जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०८३-०८-०६
- A
- A-
- A+
सिराहा, सिरहा नगरपालिका-७ स्थित ताज होटलमा जुवातास खेलिरहेको अवस्थामा अर्नमा गाउँपालिका-८ रडिया टोल बस्ने ३५ वर्षीय राम कुमार यादव समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई नेपाली १ लाख ७ हजार ७ सय १० रूपैयाँ, भारतीय १ हजार १ सय २० रूपैयाँ, १३ बुक र खुल्ला २ सय १४ पत्ति तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।