प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने सुर्खेत घर भएका ३४ वर्षीय सुनिल पौडेल, भक्तपुर नगरपालिका-१ बस्ने सिन्धुपाल्चोक घर भएका २२ वर्षीय अनुप भण्डारी, ललितपुर महानगरपालिका-१५ बस्ने जाजरकोट घर भएकी ३४ वर्षीया कबिता सिंह र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ बस्ने धादिङ घर भएका २५ वर्षीय बिशु राई रहेका छन् । पक्राउ मध्ये सुनिलले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख १७ हजार रूपैयाँ, अनुपले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख ५० हजार रूपैयाँ, कबिताले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७२ हजार रूपैयाँ र बिशुले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई बुढानिलकण्ठ नगरपालिका-९ र अनुपलाई काठमाडौं महानगरपालिका-११ बाट बिहीबार तथा कबितालाई ललितपुर महानगरपालिका-१५ बाट र बिशुलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ गठ्ठाघर बस्ने ललितपुर घर भएका ४६ वर्षीय प्रदिप कुमार गौतम र काठमाडौं कीर्तिपुर नगरपालिका-३ बस्ने धादिङ घर भएका ६५ वर्षीय राम कुमार थापा रहेका छन् ।उच्च अदालत ललितपुरबाट २०७९ फागुन १२ गते बैंकिङ कसुर मुद्दामा १२ दिन कैद र ३५ लाख ६० हजार जरिवाना सजाय ठहर भई फरार रहेका प्रदिप कुमारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ महादेवस्थानबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भई फरार रहेका राम कुमारलाई किर्तिपुर नगरपालिका-३ बाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ मध्ये प्रदिप कुमारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ भने राम कुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ । 

लिखत सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ
२०८३-०२-२९

काठमाडौं, लिखत सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ बस्ने पर्सा वीरगंज महानगरपालिका-९ घर भएका ५३ वर्षीय सुबोध कुमार शुक्ललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल संस्कृत विश्वविद्यालय बाल्मीकि विद्यापिठको नक्कली सिफारिश पत्र, बाल्मीकि विद्यापिठको नाममा विदेशी नागरिकहरूबाट शुल्क लिई काटिएको आम्दानी रसिद लगायतका कागजातहरू तयारको खुल्न आएको छ । उनको साथबाट चिन, ताइवान लगायका मुलुकहरूका नागरिकहरूको राहदानी ६ थान, नक्कली आम्दानी रसिद ३ थान, अमेरिकन डलर ३ सय, १४ हजार ६ सय ३० भारतीय रूपैयाँ, १ लाख ६४ हजार नेपाली रूपैयाँ र खाली लेटरप्याड १० पाना समेत प्रहरीले बरामद गरेको छ ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारी वहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०२-२९

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले बोली बचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्दै आफूलाई प्राप्त जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ । हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी निरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूको विश्लेषण गरी सोही अनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै नेपालको संविधान, ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रही वहन गर्न निर्देशन दिनुभयो । सूचना संकलनलाई प्रमुख प्राथमिकतामा राखी समाजमा शान्ति सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी व्यवस्थापन एवम् परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै संगठनको साख वृद्धि हुने गरी कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीहरूले पारदर्शी, काननुनसम्मत र विभेदरहित ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्दै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कटिबद्ध हुन समेत उहाँले निर्देशन दिनुभयो । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रहरी नायव महानिरीक्षक अरूण पौडेल र अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा एवम् समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०२-२९

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-४ बस्ने २१ वर्षीय रूपेश ठाकुर र ३० वर्षीय सुरज राज धामी रहेका छन् । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सुनसरीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०८-००१ ख ०१७७ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, कोटहीमाई गाउँपालिका-४ बैरघाटबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल र बुप्रेनोर्फिन ४९ एम्पुल सहित सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मजगवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३३ जना पक्राउ
२०८३-०२-२९

