जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-१९
- A
- A-
- A+
बझाङ, ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मष्टा गाउँपालिका-१ घचाया बस्ने २६ वर्षीय बसन्त ओखेडालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
बसन्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।