प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघको कार्यक्रम तथा गतिविधीहरु

 


विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाई तथा संरक्षण कार्यक्रम सम्पन्न गरिएको

****************************************************************

"सेवा नै धर्म हो" भन्ने मूल नारा सहित नेपाल प्रहरी श्रीमती संघको “सामाजिक उत्तरदायित्व क्रियाकलाप” अन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाई तथा संरक्षण कार्यक्रमको सिलसिलामा आज मिति २०८०/०६/०६ गते श्री स्वयम्भू महाचैत्य विहार परिसर, स्वयम्भूको सरसफाई तथा फोहोरमैला व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको ।।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुवंरको नेतृत्वमा श्रीमती संघका पदाधिकारीज्यूहरु, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरु, स्वयम्भू प्रहरी वृत्त, पर्यटक प्रहरी स्वयम्भू, प्रहरी कर्मचारी, स्थानिय जनप्रतिनिधि तथा स्थानिय भद्रभलाद्मीहरुको सहभागिता रहेको व्यहोरा जानकारी गराइन्छ ।
कार्यक्रमका केहि झलकहरु............

 

 

नि:शुल्क खानेपानी वितरण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न.................................

मिति २०८०।०६।०१ गते यस नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८० को पावन अवसरमा श्री पशुपतीनाथको मन्दिरमा पाल्नु हुने श्रद्धालु भक्तजनहरुको लागि नि:शुल्क खानेपानी वितरण तथा स्वास्थ्य शिविर कार्यक्रमका केही झलकहरु.

 

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा मिति २०८०।०५।२२ गते नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित  शुभकामना आदान-प्रदान कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सम्पन्न.
संघको कार्यक्रम सचिव  सन्ध्या जोशी ज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रममा संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूले सम्पुर्णमा सौभाग्यको सामाग्री वितरण गरी तीजको शुभकामना  मन्तब्य ब्यक्त गर्दै यस्ता कार्यक्रमहरुले आपसी सद्भाव कायम राख्दै धर्म संस्कृतिको जगेर्ना गर्न योगदान पुर्याउने विश्वास ब्यक्त गर्नु भयो  भने अन्य संघका पदाधिकारी तथा सदस्यज्यूहरुबाट कविता वाचन, नृत्य लगाएत विविध सांस्कृतिक एव मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएको.

 

मिती २०८०।०५।२१ गते नजिकिदै गरेको नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा यस संघद्वारा काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालिका बडा नं. ८ माकलवारी स्थितमा रहेको मेरुदण्डिय पक्षघात समुह नेपालमा रहनु भएका दाजुभाई दिदिबहिनीहरुलाई दर खुवाउनको लागि खाद्यान्न सामाग्री हस्तान्तरण कार्य सम्पन्न ।

 

 

मिति २०८०/०५/१९ गते नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा यस संघद्वारा आयोजित तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रममा संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुंवर ज्यूबाट अमर प्रहरी परिवारहरुलाई सम्झना स्वरुप सल ओढाउनु भै तीजको विशेष दर खाने कार्यक्रम सम्पन्न ।

 

 
मिती २०८०।०५।१९ गते नजिकिदै गरेको नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा यस संघद्वारा निम्न वृद्ध आश्रम तथा बालआश्रमहरुमा रहनु भएका आमा बुवाहरु र बालबालिकाहरुलाई दर खुवाउनको लागि खाद्यान्न सामाग्री हस्तान्तरण कार्य सम्पन्न ।
निम्न :-
१) जिल्ला काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ९ स्थितमा रहेको प्राणनाथ माइती वृद्ध आश्रम ।
२) जिल्ला काठमाण्डौ सर्वेश्वर नयाँवस्तीमा रहेको आमा बुवा केयर होम ।
३) जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. ११ बवरमहल स्थितमा रहेको विवेक स्वच्छ सेवा केन्द्र (बाल आश्रम) ।
४) जिल्ला काठमाण्डौ का.म.न.पा. २ लाजिम्पाट स्थितमा रहेको साहारा असाहय बाल सुधार गृह ।
 

 

मिति २०८०/०५/०९ गते शनिबार यस संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौको प्राविधिक सहयोगमा जिल्ला काभ्रेपलाञ्चोक पनौती स्थित प्राणनाथ माईती बृद्धा आश्रममा "नि:शुल्क स्वास्थ्य शिविर"  सम्पन्न ।

 

मिति २०८०/०५/०७ गते विहिबार यस नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित सहचरी-२०८० पुस्तिका एवं ३९ औं वार्षिकोत्सव कार्यक्रम सम्बन्धी कार्यसमिक्षा बैठक सम्पन्न ।

 

मिति २०८०।०५।०७ गते यस नेपाल प्रहरी श्रीमती संघमा कार्यरत प्रहरी प्रमुख प्रहरी निरीक्षक अशोक मल्ल ज्यू र लेखा प्रमुख प्रहरी नायव निरीक्षक टेक सिंह कार्की ज्यूको बिदाई कार्यक्रम सम्पन्न ।

 

मिती २०८०।०५।०४ गते नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको अडिटोरियम हलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा यस नेपाल प्रहरी संघको ३९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

 

यस नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत मिति २०८०।०४।३० गते मंगलवार यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू र अन्य पदाधिकारी ज्यूहरु समेतको उपस्थितीमा नेपाल पुलिस स्कुल सामाखुशी काठमाण्डौमा अध्ययनरत विद्यार्थीहरुलाई यस संघकी कानूनी सल्लाहकार अधिवक्ता राधिका खतिवडा ज्यूबाट कानूनी परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न ।

 

मिति २०८०।०४।२९ गते यस नेपाल प्रहरी श्रीमती संघद्धारा संचालित दिवा शिशु स्याहार केन्द्रको ११ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

 

यस नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत मिति २०८०।०४।२८ गते आईतवार श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ज्यूको प्रमुख आतिथ्यतामा यस संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत संघका पदाधिकारी ज्यूहरु समेतको उपस्थितीमा नेपाल पुलिस हेल्थ क्लव भृकुटीमण्डप काठमाण्डौमा “रक्तदान” कार्यक्रम सम्पन्न ।

 

यस नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत मिति २०८०।०४।२७ गते शनिवार साँझ यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू , पदाधिकारी ज्यूहरु तथा सादरण सदस्य ज्यूहरु समेतको उपस्थितीमा श्री पशुपतिनाथको मन्दिरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।

 

यस नेपाल प्रहरी श्रीमती संघको ३९ औं बार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत आज मिति २०८०/०४/२७ गते शनिवार यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत यस संघका पदाधिकारी ज्यूहरु र काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगंज र काठमाण्डौ उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वर काठमाण्डौका प्रहरी कर्मचारीहरु समेतको उपस्थितीमा भद्रकाली तथा बुढानिलकण्ठ मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।

 

मिति २०८०/०४/२५ गते बिहिवार नेपाल प्रहरी श्रीमती संघको ३९ औ बार्षिकोत्सवको अवसरमा यस संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत संघका पदाधिकारी ज्यूहरु, मातृभुमी अभियानका प्रतिनिधी ज्यूहरु, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका प्रहरी कर्मचारीहरु र नेपाल पुलिस स्कूल साँगा काभ्रेपलान्चोकमा कार्यरत शिक्षक तथा प्रहरी कर्मचारीहरुको उपस्थितमा नेपाल पुलिस स्कुल साँगाको परिसरमा रहेको खाली जग्गामा "वृक्षारोपण कार्यक्रम " सम्पन्न ।

 

मिति २०८०/०४/२५ गते बिहिवार नेपाल प्रहरी श्रीमती संघको ३९ औ बार्षिकोत्सवको अवसरमा यस संघका पदाधिकारी ज्यूहरु, नेपाल प्रहरी संगित विधालय महाराजगन्जमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितमा नेपाल प्रहरी संगित विधालय महाराजगन्ज काठमाण्डौको परिसरमा "वृक्षारोपण कार्यक्रम " सम्पन्न ।

 

मिति २०८०/०४/२० गते यस नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाण्डौको सहकार्यमा मच्छेनारायण मन्दिरमा पाल्नुहुने श्रद्धालु भक्तजनहरुको लागि नि:शुल्क खानेपानी वितरण तथा प्राथमिक स्वास्थ्य उपचार सेवा सम्बन्धी कार्यक्रम सम्पन्न ।

 

 

मिती २०८०।०४।१९ गते यस नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा सिप्रद्री ट्रेडिङ प्राईभेट लिमिटेडको सहकार्यमा संचालित "आम्दानी अनुसारको खर्च तथा लगानी व्यवस्थापन सम्वन्धी " एक दिवसिय कार्यशाला गोष्ठी सम्पन्न ।

 

मिती २०८०।०४।१७ गते यस नेपाल प्रहरी श्रीमती संघद्वारा नयाँ नेपाल समाज केन्द्र (बाल आश्रम) नयाँ बानेश्वरमा रहेका बालबालिकाहरुको लागि ट्रयाकसुट वितरण सम्पन्न ।

 

मिति २०८०।०४।१७ गते यस नेपाल प्रहरी श्रीमती संघकी अक्ष्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको अध्यक्षतामा यस संघका पदाधिकारी ज्यूहरु तथा सदस्य ज्यूहरुको उपस्थितिमा संघको ३९ औं बार्षिक साधारण सभा सम्पन्न ।

मिति २०८०/०४/०४ गते विहिवार नेपाल प्रहरी श्रीमती संघ र मातृभुमी अभियानको संयुक्त आयोजना तथा नेपाल पुलिस स्कुल साँगा काभेपलान्चोकको समन्वय तथा व्यवस्थापनमा नेपाल पुलिस स्कुल साँगाको परिसरमा रहेको खाली जग्गामा "कागती वृक्षारोपण" कार्यक्रम सम्पन्न ।

मिति २०८०/०४/०१ गते यस नेपाल प्रहरी श्रीमती संघद्धारा नेपाल प्रहरी अस्पताल महाराजगंज सँग सहकार्य गरि श्रावण महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथ मन्दिरमा पाल्नुहुने श्रद्दालु भक्तजनहरुको लागि नि:शुल्क खानेपानी वितरण तथा प्राथमिक स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रम संचालन.

शुक्रबार यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा पुर्व अध्यक्ष ज्यूहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

मिति २०८०/०३/२६ गते मंगलबार यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) को समन्वय र व्यवस्थापनमा यस संघको अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको प्रमुख आतिथ्यता तथा पदाधिकारी ज्यूहरुको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व)को खाली जग्गामा वृक्षारोपण कार्यक्रम सम्पन्न ।

 

मिति २०८०/०३/२० गते यस नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा नक्साल काठमाण्डौ र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय कल्याण शाखा रानीपोखरी काठमाण्डौको सहयोगमा संचालित ३ (तिन) महिना अवधिको नि:शुल्क" सिलाई कटाई आधारभूत तालिम" समुद्घाटन कार्यक्रम सम्पन्न।

 

मिति २०८०।०३।१८ गते नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू र स्टार हस्पिटल लिमिटेडका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन बिच नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार, अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका आश्रीत सदस्यहरुलाई स्टार हस्पिटलमा उपलब्ध स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता कार्यक्रम सम्पन्न ।

 

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा मिति २०८०/०३/१५ गते शुक्रबार जिल्ला रसुवा कालिका गाँउपालिका वडा नं.२ कालिकास्थान स्थित गाउँपालिकाको भवनमा "नि:शुल्क स्वास्थ्य शिविर" कार्यक्रम  सम्पन्न ।

 

मिति २०८०।०३।११ गते सोमबार यस नेपाल प्रहरी श्रीमती संघद्धारा नयाँ नेपाल समाज केन्द्र (बाल आश्रम) संगमचोक, नयाँबानेश्वर, काठमाण्डौलाई खाद्यान्न तथा स्टेशनरी सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न ।

 

मिति २०८०/०३/०६ गते बुधबार यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्युको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकको निर्णयानुसार यस संघमा रिक्त रहेको विभिन्न पदमा नियुक्त तथा पदोन्नती गरी पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न ।

 

 

सफा पशुपति- स्वच्छ पशुपति" भन्ने मुल नारा बमोजिम पशुपती क्षेत्र विकाश कोषद्धारा आयोजना गरिएको तीन महिने सरसफाई अभियान अन्तर्गत आज मिति २०८०/०२/१३ गते शनिवार श्री पशुपती नाथ क्षेत्र सरसफाईमा यस संघका पदाधिकारी ज्यूहरु तथा सदस्य ज्यूहरु सहभागी हुनु भएका केही झलकहरु .....
 

 

यस नेपाल  प्रहरी  प्रहरी श्रीमती संघको शाखा विस्तार गरि लुम्बिनी प्रदेश प्रहरी श्रीमती संघको विधिवत स्थापना ।

 

 

यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाण्डौको सहकार्यमा मिति २०८०।०१।२७ गते बुधबार देखी संचालित ७ (सात) कार्य दिन अवधिको निःशुल्क उद्यमशिलता विकास तालिम मिति २०८०।०२।०३ गते यस संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको उपस्थितिमा समापन भएको ।

 

 

यस नेपाल प्रहरी श्रीमती संघले नेपाल प्रहरीका वहालवाला प्रहरी , अमर प्रहरी, अशक्त प्रहरी र पुर्व प्रहरी परिवार तथा प्रहरी परिवारका आश्रीत सदस्यहरुलाई लक्षित गरी उद्यमशिलता र स्वरोजकार मुलक सीपको विकास गर्ने उदेश्यले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाण्डौको सहाकार्यमा ७ (सात) कार्य दिन अवधिको उद्यमशिलता विकास तालिम आयोजना गरी मिति २०८०।०१।२७ गते समुद्घाटन भई संचालन भएको ।

 

 

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा मिति २०८०/०१/१५ गते शुक्रबार जिल्ला धादिङ वेनिघाट रोराङ गाँउपालिका वडा नं २ स्थित पिपलभञ्ज्याङ माध्यामिक विधालयमा संचालित " निशुल्क स्वास्थ्य शिविर "कार्यक्रमका केही झलकहरु

 

मिती २०७९।१२।३० गते यस नेपाल प्रहरी श्रीमती संघमा आयोजित नव वर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रमका केही झलकहरु

 

मिति २०७९।१२।२७ गते नेपाल प्रहरी अस्पताल महाराजगन्जको ३९ औं बार्षिकोत्सवको अवसरमा यस संघवाट नेपाल प्रहरी अस्पताल महाराजगन्जलाई फिजियोथेरापी सम्वन्धी Cervical and Lumber Traction Machine with Traction Bed हस्तान्तरण गरिएको केही झलकहरु  ।

 

मिति २०७९।१२।१९ गते आईतबार यस नेपाल प्रहरी श्रीमती संघका नवनियुक्त अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको स्वागत कार्यक्रमका केही झलकहरु......