काठमाडौं महानगरपालिका-१६ वनस्थली मिलिजुली एरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० ग्राम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-३ घर भएका २९ वर्षीय सन्तोष राहल, धादिङ ज्वालामुखी गाउँपालिका-५ घर भएका ३१ वर्षीय धिरन आले मगर, ललितपुर महालक्ष्मी नगरपालिका-१ डेरा गरी बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-४ घर भएका २२ वर्षीय पुस्कर महरा र रामेछाप सुनापति गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोषको कोठा तलासी गर्दा १० ग्राम उक्त पदार्थ फेला पारी सन्तोष र धिरेनलाई बुधबार पक्राउ गरेको हो । यसैगरी पुस्करको कोठा तलासी गर्दा ६० ग्राम उक्त पदार्थ र डिजिटल तराजु २ थान फेला पारी पुस्कर र किशोरलाई बिहीबार पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-८ पशुपति भुवनेश्वरी चोक नजिकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय विवेक लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-४ शंखपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं माछापोखरी बस्ने मकवानपुर घर भएका २३ वर्षीय राम तामाङ र काठमाडौं बुढानिलकण्ठ बस्ने सर्लाही घर भएका १९ वर्षीय समिर लामा रहेका छन् । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ९ मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने १९ वर्षीय राधेश्याम धोबी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले बेलहियाबाट भैरहवातर्फ जाँदै गरेको लु.६७ प ७५८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-२ टोडकिया बस्ने ६० वर्षीय दुख्नी देवी साहलाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१ राना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद तामाङ र प्युठान, प्युठान नगरपालिका-२ घर भएका २७ वर्षीय प्रेम आचार्य रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र अस्थायी प्रहरी बिट बिशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४२ एम्पुल, फेनारगन ४२ एम्पुल र बुप्रेनोर्फिन ४२ एम्पुल सहित लम्जुङ बेसीशहर नगरपालिका-८ बस्ने २३ वर्षीय सुनिल बस्नेतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट डुम्रेतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ०६२२ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी तनहुँ, देवघाट गाउँपालिका-५ झारखानीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ एम्पुल, बुप्रेनोर्फिन ३ एम्पुल र प्रोमेथाजाइन ३ एम्पुल सहित सोही ठाउँ बस्ने काठमाडौं टोखा नगरपालिका-९ घर भएका २६ वर्षीय प्रसुन बिक्रम कुँवरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सिन्धुपाल्चोक, जुगल गाउँपालिका-५ ढाडेबाट अवैध लागूऔषध गाँजा करिब ९० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय राजेन्द्र मगर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उक्त गाँजा चौतारा साँगाचोकगढी नगरपालिका-९ भैंसे बस्ने ५१ वर्षीय सूर्य बहादुर तामाङसँग किनेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा २ किलो गाँजा फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।  ललितपुर, ललितपुर महानगरपालिका-११ युएन पार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याबलेट, स्पास्मो ५ ट्याबलेट र अवैध लागूऔषध पोलेन ३ ग्राम सहित काठमाडौं हात्तीसार बस्ने उदयपुर घर भएका २६ वर्षीय अभिषेक राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम सहित बाँके कोहलपुर नगरपालिका-१४ बस्ने २२ वर्षीया कौशिला सुनार समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.६ प ९४१६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० चन्द्रनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय भुवन बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जुम्ला, तातोपानी गाउँपालिका-५ लाम्राबाट अवैध लागूऔषध चरेस जस्तो देखिन पदार्थ ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय साईजन नेपाली समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ  । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही नगरपालिका-१ ब्लक नम्बर २३ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-९ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १९ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया जिगबनी  टिकुलिया बस्ने १९ वर्षीय इरफान खान र विराटनगर महानगरपालिका-१७ रानि बस्ने १९ वर्षीय इफ्रिदि मिँया रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले वीआर ३८ एएस ६५९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०२-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएकी ४५ वर्षीया रूकु कुमारी श्रेष्ठ र काठमाडौं टोखा नगरपालिका-६ बस्ने मोरङ उर्लाबारी नगरपालिका-६ घर भएका ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन् ।  पक्राउ मध्ये रूकु कुमारीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रूपैयाँ र शैलेन्द्रले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रूकु कुमारीलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ बाट र शैलेन्द्रलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०२-२९

बर्दिया, ठाकुरबाबा नगरपालिका-२ रानीपुर बस्ने ३८ वर्षीय बिनोद तिवारीको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो  । डोल्पा, ठूलीभेरी नगरपालिका-३ दुनै बजार बस्ने ५१ वर्षीय पञ्च बुढाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा पञ्च समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ८ सय रूपैयाँ र कौडा ४६ थान सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२८

