एकनाले भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०७-१०
- A
- A-
- A+
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बान्द्रेटोल बस्ने ५० वर्षीय मंगल सिंह राईलाई एकनाले भरूवा बन्दुक १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।