प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
अन्वेषण योजना तथा विकास निर्देशनालय - DIGP Biography

प्रहरी नायव महानिरीक्षक राजेश नाथ बास्तोलाको जन्म साबिक कोशी अञ्चल सुनसरी जिल्ला धरान नगरपालिका वडा नं.४ मा बि.स २०२५ कार्तिक ११ गते भएको हो । नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा बि.स २०५२ कार्तिक २७ गते सेवा प्रवेश गर्नु भएको थियो ।

यस अन्वेषण योजना तथा विकास निर्देशनालयको निर्देशनालय प्रमुखको रूपमा मिती २०८० माघ ७ गते देखि कार्यरत हुनुहुन्छ। प्र.ना.म.नि बास्तोलाले नेपाल प्रहरिमा विभिन्न उन्नत तथा आधारभूत तालिम हासिल गर्नु भएको छ । मुख्य रुपमा प्रहरी निरीक्षक आधारभूत तालिमम्यानेजमेण्ट अफ ट्रिटमेन्ट एण्ड रिहाविलिटेसनअपराध अनुसन्धान तालीमव्यवस्थापन तथा विकास विषयक व्यवसायिक प्रशिक्षणविशिष्ट वयत्तिको सुरक्षा तालीम (सि.प्र.अ.)यु.एन.एफ.पि.यु. खटिनु पूर्वको तालीम हाईटीप्रहरी व्यवस्थापन तालीमसाईवर क्राईमरिईन्फोर्ससेन्ट अफ ईलेक्ट्रोनिक ट्रान्जेक्सन एक्टईटियईन नेसनल एण्च ईन्टरनेसनलआईटि फर सिनियर पुलिस अफिसरट्राफिक व्यवस्थापनसार्वजनिक खरिद ईत्याआदी तालिम प्राप्त गर्नु भएको छ ।

प्र.ना.म.नि बास्तोलालेनेपालका सि.प्र.अ. हरुको लागि गोष्ठी (चीन)एफ.पी.यु.कमाण्डर कोर्ष (हाईटी)एसिया रिजन ल इन्फोर्समेन्ट मेनेजमेन्ट प्रोगाम (भियतनाम) लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सेमिनारगोष्टी र तालिममा सहभागिता जनाउनु भएको छ ।

प्र.ना.म.नि बास्तोला त्रिभुवन विश्वविद्यालयबाट जन प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययन गर्नु भएको छ । आफ्नो २८ वर्ष नेपाल प्रहरी संगठनमा ताप्लेजुङपाँचथरमहानगरीय प्रहरी वृत बालाजु काठमाण्डौकाभ्रेपलान्चोक , वर्दियाप्रदेश प्रहरी तालिम केन्द्र विराटनगरर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङमा प्रहरी प्रमुखको रूपमा सफल कार्यकाल पुरा गर्नु भएको छ ।

काभ्रेपलान्चोक जिल्लामा प्रहरी प्रमुख रहँदा प्रहरी व्याटनमा देशभरीबाटँ उत्कृष्ट जिल्ला भई प्रथम स्थान हासिल गर्नु भएको छ । 

नेपालको सर्वोच्च नागरिक पुरस्कार मध्येको एक प्रवल जनसेवा श्रीसुप्रवल जनसेवा श्री बाट सम्मानित हुनु भएका प्र.ना.म.नि बास्तोला गद्दी आरोहण रजत पदकदैवीप्रकोप उद्रार पदकसंयुत्त राष्टसंघ पदक लगायत विभिन्न पदक र अलंकारबाट विभूषित हुनु भएको छ ।

प्र.ना.म.नि बास्तोला संयुक्त राष्ट्र संघशान्ति मिसन अन्तर्गत फर्म पुलिस युनिटहाईटीमा दुई पटक सहभागी हुनु भएको थियो भने उहाँको योगदानको कदर गर्दै संयुक्त राष्ट्र पदकबाट सम्मानित हुनु भएको छ । उहाँलाई मन पर्ने विषयहरूमा यात्रा गर्नसामुदायिक गतिविधिहरूमा भाग लिनखेलकुद खेल्न र सङ्गीत सुन्न लगायत पर्दछन् । श्री हरिनाथ बास्तोला तथा श्रीमती उमा बास्तोलाका सुपुत्र प्रनामनी राजेश नाथ बास्तोला विवाहित हुनुहुन्छ र उहाँको एक छोरा र एक छोरी छिन् ।