 

मिति २०७९।१२।१९ गते यस नेपाल प्रहरी श्रीमती संघद्धारा निवर्तमान अध्यक्ष कुसुम लता सिंहज्यू ,उपाध्याक्षज्यूहरु तथा सल्लाहकारज्यूहरुको बिदाई कार्यक्रमका केही झलकहरु.......

 

नेपाल प्रहरीका नवनियुक्त संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ज्यूलाई मिती २०७९।१२।१५ गते यस संघका कार्यसमितीका पदाधिकारी ज्यूहरु तथा आसरा सुधार केन्द्रका कार्यकारिणी समितीका पदाधिकारी ज्यूहरुवाट वधाई तथा शुभकामना ज्ञापन कार्यक्रमका केही झलकहरु ।

मिति २०७९/१२/०४ गते शनिबार सफा पशुपति, स्वच्छ पशुपति भन्ने मुल नारा बमोजिम पशुपति सफाइको ३ महिने अभियानको आज दोश्रो दिन श्री पशुपती नाथ क्षेत्र सरसफाईमा नेपाल प्रहरी श्रीमती संघका कार्यसमितिका पदाधिकारी ज्यूहरु सहभागी हुनु भएका केही झलकहरु ..... उक्त पशुपति सफाई अभियान पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका माननीय मन्त्री सुदन किराति ज्यूको सक्रिय सहभागितामा सम्पन्न भएको छ ।

 

सफा पशुपति, स्वच्छ पशुपति भन्ने मुल भावानुसार पशुपति सफाइ अभियानको आज पहिलो दिन श्री पशुपती नाथ क्षेत्र सरसफाईमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह ज्यू तथा कार्यसमितिका पदाधिकारी ज्यूहरु र आसरा सुधार केन्द्रका पदाधिकारी ज्यूहरु सहभागी हुनु भएका केही झलकहरु

 

११३ औं अन्तराष्ट्रिय श्रमीक महिला दिवसमा

नेपाल प्रहरी श्रीमती संघद्वारा

सुत्केरी आमा र नवजात शिशुमा समर्पित विशेष कार्यक्रम


११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसमाको अवसरमा यही ८ मार्चको दिन (फागुन २४ गते) नेपाल प्रहरी श्रीमती संघद्वारा श्रमिक महिलाहरूको स्वास्थ्य हितको लागि सुत्केरी आमा तथा नवजात शिशुहरुलाई लत्ता कपडा, खाद्यान्न (पौष्टिक आहारा) तथा खाना वितरण कार्यक्रम सम्पन्न गरियो ।


११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सम्बन्धमा यस नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष कुसुम लता सिंह ज्यूको भनाई.........

सुत्केरी आमा तथा बच्चाले यस्तो अवस्थामा उचित स्याहारसुसार तथा पौष्टिक आहारा पाएमा उनीहरूको स्वास्थ्य अवस्था दीर्घकालसम्म गुणात्मक र असल हुन्छ भन्ने निर्विवाद छ । यो सार्वभौम सत्यलाई मानेर विश्वका अधिकांश देशले सुत्केरी महिला र नवजात शिशुको हितमा कार्यक्रम र बजेट लागु गरेका हुन्छन् । श्रमिक सुत्केरी आमा तथा बच्चालाई सुरक्षा प्रदान गर्नु राज्य तथा समाजको दायित्व हो र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको सार्थकता पनि हो ।

यो निर्विवाद सत्यलाई आत्मसात गरी नेपाल प्रहरी श्रीमती संघले ११३ औं अन्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा थापाथली (काठमाडौं) स्थित प्रसुती तथा स्त्रीरोग अस्पतालको प्रसुती वार्डमा रहेका ११० जना र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती वार्डमा रहेका ५ जना गरी जम्मा ११५ जना सुत्केरी आमा तथा नवजात शिशुहरुलाई लत्ता कपडा तथा पौष्टिक आहारा (दाल, चामल, गेडागुडी घ्यु) र खाना वितरण कार्यक्रम गरेको हो । यो प्रयास आफैँमा सानो हो, तर यसले राष्ट्रिय आवश्यकताको रुपमा व्यापकता खोजेको छ ।


सामान्यतया सुत्केरी अवस्थामा महिला दिदीबहिनीहरू शारीरिक, मानसिक तथा भावनात्मक रुपमा कमजोर हुन्छन् । स्वास्थ्यको दृष्टिकोणले पनि सुत्केरी आमाको लागि यो जीवन–मरणको जोखिमपूर्ण अवस्था हो । त्यसमाथि दैनिक परिश्रममा जीवन निर्वाह गर्नुबाहेक अरू चारा नभएका श्रमिक महिला दिदीबहिनीहरुको सुत्केरी अवस्थामा जीवन ज्यादै जटिल र असहाय हुने गर्दछ । उनीहरूमा आफ्नो दैनिक परिश्रमको कष्टका साथै घरायसी काम, हुर्किँदै रहेका अन्य छोराछोरीको स्याहार र पारीवारिक जिम्मेवारीले सुत्केरी अवस्थामा पनि छोडेको हुँदैन, त्यसमाथि नवजात शिशुको हेरचाह तथा पालन पोषणको दायित्व बढ्ने गर्दछ ।


यसै पनि नेपालका महिलाहरू पुरुषको तुलनामा रुखासुखा र अल्पभोजनमा बाँचिरहेका हुन्छन् । त्यसमाथि सुत्केरी महिलाले नवजात शिशुलाई स्तनपान र हेरचाह गर्न छाडेर जीवन निर्वाहको लागि सुत्केरी अवस्थाको कमजोर शारीरिक अवस्थाका बीच श्रम गर्न बाध्य हुँदा हड्डी कमजोर हुने, आङ् खस्ने, रक्तअल्पता, क्षयरोग, मुटुको रोग जस्ता अनेक घातक रोग लाग्न सक्ने उच्चजोखिम भएको हुँदा सरकारले यस्ता महिला र नवजात शिशुको लागि २ बर्षसम्म जीवन निर्वाह सुनिश्चित गर्नु जरुरी छ । यसमा राज्यले इच्छाशक्ति, कार्यक्रम र बजेट व्यवस्था नगर्नु, प्रकारान्तरले महिला यातना, शोषण र अन्याय हो ।


सुत्केरी अवस्था पछि महिलाहरूमा घर–परिवार, बालबच्चाको पालन पोषणको जिम्मेवारी र दायित्व झन् बढ्ने भएकोले ज्याला–मजदुरीमा जीवन गुजारा गर्नु परेका महिलाहरूले प्राण बचाउन काममा जाने कि बालबच्चा वा सन्तानको हेरचाह गर्ने ? छनौटमा धर्मसंकटको अवस्थाले पिरोलेर रुवाएको छ । आधुनिक राज्यव्यवस्थाले आफ्ना नागरिक जिउँदो हुनु मात्र जीवन होइन भन्ने मानेको छ । त्यसकारण शिक्षा, स्वास्थ्य, महिला, बालबालिकाको क्षेत्रमा कार्यरत योजनाकार तथा वित्तीय क्षेत्रमा कार्यरत बजेट निर्माताहरूले यस्तो कठोर अवस्थाबाट सम्पूर्ण महिलालाई मुक्त गराई मानवीय मर्यादाको स्वस्थ जीवनको लागि नीति, नियम, कार्यक्रम र बजेट व्यवस्था गरियोस् ।


