अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
चाडपर्वको अवधिमा सवारी दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी थप सचेत भई परिचालित
२०८३-०७-०९काठमाडौं, सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो जनधनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक, मापसे, लापसे लगायतका कारणबाट हुने दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना हुन नदिन तथा यात्रुहरूलाई आवगमनमा सहजता प्रदान गर्न नेपाल प्रहरी थप सचेत भई परिचालित भइरहेको छ । यस वर्षको दसैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १ सय २४ जनाको मृत्यु भएको छ । तीमध्ये ८३ जना पुरूष, ३९ जना महिला, ७ बालक र ५ बालिका रहेका छन् । ती दुर्घटनामा परी २ हजार ९८८ जना घाइते भएका छन् । घाइते मध्ये ४ सय ३७ जना गम्भीर र २ हजार ५५१ जना सामान्य घाइते भएका छन् । चाडपर्वको अवधिमा दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धमा चालिएको कदम बारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘चाडपर्वको समयमा लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्ने भएकाले नेपाल प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरूको सुरक्षा तथा सहजताको लागि प्रभावकारी व्यवस्थापन गरेको छ । सवारी छुट्ने स्थानमै चालकहरूको सवारी चालक अनुमति पत्र चेकजाँच, मादक पदार्थ एवम् लागूपदार्थ सेवन चेकजाँच, सिट क्षमता अनुसार यात्रु राखे/नराखेको चेकजाँच, TCA (Traffic Communication Application) को प्रयोग गरी लामो दूरीको सवारी साधनहरूमा २ जना चालक भए/नभएको चेकजाँच गर्ने र प्रत्येक सवारी साधनहरूको मेकानिकल टेष्ट (चेकजाँच) गर्दै सवारी साधनलाई सुरक्षित रूपमा गन्तव्य तर्फ पठाउने व्यवस्था मिलाईएको छ ।’ सो अवधिमा देशका विभिन्न स्थानमा १ हजार ३३९ वटा सवारी दुर्घटनाका घटनाहरू भएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा १७१ वटा, कोशी प्रदेशमा ३९७ वटा, मधेशमा ८० वटा, बागमतीमा ११२ वटा, गण्डकीमा ९७ वटा, लुम्बिनीमा १६१ वटा, कर्णालीमा १७१ वटा र सुदूरपश्चिममा १५० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा मोटरसाइकल १ हजार ५५२ वटा, जिप\कार ३३७ वटा, टेम्पो २०७ वटा, ट्रक\ट्याङ्कर ७१ वटा, माइक्रोबस ६४ वटा, बस ५४ वटा, ट्याक्टर ३८ वटा, टिपर १५ वटा, डोजर\स्काभेटर\लोडर १० वटा र अन्य १३३ वटा गरी जम्मा २ हजार ४८१ वटा सवारी साधनहरू संलग्न रहेका छन् । तथ्यङ्कको विश्लेषण गर्दा सबै भन्दा बढी दुर्घटना कोशी प्रदेशमा र सबै भन्दा कम मधेश प्रदेशमा भएका छन् भने सबै भन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । गत वर्षको दसैंको अवधिमा कुल १ हजार ४ सय ९२ वटा सवारी दुर्घटनाका घटनाहरू भएका थिए । ट्राफिक नियम उल्लङघन गर्ने ५ हजार ७०३ सवारी साधन कारबाही :दसैंको अवधिमा देशभरबाट ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारी साधनलाई कारबाही गरिएको छ । जसमध्ये मादक पदार्थ सेवन अन्तर्गत २ हजार ७९४, सिट क्षमता भन्दा बढी १ हजार ८८२, तीव्र गति ७४६, यान्त्रिक परिक्षण कारबाहीतर्फ ८८, छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८, लापसे ५३ र TCA तर्फ ९ वटा गरी ५ हजार ७०३ सवारी साधनलाई कारबाही गरिएको हो । प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘प्रहरीले कारबाही गर्ने भन्दा पनि यात्रु एवम् चालकहरूको सुरक्षालाई विशेष प्राथमिकतामा राखी दुर्घटना हुन सक्ने स्थानको पहिचान गरेर नियमित तथा आकस्मिक रूपमा चेकजाँच गर्ने गर्छ । सुरक्षित र मर्यादित सडकको प्रयोग एवम् सवारी आगमनलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीले विभिन्न प्रविधिहरूको समेत प्रयोग गरी कार्य गरिरहेको छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाएको देखेमा, पाइएमा नजिकको प्रहरी कार्यालय वा १००/१०३ मा खबर गर्नुहुन आम नागरिकमा अनुरोध छ ।’ नेपाल प्रहरीले दुर्घटना न्यूनीकरणको लागि ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत संचालन गर्दै आइरहेको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत यस वर्षको दसैंको अवधिमा देशभर ४ सय ८ वटा यात्रु सहायता कक्ष, अन्तर्राष्ट्रिय सीमा नाकाका १ सय ८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरी दुर्घटना न्यूनीकरणमा विशेष सतर्कता अपनाई कार्य गरिएको थियो । साथै नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘दिपावली, नेपाल सम्वत् र छठपर्व’ लगायतका पर्वहरूलाई केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले सवारी दुर्घटना न्यूनीकरणमा विशेष योजना अवलम्बन गरी कार्य गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०७-०९चितवन, भरतपुर महानगरपालिका-३ बेलचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नोर्फिन २२ एम्पुल र प्रोमेथाजाइन २२ एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने गोरखा घर भएका १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ वनस्पति चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित बागमती गाउँपालिका-७ बस्ने २३ वर्षीय रोशन विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र वनस्पतिबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार ५ सय ट्याब्लेट सहित सोही नगरपालिका-२ नवलपुर बस्ने २४ वर्षीय विशाल प्रधानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दीबाट जब्दीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०५४ प १४४९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९२ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय तिलक खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०७-०९काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-३२ पेप्सिकोला बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-५ घर भएका २८ वर्षीय श्रीकृष्ण बराम समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.