जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८३-०७-२८
- A
- A-
- A+
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-७ हरिहर टोल बस्ने ५३ वर्षीय शंकर जिसीको घरमा जुवातास खेलिरहेको अवस्थामा शंकर समेत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ५ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमि नगरपालिका-७ धुन्चे हाईट बस्ने ५२ वर्षीय प्रदिप कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रदिप समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ६ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।