाली रूपैयाँ र खाली लेटरप्याड १० पाना समेत प्रहरीले बरामद गरेको छ ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारी वहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०२-२९

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले बोली बचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्दै आफूलाई प्राप्त जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ । हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी निरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूको विश्लेषण गरी सोही अनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै नेपालको संविधान, ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रही वहन गर्न निर्देशन दिनुभयो । सूचना संकलनलाई प्रमुख प्राथमिकतामा राखी समाजमा शान्ति सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी व्यवस्थापन एवम् परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै संगठनको साख वृद्धि हुने गरी कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीहरूले पारदर्शी, काननुनसम्मत र विभेदरहित ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्दै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कटिबद्ध हुन समेत उहाँले निर्देशन दिनुभयो । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रहरी नायव महानिरीक्षक अरूण पौडेल र अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा एवम् समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०२-२९

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-४ बस्ने २१ वर्षीय रूपेश ठाकुर र ३० वर्षीय सुरज राज धामी रहेका छन् । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सुनसरीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०८-००१ ख ०१७७ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, कोटहीमाई गाउँपालिका-४ बैरघाटबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल र बुप्रेनोर्फिन ४९ एम्पुल सहित सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मजगवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३३ जना पक्राउ
२०८३-०२-२९

काठमाडौं महानगरपालिका-१६ वनस्थली मिलिजुली एरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० ग्राम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-३ घर भएका २९ वर्षीय सन्तोष राहल, धादिङ ज्वालामुखी गाउँपालिका-५ घर भएका ३१ वर्षीय धिरन आले मगर, ललितपुर महालक्ष्मी नगरपालिका-१ डेरा गरी बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-४ घर भएका २२ वर्षीय पुस्कर महरा र रामेछाप सुनापति गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोषको कोठा तलासी गर्दा १० ग्राम उक्त पदार्थ फेला पारी सन्तोष र धिरेनलाई बुधबार पक्राउ गरेको हो । यसैगरी पुस्करको कोठा तलासी गर्दा ६० ग्राम उक्त पदार्थ र डिजिटल तराजु २ थान फेला पारी पुस्कर र किशोरलाई बिहीबार पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-८ पशुपति भुवनेश्वरी चोक नजिकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय विवेक लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-४ शंखपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं माछापोखरी बस्ने मकवानपुर घर भएका २३ वर्षीय राम तामाङ र काठमाडौं बुढानिलकण्ठ बस्ने सर्लाही घर भएका १९ वर्षीय समिर लामा रहेका छन् । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ९ मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने १९ वर्षीय राधेश्याम धोबी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले बेलहियाबाट भैरहवातर्फ जाँदै गरेको लु.६७ प ७५८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-२ टोडकिया बस्ने ६० वर्षीय दुख्नी देवी साहलाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१ राना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद तामाङ र प्युठान, प्युठान नगरपालिका-२ घर भएका २७ वर्षीय प्रेम आचार्य रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र अस्थायी प्रहरी बिट बिशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४२ एम्पुल, फेनारगन ४२ एम्पुल र बुप्रेनोर्फिन ४२ एम्पुल सहित लम्जुङ बेसीशहर नगरपालिका-८ बस्ने २३ वर्षीय सुनिल बस्नेतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट डुम्रेतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ०६२२ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी तनहुँ, देवघाट गाउँपालिका-५ झारखानीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ एम्पुल, बुप्रेनोर्फिन ३ एम्पुल र प्रोमेथाजाइन ३ एम्पुल सहित सोही ठाउँ बस्ने काठमाडौं टोखा नगरपालिका-९ घर भएका २६ वर्षीय प्रसुन बिक्रम कुँवरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सिन्धुपाल्चोक, जुगल गाउँपालिका-५ ढाडेबाट अवैध लागूऔषध गाँजा करिब ९० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय राजेन्द्र मगर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उक्त गाँजा चौतारा साँगाचोकगढी नगरपालिका-९ भैंसे बस्ने ५१ वर्षीय सूर्य बहादुर तामाङसँग किनेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा २ किलो गाँजा फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।  ललितपुर, ललितपुर महानगरपालिका-११ युएन पार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याबलेट, स्पास्मो ५ ट्याबलेट र अवैध लागूऔषध पोलेन ३ ग्राम सहित काठमाडौं हात्तीसार बस्ने उदयपुर घर भएका २६ वर्षीय अभिषेक राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम सहित बाँके कोहलपुर नगरपालिका-१४ बस्ने २२ वर्षीया कौशिला सुनार समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.६ प ९४१६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० चन्द्रनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय भुवन बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जुम्ला, तातोपानी गाउँपालिका-५ लाम्राबाट अवैध लागूऔषध चरेस जस्तो देखिन पदार्थ ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय साईजन नेपाली समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ  । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही नगरपालिका-१ ब्लक नम्बर २३ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-९ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १९ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया जिगबनी  टिकुलिया बस्ने १९ वर्षीय इरफान खान र विराटनगर महानगरपालिका-१७ रानि बस्ने १९ वर्षीय इफ्रिदि मिँया रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले वीआर ३८ एएस ६५९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०२-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएकी ४५ वर्षीया रूकु कुमारी श्रेष्ठ र काठमाडौं टोखा नगरपालिका-६ बस्ने मोरङ उर्लाबारी नगरपालिका-६ घर भएका ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन् ।  पक्राउ मध्ये रूकु कुमारीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रूपैयाँ र शैलेन्द्रले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रूकु कुमारीलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ बाट र शैलेन्द्रलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०२-२९