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ घर भएका ५२ वर्षीय प्रशान्त राम नकर्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८२ मंसिर १० गतेको फैसलाले उक्त मुद्दामा ७ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।  

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०२-२८

काठमाडौं, डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ मिलनचोक बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ घर भएका ३३ वर्षीय हिमाल बज्र लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने मकवानपुर मनोहरी गाउँपालिका-३ सुकौरा घर भएका ५१ वर्षीय ज्ञानु बल रहेका छन् ।रौतहट चन्द्रपुर नगरपालिका-१ स्थित बुढीखोला नजिक सडकमा ३/४ जना अपरिचित व्यक्तिहरूले पीडितको मोबाइल तथा नगद ११ लाख ८३ हजार रूपैयाँ गत वैशाख १३ गते डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ मिलनचोकबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहट पठाइएको छ ।  

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०२-२८

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन ८७ ग्राम, नगद ३ लाख ३१ हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१५ घर भएकी २२ वर्षीया मीरा गुरूङ र धनुषा जनकपुरधाम उपमहानगरपालिका-६ घर भएका ३६ वर्षीय रवि कुमार साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, सुखीपुर नगरपालिका-२ छजनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८० मिलिग्राम सहित गोलबजार नगरपालिका-२ लालपुर बस्ने २१ वर्षीय श्याम सुन्दर साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय पवन गुप्तालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाह्‍य मुलुकतर्फ लैजान लागेको स्वदेशी तथा विदेशी मुद्रा सहित दुई जना पक्राउ
२०८३-०२-२८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित २ जना बंगलादेशी नागरिहरूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३९ वर्षीय Mohammad  Intaz Ali र ५० वर्षीय MD Zakir Hossain रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा Mohammad  Intaz Ali को साथबाट स्रोत नखुलेको नेपाली १० लाख २५ हजार रूपैयाँ र Zakir Hossain को साथबाट स्रोत नखुलेको नेपाली १२ लाख ३४ हजार रूपैयाँ, अमेरिकी डलर १ हजार र मलेसियन रिङ्गिट २० हजार सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८३-०२-२८

काठमाडौं, काठमाडौं महानगरपालिका-४ सुकेधारा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३३ वर्षीय सुनिल थपलियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.प्र.०२-०२९ प ७६५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   कैलाली, गोदावरी नगरपालिका-६ बडेहा बस्ने २५ वर्षीय सुनिल रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१० मुसहर टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र डाइक्लोमाइन ८ सय १० ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने १९ वर्षीय प्रभात सरदार र १९ वर्षीय जितेन्द्र ऋषिदेव रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सिराहा, लहान नगरपालिका-३ लहान बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम १ सय ४० मिलिग्राम, डिजिटल तराजु २ थान र नगद ६२ हजार ५ सय ५० रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका २३ वर्षीय अजित कुमार मण्डल र सोही ठाउँ बस्ने धनगढीमाई नगरपालिका-४ धनगढी घर भएकी २४ वर्षीया लक्ष्मी कुमारी चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहाबाट समेतबाट खटिएको प्रहरीले अजितको कोठा तलासी गर्दा ब्राउनसुगर ३ ग्राम ७ सय ७५ ग्राम तथा लक्ष्मीको भान्सा कोठाबाट ब्राउनसुगर ९ ग्राम ३ सय ९० मिलिग्राम र डिजिटल तराजु २ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ बागवाणीबाट नियन्त्रित लागूऔषध फेनारगन २१ एम्पुल र बुप्रेनोर्फिन २१ एम्पुल सहित सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट पुष्पलाल चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०२-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका-४ बस्ने रोल्पा घर भएकी ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । निर्मलाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निर्मलालाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान तथा डाँका मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ
२०८३-०२-२७