२ ज ३०३३, बागमती प्रदेश १-००२ ज ६७५२ नम्बरका ट्याक्सीहरू र बा.७५ को ८४६४ नम्बरको स्कुटर समेत बरामद गरेको छ । सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ५० मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-७ बस्ने २७ वर्षीय कुशल घिमिरे समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ९ सय ८० ट्याब्लेट र स्पास्पेन ७ हजार ट्याब्लेट सहित हरिनगरा गाउँपालिका-७ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले प्रदेश नम्बर १-०२-००५ ह ६४८० नम्बरको सिटी सफारी जाँच गर्दा उक्त लागूऔषध फेला पारी सिटी सफारीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न हरिनगरा गाउँपालिका-७ बस्ने १८ वर्षीय किशोरलाई समेत पक्राउ गरेको छ । यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-५ राँगाचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र नगद २३ हजार १ सय ८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने ४० वर्षीय राम कुमार चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ८८ ट्याब्लेट र नाइट्राजेपाम ३ सय ट्याब्लेट सहित त्रियुगा नगरपालिका-१० बोक्से बस्ने २६ वर्षीय मनोज मग्रांतीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।झापा, बिर्तामोड नगरपालिका-५ नयाँ बसपार्क डेरा गरी बस्ने ताप्लेजुङ फुङलिङ नगरपालिका-३ घर भएका २५ वर्षीय बविस भण्डारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बविसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-४ निपनिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५३ ग्राम ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका-५ बस्ने ३१ वर्षीय अजय कुमार यादव र सोही नगरपालिका-१० बस्ने २५ वर्षीय अरबिन्द कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास महोत्तरी समेतबाट खटिएको प्रहरीले म.प्र.०१-००६ प ५१३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।कपिलवस्तु, शिवराज नगरपालिका-२ हल्लानगर बस्ने २३ वर्षीया अस्मिता बोहोरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले अस्मिताको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १६ मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय आवेश राना समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१२ कम्पनीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६४ मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपक कुंजडा र २५ वर्षीय राम कुमार कुंजडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बझाङ, बित्थडचिर गाउँपालिका-८ बागथला बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ किलो १ सय ९५ ग्राम सहित सोही गाउँपालिका-५ बस्ने ३० वर्षीय कटक जप्रेललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले चैनपुरदेखि धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ४२११ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो । धनुषा, गणेशमान चारनाथ नगरपालिका-९ बरमझिया मुस्लिम टोल बस्ने ३२ वर्षीय अब्दुल रहमानलाई अवैध लागूऔषध गाँजा ३ सय ६० ग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले अब्दुलको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ थानाभर्याङ बस्ने २४ वर्षीय सुमन खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.२१ प १७५१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०७।०९ गते २०:०८ बजे सम्म ।
- प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन तथा विशेष स्वास्थ्य परीक्षण तालिका सम्बन्धी सूचना (२०८३-०६-३०)
- Amendment Notice (2083-06-30)
- प्राविधिक प्रहरी समूह, विधिविज्ञान उपसमूहतर्फ प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०६।२९ गते) ।
- संगठन प्रमुख श्रीमान् प्र.म.नि. दान बहादुर कार्कीज्यूले ७१ औं प्रहरी दिवस एवम् नेपालीहरुको महान चाड वडादशैं, शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा दिनु भएको "शुभ-कामना सन्देश"
- प्राविधिक प्रहरी समूह अन्तर्गत सूचना प्रविधि/कम्प्युटरतर्फ, सवारीतर्फ र हातहतियारतर्फ प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०६।२८ गते) ।
- प्राविधिक प्रहरी समूह अन्तर्गत सूचना प्रविधि/कम्प्युटरतर्फ, विधिविज्ञानतर्फ, सवारीतर्फ र हातहतियारतर्फ प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०६।२८ गते) ।
रिपोर्ट तथा प्रकाशन