अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८२-१२-१९कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
बिचौलिया रहित नागरिकमैत्री प्रभावकारी सेवा प्रवाह नै प्रहरीको उच्च प्राथमिकता
२०८२-१२-१९काठमाडौं, समाजमा शान्ति सुव्यवस्था कायम राख्दै आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । वर्तमान परिपेक्षमा बिचौलिया रहित, नागरिक मैत्री, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाहलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ । प्रचलित कानुनको कार्यान्वयनद्वारा विधिको शासनको प्रत्याभूति गराउँदै जेन-जी आन्दोलनको मर्म र नयाँ सरकार गठन पश्चात् मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्दै सुशासन, प्रशासनिक पुनर्संरचना र जनजीविकामा प्रत्यक्ष सुधार ल्याउने उद्देश्यका साथ नेपाल सरकारबाट जारी भएको “शासकीय सुधार सम्बन्धी सरकारका १०० कार्यसूची” को भावना अनुरूप नेपाल प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्दै आइरहेको छ । प्रहरी कार्यालयहरूमा सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाइ बिचौलियाहरू हावी भएको सूचनाहरू निरन्तर प्राप्त भइरहेको सन्दर्भमा मुद्दा चल्ने इलाका तह सम्मका कार्यालयहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले बिचौलिया रहित नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न परिपत्र जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, “ नेपाल प्रहरीको मुख्य उद्देश्य नै बिचौलिया रहित नागरिकमैत्री, पारदर्शी एवम् छिटो छरितो सेवा प्रवाह गर्नु हो । प्रत्यक्ष सेवा प्रवाह हुने प्रहरी कार्यालय तथा अन्य कार्यालय वरपर रहेर छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाइ आम नागरिकलाई दुःख, हैरानी दिने व्यक्ति तथा बिचौलीयाहरू पहिचान र पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न प्रहरी सक्रिय रूपमा परिचालित रहेको छ ।” जिल्ला प्रहरी कार्यालयदेखि मुद्दा चल्ने इलाका तह सम्मका कार्यालयको मुख्य प्रवेशद्वार र वरिपरिका मुख्य स्थानहरूमा सिसिटिभी जडान गरी अवलोकन गर्ने/गराउने, दैनिक आउने व्यक्तिहरूको अभिलेख राख्ने र बिचौलियाहरूको प्रवेश तत्काल निषेध गरिने छ । कार्यालय परिसरमा अनावश्यक भीडभाड हुन नदिनका लागि सम्भव भएसम्म पीडितलाई मात्रै अन्यथा पीडित वा सेवाग्राहीलाई भाषाको समस्या भएमा, विकलाङ्ग वा अशक्त भएको अवस्थामा पीडित सँगै आएका नजिकको व्यक्ति वा निजले इच्छाएको व्यक्तिको पृष्ठभूमि, साथमा आउनुको उद्देश्य र औचित्य बुझेर त्यस्तो व्यक्तिको अभिलेख राखेर मात्रै प्रहरी कार्यालयमा प्रवेश गर्ने दिइनेछ । प्रहरी कार्यालयमा कुनै निवेदन, उजुरी दिन वा गुनासो गर्न आएको व्यक्ति आफै उजुरी लेख्न नसक्ने, पढ्न लेख्न नसक्ने अवस्थाको भएमा निजको नजिकको आफन्तलाई रोहबरमा राखी पीडितकै उपस्थितिमा प्रहरीले निवेदन, उजुरी लेख्न सहयोग गर्न सक्नेछन् । कुनै पनि घटना वा अपराधलाई सामाजिक रूपमा हल गर्ने, समाजमा नै न्याय निरूपण गर्ने वा दुवै पक्षलाई सहमतिमा ल्याइ मिलापत्र गर्ने उद्देश्यका साथ प्रहरी कार्यालयहरूमा पञ्चायती गर्ने, छलफल गर्ने जस्ता कार्य तत्काल बन्द गरी कानुन बमोजिम काम कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, “कुनै प्रभाव वा दबाबमा नपरी न्यायिक प्रक्रियाको पूर्ण पालना गर्दै शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष, पारदर्शी र गुनासो रहित सेवा प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिबद्ध रहेको छ ।” काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा सो मातहतका प्रहरी कार्यालयहरूले लापरवाही गर्दै परिपत्रको पालना नगरेमा एवम् प्रहरीको सेवा प्रवाहमा सुधार आउन नसकेको गुनासो प्राप्त भएमा कार्यालय प्रमुखहरूलाई समेत जिम्मेवार बनाई समग्र कार्यसम्पादनमा समेत मूल्याङ्कन गरिने छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-१२-१९काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २४ वर्षीय नबिन श्रेष्ठ र काठमाडौं गोंगबु बस्ने तनहुँ घर भएकी २९ वर्षीया सोनिया श्रेष्ठ रहेकी छिन् । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्क खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१३ राधाकृष्ण टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ बस्ने २७ वर्षीय राज कुमार सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-४ कौवापुरस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय शंकर बिष्टलाई बुधबार राति प्रहरीले प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले उनको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ८ ट्याब्लेट फेला पारेको छ । रूपन्देही, रोहिणी गाउँपालिका-४ सेमरहवाबाट नियन्त्रित लागूऔषध फेनारगन ६० एम्पुल, डाइजेपाम ६० एम्पुल र बुप्रेनोर्फिन ६० एम्पुल सहित नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१६ लालपाटी बस्ने २१ वर्षीय अर्मान चुरिहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.२३ प ३४१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी रूपन्देही, रोहिणी गाउँपालिका-६ छिपागढबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, डाइजेपाम १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल सहित सोही गाउँपालिका-४ बस्ने २६ वर्षीय दिनेश पाण्डेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एल ४८६५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-५ बनकटुवा बस्ने २८ वर्षीय प्रबेश थारूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले बा.७५ प ३६५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, गौरादह नगरपालिका-१ डिपुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-२ बस्ने ३५ वर्षीय भवानी प्रसाईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले पाडाजुगीबाट गौरीगंजतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह ८६३१ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक भवानीलाई पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ बस्ने भारत सुपोल त्रिवेणीगंज-१२ घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय बिजय तिवारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका-२ बस्ने २३ वर्षीय राजिव कुमार राजवंशी र सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय शिव प्रसाद गौतम रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.८७ प ३७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको होमोरङ, उर्लाबारी नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २४ वर्षीय सागर तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा करिब ४३ किलो ९ सय ९० ग्राम सहित शहिदभूमी गाउँपालिका -७ बस्ने २२ वर्षीय शुसान राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले त्रिवेणीबाट मुलघाटतर्फ आउँदै गरेको प्रदेश १-०२-०४७ प ६९८१ नम्बरको मोटरसाइकल चालक सुशनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार को.२१ प ९५६५ नम्बरको मोटरसाइकलमा सवार २ जनाको प्रहरीले खोजी गरिगरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना
- प्रहरी महानिरीक्षकको सचिवालय भवन निर्माण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना
- नेपाल पुलिस स्कुल सामाखुशी काठमाण्डौमा रिक्त रहेको प्राचार्य पदमा नया नियुक्ति सम्बन्धि सूचना
- प्रहरी निरीक्षक (जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको नतिजा प्रकाशन सम्बन्धी ।(२०८२।१२।१६)
- प्रहरी निरीक्षक (जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको नतिजा प्रकाशन सम्बन्धी ।(२०८२।१२।१५)
- प्रहरी हवल्दारहरुको सरुवा सम्बन्धमा (मिति २०८२।१२।१२ गते )।
- सार्वजनिक सुनुवाई सम्बन्धी सुचना (२०८२-१२-१२)
रिपोर्ट तथा प्रकाशन