काठमाडौं, कर्तव्य ज्यान तथा डाँका मुद्दामा संलग्न रही फरार अभियुक्त काभ्रे पाँचखाल नगरपालिका-४ बस्ने ३९ वर्षीय कृष्ण मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  २०७८ असोज ६ गते सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१० सिम्ले फाँटस्थित नेत्रप्रसाद दाहाललाई कोदालोको पासो प्रहार गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिन्धुपाल्चोकबाट २०७९ पुस १८ गते जन्मकैद सजाय फैसला भएका तथा डाँका मुद्दामा ७ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना फैसला भई केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा कैद भुक्तान गरी रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काभ्रे पाँचखाल नगरपालिका-४ बाट पक्राउ गरेको हो ।  उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०२-२७

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ कपुरधारा सप्तकन्या गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १६ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने सुनसरी दुहवी नगरपालिका-८ घर भएका २५ वर्षीय दिपक भन्ने टंकनाथ निरौलालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने २४ वर्षीय सुमन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ८०१ नम्बरको हायस तलासी गर्दा सहचालक सुमनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दाका अभियुक्त पक्राउ
२०८३-०२-२७

पर्वत, कर्तव्य ज्यान तथा डाँका चोरीमा मुद्दाका अभियुक्त फलेवास नगरपालिका-५ बस्ने २८ वर्षीय कुशल पुरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फलेवास नगरपालिका-५ खानीगाउँ बस्ने बागलुङ जैमिनी नगरपालिका-५ बिनामारे घर भएकी ५२ वर्षीय सन्तु नेपाली भन्ने सोमकुमारी नेपाली आफ्नै कोठामा जेठ ८ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई मोदी गाउँपालिका-५ पातीचौरस्थित होटल प्रिन्साबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा कुशलले सन्तु नेपालीको कोदालो प्रहार गरी हत्या गरी मृतकले लगाएको सुनको सिक्री र मुन्द्रा लुटेको खुल्न आएको छ । प्रहरीले कुशलको साथबाट मृतककले लगाउने सुनको मुन्द्रा ८ थान बरामद गरेको छ । साथै थप अनुसन्धानको क्रममा लुटिएको सुनको गरगहना कुश्मा नगरपालिका-५ दर्शनटोल बस्ने स्मृति गहना उद्योगका सञ्चालक रमेश कुमार श्रेष्ठलाई बेचेको भन्ने खुल्न आएपश्चात प्रहरीले रमेशको गहना उद्योग तलासी गर्दा मृतकले लगाउने सुनको सिक्री १ थान र मुन्द्रा २ थान फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।  उनीहरू उपर जिल्ला अदालत पर्वतबाट म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०२-२७

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बगरकोट बस्ने १९ वर्षीय काले भन्ने नितेश विक समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र स्पास्पेन ४ सय ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले नितेशको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बर्दिया, गुलरिया गाउँपालिका-९ टेपरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय महेश राणा र ३१ वर्षीय गेद बहादुर खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-२ पिपल चौतारा प्रतिक्षालय नजिकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो २० ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका-३ बस्ने २९ वर्षीय बिशाल थापा मगर र कोहलपुर नगरपालिका-१ बस्ने ४८ वर्षीय जगत बहादुर परियार रहेका छन् । इलाका प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ नौघरे डेरा गरी बस्ने धादिङ घर भएकी ६० वर्षीया ज्ञानु कुमारी श्रेष्ठ र उनकै छोरा ३७ वर्षीय प्रकाश श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ९ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय २० ट्याब्लेट सहित गोदावरी नगरपालिका-१४ लाखेटोल बस्ने २२ वर्षीय राजिब भुजेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । जुम्ला, तातोपानी गाउँपालिका-५ बस्ने २० वर्षीय वरिष्ठ डाँगीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत कक्षमा रहेका थुनुवालाई भेट्न आएका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरिएको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ दूधपानी खोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ राजवास बस्ने २४ वर्षीय दिपेन्द्र मोची, इटहरी उपमहानगरपालिका-१६ बस्ने २७ वर्षीय दिपेश चौधरी र २८ वर्षीय सरोज चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय  महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १-०२-०४४ प ७२२९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम २१ मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय सुजन लिम्बुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प ७९२९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् । पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०२-२७

