प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवासको उद्‍घाटन

२०७९-०९-०७

  • A
  • A-
  • A+
Share

महोत्तरी, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले जिल्ला प्रहरी कार्यालय महोत्तरीको परिसरमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवासको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । 

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक खाँले भौतिक पूर्वधारमा सुधार भएजस्तै प्रहरी कर्मचारीले आफ्नो आचरण र व्यवहार सुधार गर्नुपर्ने उल्लेख गर्दै कार्यालयमा आउने सेवाग्राहीलाई प्रभावकारी प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । नागरिकले सुरक्षा मापदण्ड अपनाई सुरक्षाप्रति सचेत रहदा प्रहरीले प्रदान गर्न सुरक्षा सेवामा थप सहज हुने उल्लेख गर्दै प्रहरीको काम कारवाहीलाई अझ बढी चुस्त दुरुस्त बनाउन नागरिकले समाजमा हुने हरेक गैर कानुनी क्रियाकलापको सूचना प्रहरीलाई दिनुपर्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले धन्यवाद मनत्व्य व्यक्त गर्नुभएको थियो । उक्त सिनियर प्रहरी अधिकृत निवास नेपाल सरकारको नियमित बजेटबाट १ करोड ४० लाख ५६ हजार ५ सय ३४ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

उक्त कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय प्रतिनिधि, संचारकर्मी, पूर्व प्रहरी संगठन महोत्तरीका पदाधिकारी लगायता प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

 

सम्बन्धित समाचार
नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०८३-०७-२२

काठमाडौं, यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा आइतबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो । उहाँले यस वर्षको अपराध अनुसन्धान तथा खोज कार्यमा सर्वोत्कृष्ट प्रहरी कुकुर ‘लियो’, आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘तोजो’, बाधापार प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘रोज’ र आज्ञापालन प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘छुर्पी’ लाई पुरस्कृत समेत गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक रानाले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाईन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाईन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । केनाईनले केन्द्रमा मात्र नभई प्रदेशस्तरमा समेत उत्कृष्ट कार्य सम्पादन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरूले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए । प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमूखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरू लगायत  संचारकर्मीहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा मातहत प्रहरी कार्यालयका सुचना अधिकारीसँग छलफल एवम् अन्तरक्रिया
२०८३-०७-१७

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले मातहत प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग मंगलबार छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो । सो अवसरमा उहाँले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रकृया, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सतर्कता लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरीमा सञ्चार मध्यमको विकासक्रम, सूचनाको हक सम्बन्धमा संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन,२०६४, सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका माध्यमहरू, नेपाल प्रहरीको सञ्चार माध्यम(मिडिया) सम्बन्धी नीति, २०६० र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्य व्यवस्थाहरू लगायतका विषयवस्तुहरूमा उपस्थित प्रहरी अधिकृतहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । सो अवसरमा प्रहरी नायव महानिरीक्षक काफ्लेले गृह मन्त्रालयबाट सूचना उपलब्ध गराउने सम्बन्धी परिपत्र, नेपाल प्रहरी प्रधान कार्यालयबाट गरिएका परिपत्रहरू, सामाजिक सञ्जाल दुरूपयोग गर्ने प्रहरी कर्मचारी उपर विभागीय कारबाही संख्या, प्रहरी कर्मचारीले सामाजिक संजालहरूको व्यक्तिगत प्रयोग सम्बन्धमा समेत विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले उपस्थित विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचनाहरू सदैव सत्य, बस्तुनिष्ठ एवम् पारदर्शी हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्नेमा विशेष जोड दिँदै आम नागरिकमा सकारात्मक सोच, जनविश्वास र जनाधारमा वृद्धि गर्दै संगठनको श्रीवृद्धिमा समेत योगदान पुग्ने गरी सूचना सम्प्रेषण गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्ता एवम् सूचना अधिकारीहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रहरी प्रवक्त एवम् सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

सवारी चालक उन्नत तालिम सुरू
२०८३-०७-११

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने ३३ औं समूहको सवारी चालक (हेभी) उन्नत तालिम सुरू भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‌घाटन गर्नुभएको हो । कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कुल १६ कार्यदिन रहेको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १५ जना र प्रहरी जवान १२ जना गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।  

नेपाल प्रहरीद्वारा नि:शुल्क बस संचालन
२०८३-०७-०३

काठमाडौं, बडा दसैंको अवसरमा काठमाडौं उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले दसैंमा यात्रुको सहजताका लागि उपत्यकाका तीन रूटमा कात्तिक ३ र ४ गते नि:शुल्क बस सञ्चालन गरेको छ । रूट नम्बर १: यो रूट नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ ।रूट नम्बर २: यो रूट नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ । रूट नम्बर ३: यो रूट नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुन: नक्सालमा फर्किनेछ ।निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको   छ ।नि:शुल्क बस सेवा पहिलो सिफ्ट अन्तर्गत आज १६:०० बजेबाट तीन वटै रूटमा सञ्चालन हुनेछ । यसैगरी कात्तिक ४ गते पहिलो सिफ्ट बिहान ८:०० बजेबाट र दोस्रो सिफ्ट दिउँसो १५:३० बजे बाट उक्त रूटहरूमा सञ्चालन हुनेछ ।  

२० जना प्रहरी कर्मचारीहरूलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
२०८३-०६-२२

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीहरूलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित आठौं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।    उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी नायव महानिरीक्षक काफ्लेले तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएकोमा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । विभागीय गतिविधिका साथै अन्य सूचनाहरू सम्प्रेषण गर्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै प्रशिक्षणका दौरानमा प्राप्त ज्ञान र सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक भई कार्य गर्न सम्पूर्ण प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक रन्जु केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान ८ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । प्रशिक्षक पुरुषोत्तम घिमिरे र प्रशिक्षार्थी प्रहरी वरिष्ठ नायव निरीक्षक मन कुमारी तामाङले आ-आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत आठौं समूहद्वारा तयार पारिएको जनचेतनामूलक श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।