बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०७।१३ गते १७:४० बजे सम्म ।
२०८३-०७-१३
- A
- A-
- A+
१. जि. गोरखा आरुघाट गा.पा.२, ३ स्थित फलामे मोटरेवल पक्कि पुल बगाएको हुँदा सडक अबरोध भएको ।
मिति २०८३।०६।२५ गते ०५:३० बजेको समयमा जि.गोरखा चुमनुब्रि गा.पा.६ लोक्पा देखि चुम्लिङको बिचमा सिरिङ्गे हिमालमा हिमपहिरो गई स्थानिय उइनगुलुङ खोला थुनिन गई सोहि स्थान भएर बग्ने बुढिगण्डकी नदीमा बाढी आएको हुँदा आरुघाट गा.पा.२ र ३ जोड्ने सोतिमा रहेको फलामे मोटरेवल पक्कि पुल बगाई बाटो पूर्ण रुपमा अवरोध भएको ।
२. बंगालको खाडिमा रहेको अर्नब चक्रवातको प्रभाबको कारण कार्तिक १२,१३ र १४ गते सबैजसो प्रदेश प्रभावित हुने पूर्वानुमान छ । उक्त चक्रवातको कारण चट्याङ र हावाहुरी सहित भारी बर्षा, उच्च पहाडी र हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम भएकोले उच्च सतर्कताका लागि अनुरोध ।
- धाबबाली काट्ने, भित्र्याउने लगायतका कृषि कार्य १२ गते बिहिबार अगाडी नै गर्ने गराउने ।
- पर्यटकहरु उच्च पहाडी र हिमाली क्षेत्रमा नजाने, गईसकेको भए उक्त अवधिभर सुरक्षित ठाँउमा रहने ।
- आवश्यक परेमा सवारी आवगमन बन्द गर्ने, गराउने । सवारी आवगमन बन्द गर्नु पूर्व सोको अग्रिम जानकारी सर्वसाधारण सम्म पुर्याउने व्यवस्था मिलाउने ।
- सडक तथा हवाई यातयात लगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउने । सो अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्ने, नगराउने ।
३.जि. मकवानपुरकान्तिलोकपथ
सडक खण्ड अन्तरगत हेटौडाबाट ठिङ्गन हुदै ललितपुर निस्कने सडक खण्डमा सम्पुर्ण
सवारी साधन आवत जावतको लागी रोक लगाएको ।
बंगालको खाडीमा बनेको अर्नब चक्रवातको कारण निरन्तर बर्षा भइरहेकोले बाढी तथा पहिरोको सम्भाबित उच्च जोखिमलाई मध्यनजर गर्दै सो बाट मानबिय तथा भैतिक क्षति हुन नदिनको लागी मिति २०८३।०७।१३ र १४ गते साँझ १७:०० बजे देखि बिहान ०५:०० बजे सम्मको लागी कान्तिलोकपथ सडक खण्ड अन्तरगत हेटौडाबाट ठिङ्गन हुदै ललितपुर निस्कने सडक खण्डमा सम्पुर्ण सवारी साधन आवत जावतको लागी रोक लगाएको ।