काठमाडौं, अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका-३ बस्ने गोरखा आरूघाट गाउँपालिका-७ घर भएका २६ वर्षीय बिबस अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला अदालत काठमाडौंको लेटरप्याड कीर्ते बनाई बिबस अधिकारी भन्ने नामबाट २०८२ चैत १५ मा मुद्दा खोल्ने तथा पुन: प्रमाणिकरण सम्बन्धी सूचना भन्ने पत्र कीर्ते बनाई मुद्दाको अन्तिम निर्णय भएपछि बिबसको बैंकमा २ करोड १३ लाख रूपैयाँ रकमान्तरण हुने र २०८२ चैत २४ गते सेवा शुल्क भुक्तानी सम्बन्धी झुठ्ठा लिखत तयार गरी बिबसलाई अदालतबाट १ लाख ६ हजार ५ सय रूपैयाँ सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक व्यहोरा उल्लेख गरी जिल्ला अदालत काठमाडौंको लेटरप्याड कीर्ते बनाई न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छाप कीर्ते गरी प्रचलनमा ल्याएको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

डाँका कसुरमा संलग्न दुई जना पक्राउ
२०८३-०२-२७

झापा, डाँका कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-६ भानुटोल बस्ने ३३ वर्षीय प्रलाद कार्की र सोही नगरपालिका-७ कंचनजंघा टोल बस्ने २२ वर्षीय बिशाल बास्कोटा रहेका छन् । मेचीनगर नगरपालिका-६ स्थित २ जना अपरिचित व्यक्तिहरूले सादा पोसाकको प्रहरी कर्मचारी हौं भन्दै पीडितको सुनको फुली १ थान, मोबाइल १ थान, नगद समेत लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले प्रलादको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम र सुनको फुली १ थान फेला पारी बरामद गरेको छ । उनीहरू उपर डाँका सम्बन्धी कसुर र लागूऔषध नियन्त्रण ऐन, २०३३ को कसुरमा जिल्ला अदालत झापाबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने कार्यमा संलग्न १६ जना पक्राउ
२०८३-०२-२७

काठमाडौं, सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने कार्यमा संलग्न काठमाडौं बस्ने मकवानपुर मनहरी गाउँपालिका-२ घर भएका ३३ वर्षीय विकास भुलन लगायत १६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशाला समेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले फेसबुक, ह्वाट्सएप लगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाई गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पुर्‍याई यौनजन्य गतिविधि गराएको खुल्न आएको छ ।उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२६

काठमाडौं, बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-५ घर भएका ४७ वर्षीय राजु मिजारलाई  सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट विभिन्न मितिमा १२ वटा बैंकिङ कसुर मुद्दा र २ वटा चेक अनादर मुद्दा गरी जम्मा १४ वटा मुद्दामा ४३ लाख २३ हजार ५ सय ३४ रूपैयाँ ८० पैसा जरिवाना, क्षतीपुर्ति रकम १ लाख ७२ हजार ९ सय ४१ रूपैयाँ ३९ पैसा  र  ९० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०२-२६

सुनसरी, धरान उपमहानगरपालिका-१७ डाँडा घोपा बस्ने ३१ वर्षीय अनिल भन्ने करण खड्कालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ५० ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । मोरङ, रतुवामाई नगरपालिका-८ सुबेदी चोक बस्ने ३५ वर्षीय कर्ण बहादुर थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ३० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।झापा, दमक नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय १० मिलिग्राम सहित पाँचथर फाल्गुनन्द गाउँपालिका-७ बस्ने २५ वर्षीय सुजन नेम्वाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ बस्ने २१ वर्षीय प्रशान्त गुरूङ, २१ वर्षीय कौशल चौलागाई र सोही गाउँपालिका-४ बस्ने ३६ वर्षीय गणेश घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने सन्तोष थापा मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र नगद ६७ हजार ९ सय ५५ रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगन २ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर भैंसेपाटी बस्ने रौतहट  घर भएका ३४ वर्षीय आकाश मगर र  ललितपुर सुन्धारा बस्ने अर्घाखाँची घर भएका २९ वर्षीय रवि मगर रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा बस्ने २५ वर्षीय जनक बहादुर रामजाली मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पटेर्वा सुगौली गाउँपालिका-४ घर भएका ४२ वर्षीय गौरी शंकर प्रसादलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ दक्षिण कुरहरियाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय प्रविन चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले प्रविनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । धनुषा, मिथिला बिहारी नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६७ ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने ३८ वर्षीय अबध किशोर मंडल समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले बेल्हीबाट मिथिलेश्वरतर्फ जाँदै गरेको मधेश प्र.२-०२-००८ प ४६४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०२-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ बस्ने स्याङ्जा घर भएका ६३ वर्षीय हुम बहादुर कुँवर, सोही महानगरपालिका-३ बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय लोकेन्द्र बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने सुनसरी घर भएका ४९ वर्षीय तोरण कुमार कार्की, ललितपुर महानगरपालिका-१३ बस्ने रामेछाप घर भएका ३७ वर्षीय रबिन्द्र खत्री, काठमाडौं टोखा बस्ने गोरखा घर भएका ४२ वर्षीय निरज गुरूङ र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने पर्सा घर भएका ४७ वर्षीया रिन्कु कुमारी रौनियार रहेका छन् ।पक्राउ मध्ये हुम बहादुरले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८८ लाख ७० हजार रूपैयाँ, लोकेन्द्रले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ, तोरण कुमारले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, रबिन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, निरजले आइसल्यान्ड पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ११ लाख ५६ हजार रूपैयाँ र रिन्कु कुमारीले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हुम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, लोकेन्द्रलाई काठमाडौं महानगरपालिका-७ बाट र तोरण कुमारलाई काठमाडौं महानगरपालिका-४ बाट सोमबार, रबिन्द्रलाई ललितपुर पुल्चोकबाट र निरजलाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार तथा रिन्कु कुमारीलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट शनिबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२६

काठमाडौं, लागूऔषध मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ४६ वर्षीय निर बहादुर गुरूङ र काठमाडौं टोखा नगरपालिका-११ भण्डारी टोल बस्ने ३२ वर्षीय सुरेन्द्र थापा रहेका  छन् ।  पक्राउ मध्ये जिल्ला अदालत काठमाडौंबाट लागूऔषध मुद्दामा ५ वर्ष कैद र नगद ५ हजार जरिवाना सजाय फैसला ठहर भएका निर बहादुर कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा रहेका थिए । साथै उक्त मुद्दामा सुरेन्द्र पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौं रहेका थिए । २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा कारागारबाट भागी फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निर बहादुरलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट र सुरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-११ भण्डारी टोलबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०२-२५

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ ट्याब्लेट, स्पास्मो ८ ट्याब्लेट र डिकोलिक १४ ट्याब्लेट सहित सुनसरी बराहाक्षेत्र नगरपालिका-३ बस्ने २२ वर्षीय अनिल राज धामीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६८६२ नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगपालिका-२३ डेरा गरी बस्ने सर्लाही घर भएका ४० वर्षीय दिनेश कुमार बैठा समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो जस्तो देखिने पदार्थ २१ ग्राम ४ सय ६० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले दिनेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०२-२५

काठमाडौं, टोखा नगरपालिका-१० टोकियो बजार टोल बस्ने सुनसरी धरान उपमहानगरपालिका-१५ घर भएका ३८ वर्षीय युगसाङ राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ६ सय ४० मिलिग्राम, डिजिटल तराजु १ थान, नगद १ लाख १५ हजार रूपैयाँ र भारतीय रूपैयाँ २ हजार २ सय सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग गोंगबुका खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ १ ग्राम ५७ मिलिग्राम सहित गौरीगंज गाउँपालिका-१ रङगेथान बस्ने २० वर्षीय जिवन राजवंशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय राजु राजवंशी र ३० वर्षीय बिक्रम भन्ने अभिनास चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो ।उदयपुर, त्रियुगा नगरपालिका-११ ज्योतिनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक कार्की ढोली र सोही नगरपालिका-३ लच्का बस्ने ३० वर्षीय फिलेमान शाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले प्र.१-०५-००१ प ८५२७ नम्बरको स्कुटरमा सवार अभिषेक र को.प्र.०५-००२ प ३६४१ नम्बरको मोटरसाइकलमा सवार फिलेमानलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-४ झ्यालबासबाट नियन्त्रित लागूऔषध फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुल र डाइजेपाम १३ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२९ बस्ने ३३ वर्षीय ओम प्रकाश गर्वुजा पुन र सोही महानगरपालिका-३० बस्ने ३७ वर्षीय मदन गुरूङ रहेका छन् । प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले प्रदेश ०१-०२-०५५ प ३६६६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ खोपीचारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २९ वर्षीय शेर सिंह रोका मगर  र सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय अबिन केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-२ पाखापानीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३६ एम्पुल, फेनारगन ३६ एम्पुल र बुप्रेनोर्फिन ३६ एम्पुल सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुजन विकलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जीतगढीकिल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको लु.१८ प ७८३५ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।सुनसरी, बराहक्षेत्र नगरपालिका-७ सृजना टोल बस्ने २५ वर्षीय रबि श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ७० मिलिग्राम र नगद ४५ हजार ९ सय रूपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  रूकुम पश्‍चिम, मुसिकोट नगरपालिका-५ सेरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भुमे गाउँपालिका-२ बस्ने हिमाल घर्ती र २८ वर्षीय राज बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिम समेतबाट खटिएको प्रहरीले रा.७ प ९६१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध स्पास्पेन ३३ ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ धापासी बस्ने ३० वर्षीय सन्तोष खाती र २६ वर्षीय सागर श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.प्र ०१-००१ ख ०११४ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-९ पिपिरीस्थित डोको कटेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ४० मिलिग्राम सहित खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने १९ वर्षीया अञ्जली सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उक्त कटेजमा बसिरहेकी उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-२५

