बैण्ड टोलीका लागि तोकिएको सम्पुर्ण शुल्क बैण्ड टोली खटिनु कम्तिमा पन्ध्र (१५) दिन अगावै सम्बन्धित
प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा / प्रदेश प्रहरी कार्यालय कल्याण शाखाको तोकिएको खातामा
जम्मा गरी काठमाडौं उपत्यकामा नेपाल प्रहरी प्रधान कार्यालय, जनसम्पर्क शाखा र प्रदेशमा प्रदेश प्रहरी
कल्याण शाखामा सक्कल भौचर दाखिला गरे पश्चात मात्र निवेदकलाई बैण्ड खटाएको आधिकारीक पत्र
दिईने छ । तोकिएको समयमा सम्पूर्ण सेवा शुल्क जम्मा नगरे बैण्ड खटिने छैन ।
अग्रिम भुक्तानि रकम दाखीला गरी सकेपछि निवेदकले बैण्ड रद्द गरेमा अग्रिम भुक्तानि रकमा फिर्ता हुने
छैन तर निवेदकले बैण्ड बुक गरे पश्चात आकस्मिक रुपमा कुनै सरकारी काम परी प्रहरी बैण्ड टोली
खटाउन नसकिएको अवस्थामा अग्रिम भुक्तानि रकम फिर्ता गरिने छ ।
निवेदकद्वारा कुनै कारणवश बैण्ड खटिने मिति र समय संशोधन गर्नु परेमा कम्तिमा ५ दिन अघि लिखित
सूचना दिनु पर्नेछ । संशोधित समयमा बैण्ड टोली उपलब्ध नरहेमा निवेदकको माग अनुसार नेपाल प्रहरी/
प्रदेश प्रहरी बैण्ड टोली खटाउन बाध्य हुने छैन । संशोधित समयमा बैण्ड उपलब्ध गराउन नसकिएमा
अग्रिम भुक्तानि बापत जम्मा गरेको रकम फिर्ता हुने छैन ।
बुक गरिसकेको बैण्ड टोली कुनै कारणवश निवेदकद्वारा रद्द गर्नु परेमा निवेदकले नेपाल प्रहरी प्रधान
कार्यालय, जनसम्पर्क शाखा वा सम्बन्धित प्रदेश प्रहरी कार्यालय कल्याण शाखामा लिखित सूचना दिनु
पर्नेछ । यसरी बैण्ड रद्द गरीँदा निवेदकले दिएको लिखित सूचनाको समयको आधारमा निम्नानुसार शुल्क
कट्टा गरी बाँकी रकम मात्र फिर्ता गरिने छ ।
निम्नः
बैण्ड टोली खटिने मिति र समय भन्दा पाँच (५) दिन पहिला लिखित सूचना दिएमा बैण्ड शुल्कको पच्चिस
प्रतिशत (२५%) शुल्क कटाई बाँकी रकम फिर्ता गरिने छ ।
बैण्ड टोली खटिने मिति र समय भन्दा तीन (३) दिन पहिला लिखित सूचना दिएमा बैण्ड शुल्कको पच्चास
प्रतिशत (५०%) शुल्क कटाई बाँकी रकम फिर्ता गरिनेछ ।
बैण्ड टोली खटिने मिति र समय भन्दा एक (१) दिन पहिला लिखित सूचना दिएमा बैण्ड शुल्कको पचहत्तर
प्रतिशत (७५%) शुल्क कटाई बाँकी रकम फिर्ता गरिनेछ ।
बैण्ड टोली खटिने मिति र समय भन्दा चौब्बिस (२४) घण्टा भन्दा कम समयमा लिखित सूचना दिएमा
जम्मा गरेको शुल्क फिर्ता हुनेछैन ।
बैण्ड रद्द गर्दा तोकिए बमोजिमको फिर्त्ता लिनु पर्ने अग्रिम भुक्तानी रकम वा सेवा शुल्क एक (१) महिना
भित्र फिर्ता नलिएमा उक्त रकम फिर्ता हुने छैन ।