बारम्बार सोधिने प्रश्नहरू
प्रहरी चारित्रिक प्रमाणपत्रका लागि स्पष्ट कागजात चाहिने हुँदा यदि तपाईको राहदानीमा तपाईको प्रस्थान मिति स्पष्ट छैन भने, कृपया काठमाडौंको डिल्लीबजार कालिकास्थान स्थित अध्यागमन कार्यालयमा गई प्रस्थान मिति उपलब्ध गराई पाउँ भनि यात्रा गरेको राहदानी नं. सहित उल्लेख गरी निवेदन दिनुहोस् र त्यहाँबाट प्रस्थान मिति सहितको प्राप्त पत्र departure को स्थानमा अपलोड गर्नुहोस् ।
कृपया निम्न लिङ्क प्रयोग गरेर हामीलाई रिपोर्ट गर्नुहोस ।
रिपोर्ट गर्नुहोस् ।
तपाईंले नागरिक एप प्रयोग गरी आवेदन दिनु भएको हुनाले उक्त एपबाट प्राप्त विवरणका आधारमा प्रहरी चारित्रिक प्रमाणपत्रमा गलत विवरण पाउनु भएको हो । तसर्थ, नागरिक एपको विवरण जिल्ला प्रशासन कार्यालयबाट सच्याएर पुन: आवेदन दिनुहोला वा opcr.nepalpolice.gov.np मार्फत पुन: फारम भर्नुहोस् ।
Cyber Crime (Online Harassment, Hacking, Fake ID, Blackmailing, Online Transaction Fraud, Online Shopping, Parcel Scam, Fake Account मार्फत ठगी ) सम्बन्धी अपराधको निवेदन दिनुपरेमा काठमाडौँ उपत्यकाको हकमा साइबर ब्यूरो भोटाहिटी काठमाडौँमा (फोन नं.०१-५३१९०४४, cyberbureau@nepalpolice.gov.np ) र अन्यको हकमा आफूलाई पायक पर्ने प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यलायहरुमा निवेदन दिन सकिन्छ । निवेदन दिँदा आफूसँग भएको प्रमाणहरु (जस्तै:- Screenshot, Payment Voucher, Chat History, Audio-video) जस्ता प्रमाणहरु सुरक्षित राख्न समेत अनुरोध गरिन्छ ।
वैदेशिक रोजगारी ठगी सम्बन्धी कुनै पनि निवेदन दिनुपरेमा काठमाडौँ उपत्यकाको हकमा वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ (फोन नं.०१-४७९२६१६) र अन्यको हकमा पायक पर्ने जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सकिन्छ । निवेदन दिँदा आफूसँग भएको प्रमाणहरु (जस्तै:- Payment Voucher, सम्बन्धित Document ) जस्ता प्रमाणहरु सुरक्षित राख्न समेत अनुरोध गरिन्छ ।