कैलाली, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय प्रदिप चन्द समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  धादिङ, ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धुनिवेशी नगरपालिका-४ रूपाखेती गाउँ बस्ने ३३ वर्षीय रामशरण रूपाखेतीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । रामशरणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी धादिङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खनियावास गाउँपालिका-१ नेक्सा बस्ने २८ वर्षीय वर्णबास तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वर्णबासले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको प्रहरीले उनलाई सोही गाउँपालिका-४ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०२-२४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार ४० ट्याब्लेट सहित धनुषा घर भएका ३७ वर्षीय अर्मान राईनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६४८९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ भगवती स्कुल छेउबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ५० ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने ३३ वर्षीय संजय कुमार सिंह र २७ वर्षीय त्रिमणी बज्रचार्य रहेका छन् । अस्थायी प्रहरी चौकी जोरसखुवा धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ मंगलबारे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ९० मिलिग्राम सहित कनकाई नगरपालिका-३ बस्ने ३२ वर्षीय रमेश मुसहर ऋषिदेवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-८ फूलबारी टोल बस्ने २१ वर्षीय सबिन धिमाल समेत २ जनालाई अवैध लागूऔषध  ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम र नगद २५ हजार ७ सय ४० रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले सबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, लालझाडी गाउँपालिका-१ डाँडा बिचुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने १९ वर्षीय कृष्ण रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित झापा शिवसताक्षी नगरपालिका-११ बस्ने ४७ वर्षीय अशोक कुमार बोगटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३१५९ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, मनहरी गाउँपालिका-८ बेलुवा डेरा गरी बस्ने बारा घर भएकी २५ वर्षीया सेहेरा खातुनलाई अवैध लागूऔषध गाँजा करिब २२ किलो ८ सय ५२ ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । मोरङ, उर्लाबारी नगरपालिका-७ गोलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम १ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय निश्चल गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकल चालक केशवलाई १४ ग्राम ७ सय २० मिलिग्राम र मोटरसाइकलमा सवार निश्चललाई ९ ग्राम ४ सय मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ
२०८३-०२-२४

ललितपुर, बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने ललितपुर महानगरपालिका-२ सानेपा अरूणथापा चोकस्थित शुकल्प स्पा एण्ड थेरामीको संचालिका गोरखा सिरानचोक गाउँपालिका-३ घर भएकी सुमन थापा मगर भन्ने सुमन कुमाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सुमनले स्पा सेन्टरमा स्टाफको रूपमा कार्यरत एक बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छा अनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०२-२४

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रूपैयाँ सहित भारत आन्ध्र प्रदेश प्रकासम घर भएका ५९ वर्षीय Bhima Srinivas लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।  रसुवा, गोसाईकुण्ड गाउँपालिका-६ धुन्चे बजारबाट स्रोत नखुलेको नगद १९ लाख ५२ हजार १ सय सहित सोही गाउँपालिका-३ वृद्दिम बस्ने ३६ वर्षीय मिङमार छिरिङ गुरूङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरीले स्याफ्रुबेशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमोमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२४