बर्दिया, ठाकुरबाबा नगरपालिका-२ रानीपुर बस्ने ३८ वर्षीय बिनोद तिवारीको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो  । डोल्पा, ठूलीभेरी नगरपालिका-३ दुनै बजार बस्ने ५१ वर्षीय पञ्च बुढाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा पञ्च समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ८ सय रूपैयाँ र कौडा ४६ थान सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२८

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ घर भएका ५२ वर्षीय प्रशान्त राम नकर्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८२ मंसिर १० गतेको फैसलाले उक्त मुद्दामा ७ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।  

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०२-२८

काठमाडौं, डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ मिलनचोक बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ घर भएका ३३ वर्षीय हिमाल बज्र लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने मकवानपुर मनोहरी गाउँपालिका-३ सुकौरा घर भएका ५१ वर्षीय ज्ञानु बल रहेका छन् ।रौतहट चन्द्रपुर नगरपालिका-१ स्थित बुढीखोला नजिक सडकमा ३/४ जना अपरिचित व्यक्तिहरूले पीडितको मोबाइल तथा नगद ११ लाख ८३ हजार रूपैयाँ गत वैशाख १३ गते डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ मिलनचोकबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहट पठाइएको छ ।  

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०२-२८

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन ८७ ग्राम, नगद ३ लाख ३१ हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१५ घर भएकी २२ वर्षीया मीरा गुरूङ र धनुषा जनकपुरधाम उपमहानगरपालिका-६ घर भएका ३६ वर्षीय रवि कुमार साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, सुखीपुर नगरपालिका-२ छजनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८० मिलिग्राम सहित गोलबजार नगरपालिका-२ लालपुर बस्ने २१ वर्षीय श्याम सुन्दर साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय पवन गुप्तालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाह्‍य मुलुकतर्फ लैजान लागेको स्वदेशी तथा विदेशी मुद्रा सहित दुई जना पक्राउ
२०८३-०२-२८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित २ जना बंगलादेशी नागरिहरूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३९ वर्षीय Mohammad  Intaz Ali र ५० वर्षीय MD Zakir Hossain रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा Mohammad  Intaz Ali को साथबाट स्रोत नखुलेको नेपाली १० लाख २५ हजार रूपैयाँ र Zakir Hossain को साथबाट स्रोत नखुलेको नेपाली १२ लाख ३४ हजार रूपैयाँ, अमेरिकी डलर १ हजार र मलेसियन रिङ्गिट २० हजार सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८३-०२-२८

काठमाडौं, काठमाडौं महानगरपालिका-४ सुकेधारा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३३ वर्षीय सुनिल थपलियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.प्र.०२-०२९ प ७६५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   कैलाली, गोदावरी नगरपालिका-६ बडेहा बस्ने २५ वर्षीय सुनिल रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१० मुसहर टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र डाइक्लोमाइन ८ सय १० ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने १९ वर्षीय प्रभात सरदार र १९ वर्षीय जितेन्द्र ऋषिदेव रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सिराहा, लहान नगरपालिका-३ लहान बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम १ सय ४० मिलिग्राम, डिजिटल तराजु २ थान र नगद ६२ हजार ५ सय ५० रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका २३ वर्षीय अजित कुमार मण्डल र सोही ठाउँ बस्ने धनगढीमाई नगरपालिका-४ धनगढी घर भएकी २४ वर्षीया लक्ष्मी कुमारी चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहाबाट समेतबाट खटिएको प्रहरीले अजितको कोठा तलासी गर्दा ब्राउनसुगर ३ ग्राम ७ सय ७५ ग्राम तथा लक्ष्मीको भान्सा कोठाबाट ब्राउनसुगर ९ ग्राम ३ सय ९० मिलिग्राम र डिजिटल तराजु २ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ बागवाणीबाट नियन्त्रित लागूऔषध फेनारगन २१ एम्पुल र बुप्रेनोर्फिन २१ एम्पुल सहित सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट पुष्पलाल चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।