प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
यु. एन. शाखा - परिचय

प्र.प्र.का.यू.एन.शाखा


परिचय

संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ विभिन्न देशहरुमा खटिई जाने नेपाल प्रहरीका कर्मचारीहरुको छनौट, मनोनयन तथा अह्रनखटन लगायत मिसनसंग सम्बन्धित विविध कार्यमा संयुक्त राष्ट्र संघका बिभिन्न अंगहरु एवं नेपाल स्थित बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसंग समन्वयात्मक भूमिका निर्वाह गर्नको लागि प्रहरी प्रधान कार्यालयमा यू.एन.शाखाको स्थापना भएको हो ।


पृष्ठभुमि

नेपाल प्रहरीले मिति २०४८।११।२९ गते (तदनुसार 12 March 1992) मा संयुक्त राष्ट्र संघको आव्हानमा Former Yugoslavia मा स्थापना गरीएको UNPROFOR Mission मा पहिलो पटक सहभागिता जनाएको थियो । तत्‌पश्चात विभिन्न देशहरुमा संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ सहभागिता जनाउदै आईरहेको र हाल Sudan (UNAMID), South Sudan (UNMISS) , Somalia (UNSOM) , Congo (MONUSCO) , Mali (MINUSMA) र UNISFA (Abyei) Mission हरूमा नेपाल प्रहरीका कर्मचारीहरु कार्यरत रहेका छन् ।


लक्ष्य (Vision)

नेपाल सरकारले संयुक्त राष्ट्र संघसँग गरेको प्रतिवद्धता अनुरुप नेपाल प्रहरीका योग्य एवं दक्ष प्रहरी कर्मचारीहरूलाई छनौट गरी राष्ट्र संघीय मिसनहरूमा Professional, Individual Police Officers (IPOs) /FPU को रूपमा बढी भन्दा बढी प्रहरी कर्मचारीहरू सहभागी गराउने लक्ष्य रहेको छ ।


कार्य बिभाजन (Job Description)

UN Mission को कार्य प्रकृति अनुरुप निर्धारित कार्यलाई सहज, सरल र बैज्ञानिक ढंगले सम्पादन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा प्र.ना.उ.-१, प्र.नि.-१, प्र.ना.नि.-१, प्र.स.नि.-१, प्र.ह.-१ र प्र.ज.-१ गरी कुल जम्मा ७ जनाको दरबन्दी रहेको यू.एन.शाखाको सहज रुपले कार्य संचालन गर्न निम्नानुसारको कार्य विभागजन गरीएको छ :

(क) IPOs/Global Desk

(ख) FPU Desk

(ग) प्रशासन शाखा


(क) IPOs /Global Desk मा खटिने प्रहरी कर्मचारीहरुले AMS (Assessment for Mission Service) परीक्षाको तयारी तथा संचालन र पास भएका प्रहरी कर्मचारीहरुलाई Merit List को आधारमा विभिन्न राष्ट्र संघीय मिसनहरुमा मनोनयन, अह्रन खटन तथा UN DPO द्वारा पदपूर्तिको लागि आव्हान भएका पदहरुको लागि प्राप्त प्रहरी अधिकृतहरुको आवेदनहरु मध्ये कार्य दक्षता, क्षमता र कार्य मुल्याकंनको आधारमा Nomination गर्ने तथा खटिई गएका प्रहरी कर्मचारीहरुको अभिलेख दुरुस्त रुपमा राख्ने कार्य गर्दछन् ।

(ख) FPU Desk मा खटिने प्रहरी कर्मचारीहरुले FPU मिसनमा खटिने प्रहरी कर्मचारीहरुको लागि UN FPU छनौट (पहिलो संशोधन) मापदण्ड, २०७७ ले व्यबस्था गरे बमोजिम छनौट गरी निजहरुको Pre-deployment Training, FPAT परीक्षा तथा Rotation सम्बन्धी कार्य र निजहरुको अभिलेख राख्ने कार्य FPU Desk मा खटिने प्रहरी कर्मचारीहरुले गर्दछन् ।

(ग) प्रशासन शाखामा खटिने प्रहरी कर्मचारीहरुले कार्यालयको दैनिक कार्य संचालनको साथै बिभिन्न मिसनहरूमा खटिने सम्पुर्ण प्रहरी कर्मचारीहरुको दुरूस्त अभिलेखीकरण गर्ने, सम्बन्धित मन्त्रालय तथा अन्य बिभिन्न कार्यालयहरू संग समन्वय, Formed Police Unit (FPU) र Individual Police Officers (IPOs) हरूको छनौट लगायत Global Vacancy का लागि पत्राचार तथा Follow Up गर्ने कार्य गर्दछन् ।


The Total Participation of Nepal Police Personnel as CIVPOL/UNPOL/IPO in various UN Missions Including Currently Working