सरकारी तथा गैरसरकारी क्षेत्रका साथै राज्यका अवसरबाट लाभान्वित हुने पहुँचमा रहेका उद्योगी वा ब्यवसायीहरूबाट पनि श्रमिक सुत्केरी महिला र नवजात शिशुलाई सुरक्षित जीवन प्रदान गर्न सरकारको प्रयासमा होस्टेमा हैंसे गर्नु मानवीय जिम्मेवारी हो । यस प्रसंगमा प्याब्सनका डी. के. ढुंगाना, एन् प्याब्सनका सुवास न्यौपाने र पाण्डव हमालले शैक्षिक क्षेत्रमा गरिब विद्यार्थीलाई निःशुल्क शिक्षा सेवाको लागि व्यवस्थापन गरेर उदाहरणीय योगदान स्थापित गर्नुभएको छ । साथै एभरेस्ट कलेजका सञ्चालक विष्णुहरि पाण्डे लगायत शैक्षिक संस्था सञ्चालन गरिरहनु भएका विभिन्न शिक्षणसंस्थाका विद्वानहरुले पनि स्वस्फूर्त रुपमा १० प्रतिशतभन्दा बढी निःशुल्क शिक्षाको व्यवस्था गरेर गरिब विद्यार्थीको जीवन र भविष्य उज्वल बनाउने उल्लेखनीय योगदान गर्नुभएको छ । उहाँहरु सबैले आआफ्नो हैशियतबाट निःशुल्क शिक्षाद्वारा राष्ट्रलाई गहकिलो योगदान गर्नुभएको छ ।


राज्यले चाहेर पनि श्रमिक मातृ–शिशु स्वास्थ्य हित र सुरक्षित जीवन यापनको लागि यथेष्ट व्यवस्था गर्न नसकेको परिस्थितिमा व्यावसायिक क्षेत्रबाट पनि आ–आफ्नो ठाउँबाट सुत्केरी स्याहार अक्षयकोष खडा गरी सबैबाट यथाशक्य योगदान पुर्याउने अभियान राष्ट्रको अनिवार्य आवश्यकता भएको छ । स्वस्थ र सन्तुष्ट श्रमिक आमा नै राष्ट्रको खुशियालीको स्रोत हो भन्ने निर्विवाद सत्यलाई आत्मसात गरौं भन्ने मेरो अनुरोध छ ।

 

 

चन्द्रलोक प्रतिष्ठानद्वारा “११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस”को अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय जनजीवनका लव्ध प्रतिष्ठित महानुभावहरु तथा विभिन्न क्षेत्रमा क्रियाशिल विशिष्ठ महिलाहरुलाई सम्मानित गर्ने क्रममा यस संघकी प्रशासन सचिव सन्ध्या जोशी ज्यू ‘‘राष्ट्रिय नारी सम्मान २०७९” वाट  सम्मानित हुनु भएकोमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ ।

 

मिति २०७९/११/२१ गते यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह ज्यु तथा कार्यसमितिका पदाधिकारीज्युहरुको उपस्थितिमा कार्यसमितिको बैठक बसि पदावधी समाप्त भई रिक्त रहेका पदमा पदाधिकारीज्युहरु चयन गरि नव नियुक्त तथा पुन: नियुक्त पदाधिकारीज्युहरुलाई अध्यक्षज्यूवाट स्वागत गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराईएको कार्यक्रमका केही झलकहरु ।

 


जिल्ला काठमाण्डौं गोकर्णेश्वर नगरपालिका ६ नं. वडा कार्यालय भवन अगाडी नेपाल प्रहरी श्रीमती संघबाट जडान गरिएको पोर्टेवल शौचालय आज मिति २०७९।११।१७ गते बुधबार यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह ज्यूद्वारा संघका पदाधिकारी ज्यूहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख श्री दिपक रिसाल ज्यूलाई संरक्षणका लागि हस्तान्तरण गरी शुभारम्भ गरिएको कार्यक्रमका केही झलकहरु.

 


यस नेपाल प्रहरी श्रीमती संघको अयोजनामा मिती २०७९।१०।१५ गतेवाट संचालित २२ दिन कार्यअवधिको "हलुका सवारी चालक (Driving) तालिम" दोस्रो समुहको मिति २०७९।११।११ गतेका दिन १४:०० बजे यस संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह ज्यू लगायत कार्यसमितिका पदाधिकारी ज्यूहरुको उपस्थितिमा तालिम समापन कार्यक्रमका केही झलकहरु

तालिम संयोजक:- श्रीमती सन्धा जोशी ज्यू ।

 

मिती २०७९/११/०६ गते शनिवार हिन्दुहरुको महान् पर्व महाशिवरात्रीको अवसरमा यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल प्रहरी अस्पताल महाराजगन्ज तथा मेडीसिटी अस्पताल ललितपुरको प्राविधिक सहयोगमा "निशुल्क स्वास्थ्य शिविर" संचालन र यस संघको आयोजनामा" निशुल्क खानेपानी वितरण तथा भक्तजनहरुलाई चन्दन टीका लगाउने कार्यक्रम" संचालन गरिएको केही झलकहरु ।

 

यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाण्डौको प्राविधिक सहयोगमा मिति २०७९।१०।२० गते जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं.११ स्थित श्री ईन्द्रेश्वरी माध्यामिक विद्यालयमा संचालन गरिएको “नि:शुल्क स्वास्थ्य शिविर तथा कम्वल वितरण कार्यक्रममा" स्वास्थ्य विशेषज्ञ चिकित्सकहरुबाट सर्वसाधारण महानुभावहरुलाई जनरल फिजिसियन, स्त्री तथा प्रसुती, हाडजोर्नी तथा नाक/कान/घाटी (ENT) सम्वन्धी महिला-३६५ जना र पुरुष-१५९ जना गरी जम्मा ५२४ जनालाई नि:शुल्क स्वास्थ्य परीक्षण गरि औषधिहरू वितरण गरिएको र मेलम्ची नगरपालिकाका भित्रका विपन्न परिवारहरुलाई ७० थान कम्बल वितरण गरिएको साथै उक्त ईन्द्रेश्वरी माध्यामिक बिद्यालयको हाताभित्र रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षमा रहेका बालबालिकाहरुको लागि खाद्यान्न तथा ७ थान न्यानो कम्वल सहयोग हस्तान्तरण गरिएको कार्यक्रमका केही झलकहरु

 

मिति २०७९।१०।१५ गते यस नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित २० कार्य दिन अवधिको "हलुका सवारी चालक (Driving) तालिम" दोस्रो समुहको  यस संघकी अध्यक्ष श्रीमती कुशुम लता सिंह ज्यू लगायत कार्यसमितिका पदाधिकारीज्यूहरुको उपस्थितिमा उद्घाटन  गरि तालिम संचालन गरिएको केही झलकहरु ।
तालिम संयोजक:- श्रीमती सन्धा जोशी ज्यू ।

 

मिति २०७९/१०/१४ गते  यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा तिलगंगा आँखा प्रतिष्ठान गौशालाको सहकार्यमा यस संघको कार्यालय भृकुटीमण्डप अगाडी नेपाल पुलिस हेल्थ क्लबको प्राङगणमा प्रहरी कर्मचारीहरु, प्रहरी परिवारहरु तथा सर्वसाधरण महानुभावहरुलाई लक्षित गरी संचालन गरिएको "नि:शुल्क आँखा शिबिर" कार्यक्रम आँखा सम्वन्धी विषेशज्ञ चिकित्सकहरूवाट ३१४ जनाको निशुल्क आँखा जाँच गरिएको कार्यक्रमको झलकहरु ।