पर्सा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पकाहा मैनपुर गाउँपालिका-१ बस्ने ५० वर्षीय काशी महतो चाई भन्ने काशी प्रसाद चौहानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पकाहा मैनपुर गाउँपालिका-१ बस्ने २६ वर्षीया रावडी भन्ने रीना देवीको २०५८ फागुन २६ गते हत्या गरी वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर कर्तव्य ज्यान ( ज्यान सम्बन्धी कसुर ) मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धा गरिरहेको छ । 

ज्यान मार्ने उद्योग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२४

रौतहट, ज्यान मार्ने उद्योग कसुर मुद्दाका फरार प्रतिवादी गुजरा नगरपालिका-२ मैढा टोल बस्ने ३६ वर्षीय राज किशोर साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुर सव डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वन समुहको संयुक्त गस्ती टोलीलाई चन्द्रपुर नगरपालिका-६ लमहा खोला नजिकै राज किशोर लगायत ७/८ जना व्यक्तिहरूले गत १९ गते राति कुटपिट गरेको घटनामा जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूमध्ये राज किशोरलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले वडा प्रहरी कार्यालय विर्ता वीरगंज पर्साको समन्वयमा पर्सा वीरगंज महानगरपालिका-४ नारायणी अस्पताल नजिकैबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०२-२३

काठमाडौं, काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय ग्राम सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने ३० वर्षीय आयुष श्रेष्ठ, ४० वर्षीय सनि श्रेष्ठ, ३५ वर्षीया किभा श्रेष्ठ, बारा सिम्रौनगढ नगरपालिका-८ घर भएका २३ वर्षीय निराजन कुमार, २४ वर्षीय कैमुलाह खान, काठमाडौं महानगरपालिका-१९ बस्ने ३७ वर्षीय सुरेश शाही खड्गी, रौतहट बौधीमाई नगरपालिका-९ घर भएकी १९ वर्षीया सेजल जैसवाल, दोलखा कालिन्चोक गाउँपालिका-७ घर भएका २१ वर्षीय सागर शिवाकोटी, भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ बस्ने ३५ वर्षीय भगवान थापा मगर र सिराहा कर्जन्हा नगरपालिका-९ घर भएका २० वर्षीय चेत नारायण ठाकुर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।     यसैगरी काठमाडौ, बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४६ वर्षीया सन्जु तामाङलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१५ गाविस चोक बस्ने ३२ वर्षीय पुष्प बहादुर थापा समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ३० ट्याब्लेट सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले पुष्पको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय २० मिलिग्राम सहित मेचीनगर नगरपालिका-१० बस्ने ३२ वर्षीय सुरेन्द्र गुरूङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ किरातचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-२ बस्ने २४ वर्षीय मनिस ओडारी समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-८ क्याम्पसमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने १८ वर्षीय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-११ गाईचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित सोही नगरपालिका-११ बस्ने २० वर्षीय सानो भाई भन्ने कैलाश राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ‍उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  दाङ, राप्ती गाउँपालिका-१ भालुबाङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ७० मिलिग्राम सहित कपिलवस्तु शिवराज नगरपालिका-५ पर्चिया बस्ने ४२ वर्षीय साकिर खानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ७० मिलिग्राम सहित जानकी गाउँपालिका-७ बस्ने २३ वर्षीय नरेन्द्र चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, बरियारपट्टी गाउँपालिका-३ हबलदार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित औरही गाउँपालिका-१ दरहिया टोल बस्ने २६ वर्षीय कासिन्द्र ठाकुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०२-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएकी ३१ वर्षीया लक्ष्मी थापा कार्की र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३५ वर्षीया प्रिया बानिया रहेका छन् ।  पक्राउ मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५० हजार रूपैयाँ र प्रियाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लक्ष्मीलाई काठमाडौं महानगरपालिका-३ बाट र प्रियालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-२३

भोजपुर, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका-१ श्यामसिला बस्ने ६२ वर्षीय महेन्द्र बहादुर बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सल्यान, २८ वर्षीया  महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रेश्वरी गाउँपालिका-१ चामे बस्ने ६३ वर्षीय नर बहादुर डाँगीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।