प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित तीन जना पक्राउ

२०८२-०१-०९

  • A
  • A-
  • A+
Share

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित झापा दमक नगरपालिका-८ बस्ने ३२ वर्षीय मनोज साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।  

सुनसरी, धरान उपमहानगरपालिका-१३ सूर्यमार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र  स्पास्पेन ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

सिराहा, औरही गाउँपालिका-१ दरहियाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित सिरहा नगरपालिका-१९ सन्हैठा बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०८-०९

काठमाडौं, टोखा नगरपालिका-९ कुलान्त मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं संखमुल बस्ने डोटी दिपायल सिलगढी नगरपालिका-२ घर भएका ३२ वर्षीय रूपेश श्रेष्ठ र काठमाडौं क्षेत्रपाटी बस्ने दाङ राप्ती गाउँपालिका-५ घर भएका २५ वर्षीय रिदम केसी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तर्फको पार्किङ एरियाबाट अवैध लागूऔष गाँजा जस्तो देखिने वस्तु करिब ७ किलोग्राम सहित भारत केरेला घर भएका २९ वर्षीय अब्दुल नौसादलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरलाईन्सद्वारा मलेसियाबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-७ चाबाहिलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बसुन्धारा बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएका २६ वर्षीय सलमान तामाङ र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ घर भएका २५ वर्षीय अनिश राई रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०५३ प २०४८ र बा ६४ प ७४४१ नम्बरको स्कुटरहरू समेत बरामद गरेको छ । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध काठमाडौं बौद्ध बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-७ घर भएका २१ वर्षीय निकेस सुनुवारसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले निकेसको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ९५ ट्याब्लेट फेला परी निकेस तथा उक्त लागूऔषध कारोबारमा संलग्न झापा गौरादह नगरपालिका-८ घर भएका २१ वर्षीय दिवश गौतमलाई समेत पक्राउ गरेको छ ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय १० मिलिग्राम सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-७ बस्ने १९ वर्षीय अनिमिश शिवा समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकही पूर्व बस स्टेनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित धरान उपमहानगरपालिका-८ भोटेपुल बस्ने ३३ वर्षीय रविन तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ राधामार्ग बस्ने २८ वर्षीय सुरेश राई समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले सुरेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ मुसहरी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम १ सय ४० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३० वर्षीय सुधिर प्रसाद खनाल, सुनसरी इटहरी उपमहानगरपालिका-१६ बालग्राम बस्ने २६ वर्षीय अनिराज चौधरी र इनरूवा नगरपालिका-६ घोपाली टोल बस्ने २३ वर्षीय राम थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले प्र.१-०२-००४५ प ४३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ कुविर्ता चोक बस्ने ४८ वर्षीय प्रकाश तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय ९० मिलिग्राम र नगद ५२ हजार ४ सय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   इलाम, सूर्योदय नगरपालिका-२ ब्रिटिस धाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय दापेम्बा शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ गैरीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २३ वर्षीय सयन मण्डल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, कलैया उपमहानगरपलिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८६ मिलिग्राम सहित  सोही उपमहानगरपालिका-१ बस्ने २१ वर्षीय धिरज गुप्ता समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, राप्ती गाउँपालिका-३ मसुरिया बस्ने ३३ वर्षीय पुरन कामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
२०८३-०८-०८

सुनसरी, इटहरी उपमहानगरपालिका-६ वीरेन्द्रचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित धरान उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय आशिष विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले प्रदेश १-०२-००२ ख ०७९६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, कनकाई नगरपालिका-३ गोहीखाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-४ शान्ती टोल बस्ने ३२ वर्षीय अनिल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, राप्ती गाउँपालिका-३ मसुरिया बस्ने ३३ वर्षीय पुरन कामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले पुरनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०८-०८

काठमाडौं, तारकेश्वर नगरपालिका-५ लोलाङ धितालथोक डेरा गरी बस्ने नुवाकोट सुर्यगढी गाउँपालिका-२ घर भएका २२ वर्षीय धिरज तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९७ ग्राम ६ सय ७० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंबाट खटिएको प्रहरीले धिरजको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ गोकर्ण शिवपुरी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित सोही नगरपालिका-४ गोकर्ण बस्ने सिन्धुली घर भएका ३० वर्षीय कृष्ण बहादुर भुजेल समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५५ ग्राम ७ सय ४० मिलिग्राम सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोरखपुर कोतवाली बेनीगञ्ज घर भएका ३५ वर्षीय मनिष सिंह, ३४ वर्षीय तनबिर मुसलमान र कपिलवस्तु मायादेवी गाउँपालिका-६ घर भएका २९ वर्षीय सफिक मुसलमान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-९ प्रधान टोल बस्ने २५ वर्षीय युनिक श्रेष्ठ समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ५० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले युनिकको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-५ गुँरास टोल बस्ने ४९ वर्षीया गिता देवी राय सँग खरिद गरेको भन्ने खुल्नासाथ गिताको कोठा तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ७० मिलिग्राम फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।   काभ्रे, बेथानचोक गाउँपालिका-४ प्रावलटोलबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ९ सय ग्राम र पोलेन करिब १ सय २३ ग्राम सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ३५ वर्षीय सागर केसी समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.६१ प ८९४० र बा.प्र.०२-०२६ प ११९२ नम्बरका मोटरसाइकलहरू समेत बरामद गरेको छ ।  कास्की, पोखरा महानगरपालिका-१४ बेलचौताराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ८० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही महानगरपालिका-१४ चाउथे घर भएका २९ वर्षीय रवी तिमिल्सिना समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित दाङ तुलसीपुर उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय अर्जुन वलीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने २९ वर्षीय गौरव भट्ट कपाडीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको प्रहरीले म.२ प ५७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-२ उल्टाखामबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय लक्ष्मण कपाडीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-२ माछाभौडीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१३ बस्ने ३० वर्षीय अभिषेक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०८-०७

सुनसरी, धरान उपमहानगरपालिका-११ गैरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय अनिल तामाङ समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वे समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ सिमरबना बस्ने मोरङ सुन्दरहरैंचा नगरपालिका-१० त्रिवेणी चोक घर भएका २७ वर्षीय मन्जिल तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ कुखरेनीबाट अवैध लागूऔषध पोलेन करिब ९ सय २० ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने २१ वर्षीय जोसु तामाङ र सोही उपमहानगरपालिका-१४ बस्ने २३ वर्षीय अमन तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, भीमफेदी गाउँपालिका-१ टौबास कोलनीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३ किलो २ सय १० ग्राम सहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने २१ वर्षीय अमिर तामाङ समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बा.प्र.०२-०५७ प ०७६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०८-०७