 

मिति २०७९/१०/१३ गते  यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा दृष्टी आई.फाउण्डेशनको सहकार्यमा यस संघको कार्यालय भृकुटीमण्डप अगाडी नेपाल पुलिस हेल्थ क्लबको प्राङगणमा प्रहरी कर्मचारीहरु, प्रहरी परिवारहरु तथा सर्वसाधारण महानुभावहरुलाई लक्षित गरी संचालन गरिएको निशुल्क आँखा शिबिर कार्यक्रममा आँखा सम्वन्धी विषेशज्ञ चिकित्सकहरूवाट २७५ जनाको निशुल्क आँखा जाँच गरिएको कार्यक्रमका केही झलकहरु ।

 

मिती २०७९।१०।११ गते यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा ह्याम्स अस्पतालको सहकार्यमा जिल्ला नुवाकोट दुप्चेश्वर गाँउपालिका वडा नं. ६  समुन्द्रटारमा संचालन स्वास्थ्य शिविरमा स्थानीय सर्वसाधारण महानुभावहरु जम्मा २२६ जनालाई  स्वास्थ्य विषेशज्ञ चिकित्सकहरूवाट  निशुल्क स्वास्थ्य जाँच तथा औषधिहरू वितरण गरिएको र   विपन्न परिवारहरुलाई  ९१ थान कम्बल वितरण गरिएको  र स्टार अस्पतालको सहकार्यमा ककनी गाँउपालिका वडा नं. ४ रानीपौवामा  स्वास्थ्य शिविरमा स्थानीय सर्वसाधारण महानुभावहरु जम्मा १०९ जनालाई  स्वास्थ्य विषेशज्ञ चिकित्सकहरूवाट  निशुल्क स्वास्थ्य जाँच तथा औषधिहरू वितरण गरिएको र   विपन्न परिवारहरुलाई   ५ थान न्यानो कम्बल वितरण गरिएको कार्यक्रमका केही झलकहरु ।

 

श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहज्यूको  प्रमुख आतिथ्यतामा मिति २०७९/१०/०४ गते बुधबार यस संघकी अध्यक्ष कुसुमलता सिंह ज्यू लगायत कार्यसमितिको पदाधीकारी ज्यूहरुको उपस्थितीमा सम्पुर्ण प्रहरी कर्मचारीहरु तथा प्रहरी परिवारहरुको कल्याण तथा सुस्वास्थ्य एवं दिर्घायुको कामना र अमर प्रहरीको आत्माशान्ति तथा घाईते अशक्त प्रहरीको शिघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दै नेपाल प्रहरी श्रीमती संघको कार्यालय भृकुटीमण्डप काठमाण्डौमा रुद्री पुजा तथा हवन गरी श्री पशुपतिनाथको मन्दिरमा लाख बत्ती बालिएको कार्यक्रमका केही झलकहरु ।

 

यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा मदेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरी र विरगन्ज हेल्थ केयर पर्साको प्राविधिक सहयोगमा मिति २०७९।०९।२८ गते जिल्ला बारा महागढीमाई न.पा-१ तेलकुवामा स्वास्थ्य शिविर तथा कम्बल वितरण कार्यक्रममा मदेश प्रदेश श्रीमती संघकी अध्यक्ष सिमा खान ज्यूले यस संघकी अध्यक्ष कुसुमलता सिंह ज्यू लगायतका कार्यसमितीका पदाधिकारी ज्यूहरुलाई स्वागत गर्नुभएको र उक्त स्वास्थ्य शिविरमा स्थानीय सर्वसाधारण महानुभावहरु जम्मा ४३२ जनालाई बाल रोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी लगायत विभिन्न रोगहरू सम्वन्धी स्वास्थ्य विषेशज्ञ चिकित्सकहरूवाट निशुल्क स्वास्थ्य जाँच तथा औषधिहरू वितरण गरिएको साथै ऐ. न.पा.वडा नं. २ र ७ का २२३ जना विपन्न परिवारलाई २/२ थान गरी जम्मा ४४६ थान न्यानो कम्बल वितरण गरिएको कार्यक्रमका केही झलकहरु ।

 

नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पताल महाराजगन्जको संयुक्त आयोजनामा लुम्विनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको सहकार्यमा मिति २०७९।०९।२५ र २६ गते लुम्विनी प्रदेश तालिम केन्द्र वुटवलमा संचालित "स्वास्थ्य शिविर" मा लुम्विनी प्रदेश तालिम केन्द्र वुटवलमा कार्यरत प्रहरी कर्मचारीहरू, तालिमरत प्रशिक्षार्थीहरू लगायत स्थानिय प्रहरी (इ.प्र.का, व.प्र.का) पुर्व प्रहरी कर्मचारीहरु तथा प्रहरी परिवार गरी जम्मा ५६२ (Dental-५८, Nephro-१६, ENT-६४, Physician-१२६, Skin-६२, Ortho-२१०, Gyno-२६) जनाले विशेषज्ञ डाक्टरहरूबाट निशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गरिएको कार्यक्रमका केही झलकहरू ।

 

 

मिति २०७९।०९।२४ गते आईतवार को दिन यस नेपाल प्रहरी श्रीमती संघले मानव सेवा आश्रम भरतपुर चितवनलाई खाद्यान्न सामाग्री, कम्वल तथा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमका केही झलकहरु

 

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा दृष्टी आँखा फाउण्डेसन तथा चितवन आँखा अस्पताल भरतपुर चितवनसंगको सहकार्यमा मिति २०७९।०९।२४ गते सतनचुली सामुदायिक वन उपभोक्ता समूह रामनगर, चितवनमा सँचालित "आँखा शिविर" मा जम्मा ३०० जनाले विशेषज्ञ डाक्टरहरूबाट निशुल्क आँखा जाँच तथा औषधी वितरण गरिएको कार्यक्रमका केही झलकहरू ।

 

नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पताल महाराजगन्ज, धार्मिक सेवा समिती मौलाकालिका मन्दिरको संयुक्त आयोजनामा कलेज अफ मेडिकल साईन्स भरतपुर, दृष्टी आँखा फाउण्डेसन तथा चितवन आँखा अस्पताल भरतपुर चितवनसंगको सहकार्यमा श्रदेय श्रीमान् प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह ज्यु को प्रमुख आतिथ्यतामा मिति २०७९।०९।२३ र २४ गते जिल्ला नवलपरासी पुर्व गैडाकोट -१ स्थित वडा कार्यालय मिलनचोकमा संचालन गरिएको स्वास्थ्य शिविरमा सर्वसाधारण महानुभावहरु जम्मा १०५४ (महिला-६१८, पुरुष-४३६) जनाले विशेषज्ञ डाक्टरहरूबाट निशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गरिएको र आँखा शिविरमा जम्मा १२७ जनाले विशेषज्ञ डाक्टरहरूबाट निशुल्क आँखा जाँच तथा औषधी वितरण गरिएको कार्यक्रमका केही झलकहरू ।


नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पताल महाराजगंजको आयोजना तथा नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवन मेडिकल कलेज भरतपुर र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्र भरतपुरसँगको सहकार्यमा मिति २०७९।०९।२३ र २४ गते यस नेपाल प्रहरी शिक्षालय भरतपुरको प्राङ्गणमा “स्वास्थ्य शिविर” तथा “बृहत रक्तदान कार्यक्रम” सम्पन्न भएको छ ।

उक्त शिविरबाट नेपाल प्रहरी शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरू, तालिमरत प्रशिक्षार्थीहरू लगायत पुर्व प्रहरी कर्मचारीहरु तथा प्रहरी परिवार गरी जम्मा ८०१ (Ortho-२१८, Medicine-२४७, ENT-९६, Gyno-३१, Cardio-३२, Urology-१४, Dental-४८, Derma-४१, Radiology-७२) जनाले विशेषज्ञ डाक्टरहरूबाट निशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गरिएको थियो भने २७० जना प्रहरी कर्मचारीहरूले रक्तदान गरेका थिए । साथै उक्त अवसरमा नेपाल प्रहरी अस्पतालकी प्राविधिक प्रहरी उपरीक्षक डा.दिवा शर्माज्यूले मृगौला रोग सम्बन्धि सचेतामूलक प्रस्तुतीकरणसमेत दिनुभएको थियो जसबाट करिब ९०० जना प्रहरी कर्मचारी र तालिमरत प्रशिक्षार्थीहरू लाभन्वित भएका थिए ।
उक्त कार्यक्रमका झलकहरू

 

 

मिति २०७९।०९।२२ गते शुक्रबारको दिन यस नेपाल प्रहरी श्रीमती संघले गोकर्णेश्वर न.पा. माकलवारी काठमाण्डौमा रहेको मेरुदण्डिय पक्षघात समूह नेपाललाई  खाद्यान्न सामाग्री तथा लत्ताकपडा (ब्लाङकेट)  हस्तान्तरण गरिएको कार्यक्रमका केही झलकहरु

 

यस संघ र  विभिन्न मितिमा विभिन्न शैक्षिक संस्थाहरु विच  भएको सम्झौता  वमोजिम नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार,अमर प्रहरी परिवार र पुर्व प्रहरी परिवारका सन्ततीहरुको लागि उपलव्ध गराईने छात्रवृत्ति  सम्वन्धमा आज मिति २०७९।०९।०७ गते यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुमलता सिंह ज्यू ले नेपाल प्रहरी विद्यालय साँगा,सामाखुसी ,धरान र दाङमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थी  भाइ बहिनीहरुसँग  ZOOM Meeting मार्फत गरिएको अन्तरक्रिया कार्यक्रमको केही झलकहरु ।

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा आज मिती २०७९/०९/०३ गते नेपाल प्रहरी बिद्यालय धरानमा यस संघले विभिन्न संस्थाहरुसँग गरिएको शैक्षिक सम्झौता वमोजिमको छात्रवृत्ति सम्बन्धी साक्षात्कार कार्यक्रमका केही झलकहरु ।

नेपाल प्रहरी श्रीमती संघ र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त आयोजनामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि. बिराटनगरको सहकार्यमा मिति २०७९।०९।०३ गते १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र संचालित " एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर” कार्यक्रमका केही झलकहरु।

नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजनामा कलेज अफ मेडिकल साईन्स चितवनसँगको सहकार्यमा मिति २०७९।०८।२४ गते बागमती प्रदेश प्रहरी कार्यालय, हेटौडामा र मिति २०७९।०८।२५ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्व गण हे.क्वा. पिलुवा, बारामा  “स्वास्थ्य शिविर” कार्यक्रम सम्पन्न गरिएका केही झलकहरु

 

मिति २०७९।०८।२३ गते शुक्रबारको दिन यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुम लता सिंह ज्यू तथा मेघा अस्पताल प्रा.लि. का अध्यक्ष किशोर जंग राणाज्यू र चिकित्सा निर्देशक डा. ईवराज सिंम्खडाज्यु बीच नेपाल प्रहरीका बहालवाला प्रहरी, अमर प्रहरी र पुर्व प्रहरी कर्मचारीहरु तथा प्रहरी कर्मचारीहरुका आश्रीत परिवारहरुलाई स्वास्थ्य उपचार सेवामा छुट दिने भनी समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको कार्यक्रमका केही झलकहरु

 

मिति २०७९/०८/०४ गते भएको प्रतिनिधी सभा तथा प्रदेस सभाको निर्वाचनमा खटिएका नेपाल प्रहरीको टोली निर्वाचन डिउटी सम्पन्न गरी मिति २०७९/०८/०५ गते फर्कने क्रममा  जिल्ला बैतडी पाटन नगरपालिका वडा नं.४ थुम स्थितमा भएको सवारी दुर्घटनामा परी मृत्यु वरण गरेका स्व.प्र.स.ह. अर्जुन बहादुर कठायत, स्व.प्र.ज. लोक बहादुर बाठा मगर, स्व.प्र.ज. पुतली खड्का, स्व.प्र.ज. धिर्क बहादुर बिष्ट र स्व प्र.ज. रमेश सिंह साउदको परिवारलाई क्रिया खर्च बापत सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि. मोहन आचार्य ज्यू मार्फत क्रिया खर्च बापद आर्थिक सहयोग हस्तान्तरण गरिएको र उक्त सवारी दुर्घटनामा घाईते भई कोहलपुर मेडिकल कलेज नेपालगंजमा उपचारार्थ रहेका प्र.ह. गणेश बहादुर खड्का प्र.ज. भानु सिंह बिष्ट  र सुदुरपश्चिम प्रहरी अस्पताल शाखा धनगढीमा उपचारार्थ रहेका प्र.स.ह. गोपाल बहादुर पाल, प्र.ज. नरेश कठरिया, प्र.ज. चन्द्र सिंह ठगुन्ना र मिति २०७९/०८/०४ गते जिल्ला बाजुरामा निर्वाचन बुथमा भएको झडपमा (गोली चल्दा) घाईते भएका प्र.स.ह. कृष्ण कुवरलाई  मिति २०७९/०८/११ गते  यस नेपाल प्रहरी श्रीमती संघको पदाधिकारीज्यूहरू उपचारार्थ रहेको सम्बन्धित अस्पतालमा खटी गई स्वास्थ्य अवस्था सम्बन्धी जानकारी लिदै उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको केही झलकहरू

 

 

मिति २०७९/०८/०४ गते भएको प्रतिनिधी सभा तथा प्रदेस सभाको निर्वाचनमा खटिएका नेपाल प्रहरीको टोली निर्वाचन डिउटी सम्पन्न गरी मिति २०७९/०८/०५ गते फर्कने क्रममा  जिल्ला बैतडी पाटन नगरपालिका वडा नं.४ थुम स्थितमा भएको सवारी दुर्घटनामा घाईते भई नेपाल प्रहरी अस्पतालमा उपचारार्थ रहेका प्र.ज.टिकेन्द्र सिंह ऐरी र ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचारार्थ रहेकी प्रशीक्षार्थी प्रहरी जवान आशा धामीलाई मिति २०७९/०८/०९ गते यस नेपाल प्रहरी श्रीमती संघको पदाधिकारीज्यूहरूबाट स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिई उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमका झलकहरु

 

 

मिति २०७९।०७।२५ गते शुक्रबारको दिन यस नेपाल प्रहरी श्रीमती संघले साहरा असाहय बाल सुधार गृह लाजिम्पाट काठमाण्डौमा खाद्यान्न, स्टेशनरी  सामग्री तथा बालबालिकाहरुको स्वास्थ्य उपचारको लागि अक्षय कोष मार्फत नगद रु. १,००,०००।-(एक लाख) सहयोग हस्तान्तरण गरिएको कार्यक्रमका केही झलकहरु

 

मिति २०७९।०७।२० गते यस नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष कुसुमलता सिंह ज्यू  र निजी तथा आवसिय विद्यालय अर्गनाईजेशन नेपाल (PABSON) का अध्यक्ष डीके ढुङ्गाना र उपाध्यक्ष दिपिका रिमाल थापा बिच नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार,अमर प्रहरी परिवार र पुर्व प्रहरी परिवारका सन्ततीहरुलाई PABSON आबद्ध देश भरका सदस्य विद्यालयहरुमा कक्षा १ देखी १२ सम्म अध्ययनको लागी एक सदस्य विद्यालयले १ जना विद्यार्थीको लागि पुर्ण दिवा छात्रवृत्ति प्रदान गर्ने साथै छात्रवृत्तिमा नसमेटिएको विद्यार्थीहरुको हकमा भर्ना शुल्क नलिने गरी भएको समझदारी कार्यक्रमको झलकहरु

 

मिति २०७९/०७/१३ गते आईतबारको दिन यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंह ज्यू लगायत यस संघको कार्यसमितिका पदाधिकारीज्युहरुद्धारा  पशुपतिनाथको मन्दिरमा विशेष पुजा सम्पन्न भएको छ । सोही दिन व्यवसायी  तथा समाजसेवी अनिल शाहीद्धारा आसरा सुधार केन्द्र रानिबारी काठमाण्डौमा उपचारार्थ रहेका ब्यक्तिहरुको लागि सहयोग स्वरुप प्रदान गर्नु भएको TV संघकी अध्यक्ष कुशुमलता सिंहज्यूले यस संघका पदाधिकारी कोषाध्यक्ष अनुश्री पाख्रीन र कार्यक्रम सचिव प्रज्ञा सिंहज्यू समेतको  उपस्थितिमा  हस्तान्तरण गर्नु भएको कार्यक्रमका केही झलकहरु

 

यस नेपाल प्रहरी श्रीमती संघले आफ्नो ३८ औं बार्षिकोत्सवको अवसरमा मिति २०७९।०४।३० गते नेपाल भर सात वटै प्रदेशको विभिन्न स्थान तथा नेपाल प्रहरी श्रीमती संघको कार्यालय भृकुटीमण्डप र पशुपती मन्दिर परिसरमा  नेपाल रेडक्रस सोसाईटी रक्त संञ्चार सेवाको प्राविधिक सहयोगमा रक्तदान अभियान संचालन गरी ५०६ युनिट रगत संकलन गराउन सफल भएको महत्वपुर्ण योगदानको उच्च सम्मान गर्दै आज मिति २०७९।०७।०४ गते नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्त संञ्चार सेवाद्धारा आयोजना गरिएको सम्मान कार्यक्रममा यस संघकी अध्यक्ष कुसुमलता सिंह ज्यू उपस्थित भई कदर–पत्र ग्रहण गर्नु भएको कार्यक्रमका केही झलकहरु

 

नेपाल प्रहरीको ६७ औं बार्षिकोत्सबको अवसरमा  मिति २०७९।०६।३१ गते यस नेपाल प्रहरी श्रीमती संघद्धारा नेपाल प्रहरी प्रधान कार्यालयको प्राङ्गणमा रहेको शिव मन्दिरमा विशेष पुजा तथा संघकी अध्यक्ष कुसुमलता सिंहज्यू द्धारा अमर प्रहरी परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रमका केही  झलकहरु

 

मिती २०७९/०६/०८ गते दिनको १३:०० बजेको समयमा यस संघमा संघकी अध्यक्ष कुसुम लता सिंह ज्यू लगायत कार्यसमितिका पदाधिकारी ज्यू हरुकाे उपस्थितिमा मिति २०७९।०५।१९ गते देखी मिति २०७९।०६|०८ गते सम्म यस नेपाल प्रहरी श्रीमती संघद्धारा संचालित २० दिन कार्य  अवधिको हलुका सवारी चालक (ड्राइभिङ)  तालिम समापन कार्यक्रमका केही झलकहरु ।
तालिम संयोजक : श्रीमती सन्धा जोशी ज्यू ।

मिती २०७९।०५।२९ गते आईतबारका  नेपाल प्रहरी श्रीमती संघद्धारा संचालित शिशु  स्याहार केन्द्रमा बालदिवश  अवसरमा  गरिएको  कार्यक्रमका झलकहरु :-

 

मिती २०७९/०५/२७ गते दिनको १४:०० बजेको समयमा यस संघमा संघकी अध्यक्ष कुसुम लता सिंह ज्यू लगायत कार्यसमितिका पदाधिकारी ज्यू हरुकाे उपस्थितिमा मिति २०७९।०५।१९ गते देखी मिति २०७९।०५।२७ गते सम्म यस नेपाल प्रहरी श्रीमती संघद्धारा संचालित ७ कार्य दिन अवधिको निशुल्क पोते तालिम समापन कार्यक्रमका केही झलकहरु ।
तालिम संयोजक :- श्रीमती कमला खनाल ज्यू ।

मिती २०७९/०५/१९  गते विहान ११:०० बजेको समयमा यस संघमा संघकी महासचिव श्रीमती  सुनम पोखरेल  उपाधाय ज्यू लगायत कार्यसमितिका पदाधिकारी ज्यू हरुकाे उपस्थितिमा पाेते तालिम तथा ड्राइभिङ  तालिम उदघाटन तथा संचालन गरिएका  केही झलकहरु।
ड्राइभिङ तालिम संयोजक : श्रीमती सन्धा जोशी 
पोते तालिम संयाेजक:-श्रीमती कमला खनाल

मिति २०७९/०५/१४ गते यस  नेपाल  प्रहरी श्रीमती संघले नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा पशुपतीनाथ मा पाल्नुहुने श्रद्दालु भक्तजनहरुलाई नि: शुल्क खानेपानी वितरण तथा स्वास्थ्य शिविर संचालन कार्यक्रमका झलकहरु

 

मिती २०७९/०५/१० गते यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह ज्यू को अध्यक्षतामा आयोजित नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज विशेष कार्यक्रमका केही झलकहरु

 

मिती २०७९।०५।०४ गते माननिय महिला तथा बालबालिका मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी श्रीमती संघको ३८ औं वार्षिकोत्सव समारोहका केही झलकहरु

मिती २०७९।०५।०३ गते शुक्रवार यस नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिक उत्सवको उपलक्ष्यमा  नेपाल प्रहरी श्रीमती संघ र  सरस्वती नगर स्पोर्टस क्लव पाथिवरा टोल सुधार समितीद्धारा गोकर्णेश्वर वडा न. १ स्थित वि.पि चोक डाँडा र यस संघ तथा सामुदायिक प्रहरी स्वयम्भु सचिव राजावावु शाक्य द्धारा स्वयम्भु भगवान पाउँमा आयोजित वृक्षारोपन कार्यक्रम झलकहरु

 

मिती २०७९।०५।०२ गते विहीवार यस नेपाल प्रहरी श्रीमती संघको ३८ औं वार्षिक उत्सवको उपलक्ष्यमा घरेलु उत्पादनलाई प्रोत्साहन तथा कला संस्कृतीको जगेर्ना स्वरुप पोते, अचार, हस्तकला सम्वन्धी विभिन्न सामाग्रीहरुको स्टल राखिएको कार्यक्रम झलकहरु..........

 

नेपाल प्रहरी श्रीमती संघको ३८औ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम

 

मिति २०७९।०४।२९ गते आईतबार नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह ज्यु र College of Business Management (CBM) का संचालक सि.ए. श्री सुमन न्यौपाने बिच नेपाल प्रहरीका बहालवाला प्रहरी, अमर प्रहरी र पुर्व प्रहरी परिवारका सन्ततीहरुलाई निम्नानुसारको छात्रवृत्ति प्रदान गर्ने भनि भएको सम्झौता विवरण तथा कार्यक्रमको झलकहरु.......

