प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
ताजा अपडेट
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 


 

चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

 

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०४-०९

धनुषा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय सबैलाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शनिबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू प्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार सिर्जना गरेको बताउनुभयो । नयाँ भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतिक भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु प्रहरी र नागरिक दुबैको दायित्व रहेको उहाँले बताउनुभयो । नागरिकको समस्या सम्बोधन गर्न थप क्रियाशील भई सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको  थियो । UNOPS को सहयोगमा कुल ३ करोड ३ लाख ५४ हजार ६ सय १ रूपैयाँ ७८ पैसाको लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

  • अवैध लागूऔषध सहित चार जना पक्राउ
    २०८३-०४-०९

    काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित खोटाङ रावा बेशी गाउँपालिका-४ बस्ने ३६ वर्षीय डिल्ली निरौलालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, भीमफेदी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ५३ ट्याब्लेट सहित काठमाडौं कीर्तिपुर नगरपालिका-९ बस्ने २६ वर्षीय प्रिन्स सिंह समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ईश्रायल कामतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ८ ग्राम १० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने धनकुटा, धनकुटा नगरपालिका-१ हिले घर भएका ३५ वर्षीय मन बहादुर थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
  • अनलाइन स्क्याम गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
    २०८३-०४-०९

    कास्की, अनलाइन स्क्याम गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी कञ्चनपुर नगरपालिका-१२ बस्ने २६ वर्षीय विवेक रेग्मी र भारत कर्नाटक महेश्वर शान्तिनगर बस्ने ३० वर्षीय Mohammed Yasheer रहेका छन् ।  पोखरा महानगरपालिका-५ प्रस्याङस्थित घर भाडामा लिई भारतीय नागरिक सहितका व्यक्तिहरूले एसिया र युरोप महादेशका देशहरूमा घुम्न लैजाने भन्दै स्क्याम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले Oasis Tourism International नामको संस्था स्थापना गरी १५ जना युवायुवतीहरूलाई समेत खटाई अनलाइन माध्यमबाट र फोनबाट विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी 3N/4D Holiday voucher fill & win register & win assured gift लेखिएको coupon भर्न लगाई रकम उठाउने गरेको र हालसम्म ३० जना व्यक्तिहरूलाई एसिया र युरोप महादेशका विभिन्न देशमा visit गराउने भन्ने प्रलोभनमा पारी उक्त coupon भर्न लगाई ९ लाख ६५ हजार रूपैयाँ ठगी गरिसकेको समेत खुल्न आएको छ । साथै प्रहरीले उनीहरूको साथबाट कम्प्युटर २ थान, विभिन्न रजिष्टर तथा रेकर्ड बुक ८ थान, कुपन रसिद ६ थान, स्ट्याम्प छाप ४ थान र विभिन्न व्यक्तिहरूको नाममा काटिएका कुपनहरूको अर्धकट्टी समेत बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
  • चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
    २०८३-०४-०९

    पर्सा, चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-३० बस्ने २८ वर्षीय आकाश यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत पर्साको २०८१ चैत २२ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१९ बिन्दवासिनीबाट पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८३-०४-१० बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०४।१० गते १२:३० बजे सम्म ।
२०८३-०४-०८ जनपद प्रहरी समूहतर्फको प्र.व.ह.पदमा बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८३/०४/०८ गते) ।
२०८३-०४-०७ प्राविधिक प्रहरी समूह, सञ्चारतर्फ प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०४।०७ गते) ।
२०८३-०४-०७ प्राविधिक प्रहरी समूह अन्तर्गत सञ्चारतर्फ र सवारीतर्फ प्र.उ., प्र.ना.उ. र प्र.नि. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०४।०७ गते) ।
२०८३-०४-०७ प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०४।०७ गते) ।
२०८३-०४-०१ जनपद प्रहरी समूहतर्फ प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०४।०१ गते) ।
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८३-०४-०८ जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८३-०४-०८) ।
२०८२-१२-२० जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-१२-२० प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि.,प्रा.प्र.स.नि. र प्रा.प्र.ज. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-१२-२० दरखास्त फाराम (२०८२-१२-२०)
२०८२-०८-२५ जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२६)
२०८२-०६-१० जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०६-१०)
हाईलाईटहरु
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८३-०४-०७)
रेडियो कार्यक्रम (२०८३-०४-०४)
रेडियो कार्यक्रम (२०८३-०३-३२)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview