प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
ताजा अपडेट
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 


 

चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

 

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन कार्यक्रम सम्पन्न
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन कार्यक्रम सम्पन्न
२०८३-०३-०३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित समारोह बिच अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीद्वारा लिखित ‘Police and Rule of Law’ नामक पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।  उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले यस गहन र सान्दर्भिक कृतिको सफल प्रकाशनका लागि अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यस सिर्जनाको भाव नरोकियोस तथा आगामी सिर्जनात्मक यात्रा अझ धेरै फलदायी होस् भन्ने कामना समेत गर्नुभयो । साथै अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीको कलमबाट हामीलाई मार्गदर्शन गर्ने, समाजलाई मार्गदर्शन गर्ने, मुलुकलाई समृद्धितर्फ लाने र कानुनी शासनलाई व्यवस्थित गर्न एवम् स्थापित गर्न सहयोग गर्ने किसिमका थप कृतिहरू र सिर्जनाहरू प्राप्त भइरहने समेत उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा पूर्व रजिष्टार तथा नेश्नल ल कलेजका प्राचार्य राम कृष्ण तिमल्सिना, पूर्व सचिव खेमराज रेग्मी र अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै सो अवसरमा अकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र पूर्व नायव महान्यायाधिवक्ता सूर्य कोइरालाले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका विषयवस्तु एवम् लेखकको लेखन कौशलताका बारेमा चर्चा गर्नुभएको थियो । पूर्व सचिव विश्व प्रकाश पण्डितको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा पूर्व सचिव डा. कृष्ण प्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुस्तकका लेखक अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीले धन्यवाद मन्तव्य व्यक्त गर्दै पुस्तकको विषयबस्तु सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।  कार्यक्रममा नेपाल सरकारका पूर्व सचिवहरू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
    २०८३-०३-०६

    काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३२ वर्षीय सबिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने २९ वर्षीय लक्ष्मण बिष्टलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-७ भीमापुर बस्ने १९ वर्षीय सनम थारूलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ जेपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय बेख लाल राना र २८ वर्षीय भक्तु राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  उदयपुर, कटारी नगरपालिका-६ बैनाज पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित सोही नगरपालिका-४ सिम्ले डेरा गरी बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-६ बाउनटार घर भएका ३० वर्षीय नर बहादुर पुलामी मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-७ गुनाहाना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २९ वर्षीय वसिम जसगढ समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनुषा, धनौजी गाउँपालिका-३ कटैया चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट सहित हंसपुर नगरपालिका-१ मानसिपट्टी बस्ने २० वर्षीय ओम मण्डल समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी  चौकी धनौजीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२-०३-०१७ प ६०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१९ शिवपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो १ सय ग्राम सहित बारा घर भएका ५० वर्षीय राम कनाही महतोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  झापा, गौरादह नगरपालिका-२ डिठ्ठा चोक बस्ने ३१ वर्षीय विवेक राजवंशी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक समेतबाट खटिएको प्रहरीले विवेकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.१-०१-०१२ प ५६६८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुल अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-९ गरामनी बस्ने ३५ वर्षीय राज कुमार कामती र उनकै श्रीमती ३३ वर्षीया मनिका कामती रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले मे.९ प ४०७१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-७ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय समिर राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सप्तरी, बोदेबरसाईन नगरपालिका-९ स्वर्णपट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३१ ग्राम ९ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका-८ पोखरिया बस्ने ३८ वर्षीय त्रिलोकी चौधरी र सोही नगरपालिका-७ भङ्हा टोल बस्ने ३२ वर्षीय सन्तलाल दास रहेका छन् । इलाका प्रहरी कार्यालय कडरबोना समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.७ प ८५२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-११ तीनघरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका-१ बस्ने ३१ वर्षीय भुबन राय र ३६ वर्षीय सन्जु तामाङ रहेका छन् । प्रहरी चौकी तीनघरेबाट खटिएको प्रहरीले झापाबाट पाचँथरतर्फ जाँदै गरेको मे.८ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
    २०८३-०३-०६

    काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने अर्घाखाँची घर भएका २८ वर्षीय सन्तोष अधिकारी, काठमाडौं महानगरपालिका-३ बस्ने दाङ घर भएका २९ वर्षीय हेमन्त केसी, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सुनसरी घर भएका ४२ वर्षीय सुक देव राई, सोही नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३४ वर्षीय मनिष पोदार, काठमाडौं महानगरपालिका-१६ बस्ने रूपन्देही घर भएका ४७ वर्षीय राम रतन मिश्र, काठमाडौं टोखा बस्ने कास्की घर भएका ३९ वर्षीय अमृत अधिकारी र काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट घर भएका ३५ वर्षीय मिर इसलामाना रहेका छन् । पक्राउ मध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ३० हजार रूपैयाँ, सुक देवले सर्विया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १३ लाख रूपैयाँ, मनिषले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, रामले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र मिरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ६३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोष र हेमन्तलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार, सुक देवलाई बुढानिलकण्ठ नगरपालिका-११ बाट बिहीबार तथा मनिषलाई काठमाडौं महानगरपालिका-१२ बाट, रामलाई काठमाडौं महानगरपालिका-१६ बाट, अमृतलाई काठमाडौं टोखाबाट र मिरलाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार पक्राउ गरेको  हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    [ विस्तृतमा ]
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
    २०८३-०३-०६

    काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने धादिङ निलकण्ठ नगरपालिका-८ रामकोट घर भएका ४९ वर्षीय बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०८१ फागुन ४ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२७ महाबौद्धबाट पक्राउ गरेको हो ।   उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८३-०३-०७ बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०३।०७ गते ०९:५० बजे सम्म ।
२०८३-०३-०५ प्राविधिक प्रहरी समूहतर्फको प्र.ब.ह./प्र.ह./प्र.स.ह.हरुको सरुवा सम्बन्धमा (मिति २०८३/०३/०५ गते) ।
२०८३-०३-०५ प्राविधिक प्रहरी समूहतर्फको प्र.ब.ह./प्र.ह./प्र.स.ह.हरुको बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८३/०३/०५ गते) ।
२०८३-०२-२९ प्राविधिक प्रहरी समूहतर्फको प्र.ब.ना.नि./प्र.ना.नि./प्र.स.नि.हरुको सरुवा सम्बन्धमा (मिति २०८३।०२।२९ गते) ।
२०८३-०२-२९ प्राविधिक प्रहरी समूहतर्फको प्र.ब.ना.नि./प्र.ना.नि./प्र.स.नि.हरुको बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८३।०२।२९ गते) ।
२०८३-०२-२९ प्राविधिक प्रहरी समूह अन्तर्गत संगिततर्फ, सञ्चारतर्फ, आवास तथा भौतिकतर्फ र केनाईनतर्फ प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०२।२९ गते) ।
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-१२-२० जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-१२-२० प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि.,प्रा.प्र.स.नि. र प्रा.प्र.ज. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-१२-२० दरखास्त फाराम (२०८२-१२-२०)
२०८२-०८-२५ जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२६)
२०८२-०६-१० जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०६-१०)
२०८२-०६-१० दरखास्त फाराम (२०८२-०६-१०)
हाईलाईटहरु
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८३-०३-०४)
रेडियो कार्यक्रम (२०८३-०३-०१)
रेडियो कार्यक्रम (२०८३-०२-२८)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview