प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानव तस्करीमा संलग्न व्यक्ति पक्राउ

२०८१-०१-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका-७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो । 

चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भनि भन्दै ४ जना पीडितहरूबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितहरूलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्‍याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुन: दिल्ली पुर्‍याई होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
२०८१-०२-०२

काठमाडौं, भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-९ घर भई काठमाडौं तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका-८ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु विक रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो । उनीहरूले युएइ दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी कुवेत पुर्‍याई पीडितलाई घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको खुल्न आएको छ । पीडितको आफन्तबाट प्राप्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट कुवेतस्थित नेपाली राजदुतावाससँगको समन्वयमा पीडितलाई वैशाख २७ गते नेपाल फिर्ता ल्याइएको थियो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । 

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
२०८१-०१-२४

काठमाडौं, वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बाट पक्राउ गरेको हो । श्याम बाबु समेतले पीडितलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कुवेत पठाईदिने भनि झुक्याई २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्‍याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एअरपोर्टमा देखाउने कागजातहरू समेत फरक-फरक बनाई पठाएको, कुवेतको एअरपोर्टमा पुगे पश्चात जाहेरवालाको सक्कल नेपाली राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई श्रीलंकन मुलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनि आग्रह गर्दा ५ लाख रकम माग गरेको  र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी श्याम बाबु समेतले उपलब्ध गराएको खातामा ३ लाख रकम जम्मा गरे पश्चात पीडित कुवेतबाट २०७९ फागुन २१ गते नेपाल फर्कन सफल भएका थि ए । उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । 

अढाई वर्षकी बालिकालाई बेचबिखन गर्ने कार्यमा संलग्न महिला पक्राउ
२०८१-०१-१४

काठमाडौं,अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखि पढाई दिने प्रलोभन देखाई काठमाडौंस्थित आफ्नै घरमा राखेको र झापाको काकरभिट्टा पुर्‍याई भारत सिलगुडीबाट आएकी उनकै साथीलाई सुम्पिएको भन्ने सूचनाको आधारमा प्रहरी, राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा सोमबार ती बालिकाको उद्दार गरि हाल सुरक्षित आवासगृहमा राखिएको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न विश्वकर्मालाई काठमाडौं भृकुटीमण्डपबाट पक्राउ गरेको हो । उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

दुवई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
२०८१-०१-१४

काठमाडौं, क्यानडा पठाईदिन्छु भनि दुवई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका-३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई क्यानडा पठाईसकेको भनि प्रलोभन देखाउँदै पीडितलाई दुवई पुर्‍याई बन्धक बनाई राखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए । घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनसँगको समन्वयमा काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । हवारीले क्यानडा जानको लागि ३० लाख रूपैयाँ लाग्ने बताएको, पीडितलाई बिहे गर्ने सम्म प्रलोभन देखाई नेपालमै पटक पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रूपैयाँ रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । 

ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ
२०८०-१२-१३

काठमाडौं, ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका-५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय बिष्णु बहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाईदिने लगायत विभिन्न प्रलोभन देखाई पीडितलाई २०८० भदौ २६ गते काठमाडौंबाट भिजिट भिषामा ओमनको मस्कट शहरमा पुर्‍याएर जबरजस्ती वेश्यावृत्तिमा लगाई शारीरिक तथा मानसिक यातना दिई राखेको अवस्थामा पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले २ लाख ५० हजार माग गरेकोमा पीडितको आफन्तले उक्त रकम दिई पीडित नेपाल फर्कन सफल भएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका रानालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त पक्राउ
२०८०-०९-१८

काठमाडौं, मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका अभियुक्त नुवाकोट बेलकोटगढी नागरपालिका-१३ ठेगाना भएका ४३ वर्षीय हरी नेपाली भन्ने हरी दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पीडितलाई भारत कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने भन्ने प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ता पुर्‍याई पीडितलाई झुक्याई अस्पताल लगि बेहोस पारी मानव अंग मृगौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेको घटनामा संलग्न रही फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।