 

मिति २०७९।०४।२९ गते आईतबारका दिन यस संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहज्यूको प्रमुख आथित्यमा नेपाल प्रहरी श्रीमती संघद्धारा संचालित शिशु  स्याहार केन्द्रको १० औ वार्षिकोत्सव कार्यक्रमका झलकहरु :-

 

मिति २०७९/०४/२१ गते यस नेपाल प्रहरी श्रीमती संघले मानव कल्याण समाज (सेवा घर) झौखेल  र  मानव कल्याण  समाज (बाल घर) नलिन्चोकमा खाद्यान्न तथा नगद  सहयोग हस्तान्तरण  कार्यक्रम सम्पन्न गरिएका झलकहरू..........

 

मिति २०७९।०४।२० गते शुक्रबार यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा मनोको स्वास्थ्य तथा तनाव ब्यवस्थापन सम्बन्धी १ दिवसिय कार्यशाला गोष्ठी (Workshop)  कार्यक्रम संचालन गरिएका केही झलकहरु......................
 

 

मिति २०७९/०४/१७ गते बेलायत निवासी नेपाल प्रहरीका पुर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठज्यूको सुपुत्र शुभाशिष श्रेष्ठ ज्यूले आफ्नो १८ बर्ष पुरा भएको उपलक्ष्यमा आर्थिक तथा सामाजिक रुपमा विपन्न, भौगोलिक बिषमता एवं विभिन्न परिस्थिती जन्य प्रकोपमा परेका बालवालिकाहरुको भलाईका लागी आमा उर्मीला श्रेष्ठ मार्फत नेपाल प्रहरी श्रीमती संघलाई चेक हस्तान्तरण गर्नु भएका कार्यक्रमका झलकहरू..........   

 

मिति २०७९/०४/१६ गते यस नेपाल प्रहरी श्रीमती संघद्धारा श्रावण महिनाको तेस्रो सोमवारको अवसरमा पशुपतिनाथको मन्दिरमा पाल्नुहुने श्रद्दालु भक्तजनहरुको लागि नि:शुल्क खानेपानी वितरण तथा प्राथमिक हाड जोर्नी सम्बन्धी स्वास्थ्य शिविर संचालन कार्यक्रम सम्पन्न गरिएका झलकहरू..........

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा मिति २०८०।०५।२२ गते नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित  शुभकामना आदान-प्रदान कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सम्पन्न.
संघको कार्यक्रम सचिव  सन्ध्या जोशी ज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रममा संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूले सम्पुर्णमा सौभाग्यको सामाग्री वितरण गरी तीजको शुभकामना  मन्तब्य ब्यक्त गर्दै यस्ता कार्यक्रमहरुले आपसी सद्भाव कायम राख्दै धर्म संस्कृतिको जगेर्ना गर्न योगदान पुर्याउने विश्वास ब्यक्त गर्नु भयो  भने अन्य संघका पदाधिकारी तथा सदस्यज्यूहरुबाट कविता वाचन, नृत्य लगाएत विविध सांस्कृतिक एव मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएको.

 

मिति २०७९।०४।१५ गते आईतबारका दिन यस संघकी समादरणिय अध्यक्ष श्रीमती कुसुम लता सिंहज्यूको प्रमुख आथित्यमा  नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित संघको ३८ औ वार्षिक साधारण सभा  कार्यक्रमका झलकहरु :-

 

मिती २०७९/०४/११ गते विहान ११:०० बजेको समयमा यस संघमा संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहज्यू लगायत कार्यसमितिका पदाधिकारी ज्यू हरुको उपस्थितिमा पोते तालिम संचालन गरिएका  केही झलकहरु।
संयोजक:- श्रीमती कमला खनाल
प्रशिक्षकहरु:- श्रीमती ईश्वरी थापा मगर (के.सी.)
                     श्रीमती चेतना चन्द शाही
                      रोजि पन्थ ज्यू

 

 

मिति २०७९/०४/०९ गते यस नेपाल प्रहरी श्रीमती संघद्धारा श्रावण महिनाको दोस्रो सोमवारको अवसरमा पशुपतिनाथको मन्दिरमा पाल्नुहुने श्रद्दालु भक्तजनहरुको लागि नि:शुल्क आँखा शिविर, प्राथमिक उपचार तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न गरिएका झलकहरू

 

मिति २०७९।०४।०६ गते यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहज्यू तथा एभरेष्ट कलेज, कोलम्बस कलेज, काठमाण्डौ नेशनल कलेज र वेदास कलेजका संचालक श्री बिष्णु हरि  पाण्डेज्यू विच कोलम्वस कलेजका निर्देशक यादव भट्टराई, एभरेष्ट कलेजका शैक्षिक निर्देशक बाबुराम चापागाई, नेपाल प्रहरीका नायब महानिरीक्षक दुर्गा सिहं र किरण राणाज्यूको समउपस्थतीमा नेपाल प्रहरीका वहालवला, अमर प्रहरी र पुर्व प्रहरी परिवारका सन्ततीहरुलाई ‍‌‌+2 का लागी पुर्ण छात्रबृती (पाच) जनालाई, Bachelor of Computer Application तर्फ पुर्ण छात्रबृती (दुई) जनालाई र Bachelor Business Management तर्फ पुर्ण छात्रवृती (एक) जनालाई तथा +2 का लागी वार्षिक एकमुष्ट शुल्कमा जम्मा ५० जनालाई व्यवस्थापन संकाय तर्फ ७५ % र बिज्ञान संकाय तर्फ ७३% छूट सम्बन्धी भएको सम्झौता कार्यक्रममा झलकहरु:-

 

मिति २०७९/०४/०२ गते यस  नेपाल  प्रहरी श्रीमती संघले साउन पहिलो सोमबारको अवसरमा पशुपतीनाथमा पाल्नुहुने श्रद्दालु भक्तजनहरुलाई नि: शुल्क खानेपानी वितरण तथा स्वास्थ्य शिविर संचालन कार्यक्रमका झलकहरु:-

 

मिति २०७९।०३।२२ गते नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित यौन हिंसा सम्बन्धी सचेतना मुलक कार्यक्रममा यस संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंह ज्यूको अध्यक्षतामा उपत्यका ट्राफिक महाशाखामा, ट्राफिक महाशाखाका प्रमुख ज्यू, यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष ज्यू ,काठमाण्डौ होटल ब्यवसायी संघका महासचिव ज्यू लगायत नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु समेतको उपस्थितीमा उपत्यका भित्रका सार्वजनिक सवारी साधनहरुमा यौंन हिंसा सम्बन्धी सचेतना मुलक स्टिकर टाँस्ने तथा हस्तान्तरण  कार्यक्रम  सम्पन्न गरिएका  केही झलकहरु

 

मिती २०७९।०३।१९ गते यस संघकी अध्यक्ष श्रीमती कुसुम लता सिहं ज्यू तथा N-PABSAN का सह-अध्यक्ष सुवास न्यौपानेज्यू बिच नेपाल प्रहरीका बहालवाला प्रहरी, अमर प्रहरी तथा पुर्व प्रहरीहरुका सन्ततीहरुलाई छात्रवृती तथा भर्ना शुल्क मिनाह गर्ने सम्बन्धी भएको सम्झौता कार्यक्रमका  झलकहरु ।