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ३ सय ९४ ग्राम १ सय मिलिग्राम, नगद २ लाख ५४ हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-१ घर भएका ४२ वर्षीय रन्जन थापा, चन्द्रागिरी नगरपालिका-११ घर भएका ३५ वर्षीय पदम बहादुर तिमिल्सिना, सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका ३४ वर्षीय देवराज बम्जन, २२ वर्षीय निशान बम्जन, ३२ वर्षीय बिशाल मोक्तान, धनुषा क्षिरेश्वरनाथ नगरपालिका-८ घर भएका ५५ वर्षीय लक्ष्मण पंडित दास तत्मा, तनहुँ भानु नगरपालिका-८ घर भएका २८ वर्षीय शैलेन्द्र बजगाई, गोरखा शहिदलखन गाउँपालिका-५ घर भएका २५ वर्षीय सिजन रेग्मी र सिराहा नवराजपुर गाउँपालिका-५ घर भएका २९ वर्षीय बिवेक कुमार साह रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरू र सिन्धुलीबाट प्रहरीले पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९८ ग्राम सहित मोरङ सुन्दरहरैंचा नगरपालिका-१२ बस्ने २१ वर्षीय राम बहादुर गिरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ४४०३ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, जहदा गाउँपालिका-४ सिसौबारी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय २० मिलिग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ जयरामपुर टोल बस्ने २४ वर्षीय मंजित कुमार यादव, कटहरी गाउँपालिका-३ कामत टोल बस्ने २६ वर्षीय शिवम सिंह, २७ वर्षीय भरत कामत र ३० वर्षीय दुर्गेश कामत रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा १२ किलो ६ सय ग्राम सहित पर्सा पोखरीया नगरपालिका-६ गमरिया टोल बस्ने १९ वर्षीय दिलिप कुमार रामलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले पोखराबाट वीरगंजतर्फ जाँदै गरेको ग.प्र.०१-००१ ख ०३८९ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय प्रज्वल राजधामीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ९० मिलिग्राम सहित झापा दमक नगरपालिका-८ बस्ने ३३ वर्षीय मनोज साह समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलविनायकबाट अवैध लागूऔषध पोलेन ४४ ग्राम ७० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ६५ ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-९ कमलविनायक बस्ने ३१ वर्षीय रूकेश बोथे र भक्तपुर च्यामासिंह बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-२ घर भएका २३ वर्षीय सुजन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०८-०६

ललितपुर, ललितपुर महानगरपालिका-१६ पाटन सुन्धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट सहित सोही महानगरपालिका-२५ भैंसेपाटी बस्ने मकवानपुर घर भएका ४२ वर्षीय श्याम लामा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी रघुगंगा गाउँपालिका-४ बस्ने २७ वर्षीय सागर पुन मगर र धौलागीरी नगरपालिका-६ बस्ने २३ वर्षीय आयुष छन्तेल रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ज ११२६ नम्बरको माइक्रोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी तनहुँ, ब्यास नगरपालिका-३ बीसघरेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने ४० वर्षीय रबिन्द्र सुनार समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, देवानगञ्ज गाउँपालिका-३ मेहता टोल बस्ने २२ वर्षीय संतोष कुमार राम समेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब ३ किलो ८० ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले संतोषको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, रामधुनी नगरपालिका-५ शिवचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २५ वर्षीय बिबेक चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामधुनी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-०५१ प ९०१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपहानगरपालिका-८ बिरेन्द्र चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६४ ट्याब्लेट र स्पास्पेन ३ सय ६४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ डेरा गरी बस्ने ३२ वर्षीय सुशिल परियारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही महानगरपालिका-१ बस्ने २६ वर्षीय सुरज कुमार सिंह समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैयाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०३-०३० प ६०९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, गोदावरी नगरपालिका-६ लालपुर बस्ने २७ वर्षीय प्रकाश चोखाल समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ४० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७२ किलोग्राम सहित सोही नगरपालिका-१२ सारश्वर टोल बस्ने ३३ वर्षीय अनिल कुमार महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले ज.१ त ८३११ नम्बरको ट्याक्टरलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक अनिललाई पक्राउ गरेको हो ।  यसैगरी सिराहा, गोलबजार नगरपालिका-६ गुम्बा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने ३० वर्षीय योगेश कुमार सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सिराहा, मिर्चैया नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम ४ सय ३० मिलिग्राम सहित धनगढीमाई नगरपालिका-५ जेयपुर बस्ने २८ वर्षीय रंजित कुमार सिंह दनुवार समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको म.प्र.०१-००५ प ९१२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ बस्ने २४ वर्षीय फुरसाङ भन्ने कैलाश तामाङ समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले कैलाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके नेपालगंज उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय इर्फान जोलाहा र २३ वर्षीय साहित जोलाहा रहेका छन् । प्रहरी चौकी सुब्बाकुना समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ ज १५५४ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने ३० वर्षीय देब बहादुर पुलामी मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।