नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०८-०९
- A
- A-
- A+
तनहुँ, म्याग्दे गाउँपालिका-४ थर्पु बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६ एम्पुल, बुप्रेनोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ साउनेपानी बस्ने २३ वर्षीय अमर राना र शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारा बस्ने ३६ वर्षीय रबिन शेख रहेका छन् ।
प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग.२२ प ३२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।